दाङमा बञ्चरो प्रहारबाट एक जनाको हत्या

   बैशाख २६, २०८३       admin

दाङ,२६ वैशाख । दाङमा बञ्चरो प्रहारबाट एकजनाको हत्या भएको छ। दाङको राजपुर गाउँपालिका–४ मोतीपुरमा सामुदायिक वन क्षेत्रमा भएको विवादका क्रममा बञ्चरो प्रहारबाट एक जनाको मृत्यु भएको हो।

स्थानीय अन्दाजी ५५ वर्षीय भोला यादवको शनिबार दिउँसो करिब १२ः४५ बजे घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रारम्भिक जानकारीअनुसार सोही गाउँका अन्दाजी ४० वर्षीय इश्वर हरिजन (कनवा) ले रामजानकी सामुदायिक वन क्षेत्रबाट बलाबली लिने विषयमा भएको विवादका क्रममा यादवमाथि बञ्चरो प्रहार गरेका थिए।

टाउकोमा गम्भीर चोट लागेपछि उनको घटनास्थलमै ज्यान गएको हो। घटनापछि आरोपी इश्वर हरिजन फरार रहेका छन्। प्रहरीले उनको खोजी कार्य तीव्र बनाएको जनाएको छ।

मृतकको शव घटनास्थलमै रहेको र घटनाको कारण तथा अन्य पक्षबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मोटरसाइकल दुर्घटनामा परि एकजनाको मृत्यु

   बैशाख २६, २०८३       admin

दाङ,२६ वैशाख । मोटरसाइकल दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ। प्यूठानको गौमुखी गाउँपालिकामा मोटरसाइकल दुर्घटना भएको हो।

नेपाने खोलामा शुक्रबार राति भएको दुर्घटनामा अर्तुबाङका २५ वर्षीय हेमराज राना मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ।

प्रहरीका अनुसार ठूलाबेसीबाट अर्खातर्फ जाँदै गरेको लु५६प १७७६ नम्बरको मोटरसाइकल सडकबाट करिब ३५ मिटर तल खोलामा खसेको अवस्थामा शनिबार बिहान फेला परेको हो।

मोटरसाइकलसहित चालक खोलामा डुबेको अवस्थामा भेटिएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मृतक राना मगर ठूलाबेसीस्थित नरेन्द्र गायत्री आँखा अस्पतालको शाखा आँखा उपचार केन्द्रमा कार्यरत थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

‘घर मात्र होइन, सपना पनि भत्काइयो’: दुर्गा प्रसाईं

   बैशाख २६, २०८३       admin

काठमाडौ,२६ वैशाख । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले प्रधानमन्त्री बालेन शाहमाथि नागरिकको घरसँगै सपना पनि भत्काएको आरोप लगाएका छन्।

उनले निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टीलाई मतदान गरेका मतदाता पछुताउन थालेको दाबी गरे। विदेशमा रहेका नेपालीले परिवारलाई ‘घण्टी’ चुनाव चिह्नमा मतदान गर्न दबाब दिएको उल्लेख गर्दै अहिले “घर नै नभएको अवस्थामा कहाँ फर्किने ?” भन्ने अवस्था सिर्जना भएको उनले बताए।

प्रसाईँले सुरुदेखि नै बालेन नेतृत्व विदेशी प्रभावमा बनेको आरोप लगाउँदै आएका आफूलाई हालका गतिविधिले पुष्टि गरेको जिकिर गरे।
उनले सरकारमाथि न्यायालयमा हस्तक्षेप गरेको आरोप पनि लगाएका छन्। चौथो वरीयताका न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिस गरेर सरकारले विवाद सिर्जना गरेको उनको टिप्पणी छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

इन्डोनेशियामा ज्वालामुखी विस्फोट हुँदा तीन पर्वतारोहीको मृत्यु

   बैशाख २६, २०८३       admin

काठमाडौ,२६ वैशाख । माउन्ट डुकोनो ज्वालामुखी शुक्रबार विस्फोट हुँदा तीन जना पर्वतारोहीको मृत्यु भएको छ। मृतकमध्ये दुई जना सिंगापुरका नागरिक र एक जना स्थानीय रहेको जनाइएको छ।

अधिकारीहरूका अनुसार उनीहरूको शव ‘नो–गो जोन’ भित्र फेला परेको हो। हलमहेरा टापुमा भएको विस्फोटपछि करिब १० किलोमिटर क्षेत्रसम्म हावामा खरानी र बाक्लो धुवाँ फैलिएको छ।

उत्तरी हलमहेराका प्रहरी प्रमुख एर्लिक्सन पासारिबुले घटनाका बेला उक्त क्षेत्रमा २० जना पर्वतारोही रहेको बताएका छन्। तीमध्ये नौ जना सिंगापुरका र बाँकी इन्डोनेशियाका थिए।

स्थानीय उद्धार एजेन्सीका प्रमुख इवान रामदानीका अनुसार विस्फोटका बेला बेपत्ता भएका १७ जनामध्ये सात जना जीवित फेला परेका छन्। मृतकहरूको शव अझै घटनास्थलमै रहेको र निरन्तर विस्फोट भइरहेकाले उद्धार कार्य सुरु गर्न कठिनाइ भएको जनाइएको छ।

विस्फोटका कारण केही पर्वतारोही घाइते भएका छन् र उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ।
यसअघि सेन्टर फर भोल्कानोलोजी एन्ड जियोलोजिकल हजार्ड मिटिगेसनले सन् २०२४ डिसेम्बरदेखि भूकम्पीय गतिविधि बढेको भन्दै पर्यटक र पर्वतारोहीलाई ज्वालामुखी वरपर नजान चेतावनी दिएको थियो।

इन्डोनेशियाको भूगोलका कारण त्यहाँ बारम्बार भूकम्प र ज्वालामुखी गतिविधि हुने गर्छ। हालको अवस्थालाई ध्यानमा राख्दै अधिकारीहरूले जोखिम क्षेत्रमा नजान र सतर्क रहन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सल्यानमा ट्र्याक्टर दुर्घटनाः चालकको मृत्यु , दुई घाइते

   बैशाख २५, २०८३       admin

दाङ, २५ वैशाख । सल्यानमा ट्र्याक्टर दुर्घटना भएको छ । दुर्घटनामा परी १७ वर्षीय चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

जिल्लाको दार्मा गाउँपालिका–२ का चालक प्रदीप विकको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि उद्धार गरी थम्के सल्ली स्वास्थ्य चौकी दार्मामा पुर्‍याइए पनि स्वास्थ्यकर्मीले उनलाई मृत घोषणा गरेका थिए।

दुर्घटनामा दार्मा–२ का २२ वर्षीय विशाल विक र १७ वर्षीय टेकबहादुर विक घाइते भएका छन्। प्रहरीका अनुसार विशालको अवस्था मध्यम रहेको र थप उपचारका लागि बाँके पठाइएको छ भने टेकबहादुरको अवस्था सामान्य रहेको छ र दार्मामै उपचार भइरहेको छ।

दिउँसो करिब साढे १ बजे रा १ त ४४९५ नम्बरको खाली ट्र्याक्टर फारुलाचौरबाट भुसखोलातर्फ जाँदै गर्दा भुसखोला नजिकै सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटना भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

रेडक्रस दिवसमा ‘नारायण–भगवती स्मृतिग्रन्थ’ विमोचन

   बैशाख २५, २०८३       admin

दाङ, २५ वैशाख । नेपाल रेडक्रस सोसाइटी दाङ जिल्ला शाखाले ‘नारायण–भगवती स्मृतिग्रन्थ’ विमोचन गरेको छ। विश्व रेडक्रस दिवस तथा शाखा स्थापना दिवसको अवसरमा उक्त स्मृतिग्रन्थ विमोचन गरेको हो।

स्मृतिग्रन्थको विमोचन गर्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले स्मृतिग्रन्थ केवल पुस्तक मात्र नभई समाजका लागि प्रेरणा र इतिहासको दस्तावेज भएको उल्लेख गरे। सामाजिक सेवामा समर्पित व्यक्तित्वहरूको योगदान भावी पुस्तासम्म पुर्‍याउन यस्ता प्रकाशन महत्वपूर्ण हुने उनको भनाइ थियो।

कार्यक्रममा बोल्दै सञ्चारकर्मी तथा अधिकारकर्मी सुशील बस्नेतले स्वर्गीय नारायण आचार्यको सामाजिक सेवा, मानवीय अभियान र संस्थागत विकासमा महत्वपूर्ण योगदान रहेको उल्लेख गरे। उनले आचार्यको योगदान समाजका लागि प्रेरणादायी भएको बताए।

त्यस्तै, लेखकहरूको तर्फबाट विष्णुकुमार देवकोटाले रेडक्रस दाङको स्थापना र “वल्डबैक” स्थापना गर्न आचार्यले खेलेको भूमिकाको चर्चा गर्दै उनको योगदान सधैं सम्झनयोग्य रहने बताए।


कार्यक्रममा वक्ताहरूले रेडक्रस अभियान, मानव सेवा, सामाजिक उत्तरदायित्व र समुदायमा सहकार्यको महत्वबारे चर्चा गरेका थिए। कार्यक्रममा रेडक्रसकर्मी, समाजसेवी, बुद्धिजीवी, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मन्त्रिपरिषद्का निर्णयः १५ अवैतानिक वाणिज्यदूत पदमुक्त

   बैशाख २५, २०८३       admin

काठमाडौ,२५ वैशाख। सरकारले विदेशस्थित १५ जना नेपाली अवैतानिक वाणिज्यदूत (कन्सल)लाई पदमुक्त गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आजको बैठकले उक्त निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलका अनुसार बैठकले वैशाख २८ गते सोमबार अपराह्न ४ बजे बस्ने संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ।

त्यसैगरी, बैठकले अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रमसम्बन्धी महासन्धि १९३० को २०१४ को प्रोटोकल नम्बर २९ अनुमोदनका लागि संघीय संसद्मा पेस गर्ने निर्णय गरेको छ।

यस्तै, श्रम निरीक्षणसम्बन्धी अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि १९४७ नम्बर ८१ पनि अनुमोदनका लागि संसद्समक्ष पेस गर्ने निर्णय गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

ट्रकबाट २० गोरु बरामदः दुई जना पक्राउ

   बैशाख २५, २०८३       admin

दाङ,२५ वैशाख । अवैध रूपमा गोरु ओसारपसार गरेको आरोपमा प्रहरीले ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा झापाको मेचीनगर नगरपालिका–११ का ३७ वर्षीय खड्गबहादुर दाहाल र ट्रक चालक मोरङको बुढीगंगा गाउँपालिका–२ का ३५ वर्षीय विजयकुमार महत्तो रहेका छन्। उनीहरूलाई बिहीबार कपिलवस्तुबाट नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ लैजाँदै गरेका २० वटा गोरु कपिलवस्तुको शिवराज नगरपालिका–९ बाट ना ५ ख २३६४ नम्बरको ट्रकमा अवैध रूपमा राखिएको अवस्थामा फेला परेको थियो।

बरामद गरिएका गोरुहरूलाई शिवराज नगरपालिका–बिजौरीस्थित पशु संरक्षण संस्था नेपालको संरक्षणमा राखिएको छ।

कपिलवस्तु जिल्ला अदालतले पक्राउ परेका दुवै जनाविरुद्ध पशुपंक्षीसम्बन्धी कसुर मुद्दामा अनुसन्धान गर्न पाँच दिनको म्याद दिएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी डीएसपी रिपेन्द्रकुमार सिंहका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रधानन्यायाधीश सिफारिसविरुद्ध सर्वोच्चमा रिट दायर

   बैशाख २५, २०८३       admin

काठमाडौ,२५ वैशाख। संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले उक्त सिफारिस संविधानविपरीत रहेको दाबी गर्दै शुक्रबार रिट पेश गरेका हुन्। उनले अध्यादेशमार्फत गरिएको व्यवस्थाका आधारमा परिषद्ले गरेको सिफारिस असंवैधानिक भएको जिकिर गरेका छन्।

यसअघि बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले चौथो वरीयतामा रहेका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो। मुद्दामाथि सर्वोच्च अदालतले आवश्यक सुनुवाइ प्रक्रिया अघि बढाउनेछ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुलसीपुरमा ५० प्रतिशत अनुदानमा ‘काउ म्याट’ वितरण

   बैशाख २५, २०८३       admin


दाङ,२५ वैशाख। तुलसीपुर उपमहानगरपालिकाले पशुपालक किसानलाई लक्षित गर्दै ‘काउ म्याट’ वितरण गरेको छ। पशुको स्वास्थ्य सुधार र उत्पादन वृद्धि गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा १०९ वटा म्याट वितरण गरिएको हो।

शुक्रबार उपमहानगरका १७ जना व्यावसायिक पशुपालक किसानलाई म्याट हस्तान्तरण गरिएको पशु सेवा शाखाले जनाएको छ। प्रति म्याट ६ हजार ४ सय रुपैयाँ पर्ने भए पनि किसानलाई आधा मूल्यमा उपलब्ध गराइएको पशु सेवा शाखा प्रमुख डा। मनोज वलीले जानकारी दिए।

उनका अनुसार पक्की खोरको भुईँ चिसो हुने भएकाले पशुलाई त्यसबाट जोगाउन काउ म्याट उपयोगी हुन्छ। आरामदायी वातावरणले मात्र राम्रो उत्पादन लिन सकिने उनको भनाइ छ।

नगरप्रमुख टिकाराम खड्काले किसानको मागअनुसार कार्यक्रम ल्याइएको बताउँदै विगतमा चिसोका कारण गाईभैंसी मरेर किसानले ठूलो क्षति बेहोर्नुपरेको स्मरण गर्दै यसलाई ध्यानमा राख्दै यसपटक म्याट वितरण गरिएको उनले जानकारी दिए।

प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धेले बजेट निर्माण गर्दा किसान केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिइएको जानकारी दिए। आगामी दिनमा पनि कृषि र पशुपालन क्षेत्रमा सहयोग बढाइने उनको प्रतिबद्धता छ।

अनुदानमा म्याट पाएपछि किसानहरूले खुसी व्यक्त गरेका छन्। किसान शशीराम बुढाथोकीले यसले पशुलाई चिसोबाट जोगाउन सहयोग पुग्ने बताए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology