दाङ, ३० चैत । शनिबार बिहानैदेखि दाङसहित लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूमा वर्षा भइरहेको छ। दाङ सहित पाल्पा, रुपन्देही, गुल्मी, प्युठान, रोल्पा, बागलुङ, जुम्ला, कालीकोट लगायतका जिल्लाहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। यही क्षेत्रहरूमा हावाहुरी चट्याङ सहितको पानी परिरहेको छ। दाङमा हावाहुरी चट्याङ सहितको वर्षा भइरहेको छ।
हाल देशभर स्थानीय वायु र पश्चिमी वायुको प्रभाव छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार केही दिनअघि भारतबाट बंगालको खाडी हुँदै नेपाल भित्रिएको जलवाष्पयुक्त हावाको सामान्य प्रभाव छ। अहिले अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव छ। ती प्रणालीहरुको प्रभावले गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा वर्षा भइरहेको मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिए।
पाल्पा, रुपन्देही, गुल्मी, बागलुङ, दाङ, प्युठान, रोल्पा, जुम्ला, कालीकोट लगायतका जिल्लाहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। ती ठाउँहरूमा रातिदेखि नै वर्षा भइरहेको मौसमविद दाहालले बताए। वर्षा भइरहेको स्थानहरुमा पूर्णतया बदली र बाँकी भूभागहरूमा मौसम आंशिकदेखि साधारणतया बदलीको अवस्था रहेको पनि उनले बताए।
शनिबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बाँकी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा पनि पानी पर्ने सम्भावना रहेको उनले बताए।
त्यस्तै उच्च पहाडी तथा हिमाली भूभागहरूको एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ। शनिबार राति कोशी र मधेस प्रदेशका भूभागहरुमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी भूभागहरूमा राति पनि हिमपातको सम्भावना रहेको मौसमविद् दाहालको भनाइ छ । काठमाडौंमा दिउँसोको समयमा हल्का वर्षाको सम्भावना छ। यद्यपि देशैभरि शनिबार अरू दिनभन्दा कम पानी पर्ने र आइतबार शनिबारभन्दा अझै कम पानी पर्ने पूर्वानुमान छ। मौसम क्रमिक रूपमा सुधार हुँदै जाने दाहालले बताए।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, २९ चैत। दाङको तुलसीपुरस्थित पब्लिक ज्ञानज्योती कलेज र काठमाडौंको इन्टरनेशनल स्कूल अफ टुरिज्म एन्ड होटल म्यानेजमेन्ट (आइएसटी) बीच द्विपक्षीय सम्झौता भएको छ। होटल म्यानेजमेन्ट अध्ययन गर्ने विद्यार्थीलाई उत्कृष्ट सीपमूलक सेवा दिने उद्देश्यले कलेजले यो सम्झौता गरेको हो। यस सम्झौताले विद्यार्थीलाई प्रयोगात्मक सिकाइका लागि सहजता प्रदान गर्नेछ ।
शुक्रबार एक कार्यक्रमबीच ज्ञानज्योती र आइएसटी कलेजबीच हस्ताक्षर गरिएको हो। ज्ञानज्योती एजुकेशन फाउन्डेसनका सिइओ सुरेन्द्र जिसी र आइएसटीका सिइओ नरेन्द्र बज्राचार्यले सम्झौतामा हस्ताक्षर गरेका हुन्। होटल म्यानेजमेन्ट विषय खाना पकाउने र खुवाउने विषय मात्र नभई जीवन उपयोगी शिक्षाको रूपमा लिनुपर्ने आइएसटीका सिइओ बज्राचार्यले बताए। दैनिक जीवनका लागि आवश्यक सीप, ज्ञान, अनुशासन, शिष्टता र संस्कारको विकास यसै विषयबाट हुने भएकाले यो आफैंमा महत्वपूर्ण भएको उनको भनाइ थियो।
सम्झौताले दाङबाट सीप सिक्नका लागि काठमाडौं गएका विद्यार्थीलाई अवसर खोज्न भौतारिनुपर्ने समस्याको समाधान गर्नेछ। उनका अनुसार इन्टर्नसिपका लागि काठमाडौं पुगेका विद्यार्थीलाई आइएसटीले अन्तर्राष्ट्रिय स्तरका तारे होटलहरूमा पठाउनेछ। सीप र दक्षताका आधारमा रोजगारीको लागि सहयोग र परामर्शसमेत प्रदान गरिनेछ। विद्यार्थीको कार्यकुशलता अनुसार स्वदेश तथा विदेशमा हुने विभिन्न अवसरमा सहभागी गराइनेछ। सो अवसरमा कलेज प्रमुख सम्झना बस्नेतले दुई वर्षअघिको परिकल्पनाअनुसार ज्ञानज्योतीसँग सम्झौता भएको बताइन्। उत्कृष्ट जीवनका लागि गरिएको लगानी खेर नजाने भन्दै विद्यार्थीलाई सिकाइमा केन्द्रित हुन अनुरोध गरिन्। ज्ञानज्योतीका विद्यार्थीलाई आवश्यकतानुसार आइएसटीले तालिमको समेत व्यवस्था गर्ने उनको भनाइ छ ।
विद्यार्थीको भविष्यलाई ध्यानमा राखेर विद्यालयले अन्तर्राष्ट्रिय स्तरको कलेजसँग सम्झौता गरेको फाउन्डेसनका सिइओ जिसीले जानकारी दिए। कक्षा ११ र १२ मा अध्ययन गरी उच्च शिक्षाका लागि काठमाडौं जाने विद्यार्थीलाई सम्झौता अनुसार सेवा र सहयोग प्रदान गरिने भएकाले यो विद्यार्थीका लागि सुनौलो अवसर भएको बताए। विगत १४ वर्षदेखि कलेजले यस विषयमा अध्ययन–अध्यापन गराउँदै आएको उनले जानकारी दिए। कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका सह–कोषाध्यक्ष दीपेश भण्डारी र वेस्टर्न पार्टी प्यालेस तुलसीपुरका म्यानेजर निर्मल न्यौपानेले दुई कलेजबीचको सम्झौताले विद्यार्थीमा थप ऊर्जा थपेको बताएका थिए। यो विषयले पाक शिक्षा मात्र नभई ज्ञान र सीपलाई परिपक्व बनाउँदै आत्मनिर्भर बन्ने दिशामा मार्गप्रशस्त गर्ने बताए ।
सो अवसरमा विद्यार्थीहरूले आफ्ना अभिभावक र शिक्षकसामु खाना प्रदर्शनीसमेत गरेका थिए। कार्यक्रम विद्यालयका एकेडेमिक कोअर्डिनेटर शरद गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम शिक्षक सन्तोष केसीले सहजीकरण गरेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं , २९ चैत । राजावादीको नाममा तीनकुनेमा हिंसा भड्काउन मुख्य भूमिका खेलेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रसाईं र उनका सहयोगी दीपक खड्कालाई १२ दिनको म्याद थप गरेको हो। दुवैजनाविरुद्ध राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी कसूरमा अनुसन्धान गरिने प्रहरीले जनाएको छ।
अदालत लैजानुअघि उनलाई जिल्ला प्रहरी परिसर र सरकारी वकिलको कार्यालय लगिएको थियो। त्यहाँ आवश्यक कागजी प्रक्रिया पुर्याएर अदालतमा पेस गरिएको थियो। भारतमा पक्राउ परेका प्रसाईंलाई झापाबाट हवाई मार्गबाट काठमाडौं ल्याइएको थियो। राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर प्रसाईलाई भारतीय प्रहरीको सहयोगमा आसामबाट पक्राउ परेका थिए। चैत १५ गते तीनकुनेको राजावादीको प्रदर्शनस्थलबाट फरार भएका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ , २९ चैत। नेपाली बजारमा सुनको मूल्यले शुक्रबार नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्यले एक पछि अर्को रेकर्ड बनाउने क्रममा अघिल्लो दिनको तुलनामा शुक्रबार तोलामा ३ हजार ९०० रुपैयाँ बढेको हो ।
यससँगै छापावाल सुनको मूल्य १ लाख ८५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ८१ हजार १०० रुपैयाँ कायम थियो ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ९०० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा १ हजार ९०५ रुपैयाँ पुगेको हो। अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेकाले स्थानीय बजारमा पनि यसको प्रभाव परेको बताइएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, २९ चैत्र । नेपाली कांग्रेस दाङको तेस्रो जिल्ला सम्मेलन आज हुदै छ । पार्टी गतिविधिको समीक्षा गर्नुका साथै आगामी रणनीति तथा कार्यक्रम तय गर्ने उद्देश्यले हुन थालेको जिल्ला सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको नेपाली कांग्रेस दाङले जनाएको छ ।
जिल्ला सम्मेलनलाई सभ्य, भव्य र प्रभावकारी बनाउनका लागि उपस्थितिका लागि नेपाली कांग्रेस दाङले वडा कार्यसमिति, पालिका कार्यसमिति, क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, क्षेत्रीय प्रतिनिधि, भातृ तथा शुभेच्छुक संघसस्थाका प्रतिनिधिलगायत सवैलाई आग्रह गरेको छ । जिल्ला सम्मेलनमा पार्टीले बर्षभरी गरेका कार्यक्रमको गम्भीर समीक्षा, आगामी कार्ययोजना चुस्तदुरुस्त बनाउने र पार्टीका सबै संघसस्थालाई सशक्त र क्रियाशील बनाउनका लागि भूमिका खेल्ने नेपाली कांग्रेस दाङका सचिव अर्जुन योगीले जानकारी दिए । जिल्ला सम्मेलनका लागि मञ्च व्यवस्थापन, अतिथिलाई निमन्त्रणा, सांगठनिक तथा आर्थिक प्रतिवेदन बनाउनेलगायतको सम्पूर्ण तयारी पूरा भएको छ । सम्मेलन विहान ११ बजेदेखि घोराही बहुउद्देश्य सभागृहमा हुनेछ । सम्मेलनले कांग्रेसका नेता कार्यकर्तालाई नयाँ ऊर्जाका साथ पार्टीलाई अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
सम्मेलनलाई नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, नेपाली कांग्रेसका केन्द्रिय सदस्यहरु लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली काग्रेस दाङले जनाएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, २८ चैत । दुर्गा प्रसाई पक्राउ परेका छन् । तीनकुने घटनाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका हुन ।
भारतको आसाम राज्यमा उनी पक्राउ परेको बुझिएको छ । प्रहरी स्रोतका अनुसार, उनलाई काकडभिट्टा नाका हुँदै नेपाल ल्याइँदै छ।उनी प्रहरीको सम्पर्कमा पुगेको प्रसाईको परिवारले पनि पुष्टि गरेको छ। तर, परिवारका ती सदस्यले प्रहरीले पक्राउ गरेको नभई सुरक्षाका लागि आफै आसाम प्रहरीको सम्पर्कमा पुगेको दाबी गरेका छ्न ।
प्रसाईसँगै भागेका उनका सहयोगीहरू भने आफै नेपाल फर्कँदै छन्।प्रसाई भारततिर भागेको सूचना पाएपछि प्रहरीले विभिन्न माध्यमबाट ‘लोकेसन’ पहिल्याएको थियो। उनी फरार भएपछि पनि दुईवटा भिडिओ सामाजिक सञ्जालमा अपलोड गरेका थिए। चैत १५ गते काठमाडौँको तीनकुनेमा प्रसाईको नेतृत्वमा भएको प्रदर्शनले हिंसात्मक रुप लिएपछि २ जनाको ज्यान गएको थियो। व्यापक तोडफोड, आगजनी र लुटपाट गरिएको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२८ चैत । चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । रोल्पा सुनिलस्मृति गाउँपालिका ५ काप्जिङ निवासी १६ बर्षीय धनमाया खत्रीको चट्याङ लागेर ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।
सुतिरहेको अवस्थामा चट्याङ लागेर खत्रीको मृत्यु हो ।चट्याङबाट सोहि ठाउँका १५ बर्षका नवीन खत्री र १३ बर्षीय लिला घर्ती घाईते भएका छन् ।घाईतेको स्वास्थ्य चौकी क्वालिगाउँमा उपचार भईरहेको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२८ चैत । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अर्को नयाँ कीर्तिमान बनाएका छन्। टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म कुनैपनि खेलमा डकआउट नहुने खेलाडीको कीर्तिमान बनाएका हुन्। उनले ७६ खेलमा ६६ पारी खेल्दा कुनै पनि पारीमा डकआउट भएका छैनन्।
उनले बिहीबार बिहान भएको कुवेतसँगको खेलमा दिपेन्द्रले १२ बलमा ३ छक्का र २ चौका प्रहार गर्दै ३१ रन बनाएका थिए। उनले आक्रामक पारी खेल्दै खेललाई नेपालको पक्षमा पारेका थिए। उनले हङकङमा जारी चारदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेल खेलिसक्दा यो कीर्तिमान बनाएका हुन्। डक नहुने खेलाडीको सूचीको दोस्रो स्थानमा वेष्ट इन्डिजका दाँया हाते ब्याटर मार्लोन स्यामुइल रहेका छन् । उनले ६७ खेलमा ६५ पारीमा हालसम्म डकआउट भएका छैनन्। तेस्रो स्थानमा श्रीलंकाका लोकुगे दिनेश चान्दिमालले ६१ पारीमा डक आउट नभई तेस्रो स्थानमा रहेका छन्। सिंह टी २० मा हालसम्म एक इनिङ्समा उच्च स्ट्राइक रेटमा खेल्ने खेलाडीको लिष्टमा पनि शीर्ष स्थानमा रहेका छन्। उनले १९ औं एसियाली खेलकुद प्रतियोगितामा मंगोलियाविरुद्ध ९ बलमा अर्धशतक प्रहार गर्ने खेलाडी बनेका थिए। उनको त्यो रेकर्ड कसैले तोड्न सक्दैन। त्यो रेकर्ड बराबरी मात्रै हुन सक्छ । उनले भारतीय स्टार ब्याटर युवराज सिंहको १२ बलमा अर्धशतक प्रहार गर्ने कीर्तिमान तोडेका थिए।
सबैभन्दा छिटो अर्धशतक बनाउने खेलाडीको सूचीमा दिपेन्द्र शीर्ष स्थानमा छन् भने युवराज सिंह दोस्रो स्थानमा रहेका छन्। उनले ६ बलमा ६ छक्का प्रहार गर्ने एक खेलाडीमा उनी पनि एक हुन्। ‘ट्राइगर’ को उपनाम पाएका दिपेन्द्र निकै छरिता खेलाडी हुन्। उनले टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा उनले ७६ वटा खेल खेल्दा ४९ विकेट लिएका छन्। जसमा ६ विकेट कट एण्ड बोल्ड मार्फत लिएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं , २६ चैत । बिहीबार रातिसम्म देशका विभिन्न स्थानमा वर्षा हुने भएको छ। मंगलबारदेखि बिहीबारसम्म देशका विभिन्न स्थानमा वर्षाका साथै हिमपातको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् शान्ति कँडेलले बताइन्।
मंगलबार कोशी प्रदेशको पहाडी तथा तराईका क्षेत्रहरू, बागमती, गण्डकी र लुम्बिनीको पहाडी क्षेत्रका केही भूभागमा मेघ गर्जन चट्याङसहित वर्षा हुने भएको छ। बुधबार देशभर पानी पर्ने सम्भावना रहेको उनले बताइन्। विशेषगरी कोशी प्रदेश र मधेस प्रदेशका साथै अन्य क्षेत्रका केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ।
बिहीबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै देशका अन्य केही क्षेत्रमा पनि वर्षा हुने विभागले जनाएको छ। बिहीबारसम्म उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै ठाउँमा हिउँ पर्ने सम्भावना रहेको छ। पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट भित्रिएको पानीको कण सहितको हावाको प्रभावको कारणले यस्तो मौसमी अवस्था आएको उनले बताइन्।
२२ सय व्यक्ति फरार सूचिमा
उमा भण्डारी ,दाङ, २६,चैत । वन पैदावारबाट अपेक्षा अनुसार राजस्व सङ्कलन नभएको लुम्बिनी प्रदेश सरकारले बताएको छ। वन मन्त्रालयले वन पैदावारबाट अपेक्षा र योजनाअनुसार राष्ट्र संकलन नभएको बताएको हो। वर्षेनी वन पैदावारबाट दुई तीन अरब राजस्व अपेक्षा गरेपनि सोअनुसार सङ्कलन नभएको मन्त्रालयको भनाइ छ।
मुख्यमन्त्री चेतनारायण आचार्यले वन क्षेत्रबाट अपेक्षाअनुसार राजस्व संकलन हुन नसकेकोप्रति गम्भीर समीक्षा गरिनु पर्ने बताए । मुख्यमन्त्री आचार्यले वनलाई प्रमुख आम्दानीको स्रोतको रूपमा लिँदै त्यसबाट कति उपलब्धि हासिल भएको छ भन्नेबारे समीक्षा गर्नुपर्ने बताए । ‘यस वर्ष दुई अर्ब ५० करोड रुपैयाँ राजस्व संकलन हुने आधार वनमा थियो । तर, हामीले अपेक्षा गरेअनुसारको परिणाम आउन सकेन,’ ,‘जंगलमा काठ थुप्रिएको छ, तर त्यो वर्षौंदेखि उठेको छैन । काठ धुलो बन्दैछ, आगोले खरानी बनाइरहेको छ । कानुन देखाएर मात्र समाधान हुँदैन ।उनले भने व्यवहारिक कार्यान्वयनमा लैजान पर्छ ।’
लुम्बिनी प्रदेशमा सञ्चालन गरिएको सम्बद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यक्रमको प्रभावकारिता अनुगमन कार्यक्रममा उनले यस्तो बताएका हुन । वन क्षेत्रलाई अनिवार्यरूपमा करको दायरामा ल्याउनुपर्ने उनको भनाइ छ । ‘वन क्षेत्र अनिवार्य रूपमा करको दायरामा आउनुपर्छ । करको दायराभित्र नपर्ने वनका बारेमा कठोर बन्न जरुरी छ,’ मुख्यमन्त्री आचार्यले भने,‘सरकार राजस्व गुमाएर अगाडि बढ्न सक्दैन ।’
उपभोक्ताको नाममा काठको दुरुपयोग हुने अवस्था रहेको उल्लेख गर्दै यसप्रति विशेष ध्यान दिन आग्रह गरे ।‘उपभोक्ता समितिले वन राम्रो बनाउने हो, विकास निर्माणको काम सरकारले गर्ने,’ उनले भने,‘सम्बद्र्धन प्रणाली आफैंमा वैज्ञानिक छ । पुराना रुख ढल्न थालेका छन् । सजिलो ठाउँमा मात्रै होइन, टाढा टाढासम्म पुगेर वन व्यवस्थापन गर्न जरुरी छ ।’
लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवारले वनप्रति जनताको समर्पण बढाउनुपर्ने बताए । ‘वनमा स्रोतको भण्डार छ, तर हामीले सदुपयोग गर्न सकेका छैनौं,’ मन्त्री कल्वारले भने ,‘वनमा पानीको अभाव छ, वन्यजन्तुलाई आहाराको कमी छ । अब वनमा पोखरी निर्माण गर्न सरकार लाग्छ , खोलामा पानी भरिनु आवश्यक छ ।’
कृषि, वन तथा वातावरण समितिका सभापति विश्वप्रेम पाठकले नीतिनिर्माणको कार्यान्वयन कति प्रभावकारी भएको छ भन्नेबारे अध्ययन गरिने बताए ।‘हाम्रो प्रदेशमा वनको अवस्था कस्तो छ ? समृद्धिमा वनको योगदान के कस्तो छ ? सबै विषय अध्ययन गर्नु जरुरी छ,’ उनले भने, ‘सम्बद्र्धन वन व्यवस्थापनबाट नयाँ पुस्तालाई नयाँ वन हस्तान्तरण गर्न सकिन्छ ।’
प्रमुख सचिव बाबुराम अधिकारीले वनमा माटोको जैविक तत्व कम हुँदै गएको, पानीको स्रोत घट्दै गएकोप्रति गम्भीर र संवेदनशील बन्नुपर्ने औंल्याए । उनले वनमा चिस्यान बढाउनेतर्फ ध्यान दिन आग्रह गरे ।
मन्त्रालयका सचिव मोहनराज काफ्लेले अनुगमनबाट नीतिगत सुधारमा सहयोग पुग्ने बताउँदै उनले भने ,‘प्रदेश सरकारको समृद्धिको आधार वन हो । वन बहु–सरोकारको विषय बनेको छ । सबैको साझा प्रयासबाट यसलाई समृद्ध बनाउन सकिन्छ ।’
मन्त्रालयका महाशाखा प्रमुख प्रभात सापकोटाले वन क्षेत्र अपार सम्भावनाको क्षेत्र भएकाले स्रोतहरूको सही सदुपयोग हुनुपर्नेमा बताए । वनको संरक्षण, सम्बद्र्धन र विकासबाट उद्यमशीलता विकास गरी रोजगार सिर्जना गर्न सकिने उल्लेख गरे ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस