काठमाडौँ, १४ फागुन । नेपाल प्रहरीले आगामी चुनावको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) खटाएको छ।
प्रहरी प्रधान कार्यालय र विभिन्न विभागमा कार्यरत सात एआईजीलाई प्रदेश कमाण्डमा खटाइएको छ। उनीहरूले प्रदेशमै रहेर मातहतका जिल्लाहरूको सुरक्षा कमाण्ड गर्नेछन्।
चुनावको सुरक्षाबारे छलफल गर्न हिजो प्रहरी प्रधान कार्यालयमा पूर्वआईजीपी, निर्वाचन आयुक्तलगायतलाई बोलाएर बैठक गरिएको थियो।
सुरक्षा निकायहरूले आगामी निर्वाचन विथोल्ने कुनै ठूलो सुरक्षा थ्रेट नदेखिएको निष्कर्ष निकालेको छ। मतदानस्थललाई सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन भागमा वर्गीकरण गरिएको छ।
सुरक्षा निकायले भने, चुनाव विथोल्ने ठूला खतरा नभए पनि हुन सक्ने साना झडप र असामञ्जस्यका घटनासँग सचेत भएर सुरक्षा व्यवस्था मिलाइएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,१४ फागुन। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ मा हुने चुनाव अपरिहार्य रहेको बताएका छन् । प्रचण्डले देशको असहज परिस्थितिलाई निकास दिनका लागि चुनाव अरिहार्य भएको बताएका हुन्।
नेकपाको निर्वाचन परिचालन समितिले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले विभिन्न संशय र विवादकाबीच चुनाव सुनिश्चित भएको उल्लेख गर्दै यसले देशलाई नयाँ दिशा दिने विश्वास व्यक्त गरे।
चुनाव सम्पन्न हुन अब एक हप्ता मात्र बाँकी रहेको र सिङ्गै देश चुनावी प्रक्रियामा होमिएको उनको भनाइ थियो। प्रचण्डले चुनाव सफल पार्नु सबै तह र तप्काको साझा जिम्मेवारी भएकोमा जोड दिए ।
फागुन २१ मा हुने निर्वाचनका लागि नेकपाले आजै आफ्नो चुनावी अपिलसमेत सार्वजनिक गरेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१४ फागुन। नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले चुनावी तालमेलका विषयमा अहिलेसम्म कुनै निष्कर्षमा नपुगिएको बताएका छन्। दाङको घोराहीमा चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन्। उनले बाहिर आएका हल्लाभन्दा पनि सम्बन्धित दलहरूले आधिकारिक रूपमा नबोल्दासम्म हतार गरेर प्रतिक्रिया दिन उचित नहुने धारणा राखे।
एमाले र नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०बीच केही क्षेत्रमा चुनावी तालमेल हुन सक्ने चर्चा चलिरहेका बेला उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,१४ फागुन । विदेशी पुरुषसँग विवाह गरेका महिला उम्मेदवारहरूको विवरण सार्वजनिक गर्न माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले निर्वाचन आयोगसँग लिखित जवाफ माग्ने आदेश दिएको छ।
अधिवक्ता राजकुमार सुवालले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले प्रत्यक्ष र समानुपातिक दुवैतर्फका यस्ता उम्मेदवारहरूको सूची सार्वजनिक नगर्नुको कारण पेस गर्न आयोगलाई निर्देशन दिएको हो।
कानुनअनुसार कुनै उम्मेदवारले झुटो विवरण दिएर नाम दर्ता गरेको पाइएमा त्यसविरुद्ध उजुरी दिन सकिने व्यवस्था छ। तर विवरण सार्वजनिक नभए उजुरी गर्ने अधिकार प्रभावित हुने दाबी रिटमा गरिएको छ।
‘मतदाता नामावली ऐन, २०७३’ मा झुटो विवरण दिएर नाम समावेश गरेको पाइएमा जोसुकैले पनि उजुरी दिन सक्ने प्रावधान रहेको उल्लेख गर्दै रिटमा उम्मेदवारहरूको पारिवारिक तथा व्यक्तिगत विवरण पारदर्शी बनाउन माग गरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१४ फागुन । देशभर बालबालिकामा कुष्ठरोगका घटना बढ्दै गएको पाइएको छ। हालै सार्वजनिक तथ्याङ्कअनुसार कुल २ हजार ४ सय ९ जना कुष्ठरोगीमध्ये १ सय ५४ जना बालबालिका रहेका छन्।
बालबालिकामा सङ्क्रमण देखिन थालेपछि सरकारले यसलाई उच्च प्राथमिकतामा राखेर नियन्त्रण गर्ने प्रतिबद्धता जनाएको छ। नेपाल कानून समाजले आयोजना गरेको कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर ढुङ्गानाले बालबालिकामा रोग देखिनु गम्भीर चिन्ताको विषय भएको बताए। उनले मानवअधिकारको दृष्टिकोणबाट पनि रोग उन्मूलन आवश्यक रहेको उल्लेख गरे।
त्यसैगरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा। विकास देवकोटाले नेपालले सन् २०१० मा कुष्ठरोग निवारण घोषणा गरे पनि हाल १६ जिल्लामा प्रति १० हजार जनसङ्ख्यामा एकभन्दा बढी संक्रमित भेटिनु चिन्ताजनक रहेको बताए।
परिवारमा उपचार ढिलो हुँदा बालबालिकामा संक्रमण सर्ने भएकाले बहुक्षेत्रीय समन्वयमार्फत छिटो पहिचान र उपचारलाई प्राथमिकता दिनुपर्नेमा विज्ञहरूले जोड दिएका छन्। कार्यक्रममा सहभागीहरूले कुष्ठरोग नियन्त्रणलाई राष्ट्रिय प्राथमिकतामा राखी प्रभावकारी अभियान सञ्चालन गर्नुपर्ने निष्कर्ष निकालेका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद नेपाली कांग्रेसको चुनावी अभियान’
दाङ, १४ फागुन । दाङ क्षेत्र नम्बर ३ मा आगामी आमनिर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार दीपक गिरीले आमजनतामा अपिल गरेका छन्। उनले देशलाई राजनीतिक अस्थिरता र सस्तो लोकप्रियताबाट जोगाउनुपर्ने जिम्मेवारीसहित नव युवा पुस्ता र सम्पूर्ण देशवासीका चाहना र आकांक्षालाई सम्बोधन गर्न निर्वाचनमा सहभागिता जनाउन आह्वान गरेका छन्।
गिरीले आफ्नो सम्बोधनमा उल्लेख गरेका छन् कि “मुटुमा दाङ र देशप्रति माया बोकेर यही माटोमा जन्मिएर हुर्किएको र विभिन्न जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको अनुभवसहित यहाँको समग्र विकासमा योगदान पुर्याउन उपस्थित छु। दाङको आवाज संसद्मा सशक्त रूपमा उठाउने र जनताका मौलिक अधिकारको रक्षा गर्ने मेरो प्रतिबद्धता अडिग छ।”
नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर ३ ले प्रस्तुत गरेको प्रतिज्ञापत्र-२०८२ अन्तर्गत विभिन्न क्षेत्रमा विकास र समृद्धिका कार्यक्रम समावेश छन्।
भिजनःमिसन समृद्ध दाङ
किसानमुखी अर्थतन्त्र
.कृषिमा आधुनिकीकरण र व्यवसायीकरण,
.सिँचाई, मल र बीउको सहज उपलब्धता,
.कृषि उपजको उचित मूल्य सुनिश्चितता,
.किसानलाई सहुलियत ऋण र निःशुल्क बीमा कार्यक्रम,
.शीत भण्डार र पशु मोबाइल हस्पिटल कार्यक्रम,
युवा भविष्य र रोजगारी
.नीय उद्योग, कृषि प्रशोधन र पर्यटन प्रवर्द्धन,
.सीपमूलक तालिम सहित स्वरोजगार कार्यक्रम,
.वैदेशिक रोजगारीका लागि सुरक्षित र लगानी सुरक्षासहित योजना,
.उद्यम, व्यवसायमा युवा तथा महिला संलग्नताको सुनिश्चितता,
गुणस्तरीय शिक्षा
.राप्ती बबई क्याम्पसको प्रविधिमैत्री रूपान्तरण,
.सामुदायिक विद्यालय सुधार तथा प्रविधियुक्त शिक्षाको सुनिश्चितता,
.गरिब, दलित र जेहेन्दार विद्यार्थीलाई उच्चशिक्षा छात्रवृत्ति,
.अन्तर्राष्ट्रिय शैक्षिक साझेदारी र सिकाई आदान प्रदान,
सुलभ स्वास्थ्य सेवा
.राप्ती प्रादेशिक अस्पतालको स्तरवृद्धि र विशेषज्ञ सेवा विस्तार,
.आधारभूत स्वास्थ्य सेवा निःशुल्क,
.स्वास्थ्य चौकी सुदृढीकरण र विशेष ध्यान सहितको मातृ–शिशु स्वास्थ्य योजना,
दिगो पूर्वाधार
.प्राथमिकताका आधारमा सडक, मोटरेवल पुल, झोलुङ्गे पुल र खानेपानी, सिँचाई, विद्युत विस्तारl
सञ्चार र प्रविधि
.सूचना र सञ्चार सेवाको आधुनिकीकरण,
.ग्रामीण क्षेत्रमा आधुनिक सञ्चार र निःशुल्क इन्टरनेट सुविधा,
सुशासन र सामाजिक न्याय
.भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता,
.आदिवासी, महिला, दलित र पछि पारिएका समुदायको समानुपातिक सहभागिता
वातावरण र विपद् व्यवस्थापन
.वन, वातावरण संरक्षण,
.बाढी, पहिरो, डुवान नियन्त्रण योजना,
.सुरक्षित बस्ती विकासका लागि तटबन्ध कार्यक्रम।
उद्योग व्यवसाय
.लगानीमैत्री वातावरण, नयाँ उद्योग स्थापना, स्थानीय रोजगारी प्रवर्द्धन,
.आधुनिक कृषि प्रविधि र बजारीकरण सुनिश्चितता।
पर्यटन
.थारु कला, संस्कृति संरक्षण तथा दंगीशरण दरबार क्षेत्रको प्रवर्द्धन,
.इको-टुरिज्म र धार्मिक पर्यटन विकास,
.टरिगाउँ एयरपोर्ट स्तरोन्नति।
प्रमुख उपलब्धिहरू
नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर ३ ले सिँचाई, सडक, पुल, खानेपानी, शिक्षा, स्वास्थ्य र सांस्कृतिक संरचनाको क्षेत्रमा महत्वपूर्ण कामहरू गरेका छन्। झोलुङ्गे पुल र मोटरेवल पुलहरू निर्माण, नदि तटबन्ध, खानेपानी योजना, शैक्षिक संस्था आधुनिकीकरण तथा सांस्कृतिक धरोहर संरक्षणका कार्यक्रमहरू सञ्चालन गरिएको छ।
दीपक गिरीको राजनीतिक यात्रा
गिरीले आफ्नो राजनीतिक यात्रा स्कुल जीवनमा पञ्चायतविरुद्ध आवाज उठाउँदै शुरू गरेका थिए। उनले कांग्रेसको सक्रिय सदस्यता, क्षेत्रीय सभापति, नेविसंघ सदस्य, जनमत संग्रह नेतृत्व, प्रजातान्त्रिक आन्दोलनमा जेल जीवन, संविधान सभा सदस्य पद तथा विभिन्न मन्त्री पदहरू सम्हालेका छन्। गिरीले आम निर्वाचनमा नागरिकहरूलाई नेपाली कांग्रेसको ‘रुख’ चुनाव चिन्हमा मतदान गर्न आह्वान गर्दै पश्चिम दाङको उज्ज्वल भविष्य सुनिश्चित गर्न आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ, १४ फागुन । देशका विभिन्न जिल्लाबाट लागू पदार्थसहित नौ जना पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय कार्यालयका अनुसार इलाम, झापा, सुनसरी, नवलपरासी पूर्व र कैलालीबाट उनीहरू बुधबार पक्राउ परेका हुन्।
अभियुक्तहरूबाट खैरो हेरोइन, गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र पाइने औषधि बरामद भएको प्रहरीले जनाएको छ। सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूले नियमित गस्तीका क्रममा चेकजाँच गर्दा प्रतिबन्धित पदार्थ फेला पारेको बताएका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं, १४ फागुन । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर गएका छन् ।
त्रिभुवन विमानस्थल स्रोतका अनुसार देउवा सिंगापुर एयरलाइन्सको उडानबाट बुधबार राति त्यसतर्फ प्रस्थान गरेका हुन् ।उनीसंन केही अन्य व्यक्ति पनि सिंगापुर गएको बताइएको छ ।
जेनजी आन्दोलनका क्रममा कुटपिटमा परेर घाइते भएपछि देउवाले यसअघि पनि सिंगापुरमै उपचार गराएका थिए ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा देउवा सिंगापुर गएका हुन् । यसपटक भने उनी उम्मेदवार छैनन् । डडेल्धुराबाट कांग्रेसका तर्फबाट नैनसिंह महर उम्मेदवार बनेका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१४ फागुन । भेरी नदीमा हाम फालेर बेपत्ता भएकी तुलसीपुरकी २१ वर्षीया पुष्पा सिंहको शव झण्डै सात दिनपछि फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार सुर्खेतको गुर्भाकोट नगरपालिका–९ पोखरेस्थित भेरी नदी किनारमा बिहीबार शव फेला परेको हो।
दाङको तुलसीपुर उपमहानगरपालिका–६ बरुवा गाउँ निवासी पुष्पाले गत शुक्रबार दिउँसो करिब १२ बजे सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१ जडागौडास्थित भेरी नदीमाथिको पक्की पुलबाट हाम फालेकी थिइन्। उनी र उनका श्रीमान् ३० वर्षीय त्रीदेव मल्ल तुलसीपुर फर्किंदै गरेका बेला पुल पार गर्ने क्रममा उनले श्रीमानलाई झोला समात्न दिएकी र त्यसलगत्तै नदीमा हाम फालेको श्रीमानको भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको थियो।
घटनापछि त्रीदेवले फोनमार्फत इलाका प्रहरी कार्यालय देवस्थल लाई जानकारी गराएका थिए। प्रहरी निरीक्षक सागर पौडेलको कमाण्डमा टोली खटिएर खोजी कार्य सुरु गरिएको थियो। स्थानीयवासी र प्रहरीको प्रयासका बाबजुद सुरुमा फेला पार्न नसकिएपछि गोताखोर परिचालनको तयारीसमेत गरिएको थियो।
डेढ महिनाअघि मात्र विवाह भएका पुष्पा केही दिनअघि माइतीघर बनगाड कुपिण्डे नगरपालिका–६ सुनौली गएकी थिइन्। घटनापछि प्रहरीले उनका श्रीमानलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो।
घटनाको कारण खुल्न नसकिरहेका बेला झण्डै सात दिनपछि उनको शव फेला परेको प्रहरीले जनाएको छ। थप अनुसन्धान भइरहेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, १४ फागुन । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ६ सय रुपैयाँले बढेर तोलाको ३ लाख १५ हजार ४ सय रुपैयाँ पुगेको छ। बुधबार सुन तोलाको ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि आज १० रुपैयाँले बढेको छ। आज चाँदी तोलाको ५ हजार ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी तोलाको ५ हजार ७ सय १५ रुपैयाँमा कारोबार भएको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस