विद्यार्थीद्वारा निर्मित गाडीको सफल परीक्षण

   मङि्सर १८, २०८१       admin

दाङ १८ मंसिर । विद्यार्थीहरूले बनाएको गाडीको परीक्षण गरिएको छ। गुरुकुल एकेडेमी घोराहीका विद्यार्थिहरुले बनाएको ४ पांग्रे गाडिको सफल परीक्षण गरिएको हो । उक्त गाडिको घोराही देखि तुलसिपुरको करीव २३ किलोमिटर सडकमा भलाएर सफल परीक्षण गरीएको हो साथै परीक्षण पश्चात गुरुकुल एकेडेमी तुलसीपुरमा लगेर उक्त गाडीको बारेमा जानकारी समेत दिइएको तुलसीपुरका प्रधानाध्यापक मुकुन्द गिरीले बताए ।

विद्यार्थिहरुले गाडि कसरी ,कति लागतमा , कति दिनमा बनेको भन्ने बिषयमा जिज्ञासा राखेका थिए । जिज्ञासाको उत्तर दिदै उक्त गाडि निर्माण समुहका प्रमुख तथा गुरुकुल एकेडेमी घोराहीका ईसिए संयोजक विशालमा श्रेष्ठले १३ दिनमा निर्माण सम्पन्न भएको र करीव ५० हजारको लागतमा बनेको बताए ।

साथै १५० हर्स पावरको सिबिजेट मोटरसाइकलको इन्जिन प्रयोग गरीएको र त्यसमा आवश्यक पर्ने सम्पुर्ण विद्युतिय बस्तु पनि जडान गरीएको जानकारी दिए ।

४ जनाको सिट क्षमता भएको उक्त ४ पांग्रे सवारी साधनमा चालक र अन्य १ जना गरी २ जनाको मात्र सिट जडान गरीएको छ । गुरुकुल एकेडेमीले ब्यबहारीक मात्र नभई सैदान्तिक शिक्षा प्रदान गर्ने उद्धेश्यले बिभिन्न प्रयोगात्मक कार्यमा विद्यार्थिहरुलाई सहभागि गराउने गर्दछ । विद्यार्थिहरुले यो गाडि सहित , हवाईजहाज , विद्युतिय सामग्रि लगायतका अन्य नँया सामानहरुको आबिष्कार समेत गरेको थिए ।

गुरुकुलका विद्यार्थिहरुले बनाएको हवाइजहाज गत बर्ष टरीगाँउ विमानस्थल तुलसिपुरमा सफल उडान गरीएको थियो भने आज सफल परीक्षण गरीएको गाडि नेपालका बैज्ञानिक डा. महाबिर पुनले गरेका थिए। 

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

वैज्ञानिक उपकरण निर्माण गर्दै राजविद्याका विद्यार्थी

   कार्तिक १३, २०८१       admin


दाङ, १३ कार्तिक ।यतिबेला दाङको घोराहीस्थित राजविद्या पाठशालाका विद्यार्थीहरु पढाइसँगै विभिन्न वैज्ञानिक उपकरण निर्माणमा व्यस्त रहेका छन् । कक्षाकोठामा अध्ययन गरेका सैद्धान्तिक पक्षलाई प्रयोगात्मक रूपमा उतार्न उनीहरुलाई भ्याइनभ्याइ भएको छ । प्रयोगात्मक कक्षालाई अझ प्रभावकारी बनाउन विद्यार्थीहरू लागि परेका छन् ।

आज मङ्गलबार विहान विद्यालयले पत्रकार सम्मेलन गरी विद्यार्थीले पछिल्लो समयमा निर्माण गरेका वैज्ञानिक उपकरणका बारेमा जानकारी गराएको छ । पत्रकार सम्मेलनमा विद्यालयले विद्यार्थीहरुले पछिल्लो समयमा निर्माण गरेका हवाइजहाज, ड्रोन र पानी जहाजका विषयमा जानकारी गराएको छ ।

एक हप्तामा विद्यार्थीहरूले निर्माण गरेका हवाइजहाज, ड्रोन र पानी जहाजलाई प्रयोगात्मक रूपमा पनि परीक्षण समेत गरिएको छ । कक्षा ७, ८ र ९ मा अध्ययनरत विद्यार्थीहरुले परियोजना कार्य अन्तर्गत हवाइजहाज, ड्रोन र पानी जहाज निर्माण गरेको विद्यालयका प्रिन्सिपल टीकाजंग बिकेले जानकारी गराए । ‘हामीले सैद्धान्तिक पक्षलाई बढीभन्दा बढी प्रयोगात्मक कार्यसँग जोड्दै लैजाने गरेका छौँ । सैद्धान्तिक पक्षको अध्ययनलाई प्रयोगात्मक कक्षाले सिकाइमा सहज गराउँदछ ।

योसँगै बालबालिकाभित्र रहेका अन्तर्निहित क्षमतालाई विकास र विस्तार गर्न प्रयोगात्मक कक्षाले सहयोग पु¥याउँदछ । त्यसै अनुरुप पछिल्लो पटक परियोजना कार्य अन्तर्गत कक्षा ७, ८ र ९ मा अध्ययनरत विद्यार्थीहरुले हवाइजहाज, ड्रोन र पानी जहाज निर्माण गरेका छन् । छोटो अवधिभित्र विद्यार्थीले यस्ता उपकरण निर्माण गर्न सफल भएका छन् । आगामी दिनमा विद्यालयले यस्ता कार्यलाई निरन्तरता दिँद लैजाने योजना बनाएको छ ।’ प्रिन्सिपल बिकेले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशीले साना उमेरका बालबालिकाले उच्च तहको काम गरेकोमा खुशी व्यक्त गरे । उनले भने, ‘हेर्दा साधारण तर असाधारण कार्यमा विद्यार्थीहरु दक्ष हुँदै गएको पाएँ । पछिल्लो समयमा बालबालिका विज्ञान र प्रविधिका जानकार हुँदै आएका छन् अझ विद्यालयले बालबालिकालाई यस्ता कार्यमा लगाउनाले सिर्जनात्मक क्षमता बढ्दै जानेमा विश्वास लागेको छ । हामीले बालबालिकालाई रचनात्मक तथा सिर्जनात्मक काममा तल्लीन राख्न सकेमा बालबालिकाको चौतर्फी विकास हुन्छ । यसमा विद्यालय र अभिभावकको महत्वपूर्ण भूमिका रहन्छ ।’

कार्यक्रमका विशिष्ट अतिथि नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले पछिल्लो पुस्ताले विज्ञान र प्रविधिलाई प्रभावकारी रुपमा अनुशरण गर्दै जान थालेको बताए । पोख्रेलले भने, ‘ हामीले हवाइजहाज आकाशमा उड्छ भनेर पढ्यौँ तर अहिलेको पुस्ताले कसरी उड्छ मात्र होइन उड्न सक्ने हवाइजहाज निर्माण गर्न थालेका छन् ।

पछिल्लो पुस्ता अघिल्लो पुस्ताभन्दा अब्बल हुनुपर्छ र अघिल्लो पूसताले पछिल्लो पुस्तालाई अब्बल बनाउने कर्तव्य बहन गर्नुका साथै वातावरण सिर्जना गर्नुपर्छ । पछिल्लो पुस्तालाई कस्तो बनाउने भन्नेमा विद्यालयको अझ बढी जिम्मेवारी हुन्छ, आज विद्यार्थीहरुको यो सिप र क्षमतालाई हेर्दा यस विद्यालयले त्यस खालको वातावरण सिर्जना गरेको छ ।’ उनले थपे, ‘यी भाइबहिनीहरुमा यस्तो इच्छाशक्ति कहिले नमरोस् विद्यालयले सधै यसमा सकारात्मक भूमिका निर्वाह गरोस् । आगामी दिनमा अझ थप उपकरण निर्माण होऊन् ।’


हवाइजहाज, ड्रोन र पानी जहाज निर्माण गर्दाको अनुभव र कसरी निर्माण गरियो भन्ने बारेमा कक्षा ९ का छात्र बिप्सन जोशी, कक्षा ८ का छात्र अर्नव चौबे र कक्षा ८ की छात्रा सम्भावना वलीले जानकारी गराएका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आदिम केसीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण प्रिन्सिपल टीकाजंग बिकेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बर्ष उत्कृष्ट विद्यालय अवार्ड ज्ञानज्योतिलाई

   कार्तिक ०, २०८१       admin

दाङ ९ कार्तिक । तुलसीपुरमा रहेको ज्ञानज्योति मावि बर्ष उत्कृष्ट विद्यालय अवार्ड बाट सम्मानित भएको छ ।
हालै अस्ट्रेलियामा सम्पन्न नेपाल एजुकेसन अवार्ड अस्ट्रेलिया- २०२४ मा विद्यालयले हासिल गरेकाे उत्कृष्ट नतिजाको आधारमा ज्ञानज्योति माविलाई बर्ष उत्कृष्ट विद्यालय अवार्डबाट सम्मानित गरिएको हो ।

ज्ञानज्योति स्कुलका एकेडेमिक कोर्डिनेटर शरद गौतमले उक्त अवार्ड ग्रहण गरेका थिए । विद्यालय उत्कृष्ट नतिजाकै आधारमा देशमै उत्कृष्ट ७ औ स्थानमा पर्न सफल भएको थियो । अवार्ड कार्यक्रममा देशैभरिका विभिन्न विद्यालय प्रमुख तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

विद्यालयले पश्चिमी नेपालमै विभिन्न समयमा उत्कृष्ट पुरस्कार तथा अवार्डहरू र निरन्तर अब्बल नतिजा ल्याउनुकाे प्रमुख आधार बौद्धिक व्यक्तिहरुको कुशल नेतृत्व, सबल व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरुको साथ र अनुशासित, लगनशील एवं क्षमतावान विद्यार्थीहरुको मेहनत रहेको विद्यालयका प्रिन्सिपल सुरेन्द्र जिसीले बताए ।

दाङ जिल्लामै ज्ञान ज्योति एजुकेसन फाउन्डेसन अन्तर्गत १४ वटा विद्यालयहरु उच्च व्यवस्थापनका साथ सञ्चालन भई रहेका छन । सोही कार्यक्रममा ज्ञानदीप कलेजले नेपाल एजुकेसन अवार्ड २०२४ प्राप्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

ज्ञान दीप कलेज नेपाल एजुकेसन अवार्डबाट सम्मानित

   कार्तिक ०८, २०८१       admin

दाङ ८, कार्तिक । दाङको तुलसीपुरस्थित ज्ञानदीप कलेज नेपाल एजुकेसन अवार्ड २०२४ बाट सम्मानित भएको छ।

यही कार्तिक ७ गते अस्ट्रेलियामा सम्पन्न भएको उक्त अवार्डमा उत्कृष्ट नतिजा, भौतिक पूर्वाधार, अतिरिक्त क्रियाकलाप, शैक्षिक उपलब्धि, स्थापना वर्ष, कलेज ले विभिन्न समयमा ल्याउने गरेको उत्कृष्ट नतिजाको आधारमा ज्ञान दीप कलेजलाई एजुकेसन अवार्ड प्रदान गरिएको हो ।

ज्ञान दीप कलेजका भाइस प्रिन्सिपल मनोज केसी र एकेडेमिक कोर्डिनेटर शरद गौतमले उक्त अवार्ड ग्रहण ग्रहण गरेका थिए । कलेज उत्कृष्ट नतिजाकै आधारमा देशमै उत्कृष्ट ७ औ स्थानमा पर्न सफल भएको थियो । अवार्ड कार्यक्रममा देशैभरिका कलेजहरुकाे सहभागिता रहेको थियो ।

कलेजले विभिन्न समयमा उत्कृष्ट अवार्डहरू प्राप्त गर्दै आएको छ । पश्चिम नेपालमै उच्च व्यवस्थापनका साथ सञ्चालन भइरहेको कलेजले विभिन्न समय र संकायमा उत्कृष्ट नतिजा ल्याउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक

   कार्तिक ०४, २०८१       admin

काठमाण्डौ,४ कार्तिक । कक्षा १२ को ग्रेडवृद्धि ९पूरक० परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले गएको भदौ २५ र २६ गते लिएको पूरक परीक्षाको नतिजा प्रकाशन गरेको हो ।

प्रकाशित नतिजाअनुसार ७० दशमलव ६ प्रतिशत अर्थात् ८६ हजार दुई सय ४६ जना विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन् । एक लाख २२ हजार एक सय ७१ जना विद्यार्थीले ग्रेडवृद्धिका लागि परीक्षा दिएका थिए । तीमध्ये दुई जना विद्यार्थीको परीक्षा रद्द गरेको र तीन जनाको परीक्षाफल स्थगित गरेको बोर्डले जनाएको छ ।

प्रत्येक विषयको सैद्धान्तिक परीक्षामा कम्तीमा डी ग्रेड प्राप्त गरेका परीक्षार्थीले नतिजा प्रकाशन भएको मितिले सात दिनपछि ट्रान्सक्रिप्ट, माइग्रेसन, प्रोभिजनल र पूरक प्रमाणपत्रका लागि रसिद काट्न सक्ने बोर्डले जनाएको छ । पूरक परीक्षाको नतिजामा चित्त नबुझेर पुनर्योग गर्न चाहने परीक्षार्थीले १५ दिनभित्र आवेदन दिनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

शिक्षक महासंघ दाङमा पालिका संयोजक चयन

   असोज २२, २०८१       admin

दाङ,२२ असोज । नेपाल शिक्षक महासङ्घ दाङ शाखाले पालिका स्तरीय नेतृत्व चयन गरेको छ। महासंघले जिल्लाका १० वटै स्थानीय पालिकाहरूमा नेतृत्व चयन गरेको हो। ।

महासङ्घ दाङका जिल्ला अध्यक्ष युवराज बस्नेतको सभापतित्व एंव महासंघका संघीय उपमहासचिव शुशीला सुवेदीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमले तुलसीपुर उपमहानगरपालिकाको अध्यक्षमा जितबहादुर थापा , बबई गाउँपालिकामा मानबहादुर बस्नेत, शान्तिनगर गाउँपालिकामा लालबहादुर ओली ,दङ्गीशरण गाउँपालिकामा खेमराज बुढाथोकीलाई पालिका अध्यक्षको जिम्मा दिएको छ। यसैगरी बंगलाचुली गाउँपालिकाको अध्यक्षमा ज्ञानेन्द्र ढकाल, लमही नगरपालिकाको अध्यक्षमा मनिराम केसी, राप्ती गाउँपालिकाको अध्यक्षमा कुलराज जैशी रहेका छन्।

त्यसैगरी गडवा गाउँपालिकाको अध्यक्षको जिम्मेवारी हिमाल प्रकाश अधिकारीलाई दिइएको छ। भने राजपुर गाउँपालिकाको अध्यक्षको जिम्मेवारी रामवरण यादवलाई महानगरपालिकाको जिम्मेवारीका लागि पछि नेतृत्व चयन गर्ने जिल्ला अध्यक्ष युवराज बस्नेतले जानकारी दिए।

कार्यक्रममा बोल्ने बक्ताहरुले शिक्षकहरु एकजुट भएर अघी बढ्न सके मात्रै आफ्ना पेशागत हक अधिकार सुरक्षित गर्न सकिनेमा जोड दिएका थिए । पेशाकर्मीका माग सम्वोधन गर्न सरकारमा बस्नेहरुले सदैव वेवास्ता गर्ने गरेको भन्दै बक्ताहरुले अव एकजुट भएर अघी बढ्नुपर्ने बताएका छन ।

महासंघको महिला उपाध्याक्ष उषा गौतमको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा बिशिष्ट अतिथि अखिल नेपाल शिक्षक संगठनका उपाध्यक्ष निमबहादुर केसी, महासंघको सह जिल्ला अध्यक्ष लिलाधर विक, नेपाल शिक्षक संघ लुम्विनी प्रदेश उपाध्यक्ष रमेशकुमार पाण्डेय, संघका जिल्ला अध्यक्ष प्रकाश डाँगी, एकिकृत नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष झक्कुप्रसाद केसी लगायतकाले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए।

कार्यक्रमको सहजीकरण नेपाल शिक्षक महासङ्ग दाङका सह सचीव गिरिराज शर्माले गरेका थिए ।
नवनिर्वाचित अध्यक्ष सहित पदाधिकारी र सदस्यहरुलाई प्रमाणपत्र प्रदान गर्नुका साथै सपथ ग्रहण गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

गुरुकुलको ४ दिने शिविर सम्पन्न

   असोज २०, २०८१       admin

दिपक ओलि,दाङ। गुरुकुल एकेडेमी दाङ तुलसिपुरमा कक्षा ६ मा अध्ययनरत विद्यार्थी शुभम सुनार जम्मा १२ बर्षका भए । शुभम बजारमै जन्मिए ।बजारमै हुर्किए । १२ बर्षको उमेरसम्म उनले अहिलेसम्म खाना पकाउने,कपडा धुने कामदेखि अन्य घराएसी कामको बारेमा जान्ने मौका पाएका थिएनन् । तर विद्यालयले आफ्ना विद्यार्थीलाई जीवन जिउने कला र ज्ञान दिने उदेश्यले घोराही उपमहानगरपालिका १९ सैघा स्थित एक विद्यालय परीसरमा क्लोज क्याम्पमा राखेर विभीन्न पढाई संगै घरायसी कामको अबस्था बुझ्ने अवसर मात्र प्राप्त गरेनन । उनले घरायसी काम आफै गर्ने र आफ्नो जिवनमा के कस्ता कुराहरुको आबश्यकता हुदो रैछ भन्ने कुरा बुझ्ने मौका पाए । यो कामबाट धेरै सफलता हासिल पनि गरे ।

उनि यो भन्दा अगाडि यसरी आफ्नै जिम्मेवारीमा रहेर केहि काम गरका थिएनन् ।उनलाई बन्द शिविर भनेको समेत थाहा थिएन । विद्यालयले कक्षा ६ का बिद्यार्थिहरुलाई क्लोज क्याम्पमा राख्ने निर्णय बिद्यालयको आन्तरीक पाठ्यक्रममा राखेर गरेको थियो ।

सोहि अनुरुप कक्षा ६ का विद्यार्थिहरुलाई पनि गत बर्षबाट बार्षिक रुपमा क्लोज क्याम्पमा राख्ने निर्णय भएको हो । असोज १७ गते देखि २० गतेसम्म गरीएको क्लोज क्याम्प आज समापन गरीएको छ ।

कक्षा ६ का बिद्यार्थिहरुले आफुलाई आबश्यक पर्ने खानेकुरा जोहो तरकारी केलाउने देखि खाना पकाउने र भाडा मिस्ने लगाएतका काम आफै गर्ने गरेका छन भने चित्र बनाउने ,योगा गर्ने ,बोल्न सिक्ने ,सरसफाई को काम गर्ने खेल खेल्ने र ग्रामिण भेगमा रहेको गाँउको जिवन शैलि समेत बुझ्ने मौका पाएका छन ।

बुवा आमाको काखमा बसेर घरमा खाना पकाउने,कपडा धुने काम कहिले नगरेका उनिहरु बिद्यालयका शिक्षकहरु संग बसेर सिक्न पाउदा निकै खुसि भएका छन । गुरुकुल एकेडेमी तुलसिपुरका शुभम मात्र नभएर गुरुकुल एकेडेमी लमहिका एन्जल केसिको पनि अनुभव उस्तै छ । उनीहरू संगै गुरुकुल एकेडेमी घोराही , लमही र तुलसिपुरका विद्यार्थि ४७ जना बिद्यार्थि क्लोज क्याम्पमा बसेका हुन ।

आफ्ना शिक्षक शिक्षिकाको सहयोगमा धेरै कुरा सिकेका उनिहरुले ग्रामीण जीवनको महत्वसंगै बिहानदेखि साझसम्म कसरी जीवनयापन गरिदो रहेछ भनेर सिक्ने अवसर मिलेको बताए ।

त्यसगरी उनीहरुले क्लोज क्याम्पले दैनकि जीवनको महत्त्वसंगै आफु जस्ता बालबालिकाले ग्रामीण जीवनको परीवेशमा पारीवारीक बातावरण बाहिर बसेर  कसरी पढ्दा रहेछन भनेर बुझ्ने अबसर समेत  मिलेको बताए ।

यसले विद्यालयमा सैधान्तकिसंगै व्यवहारकि ज्ञान दिने गरेको अभिभावकको भनाई छ । घरबाट क्लोज क्याम्पमा जानेभन्दा बुबाआमाले मन गर्नुभएको थिएन बिद्यार्थिले भने तर आफुसंगै सरहरुले भनेको भनेपछि अभिभावकले पनि सहमति जनाएर क्लोज क्याम्पमा बासालेका हुन ।

अहिले ति साना बालबालिकाहरुले ४ दिने क्लोज क्याम्प सफल भएपछि बिद्यालय मात्र होइन अभिभावक पनि खुसि छन । अहिले क्लोज क्याम्पमा रहेका विद्यार्थीहरुले बिहान ५ बजेदेखि साझ ७ बजेसम्म आफै पकाउने,अध्ययन गर्ने क्लोज क्याम्प अफिसर तथा गुरुकुल तुलसिपुरका प्रधानाध्यापक मुकुन्द गिरिले बताए।

घोराहीको रतनपुरमा रहेको स्कुलले कक्षा ९का बिद्यार्थिहरुलाई २०७५ सालदेखि र गत बर्ष देखि कक्षा २ का विद्यार्थिहरुलाई प्रत्येक वर्ष  जीवन उपयोगी शिक्षासंगै व्यबहारीक ज्ञानको उदेश्यले क्लोज क्याम गर्दै आएको छ ।

गुरुकुल एकेडेमिका यस्ता फरक शिक्षण सिकाईले बिद्यार्थिको सर्वागिंन बिकास हुने भन्दै पत्रकार तथा उपस्थित अभिभावकले यस्ता कार्यक्रम नियमित संचालन गर्न समेत अनुरोध गरेका थिए ।

गुरुकुल एकेडेमीका घोराहीका प्रधानाध्यापक डा. कृष्णराज डिसिको अध्यक्षता तथा पत्रकार सहित शिक्षक र सुरक्षा कर्मिहरुको उपस्थितिमा भएको कार्यक्रममा गुरुकुल एकेडेमी घोराहीका परीक्षा संयोजक विवेक देबकोटाले स्वागत मन्तब्य राख्नुभएको थियो भने कार्यक्रमको सहजिकरण बन्द शिबिरमा बसेका बालबालिकाहरुले गरेका थिए ।

क्लोज क्याम्प सफल पार्न रात दिन खटेको भन्दै बिद्यालयले क्लोज क्याम्पमा बसेका शिक्षक तथा शिक्षिकाहरुलाई धन्यबाद ज्ञापन गरेको  थियो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

आइतबारदेखि तीनदिन विद्यालय बन्द हुने

   असोज १२, २०८१       admin

दाङ,१२ असोज । भोली आइतबार देखि तीनदिन विद्यालय बन्द हुने भएका छन् । अविरल वर्षाका कारण विश्वविद्यालय र विद्यालयका भवनहरुमा क्षति पुगेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तीनदिन सम्म विद्यालय बन्द रहने जनाएको छ ।

शनिवार एक विज्ञेप्ती जारी गर्दै शिक्षा मन्त्रालयले यस्तो बताएको हो ।
मन्त्रालयले शुक्रबार देखि देशभर भएको अविरल वर्षाबाट विभिन्न स्थानमा भौतिक तथा मानवीय क्षतिका विवरण आइरहेका छन् ।

देशभर विश्वविद्यालय र विद्यालयका भवनमा क्षति पुगेको, विद्यार्थी र अभिभावक बाढी पहिरोको चपेटामा परेको, यातायात अवरुद्ध भएको र दैनिक जीवजयापनमा कठिनार्ई भएको भन्दै विद्यालय बन्द गर्नै निर्णय गरेको मन्त्रालयले विज्ञेप्ती मार्फत बताएको छ ।

क्षति पुगेका विद्यालयहरुको आकस्मिक व्यवस्थापन गर्नुपर्ने भएकाले देशभरका सबै विद्यालय आइतबार देखि तीनदिनसम्म बन्द गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

लुम्बिनी बौद्ध विश्व विद्यालयमा चिनिया भाषा परिक्षण हुने

   असोज ११, २०८१       admin

दाङ ,११ असोज । लुम्बिनी बौद्ध विश्व विद्यालयमा चिनिया भाषा प्रशिक्षण तथा सिकाई केन्द्र स्थापना भएको छ । यो सिकाई केन्द्र नेपालमा चौथो र काठमाण्डौं बाहिर पहिलो हो । यहाँ एचएसके तहका परिक्षाहरु चल्ने छन् । चिनमा अध्ययनका लागी जान चाहने विद्यार्थीले अनिवार्य यो परिक्षा पास गर्नुपर्ने हुन्छ ।

सिकाई केन्द्रको औपचारीक उद्घाटन शुक्रबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गरेका छन ।एचएसके सेन्टरको वोर्ड अनावरण गरेरका हुने । सो अवसरमा लुम्बिनी बौद्ध विश्व विद्यालय र चिनको हनान विश्व विद्यालयको विचमा चिनिया भाषा सिकाई केन्द्र सञ्चालन सम्वन्धमा सहकार्य सम्झौता गरिएको छ ।
कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले नेपाल र चिन दुई देश विचको मित्रता अझ सुमधुर बनाउन सिकाई केन्द्रले योग्दान गर्ने बताए ।‘दुई देश विचको भाषा, संस्कृतीको हस्तान्तरणका साथै पर्यटन अभिवृद्धिमा समेत सहयोग पुग्ने विश्वास लिएको छु’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘चिनका पर्यटकहरुलाई लुम्बिनीमा ल्याउन पनि सहयोग पुग्ने छ ।’
लुम्बिनी बौद्ध विश्व विद्यालयका उपकुलपती प्रा.डा.सुर्वणलाल ब्रजाचार्यले विश्व विद्यालयमा चिनिया भाषा प्रशिक्षण तथा सिकाई केन्द्र स्थापना हुँदा समग्र देशलाई महत्वपूर्ण टेवा पुग्ने बताए  । एचएसके परिक्षाको लागी काठमाण्डौं जानुपर्ने बाध्यता अन्यत्य गर्न सफल भएकोमा खुसी व्यक्त गर्नु भयो ।‘चिनिया भाषा परिक्षाको लागी काठमाण्डौं धाउनुपर्ने बाध्यता थियो । अव त्यो बाध्यता हटेको छ’उनले भने,‘लुम्बिनीमा देश बाहिरका विद्यार्थीलाई ल्याउने अभियान अन्तरगत एउटा महत्वपूर्ण उपलब्धी हाँसील भएको छ ।’

बौद्ध विश्व विद्यालयका रजिस्ट्रार तीलकराम आचार्यले एक बर्ष अगाडी चिनको हनान विश्व विद्यालय संग भएको सहकार्य सम्झौता अनुसार चिनिया भाषा प्रशिक्षण केन्द्र स्थापना भएको जानकारी दिए  । यो उपलब्धीले बौद्ध विश्व विद्यालयलाई अन्र्तराष्ट्रिय स्तरमा फैलाउन कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । यसैविच विश्व विद्यालयमा शुक्रबारनै बुद्धिजम एण्ड नेपाल स्टडिज अध्ययन गर्ने चिनका २३ जना विद्यार्थीलाई स्वागत गरिएको छ ।
चिनको हनान विश्व विद्यालयका अध्यक्ष छ्वाङ क्वाङ्लिनले नेपाल र चिन दुई देश विच सुमधुर सम्वन्ध विस्तार गर्न प्रशिक्षण सेन्टर महत्वपूर्ण हुने बताए  । कार्यक्रममा नेपाल र चिनका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

शिक्षक बिदाई तथा विद्यार्थीलाई पोसाक वितरण

   असोज ११, २०८१       admin

दाङ,११असोज । दंगीशरण गाउँपालिकामा रहेको जनता मावि बुटनीयाले नृबित्त शिक्षकलाइ बिदाइ गरेको छ। विपन्न विद्यार्थीहरुलाई पोसाक वितरण गरेको छ।

विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष माधव विकको अध्यक्षता तथा दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यतामा कार्यक्रम गरिएको थियो ।

वि सं. २०५२ सालदेखि विद्यालयमा अध्यापनगरी नृबित्त भएका शिक्षक डिल्ली गौतमलाई सम्मान तथा बिदाइ गरिएको हो। । सो अवसरमा  ३८ जना बिपन्न जेहेनदार विद्यार्थीहरुलाइ पोशाक समेत बितरण गरीएकोथियो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिती दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले बिधालयमा बिद्यार्थीको शैक्षिक गुणस्तरसङ्गै नैतिक शिक्षा अपरीहार्य रहेको बताए ।शिक्षाको गुणस्तरको सवालमा आफुले कत्तिपनि कन्जुस्याइँ नगरी अगाडि बढीरहेको बताए ।

आफु निर्वाचित भयर आएपस्चात जहाँ बिद्यार्थी त्यहाँ शिक्षकको अवधारणा अगाडि बढाएको बताए ।अहिले आफुले बिधालयको बिद्यार्थी संख्यालाइ मध्यनजरगरी शिक्षक दरबन्दि मिलान गरेको बताए ।

सोहि अवसरमा बोल्दै वडा न ७ का वडा अध्यक्ष रेशम वलिले बिद्यार्थीको उज्ज्वल भबिष्यका लागि र शैक्षिक गुणस्तरका लागि बिद्यार्थी,शिक्षक,र अभिभावकको त्रीकोणातमक सम्बन्ध आवस्यक रहेको बताए ।

यस्तै वलिले जनता माध्यमिक विधालय बुटनियाको चौतर्फि  विकाशकालागि आफु सदैव तत्पर रहेको उल्लेखगरे ।

बिदाइ सम्मान तथा पोशाक बितरण कार्यक्रममा स्वागत मन्तव्य बेद प्रसाद डाङ्गिले राखेकाथिय ।कार्यक्रमको सहजीकरण बिधालयका प्रधानाध्यापक क्रीमलाल चौधरीले गरेकाथिय ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology