ग्राहकको रकम हिनामिना गर्ने बैंक कर्मचारी पक्राउ

   चैत १७, २०८२       admin

काठमाडौं,१७ चैत ।ग्राहकको बैंक खाताबाट रकम हिनामिना गरेको आरोपमा एक कर्मचारी पक्राउ परेका छन् । उदयपुरको गाईघाटस्थित नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको शाखामा कार्यरत सुनिता बानियाँलाई ग्राहकको खाताबाट अनधिकृत रूपमा रकम निकालिएको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

इन्स्पेक्टर विष्णु खड्काका अनुसार बैंकको उजुरीका आधारमा बानियाँलाई नियन्त्रणमा लिइएको हो। उनीसँग प्रारम्भिक बयान लिइसकिएको छ भने थप अनुसन्धान जारी छ।

उदयपुरको त्रियुगा नगरपालिका–५ निवासी बानियाँमाथि ग्राहकको रकम हिनामिना गरेको आरोप लागेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

ऊर्जा मन्त्रालयमा प्लास्टिक प्रयोगमा पूर्ण प्रतिबन्ध

   चैत १७, २०८२       admin


काठमाडौं,१७ चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आजदेखि प्लास्टिकजन्य सामग्रीको प्रयोग पूर्ण रूपमा प्रतिबन्ध गरिएको छ।


मन्त्रालयले वातावरण संरक्षण, स्वच्छता प्रवर्द्धन तथा दिगो विकासप्रतिको प्रतिबद्धता कार्यान्वयन गर्न यस्तो निर्णय गरिएको जनाएको छ।

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको सचिवालयका अनुसार प्लास्टिकजन्य वस्तुको अत्यधिक प्रयोगले वातावरणमा पारेको नकारात्मक असर न्यूनीकरण गर्दै वातावरणमैत्री विकल्पको प्रयोग बढाउन यो कदम चालिएको हो।

मन्त्रालयले यस निर्णयले अन्य सरकारी निकाय तथा सरोकारवाला पक्षलाई पनि सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरेको छ।

मन्त्री श्रेष्ठले यसको प्रभावकारी कार्यान्वयनका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बढ्यो सुनचाँदीको मूल्य

   चैत १७, २०८२       admin

दाङ,१७ चैत । नेपाली बजारमा मंगलबार सुन तथा चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६ हजार ७०० रुपैयाँले वृद्धि भएको हो।

सोमबार दुई लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर दुई लाख ९० हजार २०० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ।

सोमबार प्रतितोला चार हजार ७०० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर चार हजार ८४५ रुपैयाँ पुगेको छ।

यसअनुसार चाँदीको मूल्यमा प्रतितोला १४५ रुपैयाँले वृद्धि भएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तत्कालीन सिडिओ रिजाल पक्राउ

   चैत १७, २०८२       admin

काठमाडौं ,१७चैत। काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल पक्राउ परेका छन्।

उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई आज बिहान पक्राउ गरेको जनाएको छ।

रिजाल भदौ २३ मा भएको जेनजी आन्दोलनका बेला काठमाडौंका सीडीओ थिए।

उनीमाथि आन्दोलनकारीमाथि गोली चलाउन आदेश दिएको आरोप लागेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

साथीको जन्मदिन मनाउन गएकी अनु मृत फेला

   चैत १६, २०८२       admin

दाङ,१६ चैत । साथीको जन्मदिन मनाउन गएकी एक किशोरी मृत अवस्थामा फेला परेकी छन्। १४ वर्षीया अनु खत्री बबई गाउँपालिका–३ सल्लीकोट निवासी हुन्। उनी चैत १२ गते घरबाट निस्केकी थिइन्।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार उनको शव सोही वडाको भ्यूटावर नजिकैको वन क्षेत्रमा सोमबार बिहान फेला परेको हो। प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार बिहान करिब १० बजे शव फेला पारिएको हो।

शवलाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल लगिएको प्रहरीले जनाएको छ।

परिवारले घटना शंकास्पद भएको भन्दै सत्यतथ्य छानबिनको माग गरेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

ब्रिज कोर्सबारे २४ घन्टामै शिक्षा मन्त्रालयको निर्णय संशोधन

   चैत १६, २०८२       admin


काठमाडौं,१६चैत । शिक्षा मन्त्रालयले ब्रिज कोर्ससम्बन्धी आफ्नो निर्णय २४ घन्टा नबित्दै संशोधन गरेको छ।
शिक्षामन्त्री सस्मित पोखरेलले एसइई दिएका विद्यार्थीलाई लक्षित गरी सञ्चालन हुँदै आएका ब्रिज कोर्स तथा तयारी कक्षा मात्र रोक्ने निर्णय गरिएको बताएका छन्।

मन्त्रालयले आइतबार विद्यालय तहदेखि उच्च शिक्षासम्मका प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स पूर्ण रूपमा बन्द गर्ने निर्णय सार्वजनिक गरेको थियो।

तर सम्बन्धित व्यवसायीहरूको विरोधपछि उक्त सूचना मन्त्रालयको वेबसाइटबाट हटाइएको हो।
मन्त्री पोखरेलका अनुसार एसइई दिएका विद्यार्थीलाई अनावश्यक प्रतिस्पर्धा र दबाबबाट जोगाउन यस्तो निर्णय गरिएको हो।

‘ब्रिज कोर्सले विद्यार्थीलाई तानातान गर्ने भएकाले तत्काल रोक्ने निर्णय गरेका हौं,’ उनले भने।
सरकारले वैशाख १ देखि यस्ता कक्षा सञ्चालनमा रोक लगाउने जनाएको छ।

साथै, एसइईभन्दा माथिका कोचिङ तथा ट्युसन सेन्टरलाई कानुनअनुसार नियमन गरिने पनि मन्त्रालयले जनाएको छ।

सरोकारवालासँग पर्याप्त परामर्श नगरी निर्णय गर्ने र पछि सच्याउने सरकारी प्रवृत्ति यसपटक पनि दोहोरिएको टिप्पणी गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

४५ दिनभित्र कर्मचारीको कार्यविवरण तयार गर्न सरकारको निर्देशन

   चैत १६, २०८२       admin


काठमाडौं ,१६ चैत। सरकारले कर्मचारीहरूको कार्यसम्पादनलाई परिणामसँग जोड्न प्रत्येक पदको स्पष्ट कार्यविवरण ४५ दिनभित्र तयार गर्न निर्देशन दिएको छ।

सरकारले सार्वजनिक निकाय तथा कार्यालयहरूलाई वस्तुनिष्ठ कार्यसम्पादन सूचकसहितको कार्यविवरण तयार गर्न भनेको हो। कार्यसम्पादन मूल्यांकन प्रभावकारी बनाउन ९० दिनभित्र उत्तरदायित्व र पुनरावलोकन प्रणाली लागू गरिने पनि जनाइएको छ।


संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई स्थानीय तहबाट प्रवाह हुने सेवाको गुणस्तर मापन गर्ने मापदण्ड ४५ दिनभित्र तयार गर्न जिम्मेवारी दिइएको छ।
सरकारले मन्त्रालयहरूको संख्या घटाएर ३० दिनभित्र १७ मा सीमित गर्ने निर्णय पनि गरेको छ।

यसका लागि विद्यमान कार्यविभाजन नियमावली संशोधन गरिनेछ। यसैगरी अनुत्पादक तथा दोहोरो कार्यक्षेत्र भएका बोर्ड, समिति र संस्थाहरूको मूल्यांकन गरी खारेज, एकीकरण वा पुनःसंरचना गर्ने योजना अघि सारिएको छ। यसका लागि विभिन्न मन्त्रालयका प्रतिनिधि सम्मिलित उच्चस्तरीय कार्यदल गठन गरिनेछ।

सरकारले सार्वजनिक प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्दै सेवामुखी र उत्तरदायी बनाउने लक्ष्य लिएको जनाएको छ। साथै नागरिकता, राहदानीलगायत सेवाहरूलाई डिजिटल तथा एकीकृत प्रणालीमार्फत उपलब्ध गराउने र २४ घण्टे गुनासो व्यवस्थापन प्रणाली सञ्चालन गर्ने तयारी गरिएको छ।

सरकारी सेवा सहज बनाउन ‘गभर्मेन्ट कुरियर सेवा’ मार्फत पासपोर्ट, नागरिकता प्रतिलिपि र लाइसेन्सजस्ता कागजात घरमै पुर्‍याउने व्यवस्था पनि १०० दिनभित्र लागू गरिने सरकारको योजना छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

१० हजार व्यक्ति सम्पत्ति छानबिनको दायरामा

   चैत १६, २०८२       admin

काठमाडौं,१६ चैत । २०४८ सालयता सार्वजनिक पदमा रहेका नेता तथा उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने दिशामा सरकार अघि बढेको छ।

बालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक पद धारण गरेका करिब १० हजार व्यक्तिको सम्पत्ति छानबिन गर्ने तयारी गरेको हो। यसका लागि १५ दिनभित्र अधिकारसम्पन्न छानबिन समिति गठन गर्ने तयारी भइरहेको बताइएको छ।

सरकारका अनुसार छानबिन दुई चरणमा गरिनेछ। पहिलो चरणमा २०६२/६३ यताका र दोस्रो चरणमा २०४८ देखि २०६१/६२ सम्म सार्वजनिक पदमा बसेकाहरूको सम्पत्ति जाँचिनेछ।

यसबीच नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले चार पूर्वप्रधानमन्त्रीको सम्पत्तिमाथि अनुसन्धान प्रक्रिया अघि बढाएको छ। अनुसन्धानमा पर्नेहरूमा शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल र माधव कुमार नेपाल रहेका छन्।

यस्तै, पूर्वमन्त्री आरजु राणा देउवा र दीपक खड्काको सम्पत्तिमाथि पनि अनुसन्धान अघि बढाइएको छ। यस क्रममा खड्कालाई पक्राउ गरिएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सम्बन्धित व्यक्तिहरूका चल–अचल सम्पत्ति, लगानी, कम्पनी तथा कारोबारसम्बन्धी विवरण संकलन गरेर अनुसन्धान निकायलाई उपलब्ध गराइसकेको जनाइएको छ।

सरकारले ‘१०० कार्यसूची’ अन्तर्गत भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राख्दै यस्तो कदम चालेको हो। यसले विगतका विभिन्न अनियमितता प्रकरणमा थप छानबिन र कारबाहीको बाटो खुल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

जातीय विभेदको आरोपमा एक महिला पक्राउ

   चैत १६, २०८२       admin


जुम्ला,१६ चैत । जातीय विभेद गरेको आरोपमा एक जना महिला पक्राउ परेकी छन्।

जिल्ला प्रहरीका अनुसार कविता बुढालाई पक्राउ गरिएको हो। उनी गुठीचौर गाउँपालिका–३ निवासी हुन्।
उनीमाथि राजबहादुर सुनारमाथि जातीय विभेद गरेको आरोप लागेको प्रहरीले जनाएको छ।

आइतबार जुम्ला सदरमुकाम कालेखोलीस्थित एक होटलमा सुनारमाथि अपशब्द प्रयोग गरी गालीगलौज गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रहरीका अनुसार घटनाबारे पीडित पक्षबाट अहिलेसम्म जाहेरी भने आएको छैन।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

हामी प्रधानमन्त्रीको बैठक बहिष्कार गर्छौं: सांसद साम्पाङ

   चैत १६, २०८२       admin

काठमाडौं,१६ चैत । हर्क साम्पाङले प्रधानमन्त्रीले सिंहदरबारमा बोलाएको बैठकमा सहभागी नहुने बताएका छन्।

श्रम, संस्कृति पार्टीका अध्यक्ष तथा सांसद समेत रहेका उनले प्रतिनिधिसभाको बैठक बोलाउनुपर्ने माग गर्दै कोठे बैठकमा आफ्ना पार्टीका सांसदहरू नजाने बताएका हुन्।

प्रधानमन्त्रीले कोशी प्रदेशका प्रतिनिधिसभा सदस्यहरूसँग छलफलका लागि सिंहदरबारमा बैठक बोलाएका छन्। यसका लागि प्रधानमन्त्रीको सचिवालयले उक्त पार्टीका सांसदहरूलाई पनि निम्तो दिएको छ।

‘प्रधानमन्त्रीले सदन बोलाउनतिर पहल नगरी कोठे बैठकमा बोलाउनुको कारण थाहा भएन। हामी कोठे बैठकमा आउँदैनौँ,’ साम्पाङले भनेका छन्, ‘सदनको बैठक बोलाउनुपर्छ। हप्तामा कम्तीमा एक पटक बैठक बस्नुपर्छ। जनताका प्रश्नबाट भाग्न पाइँदैन।’

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology