एनप्याब्सनको बृहत खेल प्रतियोगितामा ज्ञानज्योति च्याम्पियन

   पुष १२, २०८१       admin

लक्ष्मण बस्नेत ,१२ पुस। एनप्याब्सन दाङले आयोजना गरेको बृहत खेल प्रतियोगिता २०८१ मा तुलसीपुरमा रहेको ज्ञानज्योति मावि च्याम्पियन बनेको छ। दाङ जिल्ला अन्तरविद्यालय स्तरीय बृहत खेल प्रतियोगितामा उत्कृष्ट प्रदर्शनी गर्दै ज्ञानज्योति च्याम्पियन बनेको हो।

एनप्याब्सन दाङको आयोजनामा बेल्झुन्डी रंगशालामा संचालित प्रतियोगितामा ८ स्वर्ण,३ रजत र १ कास्य पदक हात पार्दै ज्ञान ज्योती माबी तुलसिपुर च्याम्पियन बनेको हो ।

त्यस्तै ५ स्वर्ण,४ रजत र ५ कास्य पदकका साथ दोस्रो हुदा जनप्रीय बोर्डिङ स्कुल बालापुर ५ स्वर्ण,४ रजत र ४ कास्य पदकका साथ तृतिय भएको छ ।

त्यस्तै अमृत बाल एकेडेमीले ३ स्वर्ण,१ रजत र १ कास्य पदक हात पार्दै चौथो स्थान हात पार्दा श्रीगाउ लाईभ भिजन सिम्ठाना २ स्वर्ण र ५ रजतक पदक हात पारेर पाचौ स्थानमा प्राप्त गर्न सफल भएको प्रतियोगिताका संयोजक बालकृष्ण खत्रीले जानकारी दिए ।

तीन दिन सम्म संचालित प्रतियोगितामा एथलेटिक्स तर्फका १३ ईभेन्टस् ,भलिबल छात्र/ छात्रा तर्फ कडा प्रतिस्पर्धा भएको थियो ।प्रतियोगितामा एन प्याब्सनमा आबद्ध २७ विद्यालयको सहभागिता रहेको थियो ।

यसैबिच प्रतियोगिताको समापन समारोह एन प्याब्सन दाङका अध्यक्ष भोजराज न्यौपानेको अध्यक्षता तथा केन्द्रीय उपाध्यक्ष सुबोध कुमार डागिको प्रमुख आतिथ्य एवं दाङ जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख राकेश परियार र एन प्याब्सनका केन्द्रीय सदस्री प्रकाश कुमार शर्माको विशिष्ट आतिथ्यमा भएको थियो ।कार्यक्रमको संचालन एन प्याब्सनका जिल्ला सचिब शालिकराम कार्कीले गरेका थिए ।

सो अवसरमा बिजेता विद्यालय,खेलाडी तथा उद्घाटन समारोहमा भएको मार्चपास र नृत्यमा प्रथम स्थान हासिल गर्ने डिभाईन टेम्पल एकेडेमी लगाएतका बिधालय लाई ट्रफि मेडल, पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

शिक्षक संघ दाङको प्रतिनिधि सभा हुने

   पुष १०, २०८१       admin

हेमराज शर्मा, १० पुस। नेपाल शिक्षक संघ दाङको जिल्लाको प्रतिनिधि सभा हुने भएको छ। संघले आगामी माघ २६ गते उक्त शभा सम्पन्न गर्ने निर्णय गरेको छ। संघको आज घोराहीमा सम्पन्न पूर्ण बैठकले आगामी माघमा सभा सम्पन्न गर्ने निर्णय गरेको हो।

नेपाल शिक्षक संघ दाङका अध्यक्ष प्रकाश डाँगीको अध्यक्षतामा सम्पन्न भएको बैठकले सबै पालिकाहरुकाे स्थानीय प्रतिनिधि सभा यहि पौष २७ गतेभित्र सम्पन्न गर्ने निर्णय गरेको संघका सदस्य बालचन्द्र शर्माले जानकारी दिए ।

बैठकले शिक्षक महासंघ  गठन हुन बाँकी पालिकाहरुमा गठनका लागि निर्णायक भूमिका निर्वाह गर्ने,सदस्यता नविकरण हुन बाँकी भएमा त्यसलाई तिव्रता दिने,नेपाल शिक्षक संघ महिला विभाग दाङको आयोजनामा आउँदो माघ १९ गते पेशागत क्षमता तथा नेतृत्व सीप विकास कार्यक्रम गर्ने,संघको विभागहरुलाई चलायमान बनाउनका लागि कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ ।

बैठकमा बोल्ने बक्ताहरुले शिक्षक नेताहरुले सामुदायीक विद्यालयहरुमा पठनपाठनकाे अवस्थालाई अझ प्रभाकारी बनाउनुपर्ने भन्दै नेपाल शिक्षक संघले त्यसर्फ ध्यान दिई आफू कार्यरत रहेको विद्यालयमा प्रभावकारी शिक्षण गरी नतिजाउन्मुख हुनुपर्ने कुरामा जाेड दिएका छन ।

बैठकमा नेपाल शिक्षक संघका संघिय पूर्व उपाध्यक्ष एवं सल्लाहकार अमरबहादुर खड्का, नेपाल शिक्षक संघ लुम्बिनि प्रदेशका उपाध्यक्ष रमेश कुमार पाण्डेय, नेपाल शिक्षक महासंघ दाङका अध्यक्ष एवं सल्लाहकार युबराज बस्नेत,सल्लाहकारहरु जितबहादुर जि.सी. , बसन्तराज घिमिरे, लुम्बिनि प्रदेश सदस्य ढकबहादुर वली, निवर्तमान उपाध्यक्ष याेगराज खत्री लगाएतका सबै पालीका अध्यक्षज्यूहरुले आफ्नाे पालीकामा भएका प्रगति प्रतिवेदन पेश गरेका थिए ।

कार्यक्रममा संघका जिल्ल सचिव (अर्थ) निशान्त आचार्यले हालसम्मकाे आर्थिक प्रगति प्रतिवेदन पेश गरेका थिए । बैठककाे सहजिकरण नेपाल शिक्षक संघ दाङका सचिब सूर्यबहादुर बस्नेतले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्याब्सन दाङको पद हस्तान्तरण कार्यक्रम

   पुष ०, २०८१       admin

दाङ,९ पुस । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङ शाखाको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। १६ औं अधिवेशनबाट गठित नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरिएको हो ।

प्याब्सन दाङका अध्यक्ष मधुसुदन केसीको अध्यक्षता तथा प्याब्सन केन्द्रीयय कार्यसमितिका सचिव यादव गिरीको प्रमुख आतिथ्यमा पद हस्तानतरण कार्यक्रम सम्पन्न भएको होे । कार्यक्रममा प्याब्सन केन्द्रीय कार्यसमितिका निवर्तमान सदस्य केशव थापा, पूर्व केन्द्रीय सदस्य विनयकुमार मिश्र, निर्वाचन समितिका सदस्य महेन्द्र अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

अध्यक्ष केसीले नवनिर्वाचित अध्यक्ष निर्मल न्यौपाने र सचिव आदिम केसीलाई मान्युट हस्तान्तरण गरेका थिए । पद हस्तान्तरणपछि निवर्तमान अध्यक्ष केसीले मन्तव्य राख्दै प्याब्सनलाई सुदृढीकरण गर्दै लैजानुपर्नेमा जोड दिएका थिए ।

नव निर्वाचित अध्यक्ष न्यौपाले पइाब्सनले गर्दै आएका र गर्नुपर्ने कामका बारेमा चर्चा गरेका थिए । कार्यक्रमको सहजीकरण निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत तथा अधिवक्ता डा. सुदीप गौतमले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

विद्यार्थीहरूद्वारा परियोजना कार्य सम्पन्न: स्वास्थ्य चौकी र वडा कार्यालयको अवलोकन

   पुष ०८, २०८१       admin

दाङ,८ पुस। नमुना इङ्लिस बोर्डिङ स्कुलका कक्षा ८ का विद्यार्थीहरूले स्थानीय पाठ्यक्रम हाम्रो तुलसीपुर अन्तर्गत परियोजना कार्य सम्पन्न गरेका छन्। शिक्षक कृष्ण अधिकारीको नेतृत्वमा विद्यार्थीहरूले तुलसीपुर उपमहानगरपालिका वडा नं. १० स्थित स्वास्थ्य चौकी र वडा कार्यालयको अवलोकन गरेका थिए।

अवलोकनका क्रममा विद्यार्थीहरूले स्वास्थ्यसम्बन्धी तथ्याङ्क संकलन गर्नुका साथै वडाबाट जनतामा प्रवाहित हुने सेवा सुविधाबारे विभिन्न जिज्ञासाहरू प्रस्तुत गरेका थिए। विद्यार्थीहरूको प्रश्नको जवाफ स्वास्थ्यकर्मी विना के.सी., वडा अध्यक्ष ज्ञानबहादुर खड्का, र वडा सचिव चन्द्रकुमार डाँगीले दिएका थिए।

कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक चेतन रावतले गरेका थिए। कार्यक्रमको क्रममा विद्यार्थीहरूले स्थानीय परिकार ढिक्रीसहित अन्य परिकारहरू पनि तयार गरेका थिए।

विद्यार्थीहरूलाई स्थानीय प्रशासन र स्वास्थ्य सेवासम्बन्धी जानकारी दिने उद्देश्यले आयोजित उक्त कार्यक्रमले उनीहरूलाई प्रयोगात्मक शिक्षाको अनुभव प्रदान गरेको विद्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कारसहित सम्मान

   पुष ०७, २०८१       admin

दाङ,८ पुस । दाङको घोराही स्थित ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयले विद्यार्थीहरूलाई पुरस्कृत र सम्मान गरेको छ। गत साता घोराही नगर प्याब्सनको आयोजनामा नवलपुरमा भएको नगर प्याब्सन रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थीलाई नगद पुरस्कार सहित सम्मान गरेको हो ।

घोराही नगर प्याब्सनको आयोजनमा घोराहीको नवलपुरमा भएको प्रतियोति तर्फ ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय घोराही छात्रा तर्फ कवड्डीमा द्धितिय, छात्रा तर्फ २०० मिटर दौडमा द्धितिय र छात्रा तर्फ नै ६० मिटरको दौडमा तृतीय भएको थियो ।

आज विद्यालयले एक कार्यक्रमको आयोजना गरी छात्रा कवड्डीमा द्धितिय हुने छात्राहरु थमा घर्तिमगर, नेहा घर्ति, सृष्टि रिजाल, साक्षी खत्री, बिशाका केसी, कृतिका चौधरी, मिलन पोख्रेल, प्रसंसा पौडेल, सलिना ज्ञवाली र एन्जिला डाँगी र छात्रा तर्फ २०० मिटर दौडमा द्धितिय हुने मिलन पोख्रेललाई नगद ३ हजार ५ रुपैया, प्रसंसा पत्र, मेडेल, डायरी र खादा ओढाएर सम्मान गरिएको थियो ।

त्यसैगरी छात्रा तर्फ ६० मिटरको दौडमा तृतीय हुने रितु चौधरीलाई नगद २ हजार ५ रुपैया प्रसंसा पत्र, मेडेल, डायरी र खादा ओढाएर सम्मान गरिएको थियो ।

ज्योतिपुञ्ज एजुकेशन ग्रुपद्धारा सञ्चालित ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय घोराही र ज्योतिपुञ्ज मोडेल इङलिश स्कुल रामपुरबाट राष्ट्रपति रनिङ शिल्ड तथा नगर प्याब्सन तथा जिल्ला प्याब्सन स्तरीय खेलकुद र साहित्यिक विधाका सवै प्रतियोजितामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको घोषणा गरेको छ ।

प्रतियोगितमा प्रथम हुने विद्यार्थीलाई प्रति विद्यार्थी ५ हजार ५ रुपैया, द्धितिय हुने विद्यार्थीलाई ३ हजार ५ रुपैया र तृतीय हुने विद्यार्थीलाई २ हजार ५ रुपैया नगद पुरस्कार, सहित सम्मान गर्ने निर्णय गरिएको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय घोराहीका प्रिन्सिपल बुद्धिराज अधिकारीले जानकारी दिए ।

अतिरिक्त कृयाकलापमा सहभागि हुने विद्यार्थीहरुको मनोवल बढाउनका लागि समूहगत वा ब्यक्तिगत दुवैमा सहभागि हुने विद्यार्थीहरुलाई प्रति विद्यार्थीका हिसावले नगदै पुरस्कार दिन शुरु गरिएको प्रिन्सिपल अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

हिउँमा बसेर पढ्दै विद्यार्थी

   मङि्सर २७, २०८१       admin

सिमकोट, २७ मंसिर।हुम्लाको सिमकोट गाउँपालिका(७ स्थित डाँडाफया गाउँको कैलाश माध्यमिक विद्यालयका विद्यार्थीहरू हिउँमै बसेर अध्ययन गरिरहेका छन्। हिउँले जाडो थपेकाले विद्यार्थीहरू कक्षाकोठा बाहिर घाम ताप्दै हिउँ जमेको चौरमा पठनपाठन गरिरहेका छन्।

विद्यालयका शिक्षक यज्ञबहादुर शाहीका अनुसार, हिमपात भएपछि कक्षाकोठामा अत्यधिक जाडो भएको कारण, विद्यालयले बाहिर हिउँ जमेको चौरमा पठनपाठन गर्नुपरेको छ। “मंसिर महिनाको अन्तिममा जाडो बढिरहेको र हिमपातका कारण चिसो निकै बढेको हुँदा चौरमा राखेर पढाउनुको विकल्प छैन,” शिक्षक शाहीले बताए।

यस विद्यालयले बाल विकासदेखि कक्षा दशसम्मका झण्डै ३०० विद्यार्थीलाई चौरमा राखेर पढाइरहेको छ। हुम्ला जिल्लाका सबै विद्यालयहरूले यो शैक्षिक सत्रको अन्तिममा पढाइ सञ्चालन गर्दैछन्। पुस महिनाको पहिलो साताबाट वार्षिक परीक्षा सञ्चालन हुने योजना रहेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

हिमालमा “मुन” अभ्यास: विद्यार्थीमा कुटनिती र नेतृत्व विकास

   मङि्सर २७, २०८१       admin

दाङ,२७ मंसिर। दाङको तुलसीपुरमा रहेको हिमाल एकाडेमीमा तीन दिनसम्म संयुक्त राष्ट्रसंघको नमुना अभ्यास सञ्चालन भयो। जहाँ संयुक्त राष्ट्र संघसँग आबद्ध विश्वका थुप्रै देशहरूको प्रतिनिधित्व रह्यो।
विद्यार्थीहरूले फरक फरक मुलुकको प्रतिनिधित्व गरी कुटनीतिकको भूमिकामा उपस्थिति जनाए।

तीन दिनसम्म सञ्चालन भएको उक्त संयुक्त संघको नमुना संसद अभ्यासमा उनीहरूले मुलुकको राजनैतिक आर्थिक सामाजिक र सांस्कृतिक विषयलाई उठान मात्र गरेनन्। उनीहरुले मुलुकको शान्ति सुरक्षा र मानव अधिकारको विषयमा वकालत र बहस समेत गरे। तीन दिने उक्त अभ्यासले आफूहरूलाई विश्वसामु प्रत्यक्ष घुलमिल गराएको विद्यार्थीहरू बताउँछन्।

हिमालयकाडेमी कक्षा १० मा अध्ययनरत एलन ओलीले पाठ्यक्रममा रहेका विषयमा अध्ययन गरिएको भन्दा तीन दिने बसाई निकै अर्थपूर्ण र सार्थक रहेको बताए। तीन दिनको बसाइले विद्यार्थीहरूलाई आगामी तीन वर्षको सिकाई हासिल गराएको उनले जानकारी दिए।

यस अभ्यासमा रुस र युक्रेनको युद्ध समाधानका लागि आफुले विभिन्न पुस्तकालय,वेबसाईटका माध्यमबाट युद्धको कारण र यसको समाधाका बारेका सिक्ने,बुझ्ने र वकालत गर्ने अवसर प्राप्त गरेको बताए।

युएन वुमनको प्रतिनिधित्व गरेकी अर्पिता गुप्ताले यस अभ्यासमा बोल्ने क्षमताको विकास भएको बताइन्। कुनै विषयमा रहेर कसरी बहस गर्ने कुन कुन मुद्दालाई कसरी उठान गर्ने र ती मुद्दालाई कहाँ कुन निकाय समक्ष पेश गर्ने भन्ने विषयमा जानकारी प्राप्त भएको उनको भनाइ थियो।

राप्ती इन्जिनियरिङ कलेज घोराहीमा अध्ययनरत सुमन रोकाले मानव अधिकारको विषय कस्तो खालको हो? मानव अधिकारको विषयलाई संयुक्त राष्ट्रसङ्घले कसरी सम्बोधन गर्छ? संयुक्त राष्ट्रसङ्घ भनेको के हो? मानव अधिकारको विषयलाई कसरी उठान गर्ने ? भन्नेबारे आफूले सिक्ने अवसर प्राप्त गरेको बताए।

उनले मुलुकको कूटनैतिक, रणनीतिक र सञ्चारसम्बन्ध अन्य मुलुकहरूको बीचमा कसरी स्थापित गर्ने भन्ने विषयमा ज्ञान प्राप्त गरेको भन्दै खुसी व्यक्त गरे।
तीन दिनसम्म सञ्चालन भएको उक्त अभ्यासमा सहभागी विद्यार्थीहरूले यूएन भनेको के हो? विश्वमा यूएनको महत्त्व र यूएनमा मुलुकहरूले आफ्ना विषयलाई कसरी उठान गर्न सक्छन्? भन्ने विषयमा जानकारी मिलेको बताएका थिए।

मुलुक कूटनीतिक सम्बन्ध कसरी स्थापित गर्ने भन्ने विषयमा समेत सिक्ने अवसर प्राप्त गरेको उनीहरूको भनाइ थियो यस्ता खाले कार्यक्रमहरू हरेक विद्यालयमा सञ्चालन हुनुपर्ने बताए। मुलुकले राजनीतिज्ञ मात्र होइन कुटनीतिज्ञ पनि उत्पादन गर्न यस्ता खाले कार्यक्रमहरु सहयोगी हुने उनीहरुले बताएका थिए।

हिमाल एकाडेमी तुलसीपुरको आयोजनामा भएको कार्यक्रममा ४८ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।
तीन दिनसम्म सञ्चालन भएको उक्त संयुक्त राष्ट्रसङ्घको नमुना संसदीय अभ्यासको बुधबार एक कार्यक्रमका बीच समापन गरिएको छ।

मूल आयोजक समितिकी महासचिव प्रशंसा केसीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान नगर प्रमुख घनश्याम पाण्डेको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रम समापनका अवसरमा प्रमुख अतिथि पाण्डेले यस अभ्यासले कूटनीतिज्ञ निर्माण गर्ने बलियो जग बनाएको भन्दै प्रशंसा समेत व्यक्त गरेका थिए। बालबालिकाहरूको शारीरिक मानसिक विकाससँगै मुलुकको परिवेश बुझ्न सक्ने क्षमताको विकास यस्ताखाले कार्यक्रमले गर्ने उनको भनाइ थियो।

लुम्बिनी प्रदेशमै पहिलोपटक यस अभ्यासको आयोजना विद्यालयले गरेको प्रती प्रशंसा व्यक्त गरे। यसको सिको अन्य विद्यालयले पनि गर्नुपर्ने र यस खाले सिकाइहरूले बालबालिकाको बौद्धिक विकासमा ठूलो सहयोग पुग्ने उनको भनाइ थियो।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका शिक्षा युवा तथा खेलकुद महाशाखाका अधिकृत मनबहादुर खड्काले शिक्षाको राष्ट्रिय उद्देश्य पूरा गर्ने जग बसेको बताएका छन्। अहिले जुन परिकल्पना गरिएको छ उसले देश बन्ने भन्दै गौरवलायक कार्यक्रम विद्यालयले सञ्चालन गरेको उनले बताए।

राज्यले गरेको लगानीलाई सुरक्षित गर्दै राज्यको सेवा गर्ने नेतृत्व यही कार्यक्रमबाट जन्मने भन्दै कार्यक्रमको प्रशंसा गरेका थिए।

कार्यक्रममा भाइस चेयर पर्सन विवस अधिकारीले विद्यालयमा राजनीतिज्ञ मात्र नभई कूटनीतिज्ञ निर्माण गर्नसक्ने जग बसेको बताएका छन्।

पश्चिम नेपालमै पहिलोपटक यस खाले कार्यक्रम यस विद्यालयले गरेको भन्दै उनले यसको सिको गर्दै अन्य विद्यालयले पनि यस्ता अभ्यास सञ्चालन गर्नुपर्ने बताएका थिए। कार्यक्रमको सहजीकरण तृष्णा परियारले गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बिविएस संकायतर्फ ज्ञानदिप कलेजकि पुष्पा प्रदेश उत्कृष्ट

   मङि्सर २१, २०८१       admin

दाङ,२१ मंसिर। दाङको तुलसीपुरमा रहेको ज्ञान दीप कलेजले पश्चिम नेपालकै उत्कृष्ट नतिजा ल्याउदै लुम्बिनी प्रदेश प्रथम भएको छ ।

त्रिभुवन विश्वविद्यालयले प्रकाशन गरेको बिबिएस चौथो बर्षकाे नतिजामा ज्ञान दीप कलेजकी छात्रा पुष्पा भण्डारी उत्कृट नतिजा सहित लुम्बिनी प्रदेश प्रथम भएकी छिन ।

बिबिएस चौथो बर्ष तर्फ ज्ञान दीप कलेजकी छात्रा पुष्पा भण्डारीले ८१ प्रतिशत अंक ल्याएर लुम्बिनी प्रदेश प्रथम गर्न सफल भएको कलेजका भाईस प्रिन्सिपल मनोज कुमार के.सी.ले जानकारी दिए ।

त्यस्तै भण्डारी सहित सोही संकायमा अध्ययनरत विद्यार्थीहरुले परीक्षामा उत्कृष्ट नतिजा ल्याएर उतिर्ण हुन सफल भएका छन ।

यस कलेजले वि.वि.ए., वि.ए.सी.सीएसआईटि, वि.सी.ए, विएस्सी, वि.वि.एस. र वि.ए संकायमा अध्यापन गराउदै आएको छ ।

ज्ञान दीप कलेज दाङ जिल्लाकै उच्च ब्यबस्थापनका साथ सञ्चालन भैरहेको कलेजको रुपमा परिचित छ । विद्यालयले विभिन्न समय र संकायमा उत्कृष्ट नतिजा ल्याउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

ज्ञान ज्योति लिटिल स्टार च्याम्पियनसिप आजबाट सुरु

   मङि्सर २०, २०८१       admin

दाङ,२० मंसिर । दाङको बेलझुण्डी रङ्गशालामा बिहिबारबाट लिटिल स्टार च्याम्पियनसिप सिजन -२ सुरु भएको छ। ज्ञान ज्योति फाउन्डेसनको आयोजनामा ज्ञान ज्योति फाउन्डेसन अन्तर्गत रहेका नौ वटा विद्यालयहरूको सहभागितामा उक्त च्याम्पियनसिप सुरु भएको हो।

बिहिबार ज्ञान ज्योति फाउन्डेसनका अध्यक्ष टिका बहादुर जिसीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखा अधिकृत मनबहादुर खड्काको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम उद्घाटन गरिएको हो। कार्यक्रममा ज्ञानज्योति एजुकेसन फाउन्डेसनका सीइओ सुरेन्द्र जिसी र संस्कार पाठशाला दाङका म्यानेजिङ डाइरेक्टर दिप बस्नेतको विशेष आतिथ्यता रहेको थियो।

फाउन्डेसन अन्तर्गत रहेका नौ वटा विद्यालयमा अध्ययन गर्ने कक्षा युकेजीका ६६८ छात्र छात्राहरुले प्रतियोगितामा सहभागी जनाउने छन् ।

विद्यार्थीहरूलाई किताबी ज्ञान मात्र नभई शारीरिक मानसिक र नैतिक विकासका लागि प्रतियोगिता गरिएको कार्यक्रम संयोजक राकेश डाँगीले जानकारी दिए ।

कार्यक्रममा जुम्बा, योग, सूर्य नमस्कार, नृत्य, पि.टि, मार्च पास्टका साथै २४ वटा विविध खेलको आयोजना गरिनेछ । उद्घाटन कार्यक्रमको सञ्चालन सरिता खनाल र रितु जिसीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

हिमाल एकेडेमीले संयुक्त राष्ट्रसंघ सभाको नमुना अभ्यास गर्दै

   मङि्सर २०, २०८१       admin

दाङ,२० मंसिर । तुलसीपुरमा रहेको हिमाल एकेडेमीले संयुक्त राष्ट्रसंघीय संसद अभ्यास गर्ने भएको छ । दाङ जिल्लामा रहेका सामुदायिक र संस्थागत विद्यालयहरुको सहभागिता हुने गरी कार्यक्रम गर्न लागिएको छ ।

हिमाल एकेडेमी कक्षा ११ र १२ मा अध्ययनरत विज्ञान र कानुुन संकायका विद्यार्थीहरुको आयोजनामा मोडल युनाईटेड नेशन (मुन) कार्यक्रम हुुन लागेको हो । विश्वमा रहेका संयुक्त राष्ट्रसंघमा रहेका मुलुककोे प्रतिनिधित्व गर्नेगरी नमुना संयुक्त राष्ट्रसंघको अभ्यास गर्ने लागेको विद्यालयले जनाएको छ ।

बिहिबार पत्रकार सम्मेलन गर्दै विद्यालयका प्रधानाध्यापक मधुसुदन केसीले कार्यक्रमको बारेमा जानकारी दिएका हुन् ।
मुल आयोजक समितिका महासचिव प्रशंसा केसीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्रधानाध्यापक कसीले जिल्लामा यसखाले अभ्यास पहिलो र नयाँ भएको बताए ।

अन्र्तराष्ट्रिय स्तरमा मुलुकको शान्ती सुरक्षा मानव अधिकार, राज्यको पहुँचमा महिलाको अवस्थाका बारेमा जानकारी दिने उदेश्यले यस कार्यक्रमको आयोजना गरिएको उनले जानकारी दिए।

उनका अनुसार कार्यक्रम मंसिर २४,२५ र २६ गते तीनदिनसम्म सञ्चालन हुने छ । जसमा १ सय देखि १ सय २० जना विद्यार्थीहरुको सहभागीता रहने लक्ष्य राखिएको छ । देउखुरी लमही घोराही र तुलसीपुर क्षेत्रका विद्यालयका कक्षा १० देखि १२ सम्मका प्रति विद्यालय  देखि ५ जनासम्म सहभागी रहने पाउने छन् ।


कार्यक्रममा युएनसंग आवद्ध कर्मचारी एवं प्रतिनिधिहरुको प्रशिक्षकको रुपमा आउने प्रधानाध्यापक केसीले जानकारी दिए । विद्यार्थीहरुको क्षमता तथा नेतृत्व विकासका लागि कार्यक्रम महत्वपूर्ण रहने र यसले सबै देशको प्रतिनिधित्व गर्नेगरी कार्यक्रम तय गरिएको उनले जानकारी दिए ।


मुलुकको शान्ती सुरक्षा,एकअर्का प्रति मुलुकले हेर्ने दृष्टिकोण,मानव अधिकारको अवस्थाका बारेमा जानकारी गराइने मुल आयोजक समितिका महासचिव प्रशंसा केसीले जानकारी दिइन् ।
उनका अनुसार तीनदिनसम्म सञ्चालन हुने उक्त अभ्यासका लागि विभिन्न कमिटि निर्माण गठन गरिएको छ ।

मुलक आयोजक कमिटिकोे सेक्रेटरी नजरलमा प्रशंसा केसी, डिपुटी अफ सेक्रेटरी जनरलमा प्युस डाँगी, युएस अफ डेलिगेट अफेयरमा कृष्टिना परियार युएसजी अफ कम्युनीकेशनमा भरत रोकाय, लजिष्टिकमा सोबित बस्नते, फाइनान्समा साजन बस्याल र डाइरेक्टर जनरलको जिम्मेवरी सम्यकसिंह थापालाई दिइएको छ ।
कार्यक्रममा सहभागी हुनका लागि प्रतिविद्यार्थी १ हजार दर्ता शुल्क रहेकोछ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology