प्युठानमा दम्पती हत्या : बारीमा भेटियो रगत लतपतिएको घन

   फागुन ११, २०८१       admin

प्युठान, ११ फागुन । प्युठानको माण्डवी गाउँपालिका-२ रातापानीमा एक दम्पतीको विभत्स हत्या भएको छ। अनुसन्धानको क्रममा प्रहरीको टोलीले घटनास्थल नजिकैको बारीमा रगत लतपतिएको घन फेला पारेको छ, जसले हत्याका लागि घन प्रयोग गरिएको आशंका गरिएको छ।

जिल्ला प्रहरी कार्यालय प्युठानका डीएसपी दिपेश बस्यालका अनुसार मृत भेटिएका ६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीया श्रीमती हुकमा परियारको टाउकोमा गम्भीर चोट देखिएको छ। यसले हत्या निकै हिंसात्मक तरिकाले गरिएको संकेत गर्छ।

शनिबार दिउँसो साढे १२ बजेतिर छिमेकीले प्रहरीलाई खबर गरेपछि प्रहरी चौकी तिराम र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले बारीमा रगत लतपतिएको घन फेला पारेको छ, जसले घटनामा यही हतियार प्रयोग गरिएको हुनसक्ने आशंका प्रहरीको छ।

प्रहरीले घटनास्थललाई सिल गरेर थप अनुसन्धान गरिरहेको छ। हालसम्म हत्याको कारण खुल्न सकेको छैन भने संलग्न व्यक्तिको खोजी कार्य जारी छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुलसीपुर महोत्सवमा आज शान्तिश्री परियार र अर्जुन सापकोटा लगायतका कलाकार आउँदै

   फागुन ११, २०८१       admin

दाङ,११ फागुन । तुलसीपुरमा जारी दोस्रो कृषि, पर्यटन, सांस्कृतिक तथा व्यावसायिक महोत्सव-२०८१ मा चर्चित कलाकारहरू धमाकेदार प्रस्तुति दिन आउने भएका छन्।

“स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार” भन्ने नाराका साथ सुरु भएको महोत्सवमा आज कलाकारहरुको गायन संगै हास्यव्यंग्य प्रस्तुति समेत रहने छ।

महोत्सवको फागुन ११गतेको विशेष आकर्षणका रूपमा चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियार, अर्जुन सापकोटा, मोडल दिपा शाही, गायक सन्दिप सेन्चुरी हास्य कलाकार कुलबहादुर ओली, नृत्यङ्गना विविका पोखरेल लगायतका थुप्रै कलाकारहरू रहेको सांस्कृतिक संयोजक सन्तोष खड्काले जानकारी गराए

विशेष लोकदोहोरी, सामूहिक लोकनृत्य प्रतियोगिता, तथा स्थानीय कलाकारहरूको दमदार प्रस्तुति समेत समावेश गरिने आयोजकले जनाएको छ।

महोत्सव तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा तथा तुलसीपुर उपमहानगरपालिकाको संरक्षणमा फागुन १ गतेदेखि सन्चालन भैरहेको छ।

महोत्सवमा सहभागी भई मनोरञ्जन लिन तथा स्थानीय व्यापार प्रवर्द्धन गर्न आयोजकले सबैलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

चलचित्र संघद्वारा पत्रकार पुरस्कृत

   फागुन १०, २०८१       admin

दाङ,१० फागुन । चलचित्र पत्रकार संघ दाङले आफ्नो १६औँ वार्षिकोत्सवको अवसरमा पत्रकारिताका क्षेत्रमा सक्रिय पत्रकारहरूलाई सम्मान गरेको छ। संघका दाङ जिल्ला अध्यक्ष सन्तोष केसीको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले पत्रकारिताको महत्वबारे प्रकाश पार्दै भने, “स्वतन्त्र, निष्पक्ष र उत्तरदायी पत्रकारिता लोकतन्त्रको आधारभूत स्तम्भ हो। समाजको सही मार्गनिर्देशनका लागि पत्रकारहरूको भूमिकालाई अझ प्रभावकारी बनाउन आवश्यक छ।” उनले पत्रकारहरूको सम्मानले समाजमा सशक्त पत्रकारिता विकास गर्न थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवम् रेडियो हाइवेका समाचार सम्पादक लिला शाह, रेडियो प्रकृतिका ओपेन्द्र बस्नेत, अन्नपूर्ण दैनिकका गोपाल शर्मा भट्टराई, गोरक्ष राष्ट्रिय दैनिकका बालाराम खड्का, कान्तिपुर टेलिभिजनका अमर क्षितिज भण्डारी र दीपक कुमाललाई सम्मान गरिएको थियो।

त्यसैगरी, विभिन्न पत्रकारिता पुरस्कार पनि प्रदान गरिएको छ। देवालोचन रङ्ग पत्रकारिता पुरस्कार पत्रकार धुव्रराज न्यौपानेलाई नगद एघार हजार एक सय एघार सहित प्रदान गरियो। चमनबहादुर रङ्ग पत्रकारिता पुरस्कार पत्रकार देवेन्द्र बस्नेतलाई पाँच हजार पाँच सय पचपन्न सहित प्रदान गरिएको हो।

भागवत बसन्ता रङ्ग पत्रकारिता पुरस्कार पत्रकार एकराज भण्डारी, भीम टीका रङ्ग पत्रकारिता पुरस्कार पत्रकार जयन्ती चौधरी, चलचित्र पत्रकारिता पुरस्कार पत्रकार झग्गु भण्डारी र मोफसल चलचित्र पत्रकारिता पुरस्कार पत्रकार पूर्ण केसीलाई प्रदान गरियो।

चलचित्र पत्रकार संघ दाङले आगामी दिनमा पनि पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याउने पत्रकारहरूको पहिचान गर्दै सम्मान तथा पुरस्कृत गरिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुलसीपुर महोत्सवमा चक्र बम र सम्झना भण्डारीको दमदार प्रस्तुति

   फागुन १०, २०८१       admin

दाङ, १० फागुन । तुलसीपुर महोत्सवमा शनिबार चर्चित गायक चक्र बम र गायिका सम्झना भण्डारीको दमदार प्रस्तुतिमा दर्शकहरु झुमेका छन् । शनिबारको महोत्सवमा दर्शकको उपस्थिति उल्लेख्य रहेको थियो ।

दर्शकले खचाखच भरिएको महोत्सवमा लोकप्रिय कलाकारहरूले आफ्नो हिट गीत गाउँ रौनकता छाएको थियो । चक्र बमले ‘ओय काजल’ लगायतका गीतहरू गाएर माहोल तताए भने सम्झना भण्डारीले ‘घाँसै काट्यो खोलि दोभान’ जस्ता गीत प्रस्तुत गरी दर्शकलाई नचाए ।

यस्तै हाँस्य कलाकार कमल गाउले, गायक रोशन रतगैया, टंक खड्का, दीपक वली तथा नृत्यांगना आरुसी मगर रोशन रत्गैँया, रजिना परियार लगायतको प्रस्तुति रहेको थियो ।

साँझ परिसक्दा समेत कार्यक्रम अवधिभर दर्शकहरूको उत्साहजनक सहभागीता रहेको थियो । महोत्सवमा भोलि चर्चित गायिक शान्ति श्री परियार, अर्जुन सापकोटा, कुल बहादुर वली आउने साँस्कृतिक संयोजक सन्तोष खड्काले जानकारी दिए ।

‘महोत्सवमा शनिबार पनि दर्शकको उल्लेख्य सहभागीता रह्यो ।’ उनले भने–‘आइतबार पनि चर्चित कलाकारको प्रस्तुति रहनेछ, त्यसकारण दर्शकको संख्यामा कमी आउने छैन ।’

तुलसीपुर चेम्बर अफ कमर्शको आयोजनामा जारी महोत्सवमा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरूको प्रस्तुति रहँदै आएको छ । महोत्सव फागुन १६ गतेसम्म सञ्चालन हुनेछ । ‘स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने नाराका साथ महोत्सव सुरु भएको हो ।

महोत्सव तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा तथा तुलसीपुर उपमहानगरपालिकाको संरक्षणमा फागुन १ गतेदेखि सन्चालन भैरहेको छ ।

महोत्सव मूल आयोजक समितिका संयोजक ऋषिराज भण्डारीले महोत्सवमा सहभागी भई मनोरञ्जन लिन तथा स्थानीय व्यापार प्रवद्र्धन गर्न सबैमा आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सुनचाँदी व्यवसायी संघको पदभार ग्रहण: व्यवसायीका सुरक्षासहित नीतिगत सुधारको माग

   फागुन १०, २०८१       admin

दाङ,१० फागुन ।नेपाल सुनचाँदी व्यवसायी संघ तुलसीपुरको सातौं अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको छ।

शनिबार संघका अध्यक्ष हरिकृष्ण बिकको अध्यक्षता तथा नेपाल सुनचाँदी व्यवसाय महासंघका पूर्व अध्यक्ष मोहन सुनारको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा सहभागी व्यवसायीहरूले व्यवसायी सुरक्षा, खुला सीमाका कारण उत्पन्न आर्थिक अप्ठ्यारा, मजदूरी दर स्थिरता, र नीति निर्माण प्रक्रियामा व्यवसायीहरूको सहभागिता सुनिश्चित गर्नुपर्ने माग राखे।

कार्यक्रमका प्रमुख अतिथि मोहन सुनारले वैदेशिक मौद्रिक सञ्चितिकरणका कारण कोटा प्रणालीले व्यवसाय सञ्चालनमा समस्या सिर्जना गरेको बताए।

“सरकारले बिना अध्ययन नीति तथा निर्देशिका बनाउँदा व्यवसायीहरू झन्झटिलो प्रक्रियामा परेका छन्, जसले साना व्यवसायीलाई धराशायी बनाइरहेको छ,” उनले भने। महासंघ व्यवसायिक हकहित संरक्षणका लागि कानुनी ड्राफ्ट तयार पारिरहेको र सरकारका नीतिहरूमा सचेत रहेको उनको भनाइ थियो।

संघका केन्द्रिय उपाध्यक्ष बुद्धि दयालीले व्यवसायीहरूलाई एकजुट भएर संगठनलाई सशक्त बनाउन आग्रह गरे। “व्यवसायीहरू आपसमा एकजुट भए मात्र सरकारले हामीलाई गम्भीरतापूर्वक लिन्छ। नीतिगत सुधारका लागि सामूहिक दबाब आवश्यक छ,” उनले भने।

सुनचाँदी व्यवसाय महासंघका कोषाध्यक्ष सुदिप श्रेष्ठले सरकारले व्यवसायीहरूलाई तल्लो स्तरको दृष्टिकोणले हेरेको गुनासो गरे। “वार्षिक २५ अर्बभन्दा बढी राजस्व बुझाउँदा पनि सरकारले व्यवसायीलाई प्राथमिकतामा नराख्नु अन्याय हो। कच्चा पदार्थको मूल्य वृद्धिले व्यवसायमा गम्भीर असर पारिरहेको छ,” उनले बताए।

सुनचाँदी व्यवसाय संघ लुम्बिनी प्रदेश सभापति ध्रुवकुमार गहतराजले प्रदेशभर व्यवसायी तथा कालीगढहरूलाई प्रशिक्षण दिनका लागि प्रदेश सरकारसँग पहल भइरहेको जानकारी दिए।

तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष नरेशराज भण्डारीले खुला सीमाका कारण कारोबार व्यवस्थापन कठिन भइरहेको बताए। “खुला नाका भएकाले कारोबारको हिसाब राख्न समस्या छ। यसबारे सरकारको स्पष्ट नीति आवश्यक छ,” उनले माग गरे।

मानवअधिकारकर्मी सुशील बस्नेतले पेशागत सुरक्षाका लागि सरकार मौन रहेको भन्दै आपत्ति जनाए। “व्यवसायीहरूको सुरक्षाका लागि प्रभावकारी नीति आवश्यक छ। राज्यले चुप लागेर बस्ने होइन, व्यवसायलाई सुरक्षित बनाउने कानुन ल्याउनुपर्छ,” उनले भने।

कार्यक्रममा केन्द्रिय सदस्यहरूले महासंघलाई व्यवसायी र सरकारबीच पुलको काम गर्नुपर्ने बताए। “टाढाका साना व्यवसायीहरू झनै समस्यामा छन्। उनीहरूलाई समेत समेट्ने गरी नीति तथा निर्देशिका बनाउन महासंघले पहल गर्नुपर्छ,” उनीहरूले सुझाव दिए।

त्रिसिद्धश्वरी राप्ती यातायात समितिका अध्यक्ष सुरेश हमाल, दलित अधिकारकर्मी निर्मल नेपाली, र दलित महिला संघ दाङकी अध्यक्ष लिला विश्वकर्माले सुनचाँदी व्यवसायसँग सम्बन्धित मजदूरहरूको न्यूनतम ज्याला दर निर्धारणका लागि सरकारसँग समन्वय गर्नुपर्ने बताए। “सरकारले सुनचाँदी मजदूरहरूको पारिश्रमिक दर निश्चित गरेमा मात्रै व्यवसायिक स्थायित्व कायम हुन सक्छ,” उनीहरूले भने।

विभिन्न जिल्लाका सुनचाँदी व्यवसायी संघका अध्यक्षहरूले व्यवसायीहरूमाथि भइरहेका आक्रमणबारे गम्भीर ध्यानाकर्षण गराए। “सरकारले व्यवसायी सुरक्षा सुनिश्चित गर्न विशेष नीति ल्याउनुपर्छ। दुर्गम क्षेत्रका व्यवसायीहरू झनै जोखिममा छन्, महासंघले उनीहरूका लागि प्रभावकारी पहल गर्नुपर्छ,” उनीहरूको माग थियो।

कार्यक्रमको सहजीकरण प्रेस सल्लाहकार लक्ष्मण विश्वकर्माले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

३३ जना बालबालिकालाई पोषिलो आहार वितरण

   फागुन १०, २०८१       admin

दाङ,१० फागुन । तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखा र तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ स्वास्थ्य चौकीको सहकार्यमा, अजरबैजान एम्बेसीको आर्थिक सहयोग तथा सेवा प्रतिष्ठान नेपालको आयोजनामा “बालबालिकालाई पोसिलो आहार वितरण” कार्यक्रम सम्पन्न गरिएको छ।

उक्त कार्यक्रम उरहरी स्वास्थ्य चौकी व्यवस्थापन समितिका उपाध्यक्ष प्रभा परियारको अध्यक्षतामा तथा सेवा प्रतिष्ठान नेपालको अध्यक्ष सन्तोष के.सी.को प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा वडा नम्बर ११ का ३३ जना बालबालिकालाई पोषिलो खाना वितरण गरिएको थियो।

माघ २०८१ मा समुदायस्तरमा सञ्चालन गरिएको पोषण अवस्था अध्ययन प्रतिवेदन अनुसार ६ महिनादेखि २४ महिनाभित्रका बच्चाहरू मध्ये ८ प्रतिशतमा मध्यम शीघ्र कुपोषण रहेको तथ्यांक सार्वजनिक भएको थियो। सोही आधारमा ३३ जना बालबालिकालाई पोषण सामग्री वितरण गरिएको हो।

कार्यक्रम अन्तर्गत आमाहरूलाई पोषण परामर्शका साथै ‘हाम्रो खाना र व्यवहार परिवर्तन’ सम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो। कार्यक्रम सञ्चालन जनस्वास्थ्य निरीक्षक शेरबहादुर वि.सी.ले गरेका थिए भने वडा स्तरीय प्रतिवेदन स्वास्थ्य चौकी प्रमुख चित्र बहादुर ओलीले प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

महोत्सवमा आज कलाकारहरुको धमाकेदार प्रस्तुति रहने:यी कलाकारहरु आउदै

   फागुन १०, २०८१       admin

दाङ,१० फागुन । तुलसीपुरमा जारी दोस्रो कृषि, पर्यटन, सांस्कृतिक तथा व्यावसायिक महोत्सव-२०८१ मा चर्चित कलाकारहरू धमाकेदार प्रस्तुति दिन आउने भएका छन्।

“स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार” भन्ने नाराका साथ सुरु भएको महोत्सवमा आज कलाकारहरुको गायन संगै हास्यव्यंग्य प्रस्तुति समेत रहने छ।

महोत्सवको फागुन १० गतेको विशेष आकर्षणका रूपमा चर्चित गायक चक्र बम, गायिका सम्झना भण्डारी, हास्य कलाकार कमल गाउले, गायक रोशन रतगैया, टंक खड्का, दीपक वली, तथा नृत्यांगना आरुसी मगर रहेका छन्।

विशेष लोकदोहोरी, सामूहिक लोकनृत्य प्रतियोगिता, तथा स्थानीय कलाकारहरूको दमदार प्रस्तुति समेत समावेश गरिने आयोजकले जनाएको छ।

महोत्सव तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा तथा तुलसीपुर उपमहानगरपालिकाको संरक्षणमा फागुन १ गतेदेखि सन्चालन भैरहेको छ।

महोत्सवमा सहभागी भई मनोरञ्जन लिन तथा स्थानीय व्यापार प्रवर्द्धन गर्न आयोजकले सबैलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

लखन कप फुटबलको उपाधिका लागि सिएसए र बिएफएल भिड्ने

   फागुन ०, २०८१       admin

दाङ, ९ फागुन । नेपालका प्रथम शहीद लखन थापा मगरको १४८औँ स्मृतिमा घोराहीमा जारी खुला नकआउट फुटबल प्रतियोगिताको फाइनल खेलमा चौघेरा स्पोर्ट्स एकेडेमी ९सीएसए० र बिएफएल उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।

नेपाल मगर संघ घोराही नगर समितिको आयोजनामा घोराही उपमहानगरपालिका–१८, नवलपुर फुटबल मैदानमा जारी प्रतियोगितामा शुक्रबार सम्पन्न दुई सेमिफाइनल खेलबाट फाइनलका प्रतिस्पर्धी तय भएका हुन्।

पहिलो सेमिफाइनल खेलमा चौघेरा स्पोर्ट्स एकेडेमीले युएनबीसीलाई ४–१ गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो। खेलको ३९औँ मिनेटमा हेमन्त विकले पहिलो गोल गर्दै चौघेरालाई अग्रता दिलाए। दोस्रो हाफमा सागर पुनले लगातार ह्याट्रिक गोल ९३, ११ र १६ मिनेटमा० गर्दै टिमलाई सहज जीत दिलाए। युएनबीसीका निशान घर्तीले सान्त्वना गोल फर्काए। शानदार प्रदर्शन गरेका सागर पुन खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए।

दोस्रो सेमिफाइनलमा बिएफएलले नवलपुर फुटबल एकेडेमीलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गर्यो। खेलको पहिलो हाफमा दुवै टिम गोलविहीन रह्यो। दोस्रो हाफको २२औँ मिनेटमा नवलपुरका मौसम थापाले पेनाल्टी एरियामा फल गरेपछि बिएफएलले पेनाल्टीको अवसर प्राप्त गर्यो, जसलाई प्रमोद बुढाले गोलमा परिणत गर्दै टिमलाई विजयी बनाए। उत्कृष्ट प्रदर्शन गरेका प्रमोद ‘प्लेयर अफ द म्याच’ घोषित भए।

प्रतियोगिताको फाइनल खेल फागुन १० गते ९शनिबार० दिउँसो १ बजेपछि नवलपुर फुटबल मैदानमा हुनेछ। प्रतियोगितामा दाङ, सल्यान, र रोल्पाका गरी १६ टिमको सहभागिता रहेको थियो।

प्रतियोगिताको विजेता टिमले नगद १ लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमलाई ५० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। पुरस्कार वितरण कार्यक्रम फागुन १५ गते मगर दिवसको अवसरमा गरिने सहसंयोजक अशोक घर्तीले जानकारी दिए।

नेपाल मगर संघ घोराही नगर समितिले शहीद लखन थापा मगरको सम्मानमा हरेक वर्ष फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ। संघका अनुसार खेलकुदको प्रवर्द्धनका साथै शहीदको योगदानलाई स्मरण गराउन प्रतियोगिता आयोजना गरिएको हो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

महोत्सवमा पशुपति र हाउडे मायाले दर्शकलाइ छमछमी नचाए

   फागुन ०, २०८१       admin

दाङ,९ फागुन। यतिबेला दाङको तुलसीपुरमा दोस्रो तुलसीपुर महोत्सव सञ्चालन भइरहेको छ। तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा फागुन १ गतेदेखि सञ्चालन भएको महोत्सवको नवौँ दिनमा शुक्रबार चर्चित लोकदोहोरी गायक पशुपति शर्मा , सिर्जना खत्री ” हाउडे माया” लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरूले आफ्नो प्रस्तुति दिएका थिए।

महोत्सवमा गायक पशुपति शर्माले धमाकेदार प्रस्तुति दिएका छन्। चर्चित लोकगायक शर्माले “मुटुमै खेल बस्यो,” “मलाइ अमेरिका यही,” लगायतका लोकप्रिय गीत प्रस्तुत गर्दा माहोल झन् रोमाञ्चक बनेको थियो।

उनको प्रस्तुतिसँगै उपस्थित हजारौँ दर्शक उत्साहित बनेका थिए। शर्माले गीत गाउँदा दर्शकहरू सँगसँगै नाच्दै रमाइलो गरेका थिए।

यसैबीच, महोत्सवको सांस्कृतिक संयोजक सन्तोष खड्काले भोलि (शनिबार) दशौं दिनका लागि चर्चित गायक चक्र बमसहित अन्य कलाकारहरू आउने जानकारी दिएका छन्।

तुलसीपुरमा जारी यो महोत्सवले व्यापार प्रवर्द्धनका साथै स्थानीयवासीहरूलाई मनोरञ्जन प्रदान गर्दै आएको छ। आयोजकले बाँकी दिनहरूमा पनि चर्चित कलाकारहरूको प्रस्तुति रहने जानकारी दिएको छ।

महोत्सवका प्रत्येक दिन दर्शकहरूको उपस्थितिमा वृद्धि भइरहेको छ। स्थानीय व्यवसाय प्रवर्द्धन गर्दै मनोरञ्जनात्मक कार्यक्रमहरूसमेत समेटिएको महोत्सवमा विभिन्न स्टलहरू राखिएका छन्। आयोजकका अनुसार महोत्सवले तुलसीपुर र आसपासका क्षेत्रका नागरिकहरूलाई व्यापार प्रवर्द्धन, र सांस्कृतिक गतिविधिमा संलग्न गराएको छ।

महोत्सवको मुख्य आकर्षणको रूपमा राष्ट्रियस्तरका कलाकारहरूको प्रस्तुति, स्थानीय तथा परम्परागत संस्कृतिको झल्को दिने कार्यक्रमहरू, कृषि तथा औद्योगिक प्रविधि प्रदर्शनी, र विविध मनोरञ्जनात्मक गतिविधिहरू रहेका छन्। आयोजकहरूका अनुसार महोत्सवमा थप चर्चित कलाकारहरूको प्रस्तुति हुने कार्यक्रम तय गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

नेपाली भाषाका शिक्षकका लागि कार्यशाला सम्पन्न

   फागुन ०, २०८१       admin

दाङ,९ फागुन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) दाङकाे आयाेजनामा एकदिने नेपाली भाषा प्रशिक्षण कार्यशाला सम्पन्न भएकाे छ । शुक्रबार दाङकाे घाेराहीमा एक कार्यक्रमका बिच एकदिने नेपाली भाषा प्रशिक्षण कार्यशाला सम्पन्न भएकाे हाे

प्याब्सन दाङका अध्यक्ष निर्मल न्याैपानेकाे अध्यक्षता तथा प्याब्सनका केन्द्रीय सचिव यादव गिरीकाे प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।

कार्यक्रममा विश्वास पौडेलले प्रशिक्षण दिएका थिए । कक्षा ३ देखि १० सम्मकाे नेपाली विषय शिक्षण तथा प्रश्न निर्माण सम्बन्धि प्रशिक्षण दिइएकाे थियाे ।

कार्यक्रमका सहभागीका तर्फबाट पशुपति विद्याश्रमका नारायण नेपाल र सिर्जना बालबाटिका माविका पद्मा पाैडेलले पृष्ठपाेषण मन्तव्य राखेका थिए । कार्यक्रममा गाेल्डेन बुक्स पब्लिकेसन्सले सहकार्य गरेकाे थियाे ।

प्याब्सन दाङका बरिष्ठ उपाध्यक्ष विरेन्द्र चन्दले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए । प्याब्सन दाङका तालिम तथा अनुसन्धान विभागका संयाेजक चक्रबहादुर रावतले धन्यवाद मन्तव्य राखेका थिए भने सहसचिव कृष्णप्रसाद पाेख्रलले कार्यक्रमकाे सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology