काठमाडौ,२८ कार्तिक । भारतको महाराष्ट्र राज्यस्थित पुणेको बाहिरी क्षेत्रमा रहेको नवले पुल नजिकै बिहीबार साँझ ठूलो सवारी दुर्घटना भएको छ। दुर्घटनामा २० देखि २५ सवारीसाधन आपसमा ठोक्किँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने करिब २० जना घाइते भएका छन्।
दैनिक भास्करको समाचार अनुसार, एक ट्रकको ब्रेक फेल भएपछि ट्रकले अगाडि चलेको कारलाई ठक्कर दियो। कार त्यसपछि अगाडि रहेका कन्टेनरसँग ठोक्किँदा भीषण आगलागी भयो। आगोले ट्रक र कार दुवै जल्न पुगे।
कारमा रहेका पाँच जना घटनास्थलमै जिउँदै जलेका छन्। ट्रक चालकसहित नौ जनाको मृत्यु भएको पुष्टि गरिएको छ।
दुर्घटना पुणे–नाशिक राजमार्गको भोरगाउँ नजिकै भएको हो।
दुर्घटनाको खबर पाए लगत्तै प्रहरी र दमकलका गाडीहरू घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिए। घाइते सबैलाई नजिकैका अस्पतालहरूमा भर्ना गरिएको प्रहरीको भनाइ छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२१ कार्तिक । सिङ्गापुर एयरलाइन्सले काठमाडौं र सिङ्गापुरबीचको रुटमा अब बोइङ ७३७–८ म्याक्स विमान स्थायी रूपमा सञ्चालन गर्ने घोषणा गरेको छ।
कम्पनीका अनुसार नयाँ विमानको सञ्चालनले यात्रुहरूलाई अझ आरामदायी, सुविधासम्पन्न र वातावरणमैत्री उडान अनुभव उपलब्ध गराउनेछ।
यसअघि एयरलाइन्सले सो रुटमा बोइङ ७३७–८०० एनजी विमान प्रयोग गर्दै आएको थियो। नयाँ म्याक्स विमानको आगमनले उडान अनुभवलाई थप स्तरोन्नत बनाएको कम्पनीको दाबी छ।
नयाँ बोइङ ७३७–८ म्याक्समा यात्रुहरूले पूर्ण रूपमा सुताउन मिल्ने बिजनेस क्लास सिट मा यात्रा गर्न सक्नेछन्। साथै, उडानभरि निःशुल्क वाइफाइ सेवा पनि उपलब्ध हुनेछ, जुन सबै वर्गका यात्रुहरूले प्रयोग गर्न सक्नेछन्।
यस सुविधाले यात्रुहरूलाई उडानका क्रममा काम गर्न, परिवार र साथीहरूसँग सम्पर्कमा रहन तथा मनोरञ्जनका लागि इन्टरनेट प्रयोग गर्न सहज बनाएको कम्पनीले जनाएको छ।
आधुनिक क्याबिन डिजाइन, उन्नत इन–फ्लाइट मनोरञ्जन प्रणाली र उच्च इन्धन दक्षतासँग सुसज्जित यो विमानले यात्रुलाई नयाँ स्तरको सुविधा र सुरक्षाको अनुभव दिने बताइएको छ।
सिङ्गापुर एयरलाइन्सका अनुसार बोइङ ७३७–८ म्याक्स विमान अब काठमाडौं–सिङ्गापुर र सिङ्गापुर हुँदै अन्य गन्तव्यहरूका लागि स्थायी रूपमा उपलब्ध हुनेछ।
कम्पनीले यस परिवर्तनले नेपालबाट विश्वभर यात्रा गर्ने यात्रुहरूका लागि विश्वस्तरीय सेवा र गुणस्तरमा निरन्तरता ल्याउने विश्वास व्यक्त गरेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काबुल,२१ कार्तिक । पाकिस्तान र इराकमा बन्दी बनाइएका ४३३ जना अफगान नागरिकलाई गत हप्तामा रिहा गरी स्वदेश फर्काइएको अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले जनाएको छ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार पाकिस्तानको हिरासतमा रहेका ४३० जना अफगान नागरिकलाई दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा नाकामार्फत स्वदेश फर्काइएको हो।
यस्तै, विगत छ महिनादेखि इराकमा बन्दी बनाइएका अन्य तीन जना अफगानलाई पश्चिमी निमरोज प्रान्तको पुल–ए–अब्रेसिम सीमा हुँदै स्वदेश पठाइएको बताइएको छ।
गत अक्टोबरको अन्त्यमा १७० जना अफगान नागरिक रिहा भई स्वदेश फर्किएका थिए। अफगान विदेश मन्त्रालयका अनुसार हाल दश हजारभन्दा बढी अफगान नागरिक विदेशी जेलमा रहेका छन्, जसमा अधिकांश इरान र पाकिस्तानमा बन्दी अवस्थामा छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१८ कार्तिक । उत्तरी अफगानिस्तानमा सोमबार बिहान गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ । दर्जनौँ घाइते भएका छन् भने कतिपय क्षेत्रमा पहिरो खस्दा घरहरू ध्वस्त र प्रमुख सडक अवरुद्ध भएका छन् ।
भूकम्पको केन्द्र समानगन प्रान्तको खुल्म क्षेत्र, करिब २८ किलोमिटर गहिराइमा रहेको बताइएको छ । समानगन, बाल्ख, सार-ए-पोल, बागलान र कुन्दुजमा ठूलो क्षति पुगेको अधिकारीहरूले जनाएका छन् । विशेष गरी काबुल र मजार-ए-शरीफ बीच पर्ने पहाडी बस्तीहरू बढी प्रभावित भएका छन्, जहाँ माटो–इँटाका कम तल्लाका घरहरू ठूलो संख्यामा भत्किएका छन् ।
आफ्नो घर भत्किँदा बुहारी गुमाएका स्थानीय गुलाबुद्दिनले भावुक हुँदै भने, “राति १ बजेतिर भूकम्प गएपछि म त बाहिर निस्किन भ्याएँ, तर मेरी बुहारी ज्यान जोगाउन सकिनन् । उनी गर्भवती थिइन्, विवाह भएको १० महिना मात्रै भएको थियो । अब न घर बाँच्यो, न बस्ने ठाउँ नै छ ।”
चाइना मिडिया ग्रुपद्वारा कैद दृश्य अनुसार काबुल–मजार राजमार्गमा चट्टान खस्दा सडक बन्द भएको छ । केही सवारी साधन भग्नावशेषमा पुरिएपछि यात्रुहरू बीचमै अलपत्र परेका छन् ।
अफगान स्वास्थ्य मन्त्रालयका अनुसार उद्धार टोलीहरू घटनास्थलमा परिचालन भइसकेका छन् । अस्पतालहरूलाई उच्च सतर्कतामा राखिएको छ । भूकम्पमा परेर घाइते भएका नुर मोहम्मदले भने, “कम्पनका बेला म दोस्रो तलाबाट खस्न पुगें । अहिले उपचार भइरहेको छ ।”
भारतीय र युरेसियन प्लेटको सङ्घात क्षेत्र नजिक रहेको अफगानिस्तान उच्च भूकम्पीय जोखिमयुक्त मुलुक मानिन्छ । यस वर्षकै अगस्ट ३१ मा पूर्वी क्षेत्रमा गएको ६ म्याग्निच्युडको भूकम्पमा २,२०० भन्दा बढीले ज्यान गुमाएका थिए । सन् २०२३ मा पनि उत्तरपश्चिम क्षेत्रमा गएको शक्तिशाली भूकम्पले हजारौँको ज्यान लिएको इतिहास छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१७ कार्तिक। भारत तेलंगानाको रंगारेड्डीमा बस र ट्रक एकापसमा ठोक्किँदा १९ जनाको मृत्यु भएको छ। साइबराबाद कमिश्नरेटका एक प्रहरी अधिकारीले सन्चारमाध्यमलाई मृत्युको पुष्टि गरेका छन्।
सोमबार बिहान रंगारेड्डीको चेभेला प्रहरी चौकीको खानापुर गेट नजिकै दुर्घटना भएको हो।
समाचार एजेन्सी एएनआईका अनुसार तेलंगाना सरकारद्वारा सञ्चालित टीजीएसआरटीसी बस ट्रकसँग ठोक्किएको छ।
तेलंगानाका मुख्यमन्त्री कार्यालयले सामाजिक सञ्जाल पोस्टमा मुख्यमन्त्री रेवन्त रेड्डीले सडक दुर्घटनाप्रति दुःख व्यक्त गरेको बताएको छ।
तेलंगानाका सीएमओका अनुसार उनले आवश्यक राहत कार्य सुरु गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१४ कार्तिक । भारत र अमेरिकाले आउँदो १० वर्षका लागि रक्षा सहयोग विस्तार गर्ने एक रूपरेखा सम्झौतामा हस्ताक्षर गरेका छन्।
अमेरिकी रक्षा सचिव पिट हेगसेथ र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच मलेशियाको क्वालालम्पुरमा भएको भेटपछि उक्त सम्झौताको घोषणा गरिएको बीबीसीले जनाएको छ।
अमेरिकी रक्षा सचिव हेगसेथले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत यो सम्झौताले दुई देशबीचको समन्वय, सूचना आदान–प्रदान र प्राविधिक सहयोगलाई सुदृढ पार्ने बताउनुभयो। साथै, यसले क्षेत्रीय स्थिरता र प्रतिरोध क्षमतालाई समेत बलियो बनाउने उहाँको भनाइ छ।
भारतीय रक्षामन्त्री राजनाथ सिंहले पनि ‘एक्स’ मार्फत यो सम्झौताले भारत–अमेरिका बीचको पहिले नै बलियो रहेको रक्षा साझेदारीलाई नयाँ युगतर्फ अघि बढाउने उल्लेख गर्नुभएको छ।
दुई देशबीच बढ्दो रणनीतिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले गरिएको यो सम्झौताले रक्षा सम्बन्धलाई नयाँ चरणतर्फ अघि बढाउने बताइएको छ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि ५० प्रतिशत भन्सार शुल्क लगाएपछि दुवै देशबीच व्यापार सम्झौता गरी सम्बन्ध सुधार्ने प्रयास भइरहेका बेला यो रक्षा सम्झौता भएको हो। सम्झौतामा रुसी तेल र हतियार खरिदका कारण भारतले बेहोरिरहेको २५ प्रतिशत जरिवानासम्बन्धी विषय पनि समावेश गरिएको समाचारमा उल्लेख छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१२ कार्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र भारतका विद्युतमन्त्री मनोहरलाल खट्ठरबीच भेटवार्ता भएको छ।
अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (ISA) को आठौँ महासभामा भाग लिन नयाँ दिल्ली पुगेका मन्त्री घिसिङले आज (बुधबार) भारतीय समकक्षी खट्ठरसँग भेटवार्ता गरेका हुन्।
भारतको विद्युत मन्त्रालयमा भएको उक्त भेटमा नेपाल–भारतबीचको ऊर्जासम्बन्धी सहकार्य, विद्युत व्यापार, प्रसारण लाइन विस्तार, भारतीय लगानीमा निर्माणाधीन जलविद्युत आयोजनाको प्रगति तथा दीर्घकालीन साझेदारीका विषयमा विस्तृत छलफल भएको ऊर्जा मन्त्रालयले जनाएको छ।
त्यसैबीच नेपाल र भारतबीच दुईवटा अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि संयुक्त उपक्रम (जेभी) तथा सेयरहोल्डर सम्झौतामा हस्ताक्षर भएको छ। इनरुवा–पूर्णिया र लम्की–दोधारा–बरेली ४०० केभी प्रसारण लाइन निर्माणका लागि सम्झौता गरिएको हो।
ऊर्जामन्त्री घिसिङ र भारतीय विद्युतमन्त्री खट्ठरको उपस्थितिमा नेपाल विद्युत प्राधिकरणका तर्फबाट उप–कार्यकारी निर्देशक सुभाषकुमार मिश्र र पावर ग्रिड कर्पोरेशन अफ इन्डिया लिमिटेडका प्रमुख सञ्चालन अधिकृत सञ्जयकुमार गुप्ताले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। यस सम्झौतापछि प्राधिकरण र पावर ग्रिडको संयुक्त लगानीमा दुवै प्रसारण लाइन निर्माणका लागि कम्पनी स्थापनाको बाटो खुलेको मन्त्रालयले जनाएको छ।
मन्त्री घिसिङले थप दुईवटा ‘क्रस–बोर्डर’ प्रसारण लाइन निर्माण अघि बढ्नु नेपाल–भारतबीचको द्विपक्षीय तथा क्षेत्रीय विद्युत व्यापारका लागि महत्वपूर्ण उपलब्धि भएको बताए। उनले उक्त प्रसारण लाइनमार्फत नेपालमा उत्पादित विद्युत निर्यात गर्न सहज हुने र अन्तर्राष्ट्रिय ऊर्जा बजारमा नेपालको पहुँच विस्तार हुने विश्वास व्यक्त गरे।
त्यस्तै, उनले नेपालका जलविद्युत परियोजनामा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न द्विपक्षीय सहकार्यले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै लगानीका लागि आग्रह गरे।
भारतीय विद्युतमन्त्री खट्ठरले पनि थप दुई ‘क्रस–बोर्डर’ प्रसारण लाइन निर्माण सम्पन्न भएपछि नेपाल–भारतबीचको विद्युत विनिमय सहज हुने, क्षेत्रीय ऊर्जा सुरक्षामा सुधार आउने र दुवै देशको आर्थिक वृद्धिमा योगदान पुग्ने बताए।
यसअघि, मन्त्रिपरिषद्को ३० असोजको बैठकले नेपाल विद्युत प्राधिकरण र पावर ग्रिडबीच संयुक्त लगानीमा दुईवटा कम्पनी स्थापना गर्न तथा ती कम्पनीहरूमा स्वपुँजी (इक्विटी) लगानीका लागि स्वीकृति दिएको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१२ कार्तिक । इजरायलले गाजामा पुनः हवाई आक्रमण गरेको छ।जसमा ३३ जना प्यालेस्टिनी नागरिकको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। इजरायलले गाजा सहरसँगै बेइत ला र खान युनिससहितका विभिन्न सहरका घर, विद्यालय र आवासीय भवनहरूमा आक्रमण गरेको बताइएको छ।
गाजास्थित अस्पतालका अनुसार मृतकमध्ये महिला र बालबालिका पनि छन्। गाजा सहरको साब्रा क्षेत्रमा एक घरमा बम विस्फोट हुँदा तीन महिलासहित चार जनाको मृत्यु भएको छ।
इजरायली रक्षामन्त्री इजरायल काट्जले हमासले इजरायली सैनिकमाथि आक्रमण गरी मृत बन्धकहरूको शव फिर्ता गर्ने सम्झौताको उल्लंघन गरेको आरोप लगाएका छन्। तर, हमासले ती सबै आरोप अस्वीकार गर्दै कुनै पनि आक्रमणमा आफ्नो संलग्नता नरहेको र युद्धविरामप्रति प्रतिबद्ध रहेको दाबी गरेको छ।
रक्षामन्त्री काट्जले हमासले ‘रेडलाइन’ पार गरेको भन्दै त्यसको भारी मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले पनि हमासविरुद्ध सैन्य कारबाही गर्न आदेश दिएका छन्। नेतान्याहूले युद्धविराम सम्झौताअन्तर्गत हमासले गलत शव फिर्ता गरेको आरोप समेत लगाएका छन्।
करीब २० दिनअघि मात्रै इजरायल र हमासबीच युद्धविराम सम्झौता भएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सेप्टेम्बर २९ मा नेतान्याहूको उपस्थितिमा प्रस्तुत गरेको २० बुँदे शान्ति योजनामा हमासले अक्टोबर ९ मा सहमति जनाएको थियो। तर पछिल्ला आक्रमणसँगै युद्धविराम सम्झौता पुनः संकटमा परेको छ।
संघर्ष बढ्दै जाँदा अहिलेसम्म गाजामा ६७ हजारभन्दा बढी मानिसको ज्यान गइसकेको अन्तर्राष्ट्रिय निकायहरूले जनाएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ, ११ कार्तिक । केन्यामा यात्रुवाहक विमान राष्ट्रिय निकुञ्जनजिक दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ। विमान पर्यटकीय केन्द्र डियानीबाट मासाईमारा राष्ट्रिय निकुञ्जभित्र रहेको एक सानो निजी हवाई पट्टी किचवा टेम्बोतर्फ जाँदै गर्दा दुर्घटनाग्रस्त भएको हो।
केन्या सिभिल एभिएसन अथोरिटीद्वारा जारी विज्ञप्तिमा विमानमा १२ जना सवार रहेको पुष्टि गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “विमानमा सवार सबै १२ जनाको मृत्यु भएको छ।” दुर्घटनाको कारणबारे हालसम्म ठोस जानकारी नआए पनि अनुसन्धानका लागि सरकारी एजेन्सीहरू घटनास्थलमा पुगेका छन्।
स्थानीय समय अनुसार विमान बिहान करिब ५:३० बजे खसेको बताइएको छ। प्रारम्भिक अनुमान अनुसार मौसम र प्रविधिसम्बन्धी कारणले दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ।
‘द गार्जियन’का अनुसार, पछिल्लो १८ महिनामा केन्याका राष्ट्रिय निकुञ्ज क्षेत्रहरूमा आकाशमा ठोक्किने तथा विमान दुर्घटनाका घटना बारम्बार भइरहेका छन्। यसअघि, सन् २०२४ मार्च ५ मा नैरोबी राष्ट्रिय निकुञ्जमा सफारीलिंक एभिएसनको व्यावसायिक उडान र ९९ फ्लाइङ स्कुलको तालिम विमान आकाशमै ठोक्किँदा दुईजनाको मृत्यु भएको थियो।
त्यो दुर्घटना विल्सन एयरपोर्टबाट दुवै विमान उडेको केही समयमै भएको थियो। सो घटनामा ३९ यात्रु र पाँच चालक दलका सदस्यसहितको डे ह्याभिल्यान्ड क्यानडा ड्यास–८ विमान र ९९ फ्लाइङ स्कुलको सेसना १७२ एम विमान संलग्न थिए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१० कार्तिक । स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को उत्कृष्ट प्रदर्शनमा नेपालले थ्री नेसन्स कप महिला फुटबल प्रतियोगितामा सान्त्वना जित हासिल गरेको छ। भारतको शिलङस्थित जवाहरलाल नेहरू रंगशालामा सोमबार सम्पन्न अन्तिम खेलमा नेपालले घरेलु टोली भारतलाई २–१ ले पराजित गरेको हो।
नेपालका लागि सावित्रा भण्डारीले दुवै गोल गर्दै टोलीलाई प्रतियोगिताको पहिलो जित दिलाइन्।
प्रतियोगिताको उपाधि भने यसअघि नै इरानले जितिसकेको थियो। इरानले भारतलाई २–० र नेपाललाई ३–० ले हराउँदै अपराजित रह्यो। नेपालले पहिलो खेलमा इरानसँग ३–० को हार बेहोरेको थियो भने भारत पनि इरानसँग २–० ले पराजित भएको थियो।
सावित्राको शानदार प्रदर्शन
नेपालले खेलको सुरुवातदेखि नै आक्रामक रणनीति अपनायो। खेलको दोस्रो मिनेटमै सावित्राले गोल गर्दै नेपाललाई अग्रता दिलाइन्। डिफेन्स लाइनबाट आएको लामो क्रस बललाई उनले कुशलतापूर्वक नियन्त्रणमा लिएर भारतीय गोलकिपरलाई छलाउँदै गोल गरिन्।
पहिलो हाफमा थप अवसर सिर्जना भए पनि गोल थप्न नेपाल सफल भएन। दोस्रो हाफमा पनि नेपालको दबदबा कायम रह्यो। ६३औं मिनेटमा पाएको फ्रिकिकमा सावित्राले सिधै प्रहार गर्दा बल सिधै जालीमा पुगेको थियो, जसले नेपाललाई २–० को सहज अग्रता दिलायो।
भारतले खेलको अन्त्यतिर दबाब बढायो र ८१औं मिनेटमा वैकल्पिक खेलाडी करिश्मा सिरभोकरले गोल फर्काइन्। निर्मला देवीको फ्रिकिकबाट आएको बल बाउन्स हुँदै विमला विकसमक्ष पुगेको थियो, तर क्लियर गर्न खोज्दा बल करिश्मासमक्ष पुगेको र उनले सहजै गोल गरेकी थिइन्।
तर, त्यो गोल भारतका लागि सान्त्वना मात्र बन्यो। नेपालले अन्तिम मिनेटसम्म रक्षात्मक र आक्रामक सन्तुलन कायम राख्दै २–१ को जित पक्का गर्यो।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस