प्रतिनिधिसभाबाट नागरिकता दोस्रो संशोधन विधेयक स्वीकृत

   फागुन ०५, २०८१       admin

काठमाडौं,५ फागुन । प्रतिनिधिसभाले नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ। सोमबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले विधेयकलाई निर्णयार्थ प्रस्तुत गरेपछि सदनले अनुमोदन गरेको हो।

सभामुख घिमिरेले अब प्रतिनिधिसभा नियमावलीअनुसार इच्छुक सांसदहरूले संशोधन प्रस्ताव पेस गर्न सक्ने जानकारी गराएका छन्।

यसअघि आइतबार विधेयक पारित गर्ने प्रयास भए पनि गणपूरक सङ्ख्या नपुगेका कारण प्रक्रिया अघि बढ्न सकेको थिएन।

राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेस

सदनको सोमबारको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय सुरक्षा परिषद्को दुई आर्थिक वर्षका वार्षिक प्रतिवेदन पेस गरेका छन्।

छैटौँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/०८० र सातौँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८०/०८१ प्रतिनिधिसभामा प्रस्तुत गरिएको हो।

यसअघि पनि प्रतिनिधिसभामा विभिन्न सरकारी निकायका वार्षिक प्रतिवेदनहरू पेस हुने क्रम जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दाङमा प्रधानमन्त्री ओली, प्रदेश सभालाई सम्बोधन गर्दै

   फागुन ०५, २०८१       admin

दाङ, ५ फागुन । लुम्बिनी प्रदेश सभाको बैठकलाई सम्बाेधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली दाङकाे देउखुरी पुगेका छन ।

मुख्यमन्त्री चेतनरायण आचार्यले प्रधानमन्त्री अाेलिलाई स्वागत गरेका छन । नेपाली सेनाकाे एनए०६७ हेलिकप्टर मार्फत ओली दाङ आएका हुन ।
अहिले प्रदेश सभा बैठकलाई प्रधानमन्त्री ओलीले बिशेष सम्वोधन गरिरहेका छन ।

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरद्वारा मुख्यमन्त्री चेतनारायण आचार्य मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिशेष सम्वोधनकालागि निमन्त्रण गरिएको थियो । लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम २२० को उपनियम (२) बमोजिम निमन्त्रणा गरिएको थियो ।

यस अघि २०७५ साल बैशाख १६ गते तत्कालिन पाँच नम्बर प्रदेश सभाको बैठकलाई प्रधानमन्त्री ओलीले बिशेष सम्वोधन गरेका थिए ।भने गत बर्ष फागुनमा तत्कालीन प्रधानमन्ती पुष्पकमल दाहालले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुलसीपुर महोत्सवमा आज गायक प्रकाश दुतराजको प्रस्तुति

   फागुन ०५, २०८१       admin

दाङ, ५ फागुन । तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराजको प्रस्तुति रहने भएको छ । महोत्सवको मुख्य आकर्षणका रूपमा रहेका दुतराजले आफ्नो लोकप्रिय गीत प्रस्तुत गर्ने भएका हुन् ।

संगीतप्रेमीहरूका लागि थप मनोरञ्जन प्रदान गर्न लोकगायक चन्द्र शर्मा र चर्चित डान्सर निशा गिरीको पनि विशेष प्रस्तुति रहने साँस्कृतिक संयोजक सन्तोष खड्काले जानकारी दिए ।

तुलसीपुर चेम्बर अफ कमर्शको आयोजनामा भइरहेको महोत्सवमा दैनिक रूपमा विभिन्न कलाकारहरूले आफ्नो प्रस्तुति दिइरहेका छन् । आयोजकका अनुसार महोत्सवमा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरूका सांगीतिक प्रस्तुति, व्यापारिक प्रदर्शनी तथा अन्य मनोरञ्जनात्मक कार्यक्रम समावेश गरिएका छन् ।

कृषि, व्यापार, पर्यटन प्रवद्र्धन र कला संस्कृति संरक्षणका लागि फागुन १ गतेदेखि संचालन भएको हो । तुलसीपुर चेम्बर अफ कमर्शका अध्यक्ष ऋषिराज भण्डारीले स्थानीय वस्तुको बजारीकरण, पर्यटकियस्थलको प्रचारप्रसार र स्थानीय कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ महोत्सव संचालन गरिएको बताए ।

अध्यक्ष भण्डारीका अनुसार महोत्सवमा कृषिजन्य वस्तुको प्रदर्शनी, औद्योगिक प्रर्दशनी, हस्तकला, अटोमोवाइल्स, मेसिनरी तथा वित्तिय सूचना प्रविधिको प्रदर्शनीमा राखिएको छ । महोत्सव फागुन १६ गतेसम्म सञ्चालन हुने छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

गायक रमेशराजको प्रस्तुतिमा दर्शक झुमे

   फागुन ०४, २०८१       admin

दाङ, ४ फागुन । तुलसीपुरमा जारी दोस्रो तुलसीपुर महोत्सवमा आज गायक रमेशराज भट्टराईको प्रस्तुति हेर्न दर्शकहरू उत्साहित देखिए । ‘बहुला गायक’ भनेर चिनिने भट्टराईले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्दा उपस्थित दर्शकहरू रमाए ।

गायक भट्टराईले ‘बेहुला बनाउँछु, भन्थी बहुला बनाएर गइ’ लगायतका चर्चित गीत गाएर दर्शकलाई झुमाएका थिए । भट्टराईको ऊर्जाशील प्रस्तुति र स्टेजमा उनको आकर्षक प्रस्तुतीकरणले माहोललाई झन् रौनकपूर्ण बनायो ।

दोस्रो तुलसीपुर महोत्सव विभिन्न सांगीतिक, सांस्कृतिक तथा व्यापारिक प्रदर्शनीहरूसहित जारी छ । आज चौथो दिन चर्चित गायिक इब्सन सन्ज्याल, बिमता घर्तीको पनि प्रस्तुति रहेको थियो ।

भोलि पनि चर्चित कलाकारका साथ स्थानीय कलाकार पनि प्रस्तुति रहने साँस्कृतिक संयोजक सन्तोष खड्काले बताए ।

‘महोत्सवले स्थानीय तथा राष्ट्रिय कलाकारहरूलाई प्रस्तुत गर्ने अवसर प्रदान गरिरहेको छ ।’ उनले भने–‘दिनप्रतिदिन दर्शकको संख्या बढ्दै गएको छ ।’ महोत्सवमा दाङसहित सल्यान, रोल्पा, रुकुम पश्चिम, बाँके लगायतका जिल्लाबाट अवलोकन गर्न आउने गरेका छन् ।

मेला आयोजक तुलसीपुर चेम्बर अफ कमर्शका अध्यक्ष ऋषिराज भण्डारीले स्थानीय उत्पादनको बजारीकरण, पर्यटकियस्थलको प्रचारप्रसार, कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ महोत्सवको आयोजना गरिएको बताए ।

‘हामीहरुले अहिले महोत्सवमा स्थानीय उत्पादन प्राथमिकता दिन निःशुल्क स्टल उपलब्ध गराएका छौँ ।’ उनले भने– ‘अहिले कृषि तथा स्थानीय उत्पादनका स्टल ल्याउनेहरु पनि उत्साहित छ्न ।’

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

उपमहानगरको डम्पिङ साइडमा आगलागी

   फागुन ०४, २०८१       admin

दाङ, ४ फागुन । तुलसीपुरको डम्पिङ साइडमा आगलागी भएको छ । तुलसीपुर उपमहानगरपालिका–६ र १२ मा रहेको डम्पिङ साइडमा आगलागी भएको हो ।

आगलागी राति कुन बेला सुरू भयो भन्ने यसको कारणबारे अझै स्पष्ट जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ ।

स्थानीयवासी तारा प्रसाद परियारका अनुसार बिहान करिब ३ बजेतिर आगलागी भएको हो । उनले जानकारी दिएपछि दमकल र जेसीबीको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास गरिएको तुलसीपुर–६ का वडा सदस्य यमराज केसीले जानकारी बताए । यो समाचार तयार पार्दासम्म आगो नियन्त्रणमा आएको थिएन ।

घटनाबारे नगरप्रमुख टिकाराम खड्कालाई जानकारी गराइएको छ। उनले घोराहीबाट पनि दमकल बोलाइएको बताएका छ्न । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुलसीपुर महोत्सवमा आज रमेशराज, इब्सल,बिमता,लगायतका कलाकार आउँदै

   फागुन ०४, २०८१       admin

दाङ,४फागुन। दाङको तुलसीपुर महोत्सवमा चर्चित कलाकारहरुको प्रस्तुतीकरण रहने भएका छ । आज आइतबार चर्चित कलाकार बिमता घर्ती, रमेशराज भट्टराई, इब्सल सन्ज्याललगायतले प्रस्तुति दिने सांस्कृतिक समितिका संयोजक सन्तोष खड्काले जानकारी दिए ।

कार्यक्रम उद्घोषणको जिम्मेवारी वर्षा पाण्डे र माधव खत्रीले सम्हाल्नेछन्। साथै, स्थानीय कलाकारहरूद्वारा बेजोड प्रस्तुति पनि रहनेछ।

यस महोत्सवको संरक्षण तुलसीपुर उपमहानगरपालिकाले गरेको छ। आयोजक संस्थाका अनुसार महोत्सवले कृषि, पर्यटन र व्यापार प्रवर्द्धनमा टेवा पुर्‍याउने विश्वास लिइएको छ। महोत्सव अवधिभर स्थानीय उत्पादन, हस्तकलाका सामग्री, कृषि उपकरण, व्यवसाय प्रवर्द्धन तथा मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश गरिने जनाइएको छ।

स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तारू भन्ने नाराका साथ तुलसीपुरमा दोस्रो कृषि, पर्यटन, साँस्कृतिक तथा व्यापारिक महोत्सव–२०८१ जारी छ । तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा फाल्गुन १ देखि १६ गतेसम्म तुलसीपुर–६ हात्तिखौवामा महोत्सव सञ्चालन भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

आस्थाले माइक समातेपछि तातियो स्टेज

   फागुन ०३, २०८१       admin

दाङ ३ फागुन। दाङको तुलसीपुरमा दोस्रो कृषि पर्यटक तथा सांस्कृतिक महोत्सव २०८१ चलिरहेको छ। फागुन १ गतेदेखि सुरु भएको महोत्सवको तेस्रो दिन आज शनिबार चर्चित कलाकारहरू आस्था रावत ,भूमिका गिरी, कृष्ण रेउले लगायत अन्य कलाकारहरूको प्रस्तुति रहेको थियो।

साँझपख महोत्सव स्थल झनै उत्साहित बनेको थियो, जब चर्चित गायिका आस्था राउतले स्टेज तताइन्।

चिसो मौसमका बाबजुद पनि दर्शकहरूको जोस उस्तै थियो। आस्थाले एकपछि अर्को लोकप्रिय गीत गाएर दर्शकलाई नचाइन्, गाउन बाध्य पारिन्।

उनका फ्यानहरूले साथ छोडेनन्, स्टेजतिर हौसिएर उनको गायनमा रमाए। चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा.. नाकैमा फुली कानैमा झुम्का… सालको पात टपरी गाँसेर.. लगायतका थुप्रै गीतहरू उनले गाएर दर्शकलाई मनोरञ्जन प्रदान गरिन्। उनीसँगै झमक्कै साँझ परुन्जेलसम्म दर्शकहरू सँगै गाउने नाच्ने र रमाउने गरे।

त्यस्तै, चर्चित लोक तथा दोहोरी गायिका भूमिका गिरीले पनि आफ्नो प्रस्तुतिले दर्शकलाई दिनभर झुमाइन्। लोकभाकाको मिठासमा महोत्सवभरि रौनक थपियो।

यसैगरी, चर्चित लोक तथा दोहोरी गायक कृष्ण रेउलेले आफ्नो प्रस्तुति मार्फत दर्शकलाई छमछमि नचाएका थिए । उनले दर्शकलाई गीत पनि गाउन लगाए, जसले माहोल अझै रमाइलो बनायो।

महोत्सवमा विभिन्न व्यापारिक स्टलहरू, कृषि प्रदर्शनी, बाल उद्यान, र स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने सामग्रीहरू पनि आकर्षणका केन्द्र रहेका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

पुनको घरबाट अवैध हतियारसहित बारुद बरामद

   फागुन ०३, २०८१       admin

दाङ,३ फागुन । प्रहरीले अवैध हतियार सहित बारुद बरामद गरेको छ। तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर ४ मूलकोट निवासी ४५ वर्षीय भूबहादुर पुनको घरबाट प्रहरीले अवैध हतियार र बारुद बरामद गरेको हो। पुनको घरमा अवैध हतियार रहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरले छापा मारेको थियो।

शनिबार साँझ ६ बजे इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक विनोद राज खत्रीको नेतृत्वमा खटिएको टोलीले पुनको घरको माथिल्लो तलामा लुकाइ राखिएको १ नाले २ वटा भरुवा बन्दुक, करिब २५० ग्राम बारुद, २४ वटा सिसाको गोली, १४ वटा फलामका ब्यारीङ र गोली बनाउन प्रयोग गरिने करिब ३ केजी सिसा बरामद गरेको हो।

प्रहरीका अनुसार छापामार्ने क्रममा पुन घरमा उपस्थित नभएकाले उनी फरार रहेको अनुमान गरिएको छ। घरमा अन्य परिवारका सदस्यहरू पनि नरहेको प्रहरीले जनाएको छ।

हाल बरामद हतियार तथा सामग्रीहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ। पुनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सगरमाथाको १८ औं वार्षिकोत्सब सम्पन्न

   फागुन ०३, २०८१       admin

दाङ,३ फागुन । सगरमाथा बालबाटिका इङ्लिस स्कुलको १८ औं वार्षिकोत्सब सम्पन्न भएको छ। विद्यालय संचालक समितीका अध्यक्ष यमकान्त खरेलको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि खड्काले शिक्षा मात्र नभई संस्कार, भाषा र अनुशासन सिकाउन जरुरी रहेको उल्लेख गरे। अभिभावक बालबालिकाको पहिलो शिक्षक भएको बताउदै परिवारबाटै असल संस्कारको बिकास गराउन आग्रह गरे। पछिल्लो समय बालबालिकाहरू मोबाइलको लतमा फस्दै गएको र यसले मानसिक समस्या निम्त्याउन सक्ने भन्दै यसप्रति अभिभावक सचेत हुनुपर्ने बताए।

“घर भनेको संस्कार, अनुशासन र जिम्मेवारी सिकाउने थलो पनि हो। अनि अभिभावक पहिलो शिक्षक हुन्, जसले आफ्नो सन्तानलाई सही मार्गदर्शन दिनुपर्छ। उनले भने-“मोबाइलको दुरुपयोगले बालबालिकामा मनोसामाजिक समस्या बढ्दै गएको छ, जसमा अभिभावकले विशेष ध्यान दिनुपर्छ।”

उनले बालबालिकालाई उत्पादनशील बनाउन विद्यालय शिक्षालाई व्यवहारिक बनाउनुपर्नेमा जोड दिए। विद्यालयहरुले प्राविधिक शिक्षामा ध्यान नदिदा विश्व बजारमा नेपाली युवाहरुले श्रम बेच्न बाध्य भएको बताउदै नेपालको माटोमै घुलमिल हुन सक्नेखालको शिक्षा अहिलेको आवश्यकता रहेको औल्याए।

“हाम्रो शिक्षा प्रणाली यस्तो हुनुपर्छ, जसले विद्यार्थीलाई नेपालमै अवसर दिलाओस्। प्राविधिक तथा व्यवसायिक शिक्षा दिन नसक्दा हाम्रा जनशक्ति विदेश भौतारिन बाध्य छन् । उनले भने-“हामी विदेशीएको प्रतिफलमा मख्ख छौं ,तर यसले परिवार अलग्याएको छ, राष्ट्रियता हराएको छ, संस्कार संस्कृति हराएको छ,खोइ हामी संवेदनशील बनेको ?”

विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रिन्सिपल छविकुमार ओलीले विद्यार्थीहरूको इच्छा चाहना र आवश्यकता अनुसार पठनपाठनका क्रियाकलापहरू सञ्चालन गर्दै आएको बताए।

विद्यार्थीहरूलाई उत्पादनशील बनाउनका लागि विभिन्न उपायहरु अवलम्बन गर्दै अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्दै आएको जानकारी दिए। विद्यालयले प्राविधिक तथा व्यवसायिक शिक्षामा जोड दिँदै विद्यार्थीहरूलाई आयआर्जनमुखी बनाउन विभिन्न शिपयुक्त कक्षाहरू समेत सञ्चालन गर्दै आएको उनको भनाइ थियो।

यस्तै उनले विद्यालयको भाव योजनाबारे प्रष्ट पारेका थिए। विद्यार्थीहरूको आवश्यकतालाई ध्यानमा राख्दै विद्यालयले निकट भविष्यमै प्लस टु, मन्टेश्वरी शिक्षा र आधुनिक पुस्तकालय सञ्चालन गर्ने लक्ष्य रहेको जानकारी दिए।

प्रधानाध्यापक वलीका अनुसार विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान दिनका लागि विभिन्न कार्यक्रमहरू आयोजना गरिंदै आएको छ। विद्यार्थीहरूले विभिन्न समयमा सञ्चालन हुने अतिरिक्त क्रियाकलापमा सहभागी भई विभिन्न वस्तु उत्पादन गरी ती उत्पादित वस्तुलाई बिक्री वितरण गरेर आर्थिक लाभ समेत उठाएका छन्। यस्ता खाले प्रयोगात्मक शिक्षालाई विद्यालयले निरन्तर आयोजना गर्दै आएको प्रिन्सिपल ओलीको भनाइ थियो ।

विद्यालयको मुख्य ध्यय संस्कारसहितको शिक्षा रहेको भन्दै राष्ट्रियता झल्कने कला संस्कृति र परम्परालाई विद्यालयका हरेक क्रियाकलापमा अवलम्बन गर्दै आएको उनले जानकारी गराए। विद्यालयको शैक्षिक सुधारका लागि विभिन्न पक्षहरुसँग छलफल गर्दै अगाडि बढिरहेको समेत जानकारी दिए।

कार्यक्रममा बोल्ने वक्ताहरूले विद्यालयले छोटो समयमै उल्लेखनीय प्रगति गरेको भन्दै प्रशंसा समेत व्यक्त गरे। शैक्षिक गतिविधि मात्र नभई विद्यार्थीहरूको इच्छा चाहना दक्षता र क्षमता अनुसार विभिन्न अतिरिक्त कक्षाहरू समेत सञ्चालन गरी बालबालिकाको चौतर्फी विकासमा विद्यालयले सञ्चालन गर्ने गतिविधिहरू प्रशंसनीय भएको उनीहरूको भनाइ थियो।

वार्षिकोत्सव कार्यक्रममा विभिन्न साँस्कृतिक तथा शिक्षामूलक प्रस्तुतिहरू प्रदर्शन गरिएको थियो। विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा शिक्षाको क्षेत्रमा योगदान पुर्‍याएका विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण विद्यालयका कार्यक्रम संयोजक शरद शर्मा मजगैयाले गरेका थिए।

कार्यक्रममा विद्यार्थीहरूले विभिन्न समुदायका कला संस्कृति झल्कने गायन तथा नृत्य एवं नाटक प्रस्तुत गरेका थिए। यसैगरी विभिन्न सिर्जनात्मक कला प्रदर्शनी समेत गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दाङमा बनभेरीको टोकाइबाट आमा-छोरा घाइते

   फागुन ०३, २०८१       admin

दाङ,३ फागुन । बनभेरीको टोकाइबाट दाङमा आमा-छोरा घाइते भएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका–४ खाद्रेमा आज दिउँसो १ बजे खेतमा पानी सिंचाइ गर्ने क्रममा बनभेरीले टोकेर आमा-छोरा घाइते भएका छन्।

स्थानीय २३ वर्षीया भिमा बुढा र उनका ११ वर्षीय छोरा बिवश बुढालाई बनभेरीले टोकेको हो। घाइते दुबैजनालाई तत्कालै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको छ।

उनीहरूको अवस्था मध्यम रहेको अस्पताल स्रोतले जनाएको छ। घटनाको थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology