राष्ट्रका नाममा प्रधानमन्त्री कार्कीको सम्बोधन

   फागुन १८, २०८२       admin

काठमाडौं,१८ फागुन। प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेकी छन् । फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन तथा समसामयिक राजनीतिक विषयमा केन्द्रित भएर प्रधानमन्त्रीले सम्बोधन गर्न लागेकी हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलका अनुसार सम्बोधन प्रत्यक्ष प्रसारण गर्ने वा रेकर्डिङ गरेर सार्वजनिक गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।

‘आज प्रधानमन्त्रीज्यूले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी भइरहेको छ,’ रावलले भने,- ‘प्रत्यक्ष प्रसारण गर्ने कि रेकर्ड गरेर सार्वजनिक गर्ने भन्ने सल्लाह हुँदैछ । जे भए पनि आज महत्त्वपूर्ण सन्देश आउनेछ ।’

गत भदौमा भएको जेनजी आन्दोलनपछि भदौ २७ गते रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । उनलाई ६ महिनाभित्र प्रतिनिधि सभा निर्वाचन गराउने प्रमुख जिम्मेवारी दिइएको थियो

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

इरानविरुद्ध ट्रम्पको चेतावनी: अमेरिकी सैनिकको मृत्युको बदला लिने

   फागुन १८, २०८२       admin

काठमाडौ,१८ फागुन । डोनाल्ड ट्रम्पले इरानी शासनविरुद्ध कडा सैन्य कारबाहीको चेतावनी दिएका छन्। उनले अमेरिकी सैनिकहरूको मृत्युको बदला लिने घोषणा समेत गरेका छन्।

सामाजिक सञ्जाल ट्रुथ सोसियलमा भिडियो सन्देश जारी गर्दै ट्रम्पले इरानमाथि अहिलेसम्मकै कठोर प्रहार गरिने बताएका हुन्।

आफ्नो सम्बोधनमा उनले अमेरिका एक विशाल सैन्य अभियान सुरु गर्ने तयारीमा रहेको जानकारी दिए। उक्त अभियान वर्तमान सुरक्षाका लागि मात्र नभई भावी पुस्ताको सुरक्षाका लागि समेत आवश्यक भएको उनको दाबी छ।

“हामी यो ठूलो अभियान सञ्चालन गर्दैछौं, जुन हाम्रो समय र स्थानको सुरक्षाका लागि मात्र होइन, हाम्रा छोराछोरी र उनीहरूका सन्तानका लागि पनि हो,” ट्रम्पले भने।

इरानलाई कट्टरपन्थी तथा आतंकवादी शासनको संज्ञा दिँदै उनले आणविक हतियारयुक्त इरानबाट अमेरिकी नागरिकलाई जोगाउन कडा कदम अनिवार्य भएको तर्क गरेका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

इरानका उच्च सैन्य नेतृत्व मारिएको पुष्टि

   फागुन १७, २०८२       admin

काठमाडौ,१७ फागुन। शनिबार बिहान भएको आक्रमणमा इरानका रक्षामन्त्री अजिज नासिरजादेह र सरकारी सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल अब्दुलरहिम मौसावीको मृत्यु भएको पुष्टि भएको छ।


इरानको अर्धसरकारी समाचार एजेन्सी तस्निम समाचार एजेन्सीले आइतबार उक्त जानकारी सार्वजनिक गरेको हो।

लेफ्टिनेन्ट जनरल मौसावी गत वर्ष जुनमा सशस्त्र बल प्रमुख नियुक्त भएका थिए। त्यतिबेला इजरायल ले गरेको हमलामा तत्कालीन सेना प्रमुखको मृत्यु भएपछि सर्वोच्च नेता आयातोल्लाह अली खामेनी ले उनलाई उक्त पदमा नियुक्त गरेका थिए।

शनिबारकै आक्रमणमा इस्लामिक रिभोलुसनरी गार्ड्स कोर (आईआरजिसी) का प्रमुख मेजर जनरल मोहम्मद पाकपुर तथा रक्षा मन्त्रालयका सल्लाहकार सचिव अली शमखानीको पनि मृत्यु भएको पुष्टि भइसकेको छ। आईआरजिसी इरानको सबैभन्दा शक्तिशाली सुरक्षा संरचनामध्ये एक मानिन्छ।

यसैबीच शनिबारको हमलामा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी को पनि मृत्यु भएको जनाइएको छ। उनको निधन शनिबार नै भएको भए पनि औपचारिक पुष्टि आइतबार मात्र गरिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

इरानी आक्रमणमा परेर एक नेपालीसहित तीन विदेशीको मृत्यु: ५८ घाइते

   फागुन १७, २०८२       admin

काठमाडौ,१७ फागुन । इरानबाट प्रक्षेपण गरिएका ड्रोन र मिसाइल आक्रमणका क्रममा एक नेपालीसहित तीन विदेशी नागरिकको मृत्यु भएको छ। आइतबार संयुक्त अरब इमिरेट्स (यूएई) मा भएको उक्त आक्रमणमा अन्य ५८ जना घाइते भएका छन्।

गल्फ न्युज ले यूएईको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै जनाएअनुसार शनिबारदेखि सुरु भएको आक्रमणयता वायुसेना तथा हवाई प्रतिरक्षा प्रणालीले १६५ ब्यालिस्टिक मिसाइल, दुई क्रुज मिसाइल र ५४१ ड्रोनको सामना गरिसकेको छ।

मन्त्रालयका अनुसार आइतबार बिहान मात्र २० ब्यालिस्टिक मिसाइल नष्ट गरिएको छ, जसमध्ये आठवटा समुद्रमा खसेका थिए। त्यस्तै दुई क्रुज मिसाइल र ३११ ड्रोन नष्ट गरिएको दाबी गरिएको छ।

इरानबाट प्रक्षेपण गरिएका १६५ ब्यालिस्टिक मिसाइलमध्ये १५२ अवरोध गरी नष्ट गरिएका र १३ समुद्रमा खसेका मन्त्रालयले जनाएको छ। ५४१ ड्रोनमध्ये ५०६ नष्ट गरिएका छन् भने ३५ ड्रोन बस्ती क्षेत्रमा खसेका कारण भौतिक क्षति भएको उल्लेख छ।

मृत्यु हुनेमा पाकिस्तानी, नेपाली र बंगलादेशी नागरिक रहेका छन्। मृतकहरूको नाम र विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

घाइते ५८ जनामध्ये यूएईसहित इजिप्ट, इथियोपिया, फिलिपिन्स, पाकिस्तान, इरान, भारत, बंगलादेश, श्रीलंका, अजरबैजान, यमन, युगान्डा, एरिट्रिया, लेबनान र अफगानिस्तानका नागरिक रहेका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

निर्वाचन सामग्री देशभर पुग्योः निर्वाचन आयोग

   फागुन १७, २०८२       admin

काठमाडौँ,१७ फागुन । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण सामग्री देशभर पुगिसकेको निर्वाचन आयोगले जानकारी गराएको छ । आइतबार एक कार्यक्रममा बोल्दै निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यस्तो जानकारी दिएका हुन् ।

आइतवार आयोजित एक कार्यक्रममा बोल्दै उनले उच्च पहाडी तथा हिमाली जिल्लासहित सबै स्थानमा निर्वाचन सामग्री ढुवानी भइसकेको बताए।

उनका अनुसार प्रत्येक निर्वाचन क्षेत्रमा जनशक्ति, मतदान कागजात र अन्य आवश्यक सामग्री पुगेरनपुगेको सुनिश्चित गर्न छुट्टै समितिबाट यकिन गरिएको छ।

सबै स्थानमा सामग्री पुगेपछि मात्र आधिकारिक जानकारी सार्वजनिक गरिएको उल्लेख गर्दै उनले निर्वाचन व्यवस्थापनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको दाबी गरे।

निर्वाचन आयोग का कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले तोकिएको मितिमा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको पनि बताएका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

खाडीसहित १२ देशमा श्रम स्वीकृति स्थगित

   फागुन १७, २०८२       admin

काठमाडौँ,१७ फागुन। सरकारले खाडी लगायत मध्यपूर्वका १२ वटा देशका लागि तत्काल श्रम स्वीकृति स्थगित गरेको छ।

मध्यपूर्व क्षेत्रमा विकसित विषम परिस्थितिलाई ध्यानमा राख्दै नेपाल सरकारले वैदेशिक रोजगारीका लागि प्रदान गर्दै आएको श्रम स्वीकृति अस्थायी रूपमा रोक्ने निर्णय गरेको हो।

श्रम स्वीकृति स्थगित गरिएका देशहरूमा साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स ९यूएई०, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेवनान, टर्की र इजरायल रहेका छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ले मातहतका निकाय तथा विभागहरूलाई व्यक्तिगत र संस्थागत दुवै प्रकारका श्रम स्वीकृति अर्को निर्णय नभएसम्मका लागि रोक्न निर्देशन दिएको जनाएको छ।

मन्त्रालयका अनुसार हालको परिस्थितिमा नेपाली कामदारको सुरक्षा र हितलाई प्राथमिकतामा राख्दै यस्तो निर्णय गरिएको हो। अवस्था सामान्य भएपछि पुनः निर्णय गरिने उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ बढ्यो, नेपालमा यथावत्

   फागुन १७, २०८२       admin

दाङ,१७ फागुन। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । तर नेपालमा भने पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको नेपाल आयल निगमले जनाएको छ।

निगमले विज्ञप्ति जारी गर्दै उपभोक्तालाई थप भार नपरोस् भन्ने उद्देश्यले मूल्य समायोजन नगरेको स्पष्ट पारेको हो।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ९ पैसा, डिजेलमा २ रुपैयाँ ४७ पैसा तथा खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर १८ रुपैयाँ ५८ पैसा मूल्य बढेर आएको थियो।

हाल चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी क्षेत्रमा पेट्रोल प्रतिलिटर १५४ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेल प्रतिलिटर १३९ रुपैयाँ ५० पैसा कायम रहेको छ।

त्यस्तै सुर्खेत र दाङ क्षेत्रमा पेट्रोल प्रतिलिटर १५६ रुपैयाँ तथा डिजेल र मट्टीतेल प्रतिलिटर १४१ रुपैयाँ रहेको छ। काठमाडौँ, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल प्रतिलिटर १५७ रुपैयाँ तथा डिजेल र मट्टीतेल प्रतिलिटर १४२ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मालपोत कार्यालय तुलसीपुर भोलि बन्द

   फागुन १७, २०८२       admin

दाङ,१७ फागुन। मालपोत कार्यालय तुलसीपुर भोलि एक दिनका लागि बन्द रहने भएको छ।

आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि आयोगले तोकेका विभिन्न मतदान केन्द्रमा कार्यालयका सम्पूर्ण कर्मचारी खटिनुपर्ने भएकाले सेवा प्रवाह स्थगित गरिने जनाइएको छ।

मालपोत अधिकृत खिमबहादुर खड्काद्वारा जारी सूचनामा सम्बन्धित सबै सेवाग्राहीलाई सो दिन कार्यालय बन्द रहने जानकारी गराएका हुन्।

यसका साथै नेपाल सरकारले घोषणा गरेका सार्वजनिक बिदाका दिनमा पनि कार्यालय बन्द रहने जानकारी सूचनामार्फत दिइएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

आचारसंहिता उल्लङ्घन गर्ने ८ जनालाई कारबाही

   फागुन १७, २०८२       admin

दाङ, १७ फागुन। निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा ८ जनालाई कारबाही गरेको छ । ९४ जनालाई स्पष्टीकरण सोधेको छ।

आयोगका कानून अधिकृत मोहनराज जोशीका अनुसार राजनीतिक दल तथा उम्मेदवारबाट ५७ वटा स्पष्टीकरणको जवाफ प्राप्त भएको छ भने ६ जनालाई पुनः स्पष्टीकरण सोधिएको छ।

आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घनको उजुरी परेका राजनीतिक दल, उम्मेदवार, सरकारी र गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारलाई समेत स्पष्टीकरण सोधेको छ।

दर्ता भएका सञ्चारमाध्यम र त्यहाँ आबद्ध पत्रकारलाई भने प्रेस काउन्सिल नेपालमार्फत स्पष्टीकरण सोधिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

एकै दिन ४ हजार ४१३ बालबालिकालाई स्वर्णविन्दु

   फागुन १७, २०८२       admin

दाङ, १७ फागुन। दाङको तुलसीपुरमा सञ्चालन भइरहेको स्वर्णविन्दु कार्यक्रममा सहभागी बालबालिकाको संख्या निरन्तर बढ्दै गएको छ। चौथो महिनामा आइपुग्दा एकै दिन ४ हजार ४१३ जना बालबालिकालाई स्वर्णविन्दु खुवाइएको छ, जुन हालसम्मकै उच्च संख्या हो।

राप्ती आयुर्वेद चिकित्सालयका सूचना अधिकारी डा. कैलाश न्यौपानेका अनुसार आइतबार ६ महिनादेखि ५ वर्ष उमेर समूहका बालबालिकालाई स्वर्णविन्दु खुवाइएको हो। कार्यक्रम तुलसीपुर उपमहानगरपालिका–९ दोघरेमा सञ्चालन हुँदै आएको छ।

चिकित्सालयका अनुसार गत मंसिरमा २ हजार, पुसमा ३ हजार र माघमा ३ हजारभन्दा बढी बालबालिकाले स्वर्णविन्दु लिएका थिए। चौथो महिनामा भने संख्या उल्लेख्य रूपमा बढेको छ।

आज बिहानै ५ बजेदेखि पश्चिम दाङका विभिन्न क्षेत्रका साथै बाँके जिल्लाबाट समेत अभिभावकहरू बालबालिका लिएर लाइनमा बसेका थिए। स्वर्णविन्दु महिनामा एक पटक मात्र खुवाइने गरिएको छ।

डा. न्यौपानेका अनुसार स्वर्णविन्दु आयुर्वेदिक विधिबाट तयार पारिने औषधि हो। यसले बालबालिकाको स्मरण शक्ति, एकाग्रता तथा रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्ने विश्वास गरिएको छ। साथै शारीरिक तथा मानसिक विकासमा टेवा पुग्ने र पाचन प्रणाली सुदृढ बनाउन मद्दत गर्ने बताइएको छ।

चिकित्सालय व्यवस्थापन समितिका अध्यक्ष नारायणकुमार आचार्यले कार्यक्रमलाई अझ व्यवस्थित र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाएका छन्। अभिभावकको बढ्दो सहभागिताले सेवा विस्तारको आवश्यकता देखिएको उनको भनाइ छ।

आगामी कार्यक्रमअनुसार चैत १४, वैशाख १०, जेठ ६ र असार ३ गते स्वर्णविन्दु खुवाइने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology