काठमाडौं । कक्षा १२ को परीक्षा सरेको छ। शिक्षकहरूले आन्दोलन चर्काउँदै लगेपछि राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ देखि तय गरिएको परीक्षा सारेको हो।
बोर्डले वैशाख २१ गतेका लागि परीक्षाको नयाँ मिति तोकेको छ। बोर्डका अध्यक्ष महाश्रम शर्माले वैशाख २१ गतेदेखि परीक्षा गर्ने गरी निर्णय गरिने बताए।
त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बोर्डका अध्यक्ष शर्मालाई परीक्षा सार्न निर्देशन दिएका थिए। प्रधानमन्त्री निवास बालुवाटारमा छलफलका क्रममा प्रधानमन्त्री ओलीले अध्यक्ष शर्मालाई परीक्षा सार्न निर्देशन दिएका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, ३० चैत्र । लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले शैक्षिक सुधारका लागि सरकार प्रतिबद्ध रहेकाे बताएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) लुम्बिनी प्रदेशकाे आयाेजनामा भएकाे अन्तरसंवाद कार्यक्रमलाई सम्बाेधन गर्दै मन्त्री तिमिल्सिनाले शैक्षिक सुधारका लागि लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध रहेकाे बताएका हुन् ।
शैक्षिक प्रणालीमा ल्याउनुपर्ने सुधारका लागि छलफल गर्न प्रदेश सरकार तयार रहेकाे बताएका छन् । प्रदेश सरकार आगामी आर्थिक वर्षकाे याेजना र बजेट निर्माणकाे पूर्वसन्ध्यामा रहेकाे छ । यतिबेला शैक्षिक सुधार र याेजनाका विषयमा घनिभूत छलफल आवश्यक छ । संस्थागत विद्यालयका समस्या सम्बाेधन गर्ने गरी शैक्षिक याेजना बनाउन सरकार प्रतिबद्ध छ । यस्तै छलफल र संवादमार्फत संस्थागत विद्यालयका समस्या समाधानतर्फ लाग्न सरकारका लागि सहज हुने छ । ´ मन्त्री तिमिल्सिनाले थपे, सामुदायिक विद्यालयका समस्या तथा शिक्षक कर्मचारीका समस्या सम्बाेधन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेकाे छ । शैक्षिक सुधारका लागि केही प्रणाली परिवर्तन गर्न आवश्यक भने छ । शिक्षकले आफूमा पनि केही परिवर्तन गर्नुपर्छ ।´
शिक्षक आन्दोलनकाे प्रसङ्गमा बाेल्दै मन्त्री तिमिल्सिनाले शिक्षकका मागप्रति सकारात्मक भएकाे तर आन्दोलनबाटै सबै समाधान नहुने बताए । सकारात्मक माग रचनात्मक शैलीबाट प्राप्त गर्ने परिपाटी बसाल्ने मानसिकताकाे विकास गर्नुपर्नेमा जाेड दिए । मन्त्री तिमिल्सिनाले शिक्षामा सुधार भए मात्र समाज शुद्ध बनाउन सकिने बताए । हरेक कुराकाे समाधान आन्दाेलन बन्ने मानसिकताबाट मुक्त हुन जरूरी रहेको उनले बताए । परिवर्तन आन्दोलनले भन्दा कामले गर्दछ भन्ने मानसिकताकाे विकास गर्नुका साथै काममा जाेड दिन आवश्यक छ । भीडबाट परिवर्तन सम्भव छैन ।´
देशमा व्याप्त समस्या समाधानका लागि पटकपटक देशकाे व्यवस्था परिवर्तन भएकाे मन्त्री तिमिल्सिनाले बताए । `नागरिककाे अवस्था परिवर्तनका लागि मुलुकमा पछिल्लो राजनीतिक व्यवस्था परिवर्तन हाे । याे व्यवस्थाले नागरिकको अवस्था परिवर्तन गर्नुपर्छ भन्ने मलाई थाहा छ । म कसैकाे शिर झुक्न नदिने गरी काम गर्नुपर्छ भन्ने मान्यता राख्दछु । म संस्थागत विद्यालयकाे शिर झुक्न दिँदैन यसमा विश्वस्त रहनुहाेस् ।´ दाङकाे लमहीमा प्याब्सन) लुम्बिनी प्रदेशकाे आयाेजनामा शिक्षा समृद्धिका आधार संस्थागत विद्यालय हाम्राे सराेकार विषयक शैक्षिक अन्तरसंवाद कार्यक्रम सम्पन्न भएकाे थियाे । कार्यक्रम प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष लालहरि पाण्डेकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।
कार्यक्रममा शिक्षाका क्षेत्रमा देखिएका समसामयिक समस्याका विषयमा छलफल गरिएकाे थियाे । लुम्बिनी प्रदेश शैक्षिक हवका रूपमा रहेकाे बताउँदै शैक्षिक नीति, प्रणालीलाई अझ सुदृढ बनाउन प्रदेश सरकारले रणनीति बनाउनुपर्नेमा अध्यक्ष पाण्डेले जाेड दिएका थिए । वरिष्ठ उपाध्यक्ष धनराज चपाईंकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमकाे सहजीकरण सचिव कृष्ण प्रसाद शर्माले गरेका थिए ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, २९ चैत। दाङको तुलसीपुरस्थित पब्लिक ज्ञानज्योती कलेज र काठमाडौंको इन्टरनेशनल स्कूल अफ टुरिज्म एन्ड होटल म्यानेजमेन्ट (आइएसटी) बीच द्विपक्षीय सम्झौता भएको छ। होटल म्यानेजमेन्ट अध्ययन गर्ने विद्यार्थीलाई उत्कृष्ट सीपमूलक सेवा दिने उद्देश्यले कलेजले यो सम्झौता गरेको हो। यस सम्झौताले विद्यार्थीलाई प्रयोगात्मक सिकाइका लागि सहजता प्रदान गर्नेछ ।
शुक्रबार एक कार्यक्रमबीच ज्ञानज्योती र आइएसटी कलेजबीच हस्ताक्षर गरिएको हो। ज्ञानज्योती एजुकेशन फाउन्डेसनका सिइओ सुरेन्द्र जिसी र आइएसटीका सिइओ नरेन्द्र बज्राचार्यले सम्झौतामा हस्ताक्षर गरेका हुन्। होटल म्यानेजमेन्ट विषय खाना पकाउने र खुवाउने विषय मात्र नभई जीवन उपयोगी शिक्षाको रूपमा लिनुपर्ने आइएसटीका सिइओ बज्राचार्यले बताए। दैनिक जीवनका लागि आवश्यक सीप, ज्ञान, अनुशासन, शिष्टता र संस्कारको विकास यसै विषयबाट हुने भएकाले यो आफैंमा महत्वपूर्ण भएको उनको भनाइ थियो।
सम्झौताले दाङबाट सीप सिक्नका लागि काठमाडौं गएका विद्यार्थीलाई अवसर खोज्न भौतारिनुपर्ने समस्याको समाधान गर्नेछ। उनका अनुसार इन्टर्नसिपका लागि काठमाडौं पुगेका विद्यार्थीलाई आइएसटीले अन्तर्राष्ट्रिय स्तरका तारे होटलहरूमा पठाउनेछ। सीप र दक्षताका आधारमा रोजगारीको लागि सहयोग र परामर्शसमेत प्रदान गरिनेछ। विद्यार्थीको कार्यकुशलता अनुसार स्वदेश तथा विदेशमा हुने विभिन्न अवसरमा सहभागी गराइनेछ। सो अवसरमा कलेज प्रमुख सम्झना बस्नेतले दुई वर्षअघिको परिकल्पनाअनुसार ज्ञानज्योतीसँग सम्झौता भएको बताइन्। उत्कृष्ट जीवनका लागि गरिएको लगानी खेर नजाने भन्दै विद्यार्थीलाई सिकाइमा केन्द्रित हुन अनुरोध गरिन्। ज्ञानज्योतीका विद्यार्थीलाई आवश्यकतानुसार आइएसटीले तालिमको समेत व्यवस्था गर्ने उनको भनाइ छ ।
विद्यार्थीको भविष्यलाई ध्यानमा राखेर विद्यालयले अन्तर्राष्ट्रिय स्तरको कलेजसँग सम्झौता गरेको फाउन्डेसनका सिइओ जिसीले जानकारी दिए। कक्षा ११ र १२ मा अध्ययन गरी उच्च शिक्षाका लागि काठमाडौं जाने विद्यार्थीलाई सम्झौता अनुसार सेवा र सहयोग प्रदान गरिने भएकाले यो विद्यार्थीका लागि सुनौलो अवसर भएको बताए। विगत १४ वर्षदेखि कलेजले यस विषयमा अध्ययन–अध्यापन गराउँदै आएको उनले जानकारी दिए। कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका सह–कोषाध्यक्ष दीपेश भण्डारी र वेस्टर्न पार्टी प्यालेस तुलसीपुरका म्यानेजर निर्मल न्यौपानेले दुई कलेजबीचको सम्झौताले विद्यार्थीमा थप ऊर्जा थपेको बताएका थिए। यो विषयले पाक शिक्षा मात्र नभई ज्ञान र सीपलाई परिपक्व बनाउँदै आत्मनिर्भर बन्ने दिशामा मार्गप्रशस्त गर्ने बताए ।
सो अवसरमा विद्यार्थीहरूले आफ्ना अभिभावक र शिक्षकसामु खाना प्रदर्शनीसमेत गरेका थिए। कार्यक्रम विद्यालयका एकेडेमिक कोअर्डिनेटर शरद गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम शिक्षक सन्तोष केसीले सहजीकरण गरेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ २४ चैत्र । तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा रहेका संस्थागत (बोडिङ स्कुल ) विद्यालयहरूमा अध्ययनरत झन्डै ४ सय विद्यार्थीहरू कक्षा आठमा अनुत्तीर्ण (फेल )भएका छ्न । तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखाले सार्वजनिक गरेको कक्षा आठको नतिजामा संस्थागत विद्यालयको नतिजा यस्तो आएको हो।
नाम चलेका संस्थागत विद्यालयहरूमा समेत यसपटक विद्यार्थीहरू फेल भएको शिक्षा शाखा प्रमुख चक्र भण्डारीले जानकारी दिए। ग्रामीण क्षेत्रका संस्थागत विद्यालयभन्दा सहरी क्षेत्रका संस्थागत विद्यालयहरूको नतिजा कमजोर देखिएको भण्डारीले बताए । नाम चलेका तुलसीपुरका ठूला विद्यालयहरूका समेत विद्यार्थीहरु अहिले फेल भएका छन् । परीक्षा र नतिजालाई यथार्थ परक गराउदा बास्तबिकता प्रस्ट भएको उनले बताए ।
संस्थागत विद्यालयका ३९६ जना विद्यार्थीहरु कक्षा आठमा अनुतीर्ण भएका छन्। अभिभावकहरूको पहिलो रोजाइमा रहने संस्थागत विद्यालयहरू नै शैक्षिक गुणस्तरमा कमजोर देखिएका हुन् । तुलसीपुर उपमहानगरपालिकाले नगरस्तरीय कक्षा ८ को नतिजा सार्वजनिक गर्दै तुलसीपुर क्षेत्रका विद्यालय संस्थागत विद्यालयहरूका ३९६ विद्यार्थी अनुतीर्ण भएको सार्वजनिक गरेको छ ।
तुलसीपुर उपमहानगरपालिका भित्र रहेका ५९ संस्थागत विद्यालयका रहेका २३५७ विद्यार्थीहरूमध्ये १९६५ जना विद्यार्थीहरू मात्रै उत्तीर्ण भएका हुन्। सरसर्ती हेर्दा ८३ दशमल २०% संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरू उत्तीर्ण भएका छन्। संस्थागत विद्यालयमा २२% देखि शत प्रतिशतसम्म विद्यार्थीहरू उत्तीर्ण भएको देखिएको छ। तुलसीपुर उपमहानगरपालिकाले चैत ३ गतेदेखि सञ्चालन गरेको कक्षा ८ को नगरस्तरीय परीक्षा चैत ९ गते सम्पन्न भएको थियो।
हेर्नुस् रिजल्टको पूर्णा विवरण



२२ सय व्यक्ति फरार सूचिमा
दाङ, २३ चैत। तुलसीपुरका सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर कमजोर देखिएको छ । कक्षा आठको नतिजा प्रकाशनले तुलसीपुरको आधारभूत तहको शैक्षिक गुणस्तर निराशाजनक देखिएको हो ।
नतिजा निराशाजनक देखिए पछि सामुदायिक विद्यालय, स्थानीय सरकार तथा शिक्षकको आलोचना तीव्र रुपमा बढेको छ । तुलसीपुरमा उत्तीर्ण प्रतिशत ३३ रहेको छ । दाङको तुलसीपुरमा आधारभूत तह कक्षा ८ को नगरस्तरीय परीक्षामा सहभागी तीनवटा सामुदायिक विद्यालयको नतिजा उतीर्ण प्रतिसत शून्य देखिएको छ । चार विद्यालयमा भने एक/एक जना मात्र उत्तीर्ण भएका छन् । तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखाले सार्वजनिक गरेको नतिजा अनुसार, वडा नं ३ मा रहेको मावि प्रतापकोट, वडा नं. १८ मा रहेको माध्यमिक विद्यालय बेल्झुण्डी, र वडा नं. १० को जनजागृति मावि पातुवनगाउँबाट सहभागी सबै विद्यार्थी अनुतीर्ण भएका छन् ।
मावि प्रतापकोटमा१९, मावि बेल्झुण्डीमा १५ र जनजागृति माविमा २७ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए।
चारवटा विद्यालयमा १/१ जना मात्र विद्यार्थी उत्तीर्ण भएका छन्। ती विद्यालयहरूमा सृजनशील आधारभूत विद्यालय छोटे, जनता संस्कृत मावि बिजौरी, मावि भित्री संक्राम, र आधारभूत विद्यालय लोहाडबरा खौसापुर रहेका छन् ।
सृजनशील आविबाट ३१, जनता संस्कृत माविबाट ६६, मावि भित्री संक्रामबाट २४ र मावि लोहाडबराबाट १३ जना विद्यार्थीले परीक्षा दिएका थिए। तर, ती सबै विद्यालयबाट एक/एक जना मात्र विद्यार्थी उत्तीर्ण भएका छन्। यस्तै सबैभन्दा धेरै विद्यार्थी उत्तीर्ण हुने पशुपति मावि हरिपौरी रहेको छ । यस वर्ष विद्यालयबाट ७२ जना विद्यार्थी सहभागी भएकोमा ६८(९४.४४%) विद्यार्थी उत्तीर्ण भएका हुन ।
तुलसीपुर उपमहानगरपालिकाले चैत ३ गतेदेखि सञ्चालन गरेको कक्षा ८ को नगरस्तरीय परीक्षा चैत ९ गते सम्पन्न भएको थियो। कक्षा आठको परीक्षाको ननिजा सुधारात्मक रहेको तुल्सीपुर उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख चक्रबहादुर भण्डारीले बताए। शैक्षिक गुणस्तर सुधारमा स्थानीय सरकारले विभिन्न पहल कदमी गरेको बताए ।
भण्डारीले गत वर्षको भन्दा यस वर्ष नतिजा सुधारोन्मुख रहेको बताए । उनले गत बर्ष १७ प्रतिशत उतीर्ण प्रतिशत रहेको नतिजा यस बर्ष ३३ प्रतिशत पुगेको बताए । यो अबस्थाले पनि सुधार भएको देखिन्छ उनले भने ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ ७ चैत । त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको नतिजा धमाधम आउन थालेको छ। नजिताअनुसार प्रमुख दल निकट संगठनको अवस्था करिब–करिब उस्तै देखिएको छ। कांग्रेस निकट नेविसंघ पहिलो, एमाले निकट अनेरास्ववियु दोस्रो स्थानमा छ।
अहिलेसम्म आएको तथ्यांक अनुसार कांग्रेस निकट नेविसंघले १०९ क्याम्पसको नेतृत्व जितेको छ। एमाले निकट अनेरास्ववियुले ९१ क्याम्पसमा जितेको छ। माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले ८१ क्याम्पसमा जित हासिल गरेको बताएको छ। नेविसंघले काठमाडौंका ४ वटा आंगिकसहित १०९ आंगिक र सामुदायिक क्याम्पसमा जितेको नेविसंघका प्रवक्ता सुरज सेजुवालले जानकारी दिए। राजधानीका थापाथली इन्जिनियरिङ क्याम्पस, आयुर्वेद क्याम्पस, महाराजगञ्ज चिकित्सा क्याम्पस र नर्सिङ क्याम्पसमा नेविसंघले जित हासिल गरेको छ। त्यसै गरेर दाङ को महेन्द्र बहुमुखी क्याम्पस, राप्ती बबई क्याम्पस नेविसंघले जितेको छ ।
अनेरास्ववियुले ११ वटा आंगिक क्याम्पससहित ९१ क्याम्पस जितेको प्रवक्ता प्रकाश पौडेलले जानकारी दिए । जसमा काठमाडौंका तीनवटा आंगिक क्याम्पसमा अनेस्ववियुको नेतृत्व लिएको छ। काठमाडौंका महेन्द्र रत्न क्याम्पस ताहचल, ललित कला क्याम्पस र नेपाल कमर्स क्याम्पसमा अखिलको नेतृत्वले जितेको छ। यस्तै, महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज, धनकुटा बहुमुखी क्याम्पस, वन विज्ञान अध्ययन संस्थान पोखरा, धौलागिरी बहुमुखी क्याम्पस बागलुङ, पोखरा नरसिङ क्याम्पस, महेन्द्ररत्न क्याम्पस र नेपालगन्ज नर्सिङ क्याम्पस पनि अनेरास्ववियुले जितेको प्रवक्ता पौडेलले जानकारी दिए।

अखिल क्रान्तिकारीका अध्यक्ष विजयप्रकाश सापकोटाका अनुसार काठमाडौंका दुईसहित ७ वटा आंगिक क्याम्पसमा क्रान्तिकारीले जित हात पारेको छ। जनप्रशासन क्याम्पस र सानोठिमी बहुमुखी क्याम्पस गरी दुईवटा आंगिक क्याम्पसमा अखिल क्रान्तिकारीले जितेको छ। यस्तै, भोजपुर बहुमुखी क्याम्पस, विराटनगर डिग्री कलेज, नर्सिङ क्याम्पस विराटनगर, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा, चितवन इन्जिनियरिङ क्याम्पसमा पनि अखिल क्रान्तिकारीको नेतृत्व आएको छ। पुल्चोक इन्जिनिरिङ क्याम्पसमा भने स्वतन्त्र उमेदवार स्वयम श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन्। यस्तै, इन्जिनियरिङ अध्ययन संस्थान (पश्चिमाञ्चल क्याम्पस) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा स्वतन्त्र उम्मेदवार प्रकाश धामी विजय भएका छन्। अन्नपूर्ण पोस्टबाट
२२ सय व्यक्ति फरार सूचिमा
दाङ ७ चैत । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसइई सञ्चालन छ ।
परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन हुनेछ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षामा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुने पनि बोर्डले जनाएको छ।
२०८० को एसइई परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । यस वर्षको परीक्षामा विद्यार्थीको सङ्ख्या ४९ हजार २८६ जना बढेको हो ।
परीक्षामा १५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एकजना सहायक केन्द्राध्यक्ष र २० जना विद्यार्थी बराबर एकजना निरीक्षक खटाउने प्रबन्ध गरिएको छ । परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिएको कार्यालयले जनाएको छ। एसइई चैत १९ गतेसम्म सञ्चालन हुनेछ। परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ २ चैत । तुल्सीपुर ९ बेलुवामा रहेको सगरमाथा स्कुलले अभिभावक शिक्षा कार्यक्रम गरेको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यमकान्त खरेलको सभापतित्वमा तथा प्रमुख प्रशिक्षक प्रतीक्षा गौतम को प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
गौतमले बालबालिकाको पहिलो पाठशाला घर र पहिलो गुरु अभिभावक भएको भन्दै अभिभावक चनाखो हुनु पर्ने बताइन । बालबालिकाहरूलाई कुनै पनि नियममा राख्दाखेरि त्यो आफूबाटै लागू गर्नुपर्ने भनाइ थियो। पछिल्लो अवस्थामा अभिभावकहरूले भनेको बच्चाहरूले नमान्ने, नटेर्ने, अटेरी गर्ने र बालबालिकाहरु बिग्रिदै गएका गुनासाहरु विद्यालयमा आइरहँदा अभिभावक शिक्षा आजको आवश्यकता भएको महसुस गरी यस्तो खालको कार्यक्रमको आयोजना गरेको विद्यालयका प्रिन्सिपल छवि कुमार वलीले बताए । वलीले अभिभावकले आज सिकेका कुराहरू व्यवहारमा लागू गर्न सके मात्र छोराछोरीको भबिष्य सोचेको जस्तो हुने कुरामा विश्वस्त गरे । कतिपय कुराहरू सही हो भनेर गर्दागर्दै गलत गरिराखेका रहेछौं आजको अभिभावक शिक्षा कार्यक्रमले हाम्रो आँखा खोलिदिएको छ। हामी हर्षित छौं अभिभावक सीताचन्द डांगीले भने ।
कार्यक्रममा विद्यार्थीहरूले आफ्नो नृत्य प्रस्तुत गरेका थिए भने विद्यालयका भाइस प्रिन्सिपल केशर बुढाथोकीले बुवाआमा शीर्षकको कविता वाचन गरेका थिए । विद्यालयका एकाडेमिक हेड तिलक डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका कार्यक्रम प्रमुख शरद शर्मा मजगैयाले गरेक थिए ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, २९ फागुन । दाङको घोराही-१४ मा रहेको शुभप्रभात माध्यमिक विद्यालयका प्रधानाध्यापक रुद्र बुढामाथी भएको आक्रमणको नेपाल शिक्षक महासंघ, जिल्ला कार्यसमिति दाङ सहित दाङमा क्रीयासिल शिक्षकका संघ संगठनद्वारा विरोध गरेका छन ।
आज एक संयुक्त विज्ञप्ति जारी गर्दै विद्यालय व्यवस्थापन समितिको गठन प्रक्रियामा भएको सांघातिक आक्रमणको कडा विरोध गरिएको छ। विज्ञप्तिमा घोराही उपमहानगरपालिका वडा नं १४ अन्तर्गत विद्यालय व्यवस्थापन समिति गठनका लागि बोलाइएको अभिभावक भेलामा गणपूरक संख्या नपुगी निर्णय प्रक्रिया अघि बढाउन खोजिएको थियो। सोही क्रममा स्थानीय अभिभावक समूहले आपत्ति जनाउँदै विरोध गरेका थिए। यसै क्रममा वडाध्यक्ष भानसिङ बुढाको नेतृत्वमा केही समूहले बलपूर्वक निर्णय गर्न दवाब दिँदै विद्यालयका प्रधानाध्यापक रुद्र बुढालाई कुटपिट गरेका छन्।
नेपाल शिक्षक महासंघले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिसकेको अवस्थामा भएको यस्तो हिंसात्मक घटना दुःखद रहेको जनाएको छ। महासंघले शिक्षालयहरूलाई राजनीतिक हस्तक्षेप मुक्त बनाउन तथा शिक्षक तथा विद्यालय कर्मचारीलाई निर्भय वातावरणमा काम गर्न दिन सबै पक्षलाई आग्रह गरेको छ।

महासंघले दोषीलाई कानूनी कारबाहीको माग गर्दै शान्ति सुरक्षाका लागि सरकारको ध्यानाकर्षण गराएको छ। साथै, शिक्षक तथा कर्मचारीहरूले सहज वातावरणमा काम गर्न पाउने सुनिश्चितता गर्न सम्बन्धित निकायलाई अपिल गरेको छ।
बिज्यप्तिमा नेपाल शिक्षक महासंघ, दाङका अध्यक्ष युवराज बस्नेत, नेपाल शिक्षक संघ, दाङका अध्यक्ष प्रकाश डागी , एकीकृत अखिल नेपाल शिक्षक संगठन, दाङ अध्यक्ष झक्कुप्रसाद केसि, अखिल नेपाल शिक्षक संगठन, दाङका अध्यक्ष धनिराम घर्ती मगर, अखिल नेपाल शिक्षक संघका रुमालप्रसाद बसेल,प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन, दाङका अध्यक्ष शुशिला पौडेल,नेपाल शिक्षक फोरम, दाङ जयराम यादव, विद्यालय कर्मचारी परिषद्, दाङका अध्यक्ष तप्तप्रसाद शर्माले हस्ताक्षर गरिएको संयुक्त बिज्ञानप्प्तिमा शिक्षक महासंघले भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी कदम चाल्न समेत सम्बन्धित निकायलाई आग्रह गरेको गरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ २८ फागुन । विद्यालय व्यवस्थापन समिति गठनको विषयलाई लिएर विवाद हुँदा दाङमा एक विद्यालयका प्रधानाध्यापक कुटिएका छन्।
दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १४ का वडाध्यक्षले सोही वडामा रहेको शुभ प्रभात माविका प्रधानाध्यापक रुद्र बुढालाई कुटेका हुन् । एमाले वडाध्यक्षद्वारा विद्यालय प्रधानाध्यापक माथि कुटपिटभए पछि राजनीतिक तरङ आएको छ । मावि शुभ प्रभातको विद्यालय व्यवस्थापन समितिको बैठकमा विब्यस गठनमा विवाद उत्पन्न भएपछि विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट भएको बताइएको छ ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयनका लागि तेस्रो पटक बोलाइएको भेलामा एमालेबाट निर्वाचित वडा अध्यक्ष भानसिङ बुढाले आफ्नै पार्टीका व्यक्ति अध्यक्ष बनाइनु पार्ने भन्दै आएका थिए । अभिभावकहरूको बहुमत उपस्थिति नपुगेपछि वडा अध्यक्ष बुढाले आफ्नो पक्षका व्यक्तिहरूलाई फर्जी हस्ताक्षर गर्न लगाएर बहुमत देखाउने प्रयास गरेका आरोक लगाउदै प्रधानाध्यापकले सो कार्य अस्वीकार गरेपछि वडा अध्यक्षले उनलाई हातपात गरेको अभिभावकहरुले बताए । त्यसपछि वडा अध्यक्षसँगै आएका व्यक्तिहरूले आफुलाई कुटपिट गरेको प्रधानाध्यापक बुढाले बताए ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस