वन पैदावार शुल्क लगाएको भन्दै प्रदेश सरकार विरुद्ध आन्दोलन

   फागुन १८, २०८१       admin

दाङ,१८ फागुन । लुम्बिनी प्रदेश सरकारले सामुदायिक वन उपभोक्ता समूहमाथि थप वनपैदावार शुल्क लगाएको भन्दै सामुदायिक वन उपभोक्ता महासंघ, लुम्बिनीले अनिश्चितकालीन धर्ना सुरू गरेको छ। प्रदेश सरकारको प्रशासनिक केन्द्र देउखुरीमा महासंघका प्रतिनिधिहरू विरोधमा उत्रिएका छन्।

महासंघकी अध्यक्ष कल्पना भण्डारीका अनुसार संघीय कानूनले उपभोक्ता समूहलाई आवश्यक स्वायत्तता प्रदान गरे पनि प्रदेश सरकारले आर्थिक भार थप्ने नीतिहरू अघि सारेको छ। “हामीले पटक–पटक आवाज उठाउँदा पनि सुनुवाइ नभएपछि धर्नामा बस्न बाध्य भयौं,” उनले भनिन्।

नेपाल सरकारको वन ऐन २०७६ अनुसार सामुदायिक वन उपभोक्ता समूहलाई ८५ प्रतिशत वन व्यवस्थापन अधिकार दिइएको छ। संघीय कानूनी प्रावधानअनुसार उपभोक्ता समूहले वनपैदावार निःशुल्क वा न्यूनतम शुल्कमा आफ्ना सदस्यलाई वितरण गर्न सक्ने तथा बिक्री गर्न पाउने अधिकार राख्छन्।

तर, लुम्बिनी प्रदेश सरकारले आर्थिक ऐन २०८१ को दफा १३ अनुसार सामुदायिक वन समूहको आन्तरिक आयको १० प्रतिशत र बाह्य आयको २५ प्रतिशत प्रदेश सरकारको सञ्चित कोषमा बुझाउनुपर्ने व्यवस्था गरेको छ। महासंघका अनुसार सामुदायिक वन समूहले स्थानीय तहलाई पहिल्यै १० प्रतिशत शुल्क तिरिरहेका छन् र नेपाल सरकारलाई आयकरसमेत बुझाउँदै आएका छन्। यस्तो अवस्थामा प्रदेश सरकारले थप आर्थिक भार लाद्नु अन्यायपूर्ण भएको महासंघको दाबी छ।

महासंघले लुम्बिनी प्रदेशको वन ऐन २०७८, वन नियमावली २०७९, र वन संवर्द्धन कार्यविधिमा संघीय कानूनसँग बाझिने प्रावधान रहेको भन्दै ती व्यवस्थामा आवश्यक संशोधनको माग गरेको छ।

सामुदायिक वन उपभोक्ता महासंघले प्रदेश सरकारलाई संघीय कानूनी ढाँचाअनुसार वन समूहलाई स्वायत्तता प्रदान गर्न, उनीहरूको कार्ययोजनामा अनावश्यक हस्तक्षेप नगर्न, र वन संरक्षणको नाममा समुदायलाई आर्थिक भार नथप्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुलसीपुर महोत्सव आज समापन हुने

   फागुन १८, २०८१       admin

दाङ, १८ फागुन । तुलसीपुरमा जारी दाेस्राे तुलसीपुर महाेत्सवकाे आज समापन गरिने भएको छ । फागुन १ गतेदेखि संचालित महाेत्सवकाे आज समापन गरिने भएको हाे ।

तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष तथा महाेत्सव मुल आयाेजक समितिका संयाेजक ऋषिराज भण्डारीले महाेत्सवकाे आज समापन गरिन लागेकाे जानकारी दिए ।

उनका अनुसार महाेत्सवकाे समापन तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले गर्ने कार्यक्रम तय भएको छ । दिउँसो ४ बजे महाेत्सवस्थलमा समापन कार्यक्रम राखिएको हुँदा उपस्थितिका सम्पूर्णमाा उनले आग्रह गरेका छन् ।

‘स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार–शहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने नाराका साथ महाेत्सव फागुन १ गतेदेखि सुरु भएको हाे ।

तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा तथा तुलसीपुर उपमहानगरपालिकाको संरक्षणमा संचालन भएको महाेत्सवले स्थानीय व्यापार प्रवद्र्धन गर्नुका साथै कला संस्कृतिकाे समेत संरक्षण गरेकाे आयाेजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रतिबन्धित ट्रामाडोल सहित तीन पक्राउ

   फागुन १८, २०८१       admin

दाङ,१८ फागुन । प्रहरीले पाँच हजार ट्याब्लेट ट्रामाडोलसहित ३ जनालाई पक्राउ गरेको छ। नेपालगंज उपमहानगरपालिका-१६ भन्सार चोकमा इलाका प्रहरी कार्यालय जयसपुरबाट खटिएको टोलीले भारतबाट नेपाल आउँदै गरेको मोटरसाइकललाई जाँच गर्ने क्रममा लागू औषध फेला पारेको हो।

प्रहरीले यूपी 40R7145 नम्बरको मोटरसाइकलमा सवार भारतको कोलकाता घर भएका, हाल नेपालगंज उपमहानगरपालिका-१० ट्राफिक चोक बस्दै आएका ३८ वर्षीय जियाउल शेष, भारतको जगोर घर भएका, हाल सोही ठाउँ बस्ने १८ वर्षीय सद्दाम सैयाद र मोटरसाइकल चालक नेपालगंज उपमहानगरपालिका-१६ का २४ वर्षीय नफिस अहमद कबडियालाई नियन्त्रणमा लिएको छ।

उनीहरूको साथबाट प्रतिबन्धित लागू औषध ट्रामाडोलका ५०० पत्ता (५,००० ट्याबलेट) फेला परेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुलसीपुरमा मृत भेटिएकी महिलाको पहिचान खुल्यो

   फागुन १८, २०८१       admin

दाङ, १८ फागुन । तुलसीपुर उपमहानगरपालिका–३ राम्री क्षेत्रमा शनिबार बिहान मृत अवस्थामा फेला परेकी महिलाको पहिचान खुलेको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार मृतक सुर्खेतको लेखबेसी नगरपालिका–१० की ४० वर्षीया सीता पोख्रेल रहेको पुष्टि भएको छ।

प्रहरी निरीक्षक विनोद खत्रीका अनुसार मृतकका छोरा हेमराज पोख्रेलले फोनमार्फत सनाखत गरेका हुन्। उनले आमाको बारे थप जानकारी तुलसीपुर आएर दिने बताएका छन्।

तर, सीता पोख्रेल सुर्खेतबाट तुलसीपुर किन आएकी थिइन् र उनको मृत्यु कसरी भयो भन्ने विषय अझै रहस्यमय छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

स्थानीयले राम्रीको भित्री सडक खण्डमा महिला लडेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा मेडिकल कलेजको कार्ड र बैंकको डेबिट कार्ड भेटिएको थियो। मेडिकल कार्डमा वीरेन्द्रनगर नगरपालिका–१२ उल्लेख थियो, जसमा मृतकको नाम सीता पोख्रेल लेखिएको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

अश्वारा खानेपानीमा लोकतान्त्रिक प्यानलको विजयी

   फागुन १८, २०८१       admin

दाङ,१८ फागुन । दाङको तुलसीपुर उपमहानगरपालिका–८ स्थित अश्वारा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको निर्वाचनमा लोकतान्त्रिक प्यानल विजयी भएको छ।

अध्यक्ष पदमा शिवहरी भण्डारी पुनः निर्वाचित भएका छन् । उनले २६४ मत प्राप्त गर्दै प्रतिस्पर्धी नरेश घर्तीलाई ६४ मतको अन्तरले पराजित गरे। घर्तीले २०२ मत प्राप्त गरे।

भण्डारी नेतृत्वको प्यानल नेपाली काँग्रेस र एमालेको समर्थनमा चुनावी मैदानमा थियो भने घर्ती नेतृत्वको स्वतन्त्र प्यानलमा माओवादी, राप्रपा र मंगोल पार्टीको समर्थन रहेको थियो।

अन्य पदमा पनि लोकतान्त्रिक प्यानलका उम्मेदवारहरूले जित हासिल गरेका छन्। उपाध्यक्ष पदमा आशाराम भण्डारी २७२ मत प्राप्त गर्दै विजयी हुनुभएको छ भने उनका प्रतिस्पर्धी भुपबहादुर डाँगीले १८० मत प्राप्त गरे।

सचिव पदमा द्रोण आचार्य २६६ मत प्राप्त गर्दै विजयी हुनुभएको छ भने स्वतन्त्र प्यानलकी सुधा वलीले १८८ मत प्राप्त गरेकी थिइन । सहसचिवमा सृजना शाही २६८ मत प्राप्त गर्दै निर्वाचित भइन भने प्रतिद्वन्द्वी रमिता चौधरीले १७४ मत प्राप्त गरिन्।

सदस्य पदमा डिल्ली बहादुर भण्डारी (२९७ मत), बुद्धिराज गिरी (२११ मत), सुशीला कँवर (२८१ मत) र राधा बस्नेत (२६५ मत) विजयी भएकी छन् । कोषाध्यक्ष पदमा होम बहादुर डाँगी यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए।

निर्वाचन समितिका संयोजक चक्र बहादुर भण्डारीका अनुसार बिहान ७ बजे सुरु भएको मतदानको मतगणना दिउँसो २ बजे सकिएको थियो। कुल ५७४ मतदातामध्ये ४९१ मत खसेको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

रुपन्देहीमा गोली प्रहारबाट एक जनाको हत्या

   फागुन १७, २०८१       admin

काठमाण्डौं, १७ फागुन । रुपन्देहीको मायादेवी गाउँपालिका–२ दँचहवामा गोली प्रहार गरी एक युवकको हत्या गरिएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीका अनुसार २९ वर्षीय राकेशसिंह लोधमाथि गोली प्रहार भएको हो। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार घटना पारिवारिक विवादका कारण हुन सक्ने अनुमान गरिएको छ।

प्रहरीले घटनामा संलग्न व्यक्तिलाई पक्राउ गर्न खोजी कार्य तीव्र बनाएको जनाएको छ। हत्याको कारण र संलग्न व्यक्तिहरूको पहिचान खुलाउने प्रयास जारी रहेको डीएसपी कार्कीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

ट्रपसंगको विवादपछि ह्वाइट हाउसबाट निकालिए जेलेन्स्की

   फागुन १७, २०८१       admin

काठमाडौं,१७ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको कडा बहसपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई ह्वाइट हाउसबाट बाहिर पठाइएको छ।

अमेरिकी सञ्चारमाध्यम सीएनएनका अनुसार शुक्रबार करिब १० मिनेटसम्म चलेको विवादपछि जेलेन्स्की नेतृत्वको युक्रेनी प्रतिनिधिमण्डललाई ओभल अफिसबाट बाहिर जान भनिएको थियो। बहसपछि युक्रेनी टोली अर्को कोठामा सरेको भए पनि अमेरिकी पक्ष भने बैठकस्थलमै बसेको थियो।

यसपछि ट्रम्पले उपराष्ट्रपति जेडी भेन्स, विदेशमन्त्री मार्को रुबियो र अधिकारी माइक वाल्ट्जसँग छलफल गरेका थिए। छलफलपछि ट्रम्पले जेलेन्स्की वार्ताका लागि उपयुक्त अवस्थामा नरहेको बताउँदै उनलाई फर्किन सन्देश दिन निर्देशन दिएका थिए।

जेलेन्स्कीले पुनः संवाद गर्न चाहेको बताउँदा पनि उनले अवसर पाएनन्। साथै, दुवै नेताबीच तय गरिएको संयुक्त पत्रकार सम्मेलनसमेत रद्द गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुलसीपुरमा पूर्व प्रहरी कर्मचारीहरूसँग भेटघाट कार्यक्रम

   फागुन १६, २०८१       admin

दाङ, १६ फागुन । दाङको तुलसीपुरमा पूर्व प्रहरी कर्मचारीहरूसँग भेटघाट कार्यक्रम सम्पन्न भएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुर दाङको आयोजनामा शुक्रबार उक्त कार्यक्रम सम्पन्न भएको हो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक अनिल सिंह ठकुरीको अध्यक्षता तथा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा उक्त भेटघाट कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक जनार्दन जिसी, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक चक्र बहादुर शाह, दाङ जिल्ला भूतपूर्व प्रहरी संघका अध्यक्ष रोबर बहादुर बस्नेतलगायतका अधिकारीहरूको उपस्थिति रहेको थियो।

पूर्व प्रहरी कर्मचारीहरूबीच आपसी भाइचारा सुदृढ गर्दै अनुभव आदान-प्रदान गर्ने उद्देश्यले आयोजित कार्यक्रममा करिब १५० जना पूर्व प्रहरी तथा उनीहरूका परिवारजन सहभागी भएका थिए। कार्यक्रममा पूर्व प्रहरीहरूका अनुभव, सुझाव तथा आवश्यकताका विषयमा छलफल भएको थियो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख अनिल ठकुरीले प्रहरी सेवाबाट अवकाश प्राप्त गरेका कर्मचारीहरूको योगदान अमूल्य रहेको भन्दै उनीहरूसँग निरन्तर सम्पर्क र समन्वय कायम गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा सहभागी पूर्व प्रहरी कर्मचारीहरूले यस्ता कार्यक्रमहरूले आपसी सम्बन्ध सुदृढ गर्न सहयोग पुग्ने बताउँदै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्न सुझाव दिएका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मेयर बालेनको प्रधानमन्त्री ओलीलाई कटाक्ष: “देशलाई नडुबाउनु होला”

   फागुन १६, २०८१       admin

दाङ,१६ फागुन । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कटाक्ष गर्दै सामाजिक सञ्जाल फेसबुकमार्फत एक स्ट्याटस लेखेका छन्। शाहले आफ्नो स्ट्याटसमा प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै लेखेका छन्,

“प्रधानमन्त्रीज्यु, भोको पेट मारेर मलाई हराउन खोज्नु भाकोछ, हामी त तपाईंकै मदन भण्डारीको सपना पूरा गर्न हिडेको मान्छे! मलाई हराउने ताकमा, देशलाई चै नडुबाउनु होला!!”

शाहले आफ्नो स्ट्याटसमा पूर्व एमाले महासचिव मदन भण्डारीको नाम उल्लेख गर्दै आफूहरू भण्डारीकै विचारलाई अघि बढाउन लागिपरेको बताएका छन्।

यसअघि पनि बालेन शाह सामाजिक सञ्जालमार्फत विभिन्न राजनीतिक विषयमा टिप्पणी गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

शनिबार प्रीति आले, भागिरथ चलाउने लगायतका कलाकार आउँदै

   फागुन १६, २०८१       admin

दाङ,१६ फागुन । तुलसीपुरमा जारी दोस्रो कृषि, पर्यटन, सांस्कृतिक तथा व्यावसायिक महोत्सव-२०८१ मा शनिबार चर्चित कलाकारहरू धमाकेदार प्रस्तुति दिन आउने भएका छन्।

“स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार” भन्ने नाराका साथ सुरु भएको महोत्सवमा कलाकारहरुको गायन संगै उत्कृष्ट नृत्य प्रस्तुति समेत रहने छ।

महोत्सवको फागुन १६ गतेको विशेष आकर्षणका रूपमा चर्चित लोकदोहोरी गायिका प्रीति आले,गायक भागिरथ चलाउने लगायतका कलाकारहरूको प्रस्तुति रहेको सांस्कृतिक संयोजक सन्तोष खड्काले जानकारी गराए।

विशेष लोकदोहोरी, सामूहिक लोकनृत्य प्रतियोगिता, तथा स्थानीय कलाकारहरूको दमदार प्रस्तुति समेत समावेश गरिने आयोजकले जनाएको छ।


यसैगरी चर्चित मोडल भूलन भूलन, नृत्यांगना बिमला बुढा, गायिका मोति जि.एम., उद्घोषिका मञ्जु पौडेल तथा अन्य कलाकारहरूको प्रस्तुति दर्शकका लागि विशेष आकर्षण हुने आयोजकले जनाएको छ।

महोत्सव तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा तथा तुलसीपुर उपमहानगरपालिकाको संरक्षणमा फागुन १ गतेदेखि सन्चालन भैरहेको छ।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूका प्रस्तुति, लोकदोहोरी, सामूहिक लोकनृत्य, बालउद्यान, आकर्षक थारु गाउँ, रोटे पिङ लगायतका मनोरञ्जनात्मक गतिविधिहरू समेत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology