काठमाडौं,१२ भदौ । अमेरिकामा एक नेपाली युवतीको गोली हानी हत्या गरिएको छ।
सोमबार ह्युस्टनस्थित अपार्टमेण्टमा गोली लागेर मृत अवस्थामा फेला परेकी मुना पाण्डेलाई हत्याराले उनको कोठाभित्रै पसेर गोली हानेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ।
वेष्ट एअरपोर्ट ब्लुभर्डमा रहेको मुनाको अपार्टमेण्टमा उनी आफैँले राखेको सर्भिलेन्स क्यामेराका भिडियो फुटेजहरू प्रहरीले लगिसकेका छन्।
केही समय देखि अमेरिकी युवकसँग डेटिङ्गमा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। तर अझै हत्यारा पत्ता लागि नसकेको प्रहरीले जनाएको छ। हत्याराले उनको ओछ्यानमै पुगेर गोली हानेको भिडियो सार्वजनिक भएको छ। सार्वजनिक भएको भिडियोमा मुनालाई तीनवटा गोली हानिएको छ।
मुना सन् २०२१ मा अध्ययनका लागि अमेरिका पुगेकी थिइन्। २१ वर्षीया मुनाको नेपालमा आमा मात्र रहेको बताइएको छ। उनका आमा बुवाको भने सम्बन्ध विच्छेद गरेका छन्।
प्रहरीले उनको शव पोष्टमार्टमका लागि लगेको छ। पोष्टमार्टमको रिपोर्ट आएपछि घटनाबारे थप विवरणहरु प्राप्त हुने जनाइएको छ।
नेप्लिज एशोसियसन अफ ह्युस्टनका पूर्व अध्यक्ष डाक्टर विष्णु नेपालका अनुसार पोस्टमार्टम सकिएपछि मुनाको शव स्थानीय फ्यूनरल होममा आउने र त्यसपछि परिवारको समन्वयमा एनएएच लगायत स्थानीय संघसंस्थाको सहयोगबाट अन्त्येष्टि गरिनेछ।
डाक्टर नेपालका अनुसार सबै प्रक्रिया सकिएर अस्पतालले शव हस्तान्तरण गर्न अझै केही दिन लाग्नेछ। दिवंगत मुनाकी नेपालमा रहेकी आमा अमेरिका पुगेपछि उनको अन्तेष्टि गरिनेछ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,९ भदौ । सामाजिक सञ्जाल टेलिग्रामका प्रमुख कार्यकारी पाभेल डुरोभ फ्रान्समा पक्राउ परेका छन् । फ्रान्सेली प्रहरीले उनी पेरिसको उत्तरमा रहेको विमानस्थलबाट आइतबार पक्राउ परेको जनाएको छ ।
फ्रान्सेली मिडियाका अनुसार उनको निजी जेट ला बोर्जेट विमानस्थलमा अवतरण गरेलगत्तै डुरोभलाई प्रहरीले पक्राउ गरेको हो । अधिकारीहरुका अनुसार ३९ वर्षीय अर्बपतिलाई लोकप्रिय ‘म्यासेजिङ एप’सँग सम्बन्धित अपराधमा पक्राउ गरिएको हो ।
डुरोभलाई टेलिग्रामलाई आपराधिक समूहहरूले गरिरहेको प्रयोग रोक्न कदम चाल्न असफल भएको आरोपमा पक्राउ गरिएको बीबीसीले जनाएको छ
२२ सय व्यक्ति फरार सूचिमा
दाङ । अमेरिका जान्न भन्ने नेपालीहरू सायदै होलान्! तर जान्छु भन्दा पनि पालो नपाउने—नआउनेचाहिँ लाखौँ छन् ।
अमेरिका सबैलाई मनपर्छ । अझ भनौँ— रुकुम, रोल्पा, सल्यान र दाङको सबैभन्दा ठूलो सपना त्यही अमेरिका नै हो । अमेरिका जाने दुइटा बाटो छन् । एउटा— कागजी प्रक्रिया पूरा गरी उडेरै जाने । दोस्रोचाहिँ— मानवतस्करलाई ५० लाखदेखि ८० लाखसम्म बुझाएर ‘तल्लो बाटो’ रोज्ने ।
तल्लो बाटो भन्नेबित्तिकै धेरै जनाको दिमागमा रुकुम, रोल्पा र दाङको याद आउँछ । यहीँनेरबाट सबैभन्दा धेरै युवा हिँडेरै अमेरिका गइरहेका छन् । उनीहरूमध्ये कोही महिनौँको सास्तीपछि अमेरिका पुग्छन्, कोही सीमापार गर्न नपाउँदै फर्काइन्छन् । कोही अकालमै ज्यान गुमाउँछन् । कोही पालो कुर्दै यताउता अड्किएका छन् । तल्लो बाटो अमेरिका जानेहरूका कथा—व्यथा भनिसाध्य छैन, लेखिसाध्यै छैन तर रमाइलो भनौँ वा दुःखद कुराचाहिँ रुकुम, रोल्पा, सल्यान र दाङका एकहुल पत्रकार ‘सपनाको देश’ अमेरिका पुगेपछि वा पुग्नैलाग्दा बाँकी सहकर्मी यता थकथक मान्न बाध्य छन् ।
तीमध्ये कति त पानामा र कोलम्बियाको डरलाग्दो जंगल ड्यारियन ग्यापमा हिँडिरहेका छन् । कलम र माइकको सहाराले देशभित्रै सुन्दर जीवन जिउन मुश्किल परेको देखेपछि उनीहरू ‘तल्लो बाटो’ हुँदै अमेरिका पुगेको ब्यापक चर्चा छ । त्यसरी पुग्नेले मानवतस्करलाई ५० देखि ८० लाखसम्म सुम्पिएको बताइन्छ ।
त्यसरी हिँडेरै अमेरिका जाने चार जिल्लाका १२ पत्रकारमध्येकै हुन्–रुकुमका हरि गौतम । उनी कान्तिपुर दैनिकमा काम गर्थे । रुकुमकै धुर्वविक्रम बुढाथोकी कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका तत्कालीन प्रेस सल्लाहकार र रेडियो सानीभेरीका अध्यक्ष हुन् । त्यस्तै, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रुकुमका कोषध्यक्ष तथा रेडियो चौरजहारीका स्टेशन म्यानेजर ज्ञानु गौतम पनि अमेरिका पुगिसके। रुकुमकै बीरबहादुर मल्ल, भुपेन्द्र केसी, तिलक वली र डम्बर विष्ट पनि बाटैमा छन् । मल्ल सानीभेरी रेडियोमा काम गर्थे, केसी नयाँ युगबोध दैनिकका लागि रिपोर्टिङ गर्थे, वली प्रेसपालिकामा काम गर्थे र विष्ट पत्रकार महासंघका साधारण सदस्य थिए।
त्यस्तै, पत्रकार महासंघ रोल्पाका उपाध्यक्ष सन्तोष शर्मा पनि अमेरिका पुगेका छन् । उनी पनि महँगो पैसा तिरेर गएको सहकर्मी चर्चा गर्छन् । पत्रकार महासंघ सल्यानका अध्यक्ष नवीन पौडेल र दाङका पत्रकार इन्द्र डिसी, सुवास डिसी र दीपक घिमिरे पनि तल्लो बाटो हुँदै अमेरिका पुगे । इन्द्र प्रेस चौतारी दाङका अध्यक्ष हुन् । सुवास र दीपकचाहिँ पत्रकार महासंघ दाङमा थिए ।
अमेरिका पुगेका यी पत्रकारले यतिबेला आफ्नो दुःख र आम्दानीको फेहरिस्त सुनाउँदा बाँकी पत्रकार पनि उतै जान हौसिएका देखिन्छन् । अमेरिका जान भनेर दुबई उडेका प्रेस चौतारी दाङका सदस्य सुवास शर्माचाहिँ दलालले पैसा खाएर धोका दिँदा युएईमै अड्किएका छन् ।
(साभार:जनआस्था साप्ताहिकबाट)
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१ भदौ । क्यानडास्थित नेपाली राजदूतावासले निकट भविष्यमै नयाँ शैक्षिकसत्र सुरवात हुन भएकाले अध्ययनका लागि क्यानडा जाने तयारी गरिरहेका नेपाली विद्यार्थीलाई ७ सुझाव दिएको छ।
दूतावासले क्यानडा बसाइ र अध्ययन सहज एवं समस्यारहित बनाउन विभिन्न सुझाव जारी गर्दै ध्यान पुर्याएर तयारी गर्न अनुरोध गरेको छ।
विद्यार्थीका लागि दूतावासबाट यसअघि गत वैशाख १७ मा जारी गरिएको जानकारी मूलक सूचना राम्ररी अध्ययन गरेर मात्र क्यानडाको तयारी गर्न उचित हुने दूतावासले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,३२ साउन। पातोङटर्न सिनावात्रा थाइल्याण्डको नयाँ प्रधानमन्त्री बनेकी छन् । फेउ थाई पार्टीकी ३७ बर्षिय नेतृ सिनावात्रालाई संसदमा भएको मतदानमा ३१९ सांसदले मतदान गरेका थिए । थाइल्याण्डको तल्लो सदनमा ५०० सदस्य रहेका छन् ।
उनी थाइल्याण्डका पुर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी हुन् ।
यद्यपी उनलाई अब राजाले प्रधानमन्त्रीमा नियुक्त गर्न भने बाँकी रहेको छ । प्रधानमन्त्रीमा नियुक्त भएपछि सिनावात्रा थाइल्याण्डको राजनीतिक इतिहासमै कम उमेरकी प्रधानमन्त्री बन्ने छिन ।
बुधवार फेउ थाई पार्टीका श्रेष्ट थाविसिनलाई अदालतले कानुन उलंघन गरेको भन्दै पदबाट हटाइएको थियो ।
२२ सय व्यक्ति फरार सूचिमा
एजेन्सी। थाइल्याण्डको सर्वोच्च अदालतले प्रधानमन्त्री स्रेता थाभिसिनलाई बर्खास्त गरेको छ । थाइल्याण्डको अखबार बैंंकक पोस्टका अनुसार अपराधमा मुछिएका व्यक्तिलाई मन्त्री बनाएको भन्दै सर्वोच्च अदालतले प्रधानमन्त्रीलाई बर्खास्त गरेको हो ।
अदालतले प्रश्न उठाएका अपराधमा मुछिएका मन्त्री थिए पिचित चुइनवान । योसँगै एक वर्षभन्दा थोरै मात्रै कार्यकाल चलाएका प्रधानमन्त्री पदमुक्त भएका हुन् । प्रधानमन्त्रीमात्रै नभएर सबै मन्त्रीहरुको पद गएको तर अर्को सरकार बन्नु अगाडिसम्म कामचलाउ बन्न पाउने फैसला सर्वोच्च अदालतले बुधबार गरेको छ ।
पदमुक्त भएका प्रधानमन्त्री स्रेता थाभिसिनले आफूलाई अदालतको फैसला चित्त नबुझे पनि मान्नुको विकल्प नभएको पत्रकारसँग प्रतिक्रिया दिएका छन् ।
थाइल्याण्डमा प्रधानमन्त्रीको बर्खास्तीसँगै सेयर बजार ओरालो लागेको छ । ५.१० विन्दुको मंगलबारको सेयर बजार अदालतको फैसला पछि १७ विन्दुले झरेको बताइएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
एजेन्सी । रुसमा क्षेत्रीय संकटकाल घोषणा गरिएको छ । युक्रेनी गतिविधिका कारण उत्पन्न अवस्थालाई मध्यनजर गदै क्षेत्रीय संकटकाल घोषणा गरिएको हो । अधिकारीहरूले आपतकालीन स्थितिलाई सङ्घीय स्तरमासमेत बढाउने विचार गरिरहेको यस क्षेत्रका संकटकालको घोषणा गरिएको गभर्नर व्याचेस्लाभ ग्लो डकोभले बुधबार टेलिग्राममार्फत जानकारी दिएका हुन् ।
उनका अनुसार द्विपक्षीय द्वन्द्वका कारण बेलगोरोड क्षेत्रको अवस्था अत्यन्त तनावपूर्ण रहेको छ । युक्रेनी सशस्त्र बलले निरन्तर गोलाबारी गर्दा त्यस क्षेत्रका घरहरू ध्वस्त हुनुका साथै नागरिकको मृत्यु तथा घाइते भएका छन् ।
‘जनतालाई थप सुरक्षा प्रदान गरी प्रभावितहरूलाई थप सहयोग प्रदान गर्न आजदेखि सम्पूर्ण बेलगोरोड क्षेत्रमा संकटकालिन अवस्था घोषणा गरिएको छ’, टेलिग्राममार्फत् जारी विज्ञप्तिमा उल्लेख छ ।
क्षेत्रीय सरकारले सङ्घीय स्तरमा सङ्कटको घोषणाका लागि अनुरोध गर्न सङ्घीय आयोग समक्ष चाँडै अपिल गर्ने तयारीसमेत गरिरहेको गभर्नर ग्लेडकोभले बताएका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,२८ साउन । पेरिस ओलम्पिकमा स्वर्ण पदक जितेका ज्वाइलाई ससुराले भैँसी उपहार दिएका छन् । पेरिस ओलम्पिकमा ज्याभ्लिन थ्रो खेलाडी अर्सद नदिमलाई उनका ससुराले उपहार स्वरुप भैँसी दिएका हुन् ।
नदिमले भारतीय खेलाडीलाई पछाडि पार्दै ओलम्पिक कीर्तिमानसहित स्वर्ण पदक जितेका थिए । ओलम्पिकमा पाकिस्तानले व्यक्तिगत स्पर्धामा पहिलोपटक स्वर्ण पदक जितेको हो ।
अर्सदका ससुरा मोहम्मद नवाजले भैँसीलाई आफ्नो ग्रामीण समाजमा हार्दिक उपहार र सम्मानका रुपमा लिइने बताए । उनले भैँसीलाई मुल्यवान र सम्मानित मानिने बताए। नवाजका चार छोरा र तीन छोरी छन्। छोरीमध्ये एकलाई अर्सदले विवाह गरेका छन् ।
अर्सद गाउँमै हुर्किएकाले भैँसी उपहार उनका लागि अझ अर्थपूर्ण भएको उल्लेख गरे । नदिम पन्जाबस्थित खानेवालमा आमाबुबा र दाजुभाईसहित बस्दै आएका छन् । नदिमका दुई छोरा र एक छोरी छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,२४ साउन । जापानमा ७.१ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पको केन्द्रविन्दु जापानको क्युसु सहरको जमिनबाट करिब ८.८ किलोमिटर तल रहेको जापान टाइम्सले उल्लेख गरेको छ ।
बिहीबार दिउँसो दक्षिणी क्युसुमा गएको भूकम्पपछि क्युशुको पूर्वी र दक्षिणी तट र शिकोकुको दक्षिणी तटमा सुनामीको चेतावनी दिएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ । भूकम्पको क्षति बारे विवरण आउन बाँकी छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,२३ साउन । इरानमा बुधबार २९ जनालाई मृत्युदण्ड दिइएको छ । २६ जनालाई तेहरान बाहिरको गेजलहसार जेलमा र बाँकी ३ जनालाई काराज सहरको जेलमा फाँसी दिइएको मिडिया रिपोर्टमा उल्लेख छ ।
नर्वेको मानवअधिकार संगठनले दिएको जजानकारी अनुसार फाँसी दिइएका मध्ये दुई अफगान नागरिक पनि थिए । उनीमाथि हत्या, लागुऔषध ओसारपसार र बलात्कारको आरोप लागेको थियो ।
अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिष्ट न्यूज एजेन्सी र सेन्टर फर ह्युमन राइट्स इन इरानले पनि गेजलहसार जेलमा कम्तीमा दुई दर्जन व्यक्तिलाई मृत्युदण्ड दिइएको पुष्टि गरेको छ ।
इरानले जनतामा डर पैदा गर्न २०२२ को विरोध प्रदर्शनमा संलग्नहरूलाई मृत्युदण्डको सजाय दिएको बारम्बार आरोप लगाइएको छ ।
इरानसँग सम्बन्धित मानवअधिकार संगठन आईएचआरका निर्देशक महमूद अमिरी मोगद्दमले अन्तर्राष्ट्रिय समुदायले यसतर्फ खासै ध्यान नदिएको बताए ।
जसका कारण इरान सरकारले आगामी महिना सयौंलाई फाँसी दिन सक्ने उनको दाबी छ । उनले सन् २००९ पछि यति ठूलो संख्यामा मानिसलाई फाँसी दिएको यो पहिलो पटक भएको बताए ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस