पश्चिम अफ्रिकी देश मालीमा सेनाले ‘कू’ गरी राष्ट्रपति, प्रधानमन्त्री र रक्षा मन्त्रीलाई नियन्त्रणमा लिएको छ । सेनाले राष्ट्रपति बाह नद, प्रधानमन्त्री मोक्तार औएनी र रक्षा मन्त्री सोउलेमेन डोउकोरेलाई नियन्त्रणमा लिएर सैनिक क्याम्पमा राखेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
घटनापछि संयुक्त राष्ट्र सङ्घले निन्दा गरी राष्ट्रपति, प्रधानमन्त्री र रक्षा मन्त्रीलाई विना सर्त तत्काल रिहा गर्न आग्रह गरेको छ । निकै गरिब पश्चिमी अफ्रिकी देश मालीमा रहेकाे संयुक्त राष्ट्र सङ्घकाे मिसनले यस कदमकाे आलाेचना गर्दै तीनै जनालाई तुरुन्त रिहा गर्न र शान्ति बनाइराख्न अपिल गरेकाे हाे ।
यस्तै अफ्रिकी सङ्घ, इकाेनमिक कम्युनिटी अफ वेस्ट अफ्रिकन स्टेट्स, यूरोपेली सङ्घ र अमेरिकाले पनि राष्ट्र प्रमुखहरूलाई नियन्त्रणमा लिनु निन्दनीय भएकाे भन्दै शीर्ष नेताहरूलाई विना कुनै सर्त रिहा गर्न माग गरेका छन् ।
यसअघि गएकाे भदौमा सेनाले तत्कालीन राष्ट्रपतिलाई नियन्त्रणमा लिएर राजीनामा दिन बाध्य पारेको थियो ।
राष्ट्रपति बाह नद र प्रधानमन्त्री मोक्तार औएनीई १८ महिनासम्म अन्तरिम सरकार चलाउने र चुनाव गरेर नागरिक शासन फिर्ता ल्याउने जिम्मेवारी दिइएको थियो ।
२२ सय व्यक्ति फरार सूचिमा
बेलायतको संसदमा नेपालको कोरोना माहामारी र गर्न सक्ने सहयोगबारे छलफल भएको छ । हाउस अफ लर्डमा बिहीबार भएको यो बहसको सुरुवातमा नेपालले बेलायतसँग माग गरेको २० लाख डोज कोरोना खोपबारे सुरु भएको थियो ।
सांसदहरुले सोधेका एकपछि अर्को प्रश्नको जवाफ विदेश मन्त्रालयमा दक्षिण एसिया हेर्ने मन्त्री तारिक मोहम्मद अहमदले दिएका छन् । उनले नेपाली अधिकारीहरुसँग निरन्तर सम्वादमा रहेको र सक्दो सहयोग गर्ने बताएका छन् । तर नेपालले मागेको खोपबारे कुनै प्रतिवद्धता जनाएका छैनन् ।
बहसका क्रममा लेबर पार्टीका जर्ज फोउल्कसले नेपाल र बेलायतका प्रधानमन्त्रीबीच तुलना गरे । नेपालका प्रधानमन्त्रीको आफ्नो गल्ती महसुस गरेको भन्दै उनले प्रश्न गरे, यो उनी यहाँका प्रधानमन्त्रीभन्दा असल छन् भन्ने कुराको संकेत होइन ?
तर मन्त्रीले प्रधानमन्त्री बोरिस जोनसनको बचाउ गरे । उनकै पहलमा कोभ्याक्स कार्यक्रमको स्थापना भएको र यसबाट १९२ मुलुकले लाभ लिइरहेका उनले बताएका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
भारतमा पछिल्लो २४ घण्टामा साढे ३ लाखभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ।
त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ३ लाख ५२ हजार ९९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस अवधिमा कोरोनाले २ हजार ८१२ जनाको मृत्यु भएको छ।
एक दिनमा यति धेरै संख्यामा संक्रमण र मृत्यु अहिलेसम्म विश्वका कुनै पनि देशमा नभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
भारतको स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा थपिएकासमेत अहिलेसम्म देशमा कोरोनाको संक्रमणमा परेका व्यक्तिको कूल संख्या १ करोड ७३ लाख १३ हजार १६३ पुगेको छ भने यसबाट मृत्यु भएकाको संख्या १ लाख ९५ हजार १२३ पुगेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं। विश्वमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ३० लाख नाघेको छ । विश्वमा कोरोना संक्रमणका कारण अहिलेसम्म ३० लाख २३ हजारभन्दा बढीको ज्यान गएको हो ।
अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिका, भारत र ब्राजिलमा सबैभन्दा धेरै संक्रमण फैलिएका देश हुन् । यी तीन देशमा मात्रै १० लाखभन्दा धेरैको मृत्यु भएको छ । अमेरिकामा मात्रै ५ लाख ८० हजार ७ सय ५६ जनाको मृत्यु भैसकेको छ । यस्तै भारतमा एक लाख ७७ हजार एक सय ६८ जनाको मृत्यु भएको छ भने ब्राजिलमा तीन लाख ७१ हजार ८ सय ८९ जनाको मृत्य भएको छ ।
पछिल्ला दिनमा विश्वमा औसतमा १२ हजार जनाको मृत्यु हुने गरेको पाइएको छ । विश्वमा अहिले १४ करोड १३ लाखभन्दा बढी कोरोना भाइरसका संक्रमित छन् । यस्तै ११ करोड ९९ लाखभन्दा बढीले कोरोनालाई जितेका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि फ्रान्समा चार हप्ताका लागि लकडाउन गरिएको छ । राष्ट्रपति इम्यानुएल म्याक्रोले आउँदो शनिवारदेखि चार हप्ता लकडाउनको घोषणा गरेका हुन् । एक टेलिभिजनमा सम्बोधन गर्दै उनले लकडाउनको अवधिमा अत्यावश्यक वस्तुका पसल खुला रहने तर तीन हप्तासम्म स्कुल भने बन्द हुने बताएका बीबीसीले जनाएको छ ।
लकडाउनको अवधिभर मानिसले घरमै बसेर काम गर्नु पर्नेछ । सार्वजनिक ठाउँमा सभा, भेला गर्न पाइने छैन भने घरबाट १० किलोमिटरभन्दा टाढा जान पनि नपाइने खबरमा उल्लेख गरिएको छ ।
यस्तै, उनले कोरोनाको सङ्क्रमण बढे पनि यसलाई नियन्त्रण गर्न सकिने भएकाले डराउनु नपर्ने बताएका छन् । विश्वमा कोरोनाबाट सबैभन्दा बढी प्रभावित देशको सूचीमा फ्रान्स चौथो स्थानमा छ ।
२२ सय व्यक्ति फरार सूचिमा
खोप लगाएको दुई दिनपछि नै पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
कोरोना पुष्टि भएपछि उहाँ आइसाेलेशनमा बस्नुभएको पाकिस्तानी प्रधानमन्त्रीका स्वास्थ्य विज्ञ फैसल सुल्तानले बताउनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रधानमन्त्री खानमा हल्का खोकी र ज्वरोसहितको मध्यम लक्षण देखिएको पनि सुल्तानले जानकारी दिनुभएको छ ।
उहाँले बिहीवार मात्रै कोरोना विरुद्धको खोपको पहिलो डोज लगाउनुभएको थियो । पाकिस्तानी प्रधानमन्त्री खान पछिल्ला दिनमा मास्क नलगाइकनै विभिन्न भेला, बैठक र आमसभामा सहभागी हुँदै आउनुभएको थियो ।
२२ सय व्यक्ति फरार सूचिमा
फ्रान्सका विभिन्न १६ वटा राज्यमा गए रातिदेखि फेरि ‘लकडाउन’ सुरु भएको छ । कोरोना भाइरसको सङ्क्रमण बढेपछि फ्रान्सका प्रधानमन्त्री जिन क्यास्टेकले बिहीबार यो लकडाउन कार्यक्रमको घोषणा गरेका हुन्।
प्रधानमन्त्री क्यास्टेकले फ्रान्समा पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप पहिलेभन्दा धेरै बढेको बताउँदै अब फ्रान्ससँग लकडाउन बाहेकको अर्को कुनै पनि विकल्प नरहेको बताएका छन् । भाइरसको प्रकोप बढेका यहाँका १६ वटा राज्यमा लकडाउनको घोषणा गरिएको छ तर सो लकडाउन विगतको जस्तो नभएर केही हल्का भने गरिएको बताइएको छ।
यो लकडाउनका समयमा मानिसहरुलाई अत्यावश्यक कामका लागि मात्रै घरबाहिर निस्कने अनुमति दिइनेछ। तर एक राज्यबाट अर्कोमा जान यात्रा प्रतिबन्ध गरिएको छ । विद्यालयहरु यहाँको सरकारले तय गरेका मापदण्डहरु पूर्णरुपमा लागू गरेरमात्र खोल्न सकिने बताइएको छ।
त्यसैगरी काममा जानुपर्ने मानिसले पनि आफ्नो घरबाट बढीमा १० किलोमिटर परसम्मको कामका लागि मात्र जान सक्ने बनाइएको छ।
रेस्टुरेन्ट, बारसहितका अत्यावश्यकभन्दा बाहिरका सेवा बन्द रहने छन् भने विद्यालय र उद्योगहरु खुला हुनेछन्। फ्रान्समा पछिल्ला दिनमा कोभिडका कारण मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ भने दैनिक ३० हजारभन्दा बढी सङ्क्रमित थपिँदै गएका छन्।
फ्रान्समा अहिलेसम्ममा ४२ लाखभन्दा बढी नागरिकमा यो सङ्क्रमण देखिएको छ। त्यसैगरी यहाँ यस महामारीबाट मृत्यु हुनेको सङ्ख्या पनि ९१ हजारभन्दा बढी पुगेको बताइएको छ। रासस/सिन्ह्वा
२२ सय व्यक्ति फरार सूचिमा
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । उनले आज बिहान एम्स अस्पतालमा कोरोनाविरुद्धको खोप लगाएका हुन् ।
समाचार एजेन्सी एएनआईका अनुसार मोदीले स्वदेशमै उत्पादित कोभ्याक्सिन खोपको पहिलो डोज लिएका हुन् । कोभ्याक्सिन भारतीय कम्पनी वायोटेकले उत्पादन गरेको हो ।
भ्याक्सिन लगाएपछि प्रधानमन्त्री मोदीले ट्वीटरमा लेखेका छन्, ‘आउनुहोस् मिलेर भारतलाई कोभिड-१९ बाट मुक्त बनाऔं ।’
२२ सय व्यक्ति फरार सूचिमा
म्यानमारमा प्रहरीले चलाएको गोली लागेर १८ जना प्रदर्शनकारीको ज्यान गएको छ ।
३० जनाभन्दा धेरै प्रदर्शनकारी घाइते भएका बीबीसीले जनाएको छ । याङ्गुन, दाबेई र म्यान्डलेसहित विभिन्न सहरमा भएका प्रदर्शनमा अश्रु ग्यास प्रहार गर्दा पनि प्रदर्शन नरोकिएपछि प्रहरीले गोली चलाएको खबरमा उल्लेख छ ।
यसअघि पनि भएको प्रदर्शनमा तीन जना प्रदर्शनकारीको ज्यान गएको थियो । संयुक्त राष्ट्र सङ्घले सैन्य ‘कू’ को विरोध प्रदर्शनमा भएको यो ज्यादतीलाई सबैभन्दा घातक दिन भनेको छ ।
म्यानमारमा गएको फेब्रुअरी १ मा सेनाले प्रजातन्त्रवादी नेतृ आङ सान सुकीसहितका नेताहरुलाई हिरासतमा लिएर सत्ता कब्जा गरेको थियो ।
यसको विरोधमा त्यहाँ दिनहुँ प्रदर्शन भइरहेको छ । म्यानमारमा एक वर्षको लागि सङ्कटकालको घोषणा गरिएको छ । म्यानमारमा सैन्य ‘कू’ भएपछि विश्वभर यसको आलोचना भइरहेको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
भारत पश्चिम बंगालका श्रम मन्त्री जाकिर हुसेनमाथि पेट्रोल बम प्रहार भएको छ । बम प्रहारबाट हुसेन गम्भीर घाइते भएका छन् । उनलाई मुर्सिदावाद मेडिकल कलेजमा भर्ना गरिएको छ ।
मुर्सिदावाद जिल्लाको निमटिटा स्टेशनबाट कोलकाता जानका लागि रेल चढ्न जाँदै गर्दा अज्ञात व्यक्तिले मन्त्री हुसेनमाथि बम प्रहार गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
बम प्रहारको भारतभर निन्दा भइरहेको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस