दाङ, १२ चैत । दाङको घोराही उपमहानगरपालिका–९ खैरामा रहेको साङ्ग्रिला प्लाई उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।
आइतबार राति १ बजेदेखि लागेको आगो अझै पनि नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डिएसपी चक्र बहादुर शाहले जानकारी दिए ।
सोमबार देखि नै आगो निभाउने प्रयास भइरहेको छ । आगलागी भएको ३१ घण्टा हुँदा पनि नियन्त्रणमा आउन सकेको छैन । अहिले पनि आगो नियन्त्रणको प्रयास भइरहेको डिएसपी शाहले जानकारी दिए ।
आगो नियन्त्रणका लागि दाङ लगाएत बाँके , बर्दिया , कपिलवस्तु र रुपन्देहीबाट पनि दमकल ल्याइएको भए पनि आगोनियन्त्रण मा सकस भैरहेको उनको भनाइ छ । अहिले ८ वटा दमकले आगो निभाइरहेका छन् ।
दाङको घोराही, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिका तथा बर्दियाको बाँसगढी नगरपालिका, बाँकेको कोहलपुर नगरपालिका, नेपागंज उपमहानगरपालिका, कपिलवस्तुको शिवराज नगरपालिका र रुपन्देहीबाट एउटा दमकल ल्याएर आगो निभाउने क्रम जारी छ ।
उद्योगमा काठ र अरू कच्चा पदार्थ, प्लाई बनाउन प्रयोग हुने धेरै सामग्री भएकाले आगो नियन्त्रणमा आउन नसकेको डिएसपी शाहले जानकारी दिए । आगलागीबाट अरब नजिक क्षति भएको अनुमान गरिएको छ । यद्यपी अझै पनि क्षतिको विवरण आउन सकेको छैन । आगलागिको कारण अझै खुल्न नसकेको प्रहरीले जनाएको छ । आगो निभाउन ठूलो सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, नगर प्रहरी, तथा स्थानीयवासी खटिएका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं , ११ चैत । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गरेको एक मन्त्रीले बताए।
घिसिङलाई २०७८ साउन २५ गतेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो। उनी दोस्रो कार्यकालका लागि प्राधिकरणमा नियुक्त भएका थिए।
चार वर्षीय उनको कार्यकाल साउन २४ गते सकिँदै थियो। तर, समयावधि नसकिँदै सरकारले उनलाई हटाएको हो। डेडिकेटेड र ट्रंक लाइनका कारण घिसिङ विवादित बन्दै आएका छन्। उद्योगहरूको लाइन काट्ने विषयमा घिसिङ र सरकारबीच जुहारी चल्दै आएको छ।
यसअघि प्राधिरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता विद्युत् महसुल नतिरेको भन्दै उद्योगीहरूको लाइन काटेको थियो। तर, एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकार बनेपछि उद्योगीहरूको लाइन जोड्ने निर्णय गरेको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
देविराम कुसारी
दाङ, ११ चैत। मानवीय सहायता नेपाल र घोराही उप-महानगरपालिका वडा नम्बर १५ को साझेदारीमा युवाका लागि लागु अैाषध तथा मनोसामाजिक एक दिने सचेतना कार्यक्रम आईतवार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष बसन्त पोख्रेलको अध्यक्षता तथा वडा नम्बर १५ का वडा अध्यक्ष रमेशकुमार पाण्डेको प्रमुख आतिथ्यमा भएको कार्यक्रमका सहभागिले भौतिक भन्दा मानसिक समस्या तर्फ गम्भिर हुनु पर्ने वताएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष पाण्डेले लागु अैाषध दुर्वेसानी र मनोसामाजिक समस्याले युवालाई बढी असर पारेको भन्दै यस तर्फ युवा सचेत हुनुपर्ने बताए । कार्यक्रममा वडा सदस्य दुर्गा नेपाली, सहभागि पुष्पा वली, मिलन बुढा, शुसिल सुनार लगाएतले बोलेका थियो ।
संस्थाका अर्चना शर्माको स्वागतबाट सुरु भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव निरिक्षक तुलबहादुर बिकले लागु अैाषधका बारेमा सचेतना गराएका थिए। त्यसैगरी मनोसामाजिक विमर्षकर्ता जानु थापाले मनोसामाजिक समस्याका बारेमा जानकारी गराए ।
संस्थाका सरस्वती चौधरीले सहजिकरण गरेको कार्यक्रममा विभिन्न विद्यलय र अन्यगरी ५० जना भन्दा बढीको सहभागिता रहेको थियो ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, ११ चैत ।
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा खेलमा वाग्मती प्रदेशले कर्णाली प्रदेश विरुद्ध ९ विकेटको सहज जीत निकालेकाे छ ।
कर्णालीले दिएकाे ५९ रनकाे सामान्य लक्ष्य गण्डकी प्रदेशले ६ दशमलव ३ ओभरमा २६१ बल अगावै ९ विकेटको जीत हासिल गर्याे ।
आशुताेष घिरैया २० बलमा ४ चाैकासहित १९ रनमा र शुभ कंशाकार ९ बलमा १ छक्का र २ चाैकासहित १६ रनमा अविजित रहँदै जीत दिलाए । ईशान पाण्डेले ११ बलमा १ छक्का र २ चाैकासहित २२ रन जाेडे । बलिङमा कर्णालीका दीपेन्द्र रावतले १ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे कर्णालीका खेलाडी रिजन ढकाल र सूर्य तामाकाे बलमा लगातार पेभेलियन फर्किएपछि १९ दशमलव १ ओभरमा अलआउट हुँदै ५८ रनमा समेटिएको थियाे ।
सुनिल धमलाले १५ रन जाेड्नु बाहेक अरु खेलाडी सस्तैमा समेटिए। रविन्द्र शाही ८ रन, विपिन शाही २ रन, राज शाह २ रन, दीपेन्द्र रावत ५ रन, अर्जुन घर्ती ५ रन, दिनेश रावत ५ रन, दिनेश अधिकारी ४ रन, प्रकाश जैशी ४ रनमा अाउट भए ।
गण्डकीका रिजन ढकालले ८ दशमलव १ अाेभरमा १ मेडनसहित १९ रन खर्चेर ५ विकेट लिए । सूर्य तामाङले ७ अाेभरमा २ मेडनसहित १७ रन दिएर ४ विकेट लिए ।
गण्डकीलाई सहज जीत दिलाउने अाधार तयार गरि पाँच विकेेट लिएका रिजन ढकाल प्लेयर अफ द म्याच भए ।
प्रतियोगितामा कर्णाली विरुद्ध सहज जीत निकाल्दै वाग्मती कुल ८ अंकका साथ चाैथाे स्थानमा उक्लिएकाे छ । कर्णाली प्रदेश भने आजकाे हारसँगै पाँचौं स्थानमा झरेकाे छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, ११ चैत । दाङको घोराही उपमहानगरपालिका ९ खैरामा रहेको प्लाई उद्योगमा आगगाली भएको छ । खैरामा रहेको सांग्रीला प्लाई उद्योगमा विद्युत सट भएर आगलागी भएको हो ।
आगलागीका कारण प्लाई बनाउन प्रयोग हुने काठ, कच्चा पदार्थ, प्लाई बनाउन प्रयोग हुने मेसिनलगायतका सामग्री जलेर नस्ट भएको उद्योगले जनाएको छ । उद्योगमा आगलागी राती करिव साढे १ बजेदेखि लागेको र अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार मानवीय क्षति भने भएको छैन । आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायत स्थानीयबाट प्रयास भइरहे पनि नियन्त्रणमा आउन सकेको छैन ।
उद्योगमा लागेको आगो ठुलो भएका कारण घोराही र तुलसीपुर उपमहानगरपालिकाबाट दमकल आएपनि नियन्त्रणमा ल्याउन नसकिएको प्रहरीले जानकारी दिएको छ । उद्योगमा लागेको आगलागीकावाट करोडौंको क्षति भएको अनुमान गरिएको छ । थप विवरण आउन बाँकी ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ ,१० चैत । युवा ब्याटर किरण ठगुन्नाकाे शतककाे मद्दतमा सुदूरपश्चिम प्रदेशले काेशी प्रदेशलाई ३१ रनले पराजित गरेकाे छ । दाङको लमहीमा जारी प्रतियोगितामा २४३ रनकाे विजयी लक्ष्य पछ्याएकाे काेशी प्रदेश ४५ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै २११ रनमा समेटिएपछि सुदूरपश्चिमले ३१ रनकाे जीत हासिल गरेकाे हाे ।
सुदूरपश्चिमलाई जीत दिलाउन किरण ठगुन्नाले ११५ रन बनाए ।
२४३ रनकाे विजयी लक्ष्य पछ्याएकाे काेशी प्रदेशका लागि शकिब हकले सर्वाधिक ६२ रन जाेडे । उनले ६६ बलमा ११ चाैकासहित ६६ रन बनाएर साैर्य श्रेष्ठको बलमा अाउट भए ।
कप्तान अंकित सुवेदी २६ बलमा ६ चाैकासहित ३८ रन जाेडेर रनअाउट भए । समीर कार्कीले ३७ बलमा ३ छक्काकाे मद्दतमा ३८ रन जाेडे । आशिष भट्टराईले ९० बल सामना गर्दै ४ चाैकासहित ३६ रन बनाए । दिपेश कँडेलले १४ रन जाेडे ।
काेशीलाई हराउन सुदूरपश्चिमका साैर्य श्रेष्ठले ९ अाेभरमा १ मेडनसहित ४५ रन खर्चेर ३ विकेट लिए । भाेजराज भट्टले ४ दशमलब १ अाेभरमा २८ रन खर्चेर २ विकेट लिँदा शेर मल्ल, कप्तान नारायण जाेशी र राहुल भण्डारीले १-१ विकेट लिए
टस जितेर पहिले ब्याटिङ गरेकाे सुदूरपश्चिमका किरण ठगुन्नाकाे शतकीय पारीमा २४२ रन बनाएकाे थियाे ।
सुदूरपश्चिमका लागि छैठौं नम्बरमा ब्याटिङ गर्न आएका किरणले ९१ बलमा ४ छक्का र १२ चाैकाकाे मद्दतमा ११५ रन बनाए । उनले शतकपछि ठूला शट प्रहार गर्ने क्रममा फिर्दाेश अन्सारीकाे बलमा लङअफमा प्रकाश कार्कीकाे हातबाट क्याच आउट हुन पुगे । फागुन २५ गतेबाट जारी प्रतियोगितामा किरणले यसअघि पनि देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा गण्डकी प्रदेश विरुद्ध अविजित १२१ बनाउँदै पहिले शतक बनाउने खेलाडी बनेका थिए ।
प्रतियोगितामा सुदूरपश्चिमले ४३ दशमलव ४ अाेभरमा सबै विकेट गुमाउँदै २४२ रन जाेड्याे । सुदूरपश्चिमकाे पारी उकास्न किरण बाहेक अरु खेलाडीले ब्याटबाट प्रभाव छाड्न सकेनन् ।टेक बाेहरा १६ रन, अर्जुन बिक १५ रन, शेर मल्ल र कप्तान नारायण जाेशी समान १४-१४ रन बनाएर अाउट भए ।
साैर्य श्रेष्ठ र निश्चल क्षेत्री १०-१० रन बनाएर।अाउट भए ।
काेशी प्रदेशका लागि ज्ञानेन्द्र श्रेष्ठले ९ दशमलव ४ अाेभरमा १ मेडनसहित ४८ रन दिएर ४ विकेट लिए ।
फिर्दाेश अन्सारीले ८ अाेभरमा १ मेडनसहित ३३ रन दिएर २ विकेट लिँदा कप्तान अंकित सुवेदीले पनि ५ अाेभरमा ३० रन दिएर २ विकेट हात पारे । दिपेश कँडेल, प्रकाश कार्कीले १-१ विकेट लिए । काेशी विरुद्धको जीतमा शतक प्रहार गरेका सुदूरपश्चिम प्रदेशका किरण ठगुन्ना प्लेयर अफ द म्याच भए ।
८ खेल खेलीसकेको सुदूरपश्चिम ३ मा जीत र ५ मा हार व्यहाेर्दै ६ अंकका साथ साताैँ स्थानमा छ भने समान ८ खेल खेलीसकेको काेशी प्रदेश १ खेलमा जीत र ७ खेलमा लगातार हार व्यहोर्दै २ अंकका साथ अंक तालिकाको नवाैँ स्थानमा छ ।
२२ सय व्यक्ति फरार सूचिमा
सेजेन ( चिन), १० चैत । विवाईडी एशिया कै उत्कृष्ट मार्केटिङ अवार्डबाट टिमइलेभेन ईभि वल्र्ड प्रालि नेपालगन्ज सम्मानित भएको छ ।
बिवाईडी एसिया प्यसिफिक २०२५ डिलर कन्फ्रेन्स कार्यक्रम को अवसरमा चीनको सेन्जेनमा आयोजित समारोहमा बिवाईडी नेपालगन्ज र दाङ्ग को आधिकारिक विक्रेता टीम इलेभेन ई भी वल्र्ड प्रा लि विवाईडी एशिया को उत्कृष्ट मार्केटिङ अवार्डबाट नेपालगन्ज सम्मानित भएको प्रबन्ध निर्देशक विमल कुमार पौडेलले जानकारी दिए । कार्यक्रममा एशियाका २३ देशका विवाईडी विक्रेता गरी करिब एक हजार जनाको सहभागिता रहेको थियो। उक्त समारोहमा विवाईडी नेपाललाई पनि सम्मानित गरिएको थियो । घरेलु बजारमा २५ प्रतिशत बजार हिस्सा सहित सन् २०२४ मा पहिलो भएको थियो।
विवाईडी विश्वको सबै भन्दा बढी विद्युतीय गाडी उत्पादन गर्ने कम्पनी हो नेपालमा उक्त कम्पनीका करीब सात हजार विद्युतिय गाडी सफतापूर्वक चलिरहेको नेशनल सेल्स हेड आशुतोष गौतमले जानकारी दिए । समारोहमा विवाईडी का प्रमुख वाङ चाङ फुले विवाईडी उत्कृष्ट टेक्नोलजीका साथ यात्रुको सुरक्षालाई ध्यानमा राखि गाडी उत्पादन गरेकोले विश्वबजारमा एक नम्बरमा रहेको बताए । सो अवसरमा विवाईडी नेपाल र विवाईडी सिंगापुर आफ्नो देश मा एक नम्बरमा रहेको अवार्ड ले सम्मानित भए ।

२२ सय व्यक्ति फरार सूचिमा
दाङ ९ चैत । तुल्सीपुर खानेपानी तथा सरसफाई संस्थाले पानी दिवसको अवसरमा मुहानमा गएर पानी दिवस मनाएको छ। तुलसीपुर खानेपानीको मुख्य मुहान मुलकोटमा गएर पानी दिवस मनाएको हो।
खानेपानी संस्थाका अध्यक्ष यमकान्त भण्डारीको अध्यक्षतामा मुहान संरक्षण, मुहान सरसफाई र रेखदेख गरेर पानी दिवस मनाइएको हो। विगतका वर्षहरूमा पनि यसरी नै पानी दिवसको अवसरमा मुहानमा गएर मुहान संरक्षण गर्दै दिवस मनाउने गरेको संस्थाले यस बर्ष पनि निरन्तरता दिँदै आएको कोषाध्यक्ष भोलाप्रसाद थापाले जानकारी दिए। यस वर्ष पनि मुहानमै पुगेर मुहानको सरसफाई मुहानको संरक्षण र सरोकारवालाहरूबीच अन्तरक्रिया गरेर पानी दिवस मनाइएको थापाले बताए ।
कार्यक्रममा सहभागी सरोकारवालाले पानी संरक्षणका लागि र पानीको दीर्घकालीन व्यवस्थापनका लागि मुहानहरुको संरक्षण गर्नुपर्ने , जथाभावी पानीको दुरुपयोग गर्न नहुने र संरक्षण गर्नुपर्ने बताएका थिए । तुल्सीपुर क्षेत्रमा पानीको व्यवस्थापनका लागि खानेपानी संस्थाले विभिन्न स्रोतहरू पहिचान गरी उपायहरु खोजेर उपभोक्ताहरुलाई सहज रुपमा पानी वितरण गर्ने प्रक्रियालाई अगाडि बढाएको खानेपानी संस्थाका अध्यक्ष यमकान्त भण्डारीले बताए । उनले पुराना र नियमित मुहानहरुलाई पूर्ण रुपमा संरक्षण र व्यवस्थापन गरेर पानीको स्रोत संरक्षण गरिरहेको बताए । तुलसीपुर क्षेत्रको पानी व्यवस्थापनका लागि संस्था लागेको बताए ।
कार्यक्रमको सञ्चालन सचिव भवन भुसालले गरेका थिए । स्वागत उपाध्यक्ष नारायण प्रसाद शर्माले गरेका थिए ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, ९ चैत । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा वाग्मती प्रदेशले काेशी प्रदेशलाई २४१ रनकाे लक्ष्य दिएकाे छ ।
दानको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज टस जितेेर पहिले ब्याटिङ गरेकाे वाग्मती प्रदेशले ४९ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर २४० रन बनायाे ।
वाग्मतीका लागि शुभ कंशाकारले सर्वाधिक ३९ रन बनाए । उनले २८ बलमा ६ चाैका र १ छक्काकाे सहयाेेगमा ३९ रन बनाए । आशुताेष घिरैयाले २९ रन जाेड्दा ईशान पाण्डे र विपिन आचार्यले समान २५-२५ रन जाेडे । कप्तान पृथु बास्काेटाले २४ रन जाेड्दा रिजन ढकालले २२ रन, साेनु देवकोटाले १८ रन, सूर्य तामाङले १७ रन, गाैतम केसीले १६ रन बनाए । काेशीका तर्फबाट प्रकाश कार्की र सुजन थपलियाले समान २-२ विकेट लिए । फरिद अन्सारी, ज्ञानेन्द्र श्रेष्ठ र दिपेश कँडेलले समान १-१ विकेट लिए । प्रतियोगितामा अंक तालिकाको आठौँ स्थानमा वाग्मती प्रदेश र नवाैँमा काेशी प्रदेश रहेकाे छ ।
अहिलेसम्म ६ खेल खेलीसकेको वाग्मती २ मा जित र ४ मा हार व्यहाेर्दै ४ अंकका साथ आठाैँ स्थानमा रहँदा समान ६ खेल खेलीसकेको काेशी प्रदेश १ खेलमा जित र ५ खेलमा लगातार हार व्यहोर्दै २ अंकका साथ अंक तालिकाको नवाैँ स्थानमा छ । नेपाल क्रिकेट संघ क्यानको आयोजना, प्रदेश क्रिकेट संघको समन्वय तथा दाङ क्रिकेट संघको व्यवस्थापनमा जारी प्रतियोगितामा ३ विभागीय टीम आर्मी क्लब एपीएफ क्लब र नेपाल पुलिस क्लबसहित सात प्रदेश टीमले फागुन २५ गतेबाट लुम्बिनी प्रदेशको रुपन्देही र दाङमा प्रतियोगिता भइरहेको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, ९ चैत । दाङमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ गाइडहरका २२ वर्षिय विवेक सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भिर घाइते भएका सुवेदीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा निधन भएको हो । घोराहीबाट तुलसीपुरतर्फ पत्रिका ल्याउने क्रममा सुवेदी दुर्घटनामा परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक कविराज रोकायका अनुसार घोराही–तुलसीपुर सडकखण्डको गुज्रेखोला नजिकै आज बिहान पौने ५ बजेतिर दुई मोटरसाइकल ठोक्किएका हुन् ।
घोराहीबाट तुलसीपुरतर्फ आउदै गरेको रा ८ प ३४१ नम्बरको मोटरसाइकल र तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा २ प ६१६३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको प्रहरी निरीक्षक रोकायाले बताए । दुर्घटनामा परी रा २ प ६१६३ नम्बरको मोटरसाइकल चालक घोराही–११ का ३४ वर्षिय दिपक बस्नेत गम्भिर घाइते भएका छन । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस