काठमाडौं, २१ फागुन। अमेरिका पुग्ने सपना बोकेर अवैध बाटोबाट महिनौंसम्म जंगल, खोला, समुद्र पार गर्दै यात्रा गरेका आठ नेपालीको यात्रा अन्ततः अमेरिकाबाट डिपोर्ट भएपछि सकिएको छ।
बुधबार अमेरिकाले चार्टर्ड विमानमार्फत काठमाडौं फर्काएका उनीहरु मध्यपूर्व, युरोप, दक्षिण अमेरिका हुँदै उत्तरी अमेरिकासम्म पुगेका थिए। तर, त्यहाँ पुगेको केही समयमै पक्राउ परेपछि उनीहरु फर्किन बाध्य भए।
प्रहरीको मानवबेचबिखन तथा अनुसन्धान ब्यूरोले गरेको प्रारम्भिक सोधपुछ अनुसार, यी नेपाली नागरिकमध्ये एक जना डोटीका, बाँकी दाङ र रुकुमका छन्। अमेरिका जानका लागि ५० देखि ९० लाख रुपैयाँसम्म बुझाएको खुलासा भएको छ।
‘उनीहरु केही महिनाअघि मात्र अमेरिका पुगेका थिए, तर चाँडै पक्राउ परे। कसैलाई धरौटीमा छाडियो भने कसैलाई त्यत्तिकै डिपोर्ट गरियो,’ अनुसन्धानमा संलग्न एक अधिकृतले बताए।
डंकी रुट अर्थात् अवैध बाटो प्रयोग गरी अमेरिका प्रवेश गर्ने क्रम रोकिएको छैन। अमेरिका पुगेपछि कानुनी संकटमा परेका यी नेपाली फेरि पनि अवसरको खोजीमा बाहिरिने योजना बुन्दैछन्। ‘ट्रम्पको कार्यकाल सकिएपछि फेरि जानेछौं,’ उनीहरुको भनाइ उद्धृत गर्दै स्रोतले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
बेंगलुर। अन्तर्राष्ट्रिय विमानस्थलमा अभिनेत्री रान्या राव पक्राउ परेकी छन्। उनीमाथि सुन तस्करीको आरोप लागेको छ।
राजस्व गुप्तचर निर्देशनालय (DRI) ले सोमबार राति उनलाई नियन्त्रणमा लिएको हो। रान्याको साथबाट १४.८ किलो सुन बरामद गरिएको छ।
३३ वर्षीया रान्या कर्नाटकका वरिष्ठ आईपीएस अधिकारी के. रामचन्द्र रावकी सौतेनी छोरी हुन्। रामचन्द्र कर्नाटक राज्य पुलिस आवास निगमका डीजीपी हुन्।
रान्या दुबईबाट एमिरेट्स उडानमार्फत बेंगलुरु आएकी थिइन्। १५ दिनमा चारपटक दुबई गएकाले उनी प्रहरीको निगरानीमा परेकी थिइन्।
पक्राउपछि उनलाई आर्थिक अपराध अदालतमा पेश गरियो। अदालतले उनलाई १४ दिनका लागि न्यायिक हिरासतमा पठाएको छ।
रान्या कन्नड फिल्म ‘माणिक्य’ मा सुपरस्टार सुदीपसँग देखिएकी थिइन्। उनले अन्य कन्नड तथा दक्षिण भारतीय फिल्महरूमा पनि अभिनय गरेकी छन्।
प्रहरीले यो तस्करीमा उनी एक्लै थिइन् वा ठूलो सञ्जालको हिस्सा हुन् भन्नेबारे अनुसन्धान गरिरहेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२१ फागुन ।तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्व चयनका लागि चुनावी माहोल तातेको छ। आगामी चैत २ गते हुने निर्वाचनका लागि आज मनोनयन दर्ताको समय तोकिएको छ। बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारहरूले आफ्नो नाम दर्ता गर्न सक्नेछन्।
संस्थाको नयाँ नेतृत्वका लागि नेकपा माओवादी केन्द्रसहित सात दलबीच उम्मेदवारको भागवण्डा लगभग टुंगिएको छ। माओवादी केन्द्रका अनुसार गठबन्धनबाट अध्यक्ष पदमा बहालवाला उपाध्यक्ष सीताराम शर्मालाई अघि सार्ने निर्णय यसअघि नै भइसकेको छ। माओवादीसहित राष्ट्रिय जनमोर्चा, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी, नेकपा विप्लव, नेकपा क्रान्तिकारी र नेसपा मिलेर साझा उम्मेदवारी दिने तयारीमा छन्।
दलहरूबीच उपाध्यक्ष पद राष्ट्रिय जनमोर्चालाई दिने सहमति भएको छ तर जनमोर्चाले उम्मेदवारको टुंगो लगाएको छैन। सचिव पद नेकपा विप्लवलाई दिने सहमति भएको छ भने कोषाध्यक्ष पद माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीबीच दाबी भइरहेकाले अन्तिम टुंगो लाग्न बाँकी रहेको माओवादी नेताहरूले बताएका छन्। गठबन्धनको सहमतिअनुसार माओवादीले अध्यक्षसहित दुई सदस्य, राष्ट्रिय जनमोर्चाले उपाध्यक्ष, नेकपा विप्लवले सचिव, राष्ट्रिय स्वतन्त्र पार्टीले कोषाध्यक्ष, एकीकृत समाजवादीले दुई सदस्य, र नेकपा क्रान्तिकारीले एक सदस्य पाउने भएका छन्।
यसैबीच, नेपाली कांग्रेसले भने आफ्ना उम्मेदवारहरूको टुंगो लगाइसकेको छ। कांग्रेसले हालका अध्यक्ष यमकान्त भण्डारीलाई पुनः अध्यक्ष पदमा अघि सारेको छ। उपाध्यक्षमा नारायण शर्मा, सचिवमा रन्जन गौतम, र कोषाध्यक्षमा भोला थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। हालका कोषाध्यक्ष रहेका थापा यसअघि स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका थिए।
नेकपा एमालेले पनि आफ्नो उम्मेदवार घोषणा गरिसकेको छ। पार्टीले अध्यक्ष पदका लागि मनोज लामिछानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। यसअघि सो पदका लागि हालका सचिव सेवकराम भण्डारी र पूर्व सचिव लामिछानेबीच दौड चलिरहेको थियो। अन्ततः एमालेले लामिछानेलाई अघि सार्ने निर्णय गरेको हो।
२२ सय व्यक्ति फरार सूचिमा
घोराही, २० फागुन । दाङको घोराहीमा चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।
जिल्ला समन्वय समितिको मञ्चमा सुरु भएको प्रतियोगिताको उद्घाटन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य योगेन्द्र चौधरीले जिल्लामा खेलकुद क्षेत्रको विकाससँगै नयाँ खेलाडी उत्पादनमा प्रतियोगिताले सहयोग गर्ने बताएका छन् । खेल क्षेत्रमा भएको अनुशासनसँगै टिमवर्कको भावना सवैले सिक्न जरुरी रहेको बताएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसका दाङका सभापति शंकरप्रसाद डाँगीले जिल्लामा नयाँ खेलाडी उत्पादनसँगै खेलकुद क्षेत्रको विकासमा प्रतियोगिताको महत्वपूर्ण भूमिका रहेको बताए । खेलका माध्यमबाट युवाहरुलाई जोड्दै स्वर्गीय नेता एवं पूर्व मन्त्री खुमबहादुर खड्काको योगदानलाई सदैव जीवन्त राख्न सहयोग पुग्ने बताए ।
कार्यक्रममा बोल्ने बक्ताहरुले राजनीति गर्ने पार्टीले खेलकुद प्रतियोगिताको आयोजना गरेर जिल्लामा खेलकुद क्षेत्रको विकाससँगै क्षमता अभिवृद्धिका लागि अवसर सिर्जना गरेको बताएका थिए । बक्ताहरुले प्रतियोगितासँगै राम्रो सुविधासम्पन्न खेल खेल्ने ठाउँको विकास हुन आवश्यक रहेको बताएका थिए ।
नेपाली कांग्रेस दाङका सहसचिव एवं खुमबहादुर खड्का समाज विकास समितिका संयोजक राजु आचार्यको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य अनुराग खड्का, जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्मा, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि भुपबहादुर डाँगी, नेपाली कांग्रेसका क्षेत्र नं ३ का सचिव पूर्ण केसी, नेपाली कांग्रेस घोराही उपमहानगरपालिका सभापति तिलक रावत, बंगालचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । समितिकी सदस्य सुशीला गुरुङको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण समितिका सदस्य रेखबहादुर वलीले गरेका थिए ।
फागुनको २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा लुम्बिनी प्रदेशका दश टिमको सहभागीता रहेको छ । जसमा राजपुर गाउँपालिका, दंगीशरण गाउँपालिका, मनिमुकुन्द भलिबल क्लव रुपन्देही, होराइजन स्पोट्र्स क्लब बुटवल, प्वाङ सेवा समाज दाङ, ओली वंश समन्वय समिति दाङ, गोरखा बोर्डिङ लमही, दाङ सोसाइटी क्लब र रोयल मुर्कुटी युवा क्लब बंगलाचुली प्रतियोगितामा सहभागी छन् ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद दुई लाख ५१ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुने टिमले नगद एक लाख २५ हजार र तेस्रो हुने टिमले नगद ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
दाङ सोसाईटी क्लव र ओली बंशावली बिजयी
चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय भलिबल प्रतियोगितामा दाङ सोसाईटी क्लव र ओली बंशावली समन्वय समिति दाङको टिमले बिजयी सुरुवात गरेका छन् । प्रतियोगिताको उद्घाटन खेलमा रोयल बंगलाचुली युवा क्लवलाई २–१ को को सेटमा र दोश्रो खेलमा ओली बंशावली समन्वय समितिले सोझो २–० सेटमा बिजयी निकाल्न सफल भएका हुन ।
विभागीय नेपाल आर्मीको भलिवल टिमका खेलाडी धनबहादुर भट्टलगायतका खेलाडी सहभागी दाङ सोसाईटी क्लवले पहिलो सेट हारेपनि त्यसपछि लगातार दुई सेट जित्दै बिजयी भएको थियो । प्रतियोगिता फागुनको २४ गतेसम्म सञ्चालन हुनेछ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,२० फागुन । खाना पकाउने एलपी ग्यासको मूल्य बढेको छ । प्रति सिलिन्डर १२ रुपैयाँ ७५ पैसाले बढेको हो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारी र नेपाल एलपी ग्यास उद्योग संघका पदाधिकारीबीचको बैठकमा आयल निगम सञ्चालक समितिको २ दिनअघि बसेको बैठकले गरेको ग्यासको भाडा समायोजनसम्बन्धी निर्णय जानकारी गराइएको छ ।

वाणिज्य तथा आपूर्ति सचिव गोविन्दबहादु कार्कीसहितका सरकारी प्रतिनिधि र व्यवसायीबीच भएको ४ घण्टा लामो वार्तामा ५ बुँदे सहमति भएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं, २० फागुन – काठमाडौंको थापाथली चोक नजिक मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्दा सडक अवरुद्ध भएको छ। बिहानै पाइप फुटेपछि सडक जलमग्न बनेको छ भने त्यस क्षेत्र केही समयसम्म डुबानमा परेको थियो।
प्राप्त जानकारीअनुसार थापाथली चोकबाट नर्भीक इन्टरनेशनल अस्पतालतर्फ जाने सडक खण्डमा पाइप फुटेको हो। यसले गर्दा आवागमन प्रभावित भएको छ। तर, पाइप फुट्नुको कारण अहिलेसम्म खुल्न सकेको छैन।
यसअघि पनि काठमाडौंको बबरमहल क्षेत्रमा मेलम्चीको मुख्य पाइप फुट्दा बाढी आएर सरकारी कार्यालयहरू डुबानमा परेका थिए। विद्युत प्राधिकरणको काम गर्ने क्रममा त्यहाँ पाइप फुटेको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं ,१९ फागुन। दाङको हिमाल एकेडेमीको वेबसाईट ‘मोजकोज’ (mozkoz) नाम गरेका ह्याकरले ह्याक गरेको दाबी गरेका छन । ह्याकर्ले ब्रिच फोरममा फेब्रुअरी २८ मा पोस्ट गर्दै विद्यालयका संवेदनशील डेटा ह्याक गरेको दाबी गरेका छन ।
ह्याकरले आफूसँग एड्मिन ईमेल, एड्मिन लग, सिभिल आईडी, फोन नम्बर, कन्ट्रोल प्यानल लगायतका डेटाको एक्सेस भएको दाबी गरेका छन् ।
सार्वजनिक भएको स्याम्पल डेटामा २३ जना शिक्षक शिक्षिकाको नाम, नम्बर, पद, पढाउने कक्षा लगायतको विवरण छ । ह्याकरले आफूसँग उक्त स्कुलमा विभिन्न समयमा अध्यापन गराएका १२३ शिक्षक शिक्षिकाको डेटा भएको दाबी गरेका छन् ।
त्यसैगरी ती ह्याकरले ४० विद्यार्थीको डेटा सार्वजनिक गरेका छन् । आफूसँग तीन हजार विद्यार्थीको डेटा भएको दाबी गरेका छन ।
ह्याकरले सार्वजनिक गरेको डेटामा विद्यार्थीको नाम, ठेगाना, कक्षा, लिङ्ग, जन्ममिति, बुवा आमाको नाम, बुवाआमाको सम्पर्क नम्बर रहेको देख्न सकिन्छ ।
हिमाल एकेडेमीका प्रधानाध्यापक मधुसूदन केसीले आफूलाई यस विषयबारे कुनै जानकारी नभएको बताएका छन् । उनले अहिले पनि वेबसाईट स्कूलकै नियन्त्रणमा रहेको बताए । “हामीलाई कतै कसैले पनि पनि डेटा लिक भएको छ भनेको छैन,” उनले भने, “यस विषयमा केही थाहै छैन । सबै हाम्रै नियन्त्रणमा छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, १९ फागुन । पत्रकार गोपाल शर्मा भट्टराई चैत २ गते हुने तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सचिव पदमा आफ्नो दाबी रहेको बताएका छन् ।
उनले नेपाली काँग्रेसको तर्फ बाट चुनाव लड्ने गरि पार्टीका नेताहरु संग आफ्नो दाबी रहने कुरा अवगत गराउँदै आएको बताएका छन् ।
‘ म अघिल्लो निर्वाचनका क्रममा पनि खानेपानीमा उम्मेदवारी दिन चाहेको थिए,’ उनले भने ‘ त्यतिखेर नेताहरुले मलाई अर्कौ चुनावमा तपाँइलाई स्थान दिन्छौं भनेको हुँदा म अन्तिममा आइ रोकिएको थिए । त्यसैले यस पाली मैले सचिव पदमा मेरो उम्मेदी हुन्छ भन्ने कुरा अवगत गराइ सकेको छु ।’
नेपाल प्रेस युनियन दाङका उपाध्यक्षसमेत रहेका पत्रकार भट्टराई पढाइमा स्नातोक्तर छन् । उनी बिगतमा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको प्रेस संयोजकको भूमिका निर्वाह गरि सकेका ब्यक्ति हुन ।
तुलसीपुर चेम्बरअफ कमर्षका प्रेस सल्लाहाकार समेत रहेका पत्रकार भट्टराई लामो समयदेखि पत्रकारितामा क्रियासिल छन् । उनी अन्नपूर्ण दैनिकमा कार्यरत छन् ।
आँफु निर्वाचित भए तुलसीपुर खानेपानीको हालको अवस्थालाई सुधार गरि सवैका लागि सहज र सर्वसुलभ पानी वितरणको प्रणाली विकास गर्ने उनले वताएका छन् । खानेपानी संस्थाको सामाजिक, प्रशासनिक , कार्यालय ब्यब्स्थापनको क्षेत्रमा सुधार ल्याउने बताउछ्न ।
पार्टी भित्र प्यानलका हिसावले संस्थापक मानिन्छन् । काँग्रेस केन्द्रीय सदस्य गेहेन्द्र गिरी, पूर्व मुख्यमन्त्री चौधरी क्षेत्रीय सभापति जगत बहदुर खड्का , प्रदेश सभापति देवेन्द्र रिजाल, नगर सभापति सुरेश हमाल लगाएतका नेताहरुसंग खानेपानीको सचिव पदमा आफ्नो दाबी रहेको अवगत गराइ सकेको हुँदा आँफुले टिकट पाउने र सहजै निर्वाचित हुने विश्वास पत्रकार शर्माको छ ।
गत निर्वाचनमा काँग्रेसकै उम्मेदवार पवन बुढाथोकीको प्यानलवाट पत्रकार शर्माले उम्मेदवारी दिने चर्चा थियो ।
यसअघि रिपोटर्स क्लव नेपाल दाङ शाखाका अध्यक्षसमेत रहेका पत्रकार रेग्मीले पनि आँफु काँग्रेसको आधिकारिक टिमबाट कोषाध्यक्ष पदमा चुनाव लड्ने फरककोणलाई बताएका थिए ।
यो पाली नेतृत्व चुन्न्न तुलसीपुर खानेपानी संस्थामा कुल १० हजार ९ सय ७० जना उपभोक्ताले मताधिकार पाएका छन् । नयाँ उपभोक्ताका लागि बक्यौता शुल्क बुझाउन अन्तिम समय सीमा फागुन १५ गतेसम्म तोकिएको थियो । तीनै मतदाताले चैत २ गते तोकिएको निर्वाचनमा आगामी नेतृत्व चुन्ने छन् ।
यो भन्दा पहिलेका निर्वाचनहरु नियाल्दा खानेपानी संस्था सेवामुलक संस्था रहेपनि यस्को नेतृत्वका लागि दलहरुका बीचमा ब्यापक रुपमा राजनीतिक अस्तित्वको लडाइ हुने गरेको थियो । यस पटक पनि त्यही स्थिति दोहरिने संभावना प्रबल छ । तुलसीपुर खानेपानीमा सबै भन्दा बढी मतदाता नेपाली काँग्रेस निकटका उपभोक्ताहरु छन् ।
तर, काँग्रेस भित्र धेरै जना नेतृत्वको आकाँक्षी हुँदा तथा गुटगत राजनीतिक प्रभावका कारण आपसी टकराब हुँदै आएको छ । जस्को लाभ कतिपय समयमा अन्य दलसम्बन्ध उम्मेदवारले उठाउँदै आएको बिगत छ ।
यसअघि नेत्र बिक्रम चन्द्र बिप्लव निकट मानिने खेमराज वली पटक पटक निर्वाचित भएको बिगत छ ।
अब आउने निर्वाचनमा कुन दलबाट को–को उम्मेदवार बन्छन र कस्ले नेतृत्वमा बाजी मार्ला भन्ने सवाल यतिखेर चर्चाको बिषय बन्दै गएको छ । अहिले देखि नै बिभिन्न संभावित उम्मेदवार उपभोक्ताहरुलाई भेट्दै मत माग्ने अभियानमा जुटि सकेका छन् ।
नेतृत्वको लागि को – को छन आकाँक्षी ?
हालसम्म खानेपानीको नेतृत्वको लागि कसैले पनि औपचारिक रुपमा आफ्नो उम्मेदवारी घोषणा गरि सकेका छैनन् । तर, बिभिन्न राजनीतिक दल सम्बन्द्ध ब्यक्तिहरुको नाम चर्चामा छ ।
स्रोतका अनुसार अहिलेका अध्यक्ष यमकान्त भण्डारी फेरि दोस्रो कार्यकालको लागि दोहरिन काँग्रेसका नेताहरु संग भेटेर लबिङ गरि रहेका छन् । उनले आँफुले सुरु गरेका कामहरु पुरा गर्नका लागि एक कार्यकाल दोहरिन चाहेको बताउँदै आएका छन् ।
अघिल्लो निर्वाचनमा काँग्रेसकै पवनकुमार बुढाथोकी अध्यक्ष भण्डारीसंग झिनो मतान्तरले पराजित भएका थिए । यातायात ब्यबसायी तथा काँग्रेस नेता बुढाथोकी यो पटक फेरि पनि अध्यक्षको स्वभाविक उम्मेदवार मान्ने गरिएका छन् ।
त्यस्तै गत निर्वाचनमा बुढाथोकीको प्यानलवाटै निर्वाचन लडेर कोषाध्यक्ष बनेका भोला थापापनि यो पटक नेतृत्वको दाबी गरि रहेका छन । त्यस्तै नेपाली काँग्रेसका पूर्व तुलसीपुर इकाइ सभापति मदन धिताल लगाएतका नेताहरुको नामपनि उत्तिकै चर्चामा छ ।
त्यस्तै नेकपा एमालेको तर्फबाट अहिलेका खानेपानी सचिब शेबकराम भण्डारी र पूर्व सचिव मनोज लामिछानेको नाम चर्चामा छ ।
नेकपा माओबादी केन्द्रको तर्फबाट भने संस्थाका उपाध्यक्ष सिताराम शर्मा अध्यक्षमा भिड्ने निश्चित प्राय रहेको स्रोतले बताएको छ । शर्मा उपभोक्तालाई भेटेर प्रचार प्रशारमा जुटी सकेको बताउँछन् ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१९ फागुन । पूर्वयुवराज पारस शाह हृदयघातका कारण अस्पताल भर्ना भएका छन्। उनलाई आइतबार हृदयघात भएपछि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको हो।
अस्पताल स्रोतका अनुसार शाहको स्वास्थ्य अवस्था सुधारोन्मुख छ। चिकित्सकहरूले उनको स्वास्थ्यमा निरन्तर सुधार भइरहेको र अवस्था खतरामुक्त रहेको जानकारी दिएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, १९ फागुन । मादक पदार्थ सेवनपछि भएको विवादका कारण दाङकी एक महिलाको हत्या भएको छ । हत्यामा संलग्न व्यक्ति रुपन्देहीको तिलोत्तमा नगरपालिका–१२ बस्ने ४२ वर्षीय अमिरीका थारु भनेर चिनिने अजय थारु रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
प्रहरीका अनुसार दाङको लमही नगरपालिका–७ की ४० वर्षीया सङ्गीता चौधरी र अजय थारु रुपन्देहीमा मजदुरी गर्दै आएका थिए । गत फागुन ८ गते मादक पदार्थ सेवनका क्रममा दुबैजनाबीच विवाद भएको थियो । विवादकै क्रममा अजय थारुले नजिकैको ढुङ्गा प्रयोग गरी चौधरीको हत्या गरेका थिए ।
घटनापछि चौधरीको शव रुपन्देहीको बेथरी–बुटवल सडक खण्डमा पर्ने सियारी गाउँपालिका–२, भगदरीस्थित सडक किनारको खेतमा परालले छोपिएको अवस्थामा फेला परेको थियो ।
घटनाको अनुसन्धानका क्रममा स्निफिङ कुकुरसहितको प्रहरी टोली परिचालन गरिएको थियो । अनुसन्धानका आधारमा अजय थारुलाई प्रहरीले पक्राउ गरेको छ । घटनास्थलबाट प्रहरीले हत्यामा प्रयोग गरिएको २ वटा ढुङ्गा, मृतकको मोबाइल, चप्पल, टोपी बरामद गरेको छ । त्यस्तै, अभियुक्तको हत्या गर्दाको अवस्थामा लगाएको पाइन्ट र मृतकको साइकल पनि प्रहरीले फेला पारेको छ ।
प्रहरीका अनुसार मादक पदार्थ सेवनपछि भएको विवादकै कारण हत्या भएको देखिएको छ । दुबैजना मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका थिए । पक्राउ परेका अभियुक्तविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस