काठमाडौ,२ वैशाख । जिल्ला ट्राफिक प्रहरी कार्यालय ले नियन्त्रणमा रहेका सवारीसम्बन्धी कागजपत्र फिर्ता लैजान सर्वसाधारणलाई आग्रह गरेको छ। ट्राफिक नियम उल्लङ्घन अभिलेख प्रणाली लागू भएपछि कार्यालयमा ८ हजार ९८२ वटा कागजपत्र थन्किएका छन्। तीमध्ये लाइसेन्स, ब्लुबुक र मार्ग अनुमतिजस्ता सक्कली कागजात रहेका छन्।
प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार जरिवाना नबुझाएका सवारी चालक तथा धनीलाई १० दिनभित्र कागजपत्र लिन भनिएको छ। तोकिएको समयभित्र नलगे सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार एक महिनासम्म निलम्बन हुन सक्ने चेतावनी दिइएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२ वैशाख। नेपाली बजारमा सुनको भाउ फेरि प्रतितोला ३ लाख रुपैयाँ नाघेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ हजार ९ सय रुपैयाँ बढेर ३ लाख २ हजार ७ सय रुपैयाँ पुगेको हो। अघिल्लो दिन सुन २ लाख ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला १५५ रुपैयाँले बढेर ५ हजार २२० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी ५ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१ बैशाख । संघीय संसदका सांसदहरूले पुनः स्वकीय सचिव सुविधा पाउने भएका छन्। संघीय संसद् सचिवालय अन्तर्गतको समितिले यसका लागि आवश्यक प्रक्रिया अघि बढाएको हो।
सोमबार बसेको बैठकले स्वकीय सचिवको योग्यता निर्धारण गरी व्यवस्थापन गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ।
बैठक डोलप्रसाद अर्यालको अध्यक्षतामा बसेको थियो। साथै, आवश्यक कानुनी व्यवस्था गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय लाई पत्राचार गर्ने निर्णय गरिएको छ।
यसअघि सुशीला कार्की नेतृत्वको सरकारले खर्च कटौतीका नाममा यो सुविधा हटाएको थियो, जसप्रति सांसदहरूले असन्तुष्टि जनाएका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१ बैशाख । नेपाल सरकारले संघीय मन्त्रालयको संख्या १७ कायम गर्ने प्रस्ताव अघि सारेको छ।
सरकारले विभिन्न दलका घोषणापत्रका आधारमा तयार ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदामा मन्त्रालय संख्या घटाउने उल्लेख गरेको हो।
मस्यौदाअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लाई समन्वय, जलवायु परिवर्तन र ठूला आयोजनाको अनुगमन गर्ने केन्द्रका रूपमा विकास गरिनेछ।
साथै राष्ट्रिय योजना आयोग लाई थिंक ट्यांकका रूपमा पुनर्संरचना गर्ने योजना छ।
संघ, प्रदेश र स्थानीय तहबीच समन्वय सुधार गर्न उच्चस्तरीय प्रशासन पुनरावलोकन आयोग गठन गर्ने र पाँच वर्षभित्र २५ प्रतिशत नयाँ जनशक्ति भित्र्याउने पनि प्रस्तावमा उल्लेख छ।
मस्यौदामाथि वैशाख १० भित्र राजनीतिक दलसँग सुझाव मागिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१ बैशाख । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका प्रहरी निरीक्षक अभय लामाको मृत्यु भएको छ।
३३ वर्षीय लामा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय मा कार्यरत थिए। उनी चैत २९ गते दुर्घटनामा परेका थिए।
रामेछापको लिखु तामाकोशी गाउँपालिका–४ घर भएका लामाको बी एण्ड बी अस्पताल मा उपचारका क्रममा आज मृत्यु भएको कार्यालय प्रमुख नवराज अधिकारीले जानकारी दिएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,३० चैत । ठगी तथा सङ्गठित अपराध मुद्दाका प्रतिवादी रवि लामिछानेलाई चितवन जिल्ला अदालतले वारेस नियुक्त गर्ने अनुमति दिएको छ। सोमबार न्यायाधीश केदारनाथ पौडेलको इजलासले लामिछानेले दिएको निवेदनमाथि सुनुवाइ गर्दै यस्तो आदेश गरेको हो। अदालतको आदेशसँगै अब लामिछानेले आफ्नो तर्फबाट प्रतिनिधि पठाएर कानुनी प्रक्रिया अगाडि बढाउन पाउने भएका छन्।
लामिछानेले स्वास्थ्य समस्या र कार्यव्यस्तताका कारण नियमित रूपमा तारेखमा उपस्थित हुन नसक्ने जनाउँदै वारेस नियुक्त गर्न अनुमति मागेका थिए। उनको पक्षबाट अधिवक्ता रामचन्द्र देवकोटाले बहस गर्दै स्वास्थ्य अवस्था र मुद्दाको प्रकृतिलाई ध्यानमा राखी वारेसको सुविधा दिनुपर्ने तर्क प्रस्तुत गरेका थिए।
अदालतले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल को स्वास्थ्य परीक्षण प्रतिवेदनलाई आधार मानेको छ, जसमा लामिछानेको प्रोस्टेटमा समस्या रहेको उल्लेख गरिएको छ। साथै, उनले ५४ लाख रुपैयाँ धरौटी बापत बैंक ग्यारेन्टी बुझाएर तारेखमा रहेको र मुद्दा मिलापत्र हुन सक्ने प्रकृतिको भएको पनि आदेशमा उल्लेख गरिएको छ।
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९५ ९२० बमोजिम दिइएको यस अनुमतिपछि अब लामिछानेले आफ्नो प्रतिनिधिमार्फत अदालतमा उपस्थित हुन पाउनेछन्। यद्यपि, उनी सोमबार भने तारेखका लागि स्वयं चितवन जिल्ला अदालत मा उपस्थित भएका थिए। कानुन व्यवसायीहरूले अदालतको निर्णयलाई कानुनी प्रक्रिया सहज बनाउने कदमका रूपमा लिएका छन् भने केहीले स्वास्थ्य अवस्थाका आधारमा दिइएको यो सुविधा उपयुक्त रहेको प्रतिक्रिया दिएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
रोल्पा,३० चैत । रोल्पामा ट्याक्टर दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरीका अनुसार रोल्पा नगरपालिका–९ ह्वामा आइतबार राति लु ३ त ३१४७ नम्बरको ट्याक्टर सडकदेखि करिब २०० मिटर तल खसेको हो। दुर्घटनामा त्रिबेणी गाउँपालिका–७ दोरेणीका ३४ वर्षीय श्याम डाँगी र सहचालक रोल्पा नगरपालिका–६ धर्मशालाका १७ वर्षीय हिमाल तामाङ गम्भीर घाइते भएका छन्। उनीहरूको अवस्था गम्भीर रहेकाले तत्काल उद्धार गरी उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ।
प्रहरी निरीक्षक सुनिल थापा नेपालीका अनुसार घटनाबारे जानकारी पाएपछि प्रहरी टोली राति करिब ९ बजेतिर घटनास्थल पुगेको थियो। उद्धार कार्य सम्पन्न गरी घाइतेलाई राति सवा ११ बजेतिर जिल्ला अस्पताल रेउघा पुर्याइएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि उनीहरूको अवस्था गम्भीर देखिएकाले थप उपचारका लागि सोमबार बिहान करिब साढे २ बजेतिर लुम्बिनी प्रादेशिक अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण भने अझै खुल्न सकेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,३० चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नीतिगत असमझदारीका कारण मुलुकको अर्थतन्त्र जोखिममा पर्न सक्ने बताएका छन् । सोमबार तुलसीपुर उपमहानगरपालिकाको ३४औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा मुख्यमन्त्री केसीले यस्तो बताएका हुन् । उनले संघीय सरकार र प्रदेश तथा स्थानीय तहबीचको नीतिगत असमझदारीले विकास र अर्थतन्त्रमा नकारात्मक असर पार्न सक्ने बताएका थिए।
उनले संघीय सरकारले ठाडो निर्देशन दिन खोज्दा समन्वयमा समस्या उत्पन्न हुने र त्यसले योजनाको कार्यान्वयनमा ढिलाइ ल्याउने धारणा व्यक्त गरे। संविधानले दिएको अधिकारभन्दा बाहिर गएर गरिने हस्तक्षेपले आर्थिक गतिविधि प्रभावित हुने चेतावनी उनले दिए।
मुख्यमन्त्री आचार्यले प्रदेश र स्थानीय सरकार संविधानअनुसार स्वायत्त रहेको उल्लेख गर्दै संघीय सरकारसँग सहकार्य, समन्वय र सहअस्तित्वका आधारमा अघि बढ्न आफूहरू तयार रहेको बताए।
उनले भदौपछि विभिन्न निर्देशन आउने क्रम बढेको उल्लेख गर्दै त्यसले नीतिगत स्पष्टता कमजोर बनाएको बताए। सञ्चार क्षेत्रप्रति संघीय सरकारले गरेको व्यवहारप्रति पनि असन्तुष्टि जनाउँदै उनले त्यस्ता निर्णय सच्याउन माग गरे। तीनै तहका सरकारबीच योजनाबद्ध ढंगले काम हुन नसक्दा विकास आयोजना प्रभावित हुने र त्यसको प्रत्यक्ष असर अर्थतन्त्रमा पर्ने उनको भनाइ थियो।
तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य कमल सुवेदी, पूर्व नगरप्रमुख घनश्याम पाण्डे लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सामाजिक संघसंस्थाका प्रमुखहरूले सरकारबीचको समन्वय अभावले विकास र सेवाप्रवाहमा असर पार्ने बताएका थिए। उनीहरूले स्पष्ट नीति, प्रभावकारी सहकार्य र अधिकारको सम्मानका आधारमा अघि बढ्नुपर्नेमा जोड दिएका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,३० चैत ।रुबीकुमारी ठाकुरले प्रतिनिधिसभाको उपसभामुख पद सम्हालेकी छन्।
चैत २७ गते निर्वाचित भएकी ठाकुरले सिंहदरबारस्थित कार्यालय पुगेर आज पदभार ग्रहण गरेकी हुन्।
पदभार ग्रहणपछि उनले डोलप्रसाद अर्याल सँग पहिलो औपचारिक भेट गरेकी छन्।
सभामुख अर्यालले उनलाई बधाई तथा शुभकामना दिएको सचिवालयले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
जुम्ला ,३० चैत । स्याउ बगैंचामा आगलागी हुँदा तीनसय बिरुवा जलेर नष्ट भएका छन् । जुम्लाको गुठिचौर गाउँपालिका–३ धापाखेतमा रहेको स्याउ बगैँचामा आगलागी हुँदा ३०० बिरुवा नष्ट भएका छन्।
स्थानीय हरिबहादुर भण्डारीको ‘अर्गानिक एप्पल एण्ड फर्म’मा रहेको उक्त बगैँचामा आगलागी भएको हो। उ
शुक्रबार दिउँसो लागेको आगोले फल दिन थालेका बिरुवा जलेर नष्ट भएको र करिब ९ लाख रुपैयाँ बराबरको क्षति भएको उनले बताएका छन्।
प्रहरीका अनुसार आगो लाग्नुको कारण खुलेको छैन। नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।
सुख्खा घाँस धेरै भएकाले आगो निभाउन कठिन भएको बताइएको छ। करिब दुई हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको बगैँचामा ठूलो क्षति पुगेको हो।
यस बगैँचामा करिब १ हजार ६ सय स्याउका बिरुवा थिए। यस वर्ष ८ देखि १० लाख रुपैयाँ आम्दानी हुने अपेक्षा गरिएको थियो, तर आगलागीले त्यो सम्भावना समाप्त भएको
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस