काठमाडौं,१९ जेठ । नेपाल पर्यटन बोर्डले पर्यटकहरूको सहज आवागमन सुनिश्चित गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंका प्रमुख होटलहरूसम्म निःशुल्क शटल बस सेवा सञ्चालनमा ल्याएको छ।
देशका विभिन्न स्थानमा सार्वजनिक यातायात अवरोध, हड्ताल तथा सवारी सेवा अवरुद्धजस्ता समस्या देखिएपछि पर्यटकहरूलाई गन्तव्यसम्म पुग्न सहज बनाउने उद्देश्यले बोर्डले सो सेवा सुरु गरेको हो।
पर्यटकहरूको आगमनलाई व्यवस्थित, सहज र स्वागतयोग्य बनाउन सुरु गरिएको उक्त सेवामार्फत विमानस्थलको आगमन कक्षमै नेपाल पर्यटन बोर्डका प्रतिनिधिहरू खटिएर जानकारी र आवश्यक सहयोग प्रदान गरिरहेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१९ जेठ । प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल सुरु भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरु भएको हो ।
खासगरी संसद् बैठकमा देखिएको गतिरोध अन्त्य गर्नेबारे उनीहरूबीच छलफल हुने बताइएको छ
२२ सय व्यक्ति फरार सूचिमा
धनगढी, १९ जेठ। सुदूरपश्चिम प्रदेशका तत्कालीन मुख्यमन्त्री तथा भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैरकानुनी सम्पत्ती आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा उनीविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।
उनीविरुद्ध १ करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ विगो र सजाय माग गरिएको छ। सोडारी हाल प्रदेशसभा सदस्य हुन्।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१९ जेठ। तुलसीपुरमा रड प्रहारबाट एकजना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा तुलसीपुर–५ (ग) लाइन निवासी ५३ वर्षीय अर्जुन गौतम रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिए।
उनका अनुसार तुलसीपुरको जेसिश चोक नजिकै उभिरहेको अवस्थामा गएराति सवा ११ बजे तिर नम्बर नखुलेको बुलेट मोटरसाइकलमा आएका एक युवाले अचानक गौतममाथि रड प्रहार गरेका हुन्।
प्रहारबाट गम्भीर घाइते भएका गौतमलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि भैरहवा रेफर गरिएको प्रहरीले जनाएको छ।
घटनापछि आक्रमणकारी फरार रहेका छन् भने उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ। रड प्रहारबाट घाइते गौतमको अनुहार र नाकमा गहिरो चोट लागेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१७ जेठ। प्रधानमन्त्री केपी शर्मा ओलीले गृह मन्त्रालयको एक कर्मचारीमाथि प्रश्न उठेकै आधारमा प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु अनुचित र बिना प्रमाण भएको बताएका छन्। शनिबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले लेखकमाथि कुनै आरोप नलागेको र कुनै निकायले छानबिन नगरेको अवस्थामा यस्ता माग राखेर सदन अवरोध गर्नु सही नभएको बताए।
उनले भने, “प्रतिपक्षीलाई आफ्ना कुरा राख्न र माग राख्न पाउनु स्वाभाविक हो, तर त्यसमा प्रमाण र आधार हुनु आवश्यक छ। गृह मन्त्रालयमा धेरै कर्मचारी छन्, एक कर्मचारीमाथि अख्तियारले अनुसन्धानको लागि बोलाएको मात्रै हो, बयान लिएको थाहा छैन। प्रतिपक्षी दललाई सरकार मन नपरेको हुन सक्छ, तर सरकारको राजीनामा माग्नु अतिशयोक्ति हो।”
प्रधानमन्त्री ओलीले गत वर्ष तत्कालीन गृहमन्त्रीको राजीनामा माग्दा सीआईबीले छानबिन गरिरहेको थियो भने अहिले त्यस्तो अवस्था नरहेको बताए। उनले भने, “अहिले कुनै ठोस आधार बिना विरोध भइरहेको छ।”
प्रधानमन्त्रीले राजनीतिक दलभित्र वैयक्तिक हित वा मतभेदका कारण समस्या हुन सक्ने भए पनि ती विषयलाई पार्टीभित्रै मिलाउनुपर्ने र सार्वजनिक रूपमा झगडा गरी अरूलाई प्रभावित पार्नु नचाहिने समेत बताए।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ१७ जेठ, । अविरल वर्षासँगै आएको बाढीका कारण निर्माणाधीन पूर्वपश्चिम राजमार्गको केही स्थानमा सडक अवरुद्ध भएको छ । बाढीले डाइभर्सन बगाएका कारण यातायात अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बुका अनुसार काली खोलाले बाढीले ड्राइभर्सन बगाउँदा सडक अवरुद्ध भएको छ । यद्धपि बैकल्पिक बाटोबाट यातायात खुलाइएको उनले बताए ।
बाढीले धुलाबारीनजिकको कल्भर्टको ड्राइभर्सन बगाएको छ । सो स्थानमा अस्थायी रुपमा माटो पुरेर एकतर्फी यातायात सुचारु गरिएको छ ।
बुट्टावारी चारआली सडकखण्डमा पनि बाढीले डाइभर्सनमा क्षति पुर्याएको छ ।
प्रहरी उपरीक्षक लिम्बुका कारण निकास नहुँदा निर्माणाधीन सडकको डाइभर्सनमा पानी जमेका कारण यातायातमा समस्या भएको हो । ‘पुल कल्भट निर्माणका लागि डाइभर्सन बनाइएको छ’, उनले भने, ‘सडक छेउमा माटो पुरेर बनाइएका डाइभर्सनमा केही समस्या आएको हो ।’
उनका अनुसार माइखोलामा आएको बाढी भने बस्ती पसेको छ । झापाको झापा गाउँपालिका २ मा बस्तीमा पसेको हो ।
नदीको बाढी बस्ती तर्फ गएपछि २२ घर परिवार विस्थापित भएका छन् । घटनास्थलमा प्रहरी र जनप्रतिनिधिको टोली पुगेर स्थानीयलाई सारेको उनले बताए । उनका अनुसार केही घरमा बाढीको पानी पसेको हो ।
मनसुन भित्रिएको एक दिनपछि वर्षासँगै आएको बाढीका कारण कोशी लोकमार्ग पनि अवरुद्ध भएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
झापा, १७ जेठ | झापा गाउँपालिका–२ स्थित सुगाबथान क्षेत्रमा माईखोलामा आएको बाढीले बस्ती डुबानमा परेको छ । मनसुन सुरू भएसँगै गए राति आएको बाढीले सुगाबथान, मिलनबस्ती, कुवाडी र सडकबस्तीलगायतका क्षेत्रमा २२ घर डुबानमा परेका हुन् ।
बाढीको जोखिम बढेपछि स्थानीयहरू सुरक्षित स्थानतर्फ सरेका छन् । वडाध्यक्ष हिमाल चाम्लागाईका अनुसार बाढीले ६० बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको मकैखेतीमा क्षति पुर्याएको छ ।
“माईखोलामा सामान्य बाढी आउँदा मात्रै यस्तो अवस्था भएको हो,” अध्यक्ष चाम्लागाईले बताउनुभयो, “यदि ठूलो वर्षा भयो भने वडा नं. १ र २ का झन्डै तीन हजार घरधुरी विस्थापित हुने खतरा छ ।”
यस वर्ष सामान्यभन्दा बढी वर्षा हुने मौसम पूर्वानुमान विभागको जानकारीपछि स्थानीयहरूमा बाढीको त्रास अझै बढेको छ । संभावित जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासन तथा सरोकारवाला निकायले सतर्कता अपनाउन आह्वान गरेका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१६ जेठ । ज्यान मुद्दामा जन्मकैदको सजाय उल्टिएर बुधबारमात्रै जेलमुक्त भएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलम अन्नपूर्ण न्युरो अस्पतालको आईसीयूमा भर्ना भएका छन्।
शुक्रबार बिहान मस्तिष्कघात भएपछि अस्पताल भर्ना गरिएका आलमलाई आईसीयूमा राखेर उपचार भइरहेको छ। अस्पताल स्रोतका अनुसार बिहान ७ बजे नै समस्या देखिएपछि साढे १० बजेदेखि उपचार थालिएको हो।
तर आलम अस्पतालमा समेत विवादास्पद व्यवहार देखाइरहेका छन्। अस्पताल स्रोतका अनुसार उनले उपचारमा खटिएका नर्सहरूलाई ‘मान्छे मारेकै हो, तिमीहरू के गर्न सक्छौ’ भन्दै गाली गर्दै, ‘कतिजना मारेँ, कसरी मारेँ’ भन्ने जस्ता अभिव्यक्ति दिइरहेका छन्।
‘उहाँको व्यवहार हेर्दा ब्रेन म्यापिङमा गम्भीर समस्या देखिन्छ,’ स्रोतले भन्यो।
उल्लेखनीय छ, २०६४ सालको संविधानसभा निर्वाचनको बेलामा रौतहटको राजपुरमा बम विस्फोटपछि घाइते भएका व्यक्तिहरूलाई इँटाभट्टामा जिउँदै जलाएर हत्या गरिएको आरोप आलमसहितको समूहमाथि लागेको थियो।
रौतहट जिल्ला अदालतले उनलाई जन्मकैदको सजाय सुनाएको थियो। तर बुधबार उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले आलमसहित ४ जनालाई प्रमाण अभावको आधारमा सफाइ दिएको हो।
रिहा भएको दुई दिन नबित्दै अस्पताल भर्ना भएका आलमको मस्तिष्काघातको उपचार आईसीयूमा जारी छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१६ जेठ । काठमाडौंको दरवारमार्ग क्षेत्रमा निषेधाज्ञा जारी भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले शनिबारदेखि लागू हुनेगरी नारायणहिटी दरवार संग्रहालय क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो।
प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार केशरमहल चोकदेखि नारायणहिटी दरवार संग्रहालय दक्षिण गेट हुँदै जय नेपालसम्म र महेन्द्र सालिक हुँदै नारायणहिटी दरवार संग्रहालय दक्षिण गेटसम्म निषेधाज्ञा जारी गरिएको हो।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ९३क०बमोजिम राष्ट्रिय सुरक्षा समितिको सिफारिसमा निषेधाज्ञा जारी गरिएको हो। राजावादीहरूले भोलि दरवारमार्ग क्षेत्रमा प्रदर्शन गर्ने घोषणा गरेको थियो
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, १६ जेठ। तुलसीपुर नगर जेसिजको आयोजनामा माध्यमिक तह स्तरीय हाजिरीजवाफ प्रतियोगित सम्पन्न भएको छ। “Rise Together for Better Tomorrow” भन्ने नाराका साथ आयोजित प्रतियोगितामा तुलसीपुर क्षेत्रका निजी तथा सामुदायिक गरी १९ वटा विद्यालयको सहभागिता रहेको थियो।
प्रतियोगिता पाँच चरणमा सञ्चालन गरिएको थियो। पहिलो चरण सेलेक्सन राउन्ड, दोस्रो जनरल राउन्ड, तेस्रो र्यापिड फायर राउन्ड, चौथो मल्टिमिडिया राउन्ड र पाँचौं चरण बजर राउन्ड का रूपमा प्रतिस्पर्धा गराइएको थियो।
प्रतियोगितामा ज्ञानज्योति मावि तुलसीपुरले प्रथम स्थान हासिल गरेको छ। यसैगरी अमर मावि कालाखोला दोस्रो, हिमाल एकेडेमी तुलसीपुर तेस्रो तथा गोरखा मावि तुलसीपुर सान्त्वना स्थानमा रहन सफल भएका छन्। विजयी टिमहरूलाई ट्रफी, मेडल, प्रमाणपत्र तथा शैक्षिक सामग्री प्रदान गरिएको थियो।
कार्यक्रम तुलसीपुर नगर जेसिजका अध्यक्ष सन्दिप भुसालको अध्यक्षता, नेसनल प्याब्सनका केन्द्रीय सदस्य प्रकाश कुमार शर्माको प्रमुख आतिथ्यता तथा नेसनल प्याब्सन दाङका अध्यक्ष भोजराज न्यौपानेको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो।
प्रमुख अतिथि शर्माले यस्ता प्रतियोगिताहरूले विद्यार्थीहरूमा किताबी ज्ञानसँगै व्यवहारिक सीप र आत्मविश्वास वृद्धि गर्न सहयोग गर्ने बताए ।
डिभाइन टेम्पल एकेडमीका प्रीन्सिपल न्यौपानेले स्वस्थ प्रतिस्पर्धाले अध्ययनमा रुचि र सक्रियता बढाउने विश्वास व्यक्त गरे।
तुलसीपुर नगर जेसिजका अध्यक्ष भुसालका अनुसार प्रतियोगिता “जेसिस ब्रान्डिङ अवेयरनेस प्रोग्राम” अन्तर्गत जेसिज गोल अनुसार आयोजना गरिएको हो। कार्यक्रममा विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखिएको थियो।
प्रतियोगिता डिभाइन टेम्पल एकेडेमी, तुलसीपुरमा सम्पन्न भएको हो। कार्यक्रम संयोजक जेसी सुरज केसी रहेका थिए। कार्यक्रमको सहजीकरण तुलसीपुर नगर जेसिजका महासचिव बुद्धि साप्कोटाले गरेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस