इँटाभट्टाको पर्खाल भत्किँदा एकको मृत्यु, चारजना घाइते

   चैत ०८, २०८२       admin

काठमाडौं,८ चैत। इँटाभट्टाको पर्खाल भत्किँदा एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। आइतबार बिहान करिब १० बजे हरिसिद्धिस्थित होसना इँटाभट्टामा पर्खाल भत्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

पर्खालबाट खसेको इँटाले च्यापिँदा रुकुमकी ५५ वर्षीया तिल्सरी खड्काको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए।

दुर्घटनामा रुकुमकी २७ वर्षीया जानकी चन्द, सल्यानकी २७ वर्षीया शान्ति कुँवर, रोल्पाकी ४६ वर्षीया नन्दकुमारी मगर र दाङकी १९ वर्षीया सुमा कुमाल घाइते भएका छन्।

घाइतेमध्ये जानकी चन्दको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरू सबैको उपचार मेडिसिटी अस्पताल, ललितपुरमा भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

लिपुलेक हुँदै भारत–चीन व्यापार पुनः सुरु गर्ने तयारी

   चैत ०८, २०८२       admin

काठमाडौं,८ चैत । नेपालले आफ्नो नक्सामा समावेश गरेको लिपुलेक भञ्ज्याङ हुँदै भारत र चीनबीच सीमा व्यापार पुनः सुरु गर्ने तयारी भएको छ। भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार भारतको विदेश मन्त्रालयले उक्त मार्ग हुँदै व्यापार सञ्चालनका लागि अनुमति दिइसकेको छ।

लिपुलेक पास नेपालको पश्चिमी सीमा लिम्पियाधुराबाट करिब ५६ किलोमिटरभित्र पर्ने भूभाग हो। यो क्षेत्र हाल भारतको नियन्त्रणमा रहे पनि नेपालले निरन्तर आफ्नो दाबी प्रस्तुत गर्दै आएको छ।

जुनदेखि सेप्टेम्बरसम्म सञ्चालन हुने व्यापार सत्रका लागि केन्द्र सरकारको निर्देशनअनुसार तयारी सुरु भइसकेको बताइएको छ। स्थानीय रूपमा पुलाङ–गुञ्जी क्षेत्रअन्तर्गत पर्ने यो भञ्ज्याङ कालापानी क्षेत्रका तीन गाउँमध्ये एक हो।

यसअघि सन् २०१५ / २०२० मा भारत र चीनबीच लिपुलेकसम्बन्धी भएका द्विपक्षीय समझदारीप्रति नेपालले कडा विरोध जनाएको थियो।

भारतको विदेश मन्त्रालयले ‘नो अब्जेक्शन सर्टिफिकेट’ ९एनओसी० जारी गरेपछि व्यापार पुनः सञ्चालनको प्रक्रिया अघि बढेको हो। भारतीय विदेश सचिव विक्रम मिस्रीले उत्तराखण्डका मुख्य सचिव आनन्द बर्धनलाई हिमालयन भञ्ज्याङमार्फत व्यापार पुनः सुरु गर्न पत्राचार गरेको उल्लेख गरिएको छ।

नेपालले आफ्नो आधिकारिक नक्सामा महाकाली नदीपूर्वको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेट्दै आएको छ। यस विषयमा नेपालले पुनः कूटनीतिक आपत्ति जनाउने सम्भावना देखिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

होर्मुज नखोले पावर प्लान्टमा आक्रमण गर्ने ट्रम्पको धम्की

   चैत ०८, २०८२       admin

काठमाडौं,८ चैत। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ४८ घण्टाभित्र होर्मुज जलमार्ग पूर्ण रूपमा नखोलिए इरानका ऊर्जा संरचनामाथि आक्रमण गर्ने चेतावनी दिएका छन्।

ट्रम्पले आइतबार सामाजिक सञ्जालमार्फत चेतावनी दिँदै होर्मुज जलमार्ग नखोले अमेरिकाले इरानका पावर प्लान्टहरूलाई निशाना बनाउने बताएका हुन्। उनले आक्रमणको सुरुवात सबैभन्दा ठूलो प्लान्टबाट गरिने उल्लेख गरेका छन्।

यस चेतावनीपछि इरानले पनि कडा प्रतिक्रिया दिएको छ। इरानले आफ्नो ऊर्जा संरचनामाथि आक्रमण भए मध्यपूर्व क्षेत्रमा रहेका अमेरिका र इजरायलसँग सम्बन्धित सबै ऊर्जा पूर्वाधारमा प्रतिआक्रमण गर्ने चेतावनी दिएको हो।

इरानको खातम अल–अन्बिया सेन्ट्रल कमान्डका प्रवक्ता इब्राहिम जुल्फाघारीका अनुसार अमेरिका–इजरायलसँग जोडिएका समुद्री पानी प्रशोधन प्लान्ट र आईटी पूर्वाधारसमेत निशानामा पर्ने बताएका छन्।

इरानमा करिब ११० वटा ग्यासमा आधारित पावर प्लान्ट सञ्चालनमा रहेका छन्, जसमा केही हाइब्रिड प्रणालीका छन्। साथै सौर्य, जलविद्युत्, वायु, तेल, डिजेल, कोइला, जियोथर्मल र आणविक ऊर्जाबाट सञ्चालित प्लान्टहरू पनि रहेका छन्।

यसैबीच, इरानी राष्ट्रपति मसुद पेजेस्कियानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन संवाद गरेका छन्। उनले इरानमाथि भइरहेका आक्रमण रोक्न ब्रिक्स राष्ट्रहरूले सक्रिय भूमिका खेल्नुपर्ने बताएका छन्।

पेजेस्कियानले मध्यपूर्वका देशहरूबीच सहकार्य बढाई नयाँ क्षेत्रीय सुरक्षा प्रणाली निर्माण गर्नुपर्ने र यसले बाह्य हस्तक्षेप कम गर्न मद्दत पुग्ने धारणा व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

अस्थायी कक्षबाटै संसद अधिवेशन सञ्चालन हुने

   चैत ०८, २०८२       admin

काठमाडौ,८ चैत । नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथग्रहण तथा संसद् अधिवेशन सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ। निर्माणाधीन नयाँ संसद् भवन समयमै तयार हुन नसकेपछि सोही भवनभित्र रहेको बहुउद्देश्यीय कक्षलाई अस्थायी रूपमा प्रयोग गर्ने व्यवस्था गरिएको हो। यही कक्षमा सांसदहरूको शपथ तथा आगामी अधिवेशन सञ्चालन गरिनेछ।

संविधानअनुसार निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको ३० दिनभित्र संसद् अधिवेशन आह्वान गर्नुपर्ने प्रावधान रहेकाले अस्थायी व्यवस्थाबाटै काम अघि बढाइएको हो। मुख्य सभाकक्ष निर्माण हुन अझै समय लाग्ने भएकाले केही समयका लागि बहुउद्देश्यीय कक्ष प्रयोग गरिनेछ।

हाल उक्त कक्षमा कुर्सी तथा सिट व्यवस्थापन पूरा भइसकेको छ भने माइक, क्यामेरा र स्क्रिन जडानलगायतका प्राविधिक काम अन्तिम चरणमा पुगेका छन्। चैत १२ गते सांसदहरूको शपथग्रहण गराउने तयारी गरिएको छ।

ओमप्रकाश अर्यालले संसद् अधिवेशन सञ्चालनका लागि सबै तयारी पूरा भएको जानकारी दिएका छन्। उनले निरीक्षणका क्रममा प्रतिनिधि सभाको छुट्टै बैठकका साथै आवश्यक परेमा राष्ट्रिय सभासँग संयुक्त बैठक सञ्चालन गर्न सक्ने गरी पूर्वाधार तयार गरिएको बताए। सभामुखको कार्यकक्षसमेत तयार भइसकेको उनले जानकारी दिए।

उनका अनुसार अस्थायी कक्ष भए पनि सिट, फर्निचर र प्रविधि व्यवस्थापन सन्तोषजनक रहेको छ। साउन्ड सिस्टम र स्क्रिन जडानको काम तीव्र गतिमा भइरहेको छ।

यसअघि २०६४ सालसम्म संसद् बैठक सिंहदरबारस्थित पुतली बगैंचाको भवनमा बस्दै आएको थियो। त्यसपछि संविधान सभा सदस्य संख्या बढेपछि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बैठक बस्ने गरिएको थियो।

तर, जेनजी समूहको नाममा भएको आगजनी र तोडफोडपछि उक्त भवन पूर्ण रूपमा क्षतिग्रस्त बनेको थियो, जसका कारण नयाँ सभाकक्षको अभाव देखिएको हो। उक्त भवनको भाडाबापत संसद् सचिवालयले वार्षिक १० करोड ५८ लाख रुपैयाँ तिर्दै आएको थियो।

हाल करिब पाँच अर्ब रुपैयाँ लागतमा सिंहदरबार परिसरमै नयाँ संसद् भवन निर्माण भइरहेको छ। निर्माणको जिम्मा टुण्डी निर्माण कम्पनी र सेक ९चिनियाँ निर्माण कम्पनी०ले संयुक्त रूपमा लिएका छन्।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ असोज १ गते शिलान्यास गरेको उक्त आयोजना तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर, सम्झौता भएको करिब छ वर्ष बितिसक्दा पनि काम पूरा हुन सकेको छैन।

हालसम्म आयोजनाको भौतिक प्रगति ९३ प्रतिशत र आर्थिक प्रगति ७८ प्रतिशत पुगेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

५० अर्बको निक्षेप संकलन गर्दै राष्ट्र बैंक

   चैत ०८, २०८२       admin

दाङ,८ चैत । नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने निर्णय गरेको छ । बजारमा देखिएको अधिक तरलता नियन्त्रण गर्न बैंकले यस्तो निर्णय गरको हो।

राष्ट्र बैंकले १४ दिनको अवधिका लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम बजारबाट खिच्न लागेको हो ।

यसका लागि बोलकबोल प्रक्रिया आइतबार सञ्चालन हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले दिउँसो ३ बजेसम्म अनलाइन प्रणालीमार्फत बोलकबोल पेश गर्नुपर्नेछ ।

बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ ।

बजारमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले यस प्रकारका उपकरणहरू प्रयोग गर्दै आएको छ । यस निक्षेपको साँवा र ब्याज भुक्तानी चैत २२ गते गरिनेछ ।

यसको ब्याजदर भने बोलकबोल प्रक्रियाबाटै निर्धारण हुनेछ । सहभागी संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ करोड रुपैयाँका गुणकमा, निष्कासित रकमबराबर बोलकबोल गर्न सक्नेछन् ।

रकम बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई पहिलो प्राथमिकता दिँदै क्रमशः वितरण गरिने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सुनको मूल्य तोलामा २ लाख ८२ हजार

   चैत ०८, २०८२       admin

दाङ,८ चैत । बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार एकै दिन प्रतितोला १२ हजार ५ सय रुपैयाँ घट्दै सुनको मूल्य २ लाख ८२ हजार रुपैयाँमा कायम भएको छ ।

अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो । एक साताको अवधिमै सुनको भाउ २७ हजार ४ सय रुपैयाँले घटिसकेको छ ।

चाँदीको मूल्य पनि घटेर ४ हजार ५४० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५०० र त्यति नै परिमाणको चाँदी ६८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

विरामी बोकेको एम्बुलेन्समाथि आक्रमण: चालकमाथि कुटपिट

   चैत ०७, २०८२       admin

दाङ,७ चैत ।नेपालगञ्ज जाँदै गरेको एम्बुलेन्समाथि शनिबार राति आक्रमण भएको छ।


रूकुम पश्चिमको चौरजहारीबाट विरामी बोकेर नेपालगञ्जतर्फ जाँदै गरेको कुमाख गाउँपालिका, सल्यानको एम्बुलेन्समाथि आक्रमण भएको हो।

रामघाट, सुर्खेत (छिन्चु नजिक) राति करिब १० बजेतिर ८–९ जनाको समूहले एम्बुलेन्स रोकेर आक्रमण गरेको जनाइएको छ। एम्बुलेन्समा विरामी र एक जना कुरुवा रहेका थिए।

एम्बुलेन्स चालक वसन्त शर्मालाई गाडीबाट तानेर आक्रमणकारीहरूले कुटपिट गरेका थिए। ज्यानको जोखिम भएपछि उनी भागेर जोगिन सफल भएका थिए। चालक भागेपछि आक्रमणकारीहरूले एम्बुलेन्समा तोडफोड गरेका थिए।

चालक शर्माका अनुसार सडकमा अवरोध सिर्जना गरी एम्बुलेन्स रोकेर एक्कासी हातपात सुरु गरिएको थियो। प्रहरी घटनास्थलमा पुग्दा आक्रमण गर्नेहरु फरार भैसकेको र उनीहरूको खोजीकार्य भैरहेको प्रहरीले बताएको छ।

तोडफोड भएको अवस्थामै एम्बुलेन्सले विरामीलाई लिएर रात नेपालगञ्ज पुगेको हो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कपिलवस्तुमा दुई समुदायबीच झडप: अनिश्चितकालीन निषेधाज्ञा

   चैत ०७, २०८२       admin

दाङ,७ चैत । दुई समुदायबीच उत्पन्न तनावपछि जिल्ला प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ।

आज बिहान मन्दिरमा भजन गाउने क्रममा भएको तोडफोडको विषयलाई लिएर हिन्दु र मुस्लिम समुदायका युवाबीच तनाव सिर्जना भएको थियो।


जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सम्भावित झडप रोक्न आज दिउँसो २ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा लागू गरेको जनाएको छ। निषेधाज्ञा अवधिमा कुनै पनि भेला, सभा तथा जुलुस गर्न नपाइनेछ।


निषेधाज्ञा पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगञ्ज चोक, उत्तरमा महाराजगञ्ज बजार र दक्षिणमा हर्दौनासम्म लागू गरिएको छ।

आज राम नवमी तथा इदका अवसरमा मन्दिर र मस्जिदमा धार्मिक गतिविधि भइरहेका बेला दुवै पक्षबाट माइकको आवाज चर्किएको विषयमा विवाद बढ्दै झडप भएको हो।

झडपका क्रममा ढुङ्गा प्रहार हुँदा पाँच जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सुदूरपश्चिम टोलीको जर्सी सार्वजनिक

   चैत ०७, २०८२       admin

काठमाडौं,७ चैत । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेश क्रिकेट टोलीको जर्सी सार्वजनिक गरिएको छ।


टोलीको मुख्य प्रायोजक एसपीए कलेजका प्रबन्ध निर्देशक सुवास शाही, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बासुदेव जोशी र टोलीका कप्तान शेर मल्लले शनिबार संयुक्त रूपमा जर्सी सार्वजनिक गरेका हुन्।

राष्ट्रिय टोलीका सदस्यसमेत रहेका मल्लको कप्तानीमा रहेको टोलीलाई यस सिजनदेखि एसपीए कलेजले मुख्य प्रायोजन गरेको हो। कलेजले आगामी तीन वर्षका लागि प्रदेशको महिला तथा पुरुष दुवै टोलीलाई प्रायोजन गर्ने जनाएको छ।

कार्यक्रममा प्रबन्ध निर्देशक शाहीले टोलीलाई शुभकामना व्यक्त गर्दै प्रदेशलाई च्याम्पियन बनाउने लक्ष्यका साथ अघि बढ्नुपर्ने धारणा राखे।

प्रादेशिक क्रिकेट संघका अध्यक्ष जोशीले कलेजको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै मैदानमा उत्कृष्ट प्रदर्शनमार्फत विश्वास जित्ने प्रतिबद्धता जनाए।

टोलीमा कप्तान मल्लसहित किरण ठगुन्ना, खडक बोहरा, दीपक बोहरा, हेमन्त धामी, विकास आगरी, अभिषेक पाल, प्रकाश पाण्डेय, मिलन बोहरा, नरेन भट्ट, लोकेन्द्र चन्द, शौर्य श्रेष्ठ, नारायण जोशी, राजु रिजाल र अशोक धामी समावेश छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बसको ठक्करबाट दुई भारतीयको मृत्यु

   चैत ०७, २०८२       admin

काठमाडौ,७ चैत । बसको ठक्करबाट दुई भारतीयको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका–१२ भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार कालिमाटीबाट त्रिपुरेश्वरतर्फ जाँदै गरेको ओमजनता यातायातको बसले ठक्कर दिँदा उनीहरू गम्भीर घाइते भएका थिए।

मृत्यु हुनेमा ४५ वर्षीय पदम उपाध्याय र ३७ वर्षीय सतिशकुमार कुसवाह रहेका छन्। उनीहरूको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ।

बा ३–०१–००५ ख ९२९८ नम्बरको बसको ठक्करबाट घाइते भएका उनीहरूको उपचारका क्रममा ज्यान गएको हो।

घटनाबारे प्रहरी वृत्त कालिमाटीले अनुसन्धान गरिरहेको छ। प्रहरीले बस चालक दोलखा घर भई कपन बस्ने ३५ वर्षीय मानबहादुर बस्नेतलाई पक्राउ गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology