बालविवाह न्यूनीकरणका लागि प्रहरीसँग अन्तरक्रिया

   बैशाख २५, २०८३       admin

दाङ, २५ वैशाख ।

बालविवाह न्यूनीकरणकालागि प्रतिबद्ध भए प्रहरीअधिकारीहरु

बाल विवाह न्यूनीकरणका लागि नेपाल प्रहरीका अधिकारी तथा सरोकारवालाहरु प्रतिबद्ध भएका छन । लुम्बिनी प्रदेशका तराइका जिल्लाका प्रहरी अधिकारी तथा प्रदेशप्रहरी कार्यालयका अधिकृतहरुले बालविवाह न्यूनीकरणकालागि सरोकारवालासंग सहकार्य गरेर जाने बताएका हुन । उनीहरुले सूचनामा प्रभावकारिता नहुँदा न्यूनीकरण तथा कानुनी दायरामा ल्याउन समस्या भएको भन्दै सूचना संयन्त्र प्रभावकारी बनाउन लाग्ने समेत बताए । प्रहरी संयन्त्रमा बालविवाहको सूचना र जानकारी नै कम आउने गरेको उनीहरुको भनाई थियो ।

बेस संस्था (ब्याकवार्ड सोसाइटी एजुकेसन)को आयोजना तथा जस्ट राइट फर चिल्ड्रेनको आर्थिक सहयोगमा दाङको चखौरामा भएको प्रहरीसंगको समन्वयात्मक बैठकमा सहभागि प्रहरी अधिकारीहरुले यस्तो बताए हुन । बालबालिकाका लागि न्यायमा पहुँच–बालविवाह मुक्त नेपाल अभियान अन्तर्गत कार्यक्रम आयोजना गरिएको कार्यक्रम निर्देशक पिंकी डाँगीले जानकारी दिइन । बालबालिका हाम्रा छोराछोरी मात्रै होइनन्, यो देशको भविष्य हुन त्यसैले बालविवाह भविष्यको बर्बादी हो । भन्ने मूल मर्मलाई आत्मसात् गर्दै बालविवाह न्यूनीकरण सम्बन्धी विशेष अन्तरक्रिया तथा नीति संवाद कार्यक्रम गरिएको हो ।

बाल विवाह न्यूनीकरण गर्न जनचेतना तथा सशक्तीकरण अभियान संचालन तथा सरोकारवाला निकायबीच सम्बन्ध बढाउदै नियम कानुन कार्यान्वयन गर्ने, बाल समूहको स्थापना गरी बाल विवाह न्यूनीकरणमा योगदान गर्ने, कानुन कार्यान्वयन गर्दै प्रहरीको संयन्त्रलाई परिचालन गरि बाल अधिकार, बाल विवाह न्यूनीकरण अभियान र  जवाफदेहितामा प्रभावकारी रुपमा लैजाने, बालमैत्री समाज निर्माण गर्न अभिभावक र बालबालिका तथा सरोकारवाला पक्षलाई जिम्मेवार बनाउन पहल गर्ने, बाल विवाह न्यूनीकरणका लागि प्रहरी र सरोकारवाला बिच सहकार्य बढाउन अभियान सञ्चालन गर्ने, बालविवाह, बालयौन शोषण, बालश्रम र बाल बेचबिखन/ओसारपसार जस्ता समस्या हटाउन सबैले हातेमालो गर्दै अघि बढ्ने, बालमनो परामर्श दाताको  ब्यब्स्थापन गर्ने पहल गर्ने । प्रहरीको क्षमता विकासमा भूमिका खेल्ने, न्यायीक समिति बालक्लब, प्रहरी सबैलाई जोडेर अन्तरक्रिया र छलफल गर्ने र न्यूनीकरणका उपायमा निष्कर्ष निकाल्ने लगायतका प्रतिबद्धता रहेका छन ।

बेस सस्थाका महासचिव लोकजन चौधरीको अध्यक्षतामा तथा  लुम्बिनी प्रदेश स्तरीय संसदीय मञ्चका संयोजक धनलक्ष्मी श्रेष्ठको प्रमुख आतिथ्यतामा एवम् लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) शारदाप्रसाद चौधरीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालय प्रमुख, प्रहरी अधिकृतहरु, यस अन्तरगतका दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देहीका कार्यालय प्रमुख तथा मुद्धाफाँटका अधिकृत र महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा (महिला सेल)का कर्मचारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले बालविवाहमुक्त समाज निर्माणका लागि राज्य, प्रहरी र नागरिक समाजको साझा जिम्मेवारी आवश्यक रहेको बताइन् । उनले बालबालिकाको क्षेत्रमा लगानी गर्नु राज्यको दायित्व भएको र बालबालिकाको अनुहारमा मुस्कान देखिए मात्र देशको भविष्य परिवर्तन हुने बताइन । श्रेष्ठले यसका लागि विद्यायकहरुले कानुन निर्माण र सहजीकरणमा भूमिका निभाउने बताइन । सासदहरुले बालविवाह न्यूनीकरणका लागि गर्नु पर्ने भूमिकामा पूर्णरुपमा गर्ने र कानुन निकार्णको कुरालाई प्रमुख रुपमा राख्ने बताइन ।

कार्यक्रममा वरिष्ठ प्रहरी उपरीक्षक शारदा प्रसाद चौधरीले बालविवाह समाजमा बढेको र यसको नयूनीकरण र अन्त्यका लागि सबैको सहकार्य र एकता आबश्यक रहेको बताए । प्रहरी संयन्त्रले पूर्णरुपमा बालविवाह अन्तय गर्न प्रयासगरिरहेको बताए ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख (डीएसपी) होमबहादुर पराजुलीले अशिक्षा र प्रविधिको गलत प्रयोगले बालविवाहको चुनौती थपिएको बताए । उनले कानुनीरुपमा बालविवाहका मुद्दा तीन महिनाभित्र दर्ता गरिसक्नुपर्ने प्रावधान रहेको जानकारी दिए । यसका लागि सूचना अपरिहार्य भएको र समाजले  सूचना दिनु पर्ने बताए । पराजुलीले अनुसन्धानका चुनौतीबारे प्रकाश पार्दै समाजमा अझै पनि उजुरी दिने संस्कृति विकास नभएकाले अनुसन्धान प्रभावकारी बन्न नसकेको उल्ल्ेख गरे । उनले प्रहरीभित्र बालबालिका सम्बन्धी छुट्टै ‘युनिट’ वा ‘टास्क फोर्स’ गठन गरी प्रहरीलाई थप दक्ष बनाउनुपर्ने तथा विद्यालय तहमा बालबालिकाको ‘साइकोलोजी टेस्ट’ र प्रहरी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न सके बालविवाह नियन्त्रणमा सहयोग पुग्ने सुझाव दिए ।

उच्च अदालत तुलसीपुर बार इकाइका अध्यक्ष अधिवक्ता मधुसूदन गौतमले बालविवाह न्यूनीकरणका लागि कानुनी प्रावधान र नीति तथा ऐन कार्यान्वयनको वर्तमान अवस्थाको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले नेपालको संविधान, मुलुकी अपराध संहिता २०७४ र बालबालिका सम्बन्धी ऐन २०७ ले बालविवाहलाई गम्भीर सामाजिक अपराधका रूपमा व्याख्या गरेको भए पनि समाजमा सूचना लुकाउने प्रवृत्ति मुख्य बाधक रहेको बताए । छोरीको सानैमा विवाह गरिदिँदा ‘पुण्य कमाइन्छ’ भन्ने रूढीवादी सोच अझै कायम रहेकाले यसलाई अपराधका रूपमा स्वीकार नगर्दासम्म पूर्ण न्यूनीकरण चुनौतीपूर्ण रहने उनको भनाइ थियो ।

प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक राम बहादुर नेपालीले गरिबी र अशिक्षालाई मुख्य बाधकका रूपमा औंल्याए । बालविवाह न्यूनीकरणका लागि अभिभावक र स्वयम बालबालिका जागुरुप हुनु पर्ने बताए  । उनले अभिभावक र समाज मात्रै जागरुप भए यो कुरीतिको अन्त्य हुने बताए । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक शिव कुमार पौडेलले सामाजिक सञ्जालको दुरुपयोगले समस्या बढाएको बताए । बर्दियाका अनुसन्धान शाखा अधिकृत प्रहरी निरीक्षक लोकराज अवस्थीले तथ्यांक शून्य देखिए पनि घटनाहरू प्रहरीसम्म नपुग्ने प्रवृत्तिप्रति सचेत रहनुपर्ने बताए । प्रहरी निरीक्षक कल्पना घर्तीले बालबालिका हराएको उजुरी पछि विवाहमा परिणत हुने घटना बढेकाले स्थानीय सरकारले यसमा विशेष चासो दिनुपर्नेमा जोड बताइन ।

कार्यक्रममा सहभागी प्रहरी अधिकारीहरूले परिवार, विद्यालय र समाजको सामूहिक प्रयासमार्फत मात्रै बालविवाह न्यूनीकरण सम्भव हुने धारणा व्यक्त गरे । विद्यालय पाठ्यक्रममै सचेतनामूलक विषय समावेश गर्नुपर्नेमा समेत जोड दिइएको थियो । कार्यक्रम निर्देशक पिंकी डाँगीले विषय प्रवेश गर्दै लुम्बिनीमा बालविवाहको अवस्था डरलाग्दो रहेको बताइन । उनले आफुहरुले कर्णाली र सुदूरपश्चिम प्रदेशमा समेत अभियान सञ्चालन गरिरहेको जानकारी दिइन ।

गोपाल शर्मा भट्टराईले कार्यक्रमको सहजीकरण गरेका थिए । भने अन्तरक्रिया तथा नीति संवाद सत्रको सञ्चालन सुशील बस्नेतले गरेका थिए । कार्यक्रमका सहभागीहरूले बालविवाह अन्त्यका लागि सूचना प्रवाह तथा प्रहरी–समुदाय सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन् । कार्यक्रमले बालविवाह सम्बन्धी सूचना लुकाउने प्रवृत्ति नै न्यायमा पहुँचको मुख्य बाधक रहेको निष्कर्ष निकाल्दै विद्यालयहरूमा नैतिक शिक्षा र मानवीय दृष्टिकोणसहित सबै पक्ष जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याएको थिए ।

यसैक्रममा सातबुँदे प्रतिबद्धता समेत सार्वजनिक गरिएको थियो । बाल विवाह न्यूनीकरण गर्न जनचेतना तथा सशक्तीकरण अभियान संचालन तथा सरोकारवाला निकायबीच सम्बन्ध बढाउदै नियम कानुन कार्यान्वयन गर्ने, बाल समूहको स्थापना गरी बाल विवाह न्यूनीकरणमा योगदान गर्ने, कानुन कार्यान्वयन गर्दै प्रहरीको संयन्त्रलाई परिचालन गरि बाल अधिकार, बाल विवाह न्यूनीकरण अभियान र  जवाफदेहितामा प्रभावकारी रुपमा लैजाने, बालमैत्री समाज निर्माण गर्न अभिभावक र बालबालिका तथा सरोकारवाला पक्षलाई जिम्मेवार बनाउन पहल गर्ने, बाल विवाह न्यूनीकरणका लागि प्रहरी र सरोकारवाला बिच सहकार्य बढाउन अभियान सञ्चालन गर्ने, बालविवाह, बालयौन शोषण, बालश्रम र बाल बेचबिखन/ओसारपसार जस्ता समस्या हटाउन सबैले हातेमालो गर्दै अघि बढ्ने, बालमनो परामर्श दाताको  ब्यब्स्थापन गर्ने पहल गर्ने । प्रहरीको क्षमता विकासमा भूमिका खेल्ने, न्यायीक समिति बालक्लब, प्रहरी सबैलाई जोडेर अन्तरक्रिया र छलफल गर्ने र न्यूनीकरणका उपायमा निष्कर्ष निकाल्ने लगायतका प्रतिबद्धता रहेका छन ।

बाल संरक्षणलाई प्राथमिकीकरण गर्दै बाल विवाह, बाल यौन दुर्व्यवहार रोकथामका लागि प्रत्यक्ष योगदान गरीरहेको नेपाल प्रहरीसंग समन्वय गर्ने उद्देश्यले साझेदारी तथा अन्तरक्रिया वैठक आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

आज पनि बढ्यो सुनचाँदीको भाउ

   बैशाख २५, २०८३       admin

दाङ,२५ वैशाख ।बजारमा आज पनि सुनचाँदीको भाउ बढेको छ। बिहीबारको तुलनामा सुन तोलामा १ हजार ३०० रुपैयाँ र चाँदी १२० रुपैयाँले महँगिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ९०० रुपैयाँ पुगेको छ। त्यस्तै चाँदी प्रतितोला ५ हजार २७५ रुपैयाँ कायम भएको छ।

हिजो बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९८ हजार ६०० रुपैयाँ र चाँदी ५ हजार १५५ रुपैयाँमा कारोबार भएको थियो। त्यसअघि बुधबार सुन २ लाख ९६ हजार ८०० रुपैयाँ र चाँदी ५ हजार ५० रुपैयाँमा किनबेच भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔँस ४ हजार ७१५ अमेरिकी डलर र चाँदी ७९ अमेरिकी डलरमा कारोबार भइरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

उपकुलपति पदमा दरखास्त आह्वान

   बैशाख २५, २०८३       admin

दाङ,२५ वैशाख । विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपति पद पूर्ति गर्न गठित छनोट तथा सिफारिस समितिले दरखास्त आह्वान गरेको छ।

समितिले आठ वटा विश्वविद्यालयका लागि आवेदन माग गरेको हो। जसअन्तर्गत त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालय रहेका छन्।

उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिएको समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

आज मन्त्रिपरिषद्को बैठक बस्दै

   बैशाख २५, २०८३       admin

काठमाडौ,२५ वैशाख ।आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। प्रधानमन्त्री बालेन शाहले बिहान ११ बजे बैठक बोलाएको उनको सचिवालयले जनाएको छ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। बैठकमा नियमित कार्यसूचीमाथि छलफल हुने बताइएको छ।
यसअघि मन्त्रिपरिषद् बैठकले संघीय संसद्को बजेट अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

चन्द हत्या प्रकरणः ६ जना पक्राउ

   बैशाख २४, २०८३       admin


बाँके,२४ वैशाख । बाँके प्रहरीले विशालचन्द ठकुरीमाथि भएको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले कर्तव्य ज्यान मुद्दामा उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रहरीका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–१२ बेलासपुरमा खजुरा गाउँपालिका–६ का विशालचन्द ठकुरीमाथि सोमबार आक्रमण भएको थियो। गम्भीर घाइते भएका ठकुरीको उपचारका क्रममा सञ्जीवनी कलेज अफ मेडिकल साइन्समा मृत्यु भएको हो।

पक्राउ पर्नेहरूमा कैलाली लम्कीचुहा नगरपालिका–१ का दिपेन्द्रराज गिरी, बिबिएस कुँवर, सुशील खत्री र खकेन्द्र देवकोटा, कालिकोट पचालझरना गाउँपालिका–६ का सन्तोष सन्ज्याल तथा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–३ का रुपेश थापा रहेका छन्।

घटनापछि फरार रहेका उनीहरूमध्ये चार जनालाई बर्दियाको ठाकुरबाबा नगरपालिका–२ अम्रेनी नजिकबाट र दुई जनालाई नेपालगञ्जबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार वैशाख २१ गते बेलुका व्रतबन्ध कार्यक्रममा सहभागी भएका युवाहरू बस्ने ठाउँ नभएपछि एउटै कोठामा बसेका थिए। सोही क्रममा विवाद हुँदा कुटपिट भएको थियाे ।

घटनामा घाइते भएका जुम्ला चन्दननाथ नगरपालिका–४ का योगेन्द्र कामी उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ। प्रहरीले घटनामा प्रयोग भएका सामग्री पनि बरामद गरेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

हुरीबतास चलेको बेला सतर्कता अपनाउन आग्रह

   बैशाख २४, २०८३       admin

दाङ,२४ वैशाख । हुरीबतास तथा चट्याङका घटना बढ्न थालेपछि सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको सचेतनामूलक सूचनामा हुरी चलिरहेका बेला घरका झ्याल–ढोका बन्द गर्न, आगोका स्रोत सुरक्षित रूपमा बन्द गर्न तथा खुला स्थानमा नबस्न अनुरोध गरिएको छ।

प्राधिकरणले मोटरसाइकल वा अन्य सवारीसाधन चलाइरहेका व्यक्तिलाई सवारी रोकेर सुरक्षित स्थानमा बस्न पनि आग्रह गरेको छ।

प्राधिकरणका उपसचिव रामबहादुर केसीका अनुसार भीडभाड भएका स्थानमा आत्तिनु वा भागदौड गर्नु जोखिमपूर्ण हुनसक्ने भएकाले शान्त रहँदै सुरक्षित स्थानतर्फ जानु आवश्यक रहेको

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

अझै दुई साता मौसम बदली र वर्षा हुने

   बैशाख २४, २०८३       admin

काठमाडौ,२४ वैशाख । देशका धेरै ठाउँमा बिहानदेखि वर्षा भइरहेको छ। मौसमविद्का अनुसार आज दिनभर पश्चिमदेखि पूर्वसम्म पालैपालो पानी पर्ने सम्भावना रहेको छ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक विनोद पोखरेलका अनुसार अहिले देखिएको वर्षा र बदलीको अवस्था अझै करिब दुई सातासम्म जारी रहनेछ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको तीन दिने मौसमी बुलेटिनमा पनि पर्सि शनिबारसम्म वर्षा जारी रहने उल्लेख गरिएको छ। महाशाखाका अनुसार पानी पार्ने प्रणाली पश्चिमबाट उत्तर–पूर्वतर्फ सर्दै गएको छ।

आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। अन्य प्रदेशका हिमाली, पहाडी तथा तराईका केही स्थानमा पनि यस्तै प्रकारको वर्षा हुन सक्ने जनाइएको छ।

यस्तै, प्रि–मनसुनमा पर्याप्त वर्षा भइरहे पनि यसवर्षको मनसुनमा भने औसतभन्दा कम वर्षा हुने र तापक्रम बढी रहने अनुमान गरिएको छ।

दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चको प्रतिवेदनअनुसार नेपालको मध्य क्षेत्रमा वर्षा कम हुने प्रक्षेपण गरिएको छ।

मौसमविद्का अनुसार एल निनो र इन्डियन ओसन डाइपोलजस्ता जलवायु प्रणालीमा आएको परिवर्तनका कारण वर्षामा असर पर्ने देखिएको छ।

यसले कृषि उत्पादन र जलविद्युत् आपूर्तिमा समेत प्रभाव पार्न सक्ने चिन्ता व्यक्त गरिएको छ।
विज्ञहरूले कम वर्षालाई ध्यानमा राख्दै वैकल्पिक बाली छनोट गर्न तथा पानीको भण्डारणमा ध्यान दिन सुझाव दिएका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

परराष्ट्रमन्त्री खनाल र सार्क महासचिवबीच भेट

   बैशाख २४, २०८३       admin

काठमाडौ,२४ वैशाख । परराष्ट्रमन्त्री शिशिर खनालसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (SAARC)का महासचिव मोहम्मद गोलाम सरवारले शिष्टाचार भेट गरेका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालको कार्यकक्षमा भएको उक्त भेटमा क्षेत्रीय सहयोगलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो।

भेटका क्रममा दक्षिण एसियाली देशहरूबीच सहकार्य विस्तार, आपसी सम्बन्ध सुदृढीकरण तथा साझा चासोका विषयमा समन्वय बढाउने विषयमा समेत कुराकानी भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

जन्ती बोकेको जिप दुर्घटना: पाँच जना घाइते

   बैशाख २४, २०८३       admin

काठमाडौ,२४ वैशाख । सिन्धुलीमा जन्ती बोकेको जिप दुर्घटना भएको छ। जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।

मदन भण्डारी राजमार्ग अन्तर्गत दुधौली नगरपालिका–१ राँगेमा म.प्र. ०३–००१ च ८२०२ नम्बरको जिप दुर्घटनामा परेको हो। उक्त भ्यान उदयपुरको गाईघाटतर्फ जाँदै थियो।

दुर्घटनामा घाइते हुनेमा फिक्कल गाउँपालिका–१ का ४५ वर्षीय योगबहादुर खत्री, ६० वर्षीय लालबहादुर विक, ४० वर्षीय सोमबार नेपाली, ६० वर्षीय साने विक तथा तीनपाटन गाउँपालिका–१० का २१ वर्षीय श्याम दुराल रहेका छन्।

घटनापछि घाइतेहरूलाई उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लगिएको प्रहरीले जनाएको छ।
जिप चालक २९ वर्षीय रोशन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सुनको मुल्यमा वृद्धि

   बैशाख २४, २०८३       admin

दाङ,२४ वैशाख ।आज (बिहीवार) बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। आज सुनको मूल्य प्रतितोला एक हजार ८ सय रुपैयाँले बढेर दुई लाख ९८ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार सुन प्रतितोला दुई लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

यससँगै दुई दिनमा सुनको मूल्य प्रतितोला ७ हजार ६ सय रुपैयाँले बढेको छ। बुधबार मात्रै सुनको मूल्य ५ हजार ८ सय रुपैयाँले वृद्धि भएको थियो।

चाँदीको मूल्य पनि बढेको छ। बिहीबार चाँदी प्रतितोला ५ हजार १ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य बुधबारको तुलनामा प्रतितोला १ सय रुपैयाँले बढी हो।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ७ सय १ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology