सभामुख डोलप्रसाद अर्यालले लिए शपथ

   चैत २२, २०८२       admin

काठमाडौ,२२ चैत । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन्।

शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनले शपथ लिएका हुन् ।
शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायत उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो।

आजै बसेको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याललाई सभामुखमा औपचारिक रूपमा निर्वाचित भएको घोषणा गरेका थिए । सभामुख पदमा उनको मात्रै उम्मेदवारी परेको थियो। अर्याल गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मालपोत तुलसीपुरबाट बिचौलिया र लेखापढी व्यवसायी पक्राउ

   चैत २२, २०८२       admin

दाङ,२२ चैत। मालपोत कार्यालय तुलसीपुरबाट बिचौलिया र लेखापढी व्यवसायी पक्राउ परेका छन् । सेवाग्राहीलाई अनावश्यक दुःख दिएको तथा प्रक्रियामा अवरोध पुर्‍याएको आरोपमा प्रहरीले केही बिचौलिया र लेखापढी व्यवसायीलाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूलाई कार्यालय हाताभित्रैबाट नियन्त्रणमा लिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार सेवाग्राहीहरूले काम गराउँदा अनावश्यक झन्झट खेप्नुपरेको, बिचौलियाको चलखेल बढेको तथा लेखापढी व्यवसायीले बढी रकम लिने गरेको गुनासो आएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीले पक्राउ परेका व्यक्तिहरूको नाम सार्वजनिक गरेको छैन। उनीहरूलाई हाल इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखेर सोधपुछ तथा थप अनुसन्धान भइरहेको छ।

पछिल्लो समय सरकारी कार्यालयहरूमा बिचौलियामुक्त वातावरण बनाउन सुरक्षाकर्मीले सादा पोसाकमा समेत निगरानी बढाउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

अबदेखि हप्तामा दुईदिन बिदा

   चैत २२, २०८२       admin

दाङ,२२ चैत । अबदेखि हप्तामा दुईदिन सार्वजनिक बिदा हुनेछ छ। सरकारले भोलि (सोमबार)देखि लागू हुनेगरी शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

आज बसेको मन्त्रिपरिषद् बैठकले सरकारी कार्यालय तथा शैक्षिक संस्थामा दुई दिन बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।


उनका अनुसार पेट्रोलियम आपूर्तिमा देखिएको असहजताका कारण उक्त निर्णय गरिएको हो।
यो निर्णय भोलिदेखि नै कार्यान्वयनमा आउने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्युठानमा आगलागीबाट दर्जनबढी घरगोठ जलेर नष्ट

   चैत २२, २०८२       admin

प्युठान,२२ चैत । प्यूठानमा मध्यराति भएको भीषण आगलागीमा एक दर्जनभन्दा बढी घर तथा गोठ जलेर नष्ट भएका छन् भने ठूलो मात्रामा धनमाल तथा चौपायाको क्षति भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार ऐरावती गाउँपालिका–१ छेडाघाटमा स्थानीय लक्ष्मण रानाको फुसले छाएको कच्ची गोठबाट आगो सल्किएर बस्तीभर फैलिएको हो।

आगलागीबाट इश्वरी राना, रमेश घर्ती, ओमबहादुर रेश्मी मगर, भुपाल रोका, गुमा रजाली, बलबहादुर रजाली, झबिन्द्र रजाली, घनबहादुर राना, देवबहादुर रजालीलगायतका घर तथा गोठ पूर्ण रूपमा जलेर नष्ट भएका छन्।

प्रहरीका अनुसार आगलागीमा परी ८२ वटा बाख्रा, ९ वटा गोरु, कुखुरा तथा अन्य पशुचौपाया जलेर मरेका छन् भने ठूलो परिमाणमा खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन, नगद तथा सुनसमेत नष्ट भएको छ।
आगलागीमा करिब ९३ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ।

राति करिब पौने १२ बजेतिर सुरु भएको आगो नियन्त्रणमा लिन नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी र स्थानीयवासी खटिएका थिए। बिहान करिब ७ बजे मात्र आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो। घटनामा मानवीय क्षति नभए पनि आगलागीको कारण भने अझै खुल्न नसकेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

लुम्बिनी प्रदेशसभा बैठकः दुई विधेयक पेश हुने

   चैत २२, २०८२       admin

दाङ,२२ चैत। लुम्बिनी प्रदेश सभाको सातौँ अधिवेशनअन्तर्गत पाँचौँ बैठक आज दिउँसो १ बजे बस्ने भएको छ।

प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले ‘लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक’ सभामा पेस गर्नेछन्।

यसैगरी, मुख्यमन्त्री चेतनारायण आचार्यले ‘जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव पेस गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिएका छन्।

बैठकको सुरुवातमै प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा आफ्नो धारणा राख्ने कार्यक्रम पनि तय गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सभामुख अर्यालको शपथ आज

   चैत २२, २०८२       admin

काठमाडौ,२२चैत। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालको शपथ आज हुने भएको छ। राष्ट्रपति कार्यालयका अनुसार आज दिउँसो २:३० बजे शपथ ग्रहण कार्यक्रम तय गरिएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले अर्याललाई पद तथा गोपनीयताको शपथ गराउनेछन्।अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित भएका हुन्। प्रतिनिधिसभाको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले उनलाई सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका थि

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

   चैत २२, २०८२       admin

रोल्पा,२२ चैत । रोल्पामा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दाङको घोराही उपमहानगरपालिका–४ भागरे निवासी अन्दाजी २१ वर्षीय सामिल बिकको मृत्यु भएको हो।

प्रहरीका अनुसार हिजो साँझ करिब साढे ६ बजे झकेवाङबाट थवाङ बजारतर्फ जाँदै गरेको रा १ त ३८३४ नम्बरको पानी बोक्ने ट्याक्टर थवाङ गाउँपालिका–१ रिखोलामा अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो।

उक्त ट्याक्टरमा सवार एक जना भने सकुशल रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मतदाता नामावली सङ्कलन कार्य पुनः सुरु

   चैत २२, २०८२       admin

दाङ,२२ चैत । निर्वाचन आयोग नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्थगित गरिएको मतदाता नामावली सङ्कलन कार्य आजदेखि पुनः सुरु गरेको छ।

आयोगका अनुसार मङ्सिर ६ गतेदेखि रोकिएको कार्यक्रम चैत १८ गतेको निर्णयपछि पुनः सञ्चालनमा ल्याइएको हो।

राष्ट्रिय परिचयपत्र नम्बर भएका नागरिकले अनलाइनमार्फत सहजै नाम दर्ता गर्न सक्नेछन्। परिचयपत्र नभएकाले ‘प्रि–इनरोलमेन्ट’ प्रणालीमार्फत फारम भरी फोटो र औँठाछापसहित सम्बन्धित कार्यालयमा उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ।

यससँगै नामावलीमा भएका त्रुटि सच्याउने, दोहोरो नाम हटाउने तथा ठेगाना अद्यावधिक गर्ने काम पनि अनलाइनबाटै गर्न सकिने आयोगले जनाएको छ।

आयोगले सबै योग्य नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक प्रक्रियामा सक्रिय रूपमा सहभागी हुन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

ज्ञानज्योती फाउण्डेशन र आइएसटी कलेजबीच सहकार्य सम्झौता

   चैत २२, २०८२       admin

दाङ,२२ चैत । ज्ञानज्योती फाउण्डेशन र इन्टरनेशनल स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट ९आइएसटी० काठमाडौँबीच द्विपक्षीय सम्झौता भएको छ।

तुलसीपुर–६ मा आयोजित कार्यक्रममा दुवै संस्थाबीच सहकार्यका लागि हस्ताक्षर गरिएको हो। सम्झौतामा ज्ञानज्योतीका सिइओ सुरेन्द्र जिसी र आइएसटीका सिइओ नरेन्द्र बज्राचार्यले हस्ताक्षर गरेका छन्।

होटल म्यानेजमेन्ट अध्ययन गर्ने विद्यार्थीलाई सीपमूलक शिक्षा र व्यावहारिक अनुभव उपलब्ध गराउने उद्देश्यले उक्त सम्झौता गरिएको जनाइएको छ। आइएसटीका सिइओ बज्राचार्यले होटल म्यानेजमेन्टलाई केवल खाना पकाउने विषयका रूपमा नभई जीवनोपयोगी शिक्षाका रूपमा लिनुपर्ने बताउँदै यसले अनुशासन, सिष्टता र व्यवहारिक सीप विकास गर्ने उल्लेख गरे।

उनले इन्टर्नसिपका लागि काठमाडौँ आउने विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरका तारे होटलमा अवसर प्रदान गरिने जानकारी दिए।

कलेज प्रमुख सम्झना बस्नेतले दुई वर्षअघिको योजना अनुसार सहकार्य सम्भव भएको बताउँदै विद्यार्थीलाई सिकाइमा केन्द्रित हुन आग्रह गरिन्। आवश्यकता अनुसार तालिमको व्यवस्था गर्न पनि कलेज तयार रहेको उनको भनाइ छ।

ज्ञानज्योतीका सिइओ जिसीले विद्यार्थीको भविष्यलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय स्तरको कलेजसँग सहकार्य गरिएको बताए। कक्षा ११ र १२ पछि उच्च शिक्षाका लागि काठमाडौँ जाने विद्यार्थीलाई यस सम्झौताले महत्वपूर्ण सहयोग पुग्ने उनको विश्वास छ।

कार्यक्रम फाउण्डेशनका सिइओ जिसीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका प्रतिनिधि तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुलसीपुर मोबाइल तथा इलेक्ट्रोनिक्स समितिको साधारणसभा

   चैत २१, २०८२       admin

दाङ, २१ चैत । दाङको तुलसीपुरमा तुलसीपुर मोबाइल तथा इलेक्ट्रोनिक्स समितिको साधारणसभा सम्पन्न भएको छ। समितिका अध्यक्ष थमन विश्वकर्मा सितलको अध्यक्षता तथा तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष ऋषिराज भण्डारीको प्रमुख आतिथ्यता र तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव केशवराज केसीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि ऋषिराज भण्डारीले प्रविधिमैत्री वातावरणका कारण मोबाइल व्यवसायको व्यावसायिकीकरण बढ्दै गएको र व्यवसायमा सहजता आएको बताए। तर, अझै पनि विभिन्न चुनौतीहरू रहेको उल्लेख गर्दै त्यसबाट जोगिन व्यवसायीहरू सचेत हुनुपर्नेमा जोड दिए। उनले व्यवसायिक हितका लागि एकता आवश्यक रहेको उल्लेख गर्दै एकरूपता कायम गर्न र अस्वस्थ प्रतिस्पर्धाबाट टाढा रहन आग्रह गरे।
विशिष्ट अतिथि केशवराज केसीले व्यवसाय क्षेत्रमा विभिन्न जटिलताहरू रहेको भन्दै ती चुनौतीहरूलाई सहज बनाउँदै अगाडि बढ्नुपर्ने बताए। उनले उद्योग वाणिज्य संघ व्यवसायीहरूसँगै रहेको पनि स्पष्ट पारे।
समितिका महासचिव नवीन ओलीको सहजीकरणमा सम्पन्न कार्यक्रममा ज्योति प्रकाश दाहालले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा नारायण भण्डारी तथा समितिका निवर्तमान अध्यक्ष सुरज भण्डारीले तुलसीपुर मोबाइल तथा इलेक्ट्रोनिक्स समिति एकै छातामुनि आवद्ध भएको उल्लेख गर्दै व्यवसाय प्रवर्द्धनका लागि विभिन्न व्यावसायिक संस्थाहरूको साथ र सहयोग प्राप्त भएको बताए। उनीहरूले व्यवसायिक सुधार र संरक्षणका लागि सरकारसँग अपेक्षा रहेको पनि व्यक्त गरे।
कार्यक्रममा कोषाध्यक्ष रामु बस्नेतले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने महासचिव नवीन ओलीले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।
नयाँ समिति गठन
साधारणसभाबाट तुलसीपुर मोबाइल तथा इलेक्ट्रोनिक्स समितिको नयाँ नेतृत्व चयन गरिएको छ। समितिको अध्यक्षमा रामबहादुर बस्नेत, उपाध्यक्षमा प्रदीप घिमिरे, महासचिवमा नवीन ओली, कोषाध्यक्षमा मीनज ओली चयन भएका छन्। सदस्यहरूमा विनोद केसी र तिलक बस्नेत लगायत रहेका छन्। निर्वाचन समितिका संयोजक तथा निवर्तमान अध्यक्ष सुरज भण्डारीले उक्त जानकारी गराएका हुन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology