दाङ,१८ वेशाख। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पहिलोपटक मुटुको एन्जियोप्लाष्टि सेवा सुरु भएको छ। मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेन्टरका बरिष्ठ मुटुरोग विशेषज्ञ डा. सूर्य देवकोटाको नेतृत्वमा डा. दिनेश उप्रेतीसहितको टोलीले शुक्रबार दुई बिरामीको सफल एन्जियोप्लाष्टि गरेको हो।
जिल्लामै पहिलोपटक सुरु गरिएको यस सेवाले अब हृदयघात ९हार्टअट्याक० भएका बिरामीलाई बाहिर जानु नपरी दाङमै उपचार सम्भव हुने डा. देवकोटाले बताए।
यसअघि मुटुको उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेकोमा अब सहज हुने प्रतिष्ठानका निमित्त उपकुलपति प्रा. श्याम लम्सालले जानकारी दिए। सेवा सञ्चालनका लागि करिब १० करोड रुपैयाँ बराबरका उपकरण तयारी गरिएको छ।
यसअघि प्रतिष्ठानले एन्जियोग्राफी ९निदानात्मक सेवा० सुरु गरेको थियो भने अहिले एन्जियोप्लाष्टि ९उपचारात्मक सेवा० सुरु गरिएको हो।
निमित्त निर्देशक जनार्दन पन्थीका अनुसार अब दाङ बाहिरका बिरामीले पनि यहाँ सेवा लिन सक्नेछन्। साथै, विपन्न नागरिक औषधि उपचार कोषमा सूचीकृत गर्ने प्रक्रिया अघि बढाइएको छ।
यसैबीच, रोल्पा थवाङ गाउँपालिका–५ की ७५ वर्षीया धनजिता विक र तुलसीपुर–९ का ७५ वर्षीय गंगाधर कडेलको सफल एन्जियोप्लाष्टि गरिएको छ। दुवै जनामा मुटुको समस्या पहिचान भएपछि उपचार गरिएको हो।प्रतिष्ठा नका अनुसार अब नियमित रूपमा एन्जियोप्लाष्टि सेवा सञ्चालन गरिनेछ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१८वैशाख । दाङमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । वैशाख १६ गते राति करिब १० बजेको समयमा नम्बर नखुलेको मोटरसाईलले ठक्कर दिदा अन्दाजी ६० वर्षीय वृद्धको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
घोराही उपमहानगरपालिका–१७ रामपुर चोक नजिक मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
ठक्कर दिएर फरार रहेका मोटरसाइकल चालकलाई प्रहरीले खोजतलास गर्दै वैशाख १७ गते दिउँसो पक्राउ गरेको छ। पक्राउ पर्नेमा दाङ बंगलाचुली गाउँपालिका–३ मुलाबारी बस्ने ३० वर्षीय प्रेमलाल नेपाली रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१८ वैशाख । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्टसँग जोडिएका आठ बीमा कम्पनीमा गरिएको लगानीमाथि छानबिन सुरु गरेको छ। भट्टसँग सम्बन्धित माइक्रो इन्स्योरेन्स तथा पुनर्बीमा कम्पनीहरूमा गरिएको लगानीको स्रोत, प्रक्रिया र सम्भावित मिलेमतोबारे अनुसन्धान अघि बढाइएको हो।
विभागले नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स, प्रोटेक्टिभ इन्स्योरेन्स कम्पनी, स्टार माइक्रो इन्स्योरेन्स कम्पनी, ट्रस्ट माइक्रो इन्स्योरेन्स कम्पनी र हिमालयन रि–इन्स्योरेन्सका संस्थापक सेयरधनीहरूको विवरण माग गरेको छ।
अनुसन्धानमा प्रिमियम लिएर सेयर बिक्री गरिएको, लगानीकर्तासँग मिलेमतो भएको तथा अवैध रकमलाई विभिन्न कम्पनीमार्फत घुमाएर वैध बनाउने ‘लेयरिङ’ प्रक्रिया अपनाइएको आशंका गरिएको छ। भट्ट पक्राउ परेपछि उनको व्यावसायिक सञ्जाल र लगानी संरचनामा आपसी सम्बन्ध देखिएको स्रोतले जनाएको छ। यसले सम्पत्ति शुद्धीकरणको प्रयास भएको हुन सक्ने अनुमानलाई बल दिएको छ।
यस प्रकरणमा सुधन गुरुङको नाम पनि जोडिएको छ। उनी स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्समा संस्थापक सेयरधनी रहेको विवरण सार्वजनिक भएको छ। यसअघि नेपाल धितोपत्र बोर्डको सिफारिसपछि भट्टसहित केही व्यवसायीविरुद्ध अर्बौँ रुपैयाँको शंकास्पद वित्तीय कारोबारबारे अनुसन्धान अघि बढाइएको हो।
प्रतिवेदनअनुसार विभिन्न कम्पनीमार्फत कृत्रिम कारोबार सिर्जना गरी सेयर मूल्यमा चलखेल गरिएको आशंका छ। विभागले अब लगानीकर्ताको वित्तीय पृष्ठभूमि, रकमको स्रोत र बैंकिङ कारोबारबारे विस्तृत जाँच गर्ने जनाएको छ।
यो प्रकरणले बीमा क्षेत्र र पूँजी बजारमा पारदर्शिता तथा नियमनमाथि गम्भीर प्रश्न उठाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१८ वैशाख । वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने आरोपमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार जापान, कोरिया, अमेरिका लगायत देशमा राम्रो तलबको काम दिलाइदिने भन्दै ४५ जनाबाट करिब ३ करोड १४ लाख रुपैयाँ ठगी गरिएको आरोपमा उनीहरू पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा सुरज लिम्बू, कमलबहादुर मगर, सागर शेर्पा, विनोद थापा, सूर्यप्रसाद कोइराला, सरोज गौतम र प्रल्हाद खत्री रहेका छन्। अनुसार लिम्बू र मगरले जापान पठाइदिने भन्दै ११ जनाबाट १ करोड २ लाख रुपैयाँ उठाएका थिए।
यस्तै, थापाले कोरिया पठाइदिने भन्दै २६ जनाबाट १ करोड ५० लाख, शेर्पाले फ्रान्स पठाउने भन्दै ५ जनाबाट २८ लाख र गौतमले एक जनाबाट २७ लाख रुपैयाँ असुलेको खुलेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१८ वैशाख । तुलसीपुर उपमहानगरपालिका–७ को आयोजनामा ‘वडाध्यक्ष कप फुटबल प्रतियोगिता’ सञ्चालन हुने भएको छ। वैशाख २९ देखि ३१ गतेसम्म थारु गैरा खेल मैदानमा प्रतियोगिता आयोजना गरिनेछ।
वडा कार्यालयका अनुसार सहभागी हुन इच्छुक टोलीहरूले वैशाख २१ देखि २५ गतेभित्र टिम दर्ता गरिसक्नुपर्नेछ।
दर्ताका लागि नागरिकता, जन्मदर्ता र बसाइँसराइसम्बन्धी कागजात अनिवार्य पेश गर्नुपर्नेछ। प्रतियोगितामा वडा नं. ७ का स्थायी बासिन्दा खेलाडी मात्रै सहभागी हुन पाउनेछन्।
प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन हुनेछ र खेल फिफाको नियमअनुसार हुने जनाइएको छ। प्रत्येक खेल ३०–३० मिनेटको हुनेछ भने बराबरी भए पेनाल्टी सुटआउटमार्फत विजेता टुंग्याइनेछ।
प्रत्येक टोलीमा १५ खेलाडी र एक अफिसियल गरी १६ सदस्य रहनेछन्। खेलका क्रममा सामान्य उपचार आयोजकले गर्नेछ भने गम्भीर चोटपटकको खर्च सम्बन्धित खेलाडी वा टोलीले व्यहोर्नुपर्नेछ।
प्रतियोगिताको उद्घाटन वैशाख २९ गते बिहान ८ बजे हुने कार्यक्रम तय गरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१८ वैशाख । आज नेपालसहित विश्वभर अन्तरराष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। ‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’ भन्ने नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा हरेक वर्ष मे १ मा यो दिवस मनाउने गरिन्छ।
यस अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले देशभर विभिन्न कार्यक्रम आयोजना गरेको छ। नेपालमा विसं २००७ को विराटनगर मजदुर आन्दोलनपछि यो दिवस मनाउन थालिएको हो भने २०४६ पछि सार्वजनिक बिदा दिने परम्परा सुरु भएको हो।
दिवसका अवसरमा श्रमिकका हक–अधिकार, न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा र रोजगारीका विषयमा छलफल हुँदै आएको छ। सरकारले श्रमिकको हकहित संरक्षण, सामाजिक सुरक्षा विस्तार र सुरक्षित वैदेशिक रोजगारीका लागि विभिन्न कार्यक्रम अघि बढाएको जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
रोल्पा, १७ वैशाख । रोल्पामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको बोलेरो जिप कच्ची सडकबाट भिरमा करिब ८ सय मिटर तल खसेर दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार हालसम्म १७ जनाको मृत्यु पुष्टि भएको छ भने अन्यको उद्धार कार्य जारी रहेको छ। दुर्घटना बिहीबार दिउँसो करिब २ः५० बजे सल्यापस्थित सडक खण्डमा भएको हो। वैशाख पूर्णिमाको अवसरमा जलजलामा लाग्ने मेलामा सहभागी हुन जाँदै गरेका यात्रुहरू बोकेको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ।घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य विस्तारको प्रस्ताव गरेको छ । बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल र नेपालका लागि फिनल्यान्डका राजदूत पेट्री पुहाक्काबीच भएको भेटमा विद्यालय शिक्षा सुधारको विषयमा चासो देखिाइएको हो ।
भेटका क्रममा मन्त्री पोखरेलले फिनल्यान्डसँग शिक्षा क्षेत्रमा सहकार्य गर्ने प्रस्ताव राख्दै नेपालको विद्यालय शिक्षा सुधार र गुणस्तर अभिवृद्धिमा गम्भीर चासो रहेको बताए। उनले फिनल्यान्डको शिक्षा प्रणाली विश्वमै उत्कृष्ट मानिने उल्लेख गर्दै नेपालको विकासमा फिनल्यान्डले पुर्याएको योगदानप्रति धन्यवाद व्यक्त गरे।
मन्त्री पोखरेलले सरकारका प्राथमिकता, आगामी योजना तथा कार्यक्रमबारे जानकारी गराउँदै शिक्षा क्षेत्रमा भइरहेको सहयोगको सराहना गर्दै भविष्यमा पनि निरन्तर सहकार्यको अपेक्षा व्यक्त गरे। भेटमा द्विपक्षीय सम्बन्ध, विकास सहायता परिचालन तथा शिक्षा क्षेत्रमा साझेदारी विस्तारका विषयमा छलफल भएको थियो।
सो अवसरमा राजदूत पुहाक्काले नेपालको शिक्षा क्षेत्रमा आगामी पाँच वर्षसम्म सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे। हाल फिनल्यान्डको सहयोगमा विद्यालय शिक्षा क्षेत्र कार्यक्रम र ‘टिचर्स एजुकेशन’ परियोजना सञ्चालनमा रहेका छन्।
नेपाल सरकारले अटिजम विद्यालय स्थापना गर्ने नीति अघि सारेको सन्दर्भमा राजदूत पुहाक्काले फिनल्यान्डको अटिजम तथा समावेशी शिक्षामा रहेको विशेषज्ञता प्रयोग गरी सहयोग गर्न इच्छुक रहेको बताए।
यस्तै, सरकारको प्राथमिकतामा रहेको डिजिटल रूपान्तरण (डिजिटल ट्रान्सफरमेसन) अभियानमा समेत फिनल्यान्डले आफ्नो अनुभवका आधारमा सहयोग गर्न चाहेको उनले उल्लेख गरे।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, १७ वैशाख । कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। बिहिबार दिउँसो कपिलवस्तु नगरपालिका–११ निग्लिहवा स्थित तौलिहवा–चार नम्बर सडक खण्डमा लु १ ख ८७९४ नम्बरको बस दुर्घटनामा परेको हो।
तौलिहवाबाट चार नम्बरतर्फ जाँदै गरेको बस अनियन्त्रित भई सडक किनारमा पल्टिँदा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
दुर्घटनामा घाइतेमध्ये ६ जनाको अवस्था मध्यम र १३ जनाको अवस्था सामान्य रहेको छ। घाइतेलाई तत्काल उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ।
केही घाइतेको जिल्ला अस्पताल तौलिहवामा प्रारम्भिक उपचारपछि अन्यत्र रिफर गरिएको छ भने सामान्य घाइतेहरूको उपचार युनाइटेड अस्पताल ठकुरापुरामा भइरहेको छ।
बस चालक बाणगंगा नगरपालिका–४ हरिहरपुरका ३८ वर्षीय शङ्कर सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, १७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी गरेका छन्।
मन्त्रिपरिषद्को सिफारिसमा बिहीबार उक्त अध्यादेश जारी गरिएको हो। नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेश जारी गरिएको जनाइएको छ।
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान तथा कानुनी व्यवस्थालाई परिमार्जन गर्ने उद्देश्यले सरकारले अध्यादेश ल्याएको हो।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस