काठमाडौँ,१ चैत । डोनाल्ड ट्रम्प लामो समयसम्म चल्ने सैन्य संलग्नताबाट बच्न र ऊर्जा बजारमा पर्ने असर सीमित राख्न चाहन्छन्, तर इजरायल भने आक्रामक रणनीतिमा अघि बढिरहेको बताइएको छ।
विश्लेषणअनुसार इरानले वर्तमान संघर्षलाई अस्तित्वकै प्रश्नका रूपमा हेरेको छ। यही कारण युद्ध सहजै रोक्ने अवस्था नदेखिएको उल्लेख गरिएको छ।
सन् १९४५ मा पारित संयुक्त राष्ट्रसंघको चार्टरले आत्मरक्षाबाहेक बल प्रयोग गर्न निषेध गरेको भए पनि इतिहासमा भएका धेरै युद्धले यस सिद्धान्त उल्लंघन गरेका छन्। हालको युद्ध पनि अन्तर्राष्ट्रिय कानुनविपरीत भएको टिप्पणी गरिएको छ।
अमेरिकी अधिकारीहरूले कहिले इरानमा शासन परिवर्तनको कुरा गरेका छन् भने कहिले यो अभियान केवल आणविक तथा ब्यालिस्टिक मिसाइल केन्द्र र नौसैनिक संरचना नष्ट गर्ने लक्ष्यमा सीमित रहने बताएका छन्। राष्ट्रपति ट्रम्पले भने इरानलाई बिनासर्त आत्मसमर्पण गर्न आह्वान गरेका छन्।
युद्धका कारण विश्व ऊर्जा बजारमा पनि प्रभाव देखिएको छ। कच्चा तेलको मूल्य करिब २९ प्रतिशत बढेर प्रतिब्यारेल झन्डै १२० डलरसम्म पुगेको बताइएको छ।
यसबीच इरानले खाडी क्षेत्रका अमेरिकी सैन्य अड्डा तथा ऊर्जा संरचनामा आक्रमण गरेको र विश्वको करिब २० प्रतिशत तेल तथा ग्यास आपूर्ति हुने हर्मुज जलडमरू मा दबाब बढाएको बताइएको छ।
विश्लेषकहरूका अनुसार यदि इरानको शासन परिवर्तन भए पनि त्यसपछि स्थिर र मध्यमार्गी सरकार आउने सुनिश्चितता छैन। बरु क्षेत्रीय अस्थिरता, चरमपन्थ र आणविक जोखिम बढ्ने सम्भावना रहेको उनीहरूको भनाइ छ।
यसैबीच बेन्जामिन नेतन्याहु नेतृत्वको इजरायलले इरान, गाजा र हिजबुल्लाहविरुद्ध “पूर्ण विजय” हासिल गर्ने लक्ष्य राखेको बताइएको छ। तर यस्तो लक्ष्यले युद्ध झनै लम्बिन सक्ने र क्षेत्रीय तनाव बढ्ने विश्लेषण गरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१ चैत । गत वैशाखदेखि फागुन मसान्तसम्म देशभर ६ हजार ७९९ वटा विपद्का घटना भएका छन्। राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण का अनुसार ११ महिनाको अवधिमा विपद्का कारण ४६४ जनाको मृत्यु भएको छ।
उक्त अवधिमा ३८ जना बेपत्ता भएका छन् भने एक हजार ८१४ जना घाइते भएका छन्। विपद्का कारण १२ हजार ४५८ घरपरिवार प्रभावित भएका प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार सो अवधिमा सबैभन्दा बढी आगलागीका घटना भएका छन्। तीन हजार ३३९ आगलागीका घटनामा ९८ जनाको मृत्यु भएको छ।
त्यसैगरी बाढीका ३१८, पहिरोका ५९०, भारी वर्षाका ४२९, चट्याङका ३६७, सर्पदंशका ५९२ र डढेलोका २४६ घटना भएका छन्।
यस्तै हावाहुरीका २९२, जनावरको आक्रमणका ४८८, लेक लागेका ११९, हिमपहिरोका ५, भूकम्पका ७ र डुङ्गा पल्टेका २ वटा घटना भएका छन्।
प्राधिकरणका अनुसार फागुन २९ बिहानदेखि ३० गते बिहानसम्म मात्र देशभर २९ वटा विपद्का घटना भएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
कपिलवस्तु,३० फागुन । कपिलवस्तुका छुट्टाछुट्टै स्थानमा भएका मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।
शुक्रबार राति तौलिहवा–बहादुरगन्ज सडकखण्डअन्तर्गत महाराजगञ्ज नगरपालिका–३ गनबरियामा भारतीय नम्बरको मोटरसाइकल दुर्घटना हुँदा कृष्णनगर नगरपालिका–१ बढैयाका २५ वर्षीय विनय चौधरीको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि भैरहवास्थित मेडिकल कलेज लगिएकोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए। दुर्घटनामा घाइते २८ वर्षीया पुष्पा चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ।
यसैगरी, यशोधरा गाउँपालिकाको बसन्तपुर–पुन्हिवा सडकखण्डमा लु २४ प ७०९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चालक यशोधरा गाउँपालिका–१ का ४२ वर्षीय रमकुमार चौधरीको मृत्यु भएको छ। घाइते चौधरीलाई उपचारका लागि कपिलवस्तु अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
त्यस्तै, तौलिहवा–गोरुसिंगे सडकखण्डमा लु ९७ प ०९४६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार यशोधरा गाउँपालिका–४ का ६५ वर्षीय गोमतीप्रसाद यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक सोही स्थानका ५५ वर्षीय गिरीजेश कुमार पाण्डेय घाइते भएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,३० फागुन । नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फ पठाउने नाम टुंग्याउने तयारी गरेको छ।
पार्टीका महामन्त्री गुरुराज घिमिरे का अनुसार बन्दसूचीमा रहेका उम्मेदवारबाट क्लस्टर मिलाएर नाम पठाउने विषयमा छलफल भइरहेको छ।
उनले क्लस्टर मिलाएर सबै समूहको प्रतिनिधित्व हुने गरी नाम तय गरी निर्वाचन आयोग मा पठाउने तयारी भइरहेको बताए।
“क्लस्टर मिलाएर सबैको प्रतिनिधित्व हुने गरी आयोगमा नाम बुझाउने तयारी गरेका छौँ। भोलिसम्म पठाउँछौँ, अहिलेसम्म नाम टुंगिएको छैन,” उनले भने।
महामन्त्री घिमिरेका अनुसार अहिले पार्टीभित्र समानुपातिकतर्फ आयोगमा पठाइने नामबारे गृहकार्य भइरहेको छ।
यस निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट जितेको छ भने समानुपातिकतर्फ १७ लाख ५९ हजार १७२ मत प्राप्त गर्दै ३८ सिट पाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,३० फागुन । प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना सकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नयाँ सरकार गठनको तयारीमा लागेको छ।
निर्वाचन आयोग र संघीय संसद् सचिवालय ले आवश्यक प्रक्रिया पूरा गरेपछि चैतको पहिलो सातासम्म नयाँ सरकार गठन हुने सम्भावना रहेको छ।
मतपरिणामको अन्तिम प्रतिवेदन राष्ट्रपति कार्यालय मा बुझाएपछि सरकार गठन प्रक्रिया सुरु हुनेछ। यस निर्वाचनमा रास्वपाले झण्डै दुई तिहाइ मतसहित १८२ सिट जितेको जनाएको छ।
रास्वपाले सरकार बनाउने र बालेन शाह ले नेतृत्व गर्ने चर्चा भइरहेका बेला सरकारको स्वरूप र प्राथमिकताबारे बहस सुरु भएको छ।
रास्वपाका नेताका अनुसार अब बन्ने सरकारले निर्वाचनअघि सार्वजनिक गरेको वाचापत्रलाई प्राथमिक आधार बनाएर काम गर्नेछ। वाचापत्रअनुसार सरकारी सेवाभित्र रहेको दलगत ट्रेड युनियन व्यवस्था खारेज गर्ने नीति पार्टीले अघि सारेको छ।
रास्वपाले प्रशासनलाई पूर्ण रूपमा पेसागत, तटस्थ र उत्तरदायी बनाउने उद्देश्यसहित कर्मचारीका दलगत संघ–संगठन हटाउने योजना अघि सारेको जनाएको छ।
हाल लागू रहेको निजामती सेवा ऐन मा कर्मचारीहरूको ट्रेड युनियनको व्यवस्था छ। नयाँ सरकारले उक्त व्यवस्था हटाउने निर्णय गरे निजामती सेवा ऐन संशोधन वा नयाँ ऐन ल्याउनुपर्ने देखिएको छ।
यस विषयमा पार्टीभित्र आवश्यक गृहकार्य भइरहेको रास्वपाका नेताहरूले बताएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ ,२९ फागुन । वन तथा वातावरण मन्त्रालय ले ‘वन तथा वातावरण क्षेत्रको लैङ्गिक समानता, अपाङ्गतामैत्री तथा सामाजिक समावेशीकरण रणनीति तथा कार्यान्वयन योजना २०८२–२०९१ (जेड्सी)’ लागू गरेको छ।
फागुन १५ गते स्वीकृत भएको उक्त रणनीति सार्वजनिक गर्दै माधवप्रसाद चौलागाईं ले वन क्षेत्रमा लैङ्गिक सहभागिताले महिलाको नेतृत्व विकासमा महत्वपूर्ण टेवा पुर्याएको बताए। उनले रणनीतिलाई व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न जोड दिए।
मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मा ले रणनीति कार्यान्वयनलाई सम्बन्धित निकायको मुख्य दायित्व रहेको बताए।
रणनीतिमा ७४ वटा कार्ययोजना समेटिएका छन्। यसअनुसार प्रत्येक पाँच वर्षमा रणनीति पुनरावलोकन गर्ने र तीन वर्षमा वन क्षेत्रमा लैङ्गिक मूलप्रवाहीकरणसम्बन्धी राष्ट्रिय कार्यशाला आयोजना गर्ने व्यवस्था गरिएको छ।
यस्तै महिला कर्मचारीका लागि वन परिसरमा शिशु स्याहार केन्द्र स्थापना, सरुवा गर्दा दुई वर्षसम्म साना बच्चा भएका कर्मचारीलाई प्राथमिकता दिने, दम्पतीलाई सम्भव भएसम्म एउटै जिल्लामा सरुवा गर्ने तथा कार्यालयहरूलाई महिला र अपाङ्गमैत्री बनाउने व्यवस्था रणनीतिमा समावेश गरिएको छ।
कार्यक्रममा पार्वता गौतम, राकेश कर्ण, डा. घनश्याम गुरुङ र कञ्चन लामा लगायतले रणनीतिको महत्वबारे धारणा राखेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२९ फागुन । स्थानीय तह र प्रदेशसभामा ३० भन्दा बढी जनप्रतिनिधिको पद रिक्त भएका छन्। प्रतिनिधिसभा सदस्यको निर्वाचन लड्न स्थानीय तह तथा प्रदेशसभा सदस्यहरूले पद त्याग गरेपछि ती पदहरू खाली भएका हुन्।
रिक्त पदमा उपनिर्वाचन हुने वा नहुने विषयमा भने अहिलेसम्म स्पष्ट निर्णय भएको छैन। स्थानीय तह निर्वाचन ऐनको दफा ३ को उपदफा २ अनुसार पदावधि एक वर्षभन्दा बढी बाँकी रहँदा कार्यकारी पद रिक्त भए उपनिर्वाचन गर्न सकिने व्यवस्था छ।
स्थानीय तहको निर्वाचन २०७९ साल वैशाखमा र प्रदेशसभा सदस्यको निर्वाचन सोही वर्ष मंसिरमा भएको थियो। यस आधारमा दुवै तहका जनप्रतिनिधिको कार्यकाल अझै एक वर्षभन्दा बढी बाँकी रहेको देखिन्छ।
निर्वाचन आयोग का सूचना अधिकारी सुमन घिमिरे का अनुसार उपनिर्वाचनबारे निर्णय आयोग र सरकारबीचको परामर्शपछि हुनेछ। उनले भने, “निर्वाचन आयोग र सरकारको सल्लाहअनुसार उपनिर्वाचनबारे निर्णय हुन्छ। निर्वाचन गर्नुपर्ने भए आगामी चैत महिनाभित्र मिति घोषणा गरिए सहज हुन्छ।”
हाल काठमाडौं महानगरपालिका को प्रमुख पदसहित विभिन्न पद रिक्त रहेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
सुर्खेत ,२९ फागुन । १६ वर्षीया इनिसा बिकको बलात्कारपछि हत्या भएको भनिएको घटनामा प्रहरीले वैज्ञानिक ढङ्गले अनुसन्धान अघि बढाएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक सुधिरराज शाहीका अनुसार घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली, पोलिग्राफ परीक्षण गर्ने विज्ञ टोली तथा सीडीआर विश्लेषकसहितको समूह सुर्खेतमा खटिएको छ।
नेपालगन्जबाट गएको पोलिग्राफ विज्ञ टोलीले अभियुक्तहरूको बयान परीक्षण गरेर सत्यता पत्ता लगाउनेछ। प्रहरीले घटनाको निष्कर्षमा पुग्ने क्रममा सामाजिक सञ्जालमा विभिन्न कोणबाट बहस भइरहेकाले थप वैज्ञानिक विधिबाट अनुसन्धान अघि बढाइएको जनाएको छ।
प्रहरीका अनुसार घटनाको प्रारम्भिक अनुसन्धान सकिएको छ भने पोस्टमार्टम रिपोर्ट पनि प्राप्त भइसकेको छ। मोबाइललगायत सामग्री फरेन्सिक परीक्षणका लागि पठाइएको छ।
साथै टक्सिकोलोजिकल र बायो–सेरोलोजिकल परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशालामा नमुना पठाइएको प्रहरीले जनाएको छ।
भेरी अस्पताल, बाँकेका फरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्य को टोलीले गरेको पोस्टमार्टम रिपोर्टमा जबरजस्ती करणीका क्रममा संवेदनशील अङ्गमा गम्भीर चोट लागी अत्यधिक रक्तस्राव हुँदा मृत्यु भएको हुन सक्ने उल्लेख गरिएको छ।
प्रहरीका अनुसार घटनामा संलग्न भएको आरोपमा एक १६ वर्षीय किशोरलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ। उनले इनिसा आफ्नो प्रेमिका भएको र सहमतिमै यौन सम्बन्ध राखिएको बयान दिएका छन्।
घटनास्थलको प्रारम्भिक अनुसन्धानमा मृतकको शरीरका अन्य भागमा चोटपटक नदेखिएको तर यौनाङ्गबाट अत्यधिक रक्तस्राव भएको संकेत भेटिएको प्रहरीले जनाएको छ। घटनास्थल वरिपरि रगतको दाग तथा मृतकका जुत्ता, मोजा र अन्य सामग्री फेला परेको प्रहरी स्रोतले जनाएको छ।
प्रहरीले सबै परीक्षणको प्रतिवेदन आएपछि घटनाबारे अन्तिम निष्कर्षमा पुगिने जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२९ फागुन ।देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित २१ जना पक्राउ परेका छन्।
प्रहरीको नियमित गस्तीका क्रममा काठमाडौँ, बर्दिया, कैलाली, सुनसरी, नवलपरासी पूर्व, दाङ, रुपन्देही र मकवानपुर बाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूबाट गाँजा, खैरो हिरोइन तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि बरामद गरिएको प्रहरीले जनाएको छ।
उनीहरूमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,२९ फागुन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान निधन भएको हो।
परिवार स्रोतका अनुसार उनको गठ्ठाघर स्थित अस्पतालमा उपचारका क्रममा निधन भएको हो। केही समययता उनी अस्वस्थ रहेका थिए।
उनको पार्थिव शरीरलाई ओली निवास गुण्डु लैजाने तयारी गरिएको छ। आजै पशुपति आर्यघाट मा दाहसंस्कार गरिने बताइएको छ। स्वर्गीय मोहनप्रसाद ओलीका दुई छोरा र तीन छोरी रहेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस