श्रम स्वीकृति सम्बन्धि सूचना हटाउन निर्देशन

   चैत २७, २०८२       admin

काठमाडौ,२७ चैत । वैदेशिक रोजगार विभागले आफ्नो कार्यालय आसपास रहेका साइबर सेन्टर तथा तालिम केन्द्रहरूलाई श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन निर्देशन दिएको छ।

विभागले चैत ३० गतेभित्र ‘यहाँ श्रम गरिन्छ’, ‘श्रम स्वीकृतिसम्बन्धी कार्य गरिन्छ’, ‘श्रम अनलाइन फारम भरिन्छ’ लगायतका भ्रम सिर्जना गर्ने सूचना तथा प्रचार सामग्री हटाउन आग्रह गरेको हो।

यस्ता भ्रामक सूचनाले वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई गलत जानकारी दिने र झुक्याउने गरेको विभागको भनाइ छ।

विभागका अनुसार श्रम स्वीकृतिसम्बन्धी काम केवल वैदेशिक रोजगार विभाग तथा तोकिएका श्रम तथा रोजगार कार्यालयहरूबाट मात्र हुने व्यवस्था रहेको छ।
विभागले आज सूचना जारी गर्दै भ्रम सिर्जना गर्ने किसिमका लेखन तथा प्रचारप्रसार तत्काल बन्द गर्नसमेत आग्रह गरेको छ।

निर्देशनको अवज्ञा गरेमा वैदेशिक रोजगार ऐन २०६४ तथा प्रचलित कानूनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

उपसभामुखका लागि आज निर्वाचन

   चैत २७, २०८२       admin

काठमाडौँ ,२७ चैत । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज निर्वाचन हुँदैछ। संसद भवनमा दिउँसो ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा उपसभामुख चयन प्रक्रिया अघि बढ्ने कार्यसूची रहेको छ।


उपसभामुख पदका लागि सरस्वती लामा (राप्रपा) र रुबी कुमारी ठाकुर (श्रम संस्कृति पार्टी) बीच प्रतिस्पर्धा हुने भएको छ। २६ वर्षीया रुबी कुमारी ठाकुरलाई सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी सहित नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपाको समर्थन रहेकाले उहाँको जित लगभग निश्चित देखिएको छ।

यसअघि निर्णायक भूमिकामा रहेको रास्वपासँग श्रम संस्कृति पार्टी र राप्रपाले उपसभामुखमा समर्थन माग गरेका थिए। रास्वपाले सुरुमा समर्थन गर्ने संकेत दिएपछि राप्रपाले पनि उम्मेदवारी दर्ता गरेको थियो। तर अन्तिम समयमा रास्वपाले श्रम संस्कृति पार्टीकी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको हो।


रुबी निर्वाचित भएमा नेपाली संसद्ले इतिहासकै कान्छी उपसभामुख पाउनेछ। संविधानअनुसार सभामुख र उपसभामुख फरक दल र फरक लिङ्गका हुनुपर्ने व्यवस्था रहेको छ। यसअघि सभामुखमा डिपी अर्याल निर्विरोध निर्वाचित भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

अदुवा बिक्रीबाट ५ करोड ५६ लाख बढी आम्दानी

   चैत २७, २०८२       admin

रुकुम पश्चिम,२७ चैत । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा बिक्रीबाट मात्रै रु ५ करोड ५६ लाख ५० हजार आम्दानी भएको छ।

पालिकाभरका २ हजार ६५० किसानले उत्पादन गरेको अदुवा बिक्रीबाट उक्त रकम भित्रिएको हो।
गाउँपालिका कृषि शाखा प्रमुख ऐनबहादुर कार्की का अनुसार यस वर्ष पालिकामा १५ हजार ९०० क्विन्टल अदुवा उत्पादन भएको थियो।

अदुवा खेती गर्ने २ हजार ६५० घरधुरीमध्ये अधिकांश किसानले करिब दुई रोपनी क्षेत्रफलमा खेती गर्दै आएका छन्। पालिकाभर झण्डै ५ हजार ३०० रोपनी जमिनमा अदुवा खेती भइरहेको छ। एक रोपनी जमिनबाट करिब तीन क्विन्टलसम्म उत्पादन हुने गरेको उनले बताए।

किसानहरूले गाउँबाटै प्रतिक्विन्टल रु ३ हजार ५०० का दरले अदुवा बिक्री गरेका छन्। व्यापारीहरू गाउँमै पुगेर अदुवा खरिद गर्ने गरेका छन्।

व्यावसायिक रूपमा अदुवा खेती गर्दै आएका त्रिवेणी–४ खुम्चेरीका नरे खड्का ले यस वर्ष अदुवा बिक्रीबाट करिब रु १ लाख आम्दानी गरेको बताए। उनी विगत २२ वर्षदेखि निरन्तर अदुवा खेतीमा संलग्न छन्। यस वर्ष उत्पादन भएकोमध्ये साढे तीन क्विन्टल अदुवा बीउका लागि छुट्याइएको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तोलामा २२ सयले बढ्यो सुन

   चैत २७, २०८२       admin

दाङ,२७ चैत । आज नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँले वृद्धि भई २ लाख ९६ हजार ९०० रुपैयाँ पुगेको छ।

यसअघि बिहीबार सुनको भाउ ४ हजार ३०० रुपैयाँले घटेर तोलाको २ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ। चाँदी तोलामा ८५ रुपैयाँले बढेर ४ हजार ९६० रुपैयाँ पुगेको महासंघले जनाएको छ। हिजो चाँदीको मूल्य तोलाको ४ हजार ८७५ रुपैयाँ रहेको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

आयोगमा १ हजार बढी उजुरी फछ्र्यौट

   चैत २७, २०८२       admin

काठमाडौ,२७चैत । निर्वाचन आयोगले आचारसंहिता उल्लंघनसम्बन्धी १ हजार ६१ उजुरी फछ्र्यौट गरेको जनाएको छ ।जिल्ला आचारसंहिता अनुगमन समिति र अनुगमन अधिकृतसमक्ष कूल १ हजार ७६ उजुरी परेकोमा झण्डै ९९ प्रतिशत फछ्र्यौट गरिएको आयोगले जनाएको छ ।

प्रदेशगत रूपमा सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा २ सय ४४ उजुरी परेका छन् भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ९६ उजुरी परेका छन् ।प्राप्त उजुरीमध्ये ९७ लिखित र ९ सय ७९ उजुरी टेलिफोन, एसएमएस लगायत अन्य माध्यमबाट प्राप्त भएका थिए ।

आयोगका अनुसार सबैभन्दा धेरै तोकिएको आकारभन्दा ठूला तुल, ब्यानर र झण्डा प्रयोगसम्बन्धी उजुरी परेका छन् ।यसका साथै सामाजिक सञ्जालको दुरुपयोग, माइक प्रयोग गरी ध्वनि प्रदूषण, शिक्षक तथा कर्मचारी प्रचारप्रसारमा संलग्न भएको लगायतका उजुरी रहेका छन् ।

सार्वजनिक स्थान र सवारी साधनमा झण्डा टाँग्ने तथा अनुमति नलिएका गाडी प्रयोग गर्ने जस्ता उजुरी पनि परेको आयोगले जनाएको छ ।आयोगले आचारसंहिताको पूर्ण पालना गर्न सबै सरोकारवालालाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनको बैठक बस्दै

   चैत २७, २०८२       admin

दाङ,२७ चैत । लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशन अन्र्तगतको १० औँ बैठक आज ९ शुक्रवार० बस्दै छ । बैठक आज बिहान ११ बजे बस्ने भएको छ ।

प्रदेशसभा सचिवालयका अनुसार बैठकमा समसामयिक विषयमा प्रदेशसभा सदस्यहरूले विशेष समयमा आफ्ना धारणा राख्ने कार्यसूची रहेको छ। त्यसैगरी, उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले ‘लुम्बिनी प्रज्ञा–प्रतिष्ठान विधेयक’को सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ।

यस्तै, मुख्यमन्त्री चेतनारायण आचार्यले ‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न बनेको प्रतिवेदनसहितको विधेयक’ माथि छलफल गरियोस् र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कपिलवस्तुमा बस दुर्घटनाः २६ यात्रु घाइते

   चैत २७, २०८२       admin

दाङ,२७ चैत । कपिलवस्तुमा बस दुर्घटना भएको छ । बस दुर्घटना हुँदा २६ यात्रु घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा बिहिबार राति बस दुर्घटना भएकोे हो ।

नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको भे१ख ४३७३ नम्बरको बस राति अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रिपेन्द्र सिंहले जानकारी दिए। दुर्घटना लगत्तै यात्रुको उद्धार गरिएको उनले बताए । घाइतेमध्ये १७ जनाको चन्द्रौटास्थित सञ्जीवनी अस्पतालमा तथा तीन जनाको आधारभूत अस्पतालमा उपचार भइरहेको छ ।

वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार अन्य ६ जनाको बुटवलमा उपचार भइरहेको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको उनले बताए

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सुन तस्करी प्रकरणमा महरासहित २९ विरुद्ध मुद्दा

   चैत २६, २०८२       admin

काठमाडौ,२६ चैत । भेपमार्फत सुन तस्करी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व सभामुख कृष्णबहादुर महरासहित २९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।अख्तियारले बिहीबार दायर गरेको मुद्दामा ७ करोड ७८ लाख ६८ हजार ९५ रुपैयाँ बराबरको सम्पत्ति हिनामिना भएको आरोप लगाइएको छ ।

प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख अरूण पोखरेल लाई पनि प्रतिवादी बनाइएको छ ।

यसैगरी प्रमुख भन्सार अधिकृत मुक्ति प्रसाद श्रेष्ठ, अम्बिकाप्रसाद खनाल, रमेशकुमार खतिवडा, सुबेन्द्र श्रेष्ठ, नायब सुब्बा सुवर्णाप्रभा केसीलगायत अन्य कर्मचारीमाथि पनि मुद्दा दायर गरिएको छ ।

अख्तियारका अनुसार भन्सारमा जाँच हुनुपर्ने सामान जाँच नगरी अनुकूल समयमा सट्टापट्टा गर्ने उद्देश्यले सुरक्षित राखिएको थियो । जफत गरिएका सामग्री नियमअनुसार गोदाममा नराखी कार्यालयमै राखिएको आरोप छ ।

महरासँगै उनका छोरा राहुलसहित विभिन्न नेपाली, चिनियाँ, भारतीय र बेल्जियन नागरिकलाई पनि प्रतिवादी बनाइएको छ ।

२०७९ पुस १० गते फ्लाई दुबईबाट आएका चिनियाँ नागरिकले ल्याएको भेपमा लुकाइएको करिब ९ किलो सुन भन्सारबाटै चोरी भएपछि प्रकरण सार्वजनिक भएको थियो ।

यसअघि जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भई उनी थुनामा रहेका थिए । पछि उच्च अदालत पाटन ले २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
अनुसन्धानका क्रममा महराको सम्बन्ध तस्करीका मुख्य नाइकेसँग देखिएको भन्दै अख्तियारले मुद्दा अघि बढाएको हो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

श्रममन्त्री साह पदमुक्त

   चैत २६, २०८२       admin

काठमाडौ,२६ चैत । प्रधानमन्त्री वालेन्द्र शाह ले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साह लाई पदमुक्त गरेका छन् ।

प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसमा बिहीबार साहलाई मन्त्री पदबाट हटाउने निर्णय गरेका हुन् । रास्वपा सभापति रवि लामिछाने ले पदीय मर्यादाको दुरुपयोग गरेको आरोपमा कारबाहीका लागि सिफारिस गरेका थिए ।

मन्त्री साहले आफ्नी श्रीमतीलाई स्वास्थ्य बीमा बोर्डमा संलग्न गराएको आरोप लागेको छ । उक्त बोर्ड लामो समयदेखि निष्क्रिय रहेको बताइएको छ । रास्वपाको केन्द्रीय अनुशासन आयोगले पनि यसबारे अध्ययन गरी कारबाही गर्नुपर्ने प्रतिवेदन पार्टीसमक्ष पेस गरेको थियो ।

चैत १३ गते मन्त्रीमा नियुक्त भएका साह १४ दिनमै पदमुक्त भएका हुन् । प्रेस विज्ञ दीपा दाहालका अनुसार पार्टीको सिफारिसका आधारमा उनलाई पदबाट हटाइएको हो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

पूर्व गृहमन्त्री लेखक हाजिरी जमानीमा रिहा

   चैत २६, २०८२       admin

काठमाडौ,२६ चैत । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पछि पूर्वगृहमन्त्री रमेश लेखक पनि हाजिरी जमानीमा रिहा भएका छन् ।

लेखक नेपाल प्रहरीको नम्बर–२ सशस्त्र प्रहरी गणमा राखिएका थिए । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवनकुमार भट्टराई का अनुसार उनलाई आवश्यक परेको बेला उपस्थित हुने सर्तमा रिहा गरिएको हो ।

प्रहरीले लेखकलाई उनकी पत्नी यशोदा लेखक को जिम्मा लगाएको जनाएको छ । सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र सुनिल कुमार पोखरेल को इजलासले बिहीबारभित्र अनुसन्धान नसकिए हिरासत मुक्त गर्न आदेश दिएको थियो । सोही आदेशअनुसार लेखकलाई हाजिरी जमानीमा रिहा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology