क्षेत्र नं. ३ मा १२ उम्मेदवारको एकसय मत कटेन

   फागुन २५, २०८२       admin

दाङ, २५ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचनमा दाङको निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिस्पर्धा गरेका कतिपय उम्मेदवारले सय मतसमेत कटाउन सकेका छैनन् । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार यस क्षेत्रमा १२ जना उम्मेदवारले १०० मत पनि ल्याउन नसकेको देखिएको छ ।

आयोगका अनुसार जनता समाजवादी पार्टीका शोभा डाँगीले २४ मत प्राप्त गरेका छन् भने आम जनता पार्टीका पाण्डवी नेपालीले ८ मत ल्याएकी छन् । नागरिक उन्मुक्ति पार्टीका महेश चौधरीले ५५ मत प्राप्त गर्दा संयुक्त नागरिक पार्टीका दलबिर कामीले ९४ मत ल्याएका छन् ।

त्यस्तै मितेरी पार्टीका सन्तोष सिंहले १०, स्वतन्त्र उम्मेदवार भरत परियारले ६, सुरेश नेपालीले १ र इन्द्रबहादुर बस्नेतले १० मत प्राप्त गरेका छन् ।

यसैगरी स्वतन्त्र उम्मेदवार प्रेमबहादुर वलीले ७, भागीराम चौधरीले ११, सप्रिक कँडेलले १४ र महेश डाँगीले ८ मत प्राप्त गरेका छन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत दाङ क्षेत्र नम्बर ३ मा कुल २३ जना उम्मेदवार चुनावी मैदानमा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

नवनिर्वाचित सांसद पौडेलको स्ट्याटस: ‘म गर्दिन’

   फागुन २४, २०८२       admin

कास्की,२४ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गडकराज पौडेल (गनेस पौडेल) कास्की– १ बाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको एक स्टाटस चर्चामा आएको छ।

पौडेलले “अबका ५ वर्ष मैले नगर्ने काम” शीर्षकमा १३ बुँदे प्रतिबद्धता सार्वजनिक गर्दै आफूबाट अपेक्षा नगर्नुपर्ने कामहरू स्पष्ट पारेका छन्।

उनले पारिवारिक, सामाजिक वा राजनीतिक सम्बन्धको आधारमा कसैलाई जागिर, नियुक्ति, सरुवा वा बढुवा मिलाइदिन नसक्ने स्पष्ट पारेका छन्।

त्यसैगरी स्कुल वा क्याम्पसमा स्कलरसिप मिलाइदिन, ट्राफिक नियम उल्लङ्घनपछि कारबाहीबाट बचाउन सोर्स–फोर्स लगाइदिन वा विभिन्न आपराधिक मुद्दामा भनसुन गरेर बचाइदिन पनि आफू तयार नभएको बताएका छन्।

उनले लागूऔषध ओसारपसार, ठगी, जालसाजी, कुटपिट, चोरी–तस्करी जस्ता घटनामा कसैलाई कानुनी कारबाहीबाट जोगाइदिन नआउने बताएका छन्। साथै महिला, दलित, यौनिक अल्पसंख्यक तथा सिमान्तकृत समुदायमाथि हुने हिंसा वा अन्यायका घटनामा उल्टै कडा रूपमा उभिने बताएका छन्।

सांसद पौडेलले ठेक्कापट्टा, टेन्डर मिलाइदिन, विश्वविद्यालय वा विभिन्न प्रतिष्ठानमा मनोनयनका लागि सिफारिस गर्न तथा सरकारी प्रक्रियामा छोटो बाटो खोज्न सहयोग माग्न नआउन पनि आग्रह गरेका छन्।

त्यस्तै सरकारी स्रोतसाधन निजी प्रयोजनका लागि प्रयोग गराउन, विकास बजेट आफ्नै टोल वा गाउँमा मात्र हालिदिन वा सरकारी पदको दुरुपयोग गरेर कसैलाई दबाब दिन सहयोग नगर्ने उनले बताएका छन्।

स्टाटसको अन्त्यमा उनले “मैले तपाईंलाई भोट हालेको हुँ” भन्दै बिहेवारी, व्रतबन्ध, पास्नी वा भोजमा बोलाउन आवश्यक नरहेको उल्लेख गरेका छन्। तर दुःख वा मरण परेको अवस्थामा भने सकेसम्म आफैँ उपस्थित हुने उनले बताएका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

एन्फा मुख्यालयमा खेलाडी संघको तालाबन्दी

   फागुन २४, २०८२       admin

काठमाडौं,२४ फागुन । नेपाली फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्यालयमा तालाबन्दी गरेको छ।

आइतबार खेलाडी संघले आफ्ना मागहरू एन्फाले बेवास्ता गरेको आरोप लगाउँदै एन्फा मुख्यालयमा तालाबन्दी गरेको हो। तालाबन्दीका क्रममा संघको अगुवाइमा एन्फा प्रांगण पुगेका खेलाडीहरूले विरोध प्रदर्शनसमेत गरेका थिए।

खेलाडी संघले तीनबुँदे माग अघि सारेको छ। पहिलो, एन्फाले आफूले वाचा गरेको मितिभित्र सहिद स्मारक ‘ए’ डिभिजन लिग सञ्चालनको सुनिश्चितता गर्दै शीर्ष डिभिजन लिगको मिति तोक्नुपर्ने माग गरिएको छ।
त्यसैगरी, संघले गत वर्ष एकै प्रतियोगिताबाट जम्मा हुनुपर्ने ६५ लाख रुपैयाँसहित खेलाडी अक्षय कोषको विस्तृत विवरण सार्वजनिक गर्नुपर्ने माग राखेको छ।

अर्को मागमा खेलाडीहरूको तलब, भत्ता तथा पुरस्कार रकम उपलब्ध गराउनुपर्ने विषय समेटिएको छ। संघका अनुसार सन् २०१७ देखि बाँकी रहेको पुरस्कार तथा नियमित तलब–भत्ता उपलब्ध गराउनुपर्ने मागसमेत गरिएको छ।

संघले यी मागहरू कार्यान्वयन नभएसम्म सहमतिबिना ताला खोले त्यसबाट उत्पन्न हुने क्षतिको जिम्मेवारी एन्फा आफैंले लिनुपर्ने चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

‘जेनजी आन्दोलन’ छानबिन प्रतिवेदनः दोषीमाथि कारबाहीको सिफारिस

   फागुन २४, २०८२       admin

काठमाडौं ,२४ फागुन। गत भदौ २३ र २४ गते भएको ‘जेनजी विद्रोह’ घटनाबारे छानबिन गर्न गठित न्यायिक आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ।

आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आइतबार प्रधानमन्त्री सुशीला कार्की लाई प्रतिवेदन बुझाएका हुन्। प्रतिवेदन बुझाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष कार्कीले घटनाका जिम्मेवार व्यक्तिहरूमाथि कानुनी कारबाही गर्न सिफारिस गरिएको जानकारी दिए।

उनले भने, “२३ गतेको घटनामा जो–जो दोषी छन् र जसका कारण हाम्रा किशोरहरूको मृत्यु भयो तथा उनीहरू सहिद बने, ती सबैमाथि कानुनी कारबाही गर्न सिफारिस गरेका छौँ। सिफारिसमा गोली हान्ने, हान्न लगाउने र गोली नरोक्ने सबै समेटिएका छन्।”

पत्रकारले “ठ्याक्कै कति जनालाई कारबाही सिफारिस गरिएको होरु” भनी सोध्दा अध्यक्ष कार्कीले स्पष्ट संख्या भने खुलाउन चाहेनन्।

त्यसैगरी “तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्रीलाई पनि कारबाही सिफारिस गरिएको हो ?” भन्ने प्रश्नमा उनले प्रत्यक्ष नाम नलिँदै भने, “हामीले जो–जो जिम्मेवार छन्, उनीहरूलाई कारबाही गर्न सिफारिस गरेका छौँ। को–को छन् भन्ने कुरा अब सरकारले सार्वजनिक गर्छ।”

प्रतिवेदन बुझाउन ढिलाइ भएको विषयमा भने उनले निर्वाचन परिणामसँग कुनै सम्बन्ध नरहेको स्पष्ट पारे। अध्यक्ष कार्कीका अनुसार केही काम बाँकी रहेका कारण प्रतिवेदन बुझाउन ढिलाइ भएको हो।

“निर्वाचनअघि प्रतिवेदन सार्वजनिक गर्दा त्यसले चुनावमा असर पार्न सक्छ भन्ने कुरा पनि उठेको थियो,” उनले भने।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कांग्रेसलाई चुनावी धक्काः अधिकांश शीर्ष नेता पराजित

   फागुन २४, २०८२       admin

काठमाडौं,२४ फागुन । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका पदाधिकारीहरूलाई ठूलो चुनावी धक्का लागेको छ। प्रत्यक्षतर्फ चुनाव लडेका अधिकांश शीर्ष नेताहरू पराजित भएका छन्।

कांग्रेस सभापति गगन थापा सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार थिए। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार अमरेशकुमार सिंह ले पराजित गरेका हुन्। सिंहले ३५ हजार ६८८ मत ल्याएर विजयी हुँदा थापा २२ हजार ८३१ मतमै सीमित भए। कांग्रेसले भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा थापालाई अघि सारेर चुनावमा होमिएको थियो।

कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुसाल भने यसपटक चुनावमा उम्मेदवार बनेका थिएनन्।

महामन्त्रीद्वय प्रदीप पौडेल र गुरूराज घिमिरे पनि चुनावमा पराजित भए। काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवार रहेका पौडेल स्मित पोखरेल सँग पराजित भए। पोखरेलले ३० हजार ७३७ मत ल्याउँदा पौडेल ९ हजार १५९ मतमै रोकिए।

त्यस्तै मोरङ क्षेत्र नम्बर ४ मा महामन्त्री घिमिरेलाई रास्वपाका सन्तोष राजवंशी ले हराए। राजवंशीले ४० हजार ८३३ मत ल्याउँदा घिमिरेले १२ हजार ८१८ मतमात्रै पाए।

कांग्रेसका सहमहामन्त्रीहरू पनि पराजित भएका छन्। ललितपुर क्षेत्र नम्बर १ मा उदयशम्शेर राणा रास्वपाका बुद्धरत्न महर्जन सँग पराजित भए। महर्जनले २३ हजार ३७३ मत ल्याउँदा राणाले १३ हजार ५२० मत पाए।

त्यसैगरी बारा क्षेत्र नम्बर ३ मा फरमुल्लाह मन्सुर पनि पराजित भए। त्यहाँ रास्वपाका अरबिन्द साह ४० हजार ६९७ मतसहित विजयी भए भने मन्सुरले १० हजार ५२ मत पाए।

कैलाली क्षेत्र नम्बर १ मा सहमहामन्त्री प्रकाश रसाइली स्नेही पनि पराजित भए। उनलाई नेकपा एमाले का ऐनबहादुर महर ले हराए। महरले १८ हजार ५४३ मत ल्याउँदा रसाइली १६ हजार ३०४ मतमै रोकिए।

डोल्पामा कांग्रेस सहमहामन्त्री कर्णबहादुर बुढा पराजित भए। उनलाई नेपाल कम्युनिस्ट पार्टी का धनबहादुर बुढा ले हराएका हुन्। धनबहादुरले ६ हजार ८०२ मत ल्याएर विजयी हुँदा कर्णबहादुर २ हजार ९४७ मतमै सीमित भए। उनीहरू दाजुभाइ हुन् र फरक–फरक पार्टीबाट राजनीतिमा सक्रिय छन्।

त्यस्तै दाङ क्षेत्र नम्बर १ मा उम्मेदवार रहेका कांग्रेस सहमहामन्त्री योगेन्द्र चौधरी पनि पराजित भए। यहाँ रास्वपाका देवराज पाठक ४२ हजार ६०२ मतसहित निर्वाचित हुँदा चौधरी १५ हजार २८० मतमै रोकिए।

यस निर्वाचनमा कांग्रेसका अन्य सहमहामन्त्रीहरू भने उम्मेदवार बनेका थिएनन्।

कांग्रेसले १७ सिट जित्यो

प्रत्यक्षतर्फ कांग्रेसले हालसम्म १७ सिट जितेको छ। कोशी प्रदेशमा पाँचथरबाट नरेन्द्रकुमार केरूङ, तेह्रथुमबाट सन्तोष सुब्बा र सोलुखुम्बुबाट प्रकाशसिंह कार्की निर्वाचित भएका छन्।

मधेस प्रदेशमा रौतहट–२ बाट मो. फिरदोश आलम विजयी भएका छन्। बागमती प्रदेशमा रसुवाबाट मोहन आचार्य निर्वाचित भएका छन्। गण्डकी प्रदेशमा मनाङबाट टेकबहादुर गुरुङ र मुस्ताङबाट योगेश गौचन थकाली विजयी भएका छन्।

लुम्बिनी प्रदेशमा पाल्पा–१ बाट सन्दीप राना र कपिलवस्तु–३ बाट अभिषेकप्रताप शाह निर्वाचित भएका छन्। कर्णाली प्रदेशमा हुम्लाबाट जयपती रोकाया, जाजरकोटबाट खडकबहादुर बुढा, दैलेखबाट बासना थापा, सुर्खेत–१ बाट विष्णुबहादुर खड्का र मुगुबाट खड्ग शाही निर्वाचित भएका छन्।

सुदूरपश्चिम प्रदेशमा बाजुराबाट जनकराज गिरी, अछाम–१ बाट भरतकुमार स्वार र डोटीबाट भरतबहादुर खड्का विजयी भएका छन्। यस पटक कांग्रेसबाट प्रत्यक्षतर्फ एक जना महिलामात्र निर्वाचित भएकी छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तीन प्रदेशमा एमालेको प्रतिनिधित्व शून्य

   फागुन २४, २०८२       admin

काठमाडौं,२४ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रको नतिजा आउने क्रम अन्तिम चरणमा पुगेको छ । अन्तिम चरणमा पुग्दै गर्दा नेकपा एमाले तीन प्रदेशबाट प्रतिनिधि सभा सदस्यको प्रतिनिधित्वविहीन हुने संकेत देखिएको छ ।

हालसम्म सार्वजनिक नतिजा अनुसार सबैभन्दा धेरै सिट जित्ने दलको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी अघि देखिएको छ । रास्वपाले यो समाचार तयार पार्दासम्म ११२ भन्दा बढी सिटमा जित निकालिसकेको छ भने थप १४ क्षेत्रमा अग्रता बनाएको छ ।

त्यसैगरी नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । कांग्रेसले हालसम्म १५ सिट जित्दा दुई क्षेत्रमा अग्रता कायम गरेको छ । कांग्रेस र रास्वपाले सबै प्रदेशबाट प्रतिनिधित्व सुनिश्चित गरेका छन् ।

तेस्रो स्थानमा खुम्चिएको एमालेले प्रत्यक्षतर्फ हालसम्म सात सिट जितेको छ भने तीन क्षेत्रमा अग्रता बनाएको छ । अर्को कम्युनिस्ट पार्टी नेपाल कम्युनिस्ट पार्टी ले ६ सिट जित्दा एक क्षेत्रमा अग्रता बनाएको छ । त्यसैगरी श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी ले एक–एक सिट जितेका छन् भने एक स्वतन्त्र उम्मेदवार पनि निर्वाचित भएका छन् ।

जेनजी आन्दोलनपछि विशेष परिस्थितिमा भएको यस निर्वाचनमा विगतमा ठूला मानिने दलहरू: नेपाली कांग्रेस, एमाले, मधेसवादी दल तथा राप्रपासमेत खुम्चिएका छन् ।

२०७९ सालको संसदीय निर्वाचनमा ७८ सिट जितेको एमाले यस पटक प्रत्यक्षतर्फ चार वटा प्रदेशबाट मात्र संघीय संसदमा प्रतिनिधित्व गर्ने अवस्थामा पुगेको छ । हालसम्म कोशी प्रदेशमा ३, सुदूरपश्चिममा २, कर्णालीमा १ र लुम्बिनीमा १ सिट जितेको छ । तर बागमती, गण्डकी र मधेस प्रदेशमा एमाले शून्य हुने अवस्था देखिएको छ ।

एमालेबाट कोशी प्रदेशमा इलाम–२ बाट सुहाङ नेम्वाङ र ताप्लेजुङबाट क्षितिज थेवे निर्वाचित भइसकेका छन् भने इलाम–१ मा मतगणना जारी छ । उक्त क्षेत्रमा एमालेका काजीमान कागते अग्रतामा रहेका छन् ।

प्रत्यक्षतर्फ एमालेबाट निर्वाचित सांसदहरू:
१. मोहम्मद इश्तियाक राई , बाँके–२
२. सुहाङ नेम्वाङ , इलाम–२
३. गणेश सिंह ठगुन्ना , दार्चुला–१
४. ऐनबहादुर महर , बझाङ–१
५. राजेन्द्रकुमार राई ,धनकुटा–१
६. क्षितिज थेबे, ताप्लेजुङ–१
७.लक्ष्मीप्रसाद पोखरेल, दैलेख–२

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सुन तोलामा ३ हजार ५०० ले बढ्यो

   फागुन २४, २०८२       admin

दाङ,२४ फागुन। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला ३ हजार ५०० रुपैयाँले बढेको हो ।

आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १६ हजार ९०० रुपैयाँ कायम भएको छ । त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले बढेर ५ हजार ४७५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

गत शुक्रबार सुन प्रतितोला ३ लाख १३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदी प्रतितोला ५ हजार ४४५ रुपैयाँ रहेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस ५ हजार १७० अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । त्यस्तै चाँदी प्रतिऔंस ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सरकारले एकहजार घर निर्माण गर्ने

   फागुन २४, २०८२       admin

काठमाडौं,२४ फागुन। सरकारले विपन्न समुदायका करिब पाँच हजार घरमा फुसको छानो हटाएर जस्ताको छानो लगाउने तथा एक हजार नयाँ घर निर्माण गर्ने भएको छ ।

सहरी विकास तथा भवन निर्माण विभाग मार्फत सञ्चालन हुने यो कार्यक्रमका लागि सरकारले करिब ७५ करोड रुपैयाँ खर्च गर्ने भएको हो । यसअन्तर्गत जनता आवास कार्यक्रम मार्फत एक हजार घर निर्माण गरिनेछ भने सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत पाँच हजार घरको फुसको छानो विस्थापन गरिनेछ ।

विभागका उपमहानिर्देशक रोशन श्रेष्ठ का अनुसार खर वा फुसको छानो भएका घरलाई जस्ताले छाउने कार्यक्रम हरेक वर्ष सञ्चालन हुँदै आएको छ । उनले भने, “खरको छानो विस्थापित गरेर जस्ताले छाउने कार्यक्रम हो, यो कार्यक्रम प्रत्येक वर्ष सञ्चालन हुँदै आएको छ।”

सरकारले विपन्न तथा आवासविहीन नागरिकलाई सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले चालु आर्थिक वर्ष २०८२र८३ मा पनि जनता आवास कार्यक्रमलाई निरन्तरता दिएको छ । कार्यक्रम मुख्यतः झुपडी वा असुरक्षित घरमा बसिरहेका दलित, सीमान्तकृत तथा अत्यन्त विपन्न परिवारलाई लक्षित गरी सञ्चालन हुँदै आएको छ ।

विभागका अनुसार मधेश, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका अत्यन्त विपन्न समुदाय बढी बसोबास गर्ने जिल्लामा कार्यक्रम केन्द्रित गरिएको छ । मधेश प्रदेशका सप्तरी जिल्ला, सिरहा जिल्ला, धनुषा जिल्ला, महोत्तरी जिल्ला, सर्लाही जिल्ला, रौतहट जिल्ला, बारा जिल्ला र पर्सा जिल्ला मा कार्यक्रमलाई प्राथमिकता दिइएको छ ।

त्यसैगरी लुम्बिनी प्रदेशका कपिलवस्तु जिल्ला, रुपन्देही जिल्ला र दाङ जिल्ला तथा सुदूरपश्चिमका कैलाली जिल्ला, कञ्चनपुर जिल्ला र कर्णाली प्रदेशका सुर्खेत जिल्ला, दैलेख जिल्ला र जाजरकोट जिल्ला लगायत जिल्लामा पनि घर निर्माण गरिने भएको छ ।

सरकारका अनुसार स्थानीय तहसँग समन्वय गरेर वास्तविक लाभग्राही छनोट गरी घर निर्माण प्रक्रिया अघि बढाइएको छ । लाभग्राही छनोट गर्दा स्थानीय तहको सिफारिस, आर्थिक अवस्था, जमिनको उपलब्धता तथा सामाजिक अवस्थालाई आधार बनाइने गरिएको छ ।

कार्यक्रमअन्तर्गत लाभग्राही परिवारलाई पक्की घर निर्माणका लागि अनुदान उपलब्ध गराइने व्यवस्था छ । कतिपय स्थानमा तीन कोठे घर निर्माणका लागि करिब ३ लाख ३० हजार रुपैयाँसम्म अनुदान उपलब्ध गराइने गरिएको छ ।

आर्थिक वर्ष २०६६र६७ देखि सुरु भएको जनता आवास कार्यक्रममार्फत हालसम्म देशभर २० हजारभन्दा बढी परिवारले सुरक्षित आवास प्राप्त गरिसकेको सरकारी तथ्यांक छ । यद्यपि योजना कार्यान्वयनमा ढिलाइ, निर्माण गुणस्तर कमजोर हुनु तथा आधारभूत पूर्वाधार अभाव जस्ता समस्या भने विभिन्न स्थानमा देखिँदै आएका छन् ।

यस्ता चुनौतीका बाबजुद पनि सरकारले जनता आवास कार्यक्रमलाई विपन्न नागरिकको जीवनस्तर सुधार्ने महत्वपूर्ण सामाजिक सुरक्षा योजनाका रूपमा अघि बढाइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दाङ क्षेत्र नं ३ मा कमल सुवेदी विजयी

   फागुन २३, २०८२       admin

दाङ,२३ फागुन । प्रतिनिधि सभा सदस्य पदका लागि फागुन २१ गते भएको निर्वाचनको दाङ क्षेत्र नम्बर ३ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ। दाङ जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ बाट कमल सुवेदी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।


अन्तिम मतपरिणाम अनुसार सुवेदीले ४४ हजार २४८ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन् । कुल ८८ हजार ६१७ मत गणना हुँदा दीपक गिरी (रुख) ले १६ हजार ४५३ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेका छन् ।

त्यसैगरी घनश्याम पाण्डे (सूर्य) ले १२ हजार १९५ मत पाएका छन् । यस्तै धनबहादुर मास्के (तारा) ले ९ हजार ३२८ मत प्राप्त गरेका छन् भने दामोदर भण्डारी (हलो) ले १ हजार ५७ मत प्राप्त गरेका छन् । यससँगै दाङ–३ मा सुवेदी फराकिलो मतान्तरसहित विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बालेन विजयी ,ओली पराजित

   फागुन २३, २०८२       admin

काठमाडौं,२३ फागुन । झापा जिल्ला को निर्वाचन क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

अन्तिम मतपरिणाम अनुसार शाहले ६८ हजार ३४८ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन् । उनका प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ले १८ हजार ७२४ मत प्राप्त गरेका छन् ।

यससँगै शाहले ओलीलाई ४९ हजार ६१४ मतान्तरले पराजित गरेका छन् ।

झापा–५ यस वर्षको प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा चर्चामा रहेको क्षेत्रमध्ये एक बनेको थियो । काठमाडौं महानगरपालिकाका पूर्वमेयरसमेत रहेका शाहले उम्मेदवारी दिएपछि यहाँ ओलीसँग हुने प्रतिस्पर्धालाई लिएर व्यापक चर्चा भएको थियो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology