दाङ,१९ साउन। शुक्रबार सार्वजनिक भएको कक्षा १२ को परीक्षामा ज्ञान ज्योति मा.वि.तुलसीपुरले पश्चिम दाङमा सञ्चालन भएका मा.वि. मध्ये विज्ञान संकायमा ज्ञान ज्योति मा.वि.का सुशील पराजुलीले उत्कृष्ट अंक ल्याएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको २०८० को कक्षा १२ को बोर्ड परीक्षामा पराजुलीले ३ दशमलव ८८ जिपिए प्राप्त गरी विज्ञान संकायमा पश्चिम दाङमा उत्कृष्ट भएको विद्यालयका सहायक प्रधानाध्यापक मनाेज कुमार के.सी.ले जानकारी दिए ।
त्यस्तै व्यवस्थापन संकायतर्फ सन्ध्या केसीले ३ दशमलव ८३ जिपिए , कानुन संकायतर्फ सविन बस्नेतले ३ दशमलव ६३ जिपिए प्राप्त गरी जिल्ला प्रथम र शिक्षा संकायतर्फ टेकमान कवरले ३ दशमलव ५३ जिपिए प्राप्त गरेका छन । विद्यालयले विभिन्न समय र संकायमा उत्कृष्ट नतिजा ल्याउने गरेको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,१८ साउन । कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो। सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण ९ग्रेडेड० भएका छन् भने ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (एनजी/अनुत्तीर्ण) भएका छन् ।
नियमिततर्फ परीक्षा ३ लाख ९० हजार ८६८ विद्यार्थी मध्ये दुई लाख तीन हजार ८४७ विद्यार्थी पास भएका छन् ।
यसैगरी ग्रेड वृद्धितर्फ २०७८/७९ का २८.२६ प्रतिशत पास भएका छन् भने २०७६/०७७ का ६२.०५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
नतिजा सार्वजनिक गर्नुअघि बोर्डको बैठक बसेको थियो । बैठकले नतिजा वेबसाइटमार्फत सार्वजनिक गर्ने निर्णय गरेको हो ।
गत वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा कुल चार लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी थिए । यो वर्ष पहिलो पटक स्वचालित छनोट प्रणालीको प्रयोग गरेर परीक्षा केन्द्र निर्धारण गरेको थियो
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१५ साउन। दाङको लमहीमा रहेको गुरुकुल एकेडेमीले स्थापनाको सयदिनको उत्सव मनाएको छ ।
शैक्षिक सत्र २०८१बाट संचालनमा आएको विद्यालयले आफ्नो १०० दिनको उत्सव मनाएको हो । उत्सवको अवशरमा विद्यालयले बिभिन्न कार्यक्रम गरेर मनाएको हो ।
उत्सवको अवसरमा विद्यार्थिहरुले गुरुकुल एकेडेमी लमहीमा सयदिनको अनुभव समेत सुनाएका थिय । गुरुकुल एकेडेमी लमहि स्थापना पश्चात विद्यालयमा आबद्ध भएका बिद्यार्थिहरुले पढाई संगै के–कस्ता कृयाकलाप सिके भन्ने बिषय आम अभिभावक माझ प्रस्तुत गर्न कार्यक्रमको आयोजना गरीएको बिद्यालयका प्रधानाध्यापक सुरज खनालले जानकारी दिए ।
नृत्यको प्रशिक्षकमा हेमन्त पान्डे रहेका थिए भने अन्य गायन , ड्रामा तथा बिट बक्सिङ विद्यालयका शिक्षकहरु रहेका थिए।
विद्यार्थिहरुको शैक्षिक सुधार तथा सर्वाङगिन विकासका लागि आवश्यकताका कृयाकलापहरु विद्यालयले नियमित गराउदै आएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
हेटौंडा,१२ साउन। व्यवसायिक तथा सीप विकास तालिम केन्द्र (सीटीईभीटी) सानोठिमीद्वारा संचालित डिप्लोमा तथा प्रि डिप्लोमा तहको नि:शुल्क (छात्रवृत्ति) तहको परीक्षा दिन गएका पाँचजना नक्कली परीक्षार्थीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।
हेटौंडाको भुटनदेवी माविमा परीक्षा संचालन भइरहेको अवस्थामा नक्कली परीक्षार्थी बनेर अरुकै परीक्षा दिइरहेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा बारा जिल्ला परमाणिपुरका नरेन्द्र महतो, चितवन भरतपुर ८ का रुपेश यादव, सर्लाही जिल्ला विष्णु गाउँपालिका ७ का राजिवकुमार राउत, रौतहट जिल्ला गरुडा नगरपालिका २ का लालबाबु सहनी र धनुषाका रमेश यादव रहेका छ्न् ।
उनीहरुले नियमित परीक्षार्थीको ठाउँमा नक्कली परिक्षार्थी बनेर परीक्षा दिइरहेका थिए । पाँच जनालाई परीक्षास्थलबाटै पक्राउ गरी आवश्यक अनुसन्धानको लागि हिरासतमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ १० साउन । किवानिज इन्टरनेशनल नेपाल डिभिजन ५ को अधिवेशन तुलसीपुरमा सम्पन्न भएको छ।
किवानीज इन्टरनेशनल डिभिजन ५ का अध्यक्ष भुपाल रावतको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा उक्त अधिवेशन सम्पन्न भएको हो।
अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि टिकाराम खड्काले स्थानीय सरकार सामाजिक संघसंस्थासँग साझेदारी गर्न तयार रहेको बताए।
समुदायसँग जोडिएर काम गर्नका लागि यस्ता खाले संघसंस्थाहरूको महत्वपूर्ण भूमिका रहने भन्दै उनले स्थानीय सरकार किवानिज क्लबसँग साझेदारी गर्न तयार रहेको बताएका हुन्।
यस क्लबले विभिन्न समुदायका बालबालिकाहरूको शिक्षा स्वास्थ्य लगायतका विभिन्न क्षेत्रमा काम गर्दै आएको बताएका थिए।बालबालिकालाई सहयोग गर्ने भूमिका खेल्ने संस्थाको रुपमा किवानी स्थापित भएको भन्दै उनले प्रशंसा समेत व्यक्त गरे।
विशेषगरी विपदको समयमा किवानीले सहयोगी हात फैलाउने काम गरेको र नागरिक समुदायसँग नजिक भएर काम गरेको उनको भनाइ थियो।
स्थानीय सरकारको अनुमतिमा रहेर सामाजिक काम गर्न अघि बढियो भने उक्त काम सफल हुने भन्दै स्थानीय सरकारसँगको समन्वय र सहकार्यमा आफूले स्वीकृति प्रदान गर्ने उनको प्रतिबद्धता थियो।
कार्यक्रममा क्लबका इन्टरनेशनल ट्रस्टी मोहन लम्सालले विशेषगरी बालबालिकाको शिक्षा स्वास्थ्य बालमैत्री वातावरण हरियाली प्रवर्द्धन खेल र बालबालिकामा नेतृत्वको विकास गर्ने उद्देश्यले स्थापित भएको जानकारी गराएका थिए।
१०९ वर्ष पुरानो यस संस्थाले सेभ द चिल्ड्रेन अफ द वर्ल्ड भन्ने मुख्य भावनासहित काम गर्दै आएको बताएका छन्। लुम्बिनी प्रदेश अन्तर्गत रहेका विभिन्न क्षेत्रका क्लबहरूलाई बालबालिकाको क्षेत्रमा थप सक्रिय भएर काम गर्न आग्रह समेत गरेका छन्।
एलटि गभर्नरमा रावत, र एलेक्ट एलटि गभर्नरमा श्रेष्ठ
यसैबीच अधिवेशनले एलटी गभर्नर र एलेक्ट एलटी गभर्नर गरेको छ।किवानिज इन्टरनेशनल नेपाल डिभिजन ५ को अधिवेशनबाट वर्ष २०२४/०२५ का लागि एल टि गभर्नरमा भुपाल रावत र एलेक्ट एल टि गभर्नरमा अमनमान श्रेष्ठ निर्वाचित निर्वाचित भएका छ्न।
कार्यक्रममा ईन्टरनेशनल बोर्ड अफ ट्रष्टी मोहन लम्साल, डिष्ट्रीक्ट गर्भनर तिर्थ कुमार सिंह, डिष्ट्रीक्ट गभर्नर इलेक्ट कृष्णप्रसाद ज्ञवाली, भाइस गर्भनर डा. रामशरण थपलिया, डिष्ट्रीक्ट ट्रेजर शिव काफ्ले, डिभिजन ६ का ल्युटिनेन्ट गर्भनर रामहरी सुवेदी, रिजन को-अर्डिनेटर चियर भरत प्रसाद ढुङ्गेल, डिभिजन ६ का ल्युटिनेन्ट गर्भनर डेजिग्नेट विकास लम्साल, डिभिजन ५ का पूर्व ल्युटिनेन्ट गर्भनर दिपेश शाही , प्रमोद थापा लगाएतकाले शुभकामना दिएका थिए।
सन् १९१५ मा अमेरिकाको मिचिकन डिट्रेट भन्ने सहरमा स्थापना भएको यो संस्थाले बालबालिकाका क्षेत्रमा परोपकारी सेवा गर्दै आएको सो अन्तर्राष्ट्रिय संस्थाले विशेष गरी नेपालमा बालबालिकाको शिक्षा, स्वास्थ्य र वातारणको क्षेत्रमा मानवीय सेवा गर्दै आएको छ ।
नेपालमा भने सन् २०१५ देखि किवानिज क्लव औपाचारिक रुपमा स्थापना भएको हो । नेपालमा पनि क्लवले विभिन्न विद्यालयमा वालवालिकाको क्षेत्रमा लक्षित विभिन्न कार्य गर्दै आएको छ । डिभिजन–५ अन्तर्गत दाङमा ९ , रुपन्देहिमा २ र नवलपरासी मा १ गरि हाल जम्मा १२ वटा किवानिज क्बल रहेका छन् ।
कार्यक्रमको सहजीकरण डिभिजन ५ का सचीव बंशि कुमार शर्माले गरेका थिए भने कार्यक्रमको धन्यवाद लर्ड बुद्ध क्लबका एलेक्ट उपाध्यक्ष नारायणी रजौरेले धन्यवाद ज्ञापन गरेकी थिइन्। सो अवसरमा डिभिजन ५ का १२ वटा किवानिज क्लबले आफ्ना क्लबको बार्सिक प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१० साउन। लोकसेवा आयोगले प्रारम्भिक चरणको प्रथम पत्र र पाठ्य योजनासम्बन्धी व्यवस्थामा परिवर्तन गरेको छ।
शाखा अधिकृत, नायब सुब्बा र खरिदार तहको प्रथम पत्रमा अब उत्तीर्ण हुन ४५ अंक ल्याउनुपर्ने भएको छ।
हालसम्म ४० अंक ल्याए उत्तीर्ण हुने व्यवस्था थियो। लोकसेवा आयोगले आर्थिक २०८१/८२ को विज्ञापनदेखि लागु हुने गरी सार्वजनिक गरेको पाठ्यक्रममा अब १०० अंकको प्रारम्भिक चरणको परीक्षामा पास भएर दोस्रो चरणको लिखित परीक्षामा सहभागी हुन ४५ अंक ल्याउनुपर्ने व्यवस्था गरेको हो।
पहिलो चरणको परीक्षामा १०० अंकको वस्तुगत प्रश्न सोधिन्छ।
यो परीक्षामा अब न्यूनतम ४५ अंक नल्याएकाहरुले दोस्रो चरणको परीक्षामा सामेल हुन पाउने छैनन्।
यसैगरी अब पहिलो पत्रमा प्राप्त भएको कुल प्राप्तांकको ५० प्रतिशत अंक दोस्रो पत्रको प्राप्तांकमा जोडिने व्यवस्था पनि हटेको छ।
अब प्रथम पत्रको परीक्षा छनोट परीक्षाका रुपमा मात्रै रहनेछ। दोस्रो पत्रमा पहिलो पत्रमा आएको कुल अंकको आधा अंक जोडिने व्यवस्था हटेको छ।
लिखित परीक्षाको प्रथम चरणमा प्रारम्भिक परीक्षा हुने र यो प्रारम्भिक परीक्षालाई छनोट परीक्षाको रुपमा मात्र लिई प्राप्तांकलाई मूल परीक्षाको अंकमा समावेश नगर्ने व्यवस्था गरिएको हो। प्रारम्भिक परीक्षाको उतीर्णांक पूर्णांकको ४५ प्रतिशत अर्थात् ४५ अंक हुने व्यवस्था भएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,कृष्ण अधिकारी। गुरु पूर्णिमाको अवसरमा दाङ शान्तिनगर ७ खैरेनी मा रहेको मिड वेस्ट प्वाइन्ट एकेडेमीमा विविध कार्यक्रम गरिएको छ ।
कक्षा ९ र १० मा अध्य्यनरत विद्यार्थीहरुको आयोजनामा भएको कार्यक्रममा विद्यार्थीहरुले गुरुहरु प्रति श्रद्धा भाव झल्कने विभिन्न क्रियाकलापहरु गरेका थिए ।
त्यस्तै उनिहरुले आफ्नो विद्यालय पठन पाठन खेल्कुद र अन्य सबै कुरा मा उत्कृष्ट हुँदै आएको बताएका थिए ।उनिहरुले गुरुप्रती श्रद्धा भाव प्रकट गर्दै गुरुहरुलाई टीका लगाईदिएर केक फलफुल डेरीमिल्क लगायतका परिकार खान दिएका थिए भने गुरुहरुबाट आशिर्वाद ग्रहण गरेका थिए ।
कार्यक्रममा विद्यार्थीहरुले विभिन्न प्रतियोगिताहरु राखेका थिए । त्यस्तै गुरु प्रतिको श्रद्धा भाव झल्कने विभिन्न नृत्य, गीत, कविता, प्रस्तुत गरेका थिए । मिड वेस्ट प्वाइन्ट एकेडेमीका प्रमुख वीर बहादुर घर्ती को अध्यक्षता कार्यक्रम भएको हो ।
कार्यक्रममा विद्यालयका अध्यक्ष सुबोद कुमार डाँगी ले जीवनमा विभिन्न माध्यमबाट शिक्षा प्रदान गर्ने गुरुहरुको भूमिकाको बारेमा चर्चा गर्नु भएको थियो ।कार्यक्रममा जीवनमा गुरुको योगदानको बारेमा छात्रा युरिशा डाँगीले बोल्नु भएको थियो ।
कार्यक्रममा छात्र रन्जित बोहराको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन विद्यालयका छात्राहरु सन्जु भण्डारी र करुणा डाँगी गरेका थिए ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,६ साउन । तुलसीपुर उपमहानगरपालिका द्वारा संचालित मेट्रो कलेजका विद्यार्थीले ´मेट्रो मर्मत केन्द्रसंचालनमा ल्याएका छन् ।
कलेजको इन्जिनियरिङ संकायमा अध्यनरत विद्यार्थीले मर्मत केन्द्र संचालनमा ल्याएका हुन् । मर्मत केन्द्रको उद्घाटन तुलसीपुरका नगर प्रमुख एवं कलेज संचालक समितिका अध्यक्ष टीकाराम खड्काले गरे ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख खड्काले वर्कसपले विद्यार्थीको पढाइ सँगै सीप र आयआर्जनको वृद्वि गर्न टेवा पुर्याउने विश्वास व्यक्त गरे ।
कलेजको ´पढ्दै र कमाउँदैअभियान अन्तर्गत विद्युतीय सामग्री ममर्त केन्द्रको सुरूवात गरिएको प्राचार्य बसन्त आचार्यले जानकारी दिए ।
ममर्त केन्द्रमा एसी,फ्रिज,पंखा,वासिङ मेसिन,मोटर लगाएतका विद्युतीय सामग्री ममर्त गरिने विद्यार्थी
तारा कँवरले जानकारी दिए । आफ्नो पढाई खर्च आफैँ कमाउने उदेश्यका साथ वर्कसप संचालन गरिएको उनले बताए ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२४ असार। दाङको तुलसीपुरमा रहेको हिमाल एकेडेमीमा खुला रक्तदान गरिएको छ।
स्टुडेन्ट क्वालिटी सर्कल हिमाल एकेडेमीको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम गरिएको हो। पछिल्लो समय जिल्लामा देखिँदै आएको रगत अभावलाई कम गर्नका लागि विद्यार्थीहरूले रक्तदान कार्यक्रमको आयोजना गरेका हुन्।
रगत अभावलाई पूर्ति गरी बिरामीको ज्यान बचाउने उद्देश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम गरिएको सर्कलले बताएको छ।
सो अवसरमा ३१ जनाले रक्तदान गरेको विद्यालयले जनाएको । नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र तुल्सीपुर दाङको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा विद्यालयका हेड सर नवीनकुमार पराजुलीले विद्यार्थीहरूमा मानवताको भावना जागृत हुनु सकारात्मक पक्ष भएको बताएका थिए।
यो शाखाले कार्यक्रमले विद्यार्थीहरूमा मानवताको विकास गर्ने उनको भनाइ थियो।
विद्यालयका प्रधानाध्यापक मधुसुदन केसीले विद्यार्थीको रचनात्मक तथा सिर्जनात्मक काममा विद्यालय सदैव हातेमालो गर्दै अगाडि बढ्ने बताए।
पठनपाठन सँगसँगै सामाजिक उत्तरदायित्वमा पनि विद्यार्थीहरू अग्रसर हुनुपर्ने भन्दै उनले यस्ता खाले सामाजिक क्रियाकलापमा विद्यार्थीहरुलाई सहभागी गराइरहनुपर्ने उल्लेख गरेका थिए।
सर्कल अध्यक्ष अन्जली शाहको अध्यक्षता भएको कार्यक्रममा कोर्डिनेटर विशेष श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए भने शिक्षक भिमलाल मरासिनीले कार्यक्रमको सहजीकरण गरेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, २१ असार । नेपाल संस्कृत विश्वविद्यालयको जग्गा विवाद सुल्झिने भएको छ ।
नेपाल सरकार मन्त्रीपरिषद्को बैठकले विश्वविद्यालयको जग्गा विवादबारे छानबिन गर्न समिति गठन गरेसँगै २३ वर्ष पुराना जग्गा विवाद सुल्झाउने बाटो खुलेको हो ।
दाङमा केन्द्रीय कार्यालय रहेको विश्वविद्यालयको जग्गाको सम्बन्धमा अध्ययन, अनुसन्धान गरी सरकारलाई प्रतिवेदन बुझाउन भन्दै पूर्व न्यायाधिश शेखर पौडेलको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको विश्वविद्यालय सभाका सदस्य एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
उनका अनुसार समितिको सदस्यका भूमि व्यवस्था कार्यालयका पूर्व डीजी रोहितकुमार भट्टराई, जनता विद्यापीठका पूर्व प्राचार्य प्राध्यापक ईश्वर पोख्रेल र
कपिल डंगाेेल रहेका छन् ।
सदस्य सचिवमा जिल्ला शिक्षा समन्वय ईकाइ दाङका प्रमुख देवमणि चौधरी रहेका छन् ।
बिहीबार सम्पन्न मन्त्रीपरिषद्को बैठकले विश्वविद्यालयको नाममा विभिन्न ठाउँमा रहेको तथा विश्वविद्यालयले प्राप्त गर्नुपर्ने जग्गाको सम्बन्धमा अध्ययन, अनुसन्धान तथा छानबिन एवं भवनलगायत अन्य अचल सम्पत्तिको खोज तथा लगत संकलन, संरक्षण, उपयोग, व्यवस्थापन र आवश्यक अन्य कार्यको लागि अध्ययन गरी ठोस प्रतिवेदन पेश गर्न समिति गठन सरकारका गरेको प्रवक्ता शर्माले जानकारी दिइन्
विश्वविद्यालयको नाममा जिल्लाको तुलसीपुर उपमहानगरपालिका र देउखुरीका लमही नगरपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा दाङमा केन्द्रीय कार्यालय रहेको नेपाल संस्कृत विश्वविद्यालयको एक हजार चार सय बिघा जग्गा रहेको छ ।
वि.सं. २०५८ सालदेखि विश्वविद्यालयले देउखुरीस्थित जग्गाबाट कुनै आयस्रोत लिन सकिरहेको छैन भने जोतभोग गरिरहेका किसानहरू पनि मोही दर्ताबाट वञ्चित रहेका छन् ।
विश्वविद्यालयले पछिल्लो समय जग्गा विवाद सुल्झिाउन सरकारसँग आग्रह गर्दै आइरहेको थियो ।
विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएर आएसँगै प्रा.डा. यादवप्रकाश लामिछानेले विश्वविद्यालयको जग्गा विवाद टुंगोमा पु¥याउने प्रतिबद्धता जनाए ।
विश्वविद्यालयले पटक–पटक सरोकारवालासँग जग्गा विवाद टुंग्याउने विषयमा छलफल गरेको थियो ।
जिल्लाका गत फागुन १४ गते विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेको नेतृत्वमा जिल्लाका राजनीतिक दलका प्रतिनिधि, प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्य सम्मिलित प्रतिनिधि टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर जग्गा विवाद समाधानका लागि शक्तिशाली आयोग गठन गरिदिन आग्रह गरेको थियो ।
प्रतिनिधि टोली समक्ष प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयको जग्गासम्बन्धी समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेक थिए।
विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्बाट आवश्यक निर्णय गरेर वा आफूले कुलपतिका तर्फबाट निर्णय गरेर समस्या समाधान गर्ने आश्वासन दिएका थिए।
ऐतिहासिक कार्यको थालनी–उपकुलपति
यसैबिच विश्वविद्यालयले नेपाल सरकार मन्त्रीपरिषद्को निर्णयको स्वागत गरेको छ ।
उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेले सरकारको निर्णयले आशा जगाएको प्रतिक्रिया दिए।
विश्वविद्यालयले २०५८ सालदेखि देउखुरीको जग्गाको आयस्रोत नपाउँदा विश्वविद्यालय सञ्चालनमा समस्या उत्पन्न भइरहेको भन्दै प्रा.डा. लामिछानेले २३ वर्षदेखिको जग्गा विवाद टुंगोमा पुग्नेमा विश्वस्त भएको बताए ।
‘नेपाल सरकार मन्त्रीपरिषद्को हिजो बसेको बैठकले नेपाल संस्कृत विश्वविद्यालयको जग्गा विवाद समाधानका लागि समिति गठन गरेको छ । यो निर्णयको स्वागत गर्दछौं । उपकुलपतिको जिम्मेवारी सम्हालेकै दिनदेखिको सपना पुरा भएको छ । ‘
“यस कार्यका लागि विश्वविद्यालयका कुलपति एवं सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमद दाहाल प्रचण्डज्यूसहित सिंगो मन्त्रीपरिषद्प्रति कृतज्ञता ज्ञापन गर्दछु’, उपकुलपति प्रा.डा. लामिछानेले भने-, ‘जग्गा विवाद समिति गठनका लागि वातावरण बनाउन लागिपर्ने जिल्लाका राजनीतिक दल, जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्य, प्रदेश सभा सदस्य, नागरिक समाज, मानवअधिकारकर्मी, पत्रकारलगायत सम्पूर्ण सरोकारवालाप्रति आभार प्रकट गर्दछु ।”
सरकारको निर्णय स्वागत योग्य–नागरिक समाज
नागरिक समाज दाङले नेपाल संस्कृत विश्वविद्यालयको जग्गा विवाद समाधानका लागि सरकारले गठन गरेको समितिलाई सघाउने जनाएको छ ।
जग्गा विवाद सुल्झाउन नागरिक समाजले पटक–पटक पहल गर्दै आएको स्मरण गर्दै समाजका सचिव नारायण श्रेष्ठले सरकारले समिति गठन गरेर विश्वविद्यालय र किसान दुवैको हितमा काम गरेको बताए।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस