नवप्रवर्तनमा आधारित योजना बनाउन मुख्यमन्त्री आचार्यको जोड

   बैशाख ११, २०८३       admin

दाङ,११ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नवप्रवर्तनलाई केन्द्रमा राखेर योजना तथा कार्यक्रम बनाउनुपर्ने बताएका छन्। साथै संघीयतालाई अझ सुदृढ बनाउने विषयलाई प्राथमिकतामा राख्नुपर्नेमा उनले जोड दिएक छन् ।

राप्ती उपत्यका (देउखुरी)मा शुक्रबार आयोजित प्रादेशिक निर्देशक समितिको तेस्रो बैठकमा बोल्दै उनले स्थानीय तहसँग समन्वय बढाएर जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिए।

मुख्यमन्त्री आचार्यले कर्मचारीको क्षमता विकास कागजमा मात्र सीमित नराखी फिल्डमा अभ्यासमार्फत गर्नुपर्ने बताए। तालिमलाई नतिजामुखी बनाउन, विषयअनुसार सञ्चालन गर्न र समयअनुसार कार्यक्रमको ढाँचा परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो।

जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले आयोजना बैंकका प्राथमिकतामा तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताए।

प्रमुख सचिव कृष्णप्रसाद काप्रीले सेवा प्रवाह प्रभावकारी बनाउन कर्मचारीको क्षमता अभिवृद्धि अपरिहार्य रहेको उल्लेख गरे। बैठकमा वरिष्ठ उपसचिव सुरेश चन्द्र आचार्यले प्रस्तुति राखेका थिए भने सहजीकरण दुर्गाप्रसाद खत्रीले गरेका थिए।

बैठकले चालु आर्थिक वर्ष २०८२/८३ को प्रगति समीक्षा गर्दै आगामी आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक कार्यक्रम र बजेट परिमार्जनसहित स्वीकृत गर्ने निर्णय गरेको छ।


प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सेराटारमा बस दुर्घटनाः २७ जना घाइते

   बैशाख ११, २०८३       admin

काठमाडौ,११वैशाख । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–७ सेराटारमा शुक्रबार दिउँसो बस दुर्घटना भएको छ। दुर्घटनामा परेर २७ जना घाइते भएका छन्।

पोखराबाट भैरहवातर्फ जाँदै गरेको ग २ ख १८३६ नम्बरको बस दुर्घटनामा परेको कास्कीका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिए। उनका अनुसार अहिलेसम्म कुनै मानवीय क्षतिको खबर छैन र उद्धार कार्य जारी छ।

दुर्घटनाको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय बेलचौताराबाट प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार कार्य गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मोटरसाइकल दुर्घटनामा क्रिकेटर आलम घाइते

   बैशाख ११, २०८३       admin

काठमाडौ,११वैशाख। नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी आदिल आलम मोटरसाइकल दुर्घटनामा परी घाइते भएका छन्।

बाराको बम नहर रोडअन्तर्गत थलही पुलमा शुक्रबार उनी सवार मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनालगत्तै मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सरोज कुमार यादव घटनास्थल पुगेर घाइते आलमको उद्धारमा सहयोग गरेका थिए।

उनीलाई तत्कालै उपचारका लागि वीरगञ्जस्थित न्युरो अस्पताल लगिएको थियो। अस्पतालमा उपचाररत आलमको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको परिवारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दाङमा ब्राउन सुगरसहित एक युवक पक्राउ

   बैशाख ११, २०८३       admin

दाङ,११ वैशाख। दाङमा लागुऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा गढवा गाउँपालिका–१ धानखोलाका २७ वर्षीय गोविन्द घर्ति मगर रहेका छन् ।

इलाका प्रहरी कार्यालय भालुवाङ र अस्थायी प्रहरी पोष्ट कालाकाटेबाट खटिएको टोलीले उनको साथबाट करिब १५ ग्राम ८८ मिलिग्राम ब्राउन सुगरजस्तो लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डिएसपी रेशम बोहोराले जानकारी दिए।

प्रहरीले लागुऔषध ओसारपसार तथा सम्भावित कारोबारमा प्रयोग भएको बा ८५ प १९५१ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको जनाएको छ।

यसैबीच, जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका प्रहरी इकाइहरूले सञ्चालन गरिरहेको लागुऔषध नियन्त्रण अभियानअन्तर्गत थप कडाइ गरिएको छ। सोही क्रममा हिजो मात्र ३८ जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पछिल्ला दुई दिनमा ६५ जनालाई नियन्त्रणमा लिइएको दाङ प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कर्मचारीलाई वैदेशिक भ्रमणमा नपठाउन सरकारको निर्देशन

   बैशाख ११, २०८३       admin

काठमाडौ,११ वैशाख । सरकारले कुनै पनि कर्मचारीलाई वैदेशिक भ्रमणमा नपठाउन निर्देशन दिएको छ। आउँदो तीन महिनासम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै मन्त्रालय, आयोग र सम्बन्धित निकायलाई पत्र पठाउँदै यस्तो निर्देशन दिएको हो ।

चैत १३ गतेको सरकारी निर्णयअनुसार शासकीय सुधारसँग सम्बन्धित १०० कार्यसूचीलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन भइरहेको सन्दर्भमा यो निर्णय गरिएको हो।

प्रधानमन्त्री कार्यालयले जारी गरेको निर्देशनमा कर्मचारी वैदेशिक भ्रमणमा जाँदा यी कार्यसूची कार्यान्वयनमा बाधा पुग्न सक्ने भएकाले हालका लागि भ्रमणमा नपठाउन आग्रह गरिएको उल्लेख छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

हेटौँडा सिमेन्ट उद्योग बन्द

   बैशाख ११, २०८३       admin

काठमाडौ,११ वैशाख । लामो समयदेखि आर्थिक सङ्कट झेल्दै आएको हेटौँडा सिमेन्ट उद्योग कच्चा पदार्थ अभावका कारण बन्द भएको छ। गत महिना क्लिङ्कर उत्पादन गरेको उद्योगले आवश्यक कच्चा पदार्थ नपाएपछि उत्पादन रोकिएको हो।

उद्योगका सहायक प्रबन्धक भक्तिराम श्रेष्ठका अनुसार कोइला, ढुङ्गा लगायतका सामग्री अभाव भएपछि उद्योग सञ्चालन गर्न नसकिएको हो। कच्चा पदार्थ ल्याउन सम्झौता भए पनि रकम अभावका कारण ठेकेदारले ढुवानी नगरेपछि उद्योग बन्द गर्नुपरेको उनले बताए।

उद्योगमा रहेको बाँकी कच्चा पदार्थबाट करिब पाँच हजार टन क्लिङ्कर उत्पादन भइसकेको छ र हाल सिमेन्ट प्याकेजिङको काम भइरहेको छ। दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन क्षमता भए पनि उद्योग प्रायः बन्द अवस्थामै रहँदै आएको छ।

क्लिङ्कर उत्पादनका क्रममा मेसिनमा समस्या देखिएपछि मर्मतसम्भार पनि भइरहेको छ। आर्थिक अभावका कारण उद्योगका कर्मचारीले १० महिनादेखि तलब पाएका छैनन्।

उद्योगमा १६६ स्थायी, १०० दैनिक ज्यालादारी र ५२ सुरक्षाकर्मी कार्यरत छन्। विसं २०३३ मा हेटौँडाको लामसुरेमा स्थापना भएको यो उद्योगले विसं २०४३ देखि सिमेन्ट उत्पादन सुरु गरेको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सुकुम्बासी हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

   बैशाख ११, २०८३       admin

काठमाडौ,११ वैशाख । सुकुम्बासी बस्ती खाली गराउने सरकारको निर्णयको विरोधमा थापाथलीको बागमती किनार लगायतका क्षेत्रमा बसोबास गर्दै आएका स्थानीयले शुक्रबार प्रदर्शन गरेका छन्। अचानक बस्ती हटाउन लागेको भन्दै उनीहरू सडकमा उत्रिएका हुन्। प्रदर्शनमा राष्ट्रिय जेनजी नागरिक अभियानले पनि साथ दिएको थियो।

प्रदर्शनकारीहरूले “विकासका नाममा उठिबास होइन, अधिकार चाहिन्छ”, “पुनर्वास बिना हटाउने निर्णय मान्य छैन” र “वास्तविक सुकुम्बासीको पहिचान गर” जस्ता नारा लगाएका थिए। अभियानका सह–संयोजक अजय सोडारीले सुकुम्बासीको अधिकारका लागि आफ्नो पूर्ण समर्थन रहेको बताए। उनले सरकारले डोजर चलाउने तयारी गरेर त्रास फैलाएको आरोप पनि लगाए।

यसैबीच, शनिबार बिहानदेखि बस्ती खाली गराउने सूचना पाएपछि केही स्थानीयले आफ्नो सामान सार्न थालेका छन्। भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई हटाउने सरकारी निर्णयपछि यस्तो अवस्था देखिएको हो।

प्रधानमन्त्री बालेन शाहले वैशाख ९ गते सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर बस्ती खाली गराउन निर्देशन दिएका थिए। सोही निर्देशनअनुसार शनिबार र आइतबार उपत्यकाका सुकुमबासी बस्ती हटाउने तयारी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सुन तोलामा २२ सयले घटयो

   बैशाख ११, २०८३       admin

दाङ,११ वैशाख । शुक्रबार सुनको भाउ घटेको छ । आज सुन प्रतितोला २२ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ९६ हजार ५०० रुपैयाँ कायम भएको छ। बिहीबार भने सुन प्रतितोला २ लाख ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै चाँदीको भाउ पनि घटेको छ। चाँदी प्रतितोला ७५ रुपैयाँले घटेर ४ हजार ९४५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी ५ हजार २० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दाङमा छतबाट खसेर एक जनाको मृत्यु

   बैशाख ११, २०८३       admin

दाङ,११ वैशाख । दाङमा छतबाट खसेर एकजनाको मृत्यु भएको छ । राजपुर गाउँपालिका–४ दुलैयाका ४२ वर्षीय राजु भण्डारीको घरको छतबाट खसेर मृत्यु भएको छ।

प्रहरीका अनुसार भण्डारी अम्बा टिप्ने क्रममा छतबाट खसेर गम्भीर घाइते भएका थिए। घाइते अवस्थामै उनलाई उपचारका लागि लमही अस्पताल लगिएको थियो।

उपचारकै क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवा ले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

स्वर्गद्वारी जाँदै गरेको जिप दुर्घटना

   बैशाख १०, २०८३       admin


दाङ,१० वैशाख । स्वर्गद्वारी जाँदै गरेका भारतीय तीर्थयात्री चढेको जिप दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ। जिपमा सवार १७ जना घाइते भएका छन् ।

बिहीबार स्वर्गद्वारी नगरपालिका–४ टाकुरामा लु १ ज ३१७५ नम्बरको जिप दुर्घटना हुँदा ३ वर्षीया काब्या मौरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ।

दुर्घटनामा २ जनाको अवस्था गम्भीर रहेको सूचना अधिकारी हरि भट्टराईले जानकारी दिए। घाइते १७ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको छ।

प्रहरीका अनुसार जिप अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खस्दा दुर्घटना भएको हो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology