जनप्रतिनिधिलाई प्रचारप्रसारमा नलाग्न निर्वाचन आयोगको आग्रह

   फागुन ११, २०८२       admin

दाङ,११ फागुन । निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन आग्रह गरेको छ। निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शी, मितव्ययी तथा भयमुक्त बनाउन यस्तो निर्देशन दिइएको आयोगले जनाएको छ।

आयोगका अनुसार निर्वाचन आचारसंहिता, २०८२ लागू भइसकेको छ र यसको पूर्ण पालना गर्नु सबै सरोकारवाला पक्षको दायित्व हो। राजनीतिक दल, उम्मेदवार तथा सम्बन्धित पक्षबाट आचारसंहिता पालना भए–नभएको विषयमा आयोगले निरन्तर अनुगमन गरिरहेको जनाएको छ।

स्थानीय तहका केही जनप्रतिनिधि आचारसंहिता विपरीत दल तथा उम्मेदवारको प्रचारप्रसारमा संलग्न भएको भन्ने उजुरी प्राप्त भएकोप्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ।

आचारसंहिताअनुसार स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तहबाहेक अन्य स्थानीय तहमा सम्बन्धित दलको प्रचारप्रसारमा संलग्न हुन सक्ने भए पनि सरकारी स्रोत–साधन प्रयोग गर्न नपाइने व्यवस्था छ।

तर आफू कार्यरत स्थानीय तहभित्र भने कुनै पनि दल वा उम्मेदवारको प्रचारप्रसारमा संलग्न हुनु आचारसंहिताविपरीत हुने भएकाले त्यस्तो कार्य नगर्न आयोगले सचेत गराएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

त्रिशूली बस दुर्घटना : छानबिन समिति गठन, ९ जनाको सनाखत

   फागुन ११, २०८२       admin

काठमाडौँ,११ फागुन । गृह मन्त्रालयले पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ–७ चरौंदी नजिकै भएको बस दुर्घटनाबारे छानबिन समिति गठन गर्ने निर्णय गरेको छ।

मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार सरोकारवाला निकायसँगको छलफलपछि दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन समिति गठन गरिएको हो।
पोखराबाट काठमाडौं जादै गरेको ग २ ख १४२१ नम्बरको बस सोमबार बिहान सडकबाट करिब २०० मिटर तल त्रिशूली नदी किनारमा खस्दा दुर्घटना भएको थियो।

बसमा चालकसहित ४४ जना सवार थिए। दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुगेको छ भने २५ जना घाइते भएका छन्। अधिकांश घाइतेको उपचार काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा भइरहेको छ।
मृत्यु भएकामध्ये ९ जनाको सनाखत भएको छ भने १० जनाको सनाखत हुन बाँकी छ।

सनाखत भएकामा २४ वर्षीय बेलायती नागरिक स्टेवार्ट डोमिनिक इथान, पोखरा–३० का विवेक बास्तोला, नागार्जुन बस्ने चन्द्रबहादुर कुँवर, व्यास–४ का ओम कुमार मल्ल, त्रिपुरासुन्दरी–४ का इन्जिनियर ठकुरी, शुक्लागण्डकी–७ की विष्णुमाया ढकाल, बौद्ध टुसालका लोपसाङ गोले, भिमाद–६ का हरिप्रसाद सिग्देल र तानसेन–२ का नविन श्रेष्ठ रहेका छन्।

गृहमन्त्रीले उद्धार र उपचारलाई प्राथमिकता दिन निर्देशन दिँदै दोषीलाई कानूनी दायरामा ल्याउन र सडक सुरक्षासम्बन्धी कानून कडाइका साथ कार्यान्वयन गर्न सम्बद्ध निकायलाई सचेत गराएका छन्। यातायात क्षेत्रको प्रभावकारी नियमन र दुर्घटना न्यूनीकरणका लागि थप कदम चालिने मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दाङमा बस दुर्घटना हुँदा ७ जना घाइते

   फागुन ११, २०८२       admin

दाङ ,११ फागुन । दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। लमहीबाट घोराहीतर्फ आउँदै गरेको लु २ ख ३२७७ नम्बरको बस सोमबार बिहान करिब पौने ११ बजे दुर्घटनामा परेको हो।

दुर्घटनामा चार पुरुष र तीन महिला घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए। बस घोराही उपमहानगरपालिका–३ चिसापानीस्थित मसोट नजिक दुर्घटनामा परेको हो।

घाइतेहरूको उपचार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बाजुरामा ३.९ म्याग्निच्युडको भूकम्प

   फागुन ११, २०८२       admin

काठमाडौं,११ फागुन । बाजुरामा भुकम्प गएको छ। आइतबार राति १२ बजेर १३ मिनेटमा ३.९ म्याग्निच्युडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु बाजुराको रानीखर्क आसपास रहेको थियो।

केन्द्रका अनुसार उक्त भूकम्प सामान्य प्रकृतिको रहेको र क्षति पुर्‍याउने खालको नभएको जनाइएको छ। बेलाबखत साना परिमाणका भूकम्प जानु सामान्य प्रक्रिया भएको विज्ञहरूले बताएका छन्।

यसअघि आइतबार बिहान ७ः३१ बजे संखुवासभाको रितक आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प मापन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कुल मतदाताभन्दा ४२ लाख बढी मतपत्र छपाई

   फागुन ११, २०८२       admin

काठमाडौँ,११ फागुन । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ २ करोड ३ लाख २३ हजार र समानुपातिकतर्फ २ करोड ८ लाख ३० हजार मतपत्र छापेको जनाएको छ।

आयोगका अनुसार देशभर १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता रहेका छन्। तीमध्ये ९६ लाख ६३ हजार ३ सय ५८ पुरुष र ९२ लाख ४० हजार १ सय ३१ महिला छन्। यस पटक ९ लाख १५ हजार १ सय १९ नयाँ मतदाता थपिएका छन्।

कुल मतदाताभन्दा करिब ७ प्रतिशत अर्थात ४२ लाख ९३ हजार १ सय १० वटा मतपत्र बढी छापिएको आयोगले जनाएको छ।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीका अनुसार आपत्कालीन तथा भैपरी आउने परिस्थितिलाई ध्यानमा राख्दै हरेक निर्वाचनमा थप मतपत्र छाप्ने गरिन्छ। मतपत्र नष्ट हुन सक्ने, ढुवानीका क्रममा फरक स्थानमा पुग्न सक्ने, मौसमका कारण बिग्रन सक्ने वा मतदानस्थलमा क्षति हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै अतिरिक्त मतपत्र तयारी गरिने उनले बताए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

त्रिशूली नदिमा बस खस्दा १७ को मृत्यु, उद्धार जारी

   फागुन ११, २०८२       admin

फागुन, ११ । काठमाडौं । पोखराबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस धादिङमा त्रिशूली नदीमा खस्दा १७ जनाको ज्यान गएको छ।
पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको ग १ ख १४२१ नम्बरको बस गएराति करिब साढे १ बजे धादिङ जिल्लाको बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसिगौडास्थित पृथ्वी लोकमार्ग अन्तर्गत सडकबाट करिब ३ सय मिटर तल खस्दा दुर्घटना भएको हो।


प्रारम्भिक जानकारीअनुसार बसमा कम्तिमा ४६ जना यात्रु सवार रहेको अनुमान गरिएको छ। घटनास्थलमा रहेका सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद न्यौपानेका अनुसार मृतकको संख्या १७ पुगेको छ भने अन्य यात्रुको खोज तथा उद्धार कार्य जारी छ।


उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली खटिएको छ। सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेस आदमघाटबाट डीएसपी नेतृत्वको टोली तथा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोली घटनास्थल पुगेको छ।


उद्धारकर्ताहरूले डुंगाको सहायताबाट यात्रुहरूलाई नदीकिनारमा ल्याई बगरमा जम्मा गर्ने र त्यहाँबाट एम्बुलेन्समार्फत अस्पताल पठाउने काम गरिरहेका छन्।


घाइते तथा मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण भने अझै खुल्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तरुण परिचालन समितिको संयोजकमा जिएम

   फागुन १०, २०८२       admin

दाङ,१० फागुन । नेपाल तरुणदल जिल्ला कार्यसमिति दाङले तरुण परिचालन समिती गठन गरेको छ। आसन्न फागुन २१ को प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरि उक्त समिती गठन गरेको हो ।

क्षेत्र नं ३ को निर्वाचनलाई सफल बनाउन जिल्ला कार्यसमितिले  जिवि  जिएमलाई तरुण परिचालन समितिको संयोजकमा नियुक्त गरेको छ।

प्रतिनिधि सभा निर्वाचनमा दाङ क्षेत्र नं. ३ का उम्मेदवार दीपक गिरीको पक्षमा तरुण परिचालन प्रभावकारी बनाउन तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडामा संगठन सुदृढीकरण गर्ने उद्देश्यसहित जिएमलाई उक्त जिम्मेवारी दिइएको हो।

जिल्ला अध्यक्ष टिकाराम घर्तीद्वारा जारी पत्रमा संयोजक जिएमलाई सम्बन्धित वडामा आवश्यक समन्वय, संगठन विस्तार र तरुण परिचालनलाई सक्रिय रूपमा अघि बढाउन निर्देशन दिइएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बजेटलाई ‘साइज’मा ल्याउन मुख्यमन्त्री आचार्यको निर्देशन

   फागुन १०, २०८२       admin

दाङ,१० फागुन । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटलाई यथार्थपरक र व्यवस्थित आकारमा ल्याउन मातहतका निकायलाई निर्देशन दिएका छन्।

आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा आयोजित अर्धवार्षिक समीक्षा कार्यक्रममा उनले टुक्रे योजना कटौती गरी योजना तर्जुमा निर्देशिका निर्माण गर्ने र मन्त्रिपरिषद्बाट स्वीकृत गराएर कार्यान्वयनमा लैजाने तयारी भइरहेको जानकारी दिए। वार्षिक योजना आयोजना बैंकबाट छनोट गर्ने व्यवस्था पनि लागू गरिने उनले बताए।

मुख्यमन्त्री आचार्यले परिणाममुखी कार्यसम्पादनमा जोड दिँदै जनअपेक्षाअनुसार कामको गति बढाउन आग्रह गरे। गत आर्थिक वर्षमा सम्पन्न भई भुक्तानी हुन बाँकी आयोजनाको रकम फागुनभित्रै निकासा गर्न उनले निर्देशन दिए।

प्रदेशको आन्तरिक आम्दानी वृद्धि गर्न राजस्वको दायरा विस्तार, निर्माण सम्पन्न संरचनाको सदुपयोग तथा समपूरक, सशर्त र विशेष अनुदानअन्तर्गतका आयोजना समयमै सम्पन्न गर्न पनि उनले जोड दिए।

कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीको अध्यक्षता रहेको थियो। मन्त्रालयका सचिव बन्धुप्रसाद वास्तोलाले प्रस्तुत गरेको प्रतिवेदनअनुसार पुस मसान्तसम्म पुँजीगत खर्च १८.०४ प्रतिशत र कुल खर्च २०.४५ प्रतिशत पुगेको छ। कार्यसम्पादन मूल्यांकनमा प्रदेशले ३४.७१ अंकसहित पाँचौँ स्थान हासिल गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

जेनजी आन्दोलनका घाइतेको विवरण बुझाउन निर्देशन

   फागुन १०, २०८२       admin

काठमाडौँ,१० फागुन । सरकारले नवयुवा ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएकाहरूको विवरण फागुन १५ गतेभित्र उपलब्ध गराउन स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार घाइतेहरूको उपचार र राहत वितरणलाई प्रभावकारी बनाउन उपचारमा संलग्न सबै स्वास्थ्य संस्थालाई विवरण पठाउन भनिएको हो। प्राप्त निवेदनमाथि छानबिन गरी अन्तिम नामावली सार्वजनिक गरिने उनले जानकारी दिए।

हालसम्म करिब २ सय घाइतेको वर्गीकृत विवरण मात्र मन्त्रालयमा पुगेको छ। तर मन्त्रालयको तथ्याङ्कअनुसार प्रदर्शनका क्रममा २ हजार ५ सय ९९ जना घाइते भएका छन्।

सरकारले अतिगम्भीर तथा तिनको स्याहारकर्तालाई मासिक ९ हजार रुपैयाँ, गम्भीर घाइतेलाई मासिक ९ हजार रुपैयाँ र मध्यम घाइतेलाई मासिक ४ हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने सरकारको तयारी

   फागुन १०, २०८२       admin


काठमाडौं,१० फागुन । सरकारले पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति शीघ्र कार्यान्वयनमा ल्याउने तयारी गरेको छ। नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले ‘पेट्रोलमा इथानोल मिसाउने आदेश–२०८२’ स्वीकृत भइसकेको र छिट्टै राजपत्रमा प्रकाशित हुने जानकारी दिए।

उनका अनुसार १० प्रतिशत इथानोल मिश्रणबाट वार्षिक करिब ६ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम आयात घटाउन सकिनेछ। यसले व्यापार घाटा कम गर्नुका साथै उखु उत्पादन, उद्योग स्थापना र रोजगारीमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले कार्यक्रम कार्यान्वयनमा १–१.५ वर्ष लाग्न सक्ने र गुणस्तर मापदण्ड तयार गरिँदै रहेको बताए।

सरकारले इथानोलको न्यूनतम मूल्य निर्धारण, गुणस्तर मापदण्ड तय र उत्पादनका लागि बोलपत्र आह्वान गर्ने तयारी गरेको जनाएको छ। निजी क्षेत्रले भने उद्योग स्थापना र स्पष्ट कार्यविधिको आवश्यकता औंल्याएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology