म जन्मदा केही कुरा पनि स्थिर थिएन । न देशको अवस्था न त मेरो परिवारको आर्थिक अवस्था नै। देशमा माओवादी युद्घ भर्खर सुरु भएको थियो। देश राजनीतिक अस्थिरता तर्फ अगाडि बढेको थियो। यता, हाम्रो आर्थिक अवस्था पनि स्थिर थिएन। नेपालमा तीन खानदानको इज्जत र प्रतिष्ठा थियो ।मुख्य बगाल, पटवारी बगाल र साहु खलक। हाम्रो परिवार साहुखलकको एउटा हिस्सा थियो।
त्यो जमानामा पूरा गाउँलाई हाम्रो ठूलो बाबाको नामले चिन्दथे। यो साहुटोलको साइलाको कान्छो छोरो। मेरो परिचय यसरी दिन्थे त्यो गाउँका मानिस। मैले सुने अनुसार हाम्रो पनि चार÷पाँच जना काम गर्ने मान्छे थिए रे । तर त्यो एकादेशको कहानी जस्तो थियो जतिबेला म थाहा पाउने भए। सहरीकरण र सुविधा खोज्दै मेरा बा–आमा पनि आसाम हुँदै दाङ झर्नु भएको थियो । त्यो बेला साहु खलक । उहाँहरुसँग पैसा टन्नै थियो रे। तर विलासिताको जीवन र गलत मान्छेसँगको भेटले गर्दा अधिकांश पैसा सकिएको थियो रे। जे जति बच्यो त्यो जोडेर उहाँहरुले केही वर्ष त्यसको भोग गरी यो संसार छोडेर जानुभयो। अहिले मेरो काधमा त्यो विरासत र इज्जत फर्काउने जिम्मेवारी आएको छ। तर कसरी ? यो वैश्य युगमा मसँग विकल्प ज्यादै कम छन् ।
सन 1995 र त्यसपछि जन्मिएका म जस्ता हजारौं नेपाली युवाले देशको अवस्था र विभिन्न कालखण्डमा भएका राजनीतिक परिवर्तनलाई नजिकबाट देख्ने र भोग्ने अवसर पायौं। कतिपय राजनीतिक आन्दोलनमा म आफै पनि सरिक भएको छु। देशमा यो व्यवस्था ठिक भएन यो व्यवस्था आयो भने जनताले अधिकार र न्यायको महसुस गर्न पाउँछन भन्ने स्कुलिङ मलाई गराइएको थियो सोही अनुरुप म पनि २०६२\ ६३ को १९ दिने जनआन्दोलनमा सरिक भएको थिए। त्यो बेला बच्चै थिए। जिन्दाबाद र मुर्दाबाद, फलानो चोर देश छोड भन्दै कराउँदै हिडियो। अहिले बुझ्दैछु को चोर रहेछ। को देश छोड्नुपर्ने मान्छे रहेछन भनेर।
राजनीतिक रुपमा म लेफ्ट अफ सेन्टरमा बस्न चाहने मान्छे हुँ। समाज हिजोभन्दा आज र आजभन्दा भोलि समृद्धिको मार्गमा अगाडि बढ्नु पर्छ र जनताले समानता र न्यायको महसुस बराबर रुपमा गर्नुपर्दछ भन्ने मान्यता बोकेर हिँड्ने म जस्तालाई के थाहा राजनीतिको रङ ग्रे हुन्छ भनेर। मैले माओवादी युद्ध, राजाको शासन र गणतान्त्रिक शासन व्यवस्थालाई नजिकबाट देख्न र भोग्न पाए। जुनसुकै व्यवस्था आए पनि जनताको अवस्थामा किन परिवर्तन आउन सकेन भन्ने प्रश्नले हमेशा म जस्ता हजारौं नेपालीलाई घचघचाउँछ होला । देशमा अवस्था परिवर्तनको राजनीति गर्छु भनेर आएकाहरु सँग केही आशा बाँकी थियो तर अहिले फेरि अर्कै नारा लगाएर देशलाई अस्थिर बनाउन खोजिँदैछ।
हाम्रो देशलाई विभिन्न एजेन्डा र नारा दिँदै आखिर कसले पेन्डुलम बनाउन खोज्दैछ भन्ने कुरा अब सारा नेपालीले बुझ्न र राजनीतिक रुपमा सचेत भई भोटको माध्यमद्धारा त्यस्ता तत्त्वलाई परास्त गर्न आवश्यक छ। हामीसँग दुईवटा विकल्प छन् ।
पहिलो दल होइन मत परिवर्तन गर्दै देशमा अवस्था परिवर्तन गर्न सक्ने व्यक्ति छान्ने, दोस्रो सडक संघर्षद्धारा यी पापी र भ्रष्ट नेतालाई यहाँबाट लखेट्ने।
हामी अब गर या मरको अवस्थामा नजाने हो भने देश बिस्तारै सकिँदै जान्छ र हाम्रो टाउकोमा ऋणको भार थपिँदै जान्छ। यिनीहरुले गर्ने भ्रष्टाचारमा हामीलाई ऋण बोकाउँदै छन ।हामी बलियो र समृद्ध नभएको कारणले गर्दा नै हो विदेशीले हामी माथि खेल्ने ।
उनीहरुलाई थाहा छ हाम्रो नेताको कमजोरी के हो भनेर। उनीहरुले त्यही कमजोरीमा टेकेर हामीलाई सधैँ अस्थिर बनाउँदै आफ्नो फाइदा लिन्छन् ।
देश बिग्रनुमा तपाईँ हाम्रो पनि दोष छ। हामी अलि व्यक्तिवादी स्वार्थ बोकेका नेपाली हौँ। हामीलाई देश होइन हाम्रो स्वार्थ पुरा गरिदिने नेता वा पार्टी चाहिएको छ। त्यही स्वार्थको कारणले गर्दा हामी सधैँ पार्टीको झोले भएर उसको गुणगान गाउन थाल्छौं। नेताले हाम्रो सीमित स्वार्थमा टेकेर असमित फाइदा लुट्दै देशलाई कंगाल बनाएका छन् । आज नेपालमा नागरिक समाज ,पत्रकार , पुलिस प्रशासन, अधिकारकर्मी, बाद्धिक व्यक्ति यस्ता अनेक,अनेक संस्थाभित्र वा व्यक्तिभित्र व्यक्तिगत लोभ भएका मानिसको कारणले गर्दा नै उनीहरुले हामीमाथि राज गरेका हुन् ।
आजको सूचना प्रविधिको जमानामा हामीसँग हजारौं तथ्य र प्रमाण छन कि देश कस्ले सक्यो भनेर। म त्यो प्रमाण र तथ्य यहाँ दिन चाहन्न। म यति मात्र भन्न चाहन्छु कि अब हामी सचेत भएर निर्णय गरौं। हो लोभ र स्वार्थ त्याग्न गाह्रो छ । पैसा र अवसरको मुख कालो हुन्छ तर कति दिन हामीले हाम्रो आत्म बेच्दै आफ्नो स्वार्थको कारण देशलाई अस्थिर बनाउने ?
नेपालको राजनीति मुख्यत चार किसिमले चलेको छ। पहिलो( दलाल र पुँजीपति वर्ग, दोस्रो (अन्धभक्त कार्यकर्ता, तेस्रो (विदेशी शक्ति र चौथो (सचेत वर्ग । अब यो देश सचेत नेपाली नागरिकले चलाउनुपर्दछ। त्यो चाबी तपाईं हाम्रो हातमा छ। आज हेर्नुस त काठमाडौँ, धरान र धनगढीका जनताले आफ्नो सचेतनादद्धारा फेरिदिएको निर्णयले देशलाई कति फाइदा भएको छ। हामीले आफ्नो स्वार्थ त्याग्न सक्ने रहेछौं भन्ने यो महान उदाहरण होइन र ? अब भन्नुस मेरो देश को आए बन्ने हो ?
यो लेखको उदेश्य सचेतना जगाउने र जागरुकता ल्याइदिने मात्र हो। सूचना त तपाईं हामीसँग छँदै छ नि देश कस्ले सक्यो भनेर। अब देश को आए बन्ने हो ? यो निर्णय तपाईं हाम्रो हातमा छ प्रिय पाठक।
लेखक: लक्ष्मण शर्मा घोराही उपमहानगरपालिका, दाङ
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, २ फागुन । आज 14th February! प्रणय दिवस अर्थात भ्यालेन्टाइन डे । हरेक प्रेमी प्रेमिकाको विशेष दिन । पश्चिमा मुलुकहरुमा मनाउने भ्यालेन्टाइन डे अहिले संसारभर मनाउन थालिएको छ । हुन त प्रेम भन्ने कुरा कुनै एक दिनको लागि हुँदैन । कुनै एक ठाउँका लागि र कुनै एक जोडिका लागि पनि हुँदैन । प्रेम सबैका लागि सँधैभरी विशेष हुने गर्दछ । यो त भावनाको उत्कृष्ट रूप हो। यो हरेक उमेर समूहका फरक फरक व्यक्तिहरू बीच हुने गर्दछ। यद्यपि यो विशेष दिनमा प्रेमीप्रेमिकाहरू कुनै विशेष ठाउँमा गएर आफ्ना भावनाहरू साटासाट गरी यो दिनलाई यादगर बनाउने गर्दछन्।
आजभोलि सामाजिक सञ्जालले गर्दा हो वा वैश्य युगको समयले गर्दा हो। प्रेम शब्दको परिभाषा र व्यवहारिकतामा परिवर्तन आएको छ। पछिल्लो समय युवापुस्ता बीच “फ्रेन्ड्स विथ बेनिफिट्स” भन्ने भावनाको विकास भएको छ। उनीहरू बीच सोसल मिडिया मार्फत एक अर्कामा आकर्षण बढ्ने र एकले अर्काबाट कसरी हुन्छ फाइदा लिने मनोविज्ञान हावी भएको छ। जसले गर्दा हप्ता वा महिना पिच्छे शारीरिक सम्बन्ध राख्ने र एकले अर्कोबाट फाइदा लिँदै छुट्टिने ट्रेनको विकास भएको छ।
भर्चुअल दुनियाको संसारबाट जब उनीहरु यथार्थतामा आउँछन्। त्यसपछि उनीहरूबीच दुरी बढ्दै जान्छ। किन आजभोलि मानिसहरू आत्मैदेखि प्रेम गर्न हिच्किचाउँछन्? किन प्रेममा मानिस भावनात्मक रुपमा निकै कमजोर हुन्छन् भन्ने सन्दर्भमा अहिले सोच्न आवश्यक छ। हाम्रो पारिवारिक एवं सामाजिक वातावरण, संस्कार र संस्कृतिले पनि प्रेमलाई बुझ्ने दृष्टिकोणमा फरक पार्दछ।
प्रेम र विवाह नितान्त फरक कुरा हुन्। विवाह एउटा सामाजिक सम्झौता र बन्धन हो तर प्रेम भावना र संबेदनशीलताको उच्चतम अवस्था हो। सबै प्रेम विवाहमा परिणत हुन आवश्यक छैन। यद्यपि प्रेमिल जोडीहरू बीच विवाह भएमा सुनमा सुगन्ध हुन्छ । प्रेमिकाले आफ्नो जीवनको सुरक्षा हुने नदेखेसम्म विवाह गर्न राजी हुँदैनन्। उनीहरूले आफ्नो जीवनमा सेफ ल्यान्डिङ चाहन्छन् । आफ्नो प्रेमीले आफूलाई सुख र खुसीसाथ राखोस् भन्ने हरेक प्रेमिकाको चाहना हुन्छ। त्यसैले मानिसहरू सामाजिक रूपमा सेटल भएको जिम्मेवारी बोध गर्न सक्ने व्यक्तिसँग विवाह गर्न चाहन्छन् तर प्रेम जुनसुकै उमेर समूहका जो कोहीसँग हुन सक्छ।
जबसम्म उसको सम्मान, स्वतन्त्रता र खुसीलाई आफ्नै सम्झेर महसुस गर्न सकिँदैन तबसम्म त्यहाँ साँचो प्रेम भएको महसुस गर्न सकिँदैन। प्रेममा शरीर मात्र दुईवटा तर मन एउटै हुन्छ ।
सन् २०१७ तिर म सामाजिक सञ्जालको युगमा प्रवेश गरेको थिए। सन् १८ तिर अध्ययन र कामको सिलसिलामा म विदेश आएको थिए। विदेशमा अध्ययन, काम र प्रेमलाई बाँड्ने सौभाग्य मिलेको थियो। तर त्यो प्रेम विवाहमा परिणत हुनसक्ने सम्भावना थिएन। जुन कुरा मैले मेरो प्रेम साहित्य “प्रियसी” मार्फत मेरा पाठक सामु बाँडेको छु।
सन् २०२३ को अन्त्यतिर जब उसले मेरो एउटा पोस्टमा “किप इट अप” भन्ने कमेन्ट गरी मेरो मन खुसीले प्रफुलित भयो। किनकि त्यो भन्दा अघि मैले उसलाई धेरैपटक Friends Request पठाउँदै एक्सेप्ट नभएपछि क्यान्सिल गरेको थिए। उसलाई म त्यतिबेला वा त्योभन्दा पछि पनि प्रेमिल भावनाद्वारा हेर्दैन थिए। कारण हाम्रो कर्मको फिल्ड एउटै थियो । म बेलाबेलामा लेख लेखिरहन्थे। म एउटा प्रेसमा लामो समयसम्म व्यवस्थापकको भूमिकामा काम गरेको थिए। उसको सम्पर्कबाट मलाई मेरो लेखन यात्रामा केही सूचना पाउन सकिन्छ कि भन्ने हेतुले म उसँग जोडिन चाहन्थे तर त्यो सपना सन् २०२३ को अन्ततिर पूरा भएको थियो।
सन् २४ को जनवरी १५ तिर अचानक उसको प्रोफाइल तस्बिरमा मेरो नजर गयो खोलेर उसको तस्बिर नियालेर हेरे। उसका अनेक पोस्ट र फोटाहरु हेर्दै गए। कुन्नी के भएर हो कसैको फोटो वा पोस्टलाई त्यति लामो समय सम्म त्यसरी हेरेको त्यो नै मेरो जीवनको पहिलो क्षण थियो । अक्सर समय अभाव वा अरु नै कारणले गर्दा म कसैको व्यक्तिगत कुरामा आफ्नो समय खर्चिदैन तर ऊ मलाई किन किन राम्रो लाग्दै गई थाहा भएन। मनमा उसका प्रति एक किसिमको सम्मान र माया मिश्रित भावना आउन थाले अनि उसँग बोल्न र दूरी नजिक गराउन मन लागेर आयो अनि उसको डे स्टोरीमा कमेन्ट गर्न थाले।“के खाएर मानिस यति राम्रा हुन्छन् ? looking beautiful, nice “ यस्तै यस्तै।
म मुलतः लजालु स्वभावको अन्तरमुखी मान्छे अक्सर मलाई प्रेमको कुरा गर्न त्यति आउँदैन फेरि उसले के भन्ने हो भन्ने कुराको पनि डर लाग्छ । मेरो व्यवहारको कारणले गर्दा उसलाई म बाट गुमाउन नपरोस् भन्ने चाहनाले गर्दा म शब्द तौलेर बोल्ने गर्छु। मनमा शब्दका अनेक प्रेमिल भावना आउने गर्दछ तर मेरो भावनाको कारणले गर्दा उसलाई चोट नपुगोस् भन्ने चाहन्छु। म एकोरो उसको प्रेममा डुब्न चाहन्छु। तर मेरो व्यवहारको कारणले गर्दा उसलाई मबाट अलग गराउन चाहन्न।
मेरो पनि खुसीको क्षण आएको थियो। १६ श्राद्ध चलेको बेला विवाहमा खिचिएको एउटा भिडियो फुटेजमा उसले कमेन्ट गर्दै लेखेकी थिई । “१६ श्राद्धमा पनि विवाह हुन्छ र?” म खुसीले प्रफुल्लित भएको थिए। उसले पनि मेरो डे स्टोरीको फुटेजमा कमेन्ट गरी भनेर। मनमा अनेक भावना आएका थिए के लेख्ने भनेर तर सम्हालिँदै भने –“यो पहिला लिएको भिडियो हो। यत्तिकै राखेको।” ऊ निकै सुन्दर र संस्कारिक लाग्छ मलाई। थाहा छैन उसले कुनै व्यक्तिलाई आफ्नो मनमा सजाएर राखेकी छे वा छैने? यद्यपि म उसलाई बेहिसाब प्रेम गर्न चाहन्छु। यो जन्ममा मात्र नभएर यदि मानिसको रूपमा मेरो र उसको अर्को जन्म भएमा पनि ! उसको वर्णन गर्न शब्दहरू निकै कम छन् म सँग। कुन शब्द खर्चेर उसको बयान गरू दुविधामा छु।
जन्म, मृत्यु र विवाह लेखेर आएको हुन्छ भन्छन्। म आध्यात्मिक मानिस भएको हुँदा यो कुरामा वैज्ञानिक सत्यता भएको पाउँछु। मेरो भावनालाई उसले बुझेर म सँग जीवन बिताउन उसले आफ्नो भविष्य सुरक्षित छ भन्ने महसुस गरे मात्र पनि म आफूलाई भाग्यमानी ठान्नेछु। ऊ मेरो लागि सबैथोक हो। म आफूलाई मेटाएर उसलाई खुसी दिन चाहन्छु। मसँग भौतिक रुपमा उसलाई चाहेको सुख दिन सक्ने सामर्थ्य र ल्याकत छ। उसको वर्णन गर्न शब्दहरू निकै कम छन् म सँग। उसको कल्पनाले मात्र पनि मलाई धेरै आनन्द दिन्छ। उसँग बोल्न र घन्टौ कुरा गर्न मन छ तर त्यो गर्न सक्ने म सँग साहस छैन। उसले के भन्दी हो, के सम्झेर मसँग यस्तो कुरा गर्छ भन्ने सोच्छे कि भन्ने डर लाग्छ । उसको नबोल्ने तस्बिर र टिकटकको भिडियो हेरेर चित्त बुझाउँछु। हजारौं पटक उसको फेसबुक प्रोफाइल र टिकटक प्रोफाइल खोलेर उसको भिडियो हेर्दै दिनमा एक दुई चोटी लाइक र कमेन्ट गर्दै मेरो समय व्यतीत हुन्छ आजभोलि। तर मेरो व्यवहारको कारणले उसलाई म बाट गुमाउन चाहन्न डियर पाठक।
लेखकः लक्ष्मण शर्मा
घोराही उपमहानगरपालिका–२ रामपुर, दाङ
२२ सय व्यक्ति फरार सूचिमा
नेपाल बहुजातीय, वहुभाषिक, बहुसास्कृतिक देश हो । यहाँ विभिन्न जातजाती, भाषाभाषी, धर्म सस्कृति, रीतिरिवाज, रहनसहन आ-आफ्नै छन । माघी पर्व तथा मकर (माघे) संक्रान्तिलाई हिमाल, पहाड र तराईमा बसोवास गर्ने नागरिकले आआफ्ना परम्परागत विशेषता र प्रकृति अनुसार मनाउने गर्दछन् शुभकामनामा भनिएको छ ।
दाङ, १ माघ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले माघी एकता र सद्भावको भएको बताएका छन । माघीपर्व तथ माघे संक्रान्तीको शुभकामना दिदै मुख्यमन्त्री चौधरीले माघी एकता र सद्भावको पर्व भएको बताएका हुन । माघीलाई उल्लासपूर्ण रूपमा मनाउनु पर्ने र चाडपर्व तथ संस्कृतिहरुको संरक्षण तथा सम्बद्धन गर्दै पर्वलाई हर्ष, खुशी र मनोरञ्जनपूर्ण बनाउँदै बन्धुत्व, एकता र सद्भाव कायम गरेर लैजानु पर्ने बताए । यस महान् पर्वले सबैमा उत्साह एवम् उमंग थपोस् र सबै बीच शान्ति, एकता, सद्भाव र सहिष्णुता कायमको लागि शुभकामना दिएका छन ।
नेपाल बहुजातीय, वहुभाषिक, बहुसास्कृतिक देश हो । यहाँ विभिन्न जातजाती, भाषाभाषी, धर्म सस्कृति, रीतिरिवाज, रहनसहन आ-आफ्नै छन । माघी पर्व तथा मकर (माघे) संक्रान्तिलाई हिमाल, पहाड र तराईमा बसोवास गर्ने नागरिकले आआफ्ना परम्परागत विशेषता र प्रकृति अनुसार मनाउने गर्दछन् शुभकामनामा भनिएको छ, सांस्कृतिक विविधतायुक्त समाजमा यो पर्वले पारिवारिक मिलन, बन्धुत्व, एकता, सद्भाव र सहिष्णुता बढाउँदै आएको छ ।
माघी थारु जातिको नयाँ बर्ष , मगर समुदायको नयाँ बर्ष (५०१६) समेत भएकाले संस्कृतिहरुको संरक्षण तथा सम्बद्धन गर्दै हर्ष, खुशीका साथ मनाउदै बन्धुत्व, एकता र सद्भाव कायम गर्न आग्रह गरेक छ्न । पर्वले शान्ति, एकता, सद्भाव र सहिष्णुता कायम गर्न सकोस शुभकामनामा भनिएको छ ।

२२ सय व्यक्ति फरार सूचिमा
दाङ, २८ पुस । बाँकेको नेपालगंज उपमहानगरपालिका – १२ कोरियनपुरका २४ वर्षीय आशुतोष गौतम बुटवल जान शुक्रबार भे १ ख ३९१२ नम्बरको रात्रीबस बस नेपालगंजबाट चढेका थिए।
शनिबार बुटवलमा राष्ट्रिय बाणिज्य बैंकको परीक्षा थियो। शुक्रबार प्रशासन तर्फको सकिएपछि शनिबार लगततर्फको परीक्षा थियो ।
उनी नेपालगञ्जको मञ्जुश्री फाइनान्समा काम गर्छन्।
उनको एउटा अनौठो बानी रहेछ; बसको सिटमा नबस्ने। ‘मेरो अचम्मको बानी छ,’ उनले भने, ‘म काठमााडौं जाँदापनि कहिलै सिटमा बस्दिनँ, उभिएरै यात्रा गर्ने बानी छ।’
नेपालगंजबाट छुटेको बसले झन्डै डेढ सय किलोमिटर यात्रा पुरा गरी राति करिब १० बजे भालुवाङ पुग्यो।
बस सल्यानको त्रिबेणी गाउँपालिका – ४ का २८ बर्षीय लालबहादुर नेपालीले हाँकेका थिए।
बसका सहचालक बाँकेको बैजापुर गाउँपालिका – ३ का २१ बर्षीय शंकर थारुसँग चिनापर्ची थियो। गौतमका अनुसार चिनजानी भएकाले उनी सहचालकसँग ढोकानजिक उभिएर यात्रा गर्दै थिए।
भालुवाङमा ट्राफिक चेकपोइन्ट नजिक पुगेपनि बस रोकिएन तर त्यसको हाइड्रोलिक ढोका भने खुल्यो। चेकपोस्ट राप्ती नदीको मुखमै छ। त्यहाँ चेकिङ भइरहेको भएपनि चालकले रोक्दै नरोकी हुँइक्याए।
त्यतिबेला बस ७०/८० को स्पिडमा रहेको गौतमको अनुमान छ। बस चेकजाँचका लागि त्यहाँ रहेका ट्राफिक प्रहरीले सिटी पनि फुकेका रहेछन्। तर चालकले रोक्दै नरोकी बस दौडाए।
केही पर पुगेपछि बस दायाँ बायाँ गर्दै अगाडि बढ्न थालेपछि मुटुमा ढ्यांग्रो बज्न थालेको गौतम सुनाउँछन् । ‘निमेषभरमै डिभाइडरमा ठोक्किएर ठूलो आवाज आयो,’ उनले भने।
बस दायाँबाया हल्लिन थालेपछि आफू हामफालेको उनले बताए। ‘ढोका खुल्लै थियो, अब दुर्घटना नै हुने हो भन्ने लागिसकेको थियो। बरू हातखुट्टा भाँचिए भाँचियोस् ज्यान त जोगिएला भनेर ढोकाबाट पुलमा हामफालें,’ उनले भने।
पुलमाथि हामफालेको निमेषमै ठूलो आवाजका साथ बस राप्ती नदीमा बजारिएको उनले बताए। ‘जसोतसो उठेर हेरेँ, दिमाग शून्य भयो। के गर्ने भन्ने नै सोँच्न सकिनँ,’ उनले भने।
एकैछिनमा बसमा रहेका अन्य यात्रुको चिच्याहट सुनेपछि उनी होसमा आए। तल बसबाट मानिसहरू ‘बचाउ, बचाउ’ भनिरहेका थिए। गौतम पनि ‘बस खस्यो’ भन्दै कराउन थाले।
चेकपोइन्टमै रहेका प्रहरीहरू पनि दौडिएर आउँदै रहेछन्। एकैछिनमा ट्राफिक, प्रहरी र भालुवाङबासी दुर्घटनास्थलमा जम्मा भएर घाइतेहरुको उद्धारमा खटिए। गौतम सामान्य घाइते भएका थिए। त्यहाँ उनीहरूसँगै घाइतेको उद्धार गर्न जुटे।
केहीबेर अघि ढोकामा आफूसँगै उभिइरहेको सहचालकको उद्धारपछि उनलाई लिएर उपचार गर्न उनी भालुवाङको क्लिनिकमा गए।
हाम फाल्दा पुलमाथि एक बल्ड्याङ खाएपनि आफू सकुशल रहेको गौतम बताउँछन्। ‘दायाँ हातमा सामान्य चोट लागेको थियो, एक्स-रे गर्दा खासै चोट नदेखिएपछि चिकित्सकले पेनकिलर दिनुभएको थियो,’ उनले भने।
शंकरको पनि बाँकेमा उपचार जारी छ। दुर्घटनामा अन्य १२ जनाको मृत्यु भएको छ भने उनीबाहेक २२ जना घाइते छन्।
सिधा पुलमा कसरी भयो बस दुर्घटना?
शुक्रबार राति सवा १० बजेतिर राप्ती नदी पुलबाट बस खस्दा करिब सय मिटर पश्चिमको इलाका प्रहरी कार्यालय भालुवाङमै थिए त्यहाँका प्रमुख इन्स्पेक्टर उज्वलबहादुर सिंह ।
बस पुलबाट खसेको हल्ला खल्लापछि उनी तत्कालै घटनास्थल पुगेका थिए। बस चेक पोइन्टदेखि झन्डै ३० मिटर पूर्व चालककै साइड दायाँबाट राप्ती नदीमा खसेको थियो ।
बसको अगाडिको भाग पानीमा र पछाडिको भाग बगरमा थियो ।
‘चालक तर्फको भाग पानीमा परेको हुँदा चालकलाई धेरै चोट नलागेको हुनु पर्छ,’ उनले भने ‘ बसको पछाडिको भाग बगरमा बजारिएको हुँदा पछाडि बसेकाहरुलाई बढी चोटपटक लागेको देखिन्छ।’
पाँचवटा शव पानीबाटै निकालेको इन्स्पेक्टर सिंह बताउँछन्।
दुर्घटनाका घाइतेहरूको उद्धार कार्य सकेर बिहान ३ बजे कार्यालय फर्किएको उनले बताए ।
‘ मैले चेक प्वाइन्टमा बसेका डिउटीका ट्राफिक प्रहरीलाई बुझ्दा चालकले बस नरोकेर तीब्र गतिमा अगाडि बढाएको भन्ने नै छ,’ सिंहले भने ‘ तर, चालकले प्राविधिक कारण बस दुर्घटनामा परेको भनेर हामीलाई वयान गरेका थिए ।’
प्राविधिक कारणले हो वा मानविय त्रुटीको कारणले बस दुर्घटनामा परेको हो भन्ने कुरा थप अध्यनपछि मात्रै खुल्ने उनले बताए । अहिले मुचुल्का तयार पारी त्यसको प्रतिवेदन जिल्लामा बुझाउने तयारी भइरहेको उनले बताए।
जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले दुर्घटना नै नहुने ठाउँमा कसरी बस दुर्घटना भयो भन्नेबारेमा अध्ययन भइरहेको बताए ।
‘त्यो दुर्घटना हुने ठाँउ नै हैन,’ उनले भने ‘त्यस्तो सिधा पुलबाट बस कसरी नदीमा खस्यो त्यो अनुसन्धान भइरहेको छ।’
दुर्घटनाका घाइते मध्य १४ जनालाई बाँकेको कोहलपुरस्थित मेडिकल कलेज, ७ जनालाई बुटवल र दुई जनाको दाङमै उपचार भइरहेको दाङका डिएसपी जनक मल्लले जानकारी दिए।
सेतोपाटीबाट साभार
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस