दाङका खुसीरामसहित ९ नेपालीको शव स्वदेश ल्याइयो

   चैत १८, २०८२       admin

दाङ,१८ चैत । खाडी क्षेत्रमा विकसित युद्धको प्रभावका कारण कुवेतमा रोकिएका ९ जना नेपाली श्रमिकको शव बुधबार साँझ स्वदेश ल्याइएको छ। मृतकमध्ये चार जना महिला रहेका छन्।

कुवेत एयरवेजको चार्टर विमानमार्फत शवहरू नेपाल ल्याइएको वैदेशिक रोजगार बोर्डले जनाएको छ।
बोर्डका अनुसार सिराहाका रमेशकुमार मोची, दाङका खुसीराम चौधरी, सिन्धुपाल्चोककी सम्झना गोले, उदयपुरकी कोपिला धामी, खोटाङका वसन्त राई, सुर्खेतकी यमुना सुनार, सल्यानका कृष्णराम्जा बुढा, सिन्धुलीकी मञ्जु मोक्तन पाख्रिन र कास्कीका रमेश नेपालीको शव ल्याइएको हो।

बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेतीका अनुसार शवलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सम्बन्धित परिवारसम्म पुर्‍याउने व्यवस्था मिलाइएको छ।

गत फागुन १६ गते अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको तनावका कारण इरानले कुवेतसहित बहराइन, साउदी अरब, कतार र ओमानमा श्रृंखलाबद्ध आक्रमण गरेपछि कुवेतको विमानस्थल प्रभावित भएको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

चखौरामा थारु रैथाने खाना प्रवर्द्धन

   चैत १८, २०८२       admin

दर्शन आचार्य। दाङ, १८ चैत्र । थारु समुदायका लोपोन्मुख परम्परागत तथा रैथाने खानाको संरक्षण, प्रवर्द्धन र व्यवसायीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको तीनदिने तालिम बुधबार सम्पन्न भएको छ। पर्यटन डिभिजन कार्यालय, कोहलपुरको आयोजनामा तथा थारु सांस्कृतिक संरक्षण केन्द्र, चखौराको सहकार्य तथा व्यवस्थापनमा उक्त तालिम चैत्र १६ देखि १८ गतेसम्म दंगीशरण गाउँपालिका–३, चखौरामा सञ्चालन गरिएको थियो।
तालिममा दाङ जिल्लाका थारु समुदायका करिब ४० जना महिलाहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूलाई परम्परागत थारु परिकार तयार गर्ने सीप, संरक्षणका उपाय, आधुनिक प्रस्तुतीकरण तथा व्यावसायिक सम्भावनाबारे व्यावहारिक प्रशिक्षण प्रदान गरिएको आयोजकले जनाएको छ।
तालिमको समापन समारोहमा सहभागीहरूले आफूहरूले तयार गरेका करिब ४० प्रकारका परिकारको आकर्षक स्टलमार्फत प्रदर्शनी गरेका थिए। कार्यक्रममा उपस्थित अतिथिहरूले परिकारहरूको निरीक्षण गर्नुका साथै स्वाद परीक्षण गर्दै गुणस्तर, प्रस्तुतीकरण र बजार सम्भावनाबारे सुझाव दिएका थिए।
समापन कार्यक्रममा लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर, पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरी तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्का लगायत उच्च सरकारी अधिकारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
त्यसैगरी, निमित्त प्रमुख जिल्ला अधिकारी सावित्रा पुन, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख होमबहादुर पराजुली, पर्यटन डिभिजन कार्यालय बाँकेका प्रशासन प्रमुख कृष्ण विष्ट, खाद्य तथा गुण नियन्त्रण विभागका प्रतिनिधि, उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विमल रिजाल तथा वर्तमान अध्यक्ष विनिल के.सी., नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, पत्रकारहरू सुशील बस्नेत र नारायणी रजौरे लगायतको पनि उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै प्रदेश प्रमुख घर्तीमगरले थारु समुदायका परम्परागत परिकारहरू नेपालको महत्वपूर्ण सांस्कृतिक सम्पदा भएको उल्लेख गर्दै तिनलाई पर्यटनसँग जोड्न सके स्थानीय आर्थिक विकासमा ठूलो टेवा पुग्ने बताए। उनले स्थानीय उत्पादनमा आधारित यस्ता परिकार स्वास्थ्यका दृष्टिले समेत उपयोगी रहेको धारणा राखे।


पूर्व मुख्यमन्त्री चौधरीले आधुनिक जीवनशैलीका कारण परम्परागत खानाहरू हराउँदै जाने खतरा बढेको उल्लेख गर्दै यस्ता तालिमले नयाँ पुस्तामा सीप हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
स्थानीय तहका जनप्रतिनिधिहरूले तालिमबाट सिकेका सीपलाई व्यवहारमा उतार्दै उद्यमशीलता विकास गर्न सहभागीहरूलाई आग्रह गरेका थिए। थारु परिकारलाई होमस्टे, होटल तथा पर्यटकीय गन्तव्यसँग जोडेर आम्दानीको दिगो स्रोत बनाउन सकिने सम्भावना औंल्याइएको थियो।
यसैबीच, सहभागी (प्रशिक्षार्थी)हरूले पनि तालिमबाट सिकेको सीपलाई व्यवहारमा लागू गर्दै आयआर्जनसँग जोड्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले परम्परागत परिकारलाई व्यवसायका रूपमा अघि बढाउँदै आत्मनिर्भर बन्ने लक्ष्य रहेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

एमालेको कार्यबाहक अध्यक्षको जिम्मा बादललाई

   चैत १८, २०८२       admin

काठमाडौं,१८ चैत । नेकपा एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी रामबहादुर थापा ‘बादल’लाई दिइएको छ।

च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको पदाधिकारीसहित संसदीय दलको संयुक्त बैठकमा अध्यक्ष केपी शर्मा ओलीबाट बादललाई उक्त जिम्मेवारी तोकिएको जानकारी सांसद ऐन महरले दिएका छन्।
उनका अनुसार ओली हिरासतबाट मुक्त नभएसम्मका लागि बादल कार्यवाहक अध्यक्ष रहने छन्।

अध्यक्ष ओलीलाई भदौ २३ गतेको जेन्जी आन्दोलनमा जिम्मेवार ठहर गर्दै गौरीबहादुर कार्की आयोगको प्रतिवेदनका आधारमा ज्यानसम्बन्धी कसुरमा थुनामा राखिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

   चैत १८, २०८२       admin


काठमाडौं,१८ चैत । चट्याङ लागेर एक युवकको मृत्यु भएको छ। एकजना घाइते भएका छन् । मकवानपुरको बागमती गाउँपालिका–१ भैँसेस्थित बागमती खोलामा माछा मारेर फर्कँदै गर्दा चट्याङ लागेर एक युवकको मृत्यु भएको हो।

मंगलबार साँझ करिब ६ः३० बजे हावाहुरी र वर्षासँगै परेको चट्याङ लाग्दा ३२ वर्षीय अजय पहरी र ३७ वर्षीय उज्वल थोकर घाइते भएका थिए।

गम्भीर घाइते पहरीलाई झुरझुरेस्थित सान्भि पोलिक्लिनिकमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेटौँडा लगिएको थियो।

उपचारकै क्रममा राति ११ः२५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। घाइते थोकरको भने हेटौँडामा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सन्चालनमा आयो विद्युतीय बस

   चैत १८, २०८२       admin

दाङ,१८ चैत । लामो समयदेखि अलपत्र परेको विद्युतीय बस सेवा आजदेखि सञ्चालनमा आएको छ।

लुम्बिनी विकास कोषका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पत्रपछि बस सञ्चालनमा ल्याइएको हो।

प्रशासनिक अधिकृत चुडामणि भट्टराईले हाल दुईवटा रुटमा बस सञ्चालन गरिएको जानकारी दिएका छन्। उनका अनुसार एउटा बस लुम्बिनी–विमानस्थल–बेलहिया र अर्को बस लुम्बिनी–तिलौराकोट–कुदान रुटमा सञ्चालन भइरहेको छ।

यसअघि चार्जिङ स्टेसन बिग्रिएका कारण सेवा सञ्चालन हुन सकेको थिएन। मर्मतपछि बस सेवा पुनः सुरु गरिएको हो।

हालका लागि यात्रुबाट भाडा नलिइने भए पनि इच्छुक यात्रुले दान बाकसमा रकम राख्न सक्ने व्यवस्था गरिएको छ।

कोषले आगामी दिनमा सेवा विस्तार गर्दै रामग्राम, देवदहलगायत क्षेत्रमा पनि विद्युतीय बस सञ्चालन गर्ने योजना रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

रूसी सैन्य विमान दुर्घटनामा २९ जनाको मृत्यु

   चैत १८, २०८२       admin


दाङ,१८ चैत । क्रिमियन प्रायद्वीपमा रूसी सैन्य विमान दुर्घटनाग्रस्त हुँदा चालक दलसहित सबै २९ जनाको मृत्यु भएको छ।

रूसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै सरकारी समाचार एजेन्सीहरूले जनाएअनुसार एएन–२६ सैन्य यातायात विमानमा ६ जना चालक दल र २३ जना यात्रु सवार थिए।

दुर्घटनामा सबैको ज्यान गएको पुष्टि भएको छ।
विमान नियमित उडानमा रहेका बेला मङ्गलबार साँझ करिब ६ बजेतिर सेनाले सम्पर्क गुमाएको थियो। उक्त विमान क्रिमियन प्रायद्वीपमाथि निर्धारित मार्गमा उडिरहेको बताइएको छ।

सन् २०१४ मा रुसले युक्रेनबाट उक्त क्षेत्र कब्जा गरेको थियो, जसलाई अन्तर्राष्ट्रिय समुदायले अवैध मानेको छ।
दुर्घटनापछि उद्धार टोली परिचालन गरिए पनि घटनास्थलमै सबैको मृत्यु भएको पुष्टि भएको छ। प्रारम्भिक अनुसन्धानका आधारमा प्राविधिक खराबीका कारण दुर्घटना भएको र कुनै बाह्य आक्रमण वा हस्तक्षेप नभएको मन्त्रालयले जनाएको छ।

राज्य सञ्चालित समाचार एजेन्सीहरूका अनुसार विमान चट्टानी क्षेत्रमा खसेको हुँदा क्षति झन् भयावह बनेको हो।

एएन–२६ सोभियतकालीन डिजाइनमा आधारित सैन्य यातायात टर्बोप्रप विमान हो, जुन विभिन्न सैन्य तथा लजिस्टिक प्रयोजनका लागि प्रयोग हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

निर्वाचनबाट संसदीय दलको नेता चयन हुनुपर्छ : सुहाङ

   चैत १८, २०८२       admin

काठमाडौं,१८ चैत । नेकपा एमालेको संसदीय दलको बैठकमा दलको नेता चयन प्रक्रिया निर्वाचनमार्फत गर्नुपर्ने आवाज उठेको छ।

केन्द्रीय कार्यालयमा बसेको बैठकमा सांसद सुहाङ नेम्वाङले प्रत्यक्ष निर्वाचनबाट नेता चयन गर्दा प्रक्रिया बढी पारदर्शी र लोकतान्त्रिक हुने धारणा राखेका छन्।

बैठकमा सहभागी एक सांसदका अनुसार नेम्वाङले दलभित्र विधि र प्रक्रियालाई प्राथमिकता दिनुपर्ने बताउँदै निर्वाचन प्रणालीमार्फत नेतृत्व चयन गर्नु उपयुक्त हुने बताएका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुलसीपुरको प्रमुखमा पौडेल आउँदै

   चैत १८, २०८२       admin

दाङ,१८ चैत । तुलसीपुर उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा टेकनारायण पौडेल सरुवा भएका छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनलाई तुलसीपुर उपमहानगरपालिकामा सरुवा गरेको हो।

हाल उक्त पदमा केशवराज पार्धे कार्यरत रहेका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

जबरजस्ती करणीको आरोपमा एकजना पक्राउ

   चैत १७, २०८२       admin

काठमाडौ,१७ चैत । जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। ४० वर्षिय महिलामाथि करणी गरेको आरोपमा इलाम देउमाई नगरपालिका–३ सुर्के निवासी राजु विकलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पीडित पक्षको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय मंगलबारेबाट खटिएको टोलीले उनलाई सोमबार दिउँसो पक्राउ गरेको हो।

घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

जिप दुर्घटनामा परी सिँचाइ कार्यालयका दुई कर्मचारीको मृत्यु

   चैत १७, २०८२       admin

काठमाडौ,१७ चैत । जिप दुर्घटनामा परी जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका दुई कर्मचारीको मृत्यु भएको छ। मृत्यु हुनेमा मनिसा चन्द पाल र भरतबहादुर तितरा रहेका छन्।

उनीहरू योजनाको अनुगमन तथा नापजाँचका लागि शैल्यशिखर नगरपालिका–४ काँडापारीबाट ओसिलतर्फ जाँदै गर्दा सु.प.प्र.–००१ ज. १६४१ नम्बरको जिप दुर्घटनामा परेको हो। दुर्घटनास्थलमै दुवैजनाको मृत्यु भएको जनाइएको छ।

दुर्घटनामा परी अन्य चार जना घाइते भएका छन्। घाइतेहरूमा मिनबहादुर पाल, चालक प्रकाशसिंह ठगुन्ना, विक्रमसिंह महर र अकबर महर रहेका छन्। उनीहरूको उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार कार्य गरेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology