काठमाडौं,१९ फागुन । निर्वाचन आयोगले रास्वपाका उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरेको छ ।
धनुषा क्षेत्र नम्बर १ का उम्मेदवार साह बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुगेपछि उम्मेदवारी खारेज गरिएको आयोगले जनाएको छ ।
कर्जा सूचना केन्द्रको अद्यावधिक विवरणअनुसार कमल निर्माण सेवा प्रालिका शेयरधनी रहेका किशोरी साह २०८० सालमा कालोसूचीमा रहेको देखिएको छ । साथै, विभिन्न मितिमा उनको नाम एकल तथा संयुक्त रूपमा चेक बाउन्ससम्बन्धी कालोसूचीमा समेत परेको उल्लेख छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१९ फागुन । सामाजिक सञ्जालमार्फत अफवाह र भ्रम फैलाउने ३२ जनालाई प्रहरीले पक्राउ गरेको छ । निर्वाचन विरोधी गतिविधि, मतदाता भ्रमित पार्ने कार्य तथा आचारसंहिता उल्लङ्घनजस्ता घटनामा संलग्न रहेको आरोपमा नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गतको केन्द्रीय निर्वाचन सेलले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीका केन्द्रीय प्रवक्ता तथा डिआइजी अबि नारायण काफ्लेका अनुसार प्रदेशगत विवरणअनुसार मधेश प्रदेशबाट ४ जना, बागमती प्रदेशबाट ४ जना, गण्डकी प्रदेशबाट १ जना, लुम्बिनी प्रदेशबाट ४ जना, कर्णाली प्रदेशबाट २ जना र सुदूरपश्चिम प्रदेशबाट १ जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यकाबाट १६ जना नियन्त्रणमा लिइएको छ भने कोशी प्रदेशबाट हालसम्म कसैलाई पक्राउ गरिएको छैन ।
पक्राउ परेकामध्ये १७ जना छुटेका छन् भने १५ जनामाथि प्रचलित कानुनी व्यवस्थाबमोजिम थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
निर्वाचनसम्बन्धी साइबर निगरानीलाई प्रभावकारी बनाउन केन्द्रीय संयन्त्रअन्तर्गत प्रदेशगत साइबर इकाइहरू परिचालन गरिएको प्रहरीले जनाएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१९फागुन। संघीय संसद् अन्तर्गत राष्ट्रिय सभामा नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण आगामी फागुन २५ गते हुने भएको छ ।
संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनाअनुसार नेपालको संविधानको धारा ८६ को उपधारा ९२० बमोजिम २०८२ साल माघ ११ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनबाट निर्वाचित सदस्यलाई राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले शपथ गराउनेछन् ।
शपथ कार्यक्रम फागुन २५ गते दिउँसो २ बजे सिंहदरबारस्थित कानून, न्याय तथा मानव अधिकार समितिको हलमा आयोजना गरिनेछ ।
सचिवालयले नवनिर्वाचित सदस्यहरूलाई शपथ कार्यक्रम सुरू हुनुभन्दा एक घण्टा अगावै औपचारिक वा आफ्नो पहिचान झल्कने पोशाकमा उपस्थित हुन अनुरोध गरेको छ । साथै, निर्वाचन आयोगबाट प्राप्त राष्ट्रियसभा सदस्य पदको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि एक–एक प्रति साथमा ल्याउन आग्रह गरिएको छ ।
यस्तै, नेपाली भाषाबाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यहरूले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६८ को उपदफा ९२० बमोजिम शपथको व्यहोरा मातृभाषामा अनुवाद गरी उक्त अनुवादको एक प्रति २०८२ साल फागुन २४ गतेसम्म संघीय संसद् सचिवालयमा उपलब्ध गराउनुपर्ने सूचनामा उल्लेख छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,१९ फागुन । चिल्मिलिया क्षेत्रमा लुटपाट गर्न खोज्ने दुई युवक पक्राउ परेका छन् । सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलैन्द्र थापाका अनुसार रौतहटको गढीमाई नगरपालिका–९ मा मोटरसाइकलमा सवार दम्पतीलाई लक्षित गरी लुटपाट प्रयास गरिएको थियो ।
पक्राउ पर्नेमा सोही ठाउँका २१ वर्षीय सोमनकुमार सहनी र २१ वर्षीय रामेश्वर सहनी रहेका छन् । लुटपाट प्रयासमा संलग्न तीन जनामध्ये एक जना भने फरार रहेको र उनको खोजी भइरहेको जनाइएको छ ।
सशस्त्र प्रहरी बल नेपाल निर्वाचन क्षेत्र सुरक्षा बेस सन्तपुरको ‘स्ट्राइकिङ’ टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
जिल्लाको राजदेवी नगरपालिका–८ बस्ने धमेन्द्र राय यादव र उनकी श्रीमती चञ्चला सवार मोटरसाइकल रोकेर गहना लुटपाट गर्न खोजिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१९ फागुन । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन यति एयरलाइन्सले आफ्ना सम्पूर्ण आन्तरिक उडान सेवा स्थगित गर्ने भएको छ ।
एयरलाइन्सले सूचना जारी गर्दै निर्वाचनका कारण उक्त दिन सबै आन्तरिक उडान सञ्चालन नहुने जनाएको हो ।
कम्पनीका अनुसार फागुन २२ गतेदेखि भने नियमित उडान सेवा पुनः सञ्चालनमा आउनेछ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१८ फागुन । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दाङमा मतपत्र ढुवानी र व्यवस्थापन कार्य तीव्र पारिएको छ । जिल्लामा प्रत्यक्षतर्फ मतदाताभन्दा ३३ हजारभन्दा बढी मतपत्र ल्याइएको छ ।
निर्वाचन कार्यालय दाङका अनुसार तीनवटै निर्वाचन क्षेत्रमा गरी ४ लाख ३१ हजार ६८६ मतदाता रहेका छन् । ती मतदाताका लागि प्रत्यक्षतर्फ ४ लाख ६५ हजार मतपत्र उपलब्ध गराइएको छ ।
समानुपातिकतर्फ भने ४ लाख ७२ हजार मतपत्र आइपुगेको छ । अस्थायी मतदाता समावेश हुने भएकाले समानुपातिकतर्फ मतपत्रको संख्या प्रत्यक्षभन्दा बढी राखिएको जनाइएको छ ।
क्षेत्र नम्बर १ मा १ लाख ४० हजार १ मतदाता रहेका छन् । यस क्षेत्रमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ १ लाख ५१ हजार मतपत्र पठाइएको छ ।
क्षेत्र नम्बर २ मा १ लाख ४० हजार ९६५ मतदाता छन् । यहाँ प्रत्यक्षतर्फ १ लाख ५२ हजार र समानुपातिकतर्फ १ लाख ५९ हजार मतपत्र उपलब्ध गराइएको छ ।
क्षेत्र नम्बर ३ मा १ लाख ५० हजार ७२० मतदाता रहेका छन् । यस क्षेत्रमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ १ लाख ६२ हजार मतपत्र आइपुगेको छ ।
जिल्लाभर १५९ मतदान स्थल र ४८२ मतदान केन्द्र निर्धारण गरिएकाले आवश्यक सामग्री व्यवस्थापन र सुरक्षाको तयारी समेत अन्तिम चरणमा पुगेको निर्वाचन कार्यालयले जनाएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१८ फागुन । निर्वाचन आयोगले देशभर सञ्चालन गरेको मतदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ । मतदानको महत्व र मतदान प्रक्रियाबारे आम जनतालाई जानकारी गराउने तथा बदर मत घटाउने उद्देश्यले मतदाता शिक्षा कार्यक्रम सन्चालन गरिएको हो।
आयोगका अनुसार देशभरका ६ हजार ७ सय ४३ वटै वडामा एकैपटक मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको थियो । फागुन ३ गतेदेखि शुरू भएको यो कार्यक्रम देशभरका ७ सय ५३ पालिकाका सबै वडामा सकिएको छ ।
हरेक वडामा मतदाता शिक्षा कार्यक्रमका लागि मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको थियो । निर्वाचन आयुक्त जानकीकुमारी तुलाधरले मतदाताको घरदैलोमा पुगेर आम नागरिकसँग प्रत्यक्ष सम्पर्क राख्न सक्ने इमान्दार स्वयंसेवकका कारण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको बताइन् ।
उनले महिला स्वास्थ्य स्वयंसेविकाको योगदानको पनि प्रशंसा गर्दै लक्षित कार्यक्रम सफल भएको उल्लेख गरिन । स्वास्थ्य स्वयंसेविकाले २०७९ को चुनावदेखि मतदाता शिक्षा प्रदान गर्न जिम्मेवारी लिएका थिए ।
मतदाता शिक्षा कार्यक्रम अन्तर्गत स्वयंसेवकहरूले आम मतदाताको बस्ती र घरदैलोमा पुगेर नमूना मतपत्रको माध्यमबाट चुनावको महत्त्व र मतदान प्रक्रियाबारे जानकारी दिएका थिए ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१८ फागुन। अली लारिजानीले अमेरिकासँग कुनै पनि प्रकारको वार्ता नगर्ने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन् ।
सञ्चार माध्यमहरूमा इरानले मध्यस्थमार्फत अमेरिकासँग पुनः वार्ता गर्न खोजेको भन्ने खबर सार्वजनिक भइरहेका बेला लारिजानीले ती दाबी अस्वीकार गरेका छन् । उनले लेखेका छन्, ‘इरान अमेरिकासँग वार्ता गर्ने पक्षमा छैन।’
लारिजानीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि कडा टिप्पणी गर्दै भनेका छन्, ‘ट्रम्पले झूटा आशा देखाएर मध्यपूर्व क्षेत्रलाई अराजकतामा धकेलेका छन्, अनि अहिले अमेरिकी सैनिकहरूको थप क्षतिबारे चिन्तित बनेका छन्।’
उनले ट्रम्पका कदमलाई ‘भ्रमपूर्ण’ भन्दै ‘अमेरिका फर्स्ट’को नारा ‘इजरायल फर्स्ट’मा रूपान्तरण गरेको आरोप लगाएका छन् । ट्रम्पले इजरायलको शक्तिको भोकका लागि अमेरिकी सैनिकहरूलाई बलि दिएको समेत उनले आरोप लगाएका छन् ।
दिवंगत सर्वोच्च नेता आयतुल्ला अली खामेनीका प्रमुख सल्लाहकार समेत रहेका लारिजानीले इरानी सेनाले आक्रमण सुरु नगरेको दाबी गर्दै भने, ‘हामीले आक्रमणको सुरुवात गरेका होइनौँ।’
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१८ फागुन । इजरायलले इरानपछि लेबनानमा पनि बमबारी सुरु गरेको छ ।
समाचार संस्था एफपीले लेबनानी मन्त्रालयलाई उद्धृत गर्दै जनाएअनुसार इजरायली आक्रमणमा ३१ जनाको मृत्यु भएको छ भने १४९ जना घाइते भएका छन् ।
यसैबीच, कुवेतको सेनाले सोमबार बिहान राजधानीतर्फ आइरहेका केही ड्रोन खसालेको जनाएको छ ।
सेनाका अधिकारी मोहम्मद अल–मन्सूरीका अनुसार ती ड्रोनहरू कुवेत सिटी नजिकैका सल्वा र हवाली क्षेत्रमा प्रवेश गर्न खोजिरहेका थिए । वायु प्रतिरक्षा प्रणालीले समयमै ड्रोनहरूलाई रोक्न सफल भएको उनले बताए ।
उनका अनुसार घटनामा कुनै मानवीय क्षति भएको छैन र देशको अवस्था सामान्य छ । ड्रोन कुन देशबाट पठाइएका थिए भन्नेबारे भने खुलाइएको छैन ।
पछिल्ला दिनहरूमा इरानले खाडी क्षेत्रका केही देशहरूमा ड्रोन तथा मिसाइल आक्रमण गरेको विवरण सार्वजनिक भइरहेका छन्
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं, १८ फागुन । स्थानीय बजारमा सोमबार सुन र चाँदीको मूल्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला ३ लाख २० हजार ५०० रुपैयाँमा कारोबार भएको सुन सोमबार बढेर ३ लाख २६ हजार १०० रुपैयाँ पुगेको छ ।
त्यस्तै, आइतबार प्रतितोला ५ हजार ९८५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर ६ हजार २० रुपैयाँमा खरिदबिक्री हुने महासङ्घले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस ५ हजार ३६२ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस