सुनचाँदीको मूल्यमा गिरावट

   चैत ०४, २०८२       admin

दाङ,४ चैत । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ। सुन प्रतितोला २ हजार २०० रुपैयाँ र चाँदी प्रतितोला १८५ रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ७०० रुपैयाँ र चाँदी प्रतितोला ५ हजार १५० रुपैयाँ कायम भएको छ।

मंगलबार सुन प्रतितोला ३ लाख ९ हजार ९०० रुपैयाँ र चाँदी ५ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा भने एक औँस सुन ५ हजार अमेरिकी डलर र चाँदी ८२ अमेरिकी डलरमा कारोबार भइरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

राप्ती साहित्य परिषद्ले स्रष्टा सम्मान गर्ने

   चैत ०४, २०८२       admin

दाङ,४ चैत । राप्ती साहित्य परिषद् दाङ शाखाले यस वर्ष पनि स्रष्टा सम्मानसहित साधारण सभा गर्ने भएको छ। कार्यक्रम चैत २१ गते आयोजना गरिने जनाइएको छ।

पुरस्कार वितरणका लागि प्रतिभा छनोट समिति समेत गठन गरिएको छ। समितिको संयोजकमा परिषद्का केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक शर्मा ‘सुमीर’ रहेका छन् भने सदस्यमा केन्द्रीय सचिव शारदा शर्मा र दाङ शाखाका निवर्तमान सचिव प्रकाश केसी रहेका छन्।

दाङ शाखामा विभिन्न व्यक्तिहरूद्वारा स्थापना गरिएका चार पुरस्कारअन्तर्गत छनोट भएका स्रष्टाहरूलाई पुरस्कृत गरिनेछ। साथै २–३ जना अग्रज स्रष्टालाई सम्मान गरिने र साधारण सभा तथा साहित्यिक कार्यक्रमसमेत आयोजना गरिने शाखाका अध्यक्ष यम रेग्मीले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

वन्यजन्तुका अंग लुकाएको आरोपमा १३ प्रहरीमाथि कारबाही

   चैत ०४, २०८२       admin

काठमाडौं,४ चैत। कैलालीमा वन्यजन्तुका अंग बरामद गरिएको घटनामा मुद्दा कमजोर बनाइएको आरोपमा प्रहरी निरीक्षक दानसिंह भण्डारीसहित १३ जना प्रहरीमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ।

प्रदेश प्रहरी कार्यालय धनगढीको निर्देशनमा ती सबै प्रहरीलाई जिल्ला प्रहरी कार्यालय कैलाली तानिएको स्रोतले जनाएको छ। उनीहरूमाथि सोधपुछपछि थप कारबाही प्रक्रिया अघि बढाइने बताइएको छ।

गत साउन ९ गते गोदावरी नगरपालिका–८बाट दुई भरुवा बन्दुक, चित्तलको सिङ र खुट्टासहित २३ वर्षीय चन्द्रबहादुर चौधरी र राजकुमार चौधरी पक्राउ परेका थिए। तर मुद्दा दर्ता गर्ने क्रममा बरामद चित्तलको सिङ र खुट्टा विवरणबाट हटाइएको पाइएपछि अनुसन्धान अधिकृतका रूपमा कार्यरत दानसिंह भण्डारीसहितका प्रहरीमाथि छानबिन सुरु गरिएको थियो।

छानबिनका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवको नेतृत्वमा समिति गठन गरेको थियो। समितिले प्रतिवेदनमा वन्यजन्तुका अंग लुकाउन प्रहरीकै संलग्नता देखिएको निष्कर्ष निकाल्दै नियमअनुसार कारबाही गर्न सिफारिस गरेको छ।

यद्यपि प्रतिवेदन बुझाएको तीन महिना बितिसक्दा पनि कारबाही कार्यान्वयनमा ढिलाइ भएको देखिएको छ। प्रहरीका अनुसार प्रतिनिधि सभा निर्वाचनका कारण प्रक्रिया प्रभावित भएको हो।

तत्कालीन इलाका प्रहरी कार्यालय माला खेतीमा कार्यरत अधिकांश प्रहरी सरुवा भइसकेका भए पनि उनीहरूलाई कार्यरत रहेकै स्थानबाट जिल्ला हाजिर हुन निर्देशन दिइएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मोटरसाइकल दुर्घटनामा परेर एकजनाको मृत्यु

   चैत ०४, २०८२       admin

दाङ,४ चैत । दाङमा मोटरसाइकल दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ।

गढवा गाउँपालिका–५ बाँकीमा मंगलबार साँझ करिब ७:३० बजे भएको दुर्घटनामा रा ६ प १७६९ नम्बरको मोटरसाइकल चालक सोही स्थानका अन्दाजी ४२ वर्षीय भानु रिजालको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबलबहादुर बमले जानकारी दिए।

स्थानीयका अनुसार रा १ त ३४२९ नम्बरको ट्र्याक्टर बाटो क्रस गर्ने क्रममा रोकिएको अवस्थामा पछाडिबाट आएको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

रविको मुद्दामा बिहिवार फैसला आउन सक्छ: त्रिपाठी

   चैत ०३, २०८२       admin


काठमाडौ,३ चैत । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रवि लामिछानेसम्बन्धी मुद्दामा नेपालको सर्वोच्च अदालतमा जारी सुनुवाइ बिहीबार सकिने र सोही दिन फैसला आउन सक्ने बताएका छन्।


उनका अनुसार अन्य सबै पक्षको बहस सकिएको छ भने अब उनको मात्र जवाफी बहस बाँकी रहेकाले मुद्दा चाँडै किनारा लाग्ने सम्भावना रहेको छ। “अरू सबै बहस सिद्धिसकेको छ, मेरो मात्र जवाफी बहस बाँकी छ,” उनले भने, “बिहीबार बहस टुंगिन्छ र अदालतले निर्णय सुनाउँछ भन्ने आशा छ।”

न्यायाधीशद्वय शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा उक्त रिटमाथिको सुनुवाइ तेस्रो दिन पनि ‘हेर्दाहेर्दै’मा राखिएको छ।

त्रिपाठीका अनुसार बिहीबार नै फैसला आउने सम्भावना प्रबल रहे पनि इजलासले आवश्यक ठानेमा निर्णयका लागि छुट्टै मिति तोक्न सक्ने विकल्प खुला छ।

यसअघि महान्यायाधिवक्ता सविता भण्डारी बरालले गत पुस ३० गते लामिछानेमाथि लागेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग हटाउँदै सहकारी ठगीसम्बन्धी मुद्दा मात्र कायम राख्न स्वीकृति दिएकी थिइन्।

लामिछानेले आफूमाथि राजनीतिक प्रतिशोध गरिएको दाबी गर्दै दिएको निवेदन तथा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४को दफा ३६का आधारमा उक्त निर्णय गरिएको थियो।

उक्त निर्णयपछि पोखरा, काठमाडौं, पर्सा, चितवन र रूपन्देहीका सरकारी वकिल कार्यालयहरूले अभियोग संशोधनका लागि सम्बन्धित जिल्ला अदालतमा निवेदन दिएका थिए।

तर महान्यायाधिवक्ताको निर्णय गैरकानुनी भएको दाबी गर्दै दायर रिटका आधारमा कास्की र रूपन्देही जिल्ला अदालतले अभियोग संशोधनसम्बन्धी निवेदनमा हाल कुनै निर्णय नगर्ने आदेश दिएका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सरकारी ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

   चैत ०३, २०८२       admin

काठमाडौं ,३ चैत ।चालु आर्थिक वर्ष २०८२/८३ को सुरुमा २६ खर्ब ७४ अर्ब ४ करोड रहेको कुल सार्वजनिक ऋण फागुन मसान्तसम्ममा बढेर २८ खर्ब ७८ अर्ब २९ करोड पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आठ महिनामा मात्र २ खर्ब ४ अर्ब २४ करोड सरकारी ऋण थपिएको हो।

कार्यालयका अनुसार हालसम्म १३ खर्ब ४८ अर्ब ११ करोड ५७ लाख आन्तरिक र १५ खर्ब ३० अर्ब १८ करोड बाह्य ऋण तिर्न बाँकी रहेको छ।

कुल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५३.१६ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४६.८४ प्रतिशत रहेको छ। कुल गार्हस्थ्य उत्पादनको अनुपातमा सार्वजनिक ऋण ४७.१३ प्रतिशत पुगेको छ।

सरकारले चालु आर्थिक वर्षका लागि ५ खर्ब ५९ अर्ब ऋण परिचालन गर्ने लक्ष्य राखेकोमा फागुन मसान्तसम्म २ खर्ब ९५ अर्ब १९ करोड मात्र उठेको छ, जुन वार्षिक लक्ष्यको ५०.४४ प्रतिशत हो।

आन्तरिकतर्फ ३ खर्ब ६२ अर्ब उठाउने लक्ष्य रहेकामा २ खर्ब ४३ अर्ब ६६ करोड (६७.३१ प्रतिशत) संकलन भइसकेको छ। बाह्यतर्फ २ खर्ब ३३ अर्ब ६६ करोड ३१ लाख उठाउने लक्ष्य राखिए पनि हालसम्म ५६ अर्ब ८० करोड (२४.३१ प्रतिशत) मात्र उठेको छ।

सरकारले चालु वर्षमा ऋणको साँवा–ब्याज तिर्न ४ खर्ब ११ अर्ब १ करोड विनियोजन गरेकोमा फागुन मसान्तसम्म २ खर्ब ४२ अर्ब २६ करोड भुक्तानी भइसकेको छ, जुन कुल विनियोजनको ५८.९४ प्रतिशत हो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

नाइजेरियामा आत्मघाती आक्रमण, कम्तिमा २३ को मृत्यु

   चैत ०३, २०८२       admin

काठमाडौं,३ चैत । नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा भएको आत्मघाती आक्रमणमा कम्तिमा २३ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्। प्रहरीका अनुसार घटना मङ्गलबार भएको हो।

यसअघि सैन्य केन्द्र र डिसेम्बरमा मस्जिदमा भएको बम विस्फोटपछि सहर अशान्त बन्दै आएको छ। लामो समयदेखि जारी विद्रोह ग्रामीण क्षेत्रमा फैलिँदै जाँदा अवस्था थप जटिल बन्दै गएको छ।

बोको हराम र इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रोभिन्सका लडाकुहरूले पछिल्लो समय उत्तरपूर्वी नाइजेरियामा आक्रमण बढाएको जनाइएको छ।

उनीहरूको करिब १६ वर्षदेखिको हिंसात्मक अभियानमा ४० हजारभन्दा बढी मानिसको ज्यान गएको छ भने करिब २० लाख विस्थापित भएका छन्।

प्रहरी प्रवक्ता नाहुम केनेथ दासोले प्रारम्भिक अनुसन्धानले घटना संदिग्ध समूहद्वारा गरिएको देखाएको बताएका छन्। यद्यपि, जिहादीविरुद्धका एक सदस्यलाई उद्धृत गर्दै एएफपीले मृतक संख्या ३१ पुग्न सक्ने जनाएको छ।

आक्रमणकारीहरूले मुख्य बजार, मैदुगुरी विश्वविद्यालय शिक्षण अस्पतालको गेट र हुलाक कार्यालय नजिकको फ्लाइओभर क्षेत्रमा आक्रमण गरेको बताइएको छ।


प्रहरीका अनुसार प्रभावित क्षेत्रमा अवस्था सामान्य बनाइएको छ भने मैदुगुरी र आसपासका क्षेत्रमा थप घटना हुन नदिन सुरक्षा निगरानी बढाइएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

नवनिर्वाचित सांसदहरूलाई आजदेखि अभिमुखीकरण

   चैत ०३, २०८२       admin

दाङ,३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि आजदेखि अभिमुखीकरण कार्यक्रम सुरु गर्ने भएको छ।

दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा सांसदहरूलाई संसदीय अभ्यास, नीति निर्माण प्रक्रिया, संसदको कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारीबारे जानकारी गराइने पार्टीका प्रवक्ता मनिष झा ले जानकारी दिएका छन्। साथै पार्टीले अवलम्बन गर्ने नीतिबारे पनि छलफल गरिनेछ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिक प्रणालीबाट १ सय ८२ सिट हासिल गरेको छ। पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटी ले नवनिर्वाचित सांसदहरूलाई कार्यक्रममा अनिवार्य उपस्थित हुन आग्रह गर्दै छ बुँदे निर्देशन जारी गरेका छन्।

निर्देशनअनुसार कार्यक्रम हलभित्र मोबाइल फोन प्रयोग गर्न पाइने छैन भने अन्य व्यक्ति वा पाहुनाको प्रवेशसमेत निषेध गरिएको छ। परिवारका सदस्य, साथी वा अन्य अतिथिलाई होटलमा आमन्त्रण नगर्न पनि भनिएको छ।

सांसदहरूका चालक तथा अन्य सहयोगीको भोजन र आवासको व्यवस्था सम्बन्धित सांसदहरूले आफैं गर्नुपर्नेछ। साथै कार्यक्रममा सहभागी सांसदहरूले परिवारका सदस्य वा अन्य व्यक्तिसँग भेटघाट, फोटो खिच्ने वा बैठक नगर्न पनि निर्देशन दिइएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

फेरि बढ्यो सुनचाँदीको भाउ

   चैत ०३, २०८२       admin

दाङ, ३ चैत । नेपाली बजारमा मंगलबार सुनचाँदीको भाउ पुनः बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले वृद्धि भई ३ लाख ९ हजार ९ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुन प्रतितोला ३ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको भाउ पनि तोलामा ७० रुपैयाँले बढ्दै ५ हजार ३३५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदीको मूल्य ५ हजार २६५ रुपैयाँ रहेको थियो।

यसअघि गत माघ १५ गते सुनचाँदीको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो। उक्त दिन सुन प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ र चाँदी ७ हजार ५०५ रुपैयाँसम्म पुगेको रेकर्ड रहेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

हत्या अभियोगमा बुवा पक्राउ,छोरा फरार

   चैत ०३, २०८२       admin

काठमाडौँ,३ चैत । स्वामीकार्तिक खापर गाउँपालिका–२ पुडेनीका ३५ वर्षीय सर्बाश बुढाको हत्या गरेको अभियोगमा ४० वर्षीय धनबहादुर महतरालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार धनबहादुर र उनका १८ वर्षीय छोराले ढुङ्गा प्रहार गर्दा सर्बाशको घटनास्थलमै मृत्यु भएको हो। घटनाको जानकारी पाएपछि अस्थायी प्रहरी पोष्ट मुक्तिकोट बाट खटिएको टोलीले धनबहादुरलाई पक्राउ गरेको जनाएको छ।

घटनामा संलग्न भनिएका उनका छोरा फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। साथै घटनाबारे थप अनुसन्धान जारी रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology