वैशाख ७,दाङ। आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ प्रतिशत लाभांश घोषणा गरेको छ। घोराहीमा सम्पन्न संस्थाको सातौँ वार्षिक साधारण सभामा अध्यक्ष मीरा चौधरीले १४ दशमलव २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ० दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गरिने जानकारी दिइन्।
प्रतिवेदनअनुसार संस्थाले हालसम्म करिब ६० हजार परिवारलाई वित्तीय सेवामा आबद्ध गराउँदै बचत परिचालन, कर्जा प्रवाह तथा अन्य सेवा सुविधा प्रदान गर्दै आएको छ। आर्थिक वर्ष २०८१/८२ मा मात्रै १२ हजार २४६ ऋणीलाई आयआर्जनमुखी परियोजनामा कर्जा प्रवाह गरिएको छ। संस्थाको कुल कर्जा लगानी १ अर्ब ५५ करोड ३४ लाख रुपैयाँ पुगेको छ भने सदस्यहरूबाट ९८ करोड ९७ लाखभन्दा बढी बचत संकलन भएको छ।
संस्थाले बिमा कम्पनीसँग सहकार्य गर्दै सदस्य वा उनका परिवारका सदस्यको मृत्यु हुँदा कर्जा भार न्यूनीकरणका लागि क्षतिपूर्ति उपलब्ध गराउँदै आएको छ। गत आर्थिक वर्षमा ९१ जनालाई कुल ६८ लाख ३० हजार रुपैयाँ क्षतिपूर्ति वितरण गरिएको अध्यक्ष चौधरीले बताइन्।
यसैबीच, संस्थाले सोही अवधिमा सरकारलाई विभिन्न शीर्षकमा ४ करोड २८ लाख ९६ हजारभन्दा बढी राजस्व बुझाएको जनाएको छ। कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सोगतवीर चौधरीले अन्य वित्तीय संस्था घाटामा गएको अवस्थामा पनि आफ्नो संस्था नाफामा सञ्चालन भइरहेको उल्लेख गरे। उनका अनुसार ६ करोड रुपैयाँबाट सुरु भएको संस्थाको चुक्ता पूँजी बढेर ७ करोड ८३ लाख रुपैयाँ पुगेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,७ वैशाख। सल्यानमा आगलागी हुँदा चार घरगोठ जलेर नष्ट भएका छन् । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–१० खानिगाउँमा आगलागी हुँदा चार घरगोठ पूर्ण रूपमा जलेर नष्ट भएका हुन्। सोमबार दिउँसो ६५ वर्षीय तेजबहादुर पुनको गोठबाट सुरु भएको आगलागीले उनको गोठसहित अन्य घरहरूमा क्षति पुगेको प्रहरीले जनाएको छ।
आगो फैलिँदै जाँदा ४६ वर्षीय थमन घर्तीको दुईतले तीन कोठे खरले छाएको कच्ची घर, ३३ वर्षीय जीवन पुनको दुईतले चार कोठे कच्ची घर तथा ३० वर्षीय खुमबहादुर पुनको तीनतले चार कोठे कच्ची घर जलेर नष्ट भएका छन्। सबै घर पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ।
प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा आगलागी दिउँसो करिब ४ बजे नियन्त्रणमा लिइएको थियो। घटनामा मानवीय तथा चौपायाको क्षति नभएको जनाइएको छ। प्रहरीका अनुसार आगलागीबाट भएको क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य जारी रहेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,७ वैशाख। दाङको तुलसीपुरमा करिब २० लाख रुपैयाँको लगानीमा मोबाइल रिपेरिङ तथा ट्रेनिङ सेन्टर सञ्चालनमा आएको छ। रोजगारीका लागि युवाहरू विदेश पलायन भइरहेका बेला स्वदेशमै सम्भावना खोज्दै स्थानीय तीन युवाले सामूहिक रूपमा ‘एबिसी मोबाइल रिपेरिङ तथा ट्रेनिङ सेन्टर’ सञ्चालनमा ल्याएका हुन्।
तुलसीपुर उपमहानगरपालिका–७ का चुडामणी शर्मा, आकाश खनाल र भीम भण्डारीले करिब ९ वर्षको अनुभवलाई उपयोग गर्दै उक्त सेन्टर स्थापना गरेका हुन्। सोमबार एक कार्यक्रमका बीच सेन्टरको उद्घाटन गरिएको हो।
सञ्चालक चुडामनी शर्माका अनुसार युवाहरूलाई मोबाइल मर्मत क्षेत्रमा दक्ष र आत्मनिर्भर बनाउने उद्देश्यले ट्रेनिङ सेन्टर स्थापना गरिएको हो।
उनका अनुसार मोबाइल मर्मत सेवा मात्र नभई नयाँ पुस्तालाई प्राविधिक सीप प्रदान गर्ने तालिमसमेत सञ्चालन गरिनेछ।
उनले आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने सोचसहित सुरु गरिएको यो व्यवसायले स्थानीय स्तरमा सीप विकास र स्वरोजगारका अवसर सिर्जना गर्ने विश्वास गरिएको बताए ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,७ वैशाख । नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेको छ। पदमा रहँदा अनुसन्धान प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्न सक्ने आशंका भएकाले निष्पक्ष छानबिनका लागि राजीनामा आवश्यक भएको कांग्रेसले जनाएको हो।
पार्टीका प्रवक्ता देवराज चालीसेद्वारा सोमबार जारी विज्ञप्तिमा अनुसन्धानलाई प्रभावरहित बनाउन उपयुक्त वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरिएको उल्लेख छ। साथै, कांग्रेस केन्द्रीय कार्यसमितिको अघिल्लो बैठकले मन्त्रीहरूको सम्पत्तिको स्रोतबारे उठेका प्रश्नलाई गम्भीर रूपमा लिनुपर्ने निर्णय गरिसकेको पनि जनाइएको छ।
विज्ञप्तिमा पारदर्शिता र जवाफदेहिता लोकतन्त्रका आधारभूत स्तम्भ भएको उल्लेख गर्दै यस्ता विषयमा विश्वसनीय, निष्पक्ष र तथ्यमा आधारित छानबिन अपरिहार्य रहेको धारणा व्यक्त गरिएको छ।
कांग्रेसले गृहमन्त्रीसँग सम्बन्धित सम्पूर्ण आरोपहरूको स्वतन्त्र र उच्चस्तरीय छानबिन तत्काल सुरु गर्न पनि माग गरेको छ।
गृहमन्त्री गुरुङ विवादास्पद व्यापारी दीपक भट्ट सँगको साझेदारी तथा सेयर खरिदसम्बन्धी विषय बाहिरिएपछि विवादमा परेका हुन्। साथै, सम्पत्ति विवरणमा उक्त सेयर उल्लेख नगरेको आरोपसमेत उनीमाथि लागेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,७ वैशाख। संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री पल कपुर नेपालको औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुगेका छन्। अमेरिकी दूतावास काठमाडौँका अनुसार उनको भ्रमणको मुख्य उद्देश्य अमेरिका र नेपालबीचको द्विपक्षीय साझेदारीलाई थप सुदृढ बनाउनु रहेको छ।
दूतावासका अनुसार नेपाल बसाइका क्रममा उनले सरकारी उच्च अधिकारीहरू, व्यावसायिक क्षेत्रका नेतृत्वकर्ताहरू तथा सांस्कृतिक विज्ञहरूसँग छुट्टाछुट्टै भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ।
द्विपक्षीय सहयोगका विभिन्न क्षेत्रबारे छलफल हुने बताइएको छ। यस भ्रमणले नेपाल र संयुक्त राज्य अमेरिका बीचको कूटनीतिक सम्बन्ध थप मजबुत हुने र आपसी हितका विषयमा सहकार्य विस्तार हुने अपेक्षा गरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, ७ वैशाख । कपिलवस्तुमा चाइनिज पेस्तोलसहित एक युवक पक्राउ परेका छन्। जिल्लाको बुद्धभूमी नगरपालिका–९ इमिलियाका ३४ वर्षीय सुरज कँवरलाई प्रहरीले नियन्त्रणमा लिएको हो। वैशाख ५ गते बेलुकी बुद्धभूमी–९ डुमरास्थित उनको घरमा खानतलासी गर्दा दराजमा लुकाएर राखिएको ‘मेड इन चाइना’ लेखिएको पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रिपेन्द्रकुमार सिंहका अनुसार कँवरले अवैध रूपमा हतियार राखेको र लागूऔषध कारोबारमा संलग्न रहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो। सोही सूचनाका आधारमा खोजतलास गर्दा पेस्तोल फेला परेको उनले बताए।
प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ। जिल्ला अदालत कपिलवस्तुले कँवरलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,७ वैशाख । बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला १ हजार ३०० रुपैयाँले घटेर २ लाख ९९ हजार ७०० रुपैयाँ कायम भएको छ।
आइतबार सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदी पनि प्रतितोला ३५ रुपैयाँले घटेर ५ हजार १९० रुपैयाँमा झरेको छ।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावकै आधारमा नेपाली बजारमा दैनिक मूल्य निर्धारण हुने गरेको छ। पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य गिरावटको प्रभाव नेपाली बजारमा समेत परेको बताइएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,६ वैशाख ।दाङको तुलसीपुरमा होन्डा एक्सचेञ्ज अफर सुरु भएको छ । हात्तीखौवास्थित अम्बिकेश्वरी अटो मार्टले होन्डा मोटरसाइकल तथा स्कुटीका लागि एक्सचेन्ज अफर सुरु गरेको हो ।
आइतबारदेखि सुरु भएको अफर आगामी शुक्रबारसम्म सञ्चालन हुने छ। अटो मार्टका सञ्चालक दिपेशराज भण्डारीका अनुसार यस अवधिमा जुनसुकै कम्पनीका मोटरसाइकल एक्सचेन्ज गर्न सकिनेछ।
रिकन्डिसन हाउसले निर्धारण गरेको मूल्यमा सन्तुष्ट हुने ग्राहकलाई अटो मार्टका तर्फबाट थप ६ हजार रुपैयाँ प्रोत्साहन रकमसमेत उपलब्ध गराइने व्यवस्था गरिएको छ।
अफरअन्तर्गत ग्राहकलाई दुई वर्षसम्म ग्यारेन्टी र ७ वर्ष निःशुल्क सर्भिसिङको सुविधा प्रदान गरिने जनाइएको छ। साथै, ग्राहकलाई लक्षित गर्दै लक्की ड्रको व्यवस्था गरिएको छ।
जसबाट न्यूनतम ४ हजारदेखि अधिकतम १ लाख रुपैयाँसम्मका उपहार प्राप्त गर्न सकिने भण्डारीले जानकारी दिए। ग्राहक आकर्षित गर्न विभिन्न छुट तथा सुविधा थप गरिएको उनले बताए।
अटो मार्टले होन्डा मोटरसाइकल तथा स्कुटी खरिदका लागि आधा रकम तिरेर बाँकी किस्ताबन्दीमा तिर्न सकिने सुविधा पनि उपलब्ध गराएको छ। उक्त किस्ता योजना कम्तीमा दुई वर्षसम्मका लागि हुने जनाइएको छ।
सञ्चालक भण्डारीका अनुसार अटो मार्टले वार्षिक करिब साढे ६ सयभन्दा बढी मोटरसाइकल तथा स्कुटी बिक्री गर्दै आएको छ भने पछिल्लो समय स्कुटीको माग उल्लेखनीय रूपमा बढेको छ। यस वर्ष कुल एक हजार युनिट बिक्री गर्ने लक्ष्य राखिएको उनले बताए।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,६ वैशाख । बेपत्ता बाबुछोराको शव फेला परेको छ। अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानस्थित बल्देनजिक बेपत्ता भएका उनीहरूको शव कर्णाली नदीमा फेला परेको हो।
तुर्माखाँद–३ का ३५ वर्षीय पहलसिंह बुढा र उनका १३ वर्षीय छोरा नरी बुढाको शव निकालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुवै जना वैशाख ३ गते डुंगा पल्टिँदा बेपत्ता भएका थिए।
प्रहरीका अनुसार उनीहरू कर्णालीपारि पञ्चपुरी नगरपालिका–७ स्थित वनबाट घाँस काटेर फर्किने क्रममा नदी पार गर्ने बेला डुंगा पल्टिँदा बेपत्ता भएका थिए। घटनापछि निरन्तर खोजी जारी रहे पनि केही दिनपछि मात्रै शव फेला परेको हो।
खोजी तथा उद्धार कार्यमा सुर्खेतबाट आएको सशस्त्र प्रहरीको गोताखोर टोली र अछामस्थित विपद् व्यवस्थापन टोली परिचालन गरिएको थियो।
सशस्त्र प्रहरी नायब निरीक्षक चेतन राजकोटी र सहायक निरीक्षक खेमराज खतिवडाको नेतृत्वमा खटिएको टोलीले घटनास्थलबाट करिब ५०० मिटर पर पानीमुनिबाट शव बाहिर निकालेको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिएका छन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ भने स्थानीयवासीले नदी पार गर्दा सुरक्षामा विशेष सावधानी अपनाउनुपर्ने आवश्यकता औंल्याएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,६ वैशाख ।राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद दिपक बोहरा लाई प्रवास विभाग प्रमुख नियुक्त गरेको छ। आज बसेको केन्द्रीय सचिवालय बैठकले बोहरालाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो।
यसअघि विभाग प्रमुख रहेका डिपी अर्याल सभामुख नियुक्त भएपछि उक्त पद खाली रहेको थियो। सो रिक्त पदमा बोहरालाई नियुक्त गर्दै पार्टीले संगठन विस्तार र प्रवासमा रहेका समर्थकहरूसँग समन्वयलाई थप सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ।
पार्टी स्रोतका अनुसार बोहरालाई प्रवासमा रहेका नेपाली समुदायसँग सम्बन्ध विस्तार, संगठन सुदृढीकरण तथा अन्तर्राष्ट्रिय समन्वयका कामलाई प्रभावकारी बनाउने जिम्मेवारी दिइएको छ। नेता कार्यकर्ताले नयाँ नेतृत्वबाट प्रवास संगठन थप सक्रिय हुने अपेक्षा व्यक्त गरेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस