काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल (विश्व) नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको हो।
तीन सदस्यीय सिफारिस समितिले राष्ट्र बैंकको गभर्नरमा तीन जनाको नाम सिफारिस गरेको थियो। सिफारिस भएकामध्येे डा. विश्वनाथ पौडेललाई गभर्नरमा नियुक्त गर्ने निर्णय भएको छ,’ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले भने। समितिले निलम ढुंगाना र डा. दिनेश भट्टराईको नाम पनि सिफारिस गरेको थियो ।
गभर्नर नियुक्तिको विषयलाई लिएर मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो। छलफलमा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए। सोही बैठकमा सहमति जुटेपछि गभर्नर नियुक्त प्रक्रिया अगाडि बढेको थियो।
त्यसलगत्तै अर्थमन्त्री संयोजक रहेको सिफारिस समितिको बैठक बसेको थियो। समितिको बैठकले पौडेलसहित तीन जनाको नाम मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ । दाङमा पौडी खेल्ने क्रममा एकजनाको डुबेर मृत्यु भएको छ। दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ धरमपुर अक्कासीमा रहेको तालमा पाैडी खेल्ने क्रममा डुबेर एक जना किशाेरकाे मृत्यु भएकाे हो ।
मानव निर्मित तालमा शनिवार पाैडी खेल्ने गएका भुपेन्द्र बिककाे मृत्यु भएकाे ईलाका प्रहरी कार्यालयल तुलसीपुर दाङ्ले जनाएको छ । त्रिवेणी गाउँपालिका वडा न. ९ सिस्नेरी स्थायी घर भएका १६ वर्षिय बिक तुलसीपुरमा बसाेबास गर्दै आएका थिए ।
बिक साथीहरूसग अम्वाखाेली सामुदायिक बनकाे हाताभित्र निर्माण भएकाे कृत्रिम तालमा शनिवार नुहाउन गएक थिए । सोहि क्रममा तालमा डुबेर बिकको ज्यान गएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक सुर्य रानाले जानकारी दिए । मृतक बिकको पोस्ट्माटमका लागि राप्ती प्रादेशिक असपताल तुलसीपुर राखिएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ । नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ दाङको अध्यक्षमा कृष्ण खड्का चयन भएका छन् । नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघको बुधवार घोराहीमा भएको प्रथम अधिवेशनले खड्काको अध्यक्षतामा १६ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।
संघको उपाध्यक्षमा दीपक न्यौपाने र गिरधर भण्डारी, महासचिवमा उमाकान्त घिमिरे, सहमहासचिवमा राजेन्द्र श्रेष्ठ र प्रकाश केसी,कोषाध्यक्षमा हरिवंश दाहाल, सहकोषाध्यक्षमा नरेन्द्र कार्की निर्वाचित भएका छन् । संघको जिल्ला कार्यसमिति सदस्यमा मिना घर्तीमगर, लुमाराम बुढाथोकी, अनिल खनाल, बसन्त गिरी, बिक्रान्त योगी, शरद भण्डारी, हरिमाण खत्री र बिजय डाँगी रहेका छन् । निर्वाचित कार्यसमितिलाई नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीले प्रमाणपत्र प्रदान गरेका थिए ।
नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ लुम्बिनी प्रदेश तदर्थ समितिका संयोजक विश्वकुमार चन्दको सभापत्वि एवं नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको प्रमुख आतिथ्यतामा भएको अधिवेशनको उद्घाटनसत्रमा बोल्ने बक्ताले व्यवसायिक एकता र पेशागत हकहितका लागि निर्माण व्यवसायीहरु एकजुट भएर लाग्नुपर्ने र त्यसले पार्टीलाई समेत सहयोग पुग्ने बताएका थिए । साथै सहभागी वक्ताहरुले पार्टीको नीति र सिद्धान्त विपरित नजान समेत आग्रह गरेका थिए ।
अधिवेशनको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस दाङका उपसभापति गिरिराज सुवेदी, नेपाली कांग्रेस क्षेत्र नं. १ (२) का सभापति दिनेश गिरी, नेपाली कांग्रेस घोराही नगर सभापति तिलक रावत,दाङ निर्माण व्यवसायी संघका अध्यक्ष प्रविण भण्डारी, नेपाली कांग्रेस क्षेत्र नं. २ का कार्यसमिति सदस्य मधुसुदन अधिकारी, नेपाली कांग्रेस प्रदेशसभा २ (१) का कार्यसमिति सदसय दुर्गा घर्ती,नेपाली कांग्रेस नगर कोषाध्यक्ष प्रमोद पोख्रेललगायतले मन्तव्य व्यक्त गरेका थिए । नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ लुम्बिनी प्रदेश सदस्य मिनबहादुर घर्तीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण सदस्य बिजय डाँगीले गरेका थिए ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ । दाङको तुलसीपुरमा मंगलबार देखि शृङ्गारिक महा-आरती धर्म जागरण सप्ताह महा-महोत्सव २०८२ सुरु भएको छ । श्री सिद्ध रत्ननाथ मन्दिरमा बहुउद्देश्यीय हल निर्माणका लागि मन्दिर प्राङ्गणमा आयोजना गरिएको सप्ताह महा-महोत्सवको तुलसीपुर उपमहानगरपालिका वडा न ५ का अध्यक्ष बिरेन्द्र कुमार शाहले उद्घाटन गरेका हुन ।
अध्यक्ष शाहले बहुउद्देश्यीय सभाहल निर्माण जस्तो पवित्र धार्मिक अनुष्ठान, शृङ्गारिक महा-आरति धर्म जागरण सप्ताह महा- महोत्सवलाई उदेश्य र लक्ष्य अनुरुप सार्थक र परिणाममुखी बनाउनु पर्ने बताए । धर्मको रक्षार्थ धर्म जागरणका लागि यस्ता अनुष्ठानको महत्वपूर्ण भुमिका छ,फेरि यो पवित्र उदेश्य राखेर आयोजना गरिएको अनुष्ठान हो यसर्थ सबै दिब्यजनमा आ- आफ्नो क्षेमता अनुसार सक्दो दान मार्फत पुण्य कार्यमा सहभागी हुन आग्रह गरे । महोत्सवका प्रमुख कथा बाचक पण्डित जीवन न्यौपाने शास्त्री रहेका छन ।
महा-आरती धर्म जागरण सप्ताह महा-महोत्सवका सल्लाहकार, तुलसीपुर खानेपानी तथा सरसफाई संस्थाका उपाध्यक्ष नारायण प्रसाद शर्मा, महोत्सवका सह अध्यक्ष यमुना शाह,जेष्ठ नागरिक लुम्बिनी प्रदेश अध्यक्ष खुमानन्द अधिकारी लगाएतले शुभकामना राखेका थिए । महा-आरती धर्म जागरण सप्ताह महा-महोत्सवका मुल समारोहका संयोजक पुर्ण प्रसाद धितालको अध्यक्ष तथा सह अध्यक्ष गोकर्ण गिरिको स्वागत रहेको कार्यक्रममा दुर्गा प्रसाद भुसालले स्वागत गान प्रस्तुत गरेका थिए ।
महा-महोत्सवका वरिष्ठ सल्लाहकार मान बहादुर डागीले धन्यवाद तथा आभार प्रकट गरे । संचालन महामहोत्सव मुल समारोहका सचिब लक्ष्मण बस्नेतले गरेका थिए ।
२२ सय व्यक्ति फरार सूचिमा
उमा भण्डारी ,दाङ । सीपले जीवन जिउन सिकाउने कला निर्माण गर्ने पूर्व मुख्यमन्त्री माननीय दिल्लीबहादुर चौधरीले बताएका छन। महिलाहरूले सिप सिकेर आत्मनिर्भर बन्नुपर्ने अवस्था आएको र सो अन्तर्गत प्रदेश सरकार र आफूले पनि भूमिका निर्वाह गर्दै आएको उनले बताए। महिलाहरुले मासिक रुपमा २५ /३० हजार कमाउन सक्ने भए मात्रै देश आर्थिक समृद्धिमा जाने भन्दै उनले यसका लागि महिलाहरुमा सीप विकास अनिवार्य रहेको बताए ।
दाङको तुलसीपुरमा सुरु भएको थारु तथा बिपन्न महिलाहरुका लागि सिपमुलक तालिम कार्यक्रम अन्तर्गत एड्भान्स कटाई सिलाई तालिमको शुभारम्भ गर्दै पूर्व मुख्यमन्त्री चौधरीले यस्तो बताएका हुन्। उनले सिप सिक्नु मात्रै ठूलो कुरा नभएको भन्दै त्यसलाई ब्यबहारिकरुपमा प्रयोग गर्न पर्ने बताए । ‘सिक्नु भएको छ त्यसलाई थप सिकेर ब्यवसायीकरण गर्नु होस । ‘ राम्रो र गुणस्तरीय उत्पादन भएको बस्तु बजारीकरनमा पूर्ण सहयोग हामी गर्छौ । उनले आधुनिक संगै परम्परागत शैलीका सामग्री उत्पादन गरौ, उनले भने । हरेक महिला उद्धमी बन्नु पर्छ । सिप सिकौ क्षमता बढाउ, नयाँ पनि सिकौ पुरानो पनि सिकौ उनले भने ।
सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुर दाङको आयोजनामा भएको कार्यक्रममा तुलसीपुर क्षेत्रका ६० जना महिलाहरुको सहभागिता रहेको छ । तालिम २ महिना सम्म सन्चाअलन हुने छ । डिभिजन प्रमुख गिरिराज पाण्डेले सिकेको सीपलाई अबसरको रुपमा लिएर सदुपयोग गर्नु पर्ने बताए । सिकाइ विचित्र हुन्छ । कक्षा एउटै हुन्छ सिकाइ फरक हुन्छ । सबैले राम्रो सिकाइ सिकौ । उनले बहने आफै लाग्नु पर्छ । सिकाइ आफ्नै हातमा निर्भर रहने बताए ।
कार्यालयका अधिकृत पोखर केसीको स्वागत मन्तव्य रहेको कार्यक्रममा ब्यबस्थापक शान्ता चौधरीलगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रम सन्चालन सन्दीप केसीले गरेका थिए ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ । सर्जक मनजीत पुनको ‘कुरै खलास’ गीत्वसार्वजनिक भएको तीन दिनमै युटुबमा ट्रेन्डिङमा रहेको छ ।
दङागाली सर्जक मनजीत पुनको सिर्जना रहेको र्वकृष्ण रेउले युट्युव च्यानलबाट सार्वजनिक भएको गीत आइतबार सम्ममा युटुबमा २० औ नम्बर ट्रेन्डिङमा रहेको छ ।
सार्वजनिक गितमा कृष्ण रेउले, एलिना चौहान र रेश्मा पुनको स्वर रहेको छ । लोक र आधुनिक संगीतको उत्कृष्ट संयोजन रहेको गीतले छोटो समयमै दर्शक तथा श्रोता समक्ष लोकप्रिय बनेको छ । म्युजिक भिडियोले सोचेको भन्दा पनि सफलता पाएको सर्जक पुनले बताए । भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका छ्न । चर्चीत नायिका प्रियंका कार्की, कृष्ण रेउले, बिमल अधिकारी, विक्रम बुढाथोकी, विजय पुन, करिश्मा शाही, र जोयम पुनको अभिनय रहेको छ ।
सुकदेव अधिकारी, रुपी सिञ्जाली र प्रेमा राणाले समूह भोकल दिएका छ्न । गीतका सर्जक मनजित पुन, संगीतकार ऋषि खड्का, र संगीत एरेन्जर बिमल छिनाल हुन् । छायांकन अजय रेग्मी गरेका छन् भने सम्पादन विकास ज्ञवालीले गरेका हुन् । गितको कोरियोग्राफी युमी बालामीले गरेका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ । राष्ट्रिय परीक्षा बोर्डले देशभरका परीक्षा केन्द्रबाट एकैसाथ कक्षा १२ को परीक्षा सुरु गरेको छ ।
बोर्डका अध्यक्ष महाश्रम शर्माले कक्षा १२ को परीक्षामा निर्धक्क भएर परीक्षामा सहभागी हुन सम्पर्ण परीक्षार्थीलाई आग्रह गरेका छन् ।
परीक्षा बिहान ८ः०० बजेदेखि ११ः०० बजे हुने छ । आगामी जेठ २ गतेसम्म सञ्चालन हुने उक्त परीक्षाका लागि बोर्डले देशभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र निर्धारण गरेको छ । सबैभन्दा बढी काठमाडौँमा एक सय ६२ र कम मनाङ–मुस्ताङमा एक–एक केन्द्र निर्धारण गरिएको अध्यक्ष शर्माले जानकारी दिए ।
परीक्षाका लागि त्यत्ति नै सङ्ख्यामा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष तथा विद्यार्थी सङ्ख्याका आधारमा करिब दुई हजार कर्मचारी, प्रत्येक परीक्षा केन्द्रमा कम्तीमा एक कार्यालय सहयोगी र २० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।
परीक्षमा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ परीक्षार्थी तथा आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना गरी कुल पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी हुने अध्यक्ष शर्माले जानकारी दिए ।
यस वर्ष सबैभन्दा कम मनाङबाट ४५ परीक्षार्थी सहभागी हुँदैछन् भने सबैभन्दा धेरै काठमाडौंबाट ६८ हजार १३३ परीक्षार्थी सहभागी हुने भएका छन् । परीक्षामा कम श्रवणशक्ति, दृष्टिविहीन, सुस्त मनस्थिति वा अरू प्रकृतिको अपाङ्गता भएका परीक्षार्थीका निम्ति विशेष व्यवस्था गरिएको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।
त्यसैगरी, कारागार वा बाल सुधारगृहमा रहेका परीक्षार्थीलाई परीक्षा दिने व्यवस्था गरिएको छ ।
जिल्ला परीक्षा समन्वय समिति वा परीक्षा नियन्त्रकको अनुमतिबिना जोकोहीलाई परीक्षा केन्द्रमा प्रवेश गर्न दिइने छैन भने परीक्षाको मर्यादा पालना नगरेको अवस्थामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षक तत्काल परिवर्तन गर्न सक्ने व्यवस्था गरिएको छ । परीक्षा सञ्चालन अवधिभर केन्द्राध्यक्षबाहेक अरू कसैले पनि परीक्षा केन्द्रमा मोबाइल फोन लैजान पूर्ण निषेध गरिएको छ । परीक्षार्थीलाई परीक्षा हलभित्र मोबाइल फोन, स्मार्ट घडीलगायत इलेक्ट्रोनिक डिभाइस (लोडेड डकुमेन्ट नभएको क्याल्कुलेटरबाहेक) लैजान निषेध गरिएको बोर्डले जनाएको छ ।
परीक्षाको मर्यादाविपरीत शिक्षक ,कर्मचारी, निरीक्षक र परीक्षार्थीहरूबाट मोबाइललगायत प्रतिबन्धित सामग्री लगेको अवस्थामा सर्च/अनुगमन गर्दा नियन्त्रणमा लिएमा उक्त सामग्रीका सम्बन्धमा शिक्षा ऐन, २०२८ को दफा १७ (१ क) ‘च’ अनुरूप परीक्षाको मर्यादा भङ्ग गरेको अभियोगमा कानुनी कारबाही गरिने व्यवस्था गरिएको छ ।
परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी, संस्कृत रचना, बुद्ध शिक्षा, उर्दू व्याकरण विषयको परीक्षा हुनेछ ।
परीक्षामा साधारण र परम्परागत धारतर्फका नियमित तथा आंशिक परीक्षार्थी (रजिस्ट्रेशन नम्बरका सुरुका दुई अङ्क ७८, ७९, ८० र ८१ हुने) र प्राविधिक धारतर्फका नियमित तथा आंशिक परीक्षार्थी (रजिस्ट्रेशन नम्बरका सुरुका दुई अङ्क ७९, ८०, ८१ हुने) सहभागी हुने बोर्डले जनाएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ । राप्ती साहित्य परिषद्काे अध्यक्षमा कमलमणि देवकाेटा सर्वसम्मत चयन भएका छन् । दाङकाे घाेराहीमा सम्पन्न १५ ओैँ अधिवेशनबाट देवकोटा सर्वसम्मत चयन भएका हुन् ।
परिषद्काे वरिष्ठ उपाध्यक्षमा दीपक शर्मा समीर, महासचिवमा आदिम केसी, सचिवमा शारदा शर्मा र काेषाध्यक्षमा बसन्त पाेख्रेल चयन भएका छन् ।
सदस्यहरूमा धनसिंह गिरी, सुवास न्याैपाने, सरीता देवकोटा, पूर्णर वली सिर्जना शर्मा, ओमबहादर खत्री, निमा पुन मगर, भावना खड्का, गोविन्द पुन गिरिष, तारादेव शर्मा, झरना चन्द, माेहनसिंह घर्ती रहेका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ। लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक बुधवार सम्पन्न भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले तीन वटा महत्वपूर्ण निर्णयहरू गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए ।
बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्ने, आर्थिक वर्ष २०८२/०८३ मा स्थानीय तहमा बाँडफाँड हुने सवारी साधन करको अनुमानित सीमा पठाउने, र प्रदेशमा जीवनाशक विषादी व्यवस्थापनसम्बन्धी विधेयकको मस्यौदा तयार पार्न सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पेश गरेको सचिवहरूको जिम्मेवारी तोक्ने प्रस्तावलाई बैठकले स्वीकृत गरेको छ । उक्त निर्णयअनुसार बसन्त प्रसाद कोइरालालाई सामाजिक विकास मन्त्रालय र प्रमोद भट्टराईलाई वन तथा वातावरण मन्त्रालयको सचिवका रूपमा जिम्मेवारी तोकिएको छ ।
त्यसैगरी, आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको आर्थिक वर्ष २०८२/०८३ मा स्थानीय तहमा बाँडफाँड हुने सवारी साधन करको अनुमानित सीमा पठाउने प्रस्ताव पनि बैठकले स्वीकृत गरेको छ ।
यस्तै, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई लुम्बिनी प्रदेशमा जीवनाशक विषादी व्यवस्थापनसम्बन्धी व्यवस्था गर्न विधेयकको मस्यौदा तयार गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरिएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ। दाङमा जम्मू-कश्मिरमा भएको आतंकवादी हमलामा नेपालका सुदीप न्यौपानेसहित हत्या गरिएकाहरूको सम्झना गरिएको छ । सुदीपको सम्झनामा दाङको तुलसीपुरमा दीप प्रज्वलन गरिएको छ। नागरिक संघ सस्थाको अगुवाइमा दीप प्रज्वलन तथा आतंकबाद विरुद्धमा खेद प्रकट गरिएको छ ।
वैशाख १० गते पहलगाम भ्रमणमा गएका रुपन्देही बुटवलका न्यौपानेसहित २८ जनाको हत्या अनाक्मा आतंकबादीहरुले हत्या गरेका थिए । आतंकवादी गतिविधि विरूद्ध खेत प्रकट गर्दै र शान्तिको कामना गर्दै तुलसीपुरमा दीप प्रज्वलन गरिएको छ ।
दीप प्रज्वलनमा सम्बोधन गर्दै विश्व रिबोल पुस्कार पाएका ब्यक्ति तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले कुनै पनि आतंकवादका विरूद्धमा एक जुट हुन जरूरी रहेको बताए। घटनाको भत्सर्नाग र्दै उनले आतंकवाद निर्मूल गर्न विश्व एक हुनु पर्ने र आतंकवादका विरूद्दम्मा लाग्नु पर्ने जरूरी रहेको बताए। चौधरीले आतंकवाद विरूद्ध लड्न भारतलाई शक्ति प्राप्त होस् भन्दै सम्पूर्ण नेपाली र लुम्बिनी प्रदेशवासी आतंकवादको विरूद्धमा उभिने बताएका थिए।
बेस संस्था, मटाँवा, बरघर, भलमन्सा संघ, नेपाल तरूण दल दाङ , सेवा प्रतिस्ठान नेपाल दाङको आयोजना र नेपाल प्रेस युनियन दाङको ऐक्यबद्धतामा दीप प्रज्वलन कार्यक्रम भएको हो। कार्यक्रममा नेपाल तरूण दलका जिल्ला अध्यक्ष टीकाराम घर्ती, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष, बेसका कार्यकारी निर्देशक चुर्ण बहादुर चौधरी,नेपाल तरूण दलका जिल्ला पदाधिकारी, सर्वसाधारण लगायतको उपस्थिति रहेको थियो । तरुण दल जिल्ला सचिव ध्रुव आचार्यले सहजीकरण गरेका थिए ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस