आगलागीबाट घाइते महिलाको मृत्यु

   बैशाख ०८, २०८३       admin

जाजरकोट,८ वैशाख। आगलागीबाट घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । जाजरको जिल्लाको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा परेर घाइते भएकी उनको मृत्यु भएको हो। गत चैत २९ गते ग्यास सिलिन्डर लिक भई स्थानीय ठालुप्रसाद जैसीको घरमा आगलागी हुँदा तीन जना घाइते भएका थिए।

घाइतेमध्ये ४२ वर्षीया माया जैसीको कीर्तिपुर जलन अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

आगलागीमा घाइते भएका अन्य दुई जना रुपा जैसी र गणेश गौतमको काठमाडौंमै उपचार भइरहेको छ। उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी नेपालगन्ज हुँदै काठमाडौं लगिएको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

लुम्बिनीमा दलित अधिकारसम्बन्धी विधेयक सर्वसम्मत पारित

   बैशाख ०८, २०८३       admin

दाङ,८ वैशाख । लुम्बिनी प्रदेश सभाले दलित अधिकारसम्बन्धी विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ। प्रदेशको सातौं अधिवेशनको १४औं बैठकमा सभामुख तुलाराम घर्तीमगरले उक्त विधेयक पारित भएको जानकारी दिएका हुन् ।

सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले ‘दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक’ माथि छलफल तथा पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए।

बैठकमा विश्वप्रेम पाठकले ‘प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयक’ सम्बन्धी समितिको प्रतिवेदन प्रस्तुत गरे भने रामजी प्रसाद घिमिरेले समितिको वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

बैठकमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषय उठाउँदै सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद भुवनेश्वर चौधरी ले योजना कार्यान्वयन र फरफारक प्रक्रिया सहज बनाउनुपर्ने बताए।

शान्ति लोदले रुपन्देहीको मायाँदेवी क्षेत्रमा नागरिकताको समस्या रहेको विषय उठाउनुभयो भने निलम पास्वान ले पूर्व परासीदेखि तौलिहवा हुँदै बर्दियासम्म यातायात सेवा सञ्चालन गर्न माग गरिन।

त्यस्तै भगवतीकुमारी थरुनीले इन्धन मूल्यवृद्धि फिर्ता लिन आग्रह गरिन। सुधाकर पाण्डेयले भन्सार नीतिले सीमावर्ती नागरिक प्रभावित भएको उल्लेख गरे।

सांसद अम्बिका काफ्लेले इ–रिक्सा चालकको लाइसेन्स प्रक्रिया सहज बनाउनुपर्ने माग गरिन। रेवती गुरु ले सरकारलाई जिम्मेवार बन्न आग्रह गरिन । दिलकुमारी बुढा र बसन्ती न्यौपानेले बजेट तथा प्रशासनिक प्रक्रियामा सुधार आवश्यक रहेको बताएका छन्।
लुम्बिनी प्रदेश सभाको अर्को बैठक बुधबार दिउँसो १ बजे बस्ने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दाङमा ब्राउन सुगर र चरेशसहित ७ जना पक्राउ

   बैशाख ०८, २०८३       admin

दाङ,८ वैशाख । जिल्ला प्रहरी कार्यालय दाङले जिल्लाका विभिन्न स्थानबाट ठुलो परिमाणमा अवैध लागुऔषधसहित ७ जनालाई पक्राउ गरेको छ। तुलसीपुर र घोराही क्षेत्रमा गरिएको छुट्टाछुट्टै अपरेसनका क्रममा उनीहरू पक्राउ परेका हुन्।

प्रहरीले तुलसीपुर उपमहानगरपालिका–५ बसपार्क नजिकबाट शान्तिनगर–५ बस्ने २९ वर्षीय उद्धव शाहलाई १ ग्राम ३५० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको जनाएको छ।


त्यस्तै तुलसीपुरबाटै अर्घाखाँची सितगंगा–८ का २८ वर्षीय शुक्रबहादुर कुमाल र जाजरकोट छेडागाड–१२ का २५ वर्षीय विजय सिंहलाई ८९५ ग्राम चरेशसहित पक्राउ गरिएको छ। उक्त चरेश हरियो प्लास्टिकको झोलामा लुकाएर राखिएको अवस्थामा बरामद भएको हो।

यसैगरी घोराही उपमहानगरपालिका–१८ खर्कट्टी टोलस्थित एक घरमा लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा घरधनी अनिता रोका मगर, ३४ वर्षीय नविनकुमार रोका मगर, ५० वर्षीय खड्कबहादुर पुन मगर र ४३ वर्षीया कविता घर्ती मगर रहेका छन्।

उक्त स्थानबाट विभिन्न पुडियामा राखिएको ५६ ग्राम ८०० मिलिग्राम ब्राउन सुगर तथा लु.प्र.०२–००२ प २३७१ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरी प्रवक्ता रेशम बोहराका अनुसार पक्राउ परेकाहरूमाथि लागुऔषध नियन्त्रण ऐनअन्तर्गत अनुसन्धान भइरहेको छ। पछिल्लो समय दाङ प्रहरीले लागुऔषध नियन्त्रणका लागि सर्च अपरेसनलाई तीव्र बनाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

त्रिभुवन विमानस्थल दैनिक ७ घण्टा बन्द हुने

   बैशाख ०८, २०८३       admin

काठमाडौ,८ वैशाख। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक ७ घण्टा बन्द गरिने भएको छ। पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिन सोमबार रातिदेखि आगामी जेठ ४ गतेसम्म हरेक राति पौने ११ बजेदेखि बिहान साढे ६ बजेसम्म उडान तथा अवतरण पूर्ण रूपमा रोकिनेछ।

विमानस्थल प्रशासनका अनुसार ‘पेभमेन्ट कन्स्ट्रक्सन वर्क’ अन्तर्गत धावनमार्ग नजिकको ट्याक्सीवे निर्माण भइरहेको छ। उडान सुरक्षालाई ध्यानमा राख्दै रातिको समयमा विमानस्थल बन्द गर्ने निर्णय गरिएको हो।

यस अवधिमा यात्रु तथा उडान प्रभावित नहोस् भन्ने उद्देश्यले हवाई सेवा प्रदायक कम्पनीहरूलाई आवश्यकताअनुसार उडान तालिका समायोजन गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक

   बैशाख ०८, २०८३       admin

काठमाडौ,८वैशाख। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ३१ पैसा तोकिएको छ। युरो एकको खरिददर १७५ रुपैयाँ ०८ पैसा र बिक्रीदर १७५ रुपैयाँ ७८ पैसा, बेलायती पाउण्ड एकको खरिददर २०१ रुपैयाँ ०८ पैसा र बिक्रीदर २०१ रुपैयाँ ८९ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १९० रुपैयाँ ३९ पैसा र बिक्रीदर १९१ रुपैयाँ १५ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ६५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ०९ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ र बिक्रीदर ११७ रुपैयाँ ४७ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९ रुपैयाँ ४० पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ८१ पैसा र बिक्रीदर २१ रुपैयाँ ९० पैसा कायम भएको छ। त्यस्तै साउदी रियाल एकको खरिददर ३९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ८१ पैसा तथा कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ८० पैसा र बिक्रीदर ४० रुपैयाँ ९६ पैसा निर्धारण गरिएको छ।

यसैगरी थाई भाट एकको खरिददर ४ रुपैयाँ ६३ पैसा र बिक्रीदर ४ रुपैयाँ ४५ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ४९ पैसा र बिक्रीदर ४० रुपैयाँ ६५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७८ पैसा तोकिएको छ।

राष्ट्र बैंकका अनुसार दक्षिण कोरियाली वन १०० को खरिददर १० रुपैयाँ ११ पैसा र बिक्रीदर १० रुपैयाँ १५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ २५ पैसा र बिक्रीदर १६ रुपैयाँ ३२ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ४३ पैसा र बिक्रीदर २३ रुपैयाँ ५२ पैसा कायम गरिएको छ।

यस्तै हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १९ रुपैयाँ ०७ पैसा, कुवेती दिनार एकको खरिददर ४८५ रुपैयाँ ४३ पैसा र बिक्रीदर ४८७ रुपैयाँ ३८ पैसा, बहराइन दिनार एकको खरिददर ३९४ रुपैयाँ ३० पैसा र बिक्रीदर ३९५ रुपैयाँ ८९ पैसा तथा ओमानी रियाल एकको खरिददर ३८६ रुपैयाँ २५ पैसा र बिक्रीदर ३८७ रुपैयाँ ८१ पैसा तोकिएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

धारिलो हतियार प्रहारबाट किशोरको हत्या

   बैशाख ०८, २०८३       admin

काठमाडौ,८ वैशाख। धारिलो हतियार प्रहारबाट कञ्चनपुरमा एक किशोरको हत्या भएको छ । जिल्लाको पुनर्वास नगरपालिका–५ भानुबस्तीमा सोमबार राति १८ वर्षीय किशोरको हत्या भएको छ।

स्थानीय उज्जल सायरमाथि अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गर्दा उनको ज्यान गएको हो। करिब १ः३६ बजेतिर भएको आक्रमणमा उज्जलको छातीमा गम्भीर चोट लागेको थियो।

घाइते अवस्थामा उनलाई उपचारका लागि माया मेट्रो अस्पताल, धनगढी लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका अनुसार आक्रमणकारीको हालसम्म पहिचान हुन सकेको छैन र उनी फरार रहेका छन्। घटनामा संलग्न व्यक्तिको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कारागारमा क्षमताभन्दा १० हजार बढी कैदीबन्दी

   बैशाख ०८, २०८३       admin

काठमाडौ,८ वैशाख। देशभरका कारागारमा क्षमताभन्दा करिब १० हजार बढी कैदीबन्दी राखिएका छन्।कारागार व्यवस्थापन विभागका अनुसार १८ हजार २६२ जनाको क्षमता रहेका ७५ कारागारमा हाल २७ हजार ४६२ कैदीबन्दी राखिएको तथ्यांक सार्वजनिक भएको हो। यसले कारागार व्यवस्थापनमा गम्भीर समस्या उत्पन्न गरेको छ।

नेपालका ७७ जिल्लामध्ये ७२ जिल्लामा मात्र कारागार छन् भने भक्तपुर, धनुषा, बारा, पूर्वी नवलपरासी र रुकुम पूर्वमा कारागार छैन। काठमाडौं, दाङ र बाँकेमा दुई–दुई वटा कारागार सञ्चालनमा छन्। विभागका अनुसार नौ वटा कारागारका भवन जोखिमपूर्ण अवस्थामा छन् भने ३३ वटा कारागारको पर्खाल भत्किएको, १० वटाको छाना चुहिने र २८ वटा भवन जीर्ण अवस्थामा रहेका छन्। काठमाडौं स्थित केन्द्रीय कारागारमा मात्र १ हजार ६ सय क्षमतामा करिब ४ हजार कैदीबन्दी राखिएको छ।

कारागारमा रहेका कैदीबन्दीको रासनपानी र उपचारमा वार्षिक करिब दुई अर्ब रुपैयाँ खर्च हुने गरेको विभागले जनाएको छ। दैनिक खाना तथा सिदाका लागि मात्रै १ अर्ब ७५ करोडभन्दा बढी खर्च भइरहेको छ। यस्तै, विभिन्न आठ जिल्लामा सञ्चालित बाल सुधार गृहमा १ हजार २९४ बालबालिका रहेका छन्, जसमा १८ वर्ष उमेर नाघेकाहरूको संख्या पनि उल्लेख्य छ।

यसैबिच गृहमन्त्री सुधन गुरुङले कारागारको अनुगमनमा ध्यान नदिएको भन्दै आलोचना सुरु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङ र मधु चौलागाईंले प्रधानमन्त्री बालेन्द्र शाह समक्ष गृहमन्त्रीको कार्यशैलीप्रति गुनासो गरेका छन्। उनीहरूले गृहमन्त्रीले कार्यक्षेत्रभन्दा बाहिर गएर निर्देशन दिने र स्थानीय तहसँग समन्वय नगर्ने गरेको आरोप लगाएका छन्।

गृहमन्त्री गुरुङले पदभार सम्हालेपछि विभिन्न क्षेत्रको स्थलगत अनुगमन र निर्देशनलाई तीव्रता दिएका छन्। तर, कारागार व्यवस्थापनजस्तो संवेदनशील क्षेत्रमा ध्यान नदिएको भन्दै सरोकारवालाहरूले मन्त्रालयले प्राथमिकता निर्धारण गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सुन चोरीमा संलग्न गिरोहका चार पाकिस्तानी पक्राउ

   बैशाख ०८, २०८३       admin

दाङ,८वैशाख। कपिलवस्तु लगायत विभिन्न जिल्लामा सुन चोरीमा संलग्न रहेको आरोपमा चार पाकिस्तानी नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा दुई महिला र दुई पुरुष रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार वैशाख १ गते चन्द्रौटाबाट दुई महिला पक्राउ परेका थिए भने वैशाख ५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थप दुई पुरुषलाई नियन्त्रणमा लिइएको हो। चन्द्रौटाबाट पक्राउ परेका महिलाको बयानका आधारमा सोही गिरोहका अन्य सदस्यहरूलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्ने पुरुषहरूमा २३ वर्षीय इरफान अली र ४४ वर्षीय सैफर रहमान रहेका छन्। उनीहरूको साथबाट १७ हजार १३६ अमेरिकी डलर, साउदी रियाल, बंगलादेशी टाका, युएई दिराम र मलेसियन रिंगेटसहित नगद तथा मोबाइल सेट बरामद गरिएको प्रहरीले जनाएको छ।

यसअघि चन्द्रौटास्थित सुरेन्द्र सुनचाँदी पसलबाट सुन चोरी गरेको आरोपमा २० वर्षीया बिबि कसलुम र ४१ वर्षीया सबाना पक्राउ परेका थिए। उनीहरूले ग्राहक बनेर गहना हेर्ने बहानामा सुन चोरी गर्ने र मास्क तथा बुर्का प्रयोग गरी पहिचान लुकाउने गरेको सिसिटिभी फुटेजमा देखिएको थियो। उनीहरूको साथबाट ३८ लाल सुनका झुम्का, नगद तथा पासपोर्टसमेत बरामद गरिएको थियो।

प्रहरीका अनुसार उक्त गिरोहले तौलिहवा, इटहरी, मोरङ र बुटवललगायत स्थानमा समेत सुन चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका चारै जनामाथि अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

रास्वपाको १६ सदस्यीय सचिवालय गठन

   बैशाख ०७, २०८३       admin

काठमाडौ,७ वैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १६ सदस्यीय सचिवालय गठन गरेको छ। सोमबार बसेको केन्द्रीय समिति बैठकले महामन्त्रीमा भूपदेव शाहलाई मनोनीत गर्नुका साथै केन्द्रीय सदस्य सागर ढकाल र सरिताश्री ज्ञवालीलाई बढुवा गरेसँगै सचिवालय १६ सदस्यीय बनेको हो।

यसअघि प्रधानमन्त्री बालेन्द्र शाहसँगको सहमतिअनुसार सुनील लम्साललाई महामन्त्री र भूपदेव शाहलाई सहमहामन्त्री बनाउने तथा बालेन शाहलाई वरिष्ठ नेता बनाउने समझदारी भएको थियो। यद्यपि ती निर्णय औपचारिक रूपमा अनुमोदन हुन बाँकी रहेकामा सोमबारको बैठकले भूपदेव शाहलाई महामन्त्री बनाउने निर्णय गरेको हो।

सचिवालयमा रवि लामिछाने सभापति, स्वर्णिम वाग्ले उपसभापति, कवीन्द्र वुर्लाकोटी र भूपदेव शाह महामन्त्री रहेका छन्। यस्तै विपिन आचार्य सहमहामन्त्री, लिमा अधिकारी कोषाध्यक्ष, बसुमाया तामाङ सहकोषाध्यक्ष र मनिष झा प्रवक्ता रहेका छन्।

सदस्यहरूमा गणेश पराजुली, दीपक बोहरा, विराजभक्त श्रेष्ठ, शिशिर खनाल, सोबिता गौतम, हरि ढकाल, सागर ढकाल र सरिताश्री ज्ञवाली रहेका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

आत्मनिर्भर लघुवित्तको १५%लाभांश घोषणा

   बैशाख ०७, २०८३       admin

वैशाख ७,दाङ। आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ प्रतिशत लाभांश घोषणा गरेको छ। घोराहीमा सम्पन्न संस्थाको सातौँ वार्षिक साधारण सभामा अध्यक्ष मीरा चौधरीले १४ दशमलव २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ० दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गरिने जानकारी दिइन्।

प्रतिवेदनअनुसार संस्थाले हालसम्म करिब ६० हजार परिवारलाई वित्तीय सेवामा आबद्ध गराउँदै बचत परिचालन, कर्जा प्रवाह तथा अन्य सेवा सुविधा प्रदान गर्दै आएको छ। आर्थिक वर्ष २०८१/८२ मा मात्रै १२ हजार २४६ ऋणीलाई आयआर्जनमुखी परियोजनामा कर्जा प्रवाह गरिएको छ। संस्थाको कुल कर्जा लगानी १ अर्ब ५५ करोड ३४ लाख रुपैयाँ पुगेको छ भने सदस्यहरूबाट ९८ करोड ९७ लाखभन्दा बढी बचत संकलन भएको छ।

संस्थाले बिमा कम्पनीसँग सहकार्य गर्दै सदस्य वा उनका परिवारका सदस्यको मृत्यु हुँदा कर्जा भार न्यूनीकरणका लागि क्षतिपूर्ति उपलब्ध गराउँदै आएको छ। गत आर्थिक वर्षमा ९१ जनालाई कुल ६८ लाख ३० हजार रुपैयाँ क्षतिपूर्ति वितरण गरिएको अध्यक्ष चौधरीले बताइन्।

यसैबीच, संस्थाले सोही अवधिमा सरकारलाई विभिन्न शीर्षकमा ४ करोड २८ लाख ९६ हजारभन्दा बढी राजस्व बुझाएको जनाएको छ। कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सोगतवीर चौधरीले अन्य वित्तीय संस्था घाटामा गएको अवस्थामा पनि आफ्नो संस्था नाफामा सञ्चालन भइरहेको उल्लेख गरे। उनका अनुसार ६ करोड रुपैयाँबाट सुरु भएको संस्थाको चुक्ता पूँजी बढेर ७ करोड ८३ लाख रुपैयाँ पुगेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology