अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२ जारी

   फागुन ०७, २०८२       admin

काठमाडौ,७ फागुन । निर्वाचन आयोग ले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीका लागि आवश्यक अस्थायी मतदाता नामावली संकलन तथा स्थायी मतदान प्रक्रियालाई व्यवस्थित बनाउन ‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि, २०८२’ जारी गरेको छ।

आयोगले मतदाता नामावलीसम्बन्धी ऐन, २०७३ को दफा ४४ ले दिएको अधिकार प्रयोग गरी उक्त कार्यविधि निर्माण गरी लागू गरेको जनाएको छ। कार्यविधिअनुसार आयोगले स्थायी मतदाता नामावली संकलन गर्ने कार्यक्रमसहितको सूचना प्रकाशन गर्नेछ। आवश्यकताअनुसार उक्त सूचना राष्ट्रियस्तरका सञ्चारमाध्यमबाट प्रकाशन तथा प्रसारण गर्न सकिने व्यवस्था गरिएको छ।

नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहका कर्मचारी, सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका संस्थाका कर्मचारी, सेना, प्रहरी, कारागारमा रहेका थुनुवा तथा कैदी, निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी, साथै संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरूको नाम स्थायी मतदाता नामावलीमा समावेश हुने व्यवस्था कार्यविधिमा गरिएको छ।

आयोगका अनुसार कुनै व्यक्तिको नाम छुटेको वा मतदाताको नाम तथा विवरणमा त्रुटि भएमा सम्बन्धित व्यक्तिले प्रमाणसहित प्रमुख नाम दर्ता अधिकारीसमक्ष निवेदन दिई आफ्नो नाम समावेश गराउन वा त्रुटि सच्याउन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रजातन्त्रको रक्षा सुशासन र विधिको शासनबाट मात्र सम्भव छ : मुख्यमन्त्री आचार्य

   फागुन ०७, २०८२       admin

दाङ,७ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रजातन्त्रको रक्षा केवल राजनीतिक संरचनाले मात्र नभई पारदर्शिता, उत्तरदायित्व र विधिको शासनको प्रभावकारी कार्यान्वयनबाट सम्भव हुने बताएका छन्।

राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ का अवसरमा जारी शुभकामना सन्देशमा उनले लोकतन्त्रलाई जनजीवनसँग जोड्दै सामाजिक न्याय, समान अवसर र आर्थिक रूपान्तरण सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।

वि.सं. २००७ साल फागुन ७ गते जहानियाँ राणा शासनको अन्त्यसँगै स्थापित प्रजातान्त्रिक आधारले आजको संघीय लोकतान्त्रिक गणतन्त्रको जग बसालेको उल्लेख गर्दै उनले उक्त ऐतिहासिक उपलब्धिले नेपाली समाजलाई अधिकारप्रति सचेत, राजनीतिक रूपमा जागरूक र परिवर्तनप्रति प्रतिबद्ध बनाएको बताएका छन्।

मुख्यमन्त्री आचार्यले प्रजातन्त्र स्थापनाका लागि जीवन अर्पण गर्ने अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन्। साथै विभिन्न चरणका आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने अग्रज तथा लोकतन्त्रप्रेमी नागरिकप्रति सम्मान प्रकट गरेका छन्।

जनताको एकता र सङ्कल्प भए अन्याय, निरंकुशता र विभेदलाई पराजित गर्न सकिने सन्देश यस दिवसले निरन्तर दिँदै आएको उल्लेख गर्दै उनले लोकतान्त्रिक संस्कार, सहिष्णुता र आपसी सम्मानलाई व्यवहारमा उतार्न सके मात्र प्रजातन्त्रको सार्थकता स्थापित हुने धारणा राखेका छन्। राष्ट्रिय प्रजातन्त्र दिवसले लोकतान्त्रिक मूल्य र मान्यताप्रति पुनः प्रतिबद्ध हुने अवसर प्रदान गरेको पनि उनले बताएका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सेनाको बस दुर्घटना: २४ घाइते

   फागुन ०६, २०८२       admin

काठमाडौं,६ फागुन । नेपाली सेनाको बस भोजपुर नगरपालिका–३ स्थित सेतीबगर नजिकै दुर्घटनामा परेको छ। निर्वाचन सुरक्षाका लागि खटिएको सेनालाई लिएर जाँदै गरेको ना ४ ख ७३१७ नम्बरको बस सडकबाट तल खसेको हो। बसमा २४ जना सेना र चालकसहित २६ जना सवार रहेका थिए।

दुर्घटनामा परी २४ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायव उपरीक्षक राजु लामाका अनुसार बस सडक नजिकैको घुम्तीबाट तल खसेको हो।

गम्भीर घाइते ८ जनालाई सेनाका दुई वटा हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौं पठाइएको नेपाली सेनाले जनाएको छ।
पश्चिम टेम्केमैयुङ गाउँपालिकामा निर्वाचन सुरक्षा तयारीका लागि भोजपुरस्थित नयाँ श्रीनाथ गणबाट सेना खटिएको थियो।

अन्य घाइतेहरूको उपचार जिल्ला अस्पताल भोजपुरमा भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

“राजनीति सत्ता, भोक र निजी स्वार्थका लागि होइन”: विप्लव

   फागुन ०६, २०८२       admin

दाङ, ६ फागुन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले राजनीति जनताको जीवनस्तर सुधारका लागि केन्द्रित हुनुपर्ने बताएका छन्।

निर्वाचन क्षेत्र नम्बर ३ मा आयोजित चुनावी सभालाई तुलसीपुर मा सम्बोधन गर्दै उनले दलहरूले राजनीतिलाई स्वार्थपूर्तिको माध्यम बनाएको आरोप लगाए। उनले भने, “हामीले राजनीति सत्ता, भोक वा निजी सुविधाका लागि गरिरहेका छैनौं। हाम्रो उद्देश्य नेपाली जनताले राम्रो जीवन पाओस् भन्ने हो।”

विप्लवले रोजगारीको अभावका कारण युवा विदेशमा जोखिमपूर्ण अवस्थासम्म पुग्न बाध्य भइरहेको उल्लेख गर्दै जनताका माग पूरा नभएकै कारण पार्टीले एकीकृत जनक्रान्तिको कार्यदिशा अघि बढाएको दाबी गरे।

उनले विगतमा पार्टीभित्र बनेको गठबन्धनका कारण अनियमितता र अराजकता देखिएको स्वीकार गरे। राज्यसत्तामा पुगेपछि पनि अपेक्षित सुधार हुन नसकेको उनको भनाइ थियो। यद्यपि परिवर्तनकारी आन्दोलनमा जनताको साथ निरन्तर रहेको उनले बताए।

निर्वाचनमा सहभागी हुने निर्णय एकतर्फी नभएको स्पष्ट पार्दै उनले गाउँ–टोलमा गरिएको छलफल र भेटघाटबाट आएको सुझावका आधारमा चुनावमा सहभागी भएको बताए। “जनताको चाहनालाई संघर्षको मोर्चाका रूपमा स्वीकार गर्दै हामी निर्वाचनमा आएका हौं,” उनले भने।

उनका अनुसार स्थानीय कार्यकर्ता र समर्थकसँगको परामर्शका आधारमा उम्मेदवार छनोट गरिएको हो। यो उम्मेदवारी नेतृत्वको व्यक्तिगत इच्छा नभई जनताको सुझावको परिणाम भएको उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

रास्वपा मधेस संस्थापक सभापति शर्मा नेपाली कांग्रेसमा प्रवेश

   फागुन ०६, २०८२       admin

रास्वपामा ‘दागैदाग’को बिगबिगी रहेकाले कांग्रेस रोजेँ-ममता शर्मा

काठमाडौं,६ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की मधेस प्रदेश संस्थापक सभापति ममता शर्मा नेपाली कांग्रेस प्रवेश गरेकी छन्। बुधबार जनकपुरमा आयोजित कांग्रेसको प्रतिज्ञा सभामा उनी पार्टी प्रवेश गरेकी हुन्। उनलाई कांग्रेसका सभापति गगन थापाले स्वागत गरेका थिए।

शर्माले बुधबार मात्रै रास्वपा परित्याग गरेको घोषणा गरेकी थिइन्। उनी रास्वपाको महिला तथा सामाजिक विकास विभागकी सदस्यसमेत रहेकी थिइन्।
पार्टी प्रवेशसँगै उनले रास्वपामा विधि र प्रक्रिया नअपनाइएको आरोप लगाइन्।

साथै ‘दागैदाग भएकाहरूको बिगबिगी’ बढेकाले आफूले योगदानको कदर नपाएको दाबी गरिन्।
“रास्वपा पार्टीमा दागैदाग भएकाले टिकट पाएपछि आफूले गरेको योगदान खेर गएको महसुस भयो। त्यसैले उक्त पार्टी परित्याग गरी जेन–जीको भावना बोक्ने र सुशासनमा जोड दिने पार्टी नेपाली कांग्रेसमा प्रवेश गरेकी हुँ,” उनले भनिन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

गगन थापाले अघि सारे ‘टीम नेपाल’ अवधारणा

   फागुन ०६, २०८२       admin

काठमाडौँ,६ फागुन । नेपाली कांग्रेसका सभापति गगन थापाले ‘टीम नेपाल’ अवधारणालाई अघि सारेका छन्। थापाले पार्टीको चुनावी सभामा सम्बोधन गर्दै देशलाई सम्हालेर अघि बढाउन सबै पक्षलाई समेटेर साझा प्रयास आवश्यक भएको बताए।

उनका अनुसार ‘टीम नेपाल’मा ७ वटा प्रदेश, ७५३ स्थानीय तह, संसदमा रहेका सबै राजनीतिक दल, निजी क्षेत्र र आम नागरिक समावेश हुनुपर्छ। थापाले भने, “सबैको साझा प्रयास र अपनत्वले मात्र सरकार र व्यवस्थाले डेलिभरी दिन सक्छ। एमाले, माओवादी, रास्वपा, जसपासहित सबैलाई मिलाएर देश बनाउन कांग्रेसले मात्रै सक्दछ।”

सभापतिले देशको लोकतान्त्रिक स्पेस हाइज्याक भएको पनि बताए। उनले भने, “गठबन्धनको राजनीतिले जनताको चयन गर्ने अधिकार हाइज्याक गरिदिएको थियो। अहिले कांग्रेसले प्रदूषित भएको प्रक्रिया सफा गर्ने प्रारम्भ गरेको छ।”

थापाले राजनीतिक बहस अहिले मूल एजेन्डामा केन्द्रित नभएको पनि बताए। उनले भने, “हामीसँग संविधानले दिएका हक अधिकार, सुशासन र विकासका एजेन्डा छन्। तर वर्तमान राजनीतिक माहोलले यी सबै छलफल गर्ने ठाउँलाई भत्काइदिएको छ।”

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

वैदेशिक रोजगारीको नाममा ठगी गर्ने तीनजना पक्राउ

   फागुन ०६, २०८२       admin

काठमाडौं,६ फागुन । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै रु ४४ लाख ७० हजार ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–८ बस्ने २६ वर्षीया सरस्वती श्रेष्ठ, काठमाडौँ महानगरपालिका–३० बस्ने ३८ वर्षीय दीपेश श्रेष्ठ तथा खोटाङ केपिलासगढी गाउँपालिका–२ बस्ने ४८ वर्षीय मनिराज राई रहेका छन्।

प्रवक्ता कार्कीका अनुसार सरस्वती श्रेष्ठले जापान पठाइदिने भन्दै रु २४ लाख, दीपेश श्रेष्ठले आइसल्याण्ड पठाइदिने भन्दै रु १७ लाख तथा मनिराज राईले अल्बानिया पठाइदिने भन्दै रु तीन लाख ७० हजार रकम लिई विदेश नपठाई सम्पर्कविहीन भएका थिए। पीडितहरूको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रवक्ता कार्कीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

हराएका बालक दमार गाउँमा भेटिए: घाँस लिन खेत गएका उनीहरू सल्यान हिँडेका थिए

   फागुन ०६, २०८२       admin

दाङ ,६ फागुन। तुलसीपुरदेखि हराएका दुई बालक सकुशल फेला परेका छन्। मङ्गलबार दिउँसोदेखि हराएका बालक तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ दमार गाउँमा फेला परेका हुन्। तुलसीपुर उपमहानगरपालिका १३ बखरियाबाट हराएका ११ वर्षीय सुजन बस्नेत र ६ वर्षीय तुफान बस्नेत दमार गाउँस्थित स्थानीय शोभा छन्त्यालको घरमा भेटिएका हुन्।

बुधबार बिहान बाटोमा हिँडिरहेको अवस्थामा स्थानीय छन्त्यालले सामाजिक सञ्जालमा ती दुई बालक हराएको सूचना देखेपछि शंकास्पद रूपमा सोधखोज गरेकी थिइन्। सोधपुछका क्रममा उनीहरू नै हराइरहेका बालक भएको पुष्टि भएपछि उनले फकाएर आफ्नै घरमा राखी खाना खुवाएकी थिइन्। त्यसपछि विद्यालयलाई खबर गरेपछि बालकहरूको पहिचान भई परिवारसँग सम्पर्क गरिएको हो।उनीहरू तुलसीपुरस्थित हिमाल एकाडेमीमा अध्ययनरत छन्।

मंगलबार दिउँसो घर नजिकैको खेतमा घाँस काट्न गएका बालकहरू साँझसम्म घर नफर्किएपछि परिवारले प्रहरीमा निवेदन दिँदै खोजी थालेको थियो। विद्यालयका शिक्षक शालिकराम ओलीकाअनुसार उनीहरू मंगलबार बेलुका उरहरी आसपास खेतमै सुतेका थिए । बिहान सबेरै आफ्नै घर जाने उद्देश्यले सल्यानतर्फ हिँडेको खुल्न आएको शिक्षक ओलीले जानकारी दिए।

शिक्षक ओलीका अनुसार सुजन कक्षा ४ मा अध्ययनरत छन् भने तुफान कक्षा १ मा पढ्छन्। ओलीले बालकहरूलाई भेटेर अभिभावकको जिम्मा लगाइएको जानकारी दिए। उनका अनुसार बालकहरू विद्यालयमा राम्रो आचरणका छन् र सुजन काकाको घरमा बसेर पढ्ने भएकाले परिवारको अत्यास लागेर घर जान हिँडेको खुलेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मंगलबार दिउँसोदेखी तुलसीपुरबाट दुई बालक बेपत्ता

   फागुन ०६, २०८२       admin

दाङ,६ फागुन । तुलसीपुर उपमहानगरपालिका–१३ बखरियाबाट दुई जना बालक हराएका छन्। मंगलबार दिउँसोदेखि ११ वर्षीय सुजल बस्नेत र ६ वर्षीय तुफान बस्नेत सम्पर्कविहीन भएका हुन्।

सुजल चित्रबहादुर बस्नेतका छोरा हुन् भने तुफान टीका बस्नेतका छोरा हुन्। उनीहरू दाजुभाइका छोराहरू हुन्। घरसँगै जोडिएको बारीमा घाँस काट्न भनी निस्किएका बालकहरू घर नफर्किएपछि परिवारले खोजी थाले पनि अहिलेसम्म फेला पार्न सकेका छैनन्।

छोराहरू हराएपछि प्रहरीमा खोजीका लागि निवेदन दिइएको तुफानका बुवा टीका बस्नेतले जानकारी दिए। उनले बालकहरूलाई कतै देखेमा नजिकको प्रहरी कार्यालय वा परिवारलाई खबर गरिदिन सबैसँग आग्रह गरेका छन्।

दुवै बालक तुलसीपुरस्थित हिमाल एकेडेमीमा अध्ययनरत छन्। प्रहरीले घटनाबारे अनुसन्धान र खोजी कार्य जारी राखेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

विभिन्न निर्माण कम्पनीसँग स्पष्टीकरण माग

   फागुन ०६, २०८२       admin

काठमाडौँ,६ फागुन। सार्वजनिक खरिद अनुगमन कार्यालयले सरकारी ठेक्का लिएर समयमै काम सम्पन्न नगर्ने वा ढिलासुस्ती गर्ने १५ निर्माण व्यवसायी तथा आपूर्तिकर्तासँग लिखित स्पष्टीकरण माग गरेको छ।

कार्यालयले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र चित्तबुझ्दो आधार र प्रमाणसहित लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो।

सडक डिभिजन डोटी, सडक डिभिजन इलाम, सडक डिभिजन पाल्पा र सडक डिभिजन ललितपुरलगायतका निकायबाट सिफारिस भई आएका व्यवसायी तथा कम्पनीहरूलाई स्पष्टीकरणका लागि बोलाइएको जनाइएको छ। स्पष्टीकरण माग गरिएका कम्पनीहरूमा अनुप कन्स्ट्रक्सन, अच्युत कन्स्ट्रक्सन एण्ड सप्लायर्स, नागार्जुन/आशिका जेभी, पन्थ–तारा लक्ष्मी जेभी, रिदम कन्स्ट्रक्सनलगायत रहेका छन्।

यसअघि सम्बन्धित सार्वजनिक निकायले ती कम्पनीलाई कालो सूचीमा राख्न सिफारिस गरेपछि कार्यालयले ३० दिनको म्याद दिँदै स्पष्टीकरण माग गरेको थियो। तर तोकिएको अवधिमा कुनै पनि लिखित जवाफ प्राप्त नभएपछि सार्वजनिक सूचनामार्फत पुनः सात दिनको अवसर प्रदान गरिएको हो।

सूचनामा तोकिएको समयभित्र स्पष्टीकरण पेश नभए कालो सूचीमा राख्ने प्रक्रिया अगाडि बढाइने उल्लेख छ। कालो सूचीमा परेमा सम्बन्धित निर्माण व्यवसायी वा कम्पनीले तोकिएको अवधिभर कुनै पनि सरकारी ठेक्कापट्टामा सहभागी हुन नपाउने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology