१० महिनामा ३ खर्बभन्दा बढी ऋण भुक्तानी, सार्वजनिक ऋण २६ खर्ब नाघ्यो

   जेठ १२, २०८२       admin

काठमाडौं, ११ जेठ । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा नेपाल सरकारले ३ खर्बभन्दा बढी सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानी गरेको छ। यद्यपि, सोही अवधिमा करिब ४ खर्ब बराबर नयाँ ऋण उठाइएको छ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रतिवेदनअनुसार चालु वर्षको सुरुवातमा सरकारको कूल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब रुपैयाँ थियो। वैशाख मसान्तसम्ममा थप १ खर्ब ८८ अर्ब ३० करोड रुपैयाँ ऋण उठाउँदै कूल सार्वजनिक ऋण २६ खर्ब २२ अर्ब ४० करोड रुपैयाँमा पुगेको छ। यो मुलुकको कूल गार्हस्थ्य उत्पादन (GDP) को ४२.९४ प्रतिशत हो।

कूल ऋणमध्ये वैदेशिक ऋण ५१.६९ प्रतिशत (१३ खर्ब ५५ अर्ब ६९ करोड) र आन्तरिक ऋण ४८.३१ प्रतिशत (१२ खर्ब ६६ अर्ब ७० करोड) रहेको छ।

सरकारले चालु वर्षमा कुल ५ खर्ब ४७ अर्ब रुपैयाँ ऋण उठाउने लक्ष्य राखेको थियो। वैशाख मसान्तसम्ममा जम्मा ३ खर्ब ९० अर्ब ८३ करोड रुपैयाँ मात्र उठाउन सफल भएको छ, जुन लक्ष्यको ७१.४५ प्रतिशत हो।

आन्तरिक ऋणमा अपेक्षाकृत राम्रो प्रगति भएको देखिन्छ। तीन खर्ब ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्यमध्ये हालसम्म तीन खर्ब एक अर्ब १४ करोड उठाइएको छ, जुन ९१.२५ प्रतिशत हो। बाँकी २८ अर्ब ८५ करोड रुपैयाँ उठाउन बाँकी छ।

तर, वैदेशिक ऋणमा भने उल्लेख्य प्रगति देखिएको छैन। दुई खर्ब १७ अर्ब रुपैयाँ उठाउने लक्ष्यमध्ये हालसम्म ८९ अर्ब ६८ करोड मात्र उठाइएको छ, जसले लक्ष्यको ४१.३३ प्रतिशत मात्रै प्रतिनिधित्व गर्छ।

यही अवधिमा सरकारले ३ खर्ब ८ अर्ब १४ करोड रुपैयाँ ऋणको साँवा र ब्याज भुक्तानी गरिसकेको छ, जुन वार्षिक बजेटको ७६.४९ प्रतिशत हो। यो ऋण सेवा खर्च कूल GDP को ५.०५ प्रतिशत बराबर पर्छ।

प्रतिवेदनअनुसार, वैशाख महिनामा सार्वजनिक ऋण प्राप्तिभन्दा साँवा भुक्तानी बढी भएपछि अघिल्लो महिनाको तुलनामा कुल सार्वजनिक ऋण दायित्व केही घटेको देखिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

लुम्बिनीमा मध्यराति ग्याङ फाइटः दुई जना पेस्तोलसहित पक्राउ

   जेठ १२, २०८२       admin

दाङ,११जेठ। मध्यरातमा भएको कुटपिटमा परी एक युवक घाइते भएका छन् । दुइजना पेस्तोलसहित पक्राउ परेका छन्। रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११, जितवापुरमा शनिबार मध्यराति दुई समूहबीच झडप भएको हो ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार महायज्ञस्थलमा रहेका स्थानीय युवा र मोहसड गाउँबाट गएका युवाहरूबीच राति करिब १२ बजे झडप भएको हो।

घटनामा जितवापुरका विक्रम सिंह घाइते भएका छन्। उनको हातखुट्टामा चोट लागेकाले अहिले भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरी उपरीक्षक प्रदीप क्षेत्रीका अनुसार जितवापुरमा जेठ २ गतेदेखि महायज्ञ सञ्चालनमा छ। महायज्ञ सुरु भएयता मोहसडका केही युवाहरू रातको समयमा आएर विवाद सिर्जना गर्दै आएकोमा शनिबार राति तीव्र कुटपिटमा परिणत भएको हो।

कुटपिटपछि इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको टोलीले मोहसड गाउँका २७ वर्षीय कमरउद्दिन मुसलमान र २६ वर्षीय रोशन अली फकिरलाई पक्राउ गरेको छ।

पक्राउ परेकाहरूको साथबाट गोली नभएको एकथान कटुवा पेस्तोलसमेत बरामद गरिएको प्रहरी उपरीक्षक क्षेत्रीले जानकारी दिए। उनीहरूलाई इलाका प्रहरी कार्यालय लुम्बिनीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

नारायणपुरका दुई किशोरी शुक्रबारदेखि बेपत्ता

   जेठ १२, २०८२       admin

दाङ,११ जेठ। दाङमा दुई किशोरी दुई दिनदेखि बेपत्ता भएका छन् । घोराही उपमहानगरपालिका–१० नारायणपुरका दुई किशोरी शुक्रवार दिउँसोदेखि बेपत्ता भएका हुन् ।

१५ वर्षीया संगम चौधरी नेपाली र १२ वर्षीया कृतना चौधरी नेपाली शुक्रवार दिउँसोदेखि सम्पर्कबिहिन भएका हुन्।

परिवारका अनुसार उनीहरू घरबाट बाहिर गएका थिए।तर साँझसम्म नफर्किएपछि खोजी सुरु गरिएको हो। यतिबेला उनीहरू कहाँ छन् भन्ने जानकारी नभएकाले खोजीकार्यमा सहयोग गरिदिन परिवारको अपिल छ।

किशोरीहरूलाई देखेमा वा उनीहरूबारे केही जानकारी भएमा नजिकको प्रहरी चौकीमा खबर गर्न वा घरपरिवारको मोबाइल नम्बर ९७६९४३८२८९ मा सम्पर्क गर्न परिवारको अनुरोध छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

जीप दुर्घटना: तीनको मृत्यु, दुई घाइते

   जेठ १२, २०८२       admin

तनहुँ ११,जेठ ।पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ४ जोड्ने मादी नदी पुलबाट जीप खस्दा तीन जनाको मृत्यु भएको छ।

दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग २ च ५७६० नम्बरको जीप पुलको रेलिङ भत्काएर मादी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए।

दुर्घटनामा पाँच जना सवारमध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा व्यास–५ का ३५ वर्षीय प्रविन थापामगर, २२ वर्षीय कुमार थापा र २० वर्षीय कुशल थापा रहेका छन्।

दुर्घटनामा घाइते भएका दुई जनामध्ये एकको अवस्था गम्भीर रहेको र उनलाई थप उपचारका लागि पोखरा पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ। चालकको अवस्था सामान्य रहेको छ।

घटनामा घाइतेहरुको उद्धार नेपाली सेनाको कालीभञ्जन गण, नेपाल प्रहरी तथा स्थानीयवासीले गरेका थिए। घाइतेको दमौली अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

आजको मौसम

   जेठ १२, २०८२       admin

दाङ, ११ जेठ। देशभर अहिले पश्चिमी वायु र स्थानीय वायुको प्रभाव देखिएको छ। साथै, बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोसी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतः सफा रहनेछ।

आज दिउँसो कोसी, मधेस, बागमती, सुदूरपश्चिम प्रदेश र देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। बाँकी क्षेत्रमा एक–दुई स्थानमा यस्तै प्रकारको वर्षाको सम्भावना रहेको छ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले सातै प्रदेशका केही स्थानमा चट्याङसहितको वर्षा सम्भावित रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

नातिसहित नारायणहिटी पुगे पूर्वराजा ज्ञानेन्द्र

   जेठ ११, २०८२       admin

काठमाडौं, १० जेठ । पूर्वराजा ज्ञानेन्द्र शाह शनिबार नाति हृदयन्द्र शाहसहित नारायणहिटी दरबार पुगेका छन्। हृदयन्द्रले हजुरआमा रत्न राज्यलक्ष्मी शाहलाई भेट्ने इच्छा व्यक्त गरेपछि पूर्वराजा ज्ञानेन्द्रले उनलाई लिएर नारायणहिटी पुगेका हुन्।

पूर्वराजाको सचिवालयका अनुसार पारिवारिक भेटघाटको उद्देश्यले उनीहरू दरबार गएका थिए। ज्ञानेन्द्रसँगै उनकी श्रीमती कोमल शाह पनि नारायणहिटी गएकी थिइन्।

२०६५ सालमा संविधानसभाबाट राजतन्त्र अन्त्य भएपछि ज्ञानेन्द्रले नारायणहिटी दरबार छोडेका थिए। तर, उनकी आमा रत्न राज्यलक्ष्मी शाह भने त्यही दरबारभित्रको महेन्द्र मञ्जिलमा बस्दै आएकी छन्। पूर्वराजा परिवारको यो भेटघाट व्यक्तिगत र पारिवारिक तहमा सीमित रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बालबालिकाको हितमा न्याय प्रणाली अघि बढ्नुपर्छः प्रधानन्यायाधीश

   जेठ ११, २०८२       admin

काठमाडौँ,१० जेठ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले बालबालिकाको सर्वोत्तम हित सुनिश्चित गर्ने गरी न्याय प्रणालीलाई सुधार गर्नुपर्नेमा जोड दिएका छन्।

केन्द्रीय बाल न्याय समितिको सचिवालयद्वारा शनिबार आयोजित ‘नेपालमा बाल न्याय प्रणालीको प्रवर्द्धनमा सरोकारवालाको भूमिकाको खोजी’ विषयक एकदिने राष्ट्रिय कार्यशाला गोष्ठीमा उनले न्यायिक प्रक्रियामा बालबालिकाको हक, हित र भलाइलाई केन्द्रमा राख्नुपर्ने बताएका हुन्।

उनले भने, “राज्यले निर्देशित गरेको विधिअनुसार काम गर्दै बालबालिकाको सर्वोत्तम हित सुनिश्चित गर्ने गरी न्याय सम्पादन हुनु जरुरी छ। यदि कानुनमा कमजोरी छन् भने ती सुधार गर्नुपर्छ। दक्ष जनशक्तिको अभावमा बालबालिकाको हित हुन सक्दैन।”

प्रधानन्यायाधीश राउतले बाल सुधारको क्षेत्रमा ढिला भएको उल्लेख गर्दै न्याय प्रणालीलाई हस्तक्षेपकारी र सुधारमुखी बनाउने आवश्यकता औंल्याए।

“प्रहरीले सुधार गर्ने होइन, सुरक्षा दिने हो। सुधार र समाजमा पुनःस्थापनाका लागि पूर्वाधार र उत्प्रेरणात्मक वातावरण तयार गर्न आवश्यक छ। यसमा तीनै तहका सरकारको अभिभावकीय भूमिका महत्वपूर्ण छ,” उनले स्पष्ट पारे।

उनका अनुसार, बालबालिकाको न्यायमा संलग्न सबै निकायहरूले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुपर्छ। दोषपूर्ण कानुन वा कमजोर कार्यान्वयनले बालबालिकालाई अझ जोखिममा पार्न सक्ने हुँदा सुधार अपरिहार्य भएको उनको धारणा छ। कार्यशालामा विभिन्न सरकारी तथागैरसरकारी निकाय, सरोकारवाला र बाल अधिकारकर्मीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ

   जेठ ११, २०८२       admin

काठमाडौं,१० जेठ । झापा र इलाममा छुट्टाछुट्टै घटनामा जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ परेका छन्।

झापाको भद्रपुर नगरपालिका–५ का २१ वर्षीय शंकर राजवंशीलाई १७ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

पीडित पक्षबाट उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले उनलाई कन्काई नगरपालिका–८, लक्ष्मीपुरबाट पक्राउ गरेको हो।

त्यस्तै, इलाम नगरपालिका–४ छयारछयारेका ३२ वर्षीय गोबिन्द बिष्टलाई २५ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ। उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

दुवै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

लुम्बिनी सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

   जेठ ११, २०८२       admin

दाङ।  लुम्बिनीमा निजी तथा कार्यक्रम पारित भएको छ। सरकाले लुम्बिनी प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमत सदस्यका आधारमा पारित गरिएको हो। लुम्बिनी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम सभाले बहुमतले पारित गरेको छ । छैठौं अधिवेशनको आठौं बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो । आर्थिक वर्ष २०८२/०८३को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

सभामुख तुलाराम घर्तीमगरले  निर्णयार्थ प्रस्तुत  गरेको नीति तथा कार्यक्रम ध्वनिमतको आधारमा  पारित भएको घोषणा गरेका हुन । शुक्रबार देखि प्रदेश सभामा नीति तथा कार्यक्रममाथि सैद्धान्तिक छलफल सुरु गरिएको थियो । प्रदेश सरकारले प्रदेशको समग्र विकास गर्ने गरी कृषि, उद्योग, पर्यटन, पूर्वाधार विकासलगायतका क्षेत्रलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो । जेठ ५ गते सदनमा प्रस्तुत भएको नीति तथा कार्यक्रमलाई सांसदहरूले प्रदेशको विकासका लागि उत्कृष्ट भन्दै त्यसलाई बजेटमार्फत सम्बोधन गर्न सुझाव दिएका छन ।

मुख्यमन्त्री चेतनारायण आचार्यले नीति तथा कार्यक्रमलाई पूर्ण कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे  । शनिबार बसेको छैठौं अधिवेशनको आठौं बैठकलाई सम्बोधन गर्दै उनले कार्यान्वयनको लागि प्रभावकारी अनुगमन व्यवस्था मिलाइने जानकारी दिए  ।
‘रचनात्मक सुझाव प्राप्त भएको छ । छलफलमा सहभागी हुने सबै माननीयज्यूहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु । यहाँहरूले दिएका सुझावलाई भोलिका दिनमा कार्यक्रमिक ढंगले अघि बढाउन सकिने सुझावलाई सरकारको तर्फबाट, विषयगत मन्त्रालयमार्फत सम्बोधन गर्ने कोशिस गर्नेछौं,’ मुख्यमन्त्री आचार्यले भने , ‘नीति तथा कार्यक्रम सरकारको दिशा निर्देशन गर्ने कार्यक्रम हो । आगामी आर्थिक वर्षको बजेटमा कार्यक्रमगत र आयोजनागत रूपमा सम्बोधनको विनियोजन विधेयक ल्याइनेछ ।’

उनले यसपटकको नीति तथा कार्यक्रम वास्तविक धरातलमा आधारित, कार्यान्वयन योग्य रहेको र विगतका योजनाहरूको विश्लेषण, साधन स्रोतको सीमा, अन्तरसम्बन्ध तथा तीन तहका सरकारबीचको समन्वय र साझेदारीको संवैधानिक दायरा मनन गरेर तयार पारिएको जानकारी दिए  ।
सरकारले वस्तुनिष्ठ र कार्यान्वयन योग्य बजेट बनाउने तयारी गरिरहेको पनि मुख्यमन्त्री आचार्यले स्पष्ट पारे। दुई दिनसम्म चलेको छलफलमा ४० जना प्रदेश सभा सदस्यले सुझावसहित धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

थर्ड आइ नेपाल दाङद्वारा रक्तदान कार्यक्रम

   जेठ ११, २०८२       admin

दाङ,१० जेठ । दाङको तुलसीपुरमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। थर्ड आई नेपालको आयोजनामा , नेपाल सोसाइटी तुलसीपुर शाखाको प्राविधिक सहयोग र फ्रेन्ड फिटनेस एन्ड सप्लायर्सको समन्वयमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा २३ जनाले रगतदान गरेका छन्। थर्ड आई नेपाल दाङका अध्यक्ष बसन्त गिरीका अनुसार संस्थाले नियमित रूपमा रक्तदान जस्ता सामाजिकआर्थिक कार्यक्रम गर्दै आएको छ।

“यसअघि पनि थर्ड आई नेपालले विभिन्न विद्यालय र क्याम्पसहरूमा पुगेर रक्त समूह परीक्षण तथा रक्तदान कार्यक्रम सञ्चालन गरिसकेको छ। उनले भने-” यस प्रकारका कार्यक्रमले समुदायमा रक्तदानप्रति चेतना फैलाउने र आपत्कालीन अवस्थामा रगतको सहज उपलब्धताका लागि टेवा पुग्ने विश्वास लिएका छौं।”

कार्यक्रमको अवसरमा संस्थाका प्रतिनिधिहरूले रक्तदानको आवश्यकता र महत्वका बारेमा जानकारी गराउँदै स्वेच्छिक रक्तदान गर्न सबैमा अपिल गरेका थिए।

रक्तदान मानव जीवन रक्षाको लागि अति आवश्यक कार्य हो। समयमै रगत नपाएर धेरै बिरामीले ज्यान गुमाउनु परिरहेको अवस्थामा यस्तो कार्यक्रमले अमूल्य जीवन जोगाउन योगदान पुग्ने आयोजकहरूले बताएका छन्।

थर्ड आई नेपालले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology