काठमाडौँ, ६ फागुन । निर्वाचन आयोगले चुनावी गतिविधिका क्रममा प्रविधिको दुरुपयोग नगर्न सबै पक्षलाई आग्रह गरेको छ। प्रविधिको गलत प्रयोगले निर्वाचनको निष्पक्षतामै प्रश्न उठ्न सक्ने भन्दै आयोगले यसतर्फ गम्भीर बन्न ध्यानाकर्षण गराएको हो।
आयोगले सामाजिक सञ्जालमार्फत गलत सूचना सम्प्रेषण नगर्न तथा नगराउन सहयोगी भूमिका निर्वाह गर्न आमसञ्चार माध्यमलगायत सरोकारवाला निकायसँग अपिल गरेको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) प्रयोग गरी सिर्जना गरिएका भ्रामक सामग्री सामाजिक सञ्जालमा नराख्न र निर्वाचन प्रक्रियालाई मर्यादित बनाउन आग्रह गरेका छन् ।
उनले निर्वाचन केन्द्रित मत सर्वेक्षणको नतिजा सार्वजनिक नगर्न पनि आग्रह गरे। निर्वाचन आचारसंहिता, २०८२ अनुसार मतदाताको स्वतन्त्र निर्णयलाई दिग्भ्रमित तुल्याउन सक्ने गतिविधि निषेध गरिएको उल्लेख गर्दै आयोगले पूर्वानुमानित नतिजा सार्वजनिक गरी उम्मेदवारलाई हतोत्साही बनाउने तथा प्रतिस्पर्धात्मक वातावरणमा असर पार्ने कार्य नगर्न सचेत गराएको छ।
नयाँ प्रविधिले सूचना प्रवाहलाई सहज बनाएको भए पनि त्यसको दुरुपयोग हुन नदिन सबै पक्ष जिम्मेवार हुनुपर्नेमा भण्डारीले जोड दिए। निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नु सबैको दायित्व भएको आयोगको भनाइ छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,६ फागुन । नेपाल र भारतबीच फौजदारी विषयमा पारस्परिक कानुनी सहायतासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। मंगलबार राति सम्पन्न हस्ताक्षर कार्यक्रममा नेपाल सरकारका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई र भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त सम्झौता स्वीकृत गर्ने निर्णय गरेअनुसार, कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाको उपस्थितिमा हस्ताक्षर सम्पन्न भएको मन्त्रालयका प्रवक्ता दलबहादुर अधिकारीले जानकारी दिए।
सम्झौताअनुसार फौजदारी मुद्दाको अनुसन्धान, अभियोजन तथा न्यायिक कारबाहीका क्रममा आवश्यक प्रमाण सङ्कलन, आदानप्रदान तथा अन्य कानुनी सहयोगका कार्यमा दुवै देशका सम्बन्धित निकायबीच समन्वय र सहकार्यका लागि औपचारिक आधार तयार भएको छ।
प्रवक्ता अधिकारीका अनुसार यस सम्झौताले सीमापार हुने अपराध, विशेषगरी वित्तीय अपराध नियन्त्रणमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ। साथै अनुसन्धान, अभियोजन र न्याय निरूपण प्रक्रियालाई प्रभावकारी र व्यवस्थित बनाउन समेत यसले महत्त्वपूर्ण योगदान गर्ने विश्वास गरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,५ फागुन । सञ्चार क्षेत्रको सुदृढीकरण र नीतिगत सुधारका लागि बनेका नीतिहरूको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा तुलसीपुर क्षेत्रका पत्रकारहरूले जोड दिएका छन्। आसन्न प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा दाङ निर्वाचन क्षेत्र नम्बर ३ बाट नेकपा एमालेका उम्मेदवार घनश्याम पाण्डेसँग गरिएको पत्रकार भेटघाट तथा सुझाव संकलन कार्यक्रममा तुलसीपुर क्षेत्रमा क्रियाशील पत्रकारहरूले यस्तो धारणा राखेका हुन्।
कार्यक्रम प्रेस चौतारी नेपाल दाङको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा पत्रकारहरूले तीनै तहका सरकारबीच प्रभावकारी समन्वय, आमसञ्चार प्रतिष्ठान स्थापना, सञ्चारकर्मीहरूको क्षमता विकास, महिलामैत्री कार्य वातावरण, साना तथा सामुदायिक मिडियाको संरक्षण र बनेका नीतिको पूर्ण कार्यान्वयनमा विशेष जोड दिएका थिए।
नेकपा एमाले निर्वाचन क्षेत्र नम्बर ३ प्रचारप्रसार समितिका संयोजक ओपेन्द्र बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकारहरूले दिएका सुझावप्रति प्रतिक्रिया दिँदै उम्मेदवार पाण्डेले संविधानलाई आधार मानेर जनताको मूलभूत विषयमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे। सञ्चार क्षेत्र लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै उनले नीति निर्माणसँगै त्यसको प्रभावकारी कार्यान्वयनमा आफू गम्भीर रहने बताए।
उनले प्रेस स्वतन्त्रता, सञ्चारकर्मीहरूको व्यावसायिक सुरक्षा तथा सञ्चार क्षेत्रको सुदृढीकरणका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए। संघीय संरचना अनुरूप बनेका नीतिहरू कार्यान्वयन नहुनु कमजोरी भएको स्वीकार गर्दै त्यसलाई सुधार गर्न पहल गर्ने आश्वासन दिए।
कार्यक्रममा नेपाल प्रेस युनियनकी केन्द्रीय सदस्य नारायणी रजौरेले महिलामैत्री सञ्चार क्षेत्र निर्माणका लागि स्पष्ट नीतिगत व्यवस्था आवश्यक रहेको बताइन्। सञ्चार क्षेत्रमा महिलाको सहभागिता र नेतृत्व विकास सुनिश्चित गर्न राज्यको ठोस पहल अपरिहार्य रहेको उनको भनाइ थियो।
नेपाल प्रेस युनियन दाङका पूर्व अध्यक्ष सुशील बस्नेतले सञ्चार क्षेत्रलाई सुदृढ बनाउन स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय आवश्यक रहेको बताए। उनले आमसञ्चार प्रतिष्ठान स्थापना गर्नुपर्ने सुझाव दिँदै यसले संघीयता कार्यान्वयनमा टेवा पुग्ने उल्लेख गरे। साथै, लुम्बिनी प्रदेश मा निर्माण गरिएका सञ्चारसम्बन्धी नीतिहरू पूर्ण रूपमा कार्यान्वयन नभएको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरे। निर्वाचित भएपछि नीति निर्माणसँगै त्यसको कार्यान्वयन सुनिश्चित गर्न उनले सुझाव दिए।
पत्रकार सुरेशसुमन डाँगीले स्वार्थकेन्द्रित तथा अव्यवस्थित रूपमा सञ्चालन भइरहेका मिडियाको प्रभावकारी नियमन आवश्यक रहेको धारणा राखे।
पत्रकार दीपक बोहराले स्वरोजगार बन्न चाहने साना तथा स्थानीय मिडियाका लागि स्पष्ट एजेन्डा र संरक्षण नीति आवश्यक रहेको बताए। पत्रकार बसन्त पौडेलले सामुदायिक रेडियोको दीगो विकासका लागि नीतिगत तथा संरचनागत सुधार गर्नुपर्नेमा जोड दिए।
यसैगरी, पत्रकार यज्ञबहादुर बुढाले तथ्यमा आधारित विकास योजना अघि सार्दै ती योजना जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिने गरी कार्यान्वयन गर्न आग्रह गरे। पत्रकार सागर सुवेदीले सार्वजनिक सरोकारका विषयमा राजनीतिक नेतृत्व कत्तिको संवेदनशील हुन्छ भन्ने विषयमा स्पष्ट धारणा माग गरे।
कार्यक्रममा तुलसीपुर क्षेत्रका विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको सहभागिता रहेको थियो। प्रेस चौतारी दाङकी अध्यक्ष सुधा सुमन ढकालले कार्यक्रमको उद्देश्यबारे जानकारी गराएकी थिइन् भने सहजीकरण प्रेस चौतारी तुलसीपुर नगरका सचिव बसन्त परियारले गरेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,५ फागुन । पैदलयात्रीमाथि कुटपिट गर्ने चालकलाई प्रहरीले पक्राउ गरेको छ । संघीय राजधानीस्थित चप्पल कारखाना क्षेत्रमा सडक पार गरिरहेका एक पैदलयात्रीमाथि मुक्का प्रहार गर्ने कार चालकलाई प्रहरीले पक्राउ गरेको छ।
घटना सम्बन्धी भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले सक्रियता देखाउँदै चालकलाई नियन्त्रणमा लिएको हो।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पक्राउ परेका चालकलाई थप अनुसन्धानका लागि रामशाहपथस्थित कार्यालयमा राखिएको छ।
सार्वजनिक भिडियोमा ती चालक कारबाट ओर्लिएर पैदलयात्रीलाई गालीगलौज गर्दै मुक्का प्रहार गरेको देखिन्छ। सोही क्रममा एक महिलाले पनि पैदलयात्रीलाई अपशब्द प्रयोग गरेको सुनिन्छ।
घटनाको भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो र कारबाहीको माग उठेको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,५ फागुन । दाङको तुलसीपुरमा निर्वाचन आचारसंहितामा संचार विषयक अन्तरक्रिया कार्यक्रम भएको छ। राष्ट्रिय समाचार समिति (रासस) को ६५औँ वार्षिकोत्सवका अवसरमा उक्त कार्यक्रम गरेको हो।कार्यक्रम रासस दाङ प्रमुख नारायणी रजौरेको अध्यक्षता तथा दाङका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अर्यालले रासस निस्पक्षता र सक्षमताको धरोहर भएको उल्लेख गर्दै सामाजिक गतिविधिलाई तथ्यपरक ढंगले समाजको ऐनाका रूपमा प्रस्तुत गर्दै आएको बताए।
उनले आसन्न निर्वाचन सबै पक्षको सहयोगबाट सम्पन्न हुने विश्वास व्यक्त गरे। निर्वाचनको सुरक्षा संवेदनशीलताबारे बोल्दै उनले जिल्ला निर्वाचन सुरक्षा एकीकृत समिति गठन गरी काम भइरहेको जानकारी दिए। मतदानस्थलमा कर्मचारी खटाउने काम सुरु भइसकेको र मतगणना तथा विजय उत्सवसम्मको सुरक्षा योजना मिलाइसकिएको बताए।
निर्वाचन बिथोल्न खोज्ने गतिविधि र जनतामा त्रास फैलाउने प्रयास भइरहेको उल्लेख गर्दै त्यस्ता अवाञ्छित गतिविधि नियन्त्रण गर्न सुरक्षा निकाय सक्षम रहेको स्पष्ट पारे। “आचारसंहिता नैतिक बन्धन मात्र होइन, कानुन पनि हो,” उनले भने।
नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीले निर्वाचनको समयमा मात्र नभई सधैं आचारसंहिताभित्र रहेर काम गर्नु सञ्चारकर्मीको दायित्व भएको बताए। उनले सीमासहितको स्वतन्त्रता स्वीकार्य हुने र आचारसंहिता कानुन भएकाले त्यसलाई नमान्ने छुट कसैलाई नभएको उल्लेख गरे।
पत्रकार सुशील बस्नेतले कर्मचारी र सुरक्षा निकायलाई राजनीतिक प्रभावमा नपर्न आग्रह गर्दै बायोमेट्रिक प्रणाली लागू गर्न सुझाव दिए। दृष्टिविहीन, अपांगता भएका र वृद्ध मतदाताबाट मत बदर हुने जोखिम बढेको भन्दै साउण्ड सिस्टमसहितको भोटिङ मेसिन लागू गर्न र लैंगिकमैत्री मतदान केन्द्र बनाउन सुझाव प्रस्तुत गरे।
निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत चन्द्रबहादुर सिन्जाली मगरले निर्वाचनमा सुशासन कायम गर्न सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने बताए आचारसंहिताबाहेक अन्य कानुनी व्यवस्था पनि लागू हुने र उल्लंघन गरेमा एक लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने जानकारी दिए।
उनका अनुसार निर्वाचनलाई वातावरणमैत्री बनाउने उद्देश्यले आचारसंहिता परिमार्जन गरिएको छ। ३०० वर्ग सेन्टिमिटर (७५ ग्रामभन्दा कम तौल) र एउटै रङ प्रयोग गर्न पाउने, भित्ते लेखन तथा ब्यानर टाँस्न नपाइने, कार्यालयमा ३×४ आकारको चुनाव चिन्ह र झण्डा मात्र प्रयोग गर्न पाइने व्यवस्था गरिएको छ। माइकिङ, टोपी, मास्क र टिसर्ट प्रयोग गरी प्रचार गर्न प्रतिबन्ध लगाइएको छ। मतदान सम्पन्न भएको ३५ दिनभित्र खर्च विवरण पेश गर्नुपर्ने व्यवस्था पनि रहेको उनले बताए।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख दीपक श्रेष्ठ, तुलसीपुर उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धे , विभिन्न सरकारी कार्यालयका प्रमुखलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको सहजीकरण राससकर्मी दीपक बोहराले गरेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,५ फागुन । रामचन्द्र पौडेलले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन सबैलाई आह्वान गरेका छन्। ग्याल्पो ल्होछारका अवसरमा नेपाल शेर्पा संघ संघीय कार्यसमितिले मंगलबार शीतल निवासमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा राष्ट्रपति पौडेलले लोकतन्त्रमा जनताको अभिमत लिने उपयुक्त माध्यम निर्वाचन नै भएको उल्लेख गर्दै फागुन २१ गते हुने निर्वाचनलाई सफल बनाउन सबैमा आग्रह गरेका हुन्।
राष्ट्रपति पौडेलले नेपालको मौलिक चाडपर्वले आपसी सद्भाव, एकता, मित्रता र भ्रातृत्व अभिवृद्धिमा महत्त्वपूर्ण योगदान दिँदै आएको धारणा राखे। मौलिक नेपाली पहिचानलाई अक्षुण्ण राख्दै राष्ट्रिय एकताको भावनालाई सुदृढ बनाउनु सबैको साझा दायित्व भएको उनले बताए।
उनले सुशासनमार्फत समृद्धि हासिल गर्न सके मात्रै मुलुकमा शान्ति, स्थायित्व र राष्ट्रिय एकता अझ सुदृढ हुने उल्लेख गरे। हिमाल, पहाड र तराईको अनुपम भौगोलिक विविधता भएको नेपालमा आफ्नै विशिष्ट परम्परा, संस्कृति, सभ्यता र पहिचान बोकेको शेर्पा समुदायले नेपाल र नेपालीको शान, गौरव र प्रतिष्ठा बढाउन महत्त्वपूर्ण योगदान गरेको उनले बताए।
शताब्दीयौँदेखि नेपालको हिमाली क्षेत्रबाट फैलिएको शेर्पा समुदाय विश्वभर फैलिएर आफ्नो समुदाय मात्र नभई नेपाल र नेपालीको प्रतिष्ठा अभिवृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गरिरहेको विषय खुशीको भएको राष्ट्रपति पौडेलले उल्लेख गरे।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,५ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतपत्र छपाइ सम्पन्न भएको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले निर्वाचन आयोगले दिएको मतपत्र छपाइको जिम्मेवारी सम्पन्न गरिएको जानकारी दिए।
उनका अनुसार आजदेखि सबै मतपत्र ‘प्याकेजिङ’ गरी सम्बन्धित प्रदेशमा ढुवानी गरिनेछ। प्रबन्ध निर्देशक पौडेलले प्रत्यक्षतर्फ दुई करोड तीन लाख मतपत्र सोमबार साँझबाट छपाइ सम्पन्न गरिएको बताए। ४२ दिनको कार्यतालिका लिएर सुरु गरिएको छपाइकार्य ४० दिनमै सक्न सफल भएको उनको भनाइ छ। अब १० दिनभित्र सबै जिल्लामा मतपत्र पुर्याउने तयारी गरिएको छ।
केन्द्रले दैनिक १३ देखि १५ लाख मतपत्र छपाइ गर्दै आएको थियो। यसअघि १० लाख नमूना मतपत्र छपाइ गरी आयोगले विभिन्न स्थानमा पठाइसकेको छ। साथै, दुई करोड आठ लाख ३० हजार समानुपातिकतर्फका मतपत्र पनि जिल्लामा पठाउने काम भइरहेको केन्द्रले जनाएको छ।
प्रबन्ध निर्देशक पौडेलका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा सबै मतपत्र पुगिसकेको छ भने बाँकी क्षेत्रमा पनि १० दिनभित्र मतपत्र पुर्याउने गरी काम भइरहेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,५ फागुन । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक गरेको छ। बोर्डको निर्णयअनुसार २०८३ सालको वार्षिक परीक्षा वैशाख १४ गतेदेखि सुरु भई वैशाख २७ गतेसम्म सञ्चालन हुनेछ।
सार्वजनिक सूचनाअनुसार साधारण, प्राविधिक तथा परम्परागत धारतर्फका नियमित तथा आंशिक (रजिस्ट्रेसन नम्बरका सुरुका दुई अंक ७९, ८०, ८१ र ८२ भएका) परीक्षार्थीहरूको परीक्षा बिहान ८:०० बजेदेखि ११:०० बजेसम्म सञ्चालन हुनेछ।
वैशाख १४ गते अनिवार्य अङ्ग्रेजी (नियमित परीक्षार्थीका लागि) परीक्षा हुनेछ। वैशाख १५ गते अनिवार्य नेपाली विषयको परीक्षा तोकिएको छ। अनिवार्य नेपालीको सट्टा ऐच्छिक अङ्ग्रेजी अध्ययन गर्ने विदेशी विद्यार्थीको परीक्षा पनि सोही दिन सञ्चालन हुनेछ।
वैशाख १६ गते अनिवार्य अङ्ग्रेजी (आंशिक) र सामाजिक अध्ययन (प्राविधिक धार) को परीक्षा हुनेछ।
त्यसपछिका दिनहरूमा क्रमशः भौतिकशास्त्र, लेखा, रसायनशास्त्र, जीवविज्ञान, अर्थशास्त्रलगायत विषयहरूको परीक्षा तालिका अनुसार सञ्चालन गरिनेछ।
बोर्डले परीक्षार्थीहरूलाई परीक्षा सुरु हुनुभन्दा कम्तीमा आधा घण्टा अगाडि नै परीक्षा केन्द्रमा उपस्थित हुन निर्देशन दिएको छ। परीक्षा सुरु भएको १५ मिनेटपछि आउने परीक्षार्थीलाई सहभागी गराइने छैन। साथै, परीक्षामा मोबाइल फोन, स्मार्ट घडी लगायतका विद्युतीय उपकरण प्रयोग गर्न निषेध गरिएको छ।
जीवविज्ञान विषयका परीक्षार्थीहरूले बोटनी र जुलोजीका लागि एउटै उत्तरपुस्तिका प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ। कुनै विद्यार्थीको एकभन्दा बढी विषय एकै दिन जुधेमा सूचना प्रकाशित भएको १५ दिनभित्र बोर्डका सम्बन्धित कार्यालयमा जानकारी गराउन आग्रह गरिएको छ।
अनुपस्थित हुने परीक्षार्थीका लागि पुनः परीक्षाको व्यवस्था नहुने बोर्डले स्पष्ट पारेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,५ फागुन । प्रहरीले ९५५ केजी गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले धरान उपमहानगरपालिका–२० बरडाँडाबाट उनीहरूलाई पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालयको टोलीले प्रहरी नायब उपरीक्षक भिषणबाबु राईको कमाण्डमा गए राति धनकुटाबाट धरानको विष्णुपादुकातर्फ जादै गरेका दुई वटा पिकअप गाडी जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्र खड्काका अनुसार बारा कोल्बी नगरपालिका–८ का सन्दीपकुमार माझीले चलाएको बागमती प्रदेश–०१–०२७च ११४३ नम्बरको पिकअप गाडीबाट ४९५ केजी र चन्द्रागिरी नगरपालिका–८ का ३३ वर्षीय नगेन्द्रराज श्रेष्ठले चलाएको बीएसी ३२३६ नम्बरको गाडीबाट ४६० केजी गाँजा बरामद गरिएको हो।
पक्राउ परेका दुवै जनालाई सवारीसाधनसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,५ फागुन। दाङको तुलसीपुरमा अज्ञात समूहले सिलिन्डर बम विस्फोट गराएको छ। तुलसीपुर उपमहानगरपालिका–६ र वडा नम्बर–८ को सीमाक्षेत्र पातुखोलामा विस्फोट भएको प्रहरीले जनाएको छ। तुलसीपुर अटोभिलेजदेखि तलतिर गाइपालन फर्मको पश्चिमतर्फ पातुखोलामा सिलिन्डर विस्फोट गराइएको दाङ प्रहरीले जानकारी दिएको छ।
घटनास्थलमा सिलिन्डरका टुक्रा फेला परेका छन्। प्रहरी टोली घटनास्थलमा पुगिसकेको छ र थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता बिनोदराज खत्रीले बताएका छन्। जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी रेशम बोहराले पनि विस्फोटको आवाज आएपछि प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरिएको जानकारी दिए।
निर्वाचनको मिति नजिकिँदै गर्दा चुनावलाई लक्षित गरी सर्वसाधारणलाई त्रसित पार्ने उद्देश्यले अज्ञात समूहले विस्फोट गराएको हुन सक्ने प्रहरीको अनुमान छ। घटनामा मानवीय वा अन्य भौतिक क्षति भने नभएको प्रहरीले जनाएको छ।
नेकपा बहुमतले आज नेपाल बन्दको आयोजना गरेको छ। सोही बन्दको पूर्वसन्ध्यामा तुलसीपुरमा बम विस्फोट भएको हो।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस