इनिसा विक हत्याको विरोधमा तुलसीपुरमा विद्यार्थीको प्रदर्शन

   फागुन २८, २०८२       admin

दाङ,२८ फागुन । दाङको तुलसीपुरमा १६ वर्षीया इनिसा विक हत्याका दोषीमाथि कारबाहीको माग गर्दै बिहीबार विद्यार्थीहरूले प्रदर्शन गरेका छन्।

तुलसीपुरस्थित ज्ञानज्योती माध्यमिक विद्यालय का विद्यार्थीहरूले बलात्कारपछि हत्या गरिएको भन्दै न्यायको माग गर्दै प्रदर्शन गरेका हुन्।

विद्यार्थीहरूले “बलात्कार र हत्याविरुद्ध कडा कानुन लागू गर”, “बालिकालाई सुरक्षित गरौँ”, “इनिसालाई न्याय दे”, “दोषीलाई कारबाही गर” जस्ता नारा लगाउँदै बजार परिक्रमा गरेका थिए।

सुर्खेतको उषा बालबाटिका विद्यालय मा कक्षा ११ मा अध्ययनरत विक गत शनिबार बिहान वीरेन्द्रनगरस्थित जनजागरण सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेकी थिइन्।

उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बालिकामाथि बलात्कार आरोपमा दुई पक्राउ

   फागुन २८, २०८२       admin

काठमाडौ,२८ फागुन । १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर का अनुसार भीमदत्त नगरपालिका–१० का ४७ र ४० वर्षीय दुई पुरुषलाई बुधबार पक्राउ गरिएको हो।

उनीहरूले भीमदत्त नगरपालिका–१० स्थित बैजनाथ सामुदायिक वन क्षेत्रमा लगेर बालिकामाथि जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो।
सोही उजुरीका आधारमा दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

समानुपातिकमा रास्वपाको ५६.५९ प्रतिशत मत

   फागुन २८, २०८२       admin

काठमाडौं,२८ फागुन । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना सकिएको छ। मधेस प्रदेशको समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई तिहाइ नजिक मत प्राप्त गरेको छ।

निर्वाचन आयोगका अनुसार मधेस प्रदेशमा गणना भएको २२ लाख ९८ हजार ८२ सदर मतमध्ये रास्वपाले १३ लाख ४६८ मत अर्थात् ५६.५९ प्रतिशत मत प्राप्त गरेको छ।

रास्वपाको तुलनामा नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले निकै कम मत प्राप्त गरेका छन्। कांग्रेसले २ लाख ८७ हजार ३२३ अर्थात् १२.५० प्रतिशत मत पाएको छ भने एमालेले १ लाख ८७ हजार ९०१ मत अर्थात् ८.१८ प्रतिशत मत प्राप्त गरेको छ।

यस्तै जनता समाजवादी पार्टी नेपाल (जसपा) ले १ लाख ३७ हजार ८७८ अर्थात् ६ प्रतिशत, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले १ लाख ७ हजार ६१२ अर्थात् ४.६८ प्रतिशत मत पाएका छन्।

त्यसैगरी जनमत पार्टी ले ५० हजार ७२० अर्थात् २.२१ प्रतिशत र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३५ हजार ६४२ अर्थात् १.५५ प्रतिशत मत प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

जिप–मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

   फागुन २८, २०८२       admin


धनगढी,२८। कञ्चनपुरमा जिप र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बेदकोट नगरपालिका–७ लालपुरमा से १ च १४०५ नम्बरको जिप र म २ प ३५०६ नम्बरको मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक र पछाडि सवार व्यक्तिको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर जोरा ले जानकारी दिए।

उनका अनुसार दुवैको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल मा राखिएको छ। दुर्घटनामा मृत्यु भएका दुवै जनाको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बालिका बलात्कारपछि हत्या: दोषीलाई कडा कारबाहीको माग

   फागुन २८, २०८२       admin

दाङ,२८ फागुन । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ स्थित सहिद उद्यानको जनजागरण सामुदायिक वनमा १६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गरिएको छ।

सुर्खेतका विभिन्न सङ्घसंस्थाहरूले संयुक्त विज्ञप्ति जारी गर्दै घटनाले आफूहरूलाई स्तब्ध बनाएको जनाउँदै निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्। वीरेन्द्रनगर–१ मा बस्दै आएकी १६ वर्षीया बालिकामाथि भएको घटना अमानवीय र निन्दनीय भएको भन्दै यसले सम्पूर्ण समाजलाई स्तब्ध बनाएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

महिला तथा बालिकामाथि हुने यौन हिंसा कुनै पनि बहानामा सह्य नहुने उल्लेख गर्दै सुरक्षित र न्यायपूर्ण समाज निर्माणका लागि राज्य, नागरिक समाज र आम नागरिकको साझा प्रतिबद्धता आवश्यक रहेको बताइएको छ। साथै यौन हिंसा रोकथामका लागि प्रभावकारी सुरक्षा व्यवस्था, निगरानी र सचेतनामूलक कार्यक्रम सुदृढ गर्न पनि ध्यानाकर्षण गराइएको छ।


मानवअधिकार रक्षक सञ्जाल कर्णाली, इन्सेक, दलित गैरसरकारी संस्था महासङ्घ, नवज्योति केन्द्र, एड्भोकेसी फोरम, महिला मानवअधिकार रक्षक सञ्जाल, दलित सेवा सङ्घ, दलित महिला सङ्घ लगायतका संस्थाले संयुक्त रूपमा विज्ञप्तिमा हस्ताक्षर गर्दै घटनाको सत्यतथ्य छानबिन गरी पीडित परिवारलाई न्याय दिन माग गरेका छन्।

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल ले सामाजिक सञ्जालमार्फत पीडित परिवारलाई भेटेर घटनाको निष्पक्ष र कानुनी ढङ्गले छानबिन हुने र दोषीलाई कानुनअनुसार कारबाही गरिने विश्वास दिलाएका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेत का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापा का अनुसार पीडित पक्षले फागुन २४ गते दिएको उजुरीका आधारमा प्रहरीले वीरेन्द्रनगरबाट चार जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ। पक्राउ परेकामाथि जबर्जस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार हालसम्म परिवारले बालिकाको शव बुझेका छैनन्। शवपरीक्षणका लागि भेरी अस्पताल बाँकेका फरेन्सिक विशेषज्ञ डा अर्विन शाक्य को टोलीले प्रदेश अस्पताल सुर्खेतमा परीक्षण गरी प्रतिवेदन दिएको छ। प्रतिवेदनअनुसार जबर्जस्ती करणीका क्रममा मृतकको संवेदनशील अङ्ग च्यातिनुका साथै अत्यधिक रक्तस्राव हुँदा मृत्यु भएको उल्लेख गरिएको छ।

गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर–१ मा बस्दै आएकी १६ वर्षीया इनिशा उषा बालवाटिका स्कुल सुर्खेतमा कक्षा ११ मा अध्ययनरत थिइन्। परिवारका अनुसार उनी शनिबार बिहान ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी थिइन्। तर बिहान करिब ९ बजेतिर स्थानीयले उनलाई जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला पारेका थिए।

उनलाई प्रदेश अस्पताल सुर्खेत पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। मृतकका आफन्तले फागुन २५ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

काठमाडौं विश्वका प्रदूषित सहरमध्ये छैटौँ

   फागुन २८, २०८२       admin

आज पनि वायु प्रदूषण अस्वस्थ तहमा
फागुन।२८ । नेपालको राजधानी काठमाडौंमा वायु प्रदूषणको स्तर अझै सुधार हुन सकेको छैन। पछिल्ला केही दिनयता अत्यधिक बढेको प्रदूषण आज पनि अस्वस्थ तहमा कायम रहेको छ।
स्विट्जरल्याण्डस्थित वायुको गुणस्तर मापन गर्ने संस्था आईक्यू एयरका अनुसार आज बिहान ६:१७ बजेसम्म काठमाडौंको वायु गुणस्तर सूचकांक १८५ पुगेको छ। १५० भन्दा माथिको सूचकांकलाई अस्वस्थ तह मानिन्छ।


नेपाल सरकारले स्वीकृत गरेको वायु गुणस्तर सूचकांकअनुसार ० देखि ५० सम्म राम्रो, ५१ देखि १०० मध्यम, १०१ देखि १५० संवेदनशील समूहका लागि अस्वस्थ, १५१ देखि २०० अस्वस्थ, २०१ देखि ३०० निकै अस्वस्थ र ३०१ भन्दा माथि पुगेमा खतरनाक तहमा पुगेको संकेत मानिन्छ।
आजको तथ्यांकअनुसार काठमाडौं विश्वका सबैभन्दा प्रदूषित सहरमध्ये छैटौँ स्थानमा परेको छ। पहिलो स्थानमा उज्बेकिस्तानको तास्केन्त, दोस्रो स्थानमा भियतनामको हानोई, तेस्रो स्थानमा पाकिस्तानको लाहोर, चौथो स्थानमा भारतको दिल्ली र पाँचौँ स्थानमा भारतकै कोलकाता रहेका छन्। यसअघि अग्रस्थानमा रहेको बंगलादेशको ढाका भने अहिले दशौँ स्थानमा झरेको छ।
प्रदूषण बढेपछि सरोकारवाला निकायले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेका छन्। विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीलाई अनावश्यक रूपमा बाहिर ननिस्कन र बाहिर निस्कँदा मास्क प्रयोग गर्न सुझाव दिइएको छ। साथै अत्यधिक धुलो–धुवाँ भएको स्थानबाट टाढा रहन र स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन पनि आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

लुम्बिनीमा एक लाखभन्दा बढी मत बदर

   फागुन २७, २०८२       admin

दाङ,२७ फागुन । निर्वाचन शिक्षालाई प्रभावकारी बनाउन नसक्दा हरेक निर्वाचनमा बदर मतको संख्या बढ्दै गएको देखिएको छ।

निर्वाचन आयोगका अनुसार सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको, स्वस्तिक चिह्न बाहेक अन्य चिह्न वा औँठाछाप लगाइएको, नबुझिने गरी मत सङ्केत गरिएको, चिह्न भएको कोठाभन्दा बाहिर मत संकेत गरिएको वा एकभन्दा बढी चिह्नमा मत सङ्केत गरिएको मत बदर हुने व्यवस्था छ।

तर मतदातासम्म पर्याप्त निर्वाचन शिक्षा नपुग्दा बदर मत बढ्दै गएको छ। कतिपय क्षेत्रमा बदर मतकै कारण जित्ने उम्मेदवार हार्ने र हार्ने उम्मेदवार जित्ने अवस्था समेत देखिने गरेको छ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशमा एक लाखभन्दा बढी मत बदर भएका छन्। प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार १२ जिल्लामा गरी १ लाख २ हजार ९५६ मत बदर भएको हो।

प्रदेश निर्वाचन कार्यालयका प्रवक्ता गेहेन्द्र कुँवरका अनुसार प्रदेशमा २० लाख २१ हजार ९६१ मत खसेको थियो। जसमध्ये १९ लाख ४० हजार ६७८ मत सदर भएका छन् भने १ लाख २ हजार ९५६ मत बदर भएका छन्।

प्रदेशभर ५ प्रतिशतभन्दा बढी मत बदर भएको देखिएको छ। सबैभन्दा बढी रुपन्देहीमा प्रत्यक्षतर्फ २२ हजार ३५ र समानुपातिकतर्फ १६ हजार ७ सय २७ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
कपिलवस्तुमा १६ हजार ७८४, बाँकेमा १३ हजार ४४२, नवलपरासी पश्चिममा १० हजार ४७७, बर्दियामा १० हजार ३६८ तथा दाङमा १० हजार ६९८ मत बदर भएको छ।

तर तराईका जिल्लाको तुलनामा पहाडी जिल्लामा बदर मत कम देखिएको छ। सबैभन्दा कम रुकुम पूर्वमा ५६३ मत बदर भएको छ। त्यहाँ कुल १९ हजार १८८ मत खसेको थियो।

यस्तै अर्घाखाँचीमा ३ हजार २२०, रोल्पामा ३ हजार १४४, प्युठानमा ३ हजार २८७, गुल्मीमा ४ हजार १४० र पाल्पामा ४ हजार ७९८ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।

निर्वाचन कार्यालयका अनुसार मतदाता शिक्षा प्रभावकारी हुन नसक्दा बदर मतको संख्या धेरै भएको हो। रूपन्देहीका ग्रामीण क्षेत्रमा मतगणनाका क्रममा ल्याप्चे लगाइएका, एकभन्दा बढी चिह्नमा छाप लगाइएका तथा छाप नै नलगाइएका रित्तै मतपत्रसमेत फेला परेका थिए।

जिल्ला निर्वाचन कार्यालय रूपन्देहीका प्रमुख कल्पना अर्यालले मतदाता शिक्षा प्रभावकारी हुन नसक्दा बदर मत बढेको बताइन्। उनका अनुसार आगामी दिनमा मतदाता शिक्षालाई अझ प्रभावकारी बनाउन आवश्यक देखिएको

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

रवि लामिछाने मुद्दा फिर्ता विवाद : पूर्ण इजलासमा सुनुवाइ हुने

   फागुन २७, २०८२       admin

काठमाडौं ,२७ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध दर्ता भएका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधनमार्फत फिर्ता गर्ने निर्णय रोक्न माग गर्दै दायर रिटलाई सर्वोच्च अदालत ले पूर्ण इजलासमा पठाउने आदेश दिएको छ।

न्यायाधीश सपना प्रधान मल्ल र श्रीकान्त पौडेल को संयुक्त इजलासले बुधबार उक्त रिट पूर्ण इजलासमा पठाउने आदेश दिएको हो।

अब यो रिटमा सर्वोच्चका तीन वा तीनभन्दा बढी न्यायाधीश रहेको पूर्ण इजलासमा प्रारम्भदेखि नै सुनुवाइ हुनेछ। अदालतले आगामी आइतबार रिट सुनुवाइका लागि पेस गर्न पनि आदेश दिएको छ।

महान्यायाधिवक्ता सविता भण्डारी बराल ले लामिछानेविरुद्ध काठमाडौं, कास्की, पर्सा र रुपन्देही जिल्ला अदालतमा दर्ता भएका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधनमार्फत फिर्ता गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएपछि यस विषयमा कानुनी विवाद उत्पन्न भएको हो।

उक्त निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र सिन्धुलीका युवराज पौडेल ‘सफल’ले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।

गत पुस ३० गते महान्यायाधिवक्ता बरालले लामिछानेमाथि सहकारी ठगीमा मात्र मुद्दा चलाउन सम्बन्धित जिल्ला सरकारी वकिल कार्यालयलाई पत्रमार्फत निर्देशन दिएकी थिइन्।

निर्देशनमा संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधनमार्फत फिर्ता लिन भनिएको थियो। तर केही जिल्ला अदालतले मुद्दा सर्वोच्चमा विचाराधीन रहेको भन्दै अस्वीकार गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

महतराको चुनाब खर्च ३१ हजार , मत २२७

   फागुन २७, २०८२       admin

दाङ। फागुन। २७। दाङ निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका टोपबहादुर महतराले ३१ हजार रुपैयाँ खर्च गरेर सार्वजनिक गरेका छन् । प्रतिनिधिसभाका लागि  श्रम संस्कृति पार्टी का तर्फबाट उम्मेदवार बनेका उनले निर्वाचनमा २२७ मत प्राप्त गरे।

निर्वाचन आयोगमा बुझाएको खर्च विवरणअनुसार महतराले प्रचार–प्रसार, पर्चा छपाइ, यातायात लगायतका विभिन्न शीर्षकमा गरी ३१ हजार रुपैयाँ खर्च गरेको उल्लेख छ।

सामान्यतया चुनावी प्रतिस्पर्धामा उम्मेदवारहरूले ठूलो रकम खर्च गर्ने प्रवृत्ति रहँदै आएको अवस्थामा महतराले भने निकै न्यून खर्चमा चुनाव लडेका बताए । निर्वाचनका लागि भनेर मैले ६० हजार विनियोजन गरेको थिएँ उम्मेदवार महतराले भने ,३१ हजार खर्चले निर्वाचन पूरा भयो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक राहदानी

   फागुन २६, २०८२       admin


काठमाडौ,२६ फागुन । पूर्व अर्थमन्त्री रामेश्वर खनालले आफूले प्रयोग गर्दै आएको कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छन्।

अर्थमन्त्रीका रूपमा प्राप्त कूटनीतिक राहदानीको प्रयोजन समाप्त भएकाले परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागमा फिर्ता बुझाएको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका हुन्।

खनालले राहदानी फिर्ता गर्दै लेखेको पत्रमा अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न उपलब्ध गराइएको कूटनीतिक राहदानीको प्रयोजन समाप्त भएकाले राहदानी विभागमा फिर्ता बुझाइदिन अनुरोध गरिएको उल्लेख छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology