म्यानमारमा सेना, प्रहरी र उनीहरूले खटाएका व्यक्तिहरूबाट पीडित हुन थालेपछि नागरिकहरूले रातभरि गस्ती गर्न थालेका छन् ।
स्थानीय व्यक्तिहरूलाई सैनिक सरकारले जेलबाट रिहा गरेका व्यक्तिमार्फत् सुराकी गर्ने र तनाव दिन थालेपछि राति गस्ती गर्न थालेको नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) समर्थक नेता तथा कार्यकर्ताहरूले बताएका छन् । रातको समयमा पक्राउ गर्ने क्रमसमेत बढेपछि एनएलडीले यसअघि नै रातिको समयमा पक्राउ नगर्न आग्रह गरेको थियो ।
सेनाले नेतृ आङ सान सुकीसहितलाई नजरबन्दमा राखेर सत्ता कब्जा गरेपछि बनेको सैनिक सरकारले सयाैँ मानिसहरूलाई बन्दी बनाएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
म्यानमारमा सैनिक ‘कू’ भएको छ । त्यहाँको सेनाले सत्ता हातमा लिँदै एक वर्ष संकटकाल लगाएको घोषणा गरेको छ ।
राष्ट्रपति विन मिन्ट, स्टेट काउन्सिलर आङ सान सुकी र सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेसीका बरिष्ठ नेताहरुलाई हिरासतमा लिँदै सेनाले सत्ता कब्जा गरेको हो ।
केही दिनयता जारी सरकार र सेनाबीचको तनाव र सत्ता पलटको आशंकाबीच म्यानमारमा सैनिक कू भएको हो । सेनाले सोमबार तय भएको संसद बैठक पनि खारेज गरेको छ ।
बीबीसीका अनुसार म्यानमारको राजधानीसहितका मुख्य–मुख्य शहरमा सैनिकको तैनाथी बढाइएको छ । राजधानीमा टेलिफोन र इन्टरनेट सेवासमेत बन्द गरिएको छ ।
गत नोभेम्बर महिनामा भएको निर्वाचनमा सुकीको पार्टी भारी मतसहित विजयी भएको थियो । तर सेनाले चुनावी प्रक्रियामा धाँधली भएको आरोप लगाउँदै आएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ। यात्रुवाहक बसमा आगलागी हुँदा क्यामरुनमा ५३ जनाको ज्यान गएको छ । २९ जना गम्भीर घाइते भएका छन् ।
पेट्रोलियम पदार्थ बोकेको ट्यांकरसँग ठोक्किएर बुधबार बसमा समेत आगलागी भएको हो । सो दुर्घटनामा परी मृत्यु भएकाहरूको शव जलेकाले पहिचान गर्न कठिन भएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।
देशको मध्य पश्चिमी क्षेत्रमा पर्ने क्लिफ अफ डिस्चाङ भन्ने स्थानमा स्थानीय समयअनुसार बुधबार दिउँसो ३ः३० बजे दुर्घटना भएको अधिकारीहरूले जनाएका छन् । दुर्घटनामा परेको बसमा ७० सिट रहेको थियो ।
सरकारी अधिकारीहरूले दुर्घटनाका बारेमा अनुसन्धान भइरहेको जानकारी दिएका छन् । प्रारम्भिक विवरणअनुसार पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरका चालकले नियन्त्रण गुमाएकाले दुर्घटना भएको देखिएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
भारतले आज ७२ औं गणतन्त्र दिवसको मनाउँदै छ ।
राजधानी दिल्लीलगायतका ठाउँमा सुरक्षा व्यवस्था कडा पारिएको छ । चोक-चोकमा प्रहरी खटाइएको छ । आज गणतन्त्र दिवसको अवसरमा दिल्लीको राजपथमा परेड हुँदैछ ।
यो परेडपछि किसानले कृषि कानुनको विरोधमा ट्र्याक्टर र्याली निकाल्ने तयारी गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । किसानहरुको आन्दोलनलाई मध्यनजर गर्दै दिल्लीको सुरक्षा व्यवस्था कडा पारिएको त्यहाँका प्रहरीले बताएका छन् ।
सन् १९४७ जनवरी २६ तारिखमा बेलायतबाट स्वतन्त्र भएपछि भारतले हरेक जनवरी २६ मा स्वतन्त्रता दिवस मनाउँदै आएको छ । भारत बेलायतबाट स्वतन्त्र भए लगत्तै पाकिस्तान भारतबाट अलग्गिएको थियो ।
२२ सय व्यक्ति फरार सूचिमा
भारत । पटना–मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन फुटाएर डिजल चोरी भएको खुलेको छ । बाराको अमलेखगञ्जमा रहेको नेपाल आयल निगमको डिपोमा भारतको पटनाबाट सिवान र मोतिहारी हुँदै डिजल आपूर्ति गर्दै आएको पेट्रोलियम पाइप लाइन फुटाएर डिजेल चोरी भएको भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सले जनाएको छ ।
नेपाली सीमाबाट एक सय किलोमिटर पर नविगन्जमा पाइप लाइन फुटाएर हजारौँ लिटर डिजल चोरी भएको नवभारत टाइम्स खबरमा दाबी गरिएको छ ।
पाइप लाइनको सुरक्षामा खटिएका सुरक्षाकर्मीले खेतमा डिजल बगेको देखेपछि भारतीय आयल निगमका अधिकारीहरूलाई खबर गरेका थिए । मुख्य पाइपमा प्वाल बनाएर सानो पाइपबाट डिजल चोरी गरिएको खबरमा उल्लेख छ ।
गएको वर्ष भदौबाट सञ्चालनमा आएको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पेट्रोलियम पाइप लाइन हो ।
तस्बिर : नवभारत टाइम्स
२२ सय व्यक्ति फरार सूचिमा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने अन्तिम तयारी भएको छ ।
तल्लो सदनमा बहुमत रहेको डेमोक्रेटिक पार्टीका सांसद ट्रम्पविरुद्धको महाअभियोग लगाउने अन्तिम कसरतमा रहेका बीबीसीले जनाएको छ । सभामुख पेलोसीले संविधानको २५ औँ संशोधनलाई सक्रिय बनाएर ट्रम्पलाई सत्ताच्युत गर्न उपराष्ट्रपति माइक पेन्सलाई अपिल गर्ने र सो अनुसार नभएमा ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने तयारी गरेको जनाइएको बिबिसीले जनाएको छ ।
संसद भवनमा गएको बुधबार भएको हिंसात्मक आक्रमण तथा विद्रोहका लागि उक्साएको अभियोग ट्रम्पमाथि लगाउने तयारी छ ।
२२ सय व्यक्ति फरार सूचिमा
अमेरिकी संसद् भवनमा आक्रमण र जो बाइडेन तथा कमला ह्यारिसको जितलाई संसदले प्रमाणित गरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले एक विज्ञप्ति निकाल्दै अमेरिकामा सत्ता हस्तान्तरण ‘व्यवस्थित रुप’मा हुने बताएका छन् ।
सत्ता हस्तान्तरण ‘व्यवस्थित रुप’ मा हुने बताए पनि ट्रम्पले चुनावमा धाँधली भएको विषयलाई लिएर कानुनी लडाइँलाई जारी राख्ने बताएका छन् ।
ट्रम्पले भनेका छन्, ‘म चुनावी नतिजासँग असहमत छु र यसको प्रमाण पनि छ तर पनि २० जनवरीमा व्यवस्थित रुपमा सत्ता हस्तान्तरण हुनेछ ।’
ट्रम्पको यो बयान उनका प्रवक्ताको ट्वीटर ह्याण्डलमार्फत जारी गरिएको छ, ट्विटरले ट्रम्पको एकाउण्ट ब्लक गरिदिएको छ ।
ट्रम्पको चुनावी टिमले नोभेम्बरमा भएको राष्ट्रपतीय चुनावको नतिजालाई चुनौती दिनका लागि ६० भन्दा धेरै मुद्दा दर्ता गरेको थियो तर ती सबै खारेज गरिएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
राष्ट्रपति निर्वाचनको मत परिणाम उल्टाउने ट्रम्पको प्रयासले अमिरिकामा हिंसा मच्चिएको छ । गोली लागेर एक महिलाको मृत्यु भएको छ भने राजधानी वाशिङ्टन डिसीमा कर्फ्यू लगाइएको छ ।
वाशिङ्टनस्थित संसद भवन (क्यापिटल बिल्डिङ)मा अमेरिकी कांग्रेसमा इलेक्टोरल कलेजलाई लिएर बहस चलिरहेको थियो । यही बहसपछि राष्ट्रपतिमा निर्वाचित जो बाइडन विजयी भएको औपचारिक र कानुनी पुष्टि गर्ने कार्यक्रम थियो । यसैक्रममा हालका राष्ट्रपति डोनाल्ड ट्रम्पका सयौं समर्थकहरु भेला भएर प्रदर्शन सुरु गरे ।
प्रदर्शनकारी क्यापिटल बिल्डिङ भित्रै प्रवेश गरे र अमेरिकी राष्ट्रपति चुनाव रद्द गर्न माग गर्न थाले । यसै क्रममा हिंसा सुरु भयो । प्रदर्शनकारीलाई रोक्ने प्रयासमा नेशनल गार्डस् एक्सनमा उत्रियो । क्यापिटल बिल्डिङमा प्रदर्शन गर्ने एक महिलालाई गोली लाग्यो । ती महिलाको अस्पतालमा मृत्यु भयो । उनको परिचय भने खुलेको छैन ।
करिब तीन घण्टाको तोडफोड र हिंसात्मक प्रदर्शनपछि स्थिति नियन्त्रणमा र आएको अमेरिकी अधिकारीहरुले बताएका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
यमनको एउटा विमानस्थलमा भएको आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको छ । अरु ५० जनाभन्दा धेरै घाइते भएका छन् ।
केही समयअघि गठन भएको सरकारका सदस्यहरू चढेको विमान छिमेकी साउदी अरेबियाबाट आएर अवतरण गरेको केहीबेरमै विस्फोट भएको बीबीसीले जनाएको छ ।
यमनको दक्षिणी भागमा रहेको एडन सहरको विमानस्थलमा भएको विस्फोटमा सहायतामा जुटेकाहरू र अरु अधिकारीहरू रहेको खबरमा उल्लेख छ । यमनका प्रधानमन्त्री मीन अब्दुल मलिक सइदले आफू र मन्त्रिपरिषद् सदस्यहरू सकुशल रहेको बताउनुभएको बीबीसीले जनाएको छ ।
यमनको एउटा समाचार वेबसाइट अल-मस्दरले श्रम मन्त्रालयका उप-सचिव मारिएका र दुई जना उप-मन्त्री घाइते भएका उल्लेख गरेको छ । यमनका सूचना मन्त्रीले हुथी विद्रोहीहरूल विस्फोट गराएको आरोप लगाउनुभएको छ ।
यमन सन् २०१५ देखि द्वन्द्वको चपेटामा छ । यमनमा द्वन्द्वका कारण एक लाख १० हजारभन्दा धेरैले ज्यान गुमाइसकेका बताइएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
तीव्र गतिमा फैलिन सक्ने भनिएको कोरोना भाइरसको नयाँ प्रकार अमेरिकामा पनि पुष्टि भएको छ ।
बेलायतमा पहिलोपटक भेटिएको भनिएको भाइरसको नयाँ प्रकार अमेरिकाको कोलराडो राज्यमा फेला परेको पुष्टि भएको हो । बिरामी परेका २० वर्षका एक युवा अहिले आइसोलेशनमा रहेका छन् ।
गएको हप्ता मात्रै अमेरिकी स्वास्थ्य अधिकारीहरूले यो नयाँ भाइरस भेरियन्ट अमेरिकामा आइसकेको हुनसक्ने शंका गरेका थियो ।
यो नयाँ प्रकारको कोरोना भाइरस पुरानोभन्दा धेरै सङ्क्रामक रहेको ठानिए पनि थप घातक भने नभएको विज्ञहरूले बताउने गरेका छन् ।
अहिले, विकसित गरिएका खोपहरु नयाँ प्रकारको भाइरस विरुद्ध पनि प्रभावकारी हुने अनुसन्धानकर्ताहरुले जनाएका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस