अस्थायी र करार कर्मचारी कटौती नहुने

   असोज २४, २०८२       admin

काठमाडौ,२४ असोज ।। सरकारले अस्थायी र करारका कर्मचारी नराख्ने निर्णय गरे पनि उक्त व्यवस्था शिक्षकमा लागू नहुने भएको छ।

अर्थ मन्त्रालयले असोज ७ गते जारी गरेको अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने सम्बन्धी विज्ञप्तिमा स्वीकृत दरबन्दी बाहेक अस्थायी तथा करारमा कर्मचारी नियुक्त गर्न नपाइने उल्लेख गरिएको थियो।

तर, स्थानीय तह र विद्यालयहरूले करार शिक्षकको स्थिति स्पष्ट पार्न शिक्षा मन्त्रालयसँग सोधपुछ गरेपछि मन्त्रालयले यो प्रावधान शिक्षकमा लागू नहुने स्पष्ट पारेको हो।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र पठाउँदै उक्त निर्णय शिक्षकको हकमा नलाग्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

एसईई पूरक परीक्षा: ८३ हजारबढी उत्तीर्ण

   असोज ११, २०८२       admin

काठमाडौं,११ असोज । एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शनिबार प्रकाशित गरेको नतिजाअनुसार ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण भएका छन् ।

यस्तै परीक्षामा सहभागी भएका १ लाख ४३ हजार २५७ परीक्षार्थीमध्ये ५९ हजार ६९३ जना अनुत्तीर्ण अर्थात् अवर्गीकृत भएको बोर्डले जानकारी दिएको छ ।

पूरक परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म सञ्चालन भएको थियो । गत वैशाखमा सञ्चालित वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन ग्रेडेड’ भएका तथा अनुपस्थित भएका विद्यार्थीहरूका लागि बोर्डले पूरक परीक्षाको अवसर दिएको थियो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

आर्थिक अभावले जनता क्याम्पस संकटग्रस्त

   असोज ११, २०८२       admin

काठमाडौँ, ११ असोज । पश्चिम बागलुङको एक मात्र निसीभूजी जनता क्याम्पस पर्याप्त बजेट नपाउँदा सञ्चालन संकटमा परेको छ । विकट गाउँका विद्यार्थीलाई उच्च शिक्षा दिने उद्देश्यले विसं २०४८ मा ढोरपाटन नगरपालिका–१ खप्तरीबाङमा स्थापना भएको क्याम्पस अहिले आन्तरिक स्रोतको अभावमा गुज्रिरहेको छ ।

क्याम्पस प्रमुख कृष्णकान्त आचार्यका अनुसार क्याम्पस सञ्चालनका लागि मासिक करिब रु चार लाख ५० हजार खर्च हुने गरे पनि आम्दानी न्यून छ । विद्यार्थीबाट उठ्ने शुल्क र ढोरपाटन नगरपालिकाले दिने रु नौ लाख ६० हजार अनुदानबाहेक अन्य कुनै आयस्रोत नभएको उनले बताए । हाल क्याम्पसमा शिक्षा, समाजशास्त्र र व्यवस्थापन विषयमा अध्ययनरत १२० विद्यार्थी छन् भने २४ जना ९पूर्णकालीन दुई र आंशिक २२० प्राध्यापक कार्यरत छन् ।

आचार्यले प्राध्यापकको तलब खुवाउनै कठिन हुने अवस्था आएको बताए । समुदायबाट चन्दा संकलन गरी सञ्चालन हुँदै आएको क्याम्पसमा विद्यार्थी संख्यामा कमी नभए पनि स्रोतसाधन अभावमा चुनौती थपिएको उनको भनाइ छ ।

क्याम्पस सञ्चालक समिति अध्यक्ष शान्तराज शर्मा न्यौपानेले निसीखोला, तमानखोला, बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाले बर्सेनि सहयोग गरे व्यवस्थित रूपमा सञ्चालन गर्न सकिने बताए । तर, ढोरपाटन नगरपालिकाबाहेक अन्य पालिकाले चासो नदिएको उनको गुनासो छ । बजेट अभावमा गुणस्तरीय शिक्षक राख्न कठिन भएको भन्दै उनले केन्द्र तथा प्रदेश सरकारलाई पनि सहयोगका लागि अपिल गरेका छन् ।

जिल्लाका अन्य क्याम्पस विद्यार्थीको कमीले बन्द हुने अवस्थामा पुगे पनि निसीभूजी जनता क्याम्पसमा विद्यार्थीको अभाव छैन । तर, आर्थिक स्रोत नहुँदा विद्यार्थीलाई महँगो शुल्क तिर्नुपर्ने अवस्था बनेको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

नवनियुक्त शिक्षा मन्त्री पुनका तीन निर्णय

   असोज ०७, २०८२       admin

काठमाडौं,७ असोज । नवनियुक्त शिक्षा मन्त्री महावीर पुनले पदभार ग्रहणलगत्तै तीनवटा निर्णय सार्वजनिक गरेका छन्।

उनले पहिलो कदमका रूपमा नेपालभरका सामुदायिक माध्यमिक विद्यालयमा प्रत्येक विद्यालयमा अनिवार्य रूपमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी थपिने घोषणा गरेका छन्।

दोस्रो निर्णयमा, विश्वविद्यालयहरूले अब बढीमा तीन महिनाभित्रै परीक्षाफल प्रकाशित गर्नुपर्ने व्यवस्था हुने मन्त्री पुनले बताए। निर्धारित समयभित्र नतिजा नदिने विश्वविद्यालयहरूको अनुदान रोक्का गरिने चेतावनी पनि उनले दिएका छन्।

तेस्रो निर्णयअनुसार त्रिभुवन विश्वविद्यालय कीर्तिपुर परिसरभित्र रहेका झाडी फाँडेर (ठूला रुख नकटाई) सफा गर्ने, आकर्षक बगैँचा र फुटपाथ निर्माण गर्ने कार्य अघि बढाइनेछ।

मन्त्री पुनका यी निर्णयलाई शिक्षा क्षेत्रमा सुधारतर्फको तत्कालीन पहलका रूपमा लिइएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

केशर महलमा सारियो शिक्षा मन्त्रालय

   असोज ०६, २०८२       admin


काठमाडौं,६ असोज । शिक्षा मन्त्रालयले भवन स्थानन्तरण गरि सेवा सुरु गरेको छ। जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते आन्दोलनकारीहरूले सिंहदरबारभित्र रहेको शिक्षा मन्त्रालयको भवन जलाइदिएपछि मन्त्रालय अन्यत्र सर्नु परेको हो ।

भवन प्रयोग गर्न अयोग्य भएपछि मन्त्रालयले अस्थायी रूपमा लैनचौरस्थित केशरमहलबाट सेवा प्रवाह थालेको छ । 

 उक्त भवनमा आज हुने भनिएको नवनियुक्त शिक्षामन्त्रीको पदभार ग्रहण पनि हुने छ  । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको रूपमा वैज्ञानिक महाविर पुन सिफारिस भएका छन् । 

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

उपमहानगरलाई गोरखा माविको सहयोग

   असोज ०५, २०८२       admin

दाङ, ५,असोज। आगजनी र तोडफोडका कारण सेवा प्रवाह प्रभावित बनेपछि तुलसीपुरमा रहेको गोरखा माध्यमिक विद्यालयले तुलसीपुर उपमहानगरपालिकालाई सहयोग सामग्री प्रदान गरेको छ।

भदौ २३ र २४ गते जेन–जेड आन्दोलनका क्रममा कार्यालयमा भएको आगजनी र तोडफोडका कारण सेवा प्रवाह प्रभावित भएपछि उपमहानगरपालिकालाई गोरखा माध्यमिक विद्यालयले सहयोग गरेको हो।

विद्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत एक थान स्टिल दराज, दुई थान कम्प्युटर र एक थान प्रिन्टर हस्तान्तरण गरेको हो।

गोरखा ग्रुपका एकाडेमिक डाइरेक्टर दुर्गा केसी र प्रिन्सिपल बिजयमान जीएमले उपमहा नगर प्रमुख टिकाराम खड्कालाई उक्त सामग्री बुझाएका हुन्।

विद्यालयले यस कदमले सेवाप्रवाह पुनःस्थापनामा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दाङ टेक्निकल कलेजमा स्वागत तथा विदाई कार्यक्रम

   असोज ०४, २०८२       admin

दर्शन आचार्य दाङ ४ असोज। दाङको तुलसीपुरमा रहेको दाङ टेक्निकल प्रालिले विद्यार्थीहरुको स्वागत तथा विदाई कार्यक्रम गरेको छ। कलेजमा नयाँ भर्ना भएका विद्यार्थीहरूको स्वागत र तेस्रो वर्षबाट स्नातक हुने विद्यार्थीहरूको विदाई कार्यक्रम एकैसाथ सम्पन्न गरेको हो।

कलेजका अध्यक्ष दोर्णबहादुर ओलीको अध्यक्षता तथा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् लुम्बिनी प्रदेशका उपनिर्देशक यादवप्रसाद सुवेदीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो।

प्रमुख अतिथि यादव प्रसाद सुवेदीले दाङ टेक्निकल प्रा.ली.ले दाङ जिल्ला तथा लुम्बिनी प्रदेशमा प्राविधिक शिक्षा विस्तारमा योगदान पुर्याएको र दक्ष स्वास्थ्य जनशक्ति उत्पादन गर्दै नेपालको स्वास्थ्य क्षेत्रमा टेवा पुर्याइरहेको बताए।

स्वास्थ्य कार्यालय दाङका प्रमुख टिबि गुरुङले विद्यार्थीहरूले आफ्नो कर्मभूमिमा गएर नेपालको स्वास्थ्य प्रणालीमा योगदान पुर्याउने विश्वास व्यक्त गरे।

राप्ती प्रादेशिक अस्पतालका मेसु पदम प्रसाद अधिकारीले सकारात्मक सोच, लगनशीलता र मेहनतकै माध्यमबाट सफलता प्राप्त हुने भन्दै विद्यार्थीहरूलाई शुभकामना व्यक्त गरे।

समाजसेवी तथा कलेज संचालक विमल रिजालले शिक्षा र मित्रतामा ठूलो शक्ति हुने भएकाले विद्यार्थीहरूले आफ्नो कार्यक्षेत्रमा त्यसलाई व्यवहारमा उतार्नुपर्ने बताए।

तुलसिपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले विद्यार्थीहरूले अब प्राविधिक क्षेत्रमा प्रवेश गर्दै धैर्य, लगनशीलता र परिवारको सपना पुरा गर्ने जिम्मेवारी भएको बताए।

पत्रकार दिपक बोहराले व्यवसायिक ज्ञानले जीवन उपयोगी हुने हुँदा कलेजले तुलसिपुर क्षेत्रको शैक्षिक पाईलाको रूपमा भूमिका खेलेको बताए।

कार्यक्रममा २०० भन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो। नवप्रवेशी विद्यार्थीलाई स्वागत गर्दै तेस्रो वर्षका स्नातक विद्यार्थीहरूलाई विदाई गरिएको थियो।

विद्यार्थीहरूले कार्यक्रममा यसलाई केवल विदाई नभएर नयाँ जीवनको सुरुवातको अवसर भएको बताउँदै कलेजले किताबका पृष्ठ मात्र नभई जीवनका पाठ पनि सिकाएको प्रतिक्रिया दिएका थिए।

कार्यक्रमका सभापति तथा कलेजका अध्यक्ष दोर्ण बहादुर वलीले दाङ टेक्निकललाई प्राविधिक तथा व्यवसायिक शिक्षामा उत्कृष्ट कलेजको रूपमा स्थापित गर्न निरन्तर प्रयासरत रहेको उल्लेख गर्दै विद्यार्थी, प्रशिक्षक र समाजको सहकार्य अपरिहार्य रहेको बताए।

कार्यक्रम सामान्य चिकित्सा शास्त्र तेस्रो वर्षमा अध्ययनरत छात्रा कमला बोहरा र छात्र बलराम डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको थियो। कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गजल, मुक्तक र सांगीतिक प्रस्तुति दिएका थिए। कार्यक्रम कलेजका प्रिन्सिपल अशोक कुमार यादव र दोस्रो वर्षकी विद्यार्थी इन्द्रा वलीले सहजीकरण गरेका थिए ।

सोही अवसरमा तेस्रो वर्षका विद्यार्थी किरण केसी (बि) लाई ‘जेहेन्दार विद्यार्थी छात्रवृत्ति’ स्वरुप १ लाख २१ हजार दुई सय रुपैयाँ प्रदान गरिएको कलेजले जनाएको छ।

कार्यक्रममा तुलसिपुर सिटी हस्पिटलका निर्देशक हेमराज बस्नेत, प्रशिक्षक डा. शिशिर पोखरेल, पत्रकार दिपक वोहरा, दर्शन आचार्य, चेतन वली लगायतका उपस्थित थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

शिक्षा, समानता र समृद्धि निर्माणमा हातेमालो गरौँ : प्याब्सन दाङ

   असोज ०३, २०८२       admin

दाङ, ३ असोज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङले शिक्षा, समानता र समृद्धि निर्माणमा सबैलाई हातेमालो गर्न आह्वान गरेको छ।

संविधान दिवस २०८२ को अवसरमा आज शुक्रबार शुभकामना सन्देश जारी गर्दै अध्यक्ष निर्मल न्यौपाने र सचिव आदिम केसीले हस्ताक्षर गरेका संयुक्त सन्देशमार्फत संविधान दिवसलाई राष्ट्रिय गौरवको दिनका रूपमा स्मरण गरिएको छ।

सन्देशमा भनिएको छ, “संविधानले हामी सबैलाई समान अधिकार, अवसर र सामाजिक न्यायको ग्यारेन्टी दिएको छ। यसको प्रभावकारी कार्यान्वयन हाम्रो साझा जिम्मेवारी हो।”

शिक्षामा गुणस्तर वृद्धि गर्दै समान पहुँच सुनिश्चित गर्न प्रतिबद्धता व्यक्त गरिएको छ। साथै, विद्यार्थीलाई राष्ट्रिय एकता र सामाजिक सद्भावको अभियन्ता बनाउन शिक्षालयहरूले विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ।

“हाम्रो मुलुकको समृद्ध भविष्य शिक्षामा निहित छ। संविधानले दिएको अधिकारलाई व्यवहारमा उतार्दै शिक्षा, शान्ति र विकासतर्फ एकजुट भई अघि बढ्नुपर्ने आवश्यकता अझ बढेको छ,” सन्देशमा उल्लेख छ।

संविधान दिवसलाई राष्ट्रिय एकता, सहकार्य र सकारात्मक सोचका साथ मनाउनुपर्ने भन्दै आगामी दिनमा संविधानले मार्गदर्शन गर्ने मूल्य–मान्यताहरू आत्मसात् गर्दै नेपाललाई शैक्षिक, सामाजिक र आर्थिक दृष्टिले समृद्ध बनाउन सबैलाई हातेमालो गर्न आह्वान गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

घोराहीमा पठनपाठन अनिश्चितकालका लागि स्थगित

   भदौ २७, २०८२       admin

दाङ, २६ भदौ । घोराही उपमहानगरपालिकाले पालिकाभित्र रहेका सम्पूर्ण विद्यालयमा पठनपाठन अनिश्चित कालका लागि स्थगित गरिएको बताएको छ।

मुलुकमा उत्पन्न विषम परिस्थितिका कारण घोराही उपमहानगरपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन अनिश्चितकालका लागि स्थगित गरिएको हो।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम के.सी.ले शुक्रबार सूचना जारी गर्दै २०८२ भदौ २७ गतेदेखि लागू हुने गरी अर्को सूचना प्रकाशित नभएसम्मका लागि कक्षाहरु बन्द गरिएको जानकारी गराएका हुन्।

यस निर्णयसँगै घोराहीका सम्पूर्ण विद्यालयमा शिक्षण गतिविधि रोकिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

पूर्वाञ्चल विश्वविद्यालयका सम्पूर्ण परिक्षा अनिश्चितका लागि स्थगित

   भदौ २५, २०८२       admin

काठमाडौँ,२५ भदौ । पूर्वाञ्चल विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका सम्पूर्ण परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयले एक सूचना प्रकाशित गर्दै देशमा उत्पन विषम परिस्थितिका कारण स्नातक र स्नातकोत्तर तहका सबै परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology