दाङ,१४ फागुन । तुलसीपुरमा जारी दोस्रो तुलसीपुर औद्योगिक, व्यापारिक तथा पर्यटन महोत्सवको १४औं दिन बुधबार दर्शकहरूको अत्यधिक भिड रहेको थियो । चर्चित लोकदोहोरी गायिका ज्योति मगर र गायक तथा कलाका टंक तिमिल्सिनाको दमदार प्रस्तुतिले माहोल झन् उत्साहपूर्ण बनाएको थियो।
महोत्सव मूल आयोजक समितिका अनुसार आज महोत्सवमा करिब ३५ हजार बढी दर्शक सहभागि रहेका थिए।
बुधबारको कार्यक्रममा लोकदोहोरीका चर्चित गायक गायिकाहरूको प्रस्तुति र चर्चित उद्घोषिकाको आकर्षक उद्घोषण महोत्सवको विशेष आकर्षण बने। हजारौं दर्शकको उपस्थिति रहेकाले महोत्सव स्थलमा टेक्ने ठाउँसमेत बाँकी नरहेको देखिन्थ्यो।
गायिका ज्योति मगरले “उइमुलाको सिन्की, मादलु घुम्न” लगायतका आफ्ना चर्चित गीतहरू प्रस्तुत गरिन्। उता, गायक टंक तिमिल्सिनाले “मन माया” लगायतका लोकप्रिय गीत गाएर दर्शकलाई झुमाए। उनीहरूका प्रस्तुतिहरू सुन्नकै लागि हजारौं दर्शक महोत्सव स्थल पुगेका थिए।
दर्शकहरूको चाप यति धेरै थियो कि कतिपयलाई सुरक्षित स्थान खोज्नसमेत हम्मेहम्मे पर्यो। स्थानीय सुरक्षाकर्मी र व्यवस्थापकले भीड नियन्त्रण गर्न निकै मिहिनेत गर्नु परेको थियो। महोत्सव आयोजक समितिका अनुसार, यो महोत्सवको हालसम्मकै सबैभन्दा बढी दर्शक उपस्थित भएको दिन रहेको सांस्कृतिक संयोजक सन्तोष खड्काले जानकारी दिए।
महोत्सव अवलोकन गर्न आएका स्थानीय दर्शकहरू निकै उत्साहित देखिन्थे। तुलसीपुरबाट आएका एक दर्शकले भने, “यति धेरै भीड होला भनेर सोचेको थिइनँ। ज्योति मगर र टंक तिमिल्सिनाको प्रस्तुति साँच्चै नै दमदार रह्यो।”
अर्का दर्शकका अनुसार, लोकदोहोरी गायक गायिकाहरूको प्रस्तुति महोत्सवको मुख्य आकर्षण बन्न सफल भएको छ।
तुलसीपुर चेम्बर अफ कमर्सको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको संरक्षणमा सञ्चालन भइरहेको यो महोत्सवमा व्यापारिक स्टल, कृषि प्रदर्शनी, बालउद्यान, सांस्कृतिक कार्यक्रमहरू लगायत विभिन्न गतिविधिहरू समेटिएका छन्। चर्चित कलाकारहरूको प्रस्तुति महोत्सवको मुख्य आकर्षण बनेको छ।
आयोजकका अनुसार, बाँकी दिनहरूमा पनि लोक तथा आधुनिक गायनका चर्चित कलाकारहरूको प्रस्तुति रहनेछ। महोत्सव फागुन १६ गतेसम्म सञ्चालन हुनेछ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१४ फागुन । महाशिवरात्रिको अवसरमा श्रद्धालु भक्तजनहरूको सुविधाका लागि तुलसीपुरमा शुद्ध पिउनेपानी वितरण गरिएको छ।
तुलसीपुर नगर जेसिज, लायन्स क्लब अफ तुलसीपुर इसान, र रोट्रयाक्ट क्लब अफ तुलसीपुरको संयुक्त आयोजनामा तुलसीपुर उपमहानगरपालिका–१२ मा रहेको श्री सिद्धेश्वर शिव मन्दिरमा पानी वितरण गरिएको हो।
तुलसीपुर नगर जेसिजका अध्यक्ष सन्दीप भुसालको अध्यक्षता तथा वडा नं. १२ का वडा अध्यक्ष खुसीराम चौधरीको प्रमुख आतिथ्यता तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष डिल्लीबहादुर बस्नेत विशिष्ट आतिथ्यतामा कार्यक्रम गरी पिउने पानी वितरण गरिएको हो।
अनुसार शिवरात्रिका दिन मन्दिरमा आउने भक्तजनहरूलाई स्वच्छ पिउनेपानी उपलब्ध गराउन उक्त कार्यक्रम गरिएको तुलसीपुर नगर जेसिजका अध्यक्ष भुषालले जानकारी दिए।
उक्त अवसरमा वडाध्यक्ष खुसीराम चौधरी , रोट्रयाक्ट क्लब अफ तुलसीपुरका अध्यक्ष किरण पुन ,लायन्स क्लब अफ इशानका अध्यक्ष रमेश रेग्मी,ले समाजसेवा र सामुदायिक विकासका यस्ता गतिविधिहरूले सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरे।
कार्यक्रम संयोजक दीपक केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण तुलसीपुर नगर जेसिजका महासचिव बुद्धि सापकोटाले गरेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, १४ फागुन । तुलसीपुरमा जारी ‘दोस्रो तुलसीपुर महोत्सव’ मा आज १४ औँ दिनमा चर्चित गायिका तथा मोडल ज्योति मगर आउने भएका छ्न। ज्योतिको प्रस्तुतिमा आज महोल रोमाञ्चक बन्ने देखिएको छ ।
महोत्सवमा आज दर्शकको संख्या पनि खचाखच हुने अनुमान गरिएको छ । साँस्कृतिक संयोजक सन्तोष खड्काका अनुसार आज चर्चित गायिका ज्योतिमगरसंगै चर्चित गायक टंक तिमिल्सीनाको पनि धमकेदार प्रस्तुति रहने भएको छ ।
यस्तै गायिका सपना रोका , पार्वती चौधरी, गायक प्रकाश रेग्मी, दिपक वली लगायतको प्रस्तुति रहने भएको छ ।
जारी महोत्सवले व्यापार प्रवद्र्धनका साथै स्थानीयवासीहरूलाई मनोरञ्जन प्रदान गर्दै आएको छ । महोत्सवका प्रत्येक दिन दर्शकहरूको उपस्थिति उल्लेख्य हुने गरेको महोत्सव मूल आयोजक समितिका संयोजक ऋषिराज भण्डारीले जानकारी दिए ।
तुलसीपुर चेम्बर अफ कमर्शको आयोजनामा फागुन १ गतेदेखि शुरु भएको महोत्सव १६ गतेसम्म संचालन हुनेछ । संयोजक भण्डारीले महोत्सव आजसहित तीनदिन मात्रै बाँकी रहेकोले सहभागीताका लागि सम्पूर्णमा अनुरोध समेत गरेका छन् ।
महोत्सवको मुख्य आकर्षणको रूपमा कलाकारहरूको प्रस्तुति, स्थानीय तथा परम्परागत संस्कृतिको झल्को दिने कार्यक्रमहरू, कृषि तथा औद्योगिक प्रविधि प्रदर्शनी र विविध मनोरञ्जनात्मक गतिविधिहरू रहेका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
रोल्पा,१३ फागुन । रोल्पाको त्रिवेणी गाउँपालिका-६ थुम्कामा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन्। मंगलबार बिहान खुकुरी प्रहार गरी ३२ वर्षीया अस्मिता बुढामगरको हत्या भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
प्रहरीका अनुसार घटनामा संलग्न अस्मिताका श्रीमान् ४० वर्षीय खिमबहादुर बुढामगरलाई नियन्त्रणमा लिइएको छ। खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी अस्मिताको घटनास्थलमै मृत्यु भएको थियो।
घटनाको जानकारी पाएपछि प्रहरी चौकी जुगारबाट प्रहरी नायव निरीक्षक दिवश हिताङको नेतृत्वमा चारजनाको टोली घटनास्थल पुगेको थियो। त्यसपछि इलाका प्रहरी कार्यालय होलेरीका प्रहरी निरीक्षक सरोज प्रजापतिको नेतृत्वमा थप प्रहरी टोली पनि घटनास्थल पुगेको थियो।
स्थानीयका अनुसार खिमबहादुरले श्रीमतीलाई बेलाबेला कुटपिट गर्ने गरेका थिए। तर, हत्या किन र कसरी भयो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
प्रहरीले घटनास्थलबाट हत्या प्रयुक्त खुकुरी बरामद गरेको छ। घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, १३ फागुन। दाङको तुलसीपुरमा अटो दुर्घटना हुँदा दुईजना घाइते भएका छन्। मङ्गलबार बिहान ८:३० बजे तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ स्थित गणेशपुरमा अटो दुर्घटना हुँदा दुईजना घाइते भएका हुन्। अटो अनियन्त्रित भई पल्टिँदा उक्त दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
तुलसीपुरबाट गणेशपुरतर्फ जाँदै गरेको लु १ ह ८७८ नम्बरको अटो अनियन्त्रित भई पल्टिएपछि उक्त दुर्घटना भएको हो। घाइते भएका व्यक्तिहरूलाई राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा उपचारका लागि लगिएको छ।
घाइतेहरूमा अटो चालक ४८ वर्षीय चिरञ्जीवी गौतम र अटोमा सवार १७ वर्षीया भावना कृति पराजुली रहेका छन् प्रहरीका अनुसार उनीहरूको अवस्था सामान्य रहेको छ।
दुर्घटनापछि अटोलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१३ फागुन ।घोराही उपमहानगरपालिका–१५, निमाहल प्रहरी बिट अगाडि रहेको जगत स्टोरको माथिल्लो तलामा रहेको जुत्ता गोदाममा आगलागी हुँदा लाखौं रुपैयाँको क्षति भएको छ।
मंगलबार बिहान करिब ६ बजेर ५० मा विद्युत सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। आगलागीपछि स्थानीय बासिन्दा, प्रहरी, शस्त्र प्रहरी, जिल्ला प्रहरी कार्यालयको उद्दार टोली तथा घोराही उपमहानगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ।
समयमै दमकल आइपुगेका कारण आगो थप फैलिन नपाएको र ठूलो जनधनको क्षति हुनबाट जोगिएको स्थानीयहरूले बताएका छन्। बिहानको समय भएकाले मानवीय क्षति भने नभएको पुष्टि गरिएको छ।
हालसम्म आगलागीबाट भएको सम्पूर्ण क्षतिको विवरण आउन बाँकी छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१३ फागुन । तुलसीपुरमा जारी दोस्रो कृषि, पर्यटन, सांस्कृतिक तथा व्यावसायिक महोत्सव-२०८१ मा चर्चित कलाकारहरू धमाकेदार प्रस्तुति दिन आउने भएका छन्।
“स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार” भन्ने नाराका साथ सुरु भएको महोत्सवमा आज कलाकारहरुको गायन संगै उत्कृष्ट नृत्य प्रस्तुति समेत रहने छ।
महोत्सवको फागुन १३ गतेको विशेष आकर्षणका रूपमा चर्चित लोकदोहोरी गायक बद्री पंगेनी, गायिका एन्जिला रेग्मी प्रीति गुरुङ, गीता सेन्चुरी, प्रकाश प्रिय कुसुम्या लगायतका थुप्रै कलाकारहरू रहेको सांस्कृतिक संयोजक सन्तोष खड्काले जानकारी गराए
विशेष लोकदोहोरी, सामूहिक लोकनृत्य प्रतियोगिता, तथा स्थानीय कलाकारहरूको दमदार प्रस्तुति समेत समावेश गरिने आयोजकले जनाएको छ। यसैगरी कार्यक्रम उद्घोषणका रूपमा चर्चित कार्यक्रम उद्घोषीका एवं गायिका शोभा त्रिपाठी को उद्घोषण रहने छ।
महोत्सव तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा तथा तुलसीपुर उपमहानगरपालिकाको संरक्षणमा फागुन १ गतेदेखि सन्चालन भैरहेको छ।
महोत्सवमा सहभागी भई मनोरञ्जन लिन तथा स्थानीय व्यापार प्रवर्द्धन गर्न आयोजकले सबैलाई आग्रह गरेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, १२ फागुन – दाङको तुलसीपुरमा अटो र मोटरसाइकल आपसमा ठोक्किँदा एक जना घाइते भएका छन्।
शनिबार दिउँसो करिब सवा १ बजे तुलसीपुर उपमहानगरपालिका-७, ग्वारखोला नजिकै तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा १ ह ५३९८ नम्बरको अटो र सोही दिशाबाट जाँदै गरेको भे ५ प ७१५१ नम्बरको मोटरसाइकल ठोक्किएको हो।
दुर्घटनामा मोटरसाइकल चालक कैलाली धनगढी उपमहानगरपालिका-५, हस्नापुर घर भई हाल दाङ तुलसीपुर उपमहानगरपालिका-१५ बस्ने ३९ वर्षीय हरि प्रसाद चौधरी घाइते भएका छन्। उनको अनुहार र बायाँ हातमा चोट लागेको छ। उनलाई उपचारका लागि सीटी अस्पताल लगिएको छ, जहाँ उनको अवस्था सामान्य रहेको बताइएको छ।
घटनापछि अटो चालक तुलसीपुर उपमहानगरपालिका-५ निवासी ३२ वर्षीय राम बहादुर चौधरीसहित दुबै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
एजेन्सी। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमा शान्तिको लागि आफूले राष्ट्रपति पद त्याग्न तयार रहेको बताएका छन्। उनले युक्रेनको स्रोतसाधनको सम्बन्धमा अमेरिकासँग सम्झौता गर्न आफू तयार रहेको पनि बताए।
जेलेन्स्कीले युक्रेनको शान्तिको शुनिश्चितता भए र युक्रेनले नेटोको सदस्यता पाए आफू राष्ट्रपति पद छाड्न तयार रहेको बताएका छन्।
राजधानी किभमा आयोजित वर्ष २०२५ फोरममा पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्कीले युक्रेनलाई युरोप र संयुक्त राज्य अमेरिका दुवैको समर्थन आवश्यक रहेको बताए। यस समयमा उनले युक्रेनको नेटो सदस्यता र राष्ट्रपतिको रूपमा आफ्नो बाँकी जीवनको बारेमा सोधिएका प्रश्नहरूको जवाफ दिए।
सोमबारदेखि युक्रेनमा युरोपेली देशका नेताहरूको बैठक हुने तय भएको छ। यसबारे सोधिएको प्रश्नको जवाफमा उनले त्यहाँ केही कठिन निर्णय लिनुपर्ने पनि उल्लेख गरे।
उनले सो मिटिङमा रणनीतिको बारेमा छलफल गरिने तथा युक्रेनको लागि सुरक्षा ग्यारेन्टीको बारेमा पनि कुरा गर्ने उल्लेख गरे। हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस(युक्रेन युद्ध रोक्न साउदी अरेबियामा रुससँग वार्ता गर्ने बताएका थिए।
वार्ताको मिति अझै घोषणा गरिएको छैन तर अमेरिकाले युक्रेनलाई अझैसम्म यसका लागि निमन्त्रणा गरेको छैन।
जेलेन्स्कीले युद्ध रोक्न हुने छलफलमा युक्रेनलाई समावेश गर्नु महत्त्वपूर्ण भएको बताएका छन्। उनीबाहेक धेरै युरोपेली देशहरूले पनि युक्रेनसँगै युरोपलाई पनि यस्ता वार्तामा समावेश गर्नुपर्ने बताएका छन्।
जेलेन्स्कीले आफ्नो चिन्ता सुरक्षा ग्यारेन्टीको बारेमा भएको पनि बताएका छन्। सम्झौता पछि रूसले भविष्यमा युक्रेनमाथि आक्रमण नगर्ने ग्यारेन्टी चाहेको उनले बताए।
उनले भने, -‘यो युद्ध हो, केटाकेटीहरूको खेल होइन। हामीलाई साझेदारी चाहिन्छ, हामीलाई सहयोग चाहिन्छ तर हामीले हाम्रो स्वतन्त्रता गुमाउन सक्दैनौं । हामीले हाम्रो सम्मान गुमाउन सक्दैनौं।’ साभार: बीबीसी
२२ सय व्यक्ति फरार सूचिमा
बझाङ,१२ फागुन । बझाङको वित्थडचिर गाउँपालिकामा एक जना शिक्षक मृत फेला परेका छन् । वित्थडचिर– ३, तल्लागाउँ घर भएका महादेव माविका शिक्षक हर्कबहादुर बोहरा मृत फेला परेका हुन् ।
सोमबार बिहान बोहराको शव वित्थडचिर गाउँपालिकास्थित स्याडी प्रहरी चौकी र वित्थड गाउँको बीचमा रहेको खोलापट्टि भीरमा अड्केको अवस्थामा भेटिएको हो ।
यस घटनाको सम्बन्धमा आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बझाङको टोली घटनास्थलतर्फ गइसकेको छ । प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको र विस्तृत विवरण आउन बाँकी छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस