काठमाडौं ,५ चैत । सशस्त्र प्रहरी बलका एक डीएसपीमाथि हातपात भएको छ । कैलालीको टीकापुरस्थित सीमा सुरक्षा गुल्मका प्रमुख डीएसपी प्रदीप पौडेलमाथि बुधबार केही युवाले कार्यालयभित्रै प्रवेश गरेर अभद्र व्यवहार गरेका हुन्।
सशस्त्र प्रहरीका अनुसार तस्करीका सामान बरामद गर्ने क्रममा तस्करीमा संलग्न युवाहरू र सुरक्षाकर्मीबीच विवाद भएको थियो। सोही क्रममा केही युवा गुल्मभित्र प्रवेश गरी डीएसपीमाथि हातपातमा उत्रिएको जनाइएको छ।
घटनाबारे सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले छानबिन सुरु गरेको छ। छानबिनका लागि गुल्मका अधिकांश सुरक्षाकर्मीलाई फिर्ता बोलाइएको छ भने वनभेडा, कैलालीस्थित नम्बर ४३ गणबाट २७ जनाको नयाँ टोली खटाइएको छ।
सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार ४३ गणका प्रमुख एसपी अनिल कार्कीको नेतृत्वमा टोली घटनास्थल पुगेको छ। उनले घटनालाई गम्भीर रूपमा लिइएको र छानबिनपछि आवश्यक कारबाही गरिने बताएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,५ चैत । संघीय संसद सचिवालयले सांसदहरूको शपथग्रहणबारे ६ दलका प्रतिनिधिसँग छलफल गर्ने भएको छ।
सचिवालयले आज दिउँसो २ बजे दलका प्रतिनिधिलाई छलफलका लागि बोलाएको हो। फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि ६ वटा राष्ट्रिय दल बनेका छन्।
यसैबीच निर्वाचन आयोगले पनि आजै राष्ट्रपतिलाई निर्वाचन प्रतिवेदन बुझाउने तयारी गरेको छ।
सचिवालयले आउँदो चैत १२ गते नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथग्रहण गराउने तयारी गरिरहेको छ। सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार आवश्यक परे मिति अघि–पछि गर्न सकिनेछ।
सांसदहरूले शपथग्रहणको भाषा आफैं रोज्न सक्नेछन्। मातृभाषामा शपथ लिन चाहनेले त्यसको व्यहोरा तयार पारेर सचिवालयमा पेस गर्नुपर्ने व्यवस्था छ।
नवनिर्वित सांसदहरूलाई नयाँ संघीय संसद परिसरभित्रको एक हलमा शपथग्रहण गराउने तयारी गरिएको छ भने मुख्य बैठक कक्ष अझै तयार भइसकेको छैन।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,५ चैत। कैलालीको कैलारी गाउँपालिका–५ बजैपुरमा गएराति ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही स्थानका ६० वर्षीय कलसु चौधरी र उनकी ७० वर्षीया श्रीमती सेतानु चौधरी रहेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले उक्त जानकारी दिएका हुन्।
उनका अनुसार ना ६ ख ७७८ नम्बरको ट्रकले गोरुगाडालाई पछाडिबाट ठक्कर दिँदा दुवै जना गम्भीर घाइते भएका थिए। घाइते दम्पतीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गोरुगाडा तान्ने दुवै गोरुको पनि मृत्यु भएको छ। ट्रकसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,५ चैत ।इरानका नेता मुजतबा खमेनेईले इजरायलको आक्रमणमा मारिएका सुरक्षा प्रमुख अली लारिजानीको हत्याको बदला लिने चेतावनी दिएका छन्।
इरानी सञ्चारमाध्यममा प्रकाशित विज्ञप्तिमा उनले लारिजानीजस्ता व्यक्तिको हत्या हुनु उनको महत्व र इस्लामका शत्रुहरूको घृणाको संकेत भएको बताएका छन्। ‘हरेक रगतको आफ्नै मूल्य हुन्छ,’ भन्दै उनले दोषीहरूलाई चाँडै कारबाही गरिने उल्लेख गरेका छन्।
लारिजानी सुप्रिम नेशनल सेक्युरिटी काउन्सिलका सचिव थिए र इरानको सुरक्षा तथा राजनीतिमा प्रभावशाली व्यक्तित्वका रूपमा चिनिन्थे।
गत मार्च १७ मा इजरायलले गरेको हवाई आक्रमणमा उनको मृत्यु भएको थियो। उक्त आक्रमणमा उनका छोरा र केही अंगरक्षक पनि मारिएका थिए। साथै बसिज फोर्सका कमान्डर घोलामरेजा सोलेमानीको पनि मृत्यु भएको बताइएको छ।
यो घटनालाई पछिल्लो द्वन्द्वमा इरानका महत्वपूर्ण नेतामध्ये एकको ठूलो क्षतिका रूपमा हेरिएको छ।
फेब्रुअरी २८ देखि सुरु भएको द्वन्द्वमा अमेरिका र इजरायलका आक्रमणमा धेरै उच्चस्तरीय इरानी नेताहरू मारिएका छन्। त्यसपछि ‘विज्ञहरूको सभा’ले मुजतबा खमेनेईलाई नयाँ सर्वोच्च नेताका रूपमा चयन गरेको थियो।
लारिजानीको मृत्युलाई इरानको नेतृत्वमा ठूलो धक्का मानिएको छ। उनी ‘इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स’सँग निकट सम्बन्ध राख्ने प्रभावशाली नेता थिए र युद्धका बेला राजनीति र सेनाबीच समन्वयकारी भूमिका निर्वाह गर्दै आएका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,४ चैत। निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई बिहीबार ९भोलि० प्रमाणपत्र प्रदान गर्ने भएको छ।
आयोगका अनुसार समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूले बिहीबार बिहान ११ः३० बजे प्रमाणपत्र ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ। कार्यक्रम काठमाडौंस्थित आयोगको प्राङ्गणमा हुनेछ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट समानुपातिकतर्फ ११० जना सांसद निर्वाचित भएका छन्।
प्रत्यक्षतर्फ भने १६५ जना सांसद निर्वाचित भइसकेका छन् र उनीहरूले यसअघि नै प्रमाणपत्र प्राप्त गरिसकेका छन्।
निर्वाचित सांसदहरूको शपथ ग्रहण कार्यक्रम भने चैत १२ गतेका लागि तय गरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, ४ चैत । प्रहरीले दाङको घोराहीबाट लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ। घोराही–१४ स्थित एक गेष्ट हाउसबाट लागूऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा रोल्पा त्रिवेणी गाउँपालिका–२ नुवागाउँका २४ वर्षीय धोजबहादुर घर्ती, सोही स्थानका ३१ वर्षीय हिरामणि घर्ती, माडी गाउँपालिका, दाङ–७ मिसीडाँडाका २६ वर्षीय ईश्वर बुढामगर र घोराही–१४ नवजलजलाका २६ वर्षीय विनय डाँगी रहेका छन्।
गत फागुन २३ गते गरिएको खानतलासीका क्रममा उनीहरूको साथबाट ६० ग्राम ३२० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
त्यसैगरी उनीहरूको साथबाट नगद ३५ हजार ८३५ रुपैयाँसमेत बरामद भएको सूचना अधिकारी रमेश बोहराले जानकारी दिए।
पक्राउ परेकाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,४ चैत । लुम्बिनी प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बढुवा भएका कर्मचारीहरूको पदस्थापन तथा प्रदेश सचिवहरूको जिम्मेवारी हेरफेर गरेको छ।
बैठकले प्रदेश आयोजना बैंक सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०८२ पनि स्वीकृत गरेको स्वास्थ्य मन्त्री खेमबहादुर सारूले जानकारी दिए। उक्त निर्देशिकामार्फत प्रदेशका प्राथमिकता प्राप्त आयोजना छनोट, व्यवस्थापन र कार्यान्वयनलाई व्यवस्थित बनाउने उद्देश्य राखिएको सरकारले जनाएको छ।
निर्णयअनुसार आन्तरिक मामिला तथा कानून मन्त्रालयको सचिवको थप जिम्मेवारी विनोद लामिछाने, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सचिवको थप जिम्मेवारी नारद गौतम र सामाजिक विकास मन्त्रालयको सचिवको जिम्मेवारी दिवाकर भण्डारीलाई दिइएको छ।
प्रदेश स्वास्थ्य सेवातर्फ रोशनलाल चौधरीलाई स्वास्थ्य निर्देशनालय राप्ती उपत्यका (देउखुरी) मा प्रमुख जनस्वास्थ्य प्रशासकका रूपमा पदस्थापन गरिएको छ।
त्यसैगरी डा. राजेन्द्रकुमार गिरीलाई प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र रूपन्देहीमा प्रमुख जनस्वास्थ्य प्रशासकका रूपमा जिम्मेवारी दिइएको छ।
डा. मोहम्मद नुरुल होदालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको जिम्मेवारी दिइएको छ भने अस्पतालका मेसु डा. पदमराज अधिकारीलाई गुल्मी जिल्ला अस्पतालमा पदस्थापन गरिएको छ। डा। शकुन्तला कुमारीलाई रामपुर अस्पतालमा प्रमुख कन्सल्टेन्ट मेडिकल जनरलिस्टको जिम्मेवारी दिइएको छ।
डा. अनुप थापालाई बुटवल प्रादेशिक अस्पतालमा प्रमुख कन्सल्टेन्ट अब्स्टेट्रिक्स एन्ड गायनोकोलोजिस्टका रूपमा पदस्थापन गरिएको छ। त्यस्तै डा.भुवन पौडेललाई सोही अस्पतालमा प्रमुख कन्सल्टेन्ट सर्जन तथा डा. सुरेन्द्र कुँवरलाई प्रमुख कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्टका रूपमा जिम्मेवारी दिइएको छ।
यसैगरी डा। पुष्पराज जोशीलाई प्रमुख कन्सल्टेन्ट जनरल फिजिसियन, डा। कृष्णहरि सुवेदीलाई प्रमुख कन्सल्टेन्ट पेडियाट्रिसियन र डा। प्रभात पोख्रेललाई प्रमुख कन्सल्टेन्ट डर्माटोलोजिस्टका रूपमा लुम्बिनी प्रादेशिक अस्पतालमा पदस्थापन गरिएको छ।
डा। गोपालप्रसाद ज्ञवालीलाई सोही अस्पतालमा प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक सर्जनको जिम्मेवारी दिइएको छ।
त्यसैगरी प्रदेश इन्जिनियरिङ सेवातर्फ अनिल मरासिनीलाई यातायात पूर्वाधार निर्देशनालयमा सुपरिटेन्डेन्ट इन्जिनियरका रूपमा पदस्थापन गरिएको छ भने प्रदेश वन सेवातर्फ ईश्वरीप्रसाद पौडेललाई वन महानिर्देशकको जिम्मेवारी दिइएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
रुकुम पूर्व,४ चैत । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनमा पुथा उत्तरगंगा गाउँपालिका जिल्लामा पहिलो भएको छ।
आर्थिक वर्ष २०८१/८२ का लागि गरिएको मूल्याङ्कनमा पुथा उत्तरगंगाले ६३.९७ अंक प्राप्त गर्दै जिल्लाका अन्य पालिकालाई उछिनेको हो।
आयोगका अनुसार दोस्रो स्थानमा भूमे गाउँपालिका रहेको छ, जसले ६३.६३ अंक प्राप्त गरेको छ। सदरमुकामसमेत रहेको सिस्ने गाउँपालिका भने ६०.७७ अंकसहित तेस्रो स्थानमा सीमित भएको छ।
आयोगले भूगोल, जनसंख्या, मानव विकास सूचकाङ्क, सेवा प्रवाह र वित्तीय अनुशासनलगायत १७ सूचकका आधारमा मूल्याङ्कन गरेको जनाएको छ। यही आधारमा आगामी आर्थिक वर्षका लागि स्थानीय तहले पाउने वित्तीय समानीकरण अनुदान र वित्तीय हस्तान्तरण निर्धारण हुने संवैधानिक व्यवस्था रहेको छ।
भौगोलिक रूपमा दुर्गम मानिने पुथा उत्तरगंगाले सीमित स्रोत र साधनका बाबजुद कार्यसम्पादनमा उल्लेखनीय सुधार गरेको जनाएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धुर्व बिकले चुनौतीबीच स्रोतको प्रभावकारी परिचालन गर्दै सेवा प्रवाह सुधार्दा यो नतिजा सम्भव भएको बताए।
आगामी दिनमा कमीकमजोरी सुधार गर्दै कार्यसम्पादनलाई अझ सुदृढ बनाइने उनले उल्लेख गरेका छन्। यसअघिका वर्षहरूमा प्रतिस्पर्धामा अगाडि रहेका भूमे र सिस्ने यसपटक भने पुथा उत्तरगंगाभन्दा पछि परेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,४ चैत। खोटाङमा हेलिकप्टर दुर्घटना भएको छ। केपिलासगढी गाउँपालिका–२ क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको जिल्ला प्रशासन कार्यालय खोटाङले पुष्टि गरेको छ। प्रमुख जिल्ला अधिकारी रेखा कडेलका अनुसार काठमाडौंबाट शव बोकेर खोटाङ पुगेको हेलिकप्टर अवतरणका क्रममा दुर्घटनामा परेको हो।
एयर डाइनेस्टीको हेलिकप्टर खोटाङको बालाबेसी क्षेत्रमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।
कार्यालयका प्रवक्ता सन्तुष्टकुमार विष्टका अनुसार बिहान ११ बजेर ९ मिनेटमा उडेको हेलिकप्टरमा चालक दलका एक सदस्यसहित ६ जना सवार थिए। दुर्घटनामा एक जना सामान्य घाइते भएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,४ चैत । प्रहरीले लागुऔषध खैरो हिरोइनसहित सात जनालाई पक्राउ गरेको छ । झापाको भद्रपुर नगरपालिकाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार भद्रपुर–६ स्थित श्रवण यादवको घरमा गएराति गरिएको खानतलासीका क्रममा खैरो हिरोइन बरामद गरिएको थियो। सोही स्थानबाट तीन जना पक्राउ परेका छन्।त्यसैगरी भद्रपुर बसपार्क क्षेत्रबाट चार जनालाई खैरो हिरोइनसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस