एसईई नतिजामा सुधारः ६५.९८ प्रतिशत ग्रेडेड

   बैशाख २, २०८३       admin

दाङ,२९ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा गत वर्षको तुलनामा सुधार देखिएको छ। यस वर्ष ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् भने गत वर्ष ६१.८१ प्रतिशत मात्र ग्रेडेड भएका थिए।

बोर्डका शिक्षा सचिव चुडामणि पौडेलका अनुसार यस वर्ष नतिजामा करिब ४.१७ प्रतिशतले सुधार आएको हो। यस वर्ष कुल २ लाख ८४ हजार १६० विद्यार्थी ग्रेडेड भएका छन्। गत वर्ष भने २ लाख ७१ हजार २ सय ९९ विद्यार्थी मात्र ग्रेडेड भएका थिए।

नतिजाअनुसार जीपीए ३.६ देखि ४ ल्याउने ४८ हजार ३९२ जना रहेका छन्। त्यस्तै, जीपीए ३.२ देखि ३.६ सम्म ८० हजार ३७२ जना रहेका छन् । यस्तै, जीपीए २.० देखि ३.२ सम्म ९४ हजार २२२ विद्यार्थी ग्रेडेड भएका छन्।

यसैगरी जीपीए २. देखि २.८ सम्म ५५ हजार ९७७, जीपीए २.० देखि २.४ सम्म ५ हजार १९० र जीपीए १.६ देखि २.० सम्म ७ जना रहेका छन्।

प्रदेशगत रूपमा हेर्दा वाग्मती प्रदेश मा सबैभन्दा बढी ७७ हजार ११३ विद्यार्थी ग्रेडेड भएका छन्। कोशी प्रदेश मा ५० हजार ८९०, मधेश प्रदेश मा ४४ हजार ५९२, लुम्बिनी प्रदेश मा ४४ हजार २५६, गण्डकी प्रदेश मा २६ हजार ५५०, कर्णाली प्रदेश मा १९ हजार ९५ र सुदूरपश्चिम प्रदेश मा १९ हजार ९५ विद्यार्थी ग्रेडेड भएका छन्।

नतिजाअनुसार ननग्रेडेडतर्फ भने मधेश प्रदेश अगाडि देखिएको छ, जहाँ ३१ हजार ७२५ विद्यार्थी ननग्रेडेड भएका छन्। कोशीमा २१ हजार ३६६, वाग्मतीमा २१ हजार ७०४, गण्डकीमा ९ हजार ९४३, लुम्बिनीमा २७ हजार ८९३, कर्णालीमा १३ हजार २४१ र सुदूरपश्चिममा २० हजार ६३५ विद्यार्थी ननग्रेडेड भएका छन्।

समग्रमा यस वर्षको एसईई नतिजामा सुधार देखिए पनि प्रदेशगत असमानता भने अझै कायम रहेको देखिएको परीक्षाा बोर्डले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

हिँड्दै गर्दा लडेकी छात्राको मृत्यु

   बैशाख २८, २०८३       admin

दाङ,२८ वैशाख । हिँड्दै गर्दा अचानक लडेकी एक छात्राको मृत्यु भएको छ । रून्टीगढी गाउँपालिका–१ करेन्टीकी २१ वर्षीया धनसरी कवरको सोमबार लडेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार बिहान करिब पौने ८ बजेतिर ट्युसन पढेर फर्किँदै गर्दा घोराही उपमहानगरपालिका–१३ डमुर गाउँमा उनी हिँड्दै गर्दा अचानक लडेकी थिइन् ।

तत्काल उनलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी रेशम बोहराका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

मृतकका अभिभावक रोल्पाबाट दाङ जादै
गरेको र शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बजेट अभावले यस वर्ष पनि गैँडा गणना नहुने

   बैशाख २८, २०८३       admin

काठमाडौ,२८ वैशाख । बजेट अभावका कारण गएको वर्ष रोकिएको दुर्लभ एकसिङ्गे गैँडाको गणना यस वर्ष पनि नहुने भएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्यका अनुसार बजेट अभावसँगै यस वर्ष बाघ गणना पनि परेकाले गैँडा गणना गर्न नसकिएको हो । हरेक चार वर्षमा हुँदै आएको गणनाका लागि भने आगामी वर्षको तयारी सुरु भइसकेको छ ।

उनका अनुसार चितवन राष्ट्रिय निकुञ्जमा आनुवंशिक (जेनेटिक) विधिबाट गैँडा गणना गरिनेछ भने बर्दिया राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जमा प्रत्यक्ष अवलोकनबाट गणना गरिने तयारी छ ।

आनुवंशिक विधिमा गैँडाको गोबर संकलन गरी डीएनए परीक्षणबाट संख्या र लिङ्ग पहिचान गरिन्छ । गैँडाले सामान्यतया एकै स्थानमा दिसा गर्ने भएकाले त्यस्ता स्थान पहिचान गरी पटक–पटक नमूना संकलन गरिन्छ ।

यसअघि सन् २०२१ को गणनामा झण्डै तीन करोड रुपैयाँ खर्च भएको थियो । सो गणनामा देशभरका निकुञ्ज तथा संरक्षण क्षेत्रमा ७५२ वटा गैँडा फेला परेका थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

भ्रष्टाचारमा मुछिए आफ्नै पार्टीले कारबाही गर्छ : सभापति थापा

   बैशाख २८, २०८३       admin

काठमाडौ, २८ वैशाख । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीबाट निर्वाचित जनप्रतिनिधि भ्रष्टाचारमा मुछिए अख्तियारभन्दा पहिले नै कारबाही गर्ने बताएका छन् ।

सुर्खेतमा आयोजित ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’ मा उनले पार्टीका जनप्रतिनिधिहरूलाई सचेत गराउँदै यस्तो बताएका हुन् ।
उनले कुनै पनि जनप्रतिनिधि आर्थिक अनियमिततामा संलग्न भएको तथ्य प्रमाणसहित पुष्टि भएमा अख्तियारले कारबाही गर्नुभन्दा अघि नै पार्टीले कदम चाल्ने स्पष्ट पारे ।

सभापति थापाले पार्टीलाई काम र परिणाम आवश्यक रहेको बताउँदै जिम्मेवारीपूर्वक काम गर्न सबैलाई निर्देशन दिएका छन् ।

कार्यक्रममा कर्णाली प्रदेशका संसदीय दलका नेता, मन्त्री, सांसद तथा स्थानीय तहका प्रमुख,उपप्रमुखहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सरकारलाई जनअपेक्षा पूरा गर्न आग्रह

   बैशाख २८, २०८३       admin

काठमाडौ,२८ वैशाख । राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूले संविधान र कानुनको परिधिभित्र रहेर जनअपेक्षा पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।


बैठकमा सांसदहरूले महँगी नियन्त्रण गर्न, पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन र तत्काल राहत प्याकेज घोषणा गर्न सरकारसँग आग्रह गरेका छन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता कमला पन्तले सरकारका सकारात्मक काममा समर्थन रहने बताउँदै संविधान र कानुनभन्दा माथि कोही नरहेको विषयमा ध्यान दिन आग्रह गरिन् ।

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका नेता झक्कुप्रसाद सुवेदीले जनअपेक्षा सम्बोधन हुने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउन सुझाव दिए ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता प्रेमप्रसाद दङ्गालले अध्यादेशमार्फत कानुन बनाउँदा संसद्को गरिमा कमजोर हुने बताए ।

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता महन्थ ठाकुरले संविधानप्रति असन्तुष्टि रहेको उल्लेख गर्दै संशोधनबाट ती विषय सम्बोधन हुने विश्वास व्यक्त गरे ।

राष्ट्रिय जनमोर्चाका नेता तुलप्रसाद विश्वकर्माले सुकुमबासी व्यवस्थापन र अध्यादेशजस्ता विषयमा सरकारका कामप्रति प्रश्न उठाएका छन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

जेनजी आन्दोलनबारे प्रतिवेदन सार्वजनिक गर्न माग

   बैशाख २८, २०८३       admin

काठमाडौ,२८ वैशाख। जेनजी आन्दोलनसम्बन्धी प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै राष्ट्रिय जेनजी नागरिक अभियानले सोमबार राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय अगाडि प्रदर्शन गरेको छ ।

हरिहर भवन परिसरमा आयोजित शान्तिपूर्ण धर्ना कार्यक्रममा सहभागीहरूले ब्यानर र प्लेकार्डसहित विरोध जनाएका थिए । उनीहरूले जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे आयोगले तयार पारेको प्रतिवेदन लामो समयसम्म सार्वजनिक नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

प्रदर्शनकारीहरूले सत्यतथ्य बाहिर ल्याउन, दोषीलाई कारबाही गर्न र पीडितलाई न्याय दिन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग राखेका छन् । उनीहरूले मानव अधिकारको संरक्षण गर्ने निकायबाट नै ढिलाइ हुनु दुःखद भएको बताएका छन् ।

धर्नाका क्रममा केही समय तनावसमेत सिर्जना भएको थियो । प्रहरीले स्थिति नियन्त्रणमा लिन खोज्दा केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको जनाएको छ । यद्यपि, कार्यक्रम समग्रमा शान्तिपूर्ण रहेको आयोजकले बताएका छन् ।आन्दोलनकारीहरूले प्रतिवेदन सार्वजनिक नभएसम्म आफ्नो दबाब जारी राख्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

भोलिसम्म एसइई नतिजा सार्वजनिक गर्ने तयारी

   बैशाख २८, २०८३       admin

काठमाडाै, २८ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । सरकारले वैशाख २९ गतेभित्र नतिजा सार्वजनिक गर्न समयसीमा दिएपछि बोर्डले आवश्यक काम तीव्र बनाएको हो ।

कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार परीक्षार्थीको प्राप्तांक कम्प्युटरमा इन्ट्री गर्ने काम सकिएको छ भने रुजु गर्ने काम पनि अन्तिम चरणमा पुगेको छ । कुनै प्राविधिक समस्या नआए मंगलबार नतिजा सार्वजनिक गर्ने तयारी रहेको उनले बताए ।

बोर्डले एसइई नतिजा एसएमएस वा वेबसाइटमार्फत हेर्न सकिने व्यवस्था मिलाएको जनाएको छ । यस वर्ष चैत १९ गतेदेखि देशभरका एक हजार ९६६ परीक्षा केन्द्रबाट परीक्षा सुरु भएको थियो । परीक्षामा पाँच लाख १२ हजार ४२१ विद्यार्थी सहभागी भएका थिए भने जापानबाट पनि २३ जनाले परीक्षा दिएका थिए ।

सरकारले परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिएपछि बोर्डले सोहीअनुसार तयारी गरिरहेको हो । विगतमा भने नतिजा सार्वजनिक हुन करिब तीन महिना लाग्ने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

स्वास्थ्य बीमा सुधार गर्दै जनमैत्री बनाइँदै : मन्त्री मेहता

   बैशाख २८, २०८३       admin

काठमाडौं, २८ वैशाख । स्वास्थ्यमन्त्री निशा मेहताले स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गरेर त्यसलाई व्यवस्थित र जनमैत्री बनाउन सरकारले तयारी गरिरहेको बताएकी छन् ।

सोमबार वीर अस्पतालमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ शुभारम्भका क्रममा उनले यस्तो जानकारी दिएकी हुन् ।

स्वास्थ्य बीमामा केही जटिल समस्या रहेको स्वीकार गर्दै उनले त्यसलाई सरल र प्रभावकारी बनाउने विषयमा मन्त्रालयमा गहन काम भइरहेको बताइन् ।
उनका अनुसार स्वास्थ्य बीमा सुधारसम्बन्धी कार्ययोजना अन्तिम चरणमा पुगेको छ ।

सरकारले छिट्टै नागरिकलाई सहज हुनेगरी नयाँ व्यवस्था सार्वजनिक गर्ने तयारी गरेको उनले जानकारी दिइन् ।

मन्त्री मेहताले स्वास्थ्य बीमालाई कसरी अझ सहज र जनमैत्री बनाउन सकिन्छ भन्ने विषयमा निरन्तर छलफल भइरहेको समेत बताइन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बिमल रिजाल रास्वपामा प्रवेश

   बैशाख २७, २०८३       admin

दाङ,२७ वैशाख । तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा समाजसेवी बिमल रिजाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।

आइतबार रास्वपाका पार्टी सभापति रवि लामिछानेले रिजाललाई पार्टीको ब्याज लगाएर स्वागत गरेका हुन् ।

पार्टी प्रवेश कार्यक्रममा रास्वपाका केन्द्रीय महामन्त्री कबिन्द्र बुर्लाकोटी, दाङ क्षेत्र नं. ३ का सांसद कमल सुबेदी, रास्वपा दाङ जिल्ला उपाध्यक्ष अर्जुन के.सी. तथा क्षेत्र नं. ३ का संयोजक बलिराम खत्री लगायतको उपस्थिति रहेको थियो ।

रिजालले करिब ३० वर्ष लामो नेपाली कांग्रेससँगको राजनीतिक यात्रा अन्त्य गर्दै केही समयअघि पार्टी परित्याग गरेका थिए । त्यसपछि उनी आइतबार औपचारिक रूपमा रास्वपामा प्रवेश गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

पाकिस्तानमा प्रहरी चौकीमा हमला:१५ प्रहरीको मृत्यु

   बैशाख २७, २०८३       admin

काठमाडौ,२७वैशाख । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा रहेको एक प्रहरी चौकीमा आतंककारी आक्रमण हुँदा १५ प्रहरीको मृत्यु भएको छ ।

बन्नु मेडिकल एण्ड टिचिङ इन्स्टिच्युटका प्रवक्ता नोमान खानका अनुसार ज्यान गुमाउने सबै प्रहरी कर्मचारी हुन् । घटनामा घाइते भएका तीन जनालाई अस्पताल ल्याइएको छ र उनीहरूको अवस्था खतरामुक्त रहेको जनाइएको छ ।

यसअघि प्रहरी अधिकारी सज्जाद खानको कार्यालयले फतेह खेल चौकीको भग्नावशेषबाट १२ जना प्रहरीको शव निकालिएको र तीन जनालाई जीवितै उद्धार गरिएको जानकारी दिएको थियो ।

समाचार संस्था रोयटर्सका अनुसार बन्नु सहर बाहिर रहेको प्रहरी चौकीमा विस्फोटक पदार्थ भरिएको गाडी ठोक्काइएको थियो । विस्फोटपछि आक्रमणकारीहरू चौकीभित्र प्रवेश गरी प्रहरीमाथि गोली प्रहार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology