काठमाडौं,१५ चैत । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको छ।
ओलीलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबीसहित उनकी पत्नी राधिका शाक्यले उक्त रिट निवेदन दर्ता गराएकी हुन्।
सर्वोच्चका सहायक प्रवक्ता निराजन पाण्डेका अनुसार आइतबार शाक्य आफैं अदालत पुगेर ओलीलाई तत्काल थुनामुक्त गर्न माग गरेकी छन्।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको अनुसन्धानका लागि शनिबार बिहान भक्तपुरबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१५ चैत । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको अविलम्ब रिहाइको माग गर्दै नेकपा एमाले ताप्लेजुङले सरकारलाई ज्ञापनपत्र बुझाएको छ।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँमार्फत नेपाल सरकारलाई उक्त ज्ञापनपत्र बुझाइएको कार्यवाहक अध्यक्ष दीपेन्द्र पोमू (दीपेन)ले जानकारी दिएका छन्।
ज्ञापनपत्रमा नवगठित सरकारले ‘कथित कार्की आयोग’को प्रतिशोधात्मक र अपूर्ण प्रतिवेदनका आधारमा ओली र लेखकसहितका नेताहरूलाई पक्राउ गरी मुलुकलाई द्वन्द्वतर्फ धकेल्न खोजेको आरोप लगाइएको छ।
जेनजी आन्दोलनलाई योजनाबद्ध रूपमा दुरुपयोग गरी असंवैधानिक बाटोबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारद्वारा गठित आयोगको प्रतिवेदनका आधारमा गरिएको धरपकड प्रतिशोधपूर्ण भएको दाबी गरिएको छ।
एमाले ताप्लेजुङले नेताहरूमाथि गरिएको दमन र धरपकडको निन्दा गर्दै तत्काल रिहाइको माग गरेको छ।
पालिकास्तरीय कमिटीहरूले समेत ओली र लेखकको पक्राउविरुद्ध विज्ञप्ति जारी गर्दै विरोध जनाएका छन्।
कार्यवाहक अध्यक्ष पोमूले थप आन्दोलनका कार्यक्रम र रणनीति तय गर्न आन्तरिक छलफल सुरु गरिएको बताएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१५ चैत । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको सम्पत्ति छानबिनमा सरकार अघि बढेको छ। जेनजी आन्दोलनका क्रममा जलेको देउवाको घरबाट प्रमाण नष्ट हुन सक्ने आशंकामा प्रहरीले घर भत्काउने कार्यमा रोक लगाएको छ।
सरकारमा रहँदा सत्ताको आडमा अस्वाभाविक तथा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा देउवा परिवारविरुद्ध यसअघि नै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको थियो।
अनुसन्धानका क्रममा पछिल्लो समय जयवीर देउवालगायत नातेदारहरूको नाममा खरिद गरिएको करिब ७३ रोपनी जग्गाको विवरण संकलन गरिएको जनाइएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
बांके,१५ चैत । आगोले जलेको अवस्थामा भेटिएकी एक युवतीको उपचारका क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरस्थित भेरी प्राविधिक शिक्षालय नजिक शनिबार राति करिब १२ बजेतिर अन्दाजी ३० वर्षीया युवती जलेर घाइते अवस्थामा फेला परेकी थिइन्।
घाइते युवतीलाई उपचारका लागि भेरी अस्पताल लगिएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
हालसम्म मृतकको पहिचान खुल्न सकेको छैन र शव भेरी अस्पतालमै राखिएको छ। घटनाको कारण खुल्न नसकेको भन्दै प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१५ चैत । नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन्।
उनलाई आइतबार बिहान काठमाडौंको महाराजगञ्जस्थित अपार्टमेन्टबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको छ।
सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक तथा प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि खड्कालाई नियन्त्रणमा लिइएको हो।
२२ सय व्यक्ति फरार सूचिमा
✍️दर्शन आचार्य। दैनिक व्यस्तता, कामको चाप र एकै ठाउँको जीवनशैलीबाट केही समय टाढा जान मन थियो। प्रकृतिसँग नजिक हुने, नयाँ ठाउँ देख्ने र जीवनमा नयाँ अनुभव बटुल्ने चाहना धेरै दिनदेखि मनमा थियो। त्यसै क्रममा साथीहरूसँगको कुराकानीमा अचानक रारा जाने योजना बन्यो। सुरुमा केवल सामान्य घुमघामको सोच थियो, तर विस्तारै त्यो योजना रोमाञ्चक यात्रामा परिणत भयो। सबैको समय मिलाउँदै, आवश्यक तयारी गरेर अन्ततः हामीले रारासम्मको अविस्मरणीय यात्राको यात्रा सुरु गर्यौं।
यस यात्रामा हामी न्याय तथा अन्य सेवा पाँच जनाको टिम थियो । बसन्तराज जोशी, नीलकण्ठ ढकाल, समिला अर्याल, हेमा सिंह र म, दर्शन आचार्य।
काठमाडौँबाट आउनुभएका नीलकण्ठ ढकाल, समिला अर्याल र हेमा सिंहसँग मेरो भेट कोहलपुरमा भयो। बिहानै दाङबाट निस्किएर म कोहलपुर पुगेँ र त्यहीँ उहारूलाई कुरेँ। केही समयपछि उहाहरू आइपुगेपछि हामी सबै एउटै गाडीमा सवार भई सुर्खेततर्फ लाग्यौं।
सुर्खेत पुगेपछि हामी सर बसन्तराज जोशीज्यूको निवासमा गयौं। त्यहाँ आत्मीय स्वागतसँगै सँगै बसेर खाना खायौं। त्यसपछि केही आराम, आवश्यक तयारी र यात्राको सल्लाह–परामर्श गर्दै अन्ततः हाम्रो रारा यात्राको औपचारिक सुरुवात भयो।
पहिलो दिन: दाङबाट सुर्खेत हुँदै कालिकोट
बिहान ठीक ५ बजे म दाङबाट कोहलपुरतर्फ यात्रा सुरु गरें। कोहलपुर पुगेर काठमाडौंबाट आउँदै गरेका तीन जना साथीहरूलाई भेटि उहाँहरू आएको गाडीमै कोहलपुरबाट चढेर सँगै सुर्खेततर्फ लाग्यौं। सुर्खेत पुगेर वसन्त जोशी सरको अपार्टमेन्टमा गयौं र त्यहाँ स्वादिलो खाना खायौं।
दिउँसो करिब २ बजे केही फलफूल र ड्राइ फुड किनेर रारा यात्राको औपचारिक सुरुवात गरियो। सुर्खेतबाट दैलेख हुँदै कालिकोटतर्फ लाग्दा बाटो निकै रोमाञ्चक र चुनौतीपूर्ण थियो। राति करिब १० बजे माङ्मा बजारमा खाना खायौं र त्यसपछि नाङ्मा बजार पुगेर बास बस्यौं।
दोस्रो दिन: कालिकोटदेखि रारा ताल:-
बिहान उठेर चिया पिएपछि यात्रा पुनः सुरु भयो। खस सभ्यताको उद्गमस्थल सिँजा उपत्यका को मनमोहक दृश्य अवलोकन गर्दै मुगुको रारातर्फ लाग्यौं। दिउँसो करिब २ बजे रारा राष्ट्रिय निकुञ्ज को चेकपोस्टमा पुगेर गाडी पार्क गर्यौं र पैदल यात्रा सुरु गरियो।
हिउँले ढाकिएको चौर, जंगल र घुमाउरो बाटो हुँदै करिब ४५ मिनेटको रमाइलो हिँडाइपछि रारा ताल पुग्यौं। करिब ३ बजे पुगेका हामीले २ घण्टा ताल वरिपरि बितायौं। नीलो, स्वच्छ पानीले भरिएको विशाल ताल देख्दा मन अत्यन्तै प्रफुल्लित भयो।
राराबाट मुर्माटपको रोमाञ्चक यात्रा
साँझपख हामीले मुर्माटपमा बास बस्ने निर्णय गर्यौं। तालको दक्षिण किनार हुँदै पश्चिमतर्फ लाग्यौं। करिब १ घण्टाको हिँडाइपछि रारा लेकसाइड रिसोर्ट (रारा इको रिसोर्ट) पुग्यौं। त्यहाँ चिया–नास्ता गरेर झोलाहरू घोडामार्फत पठाइयो र हामी पदयात्रा गर्दै अगाडि बढ्यौं।
साँझ करिब ६ बजे सुरु भएको यात्रा बिस्तारै अँध्यारोमा परिणत भयो। जंगलको बीचबाट जाने बाटो, कतै पातलो बस्ती, मोबाइलको मधुरो फ्ल्यासलाइटको उज्यालो—सबै कुरा एकदमै रोमाञ्चक तर डर लाग्दो पनि थियो। स्याल कराएको आवाज, कतै हिउँ जमेर चिप्लो भएको बाटो, उकालो–ओरालो पार गर्दै करिब ९ बजे हामी मुर्माटप नजिकको रिसोर्टमा पुग्यौं (करिब ३८०० मिटर उचाइ)।
त्यहाँ तातो पानीले स्वागत गरियो। केही बेरपछि मार्सीको भात, सिमीको दाल र सागको तरकारीसहितको स्वादिलो खाना खायौं। खाना खाएपछि केही बेर राराको रात्री दृश्य हेरेर सुत्यौं।
मुर्माटपको त्यो कठोर रात:-
मुर्माटप मा बिताएको रात निकै कठिन रह्यो। करिब ४००० मिटर उचाइमा भएको कारण सास फेर्न अलि गाह्रो भयो, चिसो झन् सहनै नसक्ने खालको थियो। रातभरि हावाको सुइँसुइँ आवाज र चिसोले राम्ररी निद्रा पनि परेन।
तेस्रो दिन: मुर्माटपबाट सुन्दर बिहान र अद्भुत दृश्य:-
बिहान उठ्दा झन् अचम्म लाग्यो—बाहिर राखिएको पानी सबै जमेर बरफ भइसकेको थियो। हात धुन त परै जाओस्, अनुहार धुन पनि सम्भव थिएन। चिसोले शरीर कडा भएको महसुस भइरहेको थियो। त्यो बिहानले जीवनमा पहिलो पटक यति कठोर हिमाली चिसोको वास्तविक अनुभव गरायो।
तर यति कठिनाइका बीच पनि जब वरिपरि हेरेँ—हिउँले छोएका डाँडाहरू, चिसो हावासँगै सुनौलो घाम उदाउँदै गरेको दृश्य अनि त्यहाँबाट रारा ताल हेर्दा हल्का जमेको जस्तो देखिने मनमोहक दृश्य देखियो। उदाउँदै गरेको घामले ताल झन् सुन्दर देखिन्थ्यो।
त्यसपछि हामी उकालो चढेर करिब ४००० मिटर उचाइमा रहेको रेडियो नेपाल एफएम रिले स्टेशन मुर्माटप पुग्यौं। त्यहाँबाट हेर्दा रारा तालले मनलाई यहीँ बस्न भनिरहेको जस्तो लाग्थ्यो। टाढा देखिने सैपाल हिमाल लगायत अन्य हिमश्रृंखलाको दृश्यले मन मोहित बनायो।
रारामा रमाइलो र फर्कने यात्रा:-
मुर्माटपबाट फर्केर रिसोर्टमा चिया पिएपछि हामी रारा ताल मा डुंगा सयर गर्यौं। करिब ४५ मिनेटको यात्रामा तालको बीचबाट वारपार गर्दा स्वच्छ र निर्मल पानीको सौन्दर्यले मन लोभ्यायो।
केही समय घोडा चढ्यौं, घुम्यौं, फोटो खिच्यौं र त्यसपछि फर्किने निर्णय गर्यौं। फर्किने क्रममा जुम्लाको तातोपानी मा बेलुकाको खाना खायौं र सदरमुकाम खलंगामा बास बस्यौं।
चौथो दिन: जुम्लाबाट सुर्खेत:-
बिहान उठेर जुम्लाको चन्दननाथ मन्दिरको दर्शन गर्यौं। बजार घुमेर फर्किंदै दैलेखमा पेट्रोलियम उत्खनन भइरहेको स्थान अवलोकन गर्यौं। त्यसपछि ज्वालामाई मन्दिर को दर्शन गरी सुर्खेत फर्कियौं।
पाँचौं दिन: सुर्खेत घुमघाम र घर फर्किने यात्रा
अन्तिम दिन सुर्खेतका प्रमुख धार्मिक तथा पर्यटकीय स्थलहरू देउती बजै मन्दिर, लाटीकोइली मन्दिर, बुलबुले ताल, काक्रेविहार अवलोकन गरियो। दिउँसो खाना खाएर मनमा अविस्मरणीय सम्झनाहरू बोकेर घरतर्फ फर्कियौं।

निष्कर्ष
यो यात्रा केवल दाङदेखि रारा पुग्ने यात्रा मात्र होइन, प्रकृतिसँगको गहिरो सम्बन्ध, साहस, चुनौती र आनन्दको संगम थियो। मुर्माटप को कठोर चिसोदेखि रारा ताल को शान्त सौन्दर्यसम्म – हरेक क्षण जीवनभर सम्झन लायक बन्यो।
यस यात्राले एउटा कुरा सिकायो—जीवनको वास्तविक आनन्द सुविधा होइन, अनुभवमा लुकेको हुन्छ। कहिलेकाहीँ कठिन बाटो हिँड्नुपर्छ, तर त्यही बाटोले सबैभन्दा सुन्दर गन्तव्य देखाउँछ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ १५ चैत । बालेन्द्र शाह नेतृत्वको सरकारले २०८२ चैत १३ गते बसेको पहिलो मन्त्रिपरिषद् बैठकबाट शासकीय सुधारका लागि १०० बुँदे कार्यसूची स्वीकृत गरेको छ। सरकारको यो कार्यसूचीले राजनीतिक, प्रशासनिक, आर्थिक, सामाजिक तथा डिजिटल शासनका सबै पक्ष समेट्दै व्यापक सुधारको रोडम्याप प्रस्तुत गरेको छ।
सरकारले निर्वाचन सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै अब शासनलाई परिणाममुखी र जवाफदेही बनाउने लक्ष्य लिएको छ। विभिन्न राजनीतिक दलका प्रतिबद्धतालाई समेटेर राष्ट्रिय प्रतिबद्धता निर्माण गर्ने, संविधान संशोधनका लागि सहमति खोज्ने तथा दलित र वञ्चित समुदायप्रति औपचारिक माफी माग्ने निर्णय गरिएको छ। साथै, Gen Z आन्दोलनका पीडितलाई राहत तथा पुनःस्थापना गर्ने, घटनाको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्ने र विभिन्न आयोगका प्रतिवेदन कार्यान्वयन गर्ने नीति लिइएको छ।
प्रशासनिक सुधारतर्फ मन्त्रालय संख्या घटाएर १७ मा सीमित गर्ने, अनावश्यक संस्था खारेज वा पुनर्संरचना गर्ने तथा प्रशासनलाई राजनीतिक प्रभावबाट मुक्त बनाउने योजना अघि सारिएको छ। कर्मचारीलाई अनुशासित, उत्तरदायी र परिणाममा आधारित मूल्याङ्कन प्रणालीमा ल्याइनेछ भने संघ, प्रदेश र स्थानीय तहका संरचना मापदण्डअनुसार व्यवस्थित गरिनेछ। शिक्षक सेवा व्यवस्थापन प्रदेशबाट सञ्चालन गरिने व्यवस्था पनि समावेश गरिएको छ।
नागरिक सेवा सुधारका लागि पूर्ण डिजिटल प्रणाली लागू गर्ने, नागरिक सेवा केन्द्र स्थापना गर्ने, फ्रन्ट डेस्क कर्मचारीलाई तालिम दिने तथा सेवा प्रक्रियालाई पुनःसंरचना गर्ने योजना छ। २४ घण्टे गुनासो प्रणाली, ‘हेलो सरकार’ सुधार, समयबद्ध सेवा प्रवाह र सरकारी कागजात घरमै पुर्याउने व्यवस्था गरिनेछ।
डिजिटल शासन विस्तारअन्तर्गत एकीकृत डिजिटल प्लेटफर्म निर्माण, डिजिटल हस्ताक्षर, फाइल ट्र्याकिङ, अनलाइन प्रमाणपत्र, एकपटक मात्रै डेटा संकलन, सरल एप र पोर्टल, सेवा लिन समय निर्धारण गर्ने सुविधा जस्ता कार्यक्रम समावेश छन्। IT संरचना एकीकृत गर्ने, डिजिटल नियामक निकाय स्थापना गर्ने तथा IT सम्बन्धी कानून निर्माण गर्ने लक्ष्य राखिएको छ।
सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि betting एप बन्द गर्ने, सम्पत्ति छानबिन समिति गठन गर्ने, डिजिटल सम्पत्ति ट्र्याकिङ प्रणाली लागू गर्ने, सार्वजनिक खरिद प्रणाली सुधार गर्ने, e-procurement लागू गर्ने तथा भ्रष्टाचारविरुद्ध राष्ट्रिय योजना ल्याउने निर्णय गरिएको छ।
आर्थिक सुधारतर्फ लगानी प्रक्रिया सरल बनाउने, एकद्वार प्रणाली लागू गर्ने, स्टार्टअप र SME लाई सहज ऋण उपलब्ध गराउने, व्यवसाय दर्ता एकीकृत गर्ने, रोजगार तथा सीप केन्द्र स्थापना गर्ने तथा निजी क्षेत्र प्रवर्द्धन रणनीति लागू गर्ने योजना छ। व्यवसाय सुरक्षा, अपराध नियन्त्रण, प्रभावित व्यवसायलाई राहत, लगानी संस्थाहरू एकीकृत गर्ने, CSR रकम केन्द्रित गर्ने र ढुवानी अवरोध हटाउने लक्ष्य राखिएको छ।
पूर्वाधार तथा क्षेत्रगत विकासअन्तर्गत सडक आयोजना समयमै सम्पन्न गर्ने, ऊर्जा क्षेत्र सुधार गर्ने, खानेपानी व्यवस्थापन एकीकृत गर्ने, जलाधार संरक्षण गर्ने, शहरी विकास कानून ल्याउने तथा निष्क्रिय स्रोतको उपयोग गर्ने योजना समावेश गरिएको छ। पर्यटन क्षेत्रमा नयाँ गन्तव्य विकास र आरोग्य पर्यटन प्रवर्द्धनमा जोड दिइएको छ।
राजस्व तथा वित्तीय सुधारतर्फ e-billing अनिवार्य गर्ने, कर प्रणाली सुधार गर्ने, कोषहरू एकीकृत गर्ने, भन्सार प्रणाली सुधार गर्ने, खानी क्षेत्र व्यवस्थापन सुधार गर्ने तथा धरौटी रकम उपयोग गर्ने नीति लिइएको छ।
सामाजिक क्षेत्रअन्तर्गत स्वास्थ्य सेवा सुधार, शिक्षा क्षेत्रमा राजनीतिक हस्तक्षेप अन्त्य, समयमै परीक्षा परिणाम प्रकाशन, कक्षा ५ सम्म परीक्षा हटाउने तथा नागरिकता बिना स्नातक अध्ययन गर्न पाउने व्यवस्था प्रस्ताव गरिएको छ। कृषि क्षेत्र सुधार, सुकुम्बासी समस्या समाधान, सार्वजनिक जग्गा संरक्षण र अपराधसम्बन्धी सम्पत्ति सम्बन्धी कानून सुधार पनि कार्यसूचीमा छन्।
सुरक्षा तथा प्रशासनतर्फ CIB लाई प्रविधियुक्त बनाउने, अन्तर्राष्ट्रिय संकटको अध्ययन गर्ने, भन्सारमा थन्किएका सवारी व्यवस्थापन गर्ने, सार्वजनिक यातायातमा सुरक्षा बढाउने तथा महिलाका लागि निःशुल्क बस सेवा सञ्चालन गर्ने योजना अघि सारिएको छ। साथै, सहकारी बचत फिर्ता प्रक्रिया सुरु गर्ने निर्णय गरिएको छ।
सरकारले यी सबै सुधार कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै पक्षबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै समग्र शासन प्रणालीलाई पारदर्शी, प्रभावकारी र नागरिकमैत्री बनाउने लक्ष्य लिएको जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१४ चैत । नेपाली कांग्रेसले भदौ २३ र २४ गते भएका घटनामा संलग्न सबैलाई कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरेको छ।
शनिबार आधिकारिक धारणा सार्वजनिक गर्दै कांग्रेसले दुवै दिन भएका हिंसा, आगजनी र विध्वंसमा जोसुकै संलग्न भए पनि कारबाही हुनुपर्ने जनाएको हो।
पार्टीका प्रवक्ता देवराज चालिसेद्वारा जारी विज्ञप्तिमा दुवै दिनका घटनामा संलग्नमाथि कारबाही गर्न कांग्रेसको पूर्ण साथ रहने उल्लेख गरिएको छ।
कांग्रेसले भदौ २४ गतेको आगजनी र विध्वंसलाई सरकार र छानबिन आयोगले नजरअन्दाज गर्न नहुनेमा जोड दिएको छ।
‘भदौ २३ को घटनासँगै २४ गतेको विध्वंसमा संलग्न को थिए भन्ने पनि जनताले थाहा पाउनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ।
घटनाको अनुसन्धान र अभियोजन पारदर्शी, निष्पक्ष र विधिसम्मत ढंगले अघि बढाउनुपर्ने कांग्रेसले औंल्याएको छ। आवेग र उत्तेजनाभन्दा बाहिर रही स्थापित कानुनी प्रक्रियाअनुसार दोषीलाई दायरामा ल्याउनुपर्ने पार्टीको धारणा छ।
यसैबीच, पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनप्रति पनि कांग्रेसले प्रश्न उठाएको छ।
प्रतिवेदनले भदौ २३ को घटनालाई विस्तृत रूपमा समेटे पनि २४ गतेको विध्वंसलाई बेवास्ता गरेको भन्दै कांग्रेसले यसलाई एकपक्षीय र अपूर्ण रहेको टिप्पणी गरेको छ।
आयोगको कार्यशैलीले सर्वोच्च अदालतले कार्कीको निष्पक्षतामाथि उठाएको प्रश्नलाई थप बल पुगेको कांग्रेसले जनाएको छ।
क
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१४ चैत । नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा उत्रिएका नेकपा एमालेका कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज गरेको छ।
माइतीघर, बबरमहल क्षेत्रमा भइरहेको प्रदर्शनका क्रममा एक समूह सिंहदरबारको दक्षिण गेटतर्फ अघि बढेपछि प्रहरीले बल प्रयोग गरेको हो।
लाठीचार्जका क्रममा युवराज ओलीसहित केही नेता,कार्यकर्ता घाइते भएका छन्। काठमाडौं महानगर–१ निवासी युवराज ओलीको टाउकोमा लाठी लागेर चोट लागेको बताइएको छ।
घाइते उनलाई तत्काल अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका लागि लगिएको छ। प्रदर्शनस्थलमा लाठीचार्जपछि तनाव बढेको जनाइएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१४ चैत। नयाँ संसदको अधिवेशन आगामी चैत १८ गतेका लागि डाक्ने तयारी गरिएको छ।सरकारले अधिवेशन आह्वानका लागि राष्ट्रपतिलाई पत्र लेखेपछि राष्ट्रपतिले अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था रहेको छ।
सामान्यतया अधिवेशन आह्वान गर्दा कम्तीमा एक साताको समय दिइने प्रावधान रहेको छ। अधिवेशनको पहिलो बैठकमा राष्ट्रपतिले आह्वानसम्बन्धी पत्र पढेर सुनाउने, सरकारले पठाएका महत्वपूर्ण पत्रहरू प्रस्तुत गर्ने तथा दलका नेताहरूलाई शुभकामना मन्तव्यका लागि समय दिने अभ्यास रहँदै आएको छ।
संसदको पहिलो बैठक सिंहदरबारमै बस्ने तयारी गरिएको छ। नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ गराइएको हलमै बैठक सञ्चालन गरिनेछ।
नेपालको संविधानको धारा ९३ अनुसार प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र संघीय संसदको अधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था रहेको छ।
यसै व्यवस्थाअनुसार राष्ट्रपतिले समय–समयमा दुवै वा कुनै एक सदनको अधिवेशन आह्वान गर्ने प्रावधान रहेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस