काभ्रेका सातजनामा कोरोना

   जेठ १५, २०८२       admin

काठमाडौँ,१४ जेठ । नेपालमा पुनः कोरोना भाइरसको संक्रमण देखापरेको छ । एकसाताको अवधीमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरू सबै काभ्रेका हुन्। उनीहरूलाई धुलिखेलमा परीक्षण गर्दा कोरोना भाइरस संक्रमण देखिएको हो।

यद्यपि उनीहरूलाई देखिएको भाइरस नयाँ भेरियन्ट हो वा पुरानो भेरियन्ट भन्नेबारे केही थाहा भएको छैन।

भारतलगायत छिमेकी मुलुकहरूमा कोरोना भाइरस फैलिरहेका बेला स्वास्थ्य मन्त्रालयले सीमा नाका, हवाई नाकाहरुमा हेल्थ डेस्क राखेर चेकजाँच सुरु भइसकेको जानकारी गराएको छ।

पछिल्लो समय कोरोना भाइरससम्बन्धी चेकजाँच बढाइएको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दिएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी सन्तोष सुवेदीले पछिल्लो २४ घण्टामा एक जनामा कोरोना पुष्टि भएको जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बौद्धिक अपाङ्गता भएका बालबालिकाको क्षमता विकास तालिम सुरु

   जेठ १४, २०८२       admin

दाङ,१३ जेठ । बौद्धिक अपाङ्गता भएका बालबालिकाको क्षमता विकास तालिम सुरु भएको छ। बालबालिका तथा अभिभावकलाई आत्मनिर्भर बनाउने उद्देश्यले डल, खेलौना र कुसन निर्माण सम्बन्धी १५ दिने तालिम सुरु भएको हो। तालिमको एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ।

लुम्बिनी प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालय, सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुर दाङको आर्थिक सहयोगमा तथा अपाङ्ग सेवा संघ तुलसीपुर दाङको आयोजनामा तालिम सुरु गरिएको हो।

अपाङ्गता सेवा सङ्घका अध्यक्ष देवा डाँगीको अध्यक्षता तथा सामाजिक विकास डिभिजन कार्यालयका प्रमुख गिरिराज पाण्डेको प्रमुख आतिथ्यतामा तालीमको उद्घाटन गरिएको हो।

कार्यक्रममा प्रमुख अतिथि पाण्डेले अपाङ्गता हुनु कुनै व्यक्तिको दोष नभएको भन्दै सिप सिकेर आत्मनिर्भर बन्न सकिनेमा जोड दिए। उनले तालिमलाई निरन्तरता दिँदै सिकेको सीप व्यवहारमा उतार्न सहभागीहरूलाई प्रेरणा दिएका थिए ।

कार्यक्रममा विशिष्ट अतिथि वडा नं. ५ का कार्यबाहक वडाध्यक्ष भीमबहादुर के.सी.ले अपाङ्गता भएका व्यक्तिको उद्यम स्थापना र आर्थिक सशक्तीकरणका लागि वडा कार्यालयले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

त्यस्तै, राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष अजयकुमार शर्माले तालिम प्रभावकारी हुने विश्वास व्यक्त गर्दै अपाङ्गता भएका व्यक्तिको सशक्तीकरणमा निरन्तरता आवश्यक रहेको बताए ।

कार्यक्रममा राप्ती बहिरा संघकी निर्देशक प्रतिमा शर्मा, प्रशिक्षक रेणु जिएम, तिलसरा पुनलगायतले मन्तव्य व्यक्त गरेका थिए।

७० जना अपाङ्गता भएका व्यक्ति र अभिभावक सहभागी रहेको तालिममा प्रशिक्षक रेणु जिएम र तिलसरा पुन छन् भने दोभाषेको भूमिका स्मृति योगीले निर्वाह गरेकी हुन्।

तेजकुमारी भुसालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव बसन्ती ओलीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

नवनियुक्त अध्यक्षको पदभारः अस्पतालको सेवा प्रवाह व्यवस्थित गर्न कठिनाइ रहेको गुनासो

   जेठ १४, २०८२       admin

दाङ, १३ जेठ । राप्ती प्रादेशिक अस्पतालको सेवा प्रवाह व्यवस्थित गर्न आवश्यक पूर्वाधार, उपकरण र जनशक्तिको व्यवस्थापनमा पटक–पटक छलफल र बहस भइरहँदा पनि आवश्यक सुधार अझै अपूर्ण छन्। वर्षौँदेखि उठाइएका सिटी स्क्यान र आइसियु जस्ता महत्वपूर्ण उपकरणको अभावले अस्पतालमा सेवा प्रवाह प्रभावित भइरहेको सरोकारवाला बताउँछन् ।

अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरूले सरकारको बार्षिक बजेट कार्यक्रममा अस्पतालका लागि आवश्यक बजेट नपुग्दा संरचनागत समस्या अझै सुल्झिन नसकेको गुनासो गर्ने गरेका छन् ।

मंगलबार अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष महेन्द्र लामिछानेको बधाइ तथा पदभार ग्रहणका अवसरमा बोल्ने वक्ताहरुले उपकरणको अभावले सेवा प्रवाहमा समस्या हुँदै आएको बताए ।

कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. पदमराज अधिकारीले बजेट अभावका कारण योजना अनुरुप सेवा प्रवाह गर्न नसकिरहेको बताए । उनले सरकारले उपलव्ध गराउने बजेट अपर्याप्त रहेको भन्दै अस्पताललाई उपेक्षा नगर्न अनुरोध छ । अस्पतालमा सिटी स्क्यान र आइसियुको व्यवस्थापन हुन नसक्दा नागरिकलाई विशिष्ट सेवा दिन नसकिएको उनको भनाई थियो ।
“हाम्रो योजना अनुसार २०० शैयामा सेवा विस्तार गर्ने तयारी छ, तर बजेट अभावका कारण उपकरण व्यवस्थापन, सेवा विस्तार र प्रवाहमा समस्या आइरहेको छ।” उनले भने–‘ अस्पतालमा सिटी स्क्यान र आइसियुको अभावले बिरामीको उपचारमा ठूलो चुनौती थपिएको छ ।’
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले आवश्यक उपकरण नहुँदा नागरिकको ज्यान जोखिममा परेको बताए । “सिटी स्क्यान छैन, आइसियु छैन। यसले जनताको ज्यान जोखिममा पारेको छ।

‘आमाशिशु कार्यक्रम भए पनि सुरक्षित सुत्केरी सेवा दिन सकिँदैन।’उनले भने–‘अस्पतालमा दैनिक हजारौं बिरामी आउने गर्दछन्, तर चिकित्सक दरबन्दीको कमी र पुरानो संरचनाले सेवा प्रदान गर्न थप चुनौती थपेको छ। साथै, अस्पतालको जग्गा अतिक्रमण समस्या पनि अझै समाधान हुन सकेको छैन।’

अस्पतालको सेवालाई विशिष्टिकरण गर्दै लैजानका लागि स्थानीय सरकार प्रतिवद्ध रहेको बताए । निवनियुक्त अध्यक्षलाई बधाइ दिँदै उनले नागरिकका स–साना गुनासोहरु संवोधन हुनेगरी अस्पतालको सेवा प्रवाह गर्न आग्रह गरे ।

स्थानीय सरकारको तर्फबाट अस्पताललाई आवश्यक सहयोग र व्यवस्थापन गर्न आफू तयार रहेको भन्दै प्रदेश सरकारको विशेष सक्रियता र चासोको आवश्यकता रहेको औँल्याए।


तुलसीपुर उद्योग वाणज्यसंघका अध्यक्ष विनील केसीले वर्षौदेखि अस्पतालको समस्या समाधान नहुँदा नागरिकहरुले गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा पाउन नसकेको बताएका थिए । स्वास्थ्य सेवामा सुधार नहुँदा विपन्न नागरिकहरु अझ बढि पीडामा रहेको उनको भनाई थियो ।

सामान्य उपचारका लागि पनि बाहिर जाने परिस्थिती बनेको भन्दै यसप्रति सबैले चासो दिने मात्र नभई सेवालाई गुणस्तरीय बनाउन प्रत्यन्तशील भएर लाग्नुपर्ने बताएका थिए । यसका लागि नीजि क्षेत्रले गर्नुपर्ने सहयोग र समन्वयकारी भूमिकामा आफूहरु सँधै प्रतिवद्ध रहेको बताए ।


अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र लामिछानेले भने अस्पतालको व्यवस्थापन पक्षलाई बलियो बनाउनेगरी काम गर्ने बताएका छन् ।

अस्पतालको पूर्वाधार सुधार्न र सेवा विस्तार गर्ने विषयमा म विगतदेखि नै चासो र सरोकार राख्दै आएको हुँ, अब त्यसलाई पूरा गर्ने जिम्मेवारी पाएको हुनाले सेवा प्रवाह, संरचनागत सुधार र उपकरण व्यवस्थापन मेरो प्राथमिकतामा छ, उनले भने– नागरिकबाट आएका स–साना समस्या र गुनसोहरुलाई पनि समेटेर अस्पतालको सेवालाई प्रभावकारी बनाउने कुरामा म प्रतिवद्ध भएर लाग्ने छु ।’

अस्पतालमा दैनिक हजारौं बिरामी आउने गर्दछन्, तर चिकित्सकीय सुविधा र आवश्यक उपकरणको अभावले उपचारमा चुनौती थपिएको छ। सिटी स्क्यान र आइसियु नहुँदा गम्भीर बिरामीलाई तत्काल सेवा दिन नसकिने र महँगो शुल्क तिरेर अन्यत्रै जानुपर्ने नागरिकको बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

जुडोमा नेपाललाई ५ स्वर्णसहित १० पदक

   जेठ १४, २०८२       admin


काठमाडौँ,१३ जेठ । बंगलादेश क्रिरा सिखा प्रोतिष्ठान बीकेएसपी कप आमन्त्रण अन्तर्राष्ट्रिय जुडो च्याम्पियनसिपमा नेपाली खेलाडीले ५ स्वर्णसहित १० पदक जितेका छन् । साथै, थप १ रजत र ४ कास्यपदक पनि जित्दै नेपाल समग्रमा उपविजेता बनेको छ ।

प्रतियोगितामा बन्दी सहायता नियोग ९पाम०का खेलाडीले सर्वाधिक ४ स्वर्ण र १ कास्य जितेका थिए । प्रतियोगितामा पामबाट ५ खेलाडी सहभागी भएकोमा सबैले पदक चुम्न सफल भएका छन् । ।

पुरुष ६० केजीमुनि सविनकुमार दियाली र ६६ केजीमुनि विशेष विक तथा महिला ४८ केजीमुनि निशा श्रेष्ठ, ५२ केजीमुनि विनिता नेपाली र ५७ केजीमुनि पेमा याङजी शेर्पाले नेपाललाई स्वर्ण दिलाए ।

पुरुष ४५ केजीमुनि रिवाज लामा तामाङले रजत जिते । पुरुष ५५ केजीमुनि बुद्ध गुरुङ र ७३ केजीमाथि विज्ञान तिखत्री तथा महिला ४४ केजीमुनि समिता नेपाली र ६३ केजीमुनि रेखा श्रेष्ठले कास्यपदक हात पारे ।

प्रतियोगितामा नेपालबाट जम्मा १२ खेलाडी सहभागी थिए । तीमध्ये निशा, विनिता, पेमा, सविन र समिता पामका हुन् ।

प्रशिक्षकमा राधादेवी राई र लक्ष्मी तामाङ रहेका छन् । राधाले प्रतियोगितामा निर्णायकको भूमिका पनि निर्वाह गरेको नेपाल जुडो सङ्घका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् ।

बङ्गलादेशको बीकेएसपी टोली ६ स्वर्ण, ८ रजत र १० कास्यपदक साथ टिम च्याम्पियन बनेको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

लुटपाट गर्न खोज्ने दुई महिला तुलसीपुरको बसपार्कबाट पक्राउ

   जेठ १४, २०८२       admin

दाङ, १३ जेठ ।दाङको तुलसीपुरस्थित मुख्य बसपार्क क्षेत्रमा एक महिलाको पर्सबाट १० हजार रुपैयाँ लुट्न खोज्ने दुई महिलालाई प्रहरीले रंगेहात पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक २४ वर्षीया गीता भुषाल बिरगञ्ज घर भएकी हुन् भने अर्की महिलाको नाम खुलाइएको छैन।

तुलसीपुर उपमहानगरपालिका १० चैलाहीकी ५४ वर्षीया पार्वता अधिकारीको पर्सबाट पैसा निकाल्दै गरेको अवस्थामा ती महिलाहरूलाई बसपार्कस्थित प्रहरी बिट नजिकैबाट नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

“म फोन गर्दै हिँडिरहेकी थिएँ, अचानक झोलामा हलचल महसुस भयो,” पीडित अधिकारीले भनिन्, “फर्केर हेर्दा झोला खोलेर पैसा निकालिसकेका थिए। तुरुन्तै झोला खोसे र प्रहरीलाई खबर गर्दा उनीहरूलाई समातियो।”

उनको पर्समा करिब १० हजार रुपैयाँ रहेको र समयमै थाहा नपाएको भए सबै पैसा गुम्न सक्ने अवस्था रहेको अधिकारीको भनाइ छ। यस्ता घटना व्यस्त बजार क्षेत्रमा दिउँसै हुने गरेकोप्रति आश्चर्य व्यक्त गर्दै उनले सर्वसाधारणलाई सजग रहन आग्रह गरेकी छन्।

पक्राउ परेका दुबै महिलालाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

एकलौटी निर्णयको विरोधमा वडाअध्यक्षहरुले गरे कार्यपालिका बैठक बहिष्कार

   जेठ १४, २०८२       admin

दाङ, १३ जेठ । तुलसीपुर उपमहानगरपालिकाको ३२ औँ कार्यपालिका बैठकमा १२ जना वडाअध्यक्षले सहभागी नभई बहिष्कार गरेका छन्।

बहिष्कार गर्नेमा कांग्रेस, माओवादी केन्द्र र एमालेबाट निर्वाचित वडाअध्यक्षहरू छन्। उनीहरूले नगरप्रमुख टिकाराम खड्काले एकलौटी ढंगले नगर सञ्चालन गर्दै आएको आरोप लगाएका छन्।

तुलसीपुर–९ का वडाध्यक्ष तथा लेखा समितिका संयोजक घनश्याम ढकालका अनुसार नगरप्रमुखले वडाहरूको आवश्यकता र प्राथमिकता बेवास्ता गर्दै आफ्ना निकटका वडाहरूलाई बजेट बढी छुट्याएका छन्।

उनले बजेट बाँडफाँडमा विभेद गरिएको, निर्णय प्रक्रियामा वडाहरूको सुझाव नलिइएको र पारदर्शिता नभएको आरोपसमेत लगाए।

गत वर्ष चैत २२ गते बसेको ३१ औँ कार्यपालिका बैठकमा बहुमतले अस्वीकृत गरेको शिक्षक दरबन्दी मिलानसम्बन्धी एजेन्डा जबरजस्ती लागू गरिएको भन्दै उनीहरू आक्रोशित बनेका हुन्।

ढकालले भने, “बहुमतले अस्वीकार गरेको एजेन्डा कार्यान्वयनमा लगेर नियम विपरीत काम गरिएको छ। त्यसैले हामी बैठक बहिष्कार गर्न बाध्य भयौँ।”

यसअघि, सोमबार कांग्रेस र माओवादीबाट निर्वाचित वडाअध्यक्षहरूले नगरप्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउँदै कार्यशैली सुधार गर्न आग्रह गरेका थिए।

वडाअध्यक्षहरूको बहिष्कारबीच नगरप्रमुख खड्काले भने बैठक सञ्चालन गरेका छन्।

तर बहुमतको असहमति र चेतावनीलाई बेवास्ता गर्दै नगरप्रमुख अघि बढेको भन्दै वडाअध्यक्षहरूले असन्तुष्टि जनाएका छन्।

उनीहरूले माग सम्बोधन नभएसम्म कार्यपालिका बैठकमा सहभागी नहुने अडान लिएका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

गृहमन्त्रीमाथि राजीनामाको मागसहित संसद अवरुद्ध

   जेठ १४, २०८२       admin

काठमाडौं ,१३ जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ‘भिजिट भिसा’को नाममा भइरहेको मानव तस्करी प्रकरणमा गृह प्रशासन मुछिएपछि प्रतिनिधिसभामा प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद अवरुद्ध गरेका छन्।

मंगलबारको बैठक सुरू हुनेबित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी सहितका सांसदहरू उठेर गृहमन्त्रीको नैतिक जिम्मेवारी उठाउँदै राजीनामाको मागमा विरोध जनाए। उनीहरूले गृहमन्त्रीमाथि गम्भीर प्रश्न उठिसकेको भन्दै पदबाट अलग भएर छानबिनको मार्ग खुला गर्नुपर्ने बताए।

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले गृहमन्त्रीले मार्ग प्रशस्त नगरेसम्म निष्पक्ष छानबिन सम्भव नभएको बताए। “गम्भीर प्रश्न उठिसकेको अवस्थामा गृहमन्त्रीले छानबिन सहज हुने गरी मार्ग प्रशस्त गर्नु उपयुक्त हुन्छ,” पुनले भने।

रास्वपाका सांसद शिशिर खनालले समेत गृहमन्त्री पदमै रहेमा निष्पक्ष अनुसन्धानमा प्रश्न उठ्ने भन्दै तत्काल राजीनामाको माग गरे। उनले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्नेमा पनि जोड दिए।

प्रतिक्रिया स्वरूप सोमबार नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा पदाधिकारी बैठक बसेको थियो। बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता नरहेको निष्कर्ष निकालेको थियो। तर, प्रतिपक्षी दलहरू अध्यागमनका कर्मचारीहरूको सेटिङमार्फत रकम असुलीमा गृहमन्त्रीको संलग्नता हुनसक्ने दाबी गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

ब्रेक फेल हुँदा बस उपमेयरको घरमा पस्योः दुइजनाको मृत्यु

   जेठ १३, २०८२       admin

मकवानपुर,१२ जेठ । ब्रेक फेल हुँदा मकवानपुरमा बस दुर्घटना भएको छ । मकवानपुरको थाहा नगरपालिकामा भएको बस दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते भएको मकवानपुर प्रहरीले बताएको छ ।

त्रिभुवन राजपथको गोपाली गाउँबाट थानाबजार तर्फ गैरहेको बा–३ ख ५९९० नम्बरको बस थाहा नगरपालिका वडा नम्बर ३ स्थित गोपाली गाउँमा दुर्घटना भएको हो । ब्रेक फेल भएर थाहा नगरपालिकाको उपमेयर भरत गोपालीको घरभित्र छिर्दा भएको दुर्घटनामा ४० वर्षको कृष्ण बलामी र लोकेन्द्र कुमार ठाकुरको मृत्यु भएको प्रहरीको भनाई छ ।

बसले सडकमा हिडिरहेको एकजना पुरुषलाई ठक्कर दिएर उपमेयरको घरमा छिरेको स्थानीयले बताएका छ्न । दुर्घटनामा रघुनन्द यादव र कमलेश कुमार साहको अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुलसीपुरमा ‘रानी स्किल्स स्कुल’ सञ्चालन

   जेठ १३, २०८२       admin

दाङ,१२ फागुन । दाङको तुलसीपुरमा ‘रानी स्किल्स स्कुल’ सञ्चालनमा आएको छ । स्थानीय जनशक्ति उत्पादन र स्वरोजगारको सम्भावनालाई प्रत्याभूत गर्न स्थापना भएको उक्त स्कुलको सोमबार तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनील केसीको विशेष उपस्थितिमा स्कुलको औपचारिक उद्घाटन गरिएको हो।

उद्घाटनका अबसरमा अध्यक्ष केसीले स्कुलले स्वरोजगार बन्न चाहने युवायुवतीहरूका लागि नयाँ ढोका खोलेको बताए। ‘तुलसीपुरमै सीप सिकाउने थलोको स्थापना हुनु गौरवको कुरा हो। उनले भने–‘ यसले दक्ष जनशक्ति उत्पादन र रोजगारी प्रवर्धनमा ठुलो टेवा पुर्याउनेछ,’।

तुलसीपुर क्षेत्रमै सीप सिकाउने थलोहरु स्थापना हुनु यहाँका लागि गौरवको विषय भएको बताए । जनशक्ति उत्पादन र रोजगारी प्रर्वद्धनमा यसले ठुलो टेवा पु¥याउने उनको भनाई थियो ।

व्यवसायिक हित र जनशक्ति उत्पादन उद्योग वाणिज्य संघको प्राथमिकता भएकाले केही गरौँ भन्ने युवाहरुका लागि संस्थागत र व्यक्तिगत रुपमा आफू प्रतिबद्ध रहेको उनले बताए।

रानी स्किल्स स्कुलका सञ्चालक दीपक काफ्लेले विशेषगरी कक्षा १२ पास गरी बसेका तथा विदेश जान चाहने युवाहरूलाई लक्षित गर्दै तालिम केन्द्र सञ्चालन गरिएको जानकारी दिए।

उनका अनुसार करीब ३० लाख रुपैयाँको लगानीमा स्थापना गरिएको स्कुलमा बेकरी तथा बारिस्तासम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक कक्षाहरू सञ्चालन हुनेछन्।

स्कुलमा दुई प्रकारका कोर्सहरू सञ्चालनमा ल्याइनेछ । जसमा तीन महिने कोर्स अन्तर्गत ७० भन्दा बढी बेकरीका परिकार तथा बारिस्तासम्बन्धी सीपहरू सिकाइनेछन् भने ४५ दिने छोटो अवधिको कोर्समा ६० भन्दा बढी बेकरी परिकार बनाउने सीप प्रदान गरिने उनले जानकारी दिए।

सीप सिक्न नपाएर बेरोजगार बनेका युवाहरूलाई लक्ष्य गर्दै स्कुलले आर्थिक रूपमा विपन्न, एकल महिला तथा पिछडिएका वर्गका १० जनालाई निःशुल्क ४५ दिने बेकरी तालिमको अवसर उपलब्ध गराउने घोषणा समेत गरेको छ।

‘सीप सिक्नकै लागि बुटवल वा काठमाडौं जानुपर्ने बाध्यतालाई अन्त्य गर्न यो स्कुल स्थापना गरेका हौं,’ सञ्चालक काफ्लेले भने–‘बजारमा सीपयुक्त जनशक्तिको माग छ तर सीप नभएर युवाहरू बेरोजगार छन्। हामीले यो स्कुल त्यही दूरी चिर्ने पुलको रूपमा काम गर्न सञ्चालन गरेका हौं। ’

सीप सिक्नकै लागि महंगो शुल्क तिरेर बुटवल, काठमाडौँ धाउनुपर्ने बाध्यतालाई अन्त्य गर्न र दक्ष जनशक्ति स्थानीयस्तरमै उत्पादन हुने अन्य सहभागीहरुको अपेक्षा रहेको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

अदालतले दुर्गा प्रसाईको बयान लिँदै

   जेठ १३, २०८२       admin

काठमाडौ,१२ फागुन। काठमाडौंको तीनकुने घटनामा संलग्न भनिएका प्रतिवादीहरूको बयान लिने प्रक्रिया सुरु भएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा दुर्गा प्रसाईंसहित राज्यविरुद्धको अभियोगमा मुछिएका ५० जना प्रतिवादीहरूसँग बयान लिने कार्य अघि बढाइएको हो। उनीहरूमाथि थुनछेक बहससमेत चलिरहेको छ।

यसैगरी, भाटभटेनी लुट प्रकरणमा संलग्न ११ जनाको बयान र थुनछेक बहस न्यायाधीश पदमराज पाण्डेको इजलासमा हुँदैछ। उनीहरूमाथि सरकारी वकिलले आपराधिक उपद्रव अन्तर्गत अभियोजन गरेको हो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology