विद्यार्थीकेन्द्रित पाठ्यक्रम परिमार्जनको तयारी

   असार २८, २०८३       admin

काठमाडौ,२८ असार । पाठ्यक्रम विकास केन्द्र (सिडिसी) ले विद्यार्थीकेन्द्रित र युवामैत्री पाठ्यक्रम परिमार्जन प्रक्रिया अघि बढाएको छ। सिडिसीले विद्यालय शिक्षामा बालबालिकाको सिकाइ स्तर सुधार गर्ने उद्देश्यसहित उक्त प्रक्रिया अगाडी बढाएको हो।

२०७६ सालमा राष्ट्रिय पाठ्यक्रम प्रारूप कार्यान्वयनमा आएयता पाठ्यक्रम अद्यावधिक नभएको अवस्थामा बदलिँदो शैक्षिक आवश्यकता र समयअनुसार सुधार आवश्यक ठहरिएको हो।

यसैबीच, नयाँ सरकारी नीतिअनुसार विद्यालयमा दुई दिन बिदा र प्राथमिक तहमा आन्तरिक परीक्षा बन्देज लागू भएपछि पाठ्यक्रम, कक्षाको समय र क्रेडिट आवर पुनः समायोजन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।

यसका लागि शिक्षाविद् प्रा.डा. बालाचन्द्र लुइँटेलको संयोजकत्वमा पाठ्यक्रम परिमार्जन कार्यदल गठन गरिएको सिडिसीले जनाएको छ। कार्यदलले विज्ञ तथा सरोकारवालासँग छलफल गर्दै समयानुकूल, व्यवहारिक र गुणस्तरीय पाठ्यक्रम निर्माणमा जोड दिएको छ।

केन्द्रले ‘पाठ्यक्रम तथा यसको प्रभावकारी कार्यान्वयनसम्बन्धी अनुभव आदानप्रदान कार्यशाला’ आयोजना गरी अन्तर्राष्ट्रिय अभ्यास तथा स्वदेशी अनुभवबारे छलफलसमेत गरेको छ। छलफलमा दुई दिने बिदाको व्यवस्थाले शिक्षणसिकाइमा पार्ने प्रभाव, विद्यालय समय व्यवस्थापन तथा सिकाइ गुणस्तर अभिवृद्धिका उपायबारे विचार आदानप्रदान गरिएको थियो।

सरकारले प्रारम्भिक बालशिक्षादेखि कक्षा १२ सम्मकै पाठ्यक्रम परिमार्जन गर्ने योजना बनाएको छ। प्रक्रिया अनुसार पहिलो चरणमा जिल्लाबाट तथ्यांक संकलन, दोस्रो चरणमा टोली निर्माण, तेस्रो चरणमा स्थलगत अध्ययन र अन्तिम चरणमा प्रतिवेदन तयार पारिनेछ।

कार्यदलका संयोजक लुइँटेलका अनुसार विद्यालयस्तरमा देखिएका समस्या पहिचान गरी समाधानमुखी पाठ्यक्रम विकास गरिनेछ। साथै, सिकाइ क्षेत्र निर्धारण, राजनीतिक दलका घोषणापत्र अध्ययन तथा अन्तर्राष्ट्रिय अभ्यासको समावेशबाट सुधारोन्मुख पाठ्यक्रम तयार गरिने योजना छ।
छलफलमा शिक्षा मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, विभिन्न शैक्षिक निकायका प्रतिनिधि, प्रधानाध्यापक तथा शिक्षक गरी करिब ५० जनाको सहभागिता रहेको थियो।

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलले गुणस्तरीय शिक्षा सुनिश्चित गर्न पाठ्यक्रम परिमार्जन अपरिहार्य भएको उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम चलाए कारबाही हुने चेतावनी

   असार २६, २०८३       admin

काठमाडौ,२६ असार । शिक्षा तथा खेलकुद मन्त्रालयले अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने संस्थामाथि कारबाही गर्ने चेतावनी दिएको छ।

मन्त्रालयका अनुसार ए लेभल, सीबीएसई र आइबिडिपीजस्ता कार्यक्रम अनुमति नलिई सञ्चालन भइरहेको पाइए कडाइ गरिनेछ। मन्त्रिपरिषद्ले ‘विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३’ स्वीकृत गरेपछि कार्यान्वयनमा कडाइ गरिएको हो।

उपसचिव कृष्णचन्द्र पोखरेलका अनुसार केही संस्थाले मन्त्रालयको अनुमति नलिई कार्यक्रम सञ्चालन गरिरहेका छन्। त्यस्ता संस्थालाई कानुनी व्यवस्थाबारे पुनः जानकारी गराइएको उनले बताए।
मन्त्रालयले अनुमतिबिना कार्यक्रम सञ्चालन भइरहेका संस्थाबारे जानकारी भए तीन दिनभित्र लिखित रूपमा सूचित गर्न सरोकारवालासँग आग्रह गरेको छ।

उक्त नियमावली उच्च शिक्षाको गुणस्तर सुधार र विदेशी कार्यक्रमको प्रभावकारी नियमनका लागि लागू गरिएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

​त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव थापा नियुक्त

   असार १७, २०८३       admin

दाङ, १७ असार । सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्ष पदमा पूर्वसचिव किशोर थापालाई नियुक्त गरेको छ। प्रधानमन्त्री बालेन शाहले पूर्वाधार विज्ञसमेत रहेका थापालाई सो पदमा नियुक्त गरेका हुन्।

यश अघिका अध्यक्षलाई बर्खास्त गरिएपछि त्रिवि सेवा आयोगको अध्यक्ष पद लामो समयदेखि रिक्त रहँदै आएको थियो।

​नवनियुक्त अध्यक्ष थापा नेपाल सरकारका पूर्वसचिव हुनुका साथै पूर्वाधार क्षेत्रका अनुभवी विज्ञ समेत हुन्। लामो समयदेखि नेतृत्वविहीन रहेको आयोगले नयाँ अध्यक्ष पाएसँगै विश्वविद्यालयका प्रशासनिक तथा जनशक्ति व्यवस्थापनका कामहरूले गति लिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

राप्तीमा शैक्षिक गुणस्तर सुधारका लागि दुईदिने उत्प्रेरणा तालिम सुरु

   असार १३, २०८३       admin

दाङ,१३ असार । दाङको राप्ती गाउँपालिकामा शैक्षिक गुणस्तर सुधारका लागि दुईदिने उत्प्रेरणा तालिम सुरु भएको छ । गाउँपालिकाको को आयोजनामा वडा नं।४ स्थित माध्यमिक विद्यालय मौरीघाटमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले प्रार्थना व्यवस्थापन तथा सांगीतिक पीटी सम्बन्धी दुईदिने व्यावहारिक उत्प्रेरणा तालिम शुक्रबारदेखि सुरु भएको हो।

विद्यालयमा अनुशासन, सकारात्मक सोच, नेतृत्व विकास तथा गुणस्तरीय शैक्षिक वातावरण निर्माण गर्दै शिक्षालाई व्यवहारिक र जीवनोपयोगी बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।

तालिमको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले शिक्षाको गुणस्तर सुधारका लागि अनुशासन, सकारात्मक सोच र नैतिक मूल्यको विकास आवश्यक रहेको बताए। उनलेविद्यार्थीलाई किताबी ज्ञानसँगै व्यवहारिक सीप, नेतृत्व क्षमता र जीवनोपयोगी शिक्षासँग जोड्नुपर्नेमा जोड दिए।

गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरीले विद्यालय, अभिभावक र समुदायबीचको सहकार्यबाट मात्रै अपेक्षित शैक्षिक उपलब्धि हासिल गर्न सकिने बताइन्। उनका अनुसार प्रार्थना व्यवस्थापन र सांगीतिक पीटीले विद्यार्थीमा अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमताको विकास गर्न सहयोग पुग्छ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले शिक्षा क्षेत्रको सुधार स्थानीय सरकारको प्रमुख प्राथमिकतामध्ये एक भएको उल्लेख गर्दै यस्ता तालिमले विद्यालयमा सिर्जनात्मक र व्यवहारिक सिकाइको वातावरण निर्माणमा टेवा पुर्‍याउने बताए। ।

तालिममा सांगीतिक पीटी तथा ‘सिक्दै सिकाउँदै शैक्षिक राष्ट्रिय अभियान’का प्रशिक्षक हरिश वलीले सहजीकरण गरेका छन्। उनले प्रार्थना व्यवस्थापन, सांगीतिक पीटी सञ्चालन, व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि, सकारात्मक सोच, आत्मअनुशासन र समय व्यवस्थापनलगायत विषयमा व्यावहारिक प्रशिक्षण दिइदै आएको बताए।

दुई दिनसम्म सञ्चालन हुने तालिमको पहिलो दिन विद्यार्थी र दोस्रो दिन अभिभावकलाई प्रशिक्षण प्रदान गरिनेछ। सहायक शिक्षा अधिकृत देवी मल्लका अनुसार यही कार्यक्रम आइतबार र सोमबार वडा नं। ५ स्थित सर्वोदय माध्यमिक विद्यालय सिसहनियाँमा पनि सञ्चालन गरिनेछ। विद्यालयमा अनुशासन, सकारात्मक सोच र नेतृत्व विकाससहित गुणस्तरीय शैक्षिक वातावरण निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कक्षा १२ को नतिजा सार्वजनिक

   असार ०५, २०८३       admin

काठमाडौ,५ असार । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। परीक्षा सम्पन्न भएको ३५ दिनमै नतिजा प्रकाशन गरिएको हो।

गत वैशाख १४ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको परीक्षामा कूल ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये ५ हजार ३३९ विद्यालयका नियमिततर्फ ३ लाख ३२ हजार १७८ विद्यार्थीले परीक्षा दिएका थिए।

नियमिततर्फ सहभागीमध्ये १ लाख ७२ हजार १२ छात्र, १ लाख ६० हजार १३७ छात्रा तथा अन्य २९० जना रहेका छन्।

परीक्षा देशभर १ हजार ४२० केन्द्रमा सञ्चालन गरिएको थियो भने जापानमा १ केन्द्र गरी कूल १ हजार ४२१ परीक्षा केन्द्र निर्धारण गरिएको थियो।

सबैभन्दा बढी परीक्षा केन्द्र काठमाडौंमा १६१ रहेको थियो भने सबैभन्दा कम मनाङ र मुस्ताङमा १/१ केन्द्र रहेको बोर्डले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

माग सम्बोधन नभएपछि विद्यालय कर्मचारी आन्दोलनमा

   जेठ २, २०८३       admin

काठमाडौ,२९ जेठ । बजेट वक्तव्यमा आफ्ना मागहरू सम्बोधन नभएपछि विद्यालयका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्।
नेपाल विद्यालय कर्मचारी परिषद्को समन्वयमा विभिन्न कर्मचारी युनियन तथा संगठनहरूको संयुक्त मोर्चाले चरणबद्ध आन्दोलनको घोषणा गरेको हो।

कार्यतालिका अनुसार उनीहरूले सरकार, अर्थमन्त्रालय, शिक्षामन्त्रालय र मानव स्रोत विकास केन्द्रलाई ध्यानाकर्षण पत्र बुझाइसकेका छन्। साथै जिल्ला तहमा शिक्षा विकास तथा समन्वय इकाई र जिल्ला प्रशासन कार्यालयमार्फत पनि ध्यानाकर्षण गराइएको छ।

कर्मचारीहरूले आ–आफ्ना क्षेत्रका जनप्रतिनिधिलाई जानकारी गराउँदै संघीय संसद्मा आफ्ना माग उठाउन आग्रह गरेका छन्।
घोषित कार्यक्रमअनुसार जेठ २८ गतेदेखि असार ४ गतेसम्म कालो पट्टी बाँधेर काम गर्ने र माग पूरा नभए असार ५ गतेदेखि सम्पूर्ण कामकाज ठप्प पार्ने निर्णय गरिएको छ। असार ६ गते दोस्रो चरणको आन्दोलन घोषणा गरिने पनि जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

आधा भन्दा बढी सामुदायिक विद्यालयमा १०० भन्दा कम विद्यार्थी

   जेठ २८, २०८३       admin

काठमाडौ,२८ जेठ । देशभरका १३ हजार ७३६ सामुदायिक विद्यालयमा १०० जनाभन्दा कम विद्यार्थी रहेको तथ्य सार्वजनिक भएको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयले सार्वजनिक गरेको ‘शैक्षिक सूचना २०८२’ अनुसार यस्तो विद्यालयको संख्या कुल सामुदायिक विद्यालयको ५०.८६ प्रतिशत हो। यसले आधाभन्दा बढी सामुदायिक विद्यालयमा विद्यार्थी संख्या न्यून रहेको देखाएको छ।

हाल देशभर ३५ हजार ९५१ विद्यालय छन्। तीमध्ये २५ हजार ६२३ सामुदायिक र ८ हजार ९४१ संस्थागत (निजी) विद्यालय रहेका छन्। सबै विद्यालयमा गरी ७० लाख ४० हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्।

विद्यार्थी संख्या कम भएका विद्यालयलाई एकीकृत गर्ने उद्देश्यले सरकारले विद्यालय समायोजन अभियान सञ्चालन गरिरहेको छ। अहिलेसम्म ६६२ सामुदायिक विद्यालय मर्ज भइसकेका छन्।
चालू आर्थिक वर्षमा समायोजनका लागि ४५ करोड रुपैयाँ प्रोत्साहन रकम विनियोजन गरिएको छ।

आगामी वर्षका लागि सामुदायिक विद्यालयको पूर्वाधार विकासमा १ अर्ब रुपैयाँ छुट्याइएको छ।
शिक्षा मन्त्रालयका प्रवक्ता महेन्द्र पराजुलीका अनुसार विद्यालय व्यवस्थापन स्थानीय तहको जिम्मेवारी भएकाले समायोजनसम्बन्धी विवरण माग गरिएको छ।

यस्तै, प्रधानाध्यापक सङ्घका अध्यक्ष सुदाम गौतमले शिक्षामा सुधारका लागि राष्ट्रिय नीति निर्माण र विद्यालयका लागि स्पष्ट मापदण्ड आवश्यक रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन हुने

   जेठ १, २०८३       admin

दाङ,१९ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिकाले वडा नं. १५ दक्षिण कुररियामा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति दिएको छ।


थारू समुदायको बाहुल्यता रहेको जिल्लामा मातृभाषामा शिक्षा दिन यो निर्णय गरिएको नगरप्रमुख टीकाराम खड्काले बताए। विद्यालय गुठीका रूपमा सञ्चालन हुने जनाइएको छ। तीन वर्षअघि स्थानीय रोहित चौधरीले दिएको निवेदनका आधारमा उपमहानगरपालिकाको ४७औँ कार्यपालिका बैठकले यो निर्णय गरेको हो।


जिल्लामा अहिलेसम्म थारू समुदायका लागि छुट्टै विद्यालय सञ्चालनमा थिएन। उपमहानगरपालिकाले विद्यालयका लागि स्वयंसेवक शिक्षकसमेत उपलब्ध गराउने जनाएको छ।
नगरप्रमुख खड्काका अनुसार आवश्यक परे विद्यालयलाई आवासीय बनाउन पनि सकिनेछ। यो अभ्यास देशमै नयाँ भएको उनको भनाइ छ।


राष्ट्रिय जनगणना २०७८ अनुसार तुलसीपुरमा करिब २१ प्रतिशत थारू समुदायको बसोबास छ। यसअघि वीरेन्द्र मावि भ्यूडहर सुनपुरमा मगर भाषाको कक्षा सञ्चालनमा थियो। स्थानीय पाठ्यक्रममार्फत पनि भाषागत कक्षा सञ्चालन गर्न सकिने शिक्षा शाखा प्रमुख चक्र भण्डारीले बताएका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

लुम्बिनी स्मार्टमा शिक्षण सिकाइ कार्यशाला सञ्चालन

   जेठ १६, २०८३       admin

दाङ,१६ जेठ ।तुलसीपुरमा रहेको लुम्बिनी स्मार्ट स्कूलमा शिक्षकहरूका लागि चारदिने कार्यशाला सन्चालन भएको छ। क्रियाकलापमा आधारित शिक्षण सिकाइ (एबिएल) सम्बन्धी उक्त कार्यशाला सञ्चालन गरिएको हो।

कार्यशालामा ६० भन्दा बढी शिक्षक शिक्षिकाको सहभागिता रहेको विद्यालयका प्रधानाध्यापक बामदेव सापकोटाले जानकारी दिए।

शिक्षकहरूको शिक्षण शैलीलाई अझ प्रभावकारी, आकर्षक र बालमैत्री बनाउने उद्देश्यले कार्यशाला आयोजना गरिएको हो।

कार्यशालामा विद्यार्थीलाई कक्षामा पढाइने विषयवस्तु बालमैत्री तरिकाले प्रस्तुत गर्ने, बालबालिकाको मनोभावना बुझेर क्रियाकलापसँग जोड्दै सिकाइ प्रभावकारी बनाउने र कक्षाकोठालाई आकर्षक बनाउने विषयमा प्रशिक्षण दिइएको छ।

कार्यशालाका प्रमुख प्रशिक्षक अर्जुन भट्टले कम लागत वा बिना लागतमा उपलब्ध सामग्री प्रयोग गरी शैक्षिक सामग्री निर्माण गर्ने र विषयवस्तुलाई क्रियाकलापसँग जोडेर पढाउने विधिबारे प्रशिक्षण दिएका थिए ।

विशेषगरी गणित विषयलाई सरल र रमाइलो तरिकाले सिकाउने विभिन्न गतिविधिमूलक सामग्री तयार गरिएको छ। अन्य विषयहरू पनि बालबालिकाले सजिलै बुझ्ने गरी क्रियाकलापमार्फत सिकाउने योजना बनाइएको प्रशिक्षकले जानकारी दिए।

विद्यालयका अध्यक्ष मोहन सुनारले नयाँ वर्ष २०८३ देखि सञ्चालनमा आएको विद्यालयले गुणस्तरीय, सीपमूलक र जीवनोपयोगी शिक्षामा जोड दिने बताए ।

उनले तुलसीपुरलाई शिक्षाको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको उल्लेख गरे। स्कुल इन्चार्ज कमल भण्डारीका अनुसार कार्यशालाले शिक्षकहरूलाई पाठयोजना निर्माण, मूल्याङ्कन र कक्षागत व्यवस्थापनमा सहयोग पुग्नेछ।

कार्यशालामा दैनिक रूपमा विभिन्न शैक्षिक सामग्री निर्माण भइरहेको छ। विद्यालय सञ्चालनको पहिलो वर्षमै १ हजार २५० भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

शिक्षकका लागि एआई प्रयोगसम्बन्धी तालिम

   जेठ १४, २०८३       admin

दाङ,१४ जेठ । ज्योतिपुञ्ज एजुकेशनल ग्रुपको आयोजनामा शिक्षकहरूका लागि शिक्षण–सिकाइमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रभावकारी प्रयोगसम्बन्धी तीन दिने तालिम सुरु भएको छ।

बिहीबारदेखि घोराहीमा सुरु भएको तालिममा ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय र ज्योतिपुञ्ज मोडेल इङ्लिस स्कुलका शिक्षकहरूको सहभागिता रहेको छ। तालिम ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयका प्रिन्सिपल बुद्धिराज अधिकारीले जानकारी दिए।

तालिममा एआईको परिचय, विभिन्न टुल्सको प्रयोग, आधारभूतदेखि उन्नत प्रयोग, एआईमा आधारित शिक्षण सामग्री निर्माण तथा कक्षाकोठामा यसको व्यवहारिक प्रयोगबारे प्रशिक्षण दिइनेछ।

कार्यक्रममा शिक्षण सिकाइमा एआई प्रयोगका विज्ञ होमराज खड्काले सहजीकरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author