काठमाडौं १८, असार । सर्वोच्च अदालतले नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबीसहित दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिट खारेज गरिदिएको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले बिहीबार पौडेलकी श्रीमती दोमाया पौडेलले दायर गरेको रिट खारेज गर्ने फैसला सुनाएको हो। सर्वोच्चको यो आदेशसँगै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पौडेलमाथि हिरासतमा राखेर थप अनुसन्धान अघि बढाउन कानुनी बाटो खुला भएको छ।
विशेष अदालतले बिहीबार नै पौडेललाई थप ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ।
गत असार ८ गते सुर्खेतबाट पक्राउ परेका पौडेललाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उनकी श्रीमती दोमायाले असार १० गते सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१२ असार । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो चरणको निर्वाचनमा दाङका चार जना केन्द्रीय सदस्य पदमा निर्वाचित भएका छन् भने दुई सांसदसहित ६ जना उम्मेदवार पराजित भएका छन्।
केन्द्रीय सदस्य पदमा पराजित हुनेमध्ये दाङ क्षेत्र नं। ३ बाट प्रतिनिधिसभा सदस्य कमल सुबेदीले भूगोलतर्फ ६०१ मत प्राप्त गरे पनि निर्वाचित हुन सकेनन्। त्यस्तै समानुपातिक सांसद सुरेन्द्र चौधरीले खुला थारु क्लस्टरमा ७२५ मत पाए पनि पराजित भएका छन्।
भूगोलतर्फका अन्य उम्मेदवारहरूमा घोराहीका गिरिराज पौडेल (५९९), सुशील अधिकारी (४२७) र चेतन राना (३२४) तथा तुलसीपुरका सुवाश शर्माले (३१६) मत प्राप्त गरे पनि सफलता हासिल गर्न सकेनन्।
यता निर्वाचनबाट दाङका चार जना उम्मेदवार भने केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। दाङ क्षेत्र नं.२ बाट प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्यले २,१२६ मतसहित विजयी हासिल गरे। त्यस्तै संगीता ढकाल खड्का (१०९२), खिमा बिक (दलित खुला)तर्फ (५७) र दाङ क्षेत्र नं.१ बाट प्रतिनिधिसभा सदस्य देवराज पाठक (८२०) मतसहित निर्वाचित भएका छन्।
निर्वाचितमध्ये विपिनकुमार आचार्य सहमहामन्त्री पदका उम्मेदवारसमेत रहेका छन्। चितवनमा सम्पन्न पार्टीको पहिलो अधिवेशनबाट सभापतिसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गरिएको छ। सभापतिमा रवि लामिछाने निर्विरोध चयन भएका हुन्।
केन्द्रीय सदस्य पदका लागि ३८४ जनाले उम्मेदवारी दिएका थिए। जसअन्तर्गत खुलातर्फ २०, खस–आर्यबाट १०, आदिवासी जनजातिबाट ९, थारुतर्फ २, मधेसीबाट ५, दलितबाट ४, मुस्लिमबाट २ तथा सातै प्रदेशबाट ५र५ जनाका दरले प्रतिनिधित्व सुनिश्चित गरिएको छ।
निर्वाचनमा सबैभन्दा बढी मत अर्थमन्त्री स्वर्णिम वाग्लेले प्राप्त गरेका छन्। उनले २६५६ मत ल्याउँदा सोविता गौतम (२६४१), शिशिर खनाल (२५३८), सागर ढकाल (२३७६) र तोसिमा कार्की (२३०२) मतसहित अग्रस्थानमा रहेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२७ जेठ । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट निर्वाचित ८ जना वडाध्यक्षहरूको पद रिक्त भएको घोषणा गरेको छ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट निर्वाचित ती जनप्रतिनिधिहरूले दल त्याग गरी अन्य दलमा प्रवेश गरेपछि पद स्वतः रिक्त भएको आयोगले जनाएको छ।
एमाले केन्द्रीय सचिवालयको सिफारिससहित प्राप्त जानकारीका आधारमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र नियमावली, २०७४ अनुसार आयोगले उक्त निर्णय गरेको हो।
पद रिक्त हुनेमध्ये दाङको घोराही–४ का मधुसुदन शर्मा, ओखलढुङ्गाका विभिन्न पालिकाका कमलबहादुर बानिया, कमल तामाङ र शुरेश कुमार थापा रहेका छन्। यस्तै पाल्पा, ललितपुर र मोरङका विभिन्न वडाका अध्यक्षहरूको पद पनि रिक्त भएको आयोगले जनाएको छ।

२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१९ जेठ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भुवन केसीलाई केन्द्रीय निर्वाचन आयोगको प्रमुखमा नियुक्त गरेको छ।
पार्टी सचिवालयको बैठकले टोखा–६, काठमाडौं निवासी केसीलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो।
महामन्त्री कविन्द्र बुर्लाकोटीले हस्ताक्षर गरेको पत्रमा केसीले पार्टीको विधान, नीति र नियम अनुसार आफ्नो जिम्मेवारी राम्रोसँग पूरा गर्ने विश्वास व्यक्त गरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१५ जेठ । उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी एकीकरण गर्ने सहमति भएको छ। शुक्रबार त्रिपुरेश्वरस्थित उज्यालो नेपाल पार्टीको कार्यालयमा भएको कार्यक्रममा दुवै पक्षबीच एकताको सहमति भएको हो।
सहमतिपत्रमा उज्यालो नेपालका महासचिव धर्मबहादुर चौधरी र हाम्रो पार्टीका महामन्त्री दधिराम परियारले हस्ताक्षर गरेका छन्।
दुवै पार्टीबीच सात बुँदे सहमति भएको जनाइएको छ। सहमतिअनुसार पूर्ण एकता कायम गर्दै नेता तथा कार्यकर्ता व्यवस्थापन प्रक्रिया छिटो अघि बढाइने उल्लेख गरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तुलसीपुरको सभापतिमा पुनः जीवन भण्डारी चयन भएका छन्।
आइतबार तुलसीपुरमा सम्पन्न अधिवेशनले भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। समितिको सचिवमा पनि पुनः कमल बस्नेत चयन भएका छन्।
यद्यपि, उपसभापति र सहसचिव पद भने टुंगिन बाँकी रहेको छ। उपसभापतिमा निर्मला वली र शोभा धितालले दाबी गरेपछि सहमति जुट्न सकेको छैन।
त्यस्तै सहसचिव पदका लागि नेत्र भण्डारी, यज्ञमूर्ति भट्टराई र नरेन्द्र केसीलगायतको दाबी रहेको बताइएको छ।
तुलसीपुर नगर समितिमा कुल १४ सदस्यीय कार्यसमिति रहने व्यवस्था छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,८ जेठ। नेपाल कम्युनिस्ट पार्टी ९एमाले० भित्र नेतृत्व परिवर्तनको बहस चर्किएको छ। पार्टीका केही पदाधिकारीले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग्ने तयारी गरेका छन्।
पार्टी पुनर्गठनको पक्षमा उभिएको समूहले नेतृत्व परिवर्तनको बहसलाई औपचारिक रूपमा अघि बढाउने तयारी गरेको एक पदाधिकारीले बताएका छन्। अध्यक्ष ओलीले असन्तुष्ट नेतामाथि कारबाही गर्ने संकेत दिएपछि त्यसको प्रतिवादबारे आन्तरिक छलफल भइरहेको जनाइएको छ।
असन्तुष्ट समूहले ‘जेनजी आन्दोलन’पछि पार्टी किन रक्षात्मक अवस्थामा पुग्यो र चुनावमा किन पराजय भोग्नुपर्यो भन्नेबारे नेतृत्वसँग स्पष्ट जवाफ माग्ने तयारी गरेको छ।
उनीहरूको निष्कर्षमा अब पार्टी पुनर्गठन नगरी विकल्प नरहेको उल्लेख गरिएको छ। केही शीर्ष पदाधिकारी नै ओलीको विकल्प खोज्नुपर्ने पक्षमा खुलेपछि पुनर्गठनको आवाज अझ बलियो बनेको बताइएको छ।
असन्तुष्ट नेताहरूले ओली नेतृत्वमा भएका निर्णयका कारण पार्टीले राजनीतिक क्षति बेहोरेको र जनतामाझ कमजोर बनेको आरोप लगाएका छन्।
‘अब पनि यही नेतृत्वमा पार्टी चलिरह्यो भने त्यसको अर्थ हुँदैन।एक नेताले भने– सम्मानपूर्वक नेतृत्व परिवर्तन आवश्यक छ, चाहे त्यसका लागि कारबाही नै किन नहोस्।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,७ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी तुलसीपुर उपमहानगरपालिकाले प्रथम नगर अधिवेशन आयोजना गर्ने भएको छ।
अधिवेशन जेठ १० गते आइतबार हुने जनाइएको छ। कार्यक्रम दिउँसो साढे १२ बजे सुरु हुने जानकारी पार्टीले दिएको छ।
पार्टीले देशभर संगठन विस्तार अभियानलाई तीव्र बनाइरहेको जनाएको छ। यसैक्रममा जेठ ३ गते तुलसीपुरका १९ वटै वडामा वडा भेला सम्पन्न गरेको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ, २८ वैशाख । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीबाट निर्वाचित जनप्रतिनिधि भ्रष्टाचारमा मुछिए अख्तियारभन्दा पहिले नै कारबाही गर्ने बताएका छन् ।
सुर्खेतमा आयोजित ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’ मा उनले पार्टीका जनप्रतिनिधिहरूलाई सचेत गराउँदै यस्तो बताएका हुन् ।
उनले कुनै पनि जनप्रतिनिधि आर्थिक अनियमिततामा संलग्न भएको तथ्य प्रमाणसहित पुष्टि भएमा अख्तियारले कारबाही गर्नुभन्दा अघि नै पार्टीले कदम चाल्ने स्पष्ट पारे ।
सभापति थापाले पार्टीलाई काम र परिणाम आवश्यक रहेको बताउँदै जिम्मेवारीपूर्वक काम गर्न सबैलाई निर्देशन दिएका छन् ।
कार्यक्रममा कर्णाली प्रदेशका संसदीय दलका नेता, मन्त्री, सांसद तथा स्थानीय तहका प्रमुख,उपप्रमुखहरूको उपस्थिति रहेको थियो ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२७ वैशाख । तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा समाजसेवी बिमल रिजाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।
आइतबार रास्वपाका पार्टी सभापति रवि लामिछानेले रिजाललाई पार्टीको ब्याज लगाएर स्वागत गरेका हुन् ।
पार्टी प्रवेश कार्यक्रममा रास्वपाका केन्द्रीय महामन्त्री कबिन्द्र बुर्लाकोटी, दाङ क्षेत्र नं. ३ का सांसद कमल सुबेदी, रास्वपा दाङ जिल्ला उपाध्यक्ष अर्जुन के.सी. तथा क्षेत्र नं. ३ का संयोजक बलिराम खत्री लगायतको उपस्थिति रहेको थियो ।
रिजालले करिब ३० वर्ष लामो नेपाली कांग्रेससँगको राजनीतिक यात्रा अन्त्य गर्दै केही समयअघि पार्टी परित्याग गरेका थिए । त्यसपछि उनी आइतबार औपचारिक रूपमा रास्वपामा प्रवेश गरेका हुन् ।
२२ सय व्यक्ति फरार सूचिमा
प्रतिक्रिया दिनुहोस