हिमाल एकेडेमीमा निःशुल्क स्वास्थ्य शिविर

   जेठ २५, २०८२       admin


दाङ २४ जेठ। दाङको तुलसीपुरस्थित हिमाल एकाडेमी स्कुलमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। मेट्रो सिटी पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरको प्राविधिक सहयोग र हिमाल एकाडेमी तुलसीपुरको आयोजनामा शिविर सञ्चालन भएको थियो। विद्यालयको प्राङ्गणमा सञ्चालन भएको शिविरमा २ सय भन्दा बढीले शिविरबाट लाभ लिएका छन्

वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डाक्टर रूपेशमान शेरचनको नेतृत्वको स्वास्थ्य चिकित्सकको टोलीले शिक्षक विद्यार्थी अभिभावकसहित सर्वसाधारणको समेत स्वास्थ्य परीक्षण गरेको थियो।

शिविरमा स्वास्थ्य चेक जाँच गरिएकामध्ये करिब दुई दर्शन बिरामीलाई अस्पताल जान सिफारिस गरिएको छ। स्वास्थ्यमा जटिल अवस्था देखिएका बिरामीहरूलाई थप चेकजाँचका लागि स्वास्थ्य संस्था जान अनुरोध गरिएको हो

हिमाल एकाडेमी तुलसीपुरका प्रधानाध्यापक मधुसुदन केसीले सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क रुपमा स्वास्थ्य शिविर सञ्चालन गरिएको जानकारी दिए। विद्यालयले विभिन्न समयमा रचनात्मक कामहरु गर्दै आएको र आगामी दिनमा पनि जनमुखी कार्यक्रमलाई निरन्तर रुपमा अगाडि बढाइने उनको प्रतिबद्धता छ।

विद्यालयले अभिभावक र विद्यार्थीहरूका लागि शिविर सञ्चालन गरेको भन्दै अभिभावकहरु खुसी व्यक्त गरेका छन्। उनीहरुले समयसमयमा विद्यालयले स्वास्थ्य चेकजाँचका विषयलाई प्राथमिकतामा दिएर शिविर सञ्चालन गरिरहनुपर्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

पाँच महिनापछि खुल्यो नेपाल संस्कृत विश्वविद्यालय: विद्यार्थी–प्रशासनबीच ५ बुँदे सहमति

   जेठ २४, २०८२       admin

दाङ,२३ जेठ । नेपाल संस्कृत विश्वविद्यालय, बेलझुन्डी (दाङ) मा विद्यार्थीहरूद्वारा गरिएको तालाबन्दी पाँच महिनापछि खुलाइएको छ। २०८१ साल पुस १२ गतेदेखि लगाइएको ताला विद्यार्थी संगठन र विश्वविद्यालय प्रशासनबीच सफल वार्तापछि खुलाइएको हो।

तालाबन्दीका कारण विश्वविद्यालयका शैक्षिक, प्रशासनिक तथा आर्थिक गतिविधिहरू पूर्ण रूपमा ठप्प भएका थिए। नियमित पठनपाठन, परीक्षा सञ्चालन, क्याम्पसको प्रशासनिक प्रक्रिया र आर्थिक कारोबार सबै अवरुद्ध भएको अवस्थामा विश्वविद्यालयको समग्र वातावरण नै प्रभावित भएको थियो।

विद्यार्थीहरूले विभिन्न माग राख्दै लामो समयदेखि आन्दोलन गर्दै आएका थिए। उनीहरूले पटक–पटक उठाएका मागहरू बेवास्ता भएको भन्दै तालाबन्दीसमेत गरेका थिए। विश्वविद्यालयमा यसअघि पनि यस्तै किसिमका आन्दोलन र तालाबन्दी भइरहँदा शैक्षिक वातावरणमा नकारात्मक असर परेको स्थानीय अभिभावक र विद्यार्थीहरूको गुनासो छ।

हाल विद्यार्थी संगठन र विश्वविद्यालय प्रशासनबीच भएको छलफल सफल भएसँगै संयुक्तरूपमा पाँच बुँदे सहमति सार्वजनिक गरिएको छ। सहमति अनुसार केन्द्रीय आयुर्वेद विद्यायायसँग सम्बन्धित विद्यार्थीका मागहरूबारे अध्ययन गरी प्रतिवेदन तयार पारिनेछ र त्यसको आधारमा विश्वविद्यालयमा प्रस्ताव पेश गरिनेछ। साथै, नेपाल सरकारले छुट्याएको बजेटको प्रयोग गरी नयाँ व्यावसायिक शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ।

परीक्षा, उत्तरपुस्तिका व्यवस्थापन, तालिका लगायतका विषयमा देखिएको अव्यवस्था एक महिनाभित्र सुधार गरिने प्रतिबद्धता जनाइएको छ। यस्तै, विश्वविद्यालयमा उठेका आर्थिक अनियमितता छानबिन गरिने र दोषी पाइए कानुनी कारबाही गरिनेछ। तत्कालीन रूपमा गठन गरिएको वार्ता समिति र संयोजन समितिलाई कार्यान्वयनमा निरन्तरता दिने सहमति पनि भएको छ।

वार्ता समितिका संयोजक प्रा.डा. भीमप्रसाद खनालको नेतृत्वमा सम्पन्न वार्तामा विद्यार्थी पक्षबाट विभिन्न संघ–संगठनका प्रतिनिधि र विश्वविद्यालय प्रशासनका अधिकारीहरूको सहभागिता रहेको थियो। सहमतिपछि आन्दोलनरत विद्यार्थीहरूले शान्तिपूर्ण रूपमा आन्दोलन स्थगन गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुलसीपुर नगर जेसिजको हाजिरीजवाफ प्रतियोगिता: ज्ञान ज्योती मावि प्रथम

   जेठ १७, २०८२       admin

दाङ, १६ जेठ। तुलसीपुर नगर जेसिजको आयोजनामा माध्यमिक तह स्तरीय हाजिरीजवाफ प्रतियोगित सम्पन्न भएको छ। “Rise Together for Better Tomorrow” भन्ने नाराका साथ आयोजित प्रतियोगितामा तुलसीपुर क्षेत्रका निजी तथा सामुदायिक गरी १९ वटा विद्यालयको सहभागिता रहेको थियो।

प्रतियोगिता पाँच चरणमा सञ्चालन गरिएको थियो। पहिलो चरण सेलेक्सन राउन्ड, दोस्रो जनरल राउन्ड, तेस्रो र्यापिड फायर राउन्ड, चौथो मल्टिमिडिया राउन्ड र पाँचौं चरण बजर राउन्ड का रूपमा प्रतिस्पर्धा गराइएको थियो।

प्रतियोगितामा ज्ञानज्योति मावि तुलसीपुरले प्रथम स्थान हासिल गरेको छ। यसैगरी अमर मावि कालाखोला दोस्रो, हिमाल एकेडेमी तुलसीपुर तेस्रो तथा गोरखा मावि तुलसीपुर सान्त्वना स्थानमा रहन सफल भएका छन्। विजयी टिमहरूलाई ट्रफी, मेडल, प्रमाणपत्र तथा शैक्षिक सामग्री प्रदान गरिएको थियो।

कार्यक्रम तुलसीपुर नगर जेसिजका अध्यक्ष सन्दिप भुसालको अध्यक्षता, नेसनल प्याब्सनका केन्द्रीय सदस्य प्रकाश कुमार शर्माको प्रमुख आतिथ्यता तथा नेसनल प्याब्सन दाङका अध्यक्ष भोजराज न्यौपानेको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो।

प्रमुख अतिथि शर्माले यस्ता प्रतियोगिताहरूले विद्यार्थीहरूमा किताबी ज्ञानसँगै व्यवहारिक सीप र आत्मविश्वास वृद्धि गर्न सहयोग गर्ने बताए ।

डिभाइन टेम्पल एकेडमीका प्रीन्सिपल न्यौपानेले स्वस्थ प्रतिस्पर्धाले अध्ययनमा रुचि र सक्रियता बढाउने विश्वास व्यक्त गरे।

तुलसीपुर नगर जेसिजका अध्यक्ष भुसालका अनुसार प्रतियोगिता “जेसिस ब्रान्डिङ अवेयरनेस प्रोग्राम” अन्तर्गत जेसिज गोल अनुसार आयोजना गरिएको हो। कार्यक्रममा विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखिएको थियो।

प्रतियोगिता डिभाइन टेम्पल एकेडेमी, तुलसीपुरमा सम्पन्न भएको हो। कार्यक्रम संयोजक जेसी सुरज केसी रहेका थिए। कार्यक्रमको सहजीकरण तुलसीपुर नगर जेसिजका महासचिव बुद्धि साप्कोटाले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

अमेरिकाद्धारा विद्यार्थी भिसा स्थगन

   जेठ १५, २०८२       admin

काठमाडौँ,१४ जेठ । अमेरिकी सरकारले विदेशी विद्यार्थीहरूको भिसा प्रक्रिया अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ। सामाजिक सञ्जाल परीक्षण कडा बनाउने नयाँ नीतिसँगै, अमेरिकी विदेश मन्त्रालयले दूतावास र वाणिज्य दूतावासहरूलाई अर्को सूचना नआएसम्म विद्यार्थी भिसा नदिन निर्देशन दिएको जनाइएकोे छ ।

समाचारअनुसार, यो निलम्बन कहिलेसम्म जारी रहने हो भन्ने अझै स्पष्ट छैन। दूतावास तथा वाणिज्य दूतावासका कर्मचारीहरूले ‘केही दिनभित्र’ थप निर्देशन प्राप्त गर्ने जनाइएको छ।

ट्रम्प प्रशासनले विश्वविद्यालयहरू र विदेशी विद्यार्थीहरूमाथि दबाब बढाइरहेको बेला आएको यो निर्णय अमेरिका जान चाहने विद्यार्थीहरूका लागि ठूलो झट्का लागेको छ ।

गत हप्ता ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थी भर्ना गर्न नपाउने निर्णय लिएको थियो। चिनियाँ पक्षसँगको साँठगाँठ र यहूदी विरोधी गतिविधिमा संलग्न भएको आरोपमा उक्त कदम चालिएको बताइएको थियो। तर, एक संघीय न्यायाधीशले उक्त निर्णयलाई हालका लागि स्थगित गर्न आदेश दिएका छन्।

यसैबीच, अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार ट्रम्प प्रशासनले हार्वर्डसँग रहेको बाँकी संघीय सम्झौता पनि चाँडै तोड्न सक्ने सम्भावना रहेको जनाइएको छ। यदि सो सम्झौता तोडियो भने, यो प्रकरण हालसम्मकै ठूलो बन्नेछ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता ट्यामी ब्रुसले अमेरिकामा प्रवेश गर्न चाहने सबैले त्यहाँको कानुन बुझ्नुपर्ने र आपराधिक उद्देश्य नराख्नुपर्ने स्पष्ट पारिन्।

उनले विद्यार्थी भिसाका लागि सामान्य प्रक्रिया अपनाउनु पर्ने भए तापनि थप जाँचको सम्भावना रहेको पनि बताइन्। ूयदि तपाईं अमेरिकी भिसाका लागि आवेदन दिइरहनु भएको छ भने, प्रक्रिया पूरा गर्नुस् र जाँचको सामना गर्न तयार रहनुहोस्,ू ब्रुसको भनाइ थियो।

ट्रम्प प्रशासनका पछिल्ला निर्णयहरूले अस्थायी रूपमा अमेरिका बसोबास गरिरहेका व्यक्तिहरूका अधिकार र शैक्षिक स्वतन्त्रतासम्बन्धी संवैधानिक बहस उत्पन्न गराएका छन्।

गत हप्ता अमेरिकी विदेशमन्त्री रुबियोले सिनेटमा बोल्दै, राष्ट्रपति ट्रम्पले २० जनवरीमा कार्यभार सम्हालेयता ुहजारौुं भिसा रद्द गरिएको जानकारी दिएका थिए। यद्यपि, यसको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

महिनावारी स्वास्थ्य तथा सरसफाइसम्बन्धी शिविर सञ्चालन

   जेठ १०, २०८२       admin

दाङ,९ जेठ । तुलसीपुरमा किशोरीहरुका लागि महिनावारी स्वास्थ्य तथा सरसफाइसम्वन्धी शिविर सञ्चालन भएको छ । तुलसीपुर नगर जेसीजको आयोजनामा र मेट्रो प्याथ ल्याब तथा मेट्रो सिटी पोलिक्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टरको प्राविधिक सहयोगमा किशोरी लक्षित महिनावारी स्वास्थ्य तथा सरसफाइसम्बन्धी सचेतना शिविर सम्पन्न भएको हो ।

तुलसीपुर उपमहानगरपालिका वडा नं। ९ स्थित माध्यमिक विद्यालय दोघरेमा अध्ययनरत कक्षा ८, ९ र १० का छात्राहरुलाई लक्षित गरी सञ्चालन गरिएको उक्त शिविरमा किशोरीहरुको महिनावारी अवस्थासँग जोडिएका शारीरिक, मानसिक तथा सामाजिक पक्षबारे सुस्पष्ट जानकारी दिइएको थियो।

तुलसीपुर नगर जेसीज २०२५ का अध्यक्ष सन्दीप भूसालको अध्यक्षता तथा विद्यालयकी प्रधानाध्यापक सुनिता यादव प्रमुख आतिथ्यतामा शिविरको उद्घाटन गरिएको हो ।
अध्यक्ष भूसालले किशोरीहरू अझै पनि महिनावारीको विषयमा खुल्न नसक्ने, लाज तथा जानकारीको अभावले गर्दा विद्यालयमा अनुपस्थित हुने र मानसिक दबावमा पर्ने समस्या देखिएकाले सचेतनामूलक कार्यक्रमको आवश्यकता झनै बढेको बताए।

उनले विद्यालयमा अध्ययनरत छात्राहरुलाई लक्षित गर्दै १०० थान सेनेटरी प्याड वितरण गरिएको जानकारी पनि दिए।अध्यक्ष भूसालका अनुसार परीक्षणका नतिजाका आधारमा स्थानीय र प्रदेश सरकारलाई स्वास्थ्य सचेतनामूलक अभियानका लागि डेलिगेशन र अनुरोध गरिने योजना समेत रहेको छ।

विद्यालयकी प्रधानाध्यापक यादवले किशोरीहरूको शारीरिक र मानसिक स्वास्थ्य सुदृढ गर्दै शिक्षामा पहुँच विस्तार गर्न तथा आत्मविश्वास वृद्धि गर्न यस्ता कार्यक्रमहरू महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरिन्।

कार्यक्रम अन्तर्गत मेट्रो प्याथ ल्याबको प्राविधिक सहयोगमा एक सयभन्दा बढी छात्रछात्राहरुको रगत तथा पिसाब परीक्षणसमेत गरिएको थियो।
शिविरमा प्रशिक्षक सलिना उपाध्यायले महिनावारी के हो, यसको जैविक प्रक्रिया, त्यसबेला अपनाउनुपर्ने सरसफाइका अभ्यास र आत्मगौरवका पक्षमा प्रभावकारी प्रस्तुति दिइन्। प्रशिक्षकमा उपाध्यायसंगै केन्द्रीय आयुुर्वेद विद्यापीठका उपप्रध्यापक अनुपम पोख्रेल पनि रहेका छन् ।

कार्यक्रम संयोजक वसन्त योगीको स्वागत मन्तव्यबाट सुरु भएको शिविरमा महासचिव बुद्धिराज सापकोटाले सहजीकरण गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सामाजिक समृद्धिको सूचक ‘जुनकीरी’

   जेठ ०, २०८२       admin

आदिम के.सी,८ जेठ । नेपाली सिने क्षेत्रमा विभिन्न धारका सिनेमा बन्ने क्रम जारी नै छ । सिनेमाका अलावा सामाजिक सचेतना, जागरण र समृद्धिलाई आधार बनाएर वृत्तचित्र बन्ने क्रमले पनि बाक्लो रूप लिँदै आएका छन् ।

पछिल्लो समयमा विद्यालय, विद्यार्थी, शिक्षक तथा अभिभावक केन्द्रित रहेर वृत्तचित्र निर्माण भइरहेका छन् । सामाजिक सचेतना तथा जागरणका लागि यस्ता वृत्तचित्रले निकै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।

पछिल्लो समयमा बनेको वृत्तचित्र हो ‘जुनकीरी’ । एक बालिकाका सफलताको कथालाई केन्द्रमा राखेर निर्माण गरिएको वृत्तचित्र ‘जुनकीरी’ मा शिक्षक, अभिभावक र विद्यार्थीको त्रिकोणात्मक कथा रहेको छ । ‘थिम बेस’ मा आधारित रहेर निर्माण गरिएको ‘जुनकीरी’ मा आजका बालबालिकालाई कसरी भविष्यका लागि जिम्मेवार, कर्तव्यनिष्ठ, इमानदार तथा समाजप्रति बफादार बनाउन सकिन्छ भन्ने सन्देश पाइन्छ ।

त्यसो त बालबालिकाका चाहना तथा अन्तरनिहित प्रतिभालाई नबुझी उनीहरूलाई अभिभावक तथा शिक्षकले आफू अनुकुल मार्ग निर्देशन गर्दा निम्तिने सम्भाव्य दुर्घटनाप्रति पनि ‘जुनकीरी’ सचेत रहेको छ ।

बालबालिकाको रुचिलाई बुझेर उनीहरूको भविष्यको मार्ग निर्देशन गर्न आवश्यक रहेको सन्देश पनि ‘जुनकीरी’ ले सम्प्रेषण गरेको छ ।बालबालिकामा जङ्क फुडको लत कसरी निर्मूलीकरण गर्ने, बालहिंसाप्रति उनीहरूलाई कसरी सचेत गराउने, बालश्रमप्रतिको सचेतना, सामाजिक उत्तरदायित्व बहनलगायतका थिममा निर्माण गरिएको ‘जुनकीरी’ले शिक्षक अभिभावक तथा विद्यार्थीलाई आफूले गरेका कार्यको सकारात्मक र नकारात्मक पक्षमा समेत आत्मसमीक्षा गराउन सफल रहेको छ ।

‘बालबालिकालाई सामाजिक उत्तरदायित्व बोध गराउनका साथै उनीहरूमा रहेको अन्तरनिहित क्षमतालाई प्रस्फुटन गराउन आवश्यकताको बोध गरेर यो वृत्तचित्र निर्माण गरेका हौँ ।’ प्रोड्युसर बिना पोख्रेलले बताइन् ।

बालबालिकालाई कसरी एक सफल व्यक्ति बनाउन र सफल जीवन प्रदान गर्न सकिन्छ भन्ने विषयमा अभिभावक, शिक्षक र समाज सचेत रहन आवश्यक रहेको पाख्रेलको भनाइ छ । ‘हामीले जुनकीरी थिम बेसमा निर्माण गरेका छौँ । बालबालिकाको सर्वाङ्गीण विकासलाई आधार मानेर थिम क्रेट गरेका छौँ । त्यही अनुरुपको कथा रहेको छ ।

आजका बालबालिकालाई हामीले दिने शिक्षा नै भोलिको समाजको आधार हो भन्ने भावलाई मनन गर्न सकियो भने सामाजिक समृद्धि धेरै टाढा छैन । त्यसका लागि विद्यालय, शिक्षक र अभिभावकको जिम्मेवारी कति रहन्छ भन्नेमा पनि हामी सचेत रहेका छौँ । बालबालिका दिइने शिक्षा, संस्कारले उसको गन्तव्य पनि निर्धारण गर्दछ ।

बालबालिकालाई समाजप्रति उत्तरदायित्व बनाउँदै लैजान सकियो भने बालबालिकामा देखिने समस्या पनि न्यूनीकरण हुँदै जान्छन् र बालबालिकामा सकारात्मक सोंचको विकास गर्न सकिन्छ ।’ पोख्रेलले बताइन् ।


वृत्तचित्र ‘जुनकीरी’ लेखन तथा निर्देशन दिनेशराज शर्माको रहेको छ भने निर्माण फाल्गुणप्रसाद पौडेल र बिना पोख्रेल रहेका छन् । वृत्तचित्रमा अभिनय गर्ने कलाकारहरू पनि रियल भूमिकामा रहेका छन् ।

जस्तो कि शिक्षकको भूमिकामा शिक्षक, विद्यार्थीको भूमिकामा विद्यार्थी, गायक/गायिकाको भूमिकाकामा गायक/गायिका तथा फरक क्षमताको भूमिकामा फरक क्षमता भएका पात्र चयनले गरिएको छ । पात्र चयनले वृत्तचित्रलाई झनै जीवन्त बनाएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कक्षा १२ को परीक्षा सुरू , मोबाइल लैजान रोक

   बैशाख २१, २०८२       admin

दाङ । राष्ट्रिय परीक्षा बोर्डले  देशभरका परीक्षा केन्द्रबाट एकैसाथ  कक्षा १२ को परीक्षा सुरु गरेको छ ।
बोर्डका अध्यक्ष महाश्रम शर्माले कक्षा १२ को  परीक्षामा निर्धक्क भएर परीक्षामा सहभागी हुन सम्पर्ण परीक्षार्थीलाई आग्रह गरेका छन् ।

परीक्षा बिहान ८ः०० बजेदेखि ११ः०० बजे हुने छ । आगामी जेठ २ गतेसम्म सञ्चालन हुने उक्त परीक्षाका लागि बोर्डले देशभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र निर्धारण गरेको छ । सबैभन्दा बढी काठमाडौँमा एक सय ६२ र कम मनाङ–मुस्ताङमा एक–एक केन्द्र निर्धारण गरिएको अध्यक्ष शर्माले जानकारी दिए ।
परीक्षाका लागि त्यत्ति नै सङ्ख्यामा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष तथा विद्यार्थी सङ्ख्याका आधारमा करिब दुई हजार कर्मचारी, प्रत्येक परीक्षा केन्द्रमा कम्तीमा एक कार्यालय सहयोगी र २० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

परीक्षमा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५  छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ परीक्षार्थी तथा आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना गरी कुल पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी हुने अध्यक्ष शर्माले जानकारी दिए ।
यस वर्ष सबैभन्दा कम मनाङबाट ४५ परीक्षार्थी सहभागी हुँदैछन् भने सबैभन्दा धेरै काठमाडौंबाट ६८ हजार १३३ परीक्षार्थी सहभागी हुने भएका छन् । परीक्षामा कम श्रवणशक्ति, दृष्टिविहीन, सुस्त मनस्थिति वा अरू प्रकृतिको अपाङ्गता भएका परीक्षार्थीका निम्ति विशेष व्यवस्था गरिएको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।
त्यसैगरी, कारागार वा बाल सुधारगृहमा रहेका परीक्षार्थीलाई परीक्षा दिने व्यवस्था गरिएको छ ।

जिल्ला परीक्षा समन्वय समिति वा परीक्षा नियन्त्रकको अनुमतिबिना जोकोहीलाई परीक्षा केन्द्रमा प्रवेश गर्न दिइने छैन भने परीक्षाको मर्यादा पालना नगरेको अवस्थामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षक तत्काल परिवर्तन गर्न सक्ने व्यवस्था गरिएको छ । परीक्षा सञ्चालन अवधिभर केन्द्राध्यक्षबाहेक अरू कसैले पनि परीक्षा केन्द्रमा मोबाइल फोन लैजान पूर्ण निषेध गरिएको छ । परीक्षार्थीलाई परीक्षा हलभित्र मोबाइल फोन, स्मार्ट घडीलगायत इलेक्ट्रोनिक डिभाइस (लोडेड डकुमेन्ट नभएको क्याल्कुलेटरबाहेक) लैजान निषेध गरिएको बोर्डले जनाएको छ ।
परीक्षाको मर्यादाविपरीत शिक्षक ,कर्मचारी, निरीक्षक र परीक्षार्थीहरूबाट मोबाइललगायत प्रतिबन्धित सामग्री लगेको अवस्थामा सर्च/अनुगमन गर्दा नियन्त्रणमा लिएमा उक्त सामग्रीका सम्बन्धमा शिक्षा ऐन, २०२८ को दफा १७ (१ क) ‘च’ अनुरूप परीक्षाको मर्यादा भङ्ग गरेको अभियोगमा कानुनी कारबाही गरिने व्यवस्था गरिएको छ ।

परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी, संस्कृत रचना, बुद्ध शिक्षा, उर्दू व्याकरण विषयको परीक्षा हुनेछ ।
परीक्षामा साधारण र परम्परागत धारतर्फका नियमित तथा आंशिक परीक्षार्थी (रजिस्ट्रेशन नम्बरका सुरुका दुई अङ्क ७८, ७९, ८० र ८१ हुने) र प्राविधिक धारतर्फका नियमित तथा आंशिक परीक्षार्थी (रजिस्ट्रेशन नम्बरका सुरुका दुई अङ्क ७९, ८०, ८१ हुने) सहभागी हुने बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सर्वोच्चले भन्यो : नतिजा ढिलाइ नगर्नू,१२को परीक्षा नसार्नू,३ दिन भित्र शिक्षकलाई विद्यालय फर्काउनु 

   बैशाख ११, २०८२       admin

काठमाडौं ।  सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकका जायज माग पूरा गरी ३ दिनभित्र स्कुल फर्काउने वातावरण सुनिश्चित गर्न सरकारको नाममा आदेश दिएको छ।

न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले शिक्षकका जायज माग सम्बोधन गर्न र आन्दोलनरत शिक्षकलाई ३ दिन दिनभित्र विद्यालय फर्किने वातावरण सुनिश्चित गर्न आदेश जारी भएको सर्वोच्च अदालतका प्रवक्ता एवं सह-रजिस्ट्रार अच्युत कुईंकेल बताए।  ‘आन्दोलनरत शिक्षकहरूका जायज र संविधानसम्मत मागहरु तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरूले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएको मितिले ३ दिनभित्र आन्दोलनरत शिक्षकहरू विद्यालयमा फर्की पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्नू,’ आदेशमा भनिएको छ।

त्यस्तै देशभरका बालबालिकालाई नियमित रूपमा विद्यालयमा पठनपाठन गर्न पाउने हकबाट वञ्चित नगराउन आदेशमा भनिएको छ। त्यस्तै तत्काल आवश्यक र उपयुक्त प्रबन्ध गरी आन्दोलनरत शिक्षकका कारण एसईईको परीक्षाफल समयमा प्रकाशन हुन नसक्ने अवस्था सिर्जना हुन नदिन र कक्षा १२ को परीक्षा समयमा गर्न आदेश दिइएको छ। 
‘शिक्षक आन्दोलनका कारण कक्षा १२ को बोर्डको परीक्षा समयमा नभई लाखौं विद्यार्थीको भविष्य अन्योलमा पर्ने जोखिम रहेको देखिँदा उक्त परीक्षा तोकिएको समयमा नै गर्ने, परीक्षा नसार्ने सार्न नलगाउने,’ आदेशमा भनिएको छ।
अधिवक्ता श्रवण कुमार चौधरीले बुधबार मन्त्रिपरिषद् कार्यालय, शिक्षा मन्त्रालय, संघीय संसद, शिक्षा विभाग र राष्ट्रिय परीक्षा बोर्डलाई विपक्षी बनाएर रिट दायर गरेका थिए। 

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सेन्टर माविले सुरु गर्यो विद्यार्थी भर्ना

   बैशाख ११, २०८२       admin

दाङ । दाङको तुल्सीपुर उपमहानगरपालिका ६ मा रहेको माध्यमिक विद्यालय तुलसीपुर सेन्टरले विद्यार्थी भर्ना अभियान सुरु गरेको छ।  बुधबार देखि विद्यालयमा भर्ना सुरु गरिएको हो ।
भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम रोकेर शिक्षक महासंघको आयोजनामा काठमाडौ केन्द्रित भएर  शिक्षकहरू आन्दोलनमा रहेका छन । शिक्षकहरु आन्दोलनमै रहेको समयमा विद्यार्थीहरूको अधिकार र भविष्यलाई वञ्चित नगर्ने भन्दै  अभिभावक र विद्यालय ब्यबस्थापन समितिको दबाबमा सेन्टर स्कुलले भर्ना अभियान सुरु गरेको विद्यालय प्रसाशनले जनाएको छ । नेपालकै उत्कृष्ट स्कुलको रूपमा रहेको तुलसीपुर सेन्टरले ९ गतेदेखि विद्यार्थी भर्ना अभियान सुरु गरेको विद्यालय प्रशासनले जनाएको छ। अभिभावकको आग्रह , विद्यालय व्यवस्थापन समितिको निर्णय र विद्यालय प्रशासनको सहजीकरणमा विद्यार्थी भर्ना अभियान सुरु भएको विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष लेखतराम पौडेलले बताए ।

शिक्षकहरूको मागलाई ऐक्यबद्धता जनाउँदै र विद्यार्थीहरूको भविष्यलाई पनि वञ्चित बनाउन नहुने भन्दै भर्ना अभियान सुरु गरिएको पौडेलको भनाइ छ । अहिले विद्यार्थी भर्ना नगर्दा त्यसको असर विद्यालय, शिक्षक तथा अभिभावकलाई समेत समस्या हुने देखेर भर्ना सुरुगरिएको बताए।
विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले विद्यालय विद्यार्थीहरूको भविष्य र अधिकारलाई सुनिश्चित गर्नलाई  शिक्षक आन्दोलनको मोडालिटि फेर्नु पर्न्व बताए । शैक्षिक हड्ताल  हटाउनु पर्ने र भर्ना अभियान सुरु हुनु पर्ने बताए ।
शिक्षक आन्दोलनमा ऎक्बद्द्ता, सहभागिता पूर्ण रुपमा रहे भे पनि विद्यार्थी हरुको अधिकार सुनिश्चितताको लागि भर्ना अभियानलाई निरन्तरता  दिनु पर्ने बताए ।  उनले सरकारले शिक्षकका जायज माग तत्काल सम्बोधन गर्न माग समेत गरे ।  सरकारी विद्यालयमा ताला लाग्ने र बोडिङमा विद्यार्थी पठाउने अबस्ता बनाउन नहुने प्रधानाध्यापक पौडेलको भनाइ छ ।
देशकै उत्कृष्ट तथा मेघा विद्यालयको रूपमा आफूलाई चिनाएको सेन्टर मावि तुलसीपुरमा झण्डै तीन हजार विद्यार्थीहरूले अध्ययन गरिरहेका छन् भने ६  वटा संकायमा प्राविधिक धारका विद्यार्थीहरू पनि  विद्यालयमा रहेका छन्।  झन्डै १ सय  शिक्षक शिक्षिकाहरुले अध्यापन गराइरहेका छन् ।
विद्यालयको शैक्षिक तथा भौतिक गुणस्तर प्रभावकारी रूपमा रहँदै आएको हुँदा यस वर्ष पनि विद्यार्थीहरूलाई पनि विद्यालयभन्दा बाहिर नजाऊन् भन्ने उद्देश्यले नियमित रुपमा भर्ना प्रक्रिया सुरु गरिएको विद्यालयले जनाएको छ । नयाँ विद्यार्थीहरूलाई प्रवेश परीक्षा लिएर मात्रै भर्ना गर्ने गरिएको छ भने विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई नियमित भर्नामा राखिएको विद्यालय प्रशासनको भनाइ छ ।

विद्यालयको भर्ना अभियान सुरु भएदेखि केही शिक्षक नेताहरू समेत विद्यालयमा आएर भर्ना अभियान अवरोध गर्न खोजेका थिए। तर विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनका कारण उनीहरु त्यो अभियान रोक्न नसकेर फर्किएका छन ।
शैक्षिक सुधार र विद्यार्थीहरूको भविष्य सुनिश्चिताका लागि पनि विद्यालय भर्न अभियान नरोकेरै विद्यालय सञ्चालनको प्रक्रियामा लगिएको विद्यालयले जनाएको छ। 
जिल्लाका अन्य सामुदायिक विद्यालयहरूले भने भर्न अभियान सुरु गरेको सार्वजनिक गरेका छैनन्। निजी विद्यालयहरूमा भने विद्यार्थीहरूको चाप अत्यधिक बढेको निजी विद्यालयहरूले बताएका छन्। सामुदायिक विद्यालयमा भर्ना अवरोध भएपछि केही विद्यार्थीहरु निजी विद्यालयमा अध्यायका लागि भर्ना भएका छन ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

शिक्षामन्त्री बने रघुजी पन्त

   बैशाख १०, २०८२       admin

काठमाडौं  । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा रघुजी पन्त नियुक्त भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरेका हुन्। संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री ओलीले गरेको सिफारिस बमोजिम राष्ट्रपति पौडेलले पन्तलाई नियुक्त गरेका हुन्।

स्वास्थ्यको कारण देखाउँदै विद्या भट्टराईले सोमबार मन्त्रीबाट राजीनामा दिएपछि प्रधानमन्त्री ओलीले पन्तलाई उक्त जिम्मेवारी दिने तयारी गरेका थिए। 

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology