सात महिनापछि खुल्यो संस्कृत विश्वविद्यालयको ताला

   असोज १०, २०८१       admin

दाङ , १० असोज । नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय एवं त्यसका अंग निकायमा लगाएको ताला सात महिनापछि खुलेको छ। विश्वविद्यालयमा क्रियाशील विभिन्न विद्यार्थी सङ्घ संगठनहरूले विभिन्न माग राखेर ७ महिना अगाडि देखि विश्वविद्यालयमा ताला लगाएका थिए।

विश्वविद्यालय तथा अंग निकायमा तालालागाउने विद्यार्थी संगठनका प्रतिनिधि र विश्वविद्यालयको वार्तासमितिबीच भएको छलफलपछि आन्दोलनरत पक्षको मागहरु पूरा गर्ने सहमती पश्चात ताला खुलेको जनाइएको छ । विश्वविद्यालय अन्तर्गतको वार्ता समिति र विद्यार्थी बीच बार्ता भइ सहमती भए पछि ताला खुलेको विश्वविद्यालयका उप लेखा नियन्त्रक एवम् वार्ता समितिका सहजकर्ता नविनकुमार पोख्रेलले जानकारी दिए ।

जनता विद्यापीठका प्राचार्य योगराज शर्माको संयोजकत्वमा बनेको वार्ता समितिले विद्यार्थीहरूसँगको वार्तापछि नेसंबि केन्द्रीय आयुर्वेद क्याम्पसका प्राचार्य काे कार्यकक्षमा बिगत ७ महिना देखि र अन्य अंग निकायमा बिगत ३ महिनदेखि लागेकाे ताला वार्ता सहमती पश्चात् खुलेपछि विश्वविद्यालयको पठनपाठन र प्रशासनिक कार्यमा सहजता आउने छ ।

आँशिक शिक्षक, स्वतन्त्र विद्यार्थी युनियन केन्द्रीय आयुर्वेद क्याम्पस , नेपाल विद्यार्थी सङ्घ , अनेरास्ववियु तथा अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनहरुले विभिन्न माग राखेर लगाएको ताला बिहिबारदेखि खुलेको हो । शिक्षक तथा विद्यार्थीहरूले राखेका मागलाई विश्वविद्यालयले सम्बोधन गर्ने सहमति जनाएपछि विद्यार्थीहरुले ताला खोलेको जनाएका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

गर्मीका कारण विद्यालयहरू बन्द

   असोज ०८, २०८१       admin


महोत्तरी,८असोज । विगत एक सातादेखि अचानक गर्मी बढेपछि जिल्लाका अधिकांश विद्यालय तथा क्याम्पस बन्द गरिएका छन्।

बिहानैदेखि चर्को घाम र तातो हावा चल्न थालेपछि जिल्लाका चार स्थानीय तहहरुले आजदेखि चार दिनका लागि विद्यालय बन्द गरेका छन् । अन्य स्थानीय तहले पनि बन्द गर्ने तयारी गरेका छन् । ४० देखि ४४ डिग्रीसम्म तापक्रम पुगेपछि सदरमुकाम जलेश्वर नगरपालिकाले नगरक्षेत्रका सबै २९ वटा सामुदायिक एवं धार्मिक विद्यालयहरु आजदेखि लागू हुनेगरी चार दिनका लागि बिदा दिएको नगर प्रमुख सुरेश साह सोनारले बताए ।

मनरासिस्वा नगरपालिकाले पनि आउँदो शनिबारसम्मका लागि सबै २३ वटा सामुदायिक, धार्मिक तथा मदर्सामा बिदा दिएको नगरप्रमुख मोहन पाण्डेले जानकारी दिए। महोत्तरी गाउँपालिकाले आजदेखि सबै सामुदायिक विद्यालयहरुमा शनिबारसम्मका लागि बिदा दिएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

उत्कृष्टताको शिखरमा मावि सेन्टर:खुसियाली साट्न बिजयी र्‍यालि

   असोज ०७, २०८१       admin

दाङ,७ असोज। तुलसीपुरमा रहेको मावि तुलसीपुर सेन्टरले देशभरमै सर्वोत्कृष्ट नतिजा ल्याएको छ । विद्यालयको शैक्षिक, भौतिक, आर्थिक, सामाजिक पक्षको आधारमा नेपाल सरकारले विद्यालयलाई देशभरकै उत्कृष्ट विद्यालयको रुपमा पुरस्कृत समेत गरिसकेको छ । सरकारले उत्कृष्ट विद्यालय घोषणा गरेसंंगै विद्यालयले बिजयी उत्सव मनाएको छ ।

सोमबार विद्यालयले र्‍याली निकालेर बजार परिक्रमा गरेको हो ।  सरकारले प्रदान गरेको मेडलसिल्ड, प्रमाणपत्र र ध्वजासहित र्‍यालि निकालेर खुसी मनाएको  हो ।

लगातार तीन वर्षदेखिको एसईई र कक्षा १२ को नतिजा र शैक्षिक गतिविधिको आधारमा मुल्यांकन गरी नेपाल सरकार शिक्षा मन्त्रालयले विद्यालयलाई २०८१ को शिक्षा दिवसको अवसरमा पुरस्कृत गरेको विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले बताए ।

कुनै समयमा शैक्षिक र भौतीक रुपमा जीर्ण रहेको विद्यालयले अहिले सर्वोत्कृटता प्राप्त गर्दा जिल्लाको गौरव बढेको उनले बताए। वि.सं  २०६६ अघि  विद्यालय जस्तो नभएको अवस्थामा रहेको विद्यालयले १५ वर्षपछि इतिहास बनाउन सफल भएको उनको भनाई थियो ।


‘ न यहाँ विद्यार्थीको सँख्या थियो, न विद्यालयको भवन नै राम्रो थियो, कुनै प्रकारको शैक्षिक उपलव्धी थिएन, अझ भनौ अरु वातावरणीय हिसावले यो विद्यालय भन्न लायक थिएन उनले भने-‘   वि.सं. २०६६ पछि हामीले सबै निकायहरूसँग समन्वय गरेर यो विद्यालयको हितमा काम गर्यौँ,  सबैको साथ सहयोगले अहिले  विद्यालयले शैक्षिक, भौतिक, आर्थिक, जनशक्ति र पूर्वाधारको हिसाबले उत्कृष्ट बन्न सफल भएको छ । आज देशले चिन्न सफल भएको छ । यो जिल्लाको लागि एउटा इतिहास र सम्पत्ति बनेको छ । ’

प्रधानाध्यापक पौडेलका अनुसार अहिले विद्यालयमा तीनहजार बिद्यार्थीहरुले अध्ययन गर्दै आएका छन् । विपन्न तथा जेहन्दार विद्यार्थीहरुलाई विद्यालयले विभिन्न परियोजनामा निःशुल्क पढाउँदै आएको छ । विद्यालयले शिक्षक र विद्यार्थीहरुको मात्र नभई समुदायको सम्पत्ती भएको र यसको हितमा सबैले काम गर्नुपर्ने उनले बताए ।
 विद्यालयले अध्ययनअध्यापन गराउने काम मात्र नभई उनीहरुलाई प्राविधिक शिक्षा समेत प्रदान गर्दै आएको छ । यसका साथै अभिभावकलाई पनि तालिम दिने र उनीहरुलाई रोजगारमा संलग्न गराउने काम पनि विद्यालयले गर्दै आएको उनले जानकारी दिए । २ वर्षमा ६० हजार बराबरको छात्रवृत्ति प्रदान गर्नेगरी सिप सिकाउने र रोजगारीको अवसर प्रदान गर्दै आएको उनले बताए

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख स्यानी चौधरीले राष्ट्रिय स्तरमा विद्यालयले आफुलाई चिनाउन सफल भएको भन्दै प्रशंसा गरिन् । उनले अन्र्तराष्ट्रिय स्तरमा पनि विद्यालयलाई चिनाउन सबैको साथ र सहयोगको खाँचो रहेको बताइन् । विद्यालयको व्यवस्थापकीय पक्षलाई मात्र नभई बालबालिकाको भविष्यका विषयमा पनि छलफल, सल्लाह सुझाव दिन अभिभावकलाई आग्रह गरिन् ।

विद्यालयको प्रयासले मात्र सबैकुरा सम्भव नहुने बताउँदै उनले स्थानीय सरकार, नागरिक समाज र सिंगो समुदायको साथ जरुरी रहेको उल्लेख गरिन् । स्थानीय सरकारले विद्यालयको थप प्रगतिका लागि आवश्यक नीति र बजेटको व्यवस्था गर्ने आवश्वासन समेत दिइन् ।


वडा नं. ६ का वडाअध्यक्ष दुजमान भण्डारीले नेतृत्व कुशल भयो भने अगाडी बढ्न सकिन्छ भन्ने कुरालाई विद्यालयको नतिजाले प्रमाणित गरेको बताए । सरकारी विद्यालय भन्दा नाक खुम्चाउने अवस्थालाई पार लगाउँदै विद्यालय यस्तो हुनुपर्छ भन्ने उदाहरण यस विद्यालय बन्न सफल भएको उनले बताए ।

यो उपलव्धी र नतिजालाई जोगाइराख्नका लागि थप शसक्त भएर लाग्नुपर्ने उनको भनाई थियो । उपमहानगरभित्र ८२ वटा सामुदायिक विद्यालय सञ्चालन भइरहँदा श्रोतसाधन सम्पन्न विद्यालयहरुको अवस्था र यस विद्यालयको अवस्थामा ठुलो अन्तर रहेको भन्दै प्रसंशा व्यक्त गरे।


विद्यालयका पूर्व विद्यार्थी डा. किशोर खत्रीले दुःख पछिको सुखले आनन्द र खुशी दिन्छ भन्ने कुराको प्रमाणित विद्यालयले गरेको बताए । विद्यालयले रहेक कुरामा सफलताको शिखर चुमेको भन्दै प्रसंशा गरे ।

विद्यालयले उत्कृष्ट नतिजा ल्याउदा बिद्यार्थी र अभिभावक पनि निकै खुसी देखिन्छन् । बालबालिकाको भविष्यमा गरिएको लगानी र त्यसको प्रतिफल बिद्यालयले प्राप्त गर्ने पुरस्कार र समानमा देख्न पाउँद
आफुहरु प्रफुल्ल भएको अभिभावकहरुको भनाइ छ।

विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष लेखतराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रधानाध्यापक भोला पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

डिभाईन मन्टेश्वरीमा शिक्षक अभिभावक अन्तरक्रिया

   असोज ०७, २०८१       admin

दाङ,७ असोज । डिभाईन टेम्पल एकेडेमी तुलसीपुर दाङले अभिभावक शिक्षक अन्तरक्रिया कार्यक्रम गरेको छ।  मन्टेश्वरले कक्षा पि.जिदेखी कक्षा यू.के.जी. सम्मका अभिभावकहरूसँग अन्तरक्रिया कार्यक्रम  गरिएको हो ।

एउटा असल अभिभावक, शिक्षक र विद्यार्थीको त्रिकोणात्मक सम्वन्धले बालबालिकाहरुको सर्वाङ्गिन विकासमा टेवा पुर्याउन कार्यक्रम गरिएको  डिभाईन मन्टेश्वरिकी संस्थापक सदस्य बिन्दु न्यौपानेले जानकारी गराइन । 
कार्यक्रमका प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालयका उप-प्रध्यापक तथा डिभाईन एजुकेशन फाउन्डेसनका शैक्षिक सल्लाहकार रिम बहादुर खड्काले बालबालिकाहरुको सिकाइ र उनीहरूको सर्वाङ्गिन विकासका लागी थ्रि R  मात्र नभई  थ्रि H को सिद्दान्त लागू हुने कुरामा जोड दिएका थिए। सिकाइका लागि हेन्ड, हर्ट र हेडको सम्बन्ध हुनुपर्ने समेत बताए ।
खड्काले बालबालिकाहरुलाई मोबाईल र टिभीमा झुम्न नदिन अभिभावले आफुले पनि चलाखी अपनाउनु पर्ने भन्दै वालवालिकाको प्रेरणाको स्रोत अभिभावक बनिदिए बालबालिकाहरुको चौतर्फी विकासका हुने सुझाव दिए ।
कार्यक्रममा डिभाईन एजुकेशन फाउन्डेसनका सिईओ भोजराज न्यौपानेले वालवालिकाको विकास र अध्यनको स्तर वृद्धि गर्न विद्यालय र अभिभावकको साझा चासो हुनुपर्ने  बताए ।

उनले बालिकाहरुको समुचित विकासका लागि पढाई सँगै जिवनोपयोगी सीप सहितको शिक्षा र अतिरिक्त क्रियाकलापहरुमा डिभाइन टेम्पल फाउन्डेसनले जोड दिंदै आएको बताए ।कार्यक्रमलाई विद्यार्थीहरूको विभिन्न प्रस्तुति देखाएका थिए ।कार्यक्रमको संचालन डिभाइन मन्टेश्वरिकी शिक्षिका सुजता डाँगीले गरेकी हुन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रधानाध्यापक भेला तथा सम्मान कार्यक्रम

   असोज ०३, २०८१       admin

घाेराही, ३ असाेज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) घाेराही नगर कमिटीकाे आयाेजनामा प्रधानाध्यापक भेला तथा सम्मान कार्यक्रम सम्पन्न भएकाे छ । बिहीबार दाङकाे घाेराहीमा एक कार्यक्रमकाे आयाेजना गरी प्याब्सन घाेराहीले प्रअ भेला तथा सम्मान कार्यक्रम सम्पन्न गरेकाे हाे ।

लामाे समयदेखि संस्थागत विद्यालयमा याेगदान प्रदान गर्ने सिद्धार्थ एकेडेमीका अध्यक्ष नारायण तर्ताल र पशुपति विद्याश्रमका अध्यक्ष हाेमनाथ दाहाललाई सम्मान गरिएकाे थियाे । त्यस्तै माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० मा उत्कृष्ट नतिजा प्रदान गर्ने अनिवार्य विषयका शिक्षकहरूलाई पनि सम्मान गरिएकाे थियाे । सम्मानित हुने शिक्षकहरूमा दीपशिखा आवासीय माविका महेश सुवेदी (नेपाली), माउन्ट भ्यु इङलिस बाेर्डिङ स्कुलका कृष्णप्रसाद पाेख्रेल (अङ्ग्रेजी ), स्वर्गद्वारी बाेर्डिङ स्कुल खुमबहादुर बस्नेत (गणित), ग्रेटबुद्ध एकेडेमीका सुवर्ण देवकोटा (विज्ञान) र पशुपति विद्याश्रमका टीकाराम चाैधरी (सामाजिक ) रहेका छन् ।

त्यस्तै एसइई २०८० मा सर्वाेत्कृष्ट जिपिए प्राप्त गर्ने माउन्ट भ्यु इङलिस बाेर्डिङ स्कुलका छात्रा आयुष्मा घिमिरे र सिद्धार्थ एकेडेमीका छात्र बिक्रम नेपाली सम्मानित भएका थिए । दुबै जनाले सर्वाेत्कृष्ट ४ जिपिए प्राप्त गरेका छन् ।

एसएलसी २०८० मा उत्कृष्ट जिपिए प्राप्त गर्ने गाेरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल घाेराहीका छात्र उत्सव घिमिरे र सिद्धार्थ एकेडेमीका छात्रा बन्दना चाैधरी सम्मानित भएका थिए । घिमिरेले ३.९६ जिपिए र चाैधरीले ३.९० जिपिए प्राप्त गरेका छन् । कार्यक्रममा प्याब्सन केन्द्रीय कार्यसमितिका सचिव यादव गिरी, लुम्बिनी प्रदेशका सल्लाहकार महेन्द्र अधिकारी, सम्मानित व्यक्तित्व नारायण तर्ताल, हाेमनाथ दाहाल, सम्मानित विद्यार्थी उत्सव घिमिरेलगायतले मन्तव्य राखेका थिए ।

अध्यक्ष बिरेन्द्र चन्दकाे अध्यक्षता तथा सामाजिक विकास महाशाखाका प्रमख नारायण प्रसाद पाैडेलकाे प्रमुख आतिथ्यमा सम्पन्न भएकाे थियाे । उपाध्यक्ष सूर्यबहादुर रावतकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमकाे सहजीकरण सचिव बालकृष्ण ओलीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मावि तुलसीपुर सेन्टर देशभरमै प्रथम: शिक्षा मन्त्रालयले गर्यो पुरस्कृत

   असोज ०२, २०८१       admin

दाङ,२ असोज । दाङको तुलसीपुरस्थित मावि तुलसीपुर सेन्टर देशभरमै प्रथम भएको छ। शैक्षिक गतिविधिमा देशभरकै उत्कृष्ट हुँदै प्रथम स्थान प्राप्त गरेको विद्यालयले शिक्षा मन्त्रालयद्वारा पुरस्कार प्राप्त समेत गरेको छ।

राष्ट्रिय शिक्षा दिवसका अवसरमा नगद ३ लाखसहित प्रथम पुरस्कार मन्त्रालयले विद्यालयलाई प्रदान गरेको हो। २०८० सालको माध्यमिक शिक्षा परीक्षा मार्फत प्राप्त गरेको नतिजाका आधारमा विद्यालयले उत्कृष्टता हासिल गरेको शिक्षा मन्त्रालयले जनाएको छ।

यसैगरी दाङकै जनकल्याण माध्यमिक विद्यालय शान्तिनगरले तृतीय स्थान हासिल गरेको छ। उक्त विद्यालयले नगद १ लाख रुपैयाँ सहित पुरस्कार प्राप्त गरेको छ।
राष्ट्रिय शिक्षा दिवसको अवसरमा प्रदान गरिएको पुरस्कारमध्ये काठमाडौं महानगरपालिकास्थित त्रिपुरेश्वर विश्व निकेतन माविले २ लाख नगदसहित दोस्रो पुरस्कार प्राप्त गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बुधबार काठमाडौंमा शिक्षा दिवस मनाइएको छ। उत्कृष्ट विद्यालयलाई प्रधानमन्त्री ओलीले पुरस्कार प्रदान गर्ने मन्त्रालयका प्रवक्ता कमल पोखरलेलले जनाए ।

यसैगरी निजीतर्फ दाङको तुलसीपुरमा रहेको तुलसीपुर पोलिटेक्निकल इन्स्टिच्युटलाई पनि शिक्षा मन्त्रालयले पुरस्कृत गरिएको छ।राष्ट्रिय स्तरमा उत्कृष्ट ठहर गर्दै मन्त्रालयले नगद रु. १ लाखसहित पुरस्कार प्रदान गरेको हो।

शिक्षा

छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सरकारी विद्यालयमा मनपरी शुल्क,एसईई प्रमाणपत्र लिन १० हजार तिर्दै विद्यार्थी

   असोज ०२, २०८१       admin

दाङ, २ असोज । सामुदायिक विद्यालयहरुका कुनै पनि बहानामा शुल्क लिन पाइदैन । सरकारले नीतिमा माध्यमिक शिक्षासम्मको पठन पाठन निशुल्क नै बनाएको छ । तर सामुदायिक विद्यालयमा अस्वभाविक रुपमा शुल्क लिन भने छोडिएको छैन ।

दाङको एक सामुदायिक विद्यालयले विभिन्न बहानामा विद्यार्थीहरुबाट हजारौँ रुपैया शुल्क असुल्ने गरेको छ ।
तुलसीपुर उपमहानगरपालिकाको वडा नं १२ मा रहेको पशुपति मावि हरिपौरीले कक्षा १० पास गरेका विद्यार्थीहरुबाट १० हजार रुपैया शुल्क लिने गरेको भेटिएको छ ।

विद्यालय सहयोगको नाममा विद्यालयले शुल्क असुल्ने गरेको अभिभावकहरुले बताएका छन । सरकारी स्कुलमा पढाउदा पैसा लाग्दैन भनेको त सरकारीले पनि बोडिङ जस्तो पैसा अशुल्न थाले पछि कसरी छोराछोरी पठाउनु एकरु अभिभाकले भने, तुलसीपुरको पशुपति मावि हरीपौरीले सर्टिफिकेटका नाममा, भर्नाका नाममा र सहयोगका नाममा विद्यार्थीसँग चर्को रकम लिइरहेको छ।

एसईई उतीर्ण गरेका विद्यार्थीसँग विद्यालयले स्थातान्तर प्रमाणपत्रको नाममा प्रतिविद्यार्थी १० हजार रूपैयाँ असुल गर्ने गरेको छ । निशुल्क शिक्षा भनेको सरकारी विद्यालयले यसरी चर्को रकम असुल्न थालेपछि आर्थिक अवस्था कमजोर भएका विद्यार्थीले पढाई नै छोडनु पर्ने अवस्था आउने अभिभावकको भनाई छ ।

विद्यालयले सर्टिफिकेटबापत पाँच हजार र सहयोग शीर्षकमा ५ हजार गरी १० हजार रूपैयाँ असुल गरिरहेको रसिद विद्यार्थीलाई थमाउने गरिएको छ, एक विद्यार्थीले भने, मसंग पैसा नहुदा सटिफिकेट समेत ल्याउन सकेको छैन ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र अधिकारीले विद्यालयले लिएको रकम स्वाभाविक भएको भन्दै हल्ला खल्लाको अवस्था आबश्यक नभएको बताए । केहि रकम सहयोगका रुपमा लिएका हौ, अधिकारीले भने, सरकारी विद्यालयलाई निरूत्साहित गर्न यसलाई गलत रुपमा प्रचार गरिएको छ ।

तुलसीपुर उपमहानगरको शिक्षा शाखाले एसईईको सर्टिफिकेट बापत ३ हजार रूपैयाँभन्दा बढी लिन नपाइने र कसैले बढी रकम असुलेमा कारवाही गर्ने निर्णय भएको जनाएको छ ।

माध्यमिक तहसम्मको शिक्षाको जिम्मा स्थानीय सरकारलाई छ । स्थानीय सरकारकाले पनि १२ कक्षा सम्मको शिक्षालाई निशुल्क शिक्षा रहेका भनिरहदा तुलसीपुर उपमहानगरले पनि सरकारी विद्यालयमा शुल्क लिनेलाई प्रोत्साहन गरेको पाइएको छ ।

उपमहानगरपालिकाको शिक्षा शाखाले विद्यालयको स्थानान्तर प्रमाण पत्रको लागि विद्यालयले तीन हजार रुपैया शुल्क लिने निर्णय गरेको शिक्षा महाशाखा प्रमुख चक्रबहादुर भण्डारीले बताए ।

यो हेर्दा नगरपालिकाले समेत सरकारी विद्यालयमा शुल्क लिने बाटो खोलिदिएको छ । भने अनुगमन र कारवाहीको प्रक्रियालाई पितलो बनाएको छ ।

भण्डारीले उनले बढी शुल्क लिनेलाई कारवाहीको दायरामा ल्याउने बताए । उनले यस विषयमा छलफल तथा छानबिनका लागि समिति समेत गठन गरिएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

स्थापना दिवसमा विविध कार्यक्रम

   असोज ०१, २०८१       admin

दाङ,१ असोज । तुलसीपुर नगर जेसिजले आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेको छ। नगर जेसीजले दीप प्रज्वलन, सम्मान तथा सामग्री वितरण लगायत विभिन्न कार्यक्रम गरी जेसिजको ६०औँ स्थापना दिवस मनाएको हो।

तुलसीपुर नगर जेसिस वर्ष २०२४ का अध्यक्ष पूर्णविक्रम डांगीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष वीरेन्द्र कुमार शाहको प्रमुख अतिथितामा कार्यक्रम गरिएको थियो।

कार्यक्रममा सहभागीहरूले जेसिज सामाजिक उत्तरदायित्व बहन गर्ने उदाहरणीय संस्थाको रुपमा स्थापित भएको बताएका थिए। उनीहरूले सामाजिक क्षेत्रमा संस्थाले गर्दै आएको कामप्रति प्रशंसा समेत व्यक्त गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि एवम् वडा नम्बर ५ का वडाध्यक्ष वीरेन्द्रकुमार शाहले मानवीय सेवाका लागि जेसिज सधैं अग्रसर रहेर काम गर्ने गरेको बताएका थिए। परोपकारी र सामाजिक क्षेत्रमा सेवामुखी काम गर्दै आएको प्रति संस्थाको प्रशंसा गर्दै यसको अनुसरण सबै संघसंस्थाहरूले गर्नुपर्ने उनको भनाइ थियो।

विपदको क्षेत्रमा, शिक्षा, स्वास्थ्य तथा जनशक्ति निर्माणको क्षेत्रमा पनि यस संस्थाले उल्लेखीय काम गर्दै आएको उनले बताएका थिए।

कार्यक्रममा जेसिजका पूर्व अध्यक्षहरू झरेन्द्र खरेल सूर्य शर्मा लगायतले जेसिज सामाजिक क्षेत्रमा क्रियाशील रहँदै आएको एक संस्था भएको बताएका थिए।

स्थापनादेखि नै जेसिसको मूल्य मान्यतामा रहेर विभिन्न कामहरु हुँदै आएको उनीहरुले बताए। संस्थाले युवाहरूको नेतृत्व एवं क्षमता विकासका लागि थुप्रै कामहरू गर्दै आएको बताएका थिए। जेसिजको मूल्य मान्यतामा रहेर काम गरे पनि सामाजिक उत्तरदायित्व बहन हुने उनीहरूको धारणा थियो।

कार्यक्रममा नेपाल प्रेस युनियन दाङका वरिष्ठ उपाध्यक्ष गोपाल शर्मा भट्टराई, नेपाल उद्योग वाणिज्य सङ्घ महासंघ तुलसीपुरका अध्यक्ष घनश्याम डाँगी, प्याब्सन तुलसीपुर नगर अध्यक्ष गिरिराज डांगी , त्रिभुवन नगर जेसिजका पूर्व अध्यक्ष गोपालबहादुर रावत, तुलसीपुर नगर जेसिसका अक्षय कोषदाता पदमप्रसाद पोखरेल, लियो क्लब अफ दाङका सचिव गणेश भण्डारी लगायतले जेसिजले समाजमा पुर्‍याएको योगदानको चर्चा गरेका थिए।

संस्था सामाजिक कार्यमा सक्रिय रहनुका साथै अन्य संस्थाहरूका लागि पनि उदाहरणीय बनेको उनीहरूको भनाइ थियो। समाजमा सकारात्मक सन्देश दिन सफल हुनुका साथै हरेक बस्ती समुदाय र टोलटोलमा संस्थाको चर्चा हुने गरेको उनीहरुले बताएका थिए।

आगामी दिनमा पनि जहाँ मानवीय बस्ती त्यहाँ जेसिज रहनुपर्ने उनीहरूको आग्रह रहेको थियो। यसका साथै बालबालिकालाई पनि जेसिजसँग जोड्न सके यसको महत्त्व र आवश्यकताका बारेमा बालबालिकाहरूले समेत बुझ्न पाउने उनीहरूले बताएका थिए।

व्यक्तिलाई सकारात्मक मार्गमा लैजान अनुशासित बनाउन र नेतृत्व विकासमा यसको ठूलो योगदान रहेको भन्दै आगामी दिनमा थप सक्रियताको कामना समेत गरेका थिए।

जन्मदिनमा शैक्षिक सामग्री वितरण
यसै बीच तुलसीपुर नगर जेसिजका कार्यकारणी उपाध्यक्ष सुरज भण्डारीको जन्मदिनको अवसरमा शैक्षिक सामग्री वितरण गरिएको छ।

बालबालिकाको शैक्षिक गतिविधिमा थप प्रोत्साहन दिने उद्देश्यले आफ्नो जन्मदिनमा भण्डारीले शैक्षिक सामग्री वितरण गरेका हुन्। उनले टरीगाउँमा रहेको जनमुखी प्रावीका विद्यार्थीहरूलाई कापी कलम लगायतका सामग्रीहरू प्रदान गरेका हुन्।

यसै बीच जेसिजले स्थापना दिवसको अवसरमा दीप प्रज्वलन गरेको छ भने संस्थालाई समग्र विकासमा योगदान पुर्‍याएका पूर्व अध्यक्षहरूलाई सम्मान समेत गरेको छ।

कार्यक्रम संयोजक बुद्धिराज सापकोटाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण अध्यक्ष सल्लाहकार मेघराज सापकोटाले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बाल दिवसको अवसरमा विविध कार्यक्रम

   भदौ २८, २०८१       admin

दाङ ,२८ भदौ । ६०औँ राष्ट्रिय बाल दिवसको अवसर पारेर तुलसीपुरमा विविध कार्यक्रम गरिएको छ। “बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी “भने मूल नाराका साथ तुलसीपुर स्थित गुरुजुर नमुना माध्यमिक विद्यालयमा कार्यक्रम गरिएको हो।

तुलसीपुर नगर बाल सन्जाल र तुलसीपुर उपमहानगरपालिकाको संयुक्त आयोजनामा उक्त कार्यक्रम गरिएको हो।

नगर बाल सन्जालकी उपाध्यक्ष प्रशंसा केसीको अध्यक्षता तथा न्यायिक समितिका सदस्य लालमती भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो।

कार्यक्रममा बालअधिकारकर्मी एवं पूर्व जनप्रतिनिधि नवराज लामिछानेले बालअधिकार संरक्षणका लागि सबै क्षेत्रको समन्वय र सहकार्य हुनुपर्ने बताएका थिए। नेपालको संविधान २०७२ को धारा ३९ मा उल्लेख भएका बालबालिकाका हक अधिकार सम्बन्धी व्यवस्थालाई व्याख्या समेत गरेका थिए।

बालबालिकालाई बालअधिकार भनेको के हो ?यसका आयामहरू के के छन्? र बालअधिकारभित्र के के कुराहरू समेटिएका छन् त्यसबारे जानकारी गराउनुपर्ने उनको भनाइ थियो।

बाल दिवसहरू मनाइरहँदा कतिपय बालबालिकाहरू आफ्नै अधिकारबाट वञ्चित हुनुपर्ने अवस्था रहेको भन्दै त्यसतर्फ सबै सरकारवालाले ध्यान दिनुपर्ने उनले बताएका हुन्।

पछिल्लो समय अभिभावकको हेरचाह र निगरानी नहुँदा विद्यालय जाने उमेरका बालबालिकाहरू लागू औषध र कुलतमा फसेको बताउँदै उनले यसतर्फ सबै अभिभावकले ध्यान दिनुपर्ने बताए।

“विद्यालय भर्ना गरेर मात्र हुँदैन आफ्ना सन्तान विद्यालय गएका छन् वा छैनन् विद्यालयमा के गरिरहेका छन् त्यसतर्फ ध्यान दिन जरुरी छ। उनले भने -“विद्यालय गएकै छन् भन्ने भरमा अभिभावक बस्दा थाहा नपाउँदो तरिकाले बालबालिका कुलतमा फसेको घटनाहरू धेरै छन् यसतर्फ सजग हुन जरुरी छ।”


तुलसीपुर उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद विकास महाशाखाका मनबहादुर खड्काले बालबालिकाकोको हक अधिकार सुनिश्चितताका लागि अभिभावक जिम्मेवार बन्नुपर्ने बताएका थिए।

परिवारको निगरानीको अभावका कारण कयौं बालबालिकाहरू कुलतमा फस्ने गरेको बताउँदै उनले यसतर्फ समयमै ध्यान दिन आवश्यक रहेको उल्लेख गरे।


” विद्यालय पठाएर मात्रै हुँदैन उनीहरूको हरेक गतिविधिलाई अभिभावकले निगरानी गर्नुपर्छ। आफ्ना सन्तान कहाँ कुन अवस्थामा छन् ? कसरी समय व्यतीत गरिरहेका छन् ? त्यसतर्फ ध्यान दिन नसके हाम्रा बालबालिका कुलतमा लाग्ने र लागू औषध दुर्वेशनको सिकार हुन पुग्छन् ,यसतर्फ ध्यान दिनुपर्छ।”

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले बालअधिकारको औचित्य र महत्त्वको बारेमा प्रष्ट आएकी थिन् तुलसीपुर उपमहानगरपालिका र नगर बाल सन्जालले विगतदेखि नै गर्दै आएका काम गतिविधिको बारेमा समेत जानकारी दिएकी थिइन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी सहायक निरीक्षक कृष्ण भण्डारीले प्रविधिको बढ्दो प्रयोगले बालबालिकाहरू थाहा नपाई अपराधिक क्रियाकलापमा संलग्न हुने गरेको बताउँदै यसतर्फ अभिभावक र शिक्षकले ध्यान दिनुपर्ने बताएका थिए।

रमाइलो गर्ने साथी संगीसँग भेटघाट गर्ने बहानामा नजानिदो तरिकाले बालबालिकाहरू सामाजिक अपराधमा मुछिने गरेको घटनाहरू बढ्दै गएको भन्दै यसतर्फ सजग हुन विद्यार्थीहरूलाई आग्रह समेत गरेका थिए। बालबालिकाको भविष्यका लागि प्रहरी आफ्नो क्षेत्रबाट दिनरात खटिरहेको भन्दै बालबालिकालाई अनुशासन जीवनयापन गर्न अनुरोध समेत गरे।

कार्यक्रममा माध्यमिक विद्यालय कालाखोलाका शिक्षक शालिग्राम ढकाले संवैधानिक व्यवस्थामा उल्लेख भएका कुराहरू व्यवहारमा कतिको कार्यान्वयन छन् त्यसबारे ध्यान दिन जरुरी रहेकोबताए ।

बालबालिकाका रक्षक भनिनेहरूबाटै बालशोषण हुने गरेको उदाहरण दिँदै उनले हरेक निकाय हरेक तहहरू बालमैत्री र बाल अधिकार सुनिश्चितका लागि जिम्मेवार बन्नुपर्ने उनको भनाइ थियो।

तुलसीपुर नगरस्तरीय बालसञ्जालका निवर्तमान अध्यक्ष शिशिर गिरीले बालअधिकार संरक्षण र सुनिश्चितताका लागि विभिन्न कामहरु गर्दै आएको बताएका थिए। बालबालिकाको हक अधिकार सुनिश्चितताका लागि सरकार मात्र नभई सबै सरोकारवाला निकायको उत्तिकै महत्वपूर्ण जिम्मेवारी रहेको बताएका थिए।

कार्यक्रममा ज्ञानज्योति माध्यमिक विद्यालयकी छात्रा रेजिना कर्तीले कुनै पनि अवस्थामा बालअधिकार सुनिश्चित हुनुपर्ने बताएकी थिइन्।

कार्यक्रममा नगरस्तरीय बालसञ्जालका पदाधिकारी एवं सदस्यहरूले बालविवाह, बालश्रम ,साइबर अपराध र बढ्दो सोसल मिडियाको दुरुपयोगका बारेमा जनचेतनामूलक नाटक र नृत्य समेत प्रस्तुत गरेका थिए।

कार्यक्रमको सञ्चालन महिला बालबालिका तथा सामाजिक विकास शाखाकी ललिता कँडेलले गरेकी थिइन् कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यस वर्षदेखि एमबीबीएस पढाइ, ५० विद्यार्थी भर्ना गर्न पाइने

   भदौ २२, २०८१       admin

दाङ,२२ भदौ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा एमबीबीएस पढाइ सुरु हुने भएको छ । चिकित्सा शिक्षा आयोगले एमबीबीएस पढाइ सञ्चालनको लागि आवश्यक तयारी पूरा गरेको प्रतिष्ठानलाई पहिलो वर्ष ५० सिट सुनिश्चित गरेको हो । यो सुनिश्चितता पछि प्रतिस्ठानले पढाई पनि सुरु गर्ने तयारी गरिएको छ ।

५० सिटमा ७५ प्रतिशत छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीले एमबीबीएस पढ्न पाउनेछन् । प्रतिष्ठानका रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले एमबिबिएसका लागि ५० सिट सुनिश्चितता भएको जानकारी दिए। प्रतिष्ठानको विकासमा एमबीबीएस पढाई महत्वपूर्ण कोसेढुङ्गा साबित हुने बताए । ‘एमबीबीएसपढाइ सन्चालन गर्ने कुरा धेरै महत्वपूर्ण कुरा हो, दाङसहित सिङ्गो प्रतिष्ठानको शैक्षिक कार्यक्रममा कोसेढुङ्गा साबित हुनेछ।’ उनले भने,  प्रतिष्ठानले करिब ७ वर्षपछि एमबीबीएस पठनपाठनका लागि आयोगबाट अनुमति पाएको हो । हाल प्रतिष्ठानमा बीएस्सि र बीएनएस नर्सिङ र चिकित्सकको एमडीको पठनपाठन चालु अवस्थामा रहेको छ । 
यसअघि  प्रधानमन्त्री केपी शर्मा ओलीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सुरु गर्न निर्देशन दिएका थिए ।

प्रधानमन्त्री ,स्वास्थ्यमन्त्री, शिक्षामन्त्री, मन्त्रालयका सचिव र चिकित्सा शिक्षा आयोगका उपाध्यक्षसहित पदाधिकारी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.विकास लामिछाने, रजिस्टार प्राध्यापक श्याम लम्सालसहितको सहभागितामा बैठक बसेको थियो । प्रधानमन्त्रीले तत्कालै आवश्यक बजेट व्यवस्था गरेर दुबै प्रतिष्ठानमा एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम अगाडि बढाउन निर्देशन दिएपछि काम तीब्र रुपमा अघि बढेको हो ।
राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले एमबीबीएस कक्षा संचालनका लागि यस वर्ष ५० जना विद्यार्थी भर्नाको कोटा प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology